समाचार – News Polar

फिर्के खोला वरपरका १६० संरचना हटाइयो
कास्की। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी १६० संरचना हटाएको छ ।

यही जेठ १० गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो । महानगरले फेवाताल संरक्षणसँग जोडिएको फिर्केखोला सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ ।

पोखराको वडा नं १८ को अँधेरीकुनादेखि सुरु भएर वडा नं २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं ६ गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्केखोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

यसैगरी महानगरले फिर्के खोलाघरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्र आफैँ हटाउन आग्रह गरेको छ । खोलाघर सफाइबाट निस्किएका भग्नावशेष व्यवस्थापनका लागि स्स्काभेटर, जेसिबी तथा महानगरीय प्रहरी बल परिचालन गरिएको छ ।

महानगरपालिकाले फिर्केखोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै १० दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने कार्य बन्द गर्न चेतावनी दिएको छ । अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी महानगरले फिर्केखोला संरक्षणका लागि महानगरले भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० अनुसार खोलाको मापदण्ड १० मिटरबाट घटाएर छ मिटर कायम गरेकाले उक्त क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्न नगरवासीलाई आग्रह गरिएको छ ।

“महानगरपालिकाले फिर्केखोला कोरिडोर निर्माण परियोजना र मापदण्डभित्र बनेका संरचनाबारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्नेछ । फिर्केको मापदण्डभित्र कुनै पनि संरचना बनाउने गैरकानुनी हुन्छ”, नगर प्रमुख आचार्यले भन्नुभयो ।

फिर्केखोलामा बढ्दो अतिक्रमण, फोहर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोलाघरका संरचना हटाएको हो । अतिक्रमित संरचना हटाएपछि फिर्केको दायाँबायाँनै फुट ट्रयाक निर्माण गर्ने योजना महानगरको छ । रासस

खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषदद्वारा आज आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ख्याति र पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो । अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो ।”

खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज यो आकर्षक पेसा र राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यम पनि बनेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उहाँले भन्नुभयो, “खेलकुदको यो विशिष्ट महत्त्व र विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षाका साथसाथै विद्यालयतहदेखि नै खेल प्रतिस्पर्धा, कार्यक्रम र गतिविधि बढाएर खेलप्रति आकर्षित र प्रोत्साहन गर्न सरकारले विशेष नीति र कार्यक्रम बनाउनुपर्दछ । खेल क्षेत्रसँग सम्बन्धित व्यक्ति, निकाय र सरोकारवालाले पनि यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।”

राष्ट्रपति पौडेलले आज नेपालमा खेलप्रतिको क्रेज बढ्दै गएको उल्लेख गर्दै खेलसँगै खेल प्रतियोगितमा मेरो भविष्य सुरक्षित छ भन्ने भावना जागृत गर्न राज्यले पनि यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयतहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्त्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई सङ्घ, प्रदेश र स्थानीयस्तरमा सञ्चालन गर्न कञ्जुस्याइँ गर्न हुँदैन ।”

उहाँले जित र हार खेलको स्वभाविक पक्ष भए पनि खेलकुदका प्रतियोगितमा सहभागिता, निरन्तर अभ्यास एवं प्रयास, सिकाइ र अनुभव नै महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । रासस

तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो
काठमाडौँ।  नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम आज बढेर ४१ डिग्रीसम्म पुगेको छ ।

विभागका मौसमविद् सरोज पुडासैनीले विस्तारै तापक्रम वृद्धिकै चरणमा रहेको जानकारी दिँदै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

विभागमा अहिले राति प्राप्त तापक्रम मापनअनुसार आज सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ ।

यस्तै नेपालगञ्जमा ३९.५ र जनकपुरमा ३८.२ डिग्री तापक्रम मापन भएको छ । यस्तै सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री तापक्रम मापन भएको छ ।

यस्तै काठमाडौँमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम आज बढेर ३०.६ डिग्री मापन भएको छ ।

हाल नेपालको पश्चिम भू–भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

भोलि बिहीबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अभिलेख अनुसार आज कतैकतै वर्षा भएको र यो क्रम भने जारी नै रहने छ । आज काठमाडौँसहित केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । रासस

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द
महोत्तरी। पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ ।

अत्यधिक बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्नसक्ने बताउँदै बिहीबार (२१ जेठ) र शुक्रबार २२ (जेठ) दुई दिन नगरक्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले जानकारी दिनुभयो ।

बर्दिबास जिल्लामा सबैभन्दा बढी विद्यालय रहेको स्थानीयतह हो । यहाँ ५५ सामुदायिक र अन्य संस्थागत र धार्मिक गरी विद्यालयको सङ्ख्या ८० माथि छ ।

जिल्लामा गत शनिबारयता धेरै गर्मी बढेको छ । शनिबारयता निरन्तर मध्यान्हतिर ३८ डिग्री सेल्सियसको सेरोफेरोमा तापक्रम रहँदै आएको छ । गत आइतबार नै जिल्लाकै गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा कोठामै १० जना छात्रा बेहोस भएर ढलेका थिए । उपचारपछि सबै छात्रा अब ठिक भइसकेका छन् ।

दिनदिनै दिनभरि घामको प्रचण्ड राप र तातो हावा बहने क्रम बढेको छ । यसले जनजीवन निकै प्रभावित भएको छ । त्यस्तै एक÷दुई दिनभित्र मौसममा सुधार नभए विद्यालय बन्द गर्नेबारे छलफल गरिने मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतह छन् ।

गर्मी छल्न बर्दिबासले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेपनि अन्य स्थानीयतहले भने अहिलेसम्म यस्तो सूचना गरेका जानकारी नभएको शिक्षा विकास समन्वय इकाई महोत्तरी कार्यालयका प्रमुख निर्मल घिमिरेले बताउनुभयो ।

गर्मीले गर्दा हाटबजार र कार्यालयहरूमा पनि चहलपहल निकै घटेको छ । प्रचण्ड गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ ।

अत्यधिक गर्मीले विद्यालय पढ्न जाने ससाना नानीहरू, वृद्धवृद्धा, गर्भवती महिला, सुत्केरी महिला र कडा शारीरिक श्रम गर्ने मजदुर बढी समस्यामा परेका छन् । रासस

अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित
लमजुङ। ७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ ।

लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र मानराज गुरुङ सम्मानित भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका र अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी) को सहकार्यमा कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पूर्णिमा श्रेष्ठः फोटो पत्रकारितादेखि विश्व कीर्तिमानी पर्वतारोहीसम्म

पूर्णिमा श्रेष्ठ नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै असाधारण सफलता हासिल गर्ने महिला आरोहीमध्ये एक हुनुहुन्छ । गोरखाको आरुघाटमा जन्मिएकी पूर्णिमा पेसाले फोटो पत्रकार हुनुहुन्छ । सन् २०१७ मा एभरेस्ट म्याराथनको समाचार सङ्कलनका क्रममा हिमालसँग नजिकिने अवसर पाएपछि उहाँले पर्वतारोहणलाई आफ्नो जीवनको लक्ष्य बनाउनुभएको हो ।

सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेपछि उहाँले लगातार विश्वका अग्ला हिमालहरूमा सफलता हासिल आउनुभएको छ । उहाँले अन्नपूर्ण, धौलागिरि, मनास्लु, कञ्चनजङ्घा, मकालु, ल्होत्से र केटु लगायत आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ ।

सन् २०२१ मा उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला टोलीको सदस्य बन्नुभयो भने सोही वर्ष पासाङ ल्हामु शेर्पा अकितासँग मिलेर धौलागिरि हिमाल सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेर नयाँ इतिहास रच्नुभयो ।

पूर्णिमाले सन् २०२४ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा १३ दिनभित्र तीन पटक आरोहण गर्दै विश्व इतिहासमा नयाँ कीर्तिमान कायम गर्नुभएको छ । उहाँ एकै आरोहण सिजनमा तीन पटक सगरमाथा चढ्ने विश्वकै पहिलो महिला हुनुहुन्छ । यस उपलब्धिका लागि उहाँको नाम गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

सन् २०२५ मा पाँचौँ तथा सन् २०२६ मा छैटौँ पटक सगरमाथा सफल आरोहण गर्दै उहाँले आफूलाई नेपालको अग्रणी महिला पर्वतारोहीका रूपमा स्थापित गराउनुभएको छ ।

उहाँको साहसिक उपलब्धिलाई अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उच्च मूल्याङ्कन गरेका छन् । सन् २०२४ मा सगरमाथा तीन पटक आरोहण गरेको उपलब्धिपछि उहाँलाई सीएनएनले विश्वका सीमाना तोड्ने उत्कृष्ट ‘एक्स्ट्रिम एथ्लेट’हरूको सूचीमा समावेश गरेको थियो । आज पूर्णिमा श्रेष्ठ केवल एक सफल पर्वतारोही मात्र नभई नेपाली महिलाको साहस, दृढता र आत्मविश्वासको प्रतीकका रूपमा परिचित हुनुहुन्छ ।

नरेन्द्र शाही: पाँच पटक सगरमाथा आरोहणदेखि उद्धारसम्मको प्रेरणादायी यात्रा

नरेन्द्र शाही नेपाली पर्वतारोहण क्षेत्रमा पछिल्लो दुई दशकदेखि एकछत्र प्रभाव जमाउन सफल नाम हो । उहाँ नरेन शाही ठकुरीको नामले समेत परिचित हुनुहुन्छ । लमजुङको राइनस नगरपालिकामा जन्मिएर हिमालको काखमा आफ्नो भविष्य खोजिरहेका शाही केवल एक आरोही मात्र नभई अन्तरराष्ट्रिय स्तरका माउन्टेन गाइड, प्रशिक्षक र कुशल उद्धारकर्ताको रूपमा स्थापित हुनुहुन्छ ।

सन् २००५ मा मेरा पिक आरोहणबाट आफ्नो साहसिक यात्रा सुरु गर्नुभएका शाहीले सन् २०१७ देखि २०२४ सम्मको छोटो अवधिमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँच पटक सफल आरोहण गर्नुभएको छ । उहाँको नाममा सन् २०१७ मा टोबसार पिक (६,१०० मि)को पहिलो आरोहण गर्ने कीर्तिमान समेत रहेको छ ।

नरेन्द्र शाहीको अनुभव नेपालका हिमालहरूमा मात्र सीमित छैन । उहाँले युरोपका आइसल्याण्ड, फ्रान्स, स्विजरल्याण्ड, इटाली र रुसका चुनौतीपूर्ण चुचुराहरूमा समेत सफल आरोहण गरिसक्नुभएको छ । सन् २०२४ मा मात्रै उहाँले सगरमाथा, आइसल्याण्डको हभन्नाडाल्सन्जुकर र लाबुचे पिकजस्ता शिखरहरूको सफल आरोहण गर्नुभएको छ । उहाँको यो निरन्तरको सक्रियताले नेपाली पर्वतारोहीहरूको व्यावसायिकतालाई विश्व बजारमा थप उचाइमा पु¥याएको छ ।

आरोहणका साथै उहाँले चीन र नेपालमा विभिन्न माउन्टेन गाइड कोर्सहरूमा ‘एजुकेसन चिफ’ र ‘अब्जर्भर’ को रूपमा रहेर नयाँ पर्वतारोहीहरूलाई समेत प्रशिक्षण दिँदै आउनुभएको छ । नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसनको पूर्वप्राविधिक निर्देशक र गण्डकी अल्पाइन क्लबका संस्थापक अध्यक्षसमेत रहेका शाही हिमालयन उद्धार सङ्घको उद्धार समितिमा रहेर काम गरिसक्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको शिक्षा र पर्वतारोहणमा डिप्लोमा हासिल गर्नुभएका उहाँले ‘नोल कोर्स’ र ‘हेलिकप्टर लङ लाइन रेस्क्यु’ जस्ता उच्चस्तरीय तालिमसमेत लिनुभएको छ ।

मनराज गुरुङः पर्वत, प्रज्ञा र परोपकारको सङ्गम

नेपाली पर्वतारोहण र साहसिक पर्यटनको क्षेत्रमा ‘बौद्धिक आरोही’को पहिचान बनाउनुभएका मन राज गुरुङ पछिल्लो समय एक प्रेरणादायी नाम बनेको छ । लमजुङको राइनस नगरपालिका प्यारजुङमा जन्मिनुभएका गुरुङले १५ मे २०२५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नो १५ वर्ष लामो साहसिक यात्रालाई नयाँ उचाइ दिनुभएको छ ।

केवल पर्वतारोही मात्र नभई अन्तरराष्ट्रिय माउन्टेन गाइडसमेत रहनुभएका उहाँले हिमलुङ हिमाल, आमादब्लम, मेरा पिक, र अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारोजस्ता दर्जनौँ स्वदेशी तथा विदेशी हिमालको सफल आरोहण गरिसक्नुभएको छ । साहसिक पर्यटनलाई व्यवसाय र आध्यात्मिकतासँग जोड्दै उहाँले ‘बोधी एडभेन्चर्स’ मार्फत नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएको छ ।

पर्वतारोहण जस्तो शारीरिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा रहेर पनि उहाँले प्राज्ञिक क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरिसक्नुभएको छ । उहाँले शङ्करदेव क्याम्पसबाट व्यावसायिक अध्ययनमा स्नातकोत्तर र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध धर्म र हिमाली अध्ययनमा स्नातकोत्तर गर्नुभएको छ ।

आरोहण र व्यवसायबाहेक गुरुङको पहिचान एक कुशल प्रशिक्षक र परोपकारी व्यक्तित्वको रूपमा पनि उत्तिकै बलियो छ । उहाँले नेपाली सेनाको कैशाङ ग्लेशियर ट्रेनिङ स्कुलमा हिमाल सफाइ अभियान, नेपाल प्रहरीको विपद् व्यवस्थापन तालिममा रोप रेस्क्यु प्रशिक्षण, र विभिन्न राष्ट्रिय सङ्घसंस्थाहरूमा माउन्टेन रेस्क्यु तथा नेभिगेसन प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन् । अन्तरराष्ट्रियस्तरमा तान्जानिया, केन्या, रुवान्डा, जापान, र चीनलगायतका देशहरूको भ्रमण गरिसकेका छन् । रासस

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते
कुवेत सिटी। इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। आक्रमणपछि विमानस्थल केही समयका लागि बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

अप्रिल ८ मा लागू भएको युद्धविरामपछि खाडी क्षेत्रमा भएको यो पहिलो घातक आक्रमण हो। कुवेतका अनुसार आक्रमणबाट केही कूटनीतिक नियोगहरूमा समेत क्षति पुगेको छ। यस घटनाले हालसम्म छिटफुट आक्रमणका बाबजुद कायम रहेको युद्धविराममाथि थप दबाब सिर्जना गरेको छ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको एक महिनाभन्दा लामो युद्धका क्रममा इरानले खाडी क्षेत्रका मुलुकहरूतर्फ हजारौं मिसाइल र ड्रोन प्रहार गरेको थियो। युद्धविरामपछि स्थिति केही शान्त बनेको भए पनि पछिल्लो घटनाले तनाव पुनः बढाएको छ।

इरानले कुवेत र बहराइनले अमेरिकी सेनालाई आफ्नो भूमि प्रयोग गर्न दिएको आरोप लगाएको छ। तेहरानले बहराइनस्थित अमेरिकी नौसैनिक मुख्यालय र कुवेतको अली अल–सलेम हवाई अड्डालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। तर कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणबारे भने स्पष्ट उल्लेख गरेको छैन।

कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अल–सनादका अनुसार घटनास्थलमा २५ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो।

घाइतेहरूमा टाउकोमा गम्भीर चोट, मस्तिष्कमा रक्तस्राव, अंग विच्छेदन तथा विस्फोटबाट भएका अन्य गम्भीर चोटपटक देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। (रासस/एएफपी)

गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
वासिङ्टन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजापट्टीको ७० प्रतिशत भूभागमा इजरायली नियन्त्रण विस्तार गर्ने विषय अमेरिकाद्वारा प्रस्तावित द्वन्द्व समाधान तथा पुनर्निर्माण योजनामा समावेश नभएको बताउनुभएको छ ।

मंगलबार अमेरिकी सांसदहरूसमक्ष आयोजित एक सुनुवाइका क्रममा रुबियोले गाजामा जारी द्वन्द्व अन्त्य, पुनर्निर्माण तथा दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको २० बुँदे अमेरिकी योजनामा उक्त प्रकारको भूभाग नियन्त्रण विस्तारको व्यवस्था नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले अमेरिका गाजामा दिगो शान्ति, सुरक्षा तथा स्थिर शासन व्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै त्यहाँको प्रशासन कुनै सशस्त्र समूहको नियन्त्रणमा नरही जनताको हितलाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रुबियोका अनुसार गाजाको भविष्य शान्तिपूर्ण, सुरक्षित र पुनर्निर्माणमुखी हुनुपर्नेमा अमेरिका प्रतिबद्ध छ ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीमा इजरायली सेनाको नियन्त्रण विस्तार गर्ने सम्बन्धमा निर्देशन दिएको जानकारी सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार हाल करिब ६० प्रतिशत भूभागमा रहेको सैन्य नियन्त्रणलाई बढाएर ७० प्रतिशतसम्म पु¥याउने लक्ष्य राखिएको छ ।

रुबियोको भनाइलाई गाजाको वर्तमान अवस्था, क्षेत्रीय सुरक्षा तथा द्वन्द्वपछिको व्यवस्थापनबारे अमेरिकी दृष्टिकोणको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

अमेरिका गाजामा दीर्घकालीन शान्ति स्थापना, मानवीय सहायता प्रवाहको सहजता तथा पुनर्निर्माण प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने पक्षमा रहेको बताइएको छ । (रासस/सिन्ह्वा)

अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि
क्यानबेरा। अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री मे महिनामा हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

अष्ट्रेलियाको मोटर उद्योग महासंघले बुधबार सार्वजनिक गरेको मासिक बिक्री तथ्यांकअनुसार मे महिनामा नयाँ बिक्री भएका सवारीसाधनमध्ये ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको हिस्सा २० प्रतिशत पुगेको छ । यो अप्रिलमा कायम भएको १६.४ प्रतिशतको अघिल्लो कीर्तिमानभन्दा बढी हो ।

हाइब्रिड र बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड सवारीसाधनलाई समेत समावेश गर्दा, मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ४६ प्रतिशत विद्युतीकृत सवारीसाधन रहेका महासंघले जनाएको छ ।

महासंघका प्रमुख कार्यकारी अधिकृत टोनी वेबरले विद्युतीकृत सवारीसाधनतर्फको परिवर्तन विशेषगरी बहुउपयोगी सवारी क्षेत्रमा स्पष्ट देखिएको बताउनुभयो ।

उहाँका अनुसार, एक वर्षअघिको तुलनामा मे महिनामा विद्युतीय बहुउपयोगी सवारीको बिक्री १६७ प्रतिशतले वृद्धि भएको छ भने बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड बहुउपयोगी सवारीको बिक्री ३७७ प्रतिशतले बढेको छ । यसैबीच पेट्रोलबाट चल्ने बहुउपयोगी सवारीको बिक्री भने ३१ प्रतिशतले घटेको छ ।

चिनियाँ सवारी निर्माता कम्पनीले मे महिनामा अष्ट्रेलियामा ८ हजार २११ वटा नयाँ सवारीसाधन बिक्री गरेको छ, जुन सन् २०२५ को सोही अवधिको तुलनामा १५५ प्रतिशत बढी हो ।

मे महिनाको अन्त्यसम्ममा तीन प्रमुख चिनियाँ सवारी निर्माता कम्पनीहरूले अष्ट्रेलियामा कुल ७८ हजार १६८ वटा नयाँ सवारीसाधन बिक्री गरेका छन्। गत वर्षको सोही अवधिमा यो संख्या ४६ हजार ०२३ थियो ।

यद्यपि, टोयोटा अझै पनि अष्ट्रेलियाको सबैभन्दा ठूलो सवारी निर्माता बनेको छ । तर कम्पनीको बिक्री सन् २०२५ को पहिलो पाँच महिनामा भएको १ लाख ७५३ बाट घटेर सन् २०२६ को सोही अवधिमा ७६ हजार ०१७ मा झरेको छ ।

विश्लेषकहरूका अनुसार अष्ट्रेलियामा विद्युतीय तथा अन्य विद्युतीकृत सवारीसाधनप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ, जसले देशको अटोमोबाइल बजारमा महत्वपूर्ण परिवर्तनको सङ्केत दिएको छ ।(रासस/सिन्ह्वा)

दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति
जाकार्ता। इन्डोनेसियाले विदेशी लो–अर्थ अर्बिट (एलइओ) स्याटेलाइट सेवा प्रदायक कम्पनीहरूका लागि नयाँ नियमहरू कडा बनाउने निर्णय गरेको छ। यसमा स्टारलिङ्क लगायतका अन्तर्राष्ट्रिय स्याटेलाइट सेवा प्रदायकहरू पनि समावेश छन् ।

देशको सञ्चार तथा डिजिटल मन्त्रालयले मंगलबार जनाएको अनुसार अब विदेशी स्याटेलाइट कम्पनीहरूले इन्डोनेसियाको आन्तरिक नियमहरू पूर्ण रूपमा पालना गर्नुपर्नेछ र देशको डिजिटल सार्वभौमिकता (डिजिटल स्वायत्तता) सम्बन्धी लक्ष्यलाई सहयोग गर्नुपर्नेछ ।

मन्त्रालयका महासचिव इस्माइलका अनुसार सरकार विदेशी लगानीलाई प्रोत्साहन गर्ने र राष्ट्रिय रणनीतिक हितको सुरक्षा गर्ने बीच सन्तुलन कायम गर्न चाहन्छ । उहाँले स्थानीय सञ्चार माध्यम बिस्निस डट कमसँग कुरा गर्दै विदेशी स्याटेलाइट सेवा प्रदायकहरूले इन्डोनेसियामै नेटवर्क सञ्चालन केन्द्र स्थापना गर्नुपर्ने र सामग्रीसम्बन्धी नियमहरू पनि पालना गर्नुपर्ने बताउनुभयो ।

इन्डोनेसियाको विशाल द्वीपसमूह संरचनाका कारण देशका दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्न स्याटेलाइट प्रविधि महत्वपूर्ण भएको मन्त्रालयले जनाएको छ । यसले परम्परागत मोबाइल र फाइबर नेटवर्कलाई पूरक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सरकारले स्याटेलाइट सेवासँग कृत्रिम बुद्धिमत्ता प्रविधि एकीकृत गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा इन्टरनेट पहुँच विस्तार गर्ने योजना बनाइरहेको छ । यसले शिक्षा, स्वास्थ्य र साना व्यवसायहरूको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । रासस

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
मुस्ताङ।  मुस्ताङको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिव तीन महिनाका लागि बन्द गरेको जनाएका छन् ।

बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा–जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।

बेनी हुँदै सडकमार्गबाट मुस्ताङ आउने पर्यटकको चहलपहल यथावत रहे पनि पोखरा–जोमसोम हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुने पुगेका प्रमुख पोखरेलले उल्लेख गर्नुभयो । यहाँ तारा एयरलाइन्सले मे २२ र समिट एयरलाइन्सले जुन २ तारिखदेखि पोखरा–जोमसोम हवाई सेवा बन्द गरेका प्रमुख पोखरेलले बताउनुभयो ।

जोमसोम नागरिक उड्डयन कार्यालयले बर्सेनि हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा यहाँको पोखरा–जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ ।

यहाँ उडान भर्ने साना जहाजहरू हुम्ला सिमीकोटतर्फ उडाइएको छ । भारतीय पर्यटकका लागि तिब्बतको मानसरोवर यात्रा खुला गरिएकाले यहाँ उडान भर्ने साना जहाज त्यसतर्फ पठाइएको हो ।

यहाँको नियमित हवाई उडान सेवा बन्द गरिएको भएपनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने जोमसोम नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ ।

पर्यटकीय याममा दैनिक तारा र समिटले गरी औसत १० वटा उडान भर्ने गरेको र जसमा पोखराबाट हर्वा मार्ग प्रयोग करिब १५० बढी पर्यटक मुस्ताङ आउने गरेका छन् ।

समिट एयरलाइन्स जोमसोमका स्टेशन इञ्चार्ज सुमन थकालीले समिट एयरले जुन २ देखि उडान बन्द गरेको जानकारी दिनुभयो । बन्द गरिएको उडान अगस्ट १५ देखि सञ्चालनमा ल्याउने योजना रहेको स्टेशन इञ्चार्ज थकालीले उल्लेख गर्नुभयो ।

यसैगरी तारा एयरलाइन्सले पनि मे २२ देखि बन्द गरेको पोखरा–जोमसोम हवाई सेवा सेप्टेम्बरदेखि सञ्चालनमा आउने जोमसोमस्थित स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिनुभयो । पर्यटक अफसिजन र मनसुन सुरु भएकाले हवाई सेवा बन्द गर्नुपरेको उहाँको भनाइ छ ।

यसअघि पोखरा–जोमसोम हवाई उडान सेवाअन्तर्गत तारा एयरलाइन्सले डिसेम्बर चारदेखि मार्च एकसम्म र समिट एयरलाइन्सले डिसेम्बर एकदेखि फेब्रुअरी एकसम्म नियमित हवाई सेवा बन्द गरेका थिए । रासस

कर्णालीको नीति तथा कार्यक्रमः कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षा प्राथमिकतामा
कर्णाली। कर्णाली प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको अस्वस्थताका कारण मुख्यमन्त्री यामलाल कँडेलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा प्राथमिकतामा राखिएको छ । जलस्रोत र विद्युत्मा सेयर लगानीसम्मका विषयहरू प्राथमिकताका साथ समेटिएका छन् ।

नीति तथा कार्यक्रममा खाद्यान्न उत्पादन, फलफूल तथा नगदेबाली क्षेत्रको विकासको लागि ‘बाली विशेष उत्पादन मिसन अभियान’ सञ्चालन, स्याउ, ओखर, हलुवाबेद, सुन्तला, किवी, ड्रागन फ्रुट, आँप, लिची, केरा, स्ट्रबेरीलगायतका फलफूलको व्यावसायिक उत्पादन प्राथमिकता दिँदै यसको प्रवर्द्धन गर्न ‘एक गाउँ, एक व्यावसायिक फलफूल बगैँचा’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशको भौगोलिक तथा जलवायु विशेषताअनुसार सुर्खेत र मुगु जिल्लामा कपास खेतीको प्रवर्द्धन, व्यवसायीकरण गरिनेछ ।

स्याउ विकास बोर्ड गठन गरिने

उपल्लो कर्णालीमा स्याउखेतीको क्षेत्र विस्तारका लागि उन्नत बिरुवा, बिमा र अनुसन्धान कार्यक्रम लागू गरी उत्पादित स्याउको विशिष्ट जैविक र पौष्टिक गुणमा जोड दिने र राष्ट्रव्यापी ब्रान्डिङ अभियान सञ्चालन गर्न सरकारले स्याउ विकास बोर्ड गठनसम्बन्धी ऐन तर्जुमा गरी संस्थागत कार्यान्वयन सुरु गरिने बताएको छ । रैथाने बाली, आत्मनिर्भर कर्णालीको अभियानलाई सार्थक बनाउन स्थानीय बालीको संरक्षण, प्रवर्द्धन तथा व्यवसायीकरण एवं संरक्षण क्षेत्र निर्धारण गरिने नीति रहेको छ ।

‘मूल्यवान कर्णाली किसानको सम्पदा’ नामक लोगोलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा स्थापित गर्न आवश्यक काम गरेर विद्यालय तथा सरकारी निकायमा स्थानीय उत्पादनमा आधारित खाद्य उपयोगलाई प्रोत्साहन, एकीकृत कृषि विकासमार्फत प्राकृतिक एवं प्राङ्गारिक खेती तथा स्थानीय उत्पादनमा आधारित कृषि पर्यटन प्रवर्द्धन गरेर ‘कृषि पर्यटन गन्तव्य तथा एग्रो टुरिजम भिलेज’ विकास गरी उत्पादनको ब्रान्डिङ, बजार पहुँच, आयात व्यवस्थापन, रोजगारी सिर्जना तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने प्रदेश सरकारले नीति लिएको छ ।

पशुपन्छी तथा मत्स्य क्षेत्रको व्यवसायीकरणको लागि कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, मुगु र डोल्पामा भेडा र च्याङ्ग्राको क्लस्टर विकास गरी मासु र ऊन उत्पादन प्रवर्द्धन, सुर्खेत र दैलेख जिल्लामा मत्स्य व्यवसायलाई प्राथमिकताका साथ विकास गर्दै पोखरी निर्माण तथा प्राविधिक सेवा विस्तार गरिने भएको छ । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिम भागमा डेरी स्थापनाको लागि प्रोत्साहन गरेर खोरेत रोग उन्मूलन कार्यक्रम सञ्चालन र खोप अभियान तथा सङ्क्रामक रोग नियन्त्रणका कामहरू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आफ्नै गोठ, आफ्नै स्रोत अभियानलाई सुर्खेत, दैलेखलगायत जिल्लामा कृत्रिम गर्भाधान सेवा विस्तार, स्थानीय नस्लसंरक्षण तथा सुधार, पाडी, बाच्छी हुर्काउन प्रोत्साहन सहयोग, गोठ सुधार, घाँसखेती गरिने उल्लेख छ । अण्डा, दूध र मासुको बजार सुनिश्चित गर्न सङ्कलन केन्द्र, चिस्यान शृङ्खला तथा सुधारिएको बधस्थलको पूर्वाधार विकासमा जोड दिइएको छ ।

भूमिसम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको तर्जुमा र कार्यान्वयन गरी सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, गुठी व्यवस्थापन तथा संरक्षण, खेतीयोग्य जमीनको संरक्षण गर्दै बाँझो जमिनको पहिचान गरी व्यावसायिक खेतीमा युवालाई आकर्षित गर्ने, प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न कानुन तर्जुमा गरिने उल्लेख गर्दै स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिने नीतिमा उल्लेख छ । प्रदेशअन्तर्गतका सबै अस्पतालहरूलाई प्रदेश सरकारको नामबाट नामाकरण हुने भएको छ । दीर्घ र जटिल रोगबाट ग्रसित बिरामीको उपचारमा सहायता प्रदान गरिने उल्लेख छ ।

आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना तथा सञ्चानलन तथा प्रतिकार्यमा उक्त कोषको प्रयोग हुने भएको छ । एक जिल्ला एक नमूना स्वास्थ्य स्थानीय तह अभियानको सुरुआत गरिने भएको छ । पूर्ण संस्थागत सुत्केरी कार्यलाई अनिवार्य गरिने भएको छ । प्रदेश अस्पतालसहित अस्पतालहरूमा उपचाररत विपन्न, ज्येष्ठ नागरिकलाई नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा निःशुल्क रूपमा रगत उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख छ ।

सिञ्जा र दुल्लु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने

सिञ्जा, दुल्लुलगायतका भाषिक क्षेत्रको अनुसन्धान तथा अभिलेखीकरण गरी कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, भूर्तिका बाइस देवल, सिञ्जा र दुल्लु क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक कार्य गरिने उल्लेख छ । कर्णालीको प्रसिद्ध देउडालगायत संस्कृतिलाई जगेर्ना गर्न प्रोत्साहन गर्ने नीति लिइने उल्लेख छ । स्थानीय तहको सहकार्यमा कर्णालीका विभिन्न स्थानलाई चलचित्रको छायाङ्कन क्षेत्रका रूपमा विकास गरिने बताएको छ ।

कर्णाली प्रदेशको शिक्षा नीति तथा दश वर्षीय शिक्षा योजना (२०८३/०८४–२०९३/०९४) तर्जुमा गरी कार्यान्वयन गरिने भएको छ । प्रदेशका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा सुधारका कार्यक्रम सञ्चालन गरेर विद्यालयमा डिजिटल पूर्वाधार विस्तार गरी शैक्षिक क्रियाकलापमा प्रविधिको प्रयोग बढाउने, प्रदेशको सांस्कृतिक तथा सभ्यता संरक्षण गर्न भाषा, साहित्य, कला तथा संस्कृति एवं पुरातात्विक सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणका गरिने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

‘कर्णालीको पानी–जनताको लगानी अभियान’

कर्णालीको पानी–जनताको लगानी अभियान’मार्फत कर्णाली प्रदेशमा विकसित हुने जलविद्युत् आयोजनाहरूमा स्थानीय कर्णालीबासीको सेयर लगानीलाई प्रोत्साहित गर्न पहल, समन्वय र सहजीकरण गरिने भएको छ । जगदुल्ला–ए लगायतका जलविद्युत् आयोजनाहरूमा प्रदेश सरकारको लगानी हुने भएको छ । सङ्घ सरकारको सहकार्यमा सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मका जलविद्युत् आयोजना र उच्च हिमाली क्षेत्रमा वायुबाट ऊर्जा उत्पादन गर्न सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने बताइएको छ ।

त्यस्तै जलविद्युत्, जलाशय, सिँचाइ र खानेपानी आयोजनालाई समेटेर एकीकृत जलस्रोत विकास रणनीति तर्जुमा गरिने बताएको छ । धानखेती हुने संसारकै सबैभन्दा उच्च स्थान, जुम्लाको छुमचौर उपत्यकामा जलवायु परिवर्तनले बालीको लागि आवश्यक पानीको परिमाण र उत्पादनमा पारेको प्रभावको अध्ययन तथा अनुसन्धान गरी जलवायु अनुकूलित पूर्वाधार निर्माण गरिने भएको छ । प्रदेश राजधानी संरक्षण आयोजनाअन्तर्गत बुलबुलेदेखि काँक्रेविहारसम्मको बहुउद्देश्यीय परियोजना र जुम्ल्याहा मूल ताल बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सम्पन्न गरिने भएको छ । भेरी लिफ्टिङ आयोजना, सुर्खेत र शारदा खानेपानी आयोजना सल्यानको निर्माण कार्यलाई समयमै सम्पन्न गर्नेगरी तीव्रता दिइने भएको छ ।

विश्वमै दुर्लभ वन्यजन्तुहरू (हिउँ चितुवा, हाब्रे, जङ्गेली बिरालो, गिद्ध, कस्तुरी(मृग)को संरक्षण गर्दै दुर्लभ वन्यजन्तुहरूको प्रचारप्रसारबाट पर्या–पर्यटनमार्फत अर्थतन्त्रमा योगदान पुर्‍याउनका लागि विशेष कार्यक्रम सञ्चालन हुने नीतिमा उल्लेख छ । लिमी र डोल्पो उपत्यका, रारा क्षेत्र, फोक्सुण्डो ताल क्षेत्र, बुलबुले, कुपिण्डे र बराह ताल आदिको संरक्षण हुने भएको छ । पर्यटन प्रवर्द्धन गर्न कर्णाली पर्यटन दशक सुरुआत गरिने भएको छ । संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली भन्ने नारालाई अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार गरिनुको साथै पर्यटन सूचना केन्द्रलाई व्यवस्थित बनाउने योजना रहेको छ ।

सुर्खेत विमानस्थलको विस्तार गरी दीर्घकालीन आवश्यकता सम्बोधन गर्न प्रादेशिक विमानस्थल निर्माणको लागि सङ्घीय सरकारसँग पहल गरिने उल्लेख छ । सुर्खेत विमानस्थलबाट हिमाली जिल्लाका विमानस्थलमा नियमित हवाइ उडानका लागि सङ्घीय सरकारसँगको समन्वयमा हवाइसेवा प्रदायकलाई सहुलियतका कार्यक्रम सञ्चालन हुने भनिएको छ ।

कर्णाली–लुम्बिनी–सुदूरपश्चिम–गण्डकी प्रादेशिक सडक निर्माण

प्रदेश सरकारले अन्तरप्रदेश सडक सञ्जाल विस्तार गरी कर्णाली प्रदेशलाई लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशसँग जोड्ने सडक निर्माणलाई प्राथमिकता दिइने बताएको छ ।

प्रादेशिक सडक सञ्जाल गुरुयोजना अद्यावधिक गरी प्राथमिकीकरण गर्दै दोस्रो पञ्चववर्षीय योजनाको कामलाई गति दिइने भएको छ । सडक सञ्जालमा पहुँच नपुगेका हिमाली तथा दुर्गम क्षेत्रका बस्ती र स्थानीय तहलाई राष्ट्रिय तथा प्रादेशिक सडक सञ्जासलसँग जोड्नका लागि काम गर्ने उल्लेख गरेको छ । कर्णाली करिडोर, भेरी करिडोर तथा उत्तर–दक्षिण जोड्ने सडकहरूको स्तरोन्नरतिका लागि आवश्यक पहल हुने भएको छ ।

सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम भाग र कालिकोट जिल्लामा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न विशेष कार्यक्रम सञ्चाालन गरिने भएको छ । पेट्रोलियम खपतमा निर्भरता घटाउन विद्युतीय सार्वजनिक यातायातलाई उच्च प्राथमिकतामा राखिने भएको छ । विद्युतीय सवारीको पहिचान गरी उपयुक्त स्थानमा चार्जिङ स्टेसनहरूको निर्माण र विस्तार गर्न निजी क्षेत्रसँग समन्वय र सहकार्य हुने भएको छ ।

विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र भई गएको भूकम्पबाट क्षतिग्रस्त भएका सल्यान, रुकुम पश्चिम भाग र जाजरकोटमा निर्माण सुरु गरिएका सार्वजनिक विद्यालय र स्वास्थ्यचौकीको पुनर्निर्माणको कार्य सम्पन्न गरिने भएको छ ।

वीरेन्द्रनगर, नारायण, दुनै र चन्दनाथ नगरपालिकालाई हरित स्मार्ट तथा व्यवस्थित सहरको रूपमा विकास गर्न चक्रपथ, ढल व्यवस्थापन, सडक बत्ती, सार्वजनिक यातायात तथा एकीकृत सहरी पूर्वाधार निर्माणलाई सङ्घ र स्थानीय तहको समन्वयमा प्राथमिकताका साथ कार्यान्वयन गरिने भएको छ ।

निर्माण सामग्री परीक्षण तथा गुणस्तर नियन्त्रण प्रणालीलाई सुदृढ बनाइने उल्लेख छ । सुर्खेतमा रहेको प्रदेशस्तरीय निर्माण सामग्री परीक्षण प्रयोगशालालाई आधुनिक प्रविधिसहित स्तरोन्नरति गर्दै अन्य जिल्लामा गुणस्तर परीक्षण सेवा विस्तार गरिने भएको छ ।

सङ्घ सरकारको समन्वयमा कर्णाली प्रदेशको उत्तरी सीमा हिल्सा नाकामा सशस्त्र प्रहरी बल नेपालका लागि बहुउद्देश्यीय भवनलगायतका भौतिक पूर्वाधार निर्माण गरिने बताएको छ ।

प्रदेशको नीति तथा कार्यक्रम, बजेट र आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न बनेका अनुगमन संयन्त्रलाई क्रियाशील बनाइने भएको छ । प्रदेश गौरव, बहुवर्षीय र स्रोत सुनिश्चितता प्राप्त आयोजनाहरूको वित्तीय र भौतिक प्रगति कर्णाली प्रदेश अनुगमन प्रणालीमा नियमित रूपमा अद्यावधिक गर्ने व्यवस्था मिलाइने बताएको छ । रासस

मन्त्री मेहताद्वारा स्वास्थ्य बिमाका विषयमा अस्पतालका प्रमुखसँग छलफल
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमा देखिएका समस्या समाधान गर्नका लागि छलफल गर्नुभएको छ ।

मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्ड र उपत्यकाका सरकारी अस्पतालका प्रमुखसँग आज मन्त्रालयमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा विद्यमान असहजता र सुधारका बारेमा छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रम गरिबी जनताको स्वास्थ्यसँग जोडिएकाले सुधार गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बिमा बन्द गरिएका अस्पतलाका स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो । “स्वास्थ्य बिमा कार्यक्रम जनताको कार्यक्रम हो । यसलाई अस्पतालले नियमित गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाको विकल्प छैन । त्यसैले बन्द गरिएका अस्पतालले चाडै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुहोस् ।”

मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य उपचार सुविधा थैलीमा गरेको परिवर्तनका सम्बन्धमा थप छलफल गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । केही दिन अघि मात्र बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैलीको दररेट परिमार्जन गरेको थियो ।

छलफलमा स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वास्थ्य बिमा सहज बनाउने मन्त्रालयले नीतिगत छलफल गरिरहेको बताउनुयो । उहाँले हालै गरिएको सुविधा थैलीको दररेटका सम्बन्धमा केकसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक सकुन्तला प्रजापतिले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ मा कुनकुन परीक्षणको दररेट कम भएका छन् र ती दररेटका सम्बन्धमा अस्पतालसँग छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभयो । छलफलमा अस्पताल प्रमुखहरूले हालै बोर्ड परिमार्जन गरेको सुविधा थैली परिमार्जन गर्नुपर्ने माग राख्नुभएको थियो ।

उहाँहरूले स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने रकम लामो समयदेखि बक्यौता रहँदा सेवा सञ्चालनमै समस्या भएको बताउनुभएको थियो । छलफलमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल लगायत प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।  रासस

बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एकजनाको मृत्यु
रौतहट। रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बौधिमाई नगरपालिका–५, कोपवाका धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।

जयसवालको शव परीक्षणका लागि गौरस्थित प्रदेशिक अस्पतालमा राखिएको समेत उहाँले जानकारी दिनुभयो ।  रासस

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या
कञ्चनपुर। सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन् ।

कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन् ।

महाकाली प्रादेशीक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा अर्जुन भट्टले आपूर्ति केन्द्रबाट रेबिजविरुद्धको खोप नआएपछि समस्या भएको बताउनुभयो ।

“अस्पतालमा दैनिक ४०/५० जना बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन आउँछन्, हामीसँग खोप उपलब्ध छैन”, उहाँले भन्नुभयो, “जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन सकेको छैन ।” धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ ।

आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिजविरुद्धको खोप उपलब्ध हुन नसकेको बताउनुभयो ।

“सुदूरपश्चिममा मात्रै नभई अहिले मुलुकभर रेबिजविरुद्धको खोप अभाव छ,” उहाँले भन्नुभयो, “कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन भइसकेको छैन ।” प्रदेश आपूति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा खोप उपलब्ध गराउँदै आएको छ ।

प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महङ्गो शुल्क तिरेर खोप लगाउन बाध्य हुनुपरेको छ ।

“सरकारी अस्पतालमा खोप पाइएन निजी स्वास्थ्य संस्थाबाट रु ६४५ मा खरिद गर्यौं त्यो पनि सहजै पाइएन,” आज खोपका लागि महाकाली अस्पताल पुगेका सेवाग्राही लिलि कुवँरले भन्नुभयो, “तीन पटक लगाउनुपर्ने खोप अर्को पटक नपाउने होकि भन्ने चिन्ता छ ।” रासस

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।

अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको बताउनुभयो । “अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छाँै । तर पनि हामी नेपालमा भाइरसको सङ्क्रमणको प्रवेश नगरोस् भनेर उच्च सतर्कता अपनाएका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी अभिमुखीकरणसहित उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायबारे पनि छलफल गरिएको छ ।”

उहाँले इवोला सङ्क्रमण भएको ठाउँमा जान सक्ने नेपालीको व्यवस्था र मापदण्डका विषयमा समन्वय भइरहेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय सरोकारको जनस्वास्थ्य आपत्कालीन अवस्था घोषणा गरेको छ ।

मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशविन्दुमा स्वास्थ्यकर्मी परिचालन गरी शङ्कास्पद बिरामीको परीक्षणसमेत गरिरहेको उहाँले बताउनुभयो । नेपालमा अहिलेसम्म इबोला भाइरसको सङ्क्रमणको पृष्टि भएको छैन ।

लक्षण

अचानक कडा ज्वरो आउने र अत्यधिक कमजोरी महसुस हुने, वान्ता हुने, पाखला लाग्ने र पेट दुख्ने, टाउको मासपेशी तथा घाँटी दुख्ने, छालामा डाबर देखिने, कलेजो तथा मिर्गौलाको कार्यमा असर पुग्ने, केही बिरामीमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ । रासस

अखेटोपहारसहित पाँच जना पक्राउ
काठमाडौँ। अखेटोपहारसहित पाँच जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा ओसारपसार, बिक्री तथा सञ्चय गरेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो ।

काठमाडौँको तारकेश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाका २६ वर्षीय टेकप्रसाद गुरूङ र २० वर्षीय सन्तबहादुर भुजेल, काठमाडौँ महानगरपालिका–१७ बसन्तपुरका २७ वर्षीय आयुष महर्जन र टोखा नगरपालिका–२ सपनतीर्थका २४ वर्षीय पुरन बोहरालाई वन्यजन्तुको अखेटोपहारसहित पक्राउ गरिएको जनाइएको छ ।

प्रहरी टोलीले राजिवको घर नजिकैको जग्गामा गाडेर राखेको अवस्थामा दुई थान हात्तीका दाह्रा बरामद गरेको हो । निजको घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित राजिव, आयुष र टेकप्रसाद पक्राउ परेका ले आज जनाएको छ ।

अनुसन्धानका क्रममा हात्तीको दाह्राका दुई वटा टुक्राहरू पुरनसँग रहेको खुलेको थियो । निजले आफूसँग भएको उक्त हात्तीको दाह्राका टुक्रा मनमैजु बस्ने सन्तबहादुरलाई दिएको बताएपछि मनमैजुस्थित सन्तबहादुरको कोठाबाट दुई थान हात्तीका दाह्राका टुक्रा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये राजिव, आयुष र टेकप्रसादलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा पुरन र सन्तबहादुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ डिभिजन वन कार्यालय पठाइएको छ । रासस

यी हुन् चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय
काठमाडौँ। मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा रूपन्देहीका सबैभन्दा बढी देखिएका छन् ।

मुलुकभरमा चार हजारभन्दा बढी नौ सामुदायिक विद्यालय रहेकामा तीन विद्यालय रूपन्देहीकै रहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरिमै सबैभन्दा बढी आठ हजार दुई सय ३९ विद्यार्थी छन् ।

रूपन्देहीकै तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माविमा सात हजार एक सय २०, बुटवल उपमहानगरपालिकाकै कान्ति माविमा छ हजार ३४ र नवीन औद्योगिक कदरबहादुर रीता माविमा पाँच हजार तीन सय ४० विद्यार्थी रहेका छन् ।

रूपन्देहीपछि काठमाडौँमा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय रहेका छन् । काठमाडौँ महानगरपालिकाको ज्ञानोदय माविमा चार हजार सात सय ४६ र विश्वनिकेतन माविमा चार हजार तीन सय एक विद्यार्थी रहेको छन् ।

धनुषाको विदेह नगरपालिकाको जनता नमूना माविमा छ हजार दुई सय ६६, मोरङको सुन्दरहरैचा नगरपालिकाको सुकुना माविमा चार हजार छ सय ४२, भक्तपुरको भक्तपुर नगरपालिकाको वागीश्वरी माविमा चार हजार एक सय ८५ र कपिलवस्तुको शिवराज नगरपालिकाको नेपाल आदर्श माविमा चार हजार एक सय १४ विद्यार्थी रहेका छन् ।

अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण, २०८२/८३ का अनुसार पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । हाल देशभरका परम्परागतसहित २७ हजार १० सरकारी विद्यालय छन् । रासस

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल
गण्डकी। गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आजदेखि छलफल सुरु भएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको हो ।

प्रदेशसभा सदस्य जीतप्रकाश आले मगरले विनीयोजन विधेयकका सिद्धान्त र प्राथमिकताअनुसार नीति तथा कार्यक्रम र सोही आधारमा बजेट ल्याउनुपर्ने बताउनुभयो । सङ्घीय प्रणालीलाई थप सुदृढ गर्नेगरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य निर्मला थापाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य कुसुम बुढा पुनले करको दर नभई दायरा बढाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारलाई आत्मनिर्भर बनाउने गरी नीति, कार्यक्रम र बजेट तुर्जमा गर्नुपर्ने बताउनुभयो । उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य विन्दु पौडेलले केही नयाँ कार्यक्रम घोषणा गरिए पनि अधिकांश कार्यक्रम परम्परागत र सतही भएको बताउनुभयो । उहाँले नागरिकको माग र आकङ्क्षालाई पूरा गर्नेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले पर्यटन क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रममा नयाँ सोच र योजना समावेश भएको बताउनुभयो ।

उहाँले कतिपय कार्यक्रम तथा योजना कार्यान्वयनमा नीतिगत अस्पष्टताका कारण समस्या भइरहेको भन्दै पहिले त्यसलाई हल गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य सुनिता थापा, बेदबहादुर गुरुङलगायते नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको थियो । त्यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको थियो ।

नागरिकको दैनिक जीवनमा अनुभूत हुनेगरी प्रभावकारी सेवा प्रवाह, समावेशी विकास, सुशासन र सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ ।

‘आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी’ को दीर्घकालीन सोचलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्दै ल्याइएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । रासस

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बिर्तामोड। झापाको मेचीनगरमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार भारतको किशनगञ्ज गलगलिया निवासी ३२ वर्षीय अजय माझी र मेचीनगर नगरपालिका–७ निवासी २१ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा साँझ ५ः५० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न बस चालक मेचीनगर नगरपालिका–११ निवासी ४५ वर्षीय निरेन धिमाल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेका छन् ।

दुर्घटनाग्रस्त बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताउनुभयो । रासस

हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम : सल्लेका ३१ घर मगर परिवार लाभान्वित
खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन् ।

गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घर मगर परिवार लाभान्वित भएका हुन् ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत रु ५३ लाख रहेको जनाइएको छ । जसमध्ये गोर्खा वेलफेयर ट्रष्टले रु ४६ लाख तथा स्थानीय उपभोक्ताले रु सात लाख बराबरको श्रमदान तथा नगद सहभागिता जनाएको वडाध्यक्ष काशीराज राईले जानकारी दिनुभयो ।

स्थानीय ठूलो पँधेरो मुहानबाट लिफ्टिङ प्रविधिमार्फत तानेर निकालिएको पानी वस्तीमा वितरण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सल्लेका ३१ घर स्थानीय मगर परिवारले अब आफ्नै घरआँगनमा स्वच्छ खानेपानी पाउन थालेका छन् ।

लिफ्टिङ प्रविधिको खानेपानी योजना निर्माण सुरु गरेको ७२ दिनभित्र सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईले जानकारी दिनुभयो । खानेपानी आयोजनाअन्तर्गत २६ घरमा निजी र दुईवटा सार्वजनिक धाराहरू जडान गरिएका छन् ।

लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा आएपछि दैनिक उपभोगका लागि टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अन्त्य भएको स्थानीयवासीले बताएका छन् । गोर्खा वेलफेयर ट्रष्टले सोही गाउँका सामुदायिक विद्यालय र मगर समुदायका लागि सामुदायिक भवनसमेत निर्माण भएको छ ।

नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन नगरपालिकाले सुरु गरेको ‘एक घर, एक धारा’ कार्यक्रममा स्थानीय सरकार र विकास साझेदार संस्थाहरूबीचको सहकार्यले थप टेवा पुगेको नगरप्रमुख विमला राईले बताउनुभयो । “सल्लेका नागरिकका लागि खानेपानी ठूलो समस्या थियो । गोर्खा वेलफेयर ट्रष्टले स्थानीय सरकारसँग सहकार्य ३१ घर स्थानीयको घरघरमा स्वच्छ खानेपानी उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो, “नागरिकको जीवनस्तर सुधार गर्ने महत्त्वपूर्ण सामाजिक योगदानका रूपमा लिएका छौँ ।”

नगरपालिकाको चौतर्फी विकासका लागि आगामी दिनमा पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक विकासका क्षेत्रमा साझेदार संस्थाहरूसँग निरन्तर सहकार्य गरिने नगरप्रमुख राईले जानकारी दिनुभयो ।

खानेपानी योजना सञ्चालनकै लागि यो आर्थिक वर्ष वडा नं २ डिकुवास्थित दाम्लीमा रु छ करोड १५ लाख बराबरको स्रोत सुनिश्चित भएको जनाइएको छ । दाम्लीका २०० घरधुरी स्थानीय उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले कादुरीसँगको सहकार्यमा योजना सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकामा रु एक करेड ३२ लाख लगानीको लोचाखोला मुहान, रु एक करोड चार लाख लगानीको सहरबोटे मुहान रु ३९ लाख लगानीको जुकेखेला महान तथा रु ३५ लाख लगानीको रातमाटे मुहान अन्तरगतका खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको नगर उपप्रमुख रमेशकुमार राउतले जानकारी दिनुभयो । लोचाखोला मुहानबाट हलेसी र दुर्छिमका हजार घरधुरी, सहरबोटे मुहानबाट दुर्छिम, बडहरे र च्यस्मिटारका हजार घरधुरी, जुकेखेला महानबाट बाहुनीडाँडाका ६० घरधुरी तथा रातमाटे खानेपानी दुर्छिमका ३० घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउनेगरी नगरपालिकाले बजेट विनियोजन गरेको हो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यो नगरपालिकाका चार हजार ८९७ घरधुरी उपभोक्तालाई दूधकोशी पानी पम्पिङ प्रविधिबाट तानेर घर–घरमा वितरण गर्न नौँ वर्षअघि ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम सुरु गरिएको थियो । नेपाल सरकारको करिब रु ९६ करोड ४५ लाख चार हजार १३८ लागतमा वि.सं. २०७६ मङ्सिरमा सम्पन्न गर्नेगरी वि.सं. २०७४ सालबाट निर्माणको काम सुरु गरिएको खानेपानी आयोजना अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

जिल्लाको दोस्रो ठूलो स्थानीय तह (एघार वडा रहेको) यो नगरपालिकाका अधिकांश ठाउँमा बसोवास गर्दै आएका स्थानीयले अहिले पनि बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन् । केही स्थानीयवासीले वर्षात्को समयमा आकाशबाट परेको पानी घर तथा गोठको छानाबाट झरेपछि जम्मा गरेर उपभोग गर्छन् भने, अधिकांशले दूधकोशी तथा स्थानीय खोलाबाट बोकेर ल्याएको उपभोग गर्छन् ।

नजिकमा पर्ने खानेपानीका मुहान सुकेपछि घण्टौँ लगाएर खोला तथा दूधकोशीको पानी बोकेर ल्याउनुपर्ने बाध्यता सिर्जना भएका स्थानीयले बताएका छन् । सुख्खाग्रस्त क्षेत्र हलेसीमा खानेपानी अभावका कारण बुढापाका तथा अपाङ्गता भएका घर परिवारमा सबैभन्दा बढी समस्या हुने गरेको छ ।

नगरपालिकामा सञ्चालित सबै खानेपानी आयोजनालाई एकीकृत गरेर सहजरूपमा उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनासहित ‘खानेपानी बोर्ड’ गठन गर्ने तयारी गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो । अधिकांश खानेपानी आयोजना पम्पिङ प्रविधिको भएकाले विद्युत महशुलको भार स्थानीय उपभोक्तामा पर्ने हुँदा नगरपालिकाले महशुल तिर्नेगरी खानेपानी बोर्ड गठन गरेर सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।  रासस