अमेरिकी दूतावास – News Polar

‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ सुरु, डिजिटल सृजनालाई व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य
काठमाडौँ: नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रलाई थप गतिशील बनाउने लक्ष्य लिएको छ। यस वर्षको संस्करणले डिजिटल सामग्री सृजनालाई दिगो पेसागत व्यवसायतर्फ उन्मुख गराउँदै मेलाको स्वरूपमा महत्वपूर्ण रूपान्तरण गरेको छ।

विभिन्न सहरमा आयोजना हुने यो कार्यक्रम चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौँमा दुई दिने फिनालेका रूपमा माघ १६ र १७ गते सम्पन्न हुनेछ।

यस वर्षको मूल विषयवस्तु ‘भिजन टु भेन्चर’ ले डिजिटल कथाकथन र व्यावसायिक उद्यमबीचको खाडल पुर्ने लक्ष्य राखेको छ। प्रविधि, डिजिटल प्लेटफर्ममार्फत हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विशेषज्ञतालाई समेट्दै मेलाले डिजिटल सामग्री सर्जकहरूलाई आफ्ना सिर्जनात्मक क्षमतालाई दीर्घकालीन पेसाकर्ममा रूपान्तरण गर्ने मार्गचित्र प्रदान गर्नेछ।

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता झल्काउने बताउनुभयो। उहाँका अनुसार ज्ञान, सीप र सञ्जाल विस्तारमार्फत उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा दिँदै नेपाली क्रिएटर्सलाई स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ।

मेलामा ५० भन्दा बढी चर्चित क्रिएटर्स, औद्योगिक विशेषज्ञ तथा कलाकारहरूको सहभागिता रहनेछ। सहभागीहरूले सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, टु बी गेमर, लेक्स लिम्बू, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा, सोनाम तोप्देन, श्रीशेष मानन्धर, नेपाल एट्थ वन्डर लगायत प्रभावशाली व्यक्तित्वहरूबाट सिक्ने अवसर पाउनेछन्। अन्तरक्रियात्मक कार्यशाला र प्यानल छलफलमार्फत उनीहरूले डिजिटल उपस्थितिलाई व्यापक प्रभावमा रूपान्तरण गरेका अनुभव र रणनीतिहरू साझा गर्नेछन्।

काठमाडौँमा हुने कार्यक्रमको प्रमुख आकर्षण ‘पिच टु सक्सेस’ हुनेछ। यस अन्तर्गत छनोटमा परेका क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) जस्ता शीर्ष कर्पोरेट नेतृत्वकर्ताहरूको प्यानलसमक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्दै तत्क्षण प्रतिक्रिया र मार्गदर्शन प्राप्त गर्नेछन्।

सन् २०२३ मा सुरु भएको क्रिएटर्स मेला हाल नेपालको डिजिटल परिदृश्यको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भइसकेको छ। चौथो संस्करण ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रको व्यावसायिकीकरण गर्दै नेपालभर आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने अमेरिकी दूतावासको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

निर्वाचन गर्ने क्रममा नेपालसँग सहकार्य गर्न अमेरिका तयार
काठमाडौं । अमेरिकाले प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । अमेरिकाले नेपालमा भएका पछिल्ला घटनापछिको शान्तिपूर्ण समाधानको समेत स्वागत गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गरी नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकोमा स्वागत गरेको हो ।

अमेरिकाले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गरेको छ ।

यसैगरी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनस्र्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा समेत अमेरिकाले सम्मान गरेको छ ।

अमेरिकी दूतावासद्वारा आयोजित ‘जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू’ छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले जलवायु संकटको समाधान खोज्नमा आदिवासी समुदाय र महिलाहरूले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरालाई मान्यता दिँदै ‘जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू’ नामक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार दूतावासमा आयोजित कार्यक्रमले आदिवासीहरूको नेतृत्वमा अनुसन्धान र शिक्षाको प्रवर्द्धन गर्न आफ्नो विशेषज्ञता र अनुभवहरू साट्न विभिन्न संस्थाका महिला नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याएको दूतावासले जनाएको छ ।

जलवायु परिवर्तनले जोखिममा रहेका समुदायहरूलाई झनै कसरी असर गर्छ र यसले गर्दा बसाइँसराइ र रित्ता गाँउ–शहरहरूको सम्भावना कसरी बढ्छ भन्ने विषयमा सो छलफल केन्द्रित रहेको थियो ।

यी परिवर्तनहरूलाई अनुकूलन गर्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तरपुस्ताको ज्ञानले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भनेर पनि छलफल भएको दूतावासले जनाएको छ ।

यस्ता महत्त्वपूर्ण र समयसापेक्ष छलफलहरूलाई समर्थन गर्न नेपाली महिला नेतृत्वमा रहेका आदिवासी संस्थाहरूसँग साझेदारी गर्न पाउँदा अमेरिका गर्व गर्ने पनि दूतावासको भनाई छ ।

जाजरकोट भूकम्प: नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर
काठमाडौं । अमेरिकाले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको जनाएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गर्दे आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।

दूतावासले सामाजिक सञ्जालमा लेखेको छ –

नेपालको जाजरकोट र रुकुम-पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबर प्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ। सहायता चहिएमा अमेरिकी नागरिकहरूले Consktm@state.gov र +977 01-423-4000 मा हाम्रो अमेरिकी नागरिक सेवा टिमलाई सम्पर्क गर्नसक्नुहुन्छ।

चोरी गरेर अमेरिका पु-याइएको टुँडाल नेपाल फर्काइयो
काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका पु-याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काई पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ ।

पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौलका दुई टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गर्नुभयो । काठमाडौँ महानगरपालिका–१२ ह्युमत टोलमा रहेको दुईछाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३औँ र १४औँ शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएको थियो ।

उक्त टुँडालहरु एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इन्ष्टिच्युट अफ सिकागोमा प्रदर्शनीमा राखेका थिए । उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्यदूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्चसमेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन् । हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट एक थान मूर्ति तथा कलावस्तुहरु नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ । रासस

अमेरिकाबाट ताराको मूर्ति नेपालमा आउनु स्वागतयोग्य– अमेरिकी दूतावास
काठमडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको यल विश्वविद्यालयले आफ्नो आर्ट ग्यालरीमा संग्रहित ताराको मूर्तिलाई आफ्नो पूर्ववत सम्बन्धित स्थान नेपालमै फर्काउन गरेको घोषणाको हार्दिक स्वागत गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत नेपालमा जारी सांस्कृतिक सम्पदा संरक्षणका प्रयासहरूमा थप एक महत्वपूर्ण कदम हो भन्ने दूतावासलाई विश्वास रहेको बताएको छ।