अर्थतन्त्र निर्माण – News Polar

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरौँ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले उक्त कुरामा जोड दिनुभएको हो । महत्वपूर्ण राजनीतिक परिवर्तनपछि समुन्नत राष्ट्र बनाउने सङ्कल्प गरिरहँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै उहाँले सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने महान् अभियानमा अग्रसर हुन कृषिको आधुनिकीकरण एवं त्यसको व्यावसायिकीकरण अपरिहार्य भएको बताउनुभयो ।

कोभिड–१९ को महामारी र भूकम्पले अर्थतन्त्रका आयामहरूमा अवरोध पुर्‍याएको यथार्थ प्रस्तुत गर्दै राष्ट्रपतिले जलसम्पदाको उचित उपयोग गर्दै विद्युत् उत्पादन, सिँचाइको व्यवस्था, पर्यटन प्रवद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै समृद्धिको मार्गमा अघि बढ्न सकिने बताउनुभयो ।

“अर्थतन्त्रको सुदृढीकरण प्रक्रियामा पारदर्शिता, सुशासन, जवाफदेहिता आवश्यक छ, गुणस्तरीय र रोजगारीमूलक शिक्षाका माध्यमबाट अर्थतन्त्रलाई उन्नयनको दिशामा अग्रसर गराउन सकिनेमा म विश्वस्त छु,” राष्ट्रपतिले भन्नुभयो । उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराउनुभयो । महामारी र भूकम्पले शिथिल तुल्याएको विकासको गतिलाई अघि बढाउन तथा स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा महत्वपूर्ण हुने बताउँदै उहाँले त्यसनिम्ति पर्याप्त लगानी आवश्यक भएको विचार व्यक्त गर्नुभयो । स्वस्थ एवं दक्ष जनशक्तिबाट नै राष्ट्र निर्माणको गुरुत्तर अभिभारा पूरा गर्न सकिने राष्ट्रपतिको अभिव्यक्ति थियो ।

राज्यका विभिन्न निकायमा रहेर व्यावसायिक एवं पेशागत क्षमता अभिवृद्धिका निम्ति सम्मानित हुनुभएकामा उपाध्यायको योगदानको सराहना गर्दै राष्ट्रपति भण्डारीले समाजलाई लाभान्वित तुल्याउने सत्कार्यमा प्रभावकारीरुपमा लाग्न नेपाल जनप्रशासन सङ्घजस्ता संस्थालाई आह्वान पनि गर्नुभयो ।

सुशासन प्रवद्र्धनका साथै सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न उहाँले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै उपाध्यायलाई उक्त सम्मान प्रदान गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, जलस्रोत सचिवलगायत उच्च ओहोदामा रहेर उहाँले सार्वजनिक सेवा प्रवाह गर्नुभएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना संस्थापक प्रमुख कार्यकारी हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो । तत्कालीन श्री ५ को सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनको २५ वर्षको सेवामा रहँदा मल्लले संस्थाको श्रीवृद्धिका निम्ति विशेष योगदान गर्नुभएको थियो ।

यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत र डा गौरीशङ्करलाल दासले उक्त सम्मान प्राप्त गर्नुभएको थियो ।रासस