अस्ट्रेलिया – News Polar

अस्ट्रेलियामा हिंसात्मक घटनामा तीनको मृत्यु
काठमाडाैँ । अस्ट्रेलियाको दक्षिणपश्चिम सिड्नीस्थित एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १ः३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर दक्षिणपश्चिममा रहेको रोजमेडो क्षेत्रमा एक घरमा आक्रमण भएको जानकारी पाएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले करिब ६० वर्षकी एक महिला र करिब २० वर्षका एक पुरुषलाई मृत अवस्थामा फेला पारेका थिए । साथै, गम्भीर टाउको चोट लागेको ६४ वर्षीय पुरुषलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार यी तीनै जना व्यक्तिहरूलाई उनीहरू चिन्ने एकै व्यक्तिले आक्रमण गरेको बताइएको छ ।

त्यसै क्रममा बिहान करिब २ः३० बजे उक्त घरमा आएको एक सवारीसाधनका ३२ वर्षीय पुरुष चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनलाई नजिकैको प्रहरी चौकीमा लगिएको छ । घटनापछि सो घरलाई अपराध स्थल घोषणा गरिएको छ र स्थानीय प्रहरीले हत्या अनुसन्धान टोलीको सहयोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ ।

अस्ट्रेलियामा बालबालिकाका ४७ लाख सामाजिक संजाल एकाउन्ट बन्द
एजेन्सी । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाहरूका रूपमा पहिचान गरिएका करिब ४७ लाख एकाउन्टहरू हटाएको वा पहुँच बन्द गरेको अधिकारीहरूले बताएका छन् ।

अस्ट्रेलियाली सञ्चारमन्त्री अनिका वेल्सले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “हामीले यो सम्भव छैन भन्ने सबै तर्कहरू सुनेका थियौँ, विश्वका शक्तिशाली र धनी कम्पनीहरू तथा उनीहरूका समर्थकहरूलाई पनि हेरेका थियौँ । तर अब अस्ट्रेलियाका अभिभावकहरू आफ्ना बच्चाहरूले सुरक्षित रूपमा बाल्यकाल फिर्ता पाउनेछन् भन्नेमा विश्वस्त हुन सक्छन् ।”

डिसेम्बरमा लागू गरिएको यस ऐतिहासिक प्रतिबन्धपछि पहिलो पटक सार्वजनिक भएको तथ्याङ्कले अनलाइन वातावरणले बालबालिकामा पार्ने हानिकारक प्रभावप्रति सरकारको चिन्ता कति गहिरो छ भन्ने देखाएको छ । यो कानूनले प्रविधिको प्रयोग, गोपनीयता, बाल सुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई थप चर्काएको छ र अन्य देशहरूलाई पनि यस्तै कदमबारे सोच्न प्रेरित गरेको छ ।

अस्ट्रेलियाली कानूनअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, स्न्यापच्याट, रेडिट, किक, थ्रेड्स र ट्विचजस्ता प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकाका खाताहरू हटाउन पर्याप्त कदम नचालेमा चार करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिवाना हुनसक्छ । ह्वाट्सएप र फेसबुक मेसेन्जरजस्ता सन्देश सेवा भने यस प्रतिबन्धबाट बाहिर छन् ।

उमेर प्रमाणित गर्न प्लेटफर्महरूले पहिचान कागजात, अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि वा उपलब्ध डाटाको प्रयोग गरेका छन् । अस्ट्रेलियाको सुरक्षा आयुक्त जुली इनमान ग्रान्टका अनुसार आठदेखि १५ वर्ष उमेरका करिब २५ लाख बालबालिका देशमा छन् र विगतका अनुमानअनुसार आठदेखि १२ वर्ष उमेरका ८४ प्रतिशतले सामाजिक सञ्जाल खाता राखेका थिए । उहाँले ४७ लाख खाता हटाइनु वा निष्क्रिय पारिनु उत्साहजनक भएको बताउनुभयो ।

फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको स्वामित्वमा रहेको मेटाले मात्र प्रतिबन्ध लागू भएको भोलिपल्ट करिब पाँच लाख ५० हजार खाताहरू हटाएको जनाएको छ । मेटाले प्रतिबन्धको आलोचना गर्दै साना प्लेटफर्महरूमा जोखिम बढ्नसक्ने चेतावनी पनि दिएको छ ।

यो कानून आमाबाबु र बाल सुरक्षा अभियानकर्तामाझ लोकप्रिय भए पनि केही गोपनीयता पक्षधर र किशोर प्रतिनिधि समूहहरूले यसको विरोध गरेका छन् । यद्यपि प्रधानमन्त्री एन्थोनी अल्बानिजले ‘केही शङ्का हुँदाहुँदै पनि यो उपाय प्रभावकारी देखिएको र विश्वका अन्य देशहरूले पनि अस्ट्रेलियालाई पछ्याउन थालेको’ बताउनुभएको छ ।

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन
एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डपछि देशभर बढ्दै गएको यहुदीविरोध (एन्टिसेमिटिज्म) को विस्तृत राष्ट्रिय अनुसन्धानको घोषणा गर्नुभएको छ ।

उक्त घटनामा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको थियो । प्रधानमन्त्री अल्बानिजका अनुसार यो अनुसन्धान शाही आयोगका रूपमा सञ्चालन हुनेछ, जुन अस्ट्रेलियामा सम्भव सबैभन्दा उच्चस्तरीय र स्वतन्त्र सार्वजनिक छानबिन मानिन्छ । बिहीबार क्यानबेरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आयोगको नेतृत्व उच्च अदालतकी पूर्वन्यायाधीश भर्जिनिया बेलले गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले अस्ट्रेलियामा यहुदीविरोधको प्रकृति, यसको व्यापकता र यसलाई बढावा दिने कारकहरूबारे गहिरो अध्ययन गर्नेछ । साथै, बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डका पृष्ठभूमि, परिस्थितिहरू र त्यससँग जोडिएका कारणहरूको समेत विस्तृत अनुसन्धान गरिनेछ ।

आयोगले कानून कार्यान्वयन सुधार, सामाजिक एकता मजबुत बनाउने उपाय तथा चरमपन्थको फैलावट रोक्ने रणनीतिबारे सिफारिसहरू पनि प्रस्तुत गर्नेछ । हनुक्का पर्व मनाइरहेका बेला सिड्नीको एक प्रमुख स्थानमा भएको उक्त आक्रमणको एक वर्ष पूरा हुने मिति डिसेम्बर १४ भित्र आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री अल्बानिजले बताउनुभयो । “यो स्पष्ट रूपमा यहुदीविरोधी आतङ्कवादी आक्रमण थियो”, प्रधानमन्त्री अल्बानिजले भन्नुभयो, “यो यहुदी अस्ट्रेलियाली समुदायलाई लक्षित थियो र इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । अस्ट्रेलियाको भूमिमा यस प्रकारको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो ।”

उक्त घटनाका जीवित संदिग्ध २४ वर्षीय नावीद अकरममाथि हत्या र आतङ्कवादसहित दर्जनौँ आपराधिक अभियोग दर्ता गरिएको छ । उनले अहिलेसम्म अभियोग स्वीकार वा अस्वीकारसम्बन्धी निवेदन दिएका छैनन् । घटनाका क्रममा उनका पिता साजिद अकरमलाई प्रहरीले गोली हानेर मारिएको थियो । यसअघि न्यु साउथ वेल्स राज्यस्तरीय अनुसन्धानको सट्टा राष्ट्रिय शाही आयोग गठन गर्न राजनीतिक दलका सांसदहरू, यहुदी समुदायका नेताहरू तथा खेलकुद र सार्वजनिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूले हप्तौँदेखि दबाब दिँदै आएका थिए ।

प्रारम्भमा प्रधानमन्त्री अल्बानिजले यति ठूलो अनुसन्धान लामो समय लाग्ने भन्दै हिचकिचाहट देखाउनुभएको थियो । तर बिहीबार उहाँले दबाबका कारण आफ्नो धारणा बदलेको भन्ने आरोपलाई अस्वीकार गर्नुभयो । “मैले जनताको आवाज सुनेको छु”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा यो सकारात्मक कुरा हो ।” प्रधानमन्त्री अल्बानिजले गोलीकाण्डलगत्तै अस्ट्रेलियाका सुरक्षा र कानून प्रवर्तन निकायहरूले सुरु गरेको अनुसन्धान शाही आयोगकै प्रक्रियामा समेटिने जानकारी दिनुभयो । साथै, उहाँले घटनापछि नयाँ विधायी एजेन्डा अघि बढाउने योजना पनि सार्वजनिक गर्नुभएको छ ।

यसमा अस्ट्रेलियाका पहिले नै कडा बन्दुकसम्बन्धी कानूनहरूलाई थप कडा बनाउने र तथाकथित घृणा फैलाउने अभिव्यक्तिलाई आपराधिक कसुरका रूपमा परिभाषित गर्ने प्रावधान समावेश हुने बताइएको छ, जुन हालका कानूनमा अभियोजनका लागि पर्याप्त कडा नभएको सरकारको ठहर छ ।

अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
एजेन्सी । च्याटजिपीटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडीसी बीच सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ ।

ब्रिस्बेनमा मुख्यालय रहेको नेक्स्टडीसीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुवै कम्पनीबीच एआई क्याम्पस तथा जिपियु ‘सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार यी कम्पनीहरूले पश्चिमी सिड्नीमा अत्याधुनिक एआई पूर्वाधारको योजना, विकास तथा सञ्चालनमा सहकार्य गर्नेछन् । सम्झौताको प्रभाव बजारमा पनि देखिएको छ – नेक्स्टडीसीको सेयर दिउँसोको कारोबारमा ४.१ प्रतिशतले उकालो लागेको छ ।

अस्ट्रेलियाली सरकारले सात अर्ब अस्ट्रेलियन डलर (झन्डै चार अर्ब ६० करोड अमेरिकी डलर) बराबरको यो परियोजनाले निर्माण, प्रविधि, इन्जिनियरिङ तथा परिचालन क्षेत्र मिलाएर हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ । सरकारका अनुसार यो विशाल केन्द्रले नयाँ नवीकरणीय उर्जा स्रोत प्रयोग गर्नेछ र पिउने पानी प्रयोग नगरी चिस्याउन सकिने ‘नेक्स्ट जेनेरेसन’ सुविधा निर्माण गरिनेछ ।

अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्सले यस परियोजनालाई देशको एआई क्षमताको ठोस प्रमाणका रूपमा प्रस्तुत गर्दै यो साझेदारीले गुणस्तरीय रोजगारी सिर्जना गर्ने, सीप अभिवृद्धि गराउने र अर्थतन्त्रभरि एआई प्रयोग विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अस्ट्रेलियामा उपलब्ध प्रतिभा, स्वच्छ उर्जा क्षमता, मजबुत व्यापारिक साझेदारी र सहायक नीतिकै कारण देश एआई क्षेत्रका ‘ठूला विजेतामध्ये एक’ बन्न सक्नेछ ।

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्नेः युट्युब
एजेन्सी । युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।

अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ । युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भन्नुभयो,“यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता चिन्ताहरू सुनेका छौं ।”

युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङहरू गुमाउनेछन् । लर्डले भन्नुभयो,“हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौं ।”

युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन । अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भन्नुभयो,“यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।”

विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् । अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेरेबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ ।

मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ ।

अस्ट्रेलियामा ‘लुसिफर’ मौरीको खोजः सिङ भएको नयाँ प्रजातिले वैज्ञानिकहरू चकित
एजेन्सी । घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ(सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकहरूले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ ।

यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला परेको हो । यसको जानकारी कर्टिन युनिभर्सिटीले मङ्गलबार सार्वजनिक गरेको छ । विश्वविद्यालयको ‘स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेज’ की वैज्ञानिक डा. किट प्रिन्डरगास्टले सन् २०१९ मा खतरामा परेका जङ्गली फूलहरूको सर्वेक्षणका क्रममा यस विशेष मौरीलाई पत्ता लगाउनुभएको थियो ।

डा. प्रिन्डरगास्टका अनुसार उक्त मौरीको महिलाको अनुहारमा देखिने साना र तीखा सिँगहरू अत्यन्तै आकर्षक र असामान्य देखिन्थे । “महिलाको अनुहारमा यी अविश्वसनीय सिँगहरू थिए, जुन मैले पहिले कहिल्यै देखेकी थिइनँ”, उहाँले भन्नुभयो ।

नेटफ्लिक्सको चर्चित टेलिभिजन कार्यक्रम ‘लुसिफर’ की प्रशंसक समेत रहेकी उहाँले मौरीको अनौठो स्वरूपका कारण यसलाई ‘लुसिफर’ नाम दिन उपयुक्त ठान्नुभएको थियो ।

डा. प्रिन्डरगास्टले यस खोजलाई अस्ट्रेलियाको जैविक विविधताको दृष्टिले ऐतिहासिक भन्नुभएको छ । उहाँले भन्नुभयो, “यो मौरी समूहको नयाँ सदस्य हो, जुन २० वर्षभन्दा बढी समयपछि वर्णन गरिएको पहिलो प्रजाति हो । यसले हामीले अझ कति नयाँ जीवनरूपहरू पत्ता लगाउन बाँकी छ भन्ने कुराको सङ्केत दिन्छ ।”

विशेषगरी खानी उद्योगका गतिविधिहरूका कारण देशी प्रजातिहरू गुम्ने जोखिम बढ्दै गएका क्षेत्रहरूमा यो खोजले अज्ञात र पत्ता नलागेका जीवहरूको संरक्षणका लागि चेतना जगाउने उहाँले आशा व्यक्त गर्नुभयो ।

“धेरै खानी कम्पनीले अझै देशी मौरीहरूको अध्ययन गर्दैनन्”, उहाँले भन्नुभयो, “त्यसैले हामीले केही प्रजातिहरूलाई आधिकारिक रूपमा वर्णन गर्नुअघि नै गुमाइरहेका हुन सक्छौँ । यी मौरीहरूले खतरामा परेका बोटबिरुवाहरू र सम्पूर्ण पारिस्थितिक तन्त्रलाई समर्थन गर्ने अत्यावश्यक भूमिका खेल्छन् ।”

डा. प्रिन्डरगास्टले भन्नुभयो, “यदि हामीलाई कुन मौरीहरू कहाँ अवस्थित छन् र तिनीहरू कुन बोटबिरुवाहरूमा निर्भर छन् भन्ने थाहा छैन भने, हामीले तिनीहरू अस्तित्वमै छन् भन्ने पत्ता लगाउनुअघि नै मौरी र बोटबिरुवा दुवै गुमाउने खतरा बेहोर्न सक्छौँ ।”

वैज्ञानिकहरूका अनुसार संसारका अधिकांश फूल फुल्ने बोटबिरुवाहरू परागणकर्ताहरूमा, विशेष गरी मौरीहरूमा निर्भर छन् । तर बासस्थानको विनाश, खानी उत्खनन र जलवायु परिवर्तनका कारण धेरै देशी मौरी प्रजातिहरू हाल लोप हुने सङ्कटमा छन् ।

नयाँ ‘लुसिफर मौरी’ को खोजले अस्ट्रेलियामा अझै धेरै अज्ञात जीवनरूपहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ । वैज्ञानिकहरूले यसलाई मौरी संरक्षण र जैविक विविधता बचाउनका लागि नयाँ सुरुआतको रूपमा हेरेका छन् ।

भारत–अस्ट्रेलिया सुरक्षा सहकार्य सुदृढ: सैन्य वार्ता र पनडुब्बी सहयोगसमेतको नयाँ सम्झौता
एजेन्सी । अस्ट्रेलिया र भारतबीच इन्डो–प्यासिफिक क्षेत्रमा स्थिरता कायम राख्ने उद्देश्यले बिहीबार नयाँ द्विपक्षीय सुरक्षा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा दुवै देशका रक्षामन्त्रीले हस्ताक्षर गर्नुभएको हो ।

अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेस र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको सम्झौतालाई अस्ट्रेलियाले ‘इन्डो–प्यासिफिक स्थिरतालाई मजबुत बनाउने ऐतिहासिक कदम’ भनेर व्याख्या गरेको छ । सिंह सन् २०१३ पछि अस्ट्रेलिया भ्रमण गर्ने पहिलो भारतीय रक्षामन्त्री हुनुहुन्छ ।

मार्लेसको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारत र अस्ट्रेलिया शीर्ष–स्तरीय सुरक्षा साझेदार हुन् र हाम्रो रक्षा सहकार्यले इन्डो–प्यासिफिक क्षेत्रको स्थिरतामा व्यावहारिक प्रभाव पार्दछ ।”

उक्त सम्झौताअनुसार दुवै देशका सेनाबीच संयुक्त कर्मचारी वार्ता गर्ने स्थायी संयन्त्र स्थापना हुनेछ, जसले पनडुब्बी उद्धारमा सहयोग पुर्‍याउनेछ । हस्ताक्षर समारोहअघि मन्त्री मार्लेसले भन्नुभयो, “आजको यो सम्झौता हाम्रो रक्षा साझेदारीमा उल्लेखनीय वृद्धि हो, जसले दुवै राष्ट्रको साझा सुरक्षा लक्ष्य र भविष्यप्रतिको प्रतिबद्धता झल्काउँछ ।”

हालै जुलाईमा भारतले पहिलो पटक अस्ट्रेलियामा आयोजित द्विवार्षिक तालिस्मन सेबर बहुराष्ट्रिय सैन्य अभ्यासमा भाग लिएपछि दुवै देशबीचको रक्षा सम्बन्ध अझ प्रगाढ बनेको थियो । तालिस्मन सेबर सन् २००५ मा संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबीचको संयुक्त अभ्यासका रूपमा सुरु भएको हो । यस वर्ष उक्त अभ्यासमा १९ देशका करिब ३५ हजार सैनिक सहभागी भएका थिए ।

भारत र अस्ट्रेलिया संयुक्त राज्य अमेरिका र जापानसँग मिलेर ‘क्वाड’ नामक रणनीतिक समूहको हिस्सा हुन् । गत जुलाईमा वासिङ्टनमा बसेको क्वाडका विदेशमन्त्रीहरूको बैठकले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षामा सहकार्य विस्तार गर्ने सहमति जनाएको थियो ।

अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटकी वरिष्ठ फेलो राजी राजगोपालनका अनुसार मन्त्री सिंहको यो भ्रमण ‘प्रतीकात्मक र व्यावहारिक रूपमा अत्यन्त महत्त्वपूर्ण’ छ ।

“भारतीय रक्षामन्त्री १२ वर्षपछि अस्ट्रेलिया आउनुभएको हो, तर यसबीचमा मन्त्री मार्लेसले भारतमा उच्चस्तरीय बैठकका लागि धेरैपटक भ्रमण गरिसक्नुभएको छ”, राजगोपालनले भन्नुभयो, “भारतले इन्डो–प्यासिफिक क्षेत्रमा चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धामा सन्तुलन कायम गर्न यस्तो द्विपक्षीय सम्बन्धलाई प्रयोग गरिरहेको छ । चीन भारतको प्रमुख सुरक्षा चुनौती भएकोले, भारत व्यावहारिक रूपमा अमेरिकासँग मिलेर चीन समस्या व्यवस्थापन गर्न चाहन्छ ।”

यसैबीच, अस्ट्रेलियाले हालै दक्षिण प्रशान्तका छिमेकी राष्ट्रहरूसँग पनि सुरक्षा सहकार्य विस्तार गरेको छ । सोमबार मात्र अस्ट्रेलियाले पपुवा न्युगिनीसँग रक्षा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले दुवै राष्ट्रका सुरक्षात्मक संरचनाहरूलाई एकीकृत गर्नेछ ।

सन् १९५१ मा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डसँग गरिएको एन्जस सन्धिपछि यो अस्ट्रेलियाको पहिलो गठबन्धन–स्तरको सुरक्षा सम्झौता हो ।

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
एजेन्सी । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अप्रिलमा दोस्रो लगातार महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलव एक प्रतिशत रहेको बताएको छ ।

एबिएसले मार्च र अप्रिलको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या ८९ हजारले वृद्धि भएको र सोही अवधिमा बेरोजगारहरूको सङ्ख्या छ हजारले वृद्धि भएको बताएको छ ।

काम पाएका ८९ हजार मानिसमध्ये ६५ हजार महिला थिए । महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय काम पाउने खालको थियो । यो ४२ हजारले बढेको थियो ।

एबिएसको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा रोजगारीमा तीन लाख ९० हजार अर्थात दुई दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यो १५ वर्ष वा सोभन्दा बढी उमेरका दुई दशमलव एक प्रतिशतको जनसङ्ख्या वृद्धि दरभन्दा बढी हो ।

रोजगार–जनसङ्ख्या अनुपात मार्चमा ६४ दशमलव एक प्रतिशतबाट बढेर अप्रिलमा ६४ दशमलव चार प्रतिशत पुगेको छ । यो जनवरीमा सेट गरिएको ६४ दशमलव पाँच प्रतिशतको रेकर्ड भन्दा थोरै हो ।

काम गर्ने उमेरको जनसङ्ख्याको अनुपात मापन गर्ने वा कार्यरत रहेका वा सक्रिय रूपमा काम खोजिरहेका सहभागिता दर मार्च र अप्रिलको बीचमा ६६ दशमलव आठ प्रतिशतबाट बढेर ६७ दशमलव एक प्रतिशत भयो ।

“३५–४४ वर्ष उमेर समूहका लागि सहभागिता दर सबैभन्दा ठूलो वार्षिक वृद्धि थियो, यो एक दशमलव नौ प्रतिशत विन्दुले बढेर ८८ दशमलव तीन प्रतिशत भयो”, एबिएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले भन्नुभयो ।

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी पुन: निर्वाचित, लेबर पार्टीलाई बहुमत
काठमाडौं । अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी पुन: निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा सत्तारुढ लेबर पार्टीले जीत हासिल गरेसँगै अल्बानिजी पुन: प्रधानमन्त्री बन्ने निश्चित भएको हो । उनी अब पुन: तीन वर्षका प्रधानमन्त्री बन्ने छन् । प्रमुख प्रतिपक्षी दल लिबरलका नेता पिटर डट्टन भने आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन् ।

निर्वाचनमा विजयी हासिल गरेपछि पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा अल्बानिजीले यो जीत सम्पूर्ण अस्ट्रेलियालीको भएको बताए । आफ्नो मुख्य उद्देश्य र एजेण्डा अस्ट्रेलियाली जनताप्रति केन्द्रित रहेको र निरन्तर रहने उनको भनाइ थियो । उनले दलका बिभिन्न नेता तथा परिवार उपस्थित कार्यक्रममा अल्बानिजीले लेबर सबैको अस्ट्रेलियाली जनताको सरकार बन्ने बताए । उनले लेबरलाई पुन: जीत दिलाएर जनताले महत्वपूर्ण निर्णय लिएको सुनाए ।

आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका विपक्षी दलका नेता डट्टनले हारको जिम्मेवारी लिँदै माफी मागेका छन् । निर्वाचन हारेसँगै उनी दलको नेता समेत रहने छैनन् । उनले आफूले प्रधानमन्त्रीलाई फोन गरेर बधाई दिइसकेको बताए । डट्टनले अस्ट्रेलियाली जनताको मन र चाहनालाई बुझेर आफुले निरन्तर काम गरिरहेको र गरिरहने बताए ।

अस्ट्रेलियाली राजनीतिमा मुख्य गरेर लेबर र लिबरल गठबन्धनको बर्चस्व रहेको छ । यी दुई दलसँगै तेस्रो ठुलो दल ग्रिन र अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । यसपटकको निर्वाचनमा वर्तमान प्रधानमन्त्री अल्बानिजीले सहज जीत हासिल गरेका छन भने विपक्षी दलका नेता डट्टनले लेबर उम्मेदवार अली फ्रान्ससँग पराजित भएका छन् । उक्त निर्वाचन क्षेत्रबाट डट्टन दुई दशकभन्दा लामो समयदेखि निर्वाचित हुदै आएका थिए ।

अस्ट्रेलियाको तल्लो र माथिल्लो सदनमा गरेर २ सय २६ सिटका लागि मतदान भएको हो । तल्लो सदन (लेजिस्लेटिभ काउन्सिल) मा १ सय ५० जना र माथिल्लो सदन सिनेटमा ७६ सिटका लागि शनिबार मतदान भएको हो । अस्ट्रेलियास्थित समाचारसंस्था एबिसीका अनुसार अहिलेसम्म लेबर ८५ सीटमा अघि छ भने लिबरल जम्मा ३९ सीटमा अघि देखिएको छ । साथै लेबर र लिबरल बाहेक स्वतन्त्र उम्मेदवार ११ स्थानमा अघि छन् ।

पहिलो आइभिएफ कङ्गारु भ्रूण बनाएको अस्ट्रेलियाली टोलीको दाबी
काठमाडौँ । अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको पहिलो कङ्गारु भ्रूण उत्पादन गरेको बताएका छन् । यसलाई उनीहरूले खतरामा परेका मार्सुपियलहरू बचाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा प्रशंसा गरेका छन् ।

क्विन्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भविष्यमा दुर्लभ मार्सुपियलहरूका लागि आइभिएफ प्रयोग गर्ने लक्ष्यका साथ यो प्रविधि पूर्वी खैरो कङ्गारुहरूमा प्रयोग गरेको बतायो । यिनीहरूको सङ्ख्या लाखौँमा छ ।

“अस्ट्रेलिया विश्वकै सबैभन्दा विविध मार्सुपियल जीवजन्तुहरूको घर हो तर यहाँ स्तनपायी विलुप्त हुने दर पनि सबैभन्दा बढी छ”, प्रमुख अनुसन्धानकर्ता आन्द्रेस गाम्बिनीले विज्ञप्तिमा भन्नुभयो, “हाम्रो अन्तिम लक्ष्य कोआला, तास्मानियन डेभिल, उत्तरी रौँ भएको नाकवाला वोम्ब्याट र लिडबिटर पोसम जस्ता लोपोन्मुख मार्सुपियल प्रजातिहरूको संरक्षणमा सहयोग गर्नु हो ।”

वैज्ञानिकहरूले एकल शुक्राणुलाई सिधै परिपक्व अण्डामा प्रवेश गराउने प्रविधिद्वारा भ्रूणहरू उत्पादन गरे ।

“पूर्वी खैरो कङ्गारुहरूको सङ्ख्या धेरै भएकाले हामीले घरेलु जनावर र मानिसहरूमा पहिले नै प्रयोग गरिएका भ्रूण प्रविधिहरूलाई अनुकूल बनाउने मोडेलका रूपमा प्रयोग गर्न तिनका अण्डा र शुक्राणु सङ्कलन गर्‍यौँ”, गाम्बिनीले भन्नुभयो, “हामी अहिले मार्सुपियल अण्डा र शुक्राणु सङ्कलन, संवर्धन र संरक्षण गर्ने प्रविधिहरू परिष्कृत गर्दैछौँ ।”

उचित सहकार्य, कोष र प्राविधिक प्रगतिका साथ एक दशकभित्र आइभिएफ–सहायता प्राप्त मार्सुपियल जन्म सम्भव हुनसक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

अस्ट्रेलियामा कङ्गारुको कूल सङ्ख्या तीन करोडदेखि छ करोडबीचमा उतारचढाव हुन्छ र जनसङ्ख्या नियन्त्रणका लागि तिनीहरूलाई प्रायः मारिन्छ ।

यी जनावरहरूको ‘वृद्धि र पतन’ जनसङ्ख्या चक्र हुन्छ । जब राम्रो वर्षा मौसमपछि चारा प्रशस्त हुन्छ तिनीहरूको सङ्ख्या करोडौँले बढ्न सक्छ । तर केही अन्य मार्सुपियल जनसङ्ख्या धेरै नै जोखिममा छन् ।

उदाहरणका लागि २० हजारदेखि ५० हजार तास्मानियन डेभिलहरू मात्र जङ्गली अवस्थामा बाँचेका छन् भन्ने अनुमान गरिएको छ । यिनीहरू सन् १९९० को दशकको मध्यतिर रहस्यमय अनुहारको ट्युमर रोग पहिलो पटक देखा पर्नुअघि एक लाख ५० हजारसम्म थिए ।

कङ्गारु आइभिएफ अनुसन्धान प्रजनन, प्रजनन क्षमता र विकास नामक सहकर्मी–समीक्षित जर्नलमा प्रकाशित भएको छ ।

अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर नेपाली नर्सको मृत्यु
सिड्नी । अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर एक नेपाली नर्सको मृत्यु भएको छ ।

पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको द डेली टेलिग्राफले उल्लेख गरेको छ ।

गएको बिहीबार राति १ः४५ बजे तिर यो घटना भएको समाचारमा भनिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दीक्षाले हालसालै नेपालम आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् । यो घटना हुनुभन्दा दुई घन्टा अघि दीक्षाको फ्लाटबाट आकस्मिक नम्बरमा फोन गएको थियो । फोनमा केही नबुझेपछि आकस्मिक सेवाले पछि फोन फर्काएको थियो । सो फोन लबिन्द्रले उठाएको ठानिएको छ ।

दीक्षाले फोन किन गरेको भन्ने खुलेको छैन । त्यसको केही समयमा अपार्टमेन्टको बाल्कोनीमा उनी झुन्डिरहेको देखेपछि एक जना प्रत्यक्षदर्शीले मद्दतका प्रहरीलाई फोन गरेका थिए । प्रहरी आईपुग्नुभन्दा अगाडि दीक्षा बाल्कोनीबाट खसिसकेकी थिइन् ।

प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ। श्रीमान–श्रीमतिबिच झगडा भएपछि दीक्षा बाल्कोनीमा गएकी थिइन् कि भन्ने तरिकाले घटनालाई हेरिएको छ । घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।

कहिले हुन्छ अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ?
एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिपका दुबै फाइनल टिमको टुगों लागेको छ ।

डब्लुटीसीको फाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्नेछन् । दक्षिण अफ्रिका पाकिस्तानलाई हराउदै यसअघि नै उपाधि भिडन्तमा प्रवेश गरेको थियो भने अष्ट्रेलियाले सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

यसअघिका दुवै पटक फाइनलमा पुगेको भारतले यसपटक भने बाहिरिएको छ।

डब्लुटीसी फाइनल कहिले र कहाँ खेलिन्छ?

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल पछिल्लो दुई पटक इंग्ल्याण्डको लर्ड्स मैदानमा खेलिएको थियो । अब २०२५ को फाइनल पनि ऐतिहासिक लर्ड्स मैदानमा हुनेछ । यो खेल जुन ११ बाट सुरु हुनेछ ।

अष्ट्रेलिया लगातार दोस्रो पटक फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक उपाधि जित्ने तयारीमा हुनेछ। सन् २०२३ मा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको थियो ।

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत १५० रनमा अलआउट
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतीय ब्याट्सम्यानले लज्जास्पद प्रदर्शन गरेका छन् ।

अस्ट्रेलियाको पर्थमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १५० रन बनाएर अल आउट भएको हो ।

भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्बाधिक ४१ रन बनाए । यस्तै, ऋषव पन्तले ३७ बनाउँदा केएल राहुलले २६ रन बनाए ।

भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २/२ विकेट लिए ।

यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरिरहेका छन् । अब केहि बेरमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिंग ब्याटिंग गर्दै छ ।

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने
काठमाडौँ । चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताउनुभएको छ ।

लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्बानिजले भन्नुभयो, “यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुन: सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत भएका छन् ।”

सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतका करिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको छ ।

वार्षिक करिब आधा अर्ब अमेरिकी डलर बराबरको लबस्टर व्यापार चिनियाँ प्रतिबन्धबाट प्रभावित भएको अस्ट्रेलियाको केही प्रमुख निर्यातमध्ये एक हो। सम्बन्ध सुधारका लागि वर्षौंको प्रयासपछि लबस्टरको आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउन चीन तयार भएको हो ।

चीनले दण्डात्मक करको लहर राजनीतिबाट प्रेरित भएको अस्वीकार गरेको छ ।

तर हुवावेलाई अष्ट्रेलियाको फाइभजी नेटवर्क चलाउनबाट रोक्ने निर्णय र क्यानबेराले कोभिड–१९ महामारीको उत्पत्तिको अनुसन्धानको लागि कडा आह्वान गरेसँगै यी उपायहरू चालिएको थियो।

बेइजिङले युरोप र संयुक्त राज्य अमेरिकासँग गहिरो व्यापार युद्धको सामना गरिरहेको छ । अमेरिकाले चीनको विद्युतीय वाहन निर्यात, सेमीकन्डक्टर, सौर्य प्यानल र अन्य सामानहरूको दायरामा दण्डात्मक कर लगाएको छ।

सन् २०२५ को सुरुमा पुन: निर्वाचन हुने अपेक्षा गरेका अल्बानिजका लागि बिहीबारको घोषणा महत्वपूर्ण राजनीतिक जित हो ।

मध्यवामपन्थी नेताले आफ्नो दुई वर्षभन्दा बढी कार्यकालको अधिकांश समय अधिकार र विधिको शासनका विषयमा अझै नसुल्झिएको राजनीतिक मतभेदबाट बेइजिङसँगको महत्वपूर्ण व्यापारिक सम्बन्धलाई अलग्याउने प्रयासमा बिताउनुपरेको छ ।

यो अस्ट्रेलियाको लबस्टर निर्यातकहरूको लागि पनि एक जीत हो । अल्बानिजले चिनियाँ नयाँ वर्षको समयमा नै प्रतिबन्ध हटाइने बताउनुभएको थियो । चीनमा लबस्टरजस्ता विलासिताका सामानहरूको माग अत्यधिक छ।

अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि
अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मङ्कीपक्स)का घटनामा तीव्र वृद्धि भएको छ । स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले शहरबाहिर एमपक्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।

सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स सङ्क्रमण देखिएको छ घने तीमध्ये अधिकांश सङ्क्रमण पछिल्ला केही महिनामा भएका छन् ।

अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् ।

अस्ट्रेलियन डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयरका प्रवक्ताले एएफपीसँग कुरा गर्दै यस वर्षको मे महिनादेखि नै सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताएका छन् ।

अस्ट्रेलियाले खोप लगाउनका लागि यस पहिलेकोे प्रतिबन्ध हटाएर ‘एमपिक्सको जोखिममा रहेका सबै उमेर समूहका व्यक्तिहरू’ ले खोप लगाउन सक्ने बताएको छ ।

सिड्नीका यौन स्वास्थ्य चिकित्सक तथा जीपी म्याथ्यु शिल्ड्सले राष्ट्रिय प्रसारक एबीसीलाई बताएअनुसार खोप दर कम भएका महानगर क्षेत्रबाहिर भाइरस सङ्क्रमण पत्ता लागेको छ ।

एमपक्स सङ्क्रमित जनावरहरूबाट मानिसमा सर्ने भाइरस हो । यो शारीरिक सम्पर्कको माध्यमबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ। कुनै–कुनै अवस्थामा घातक यस भाइरसका कारण ज्वरो आउने, मांसपेशी दुख्ने र छालामा ठूलो फोकाजस्तो घाउहरू आउने गर्छ ।

सन् २०२२ को मे महिनामा क्लेड २ बी विश्वभरि फैलिएपछि यो भाइरसबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढेको थियो । जुलाई २०२२ मा, विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

अस्ट्रेलियाले एमपक्सको अधिक खतरनाक मानिएको नयाँ ‘क्लेड १ बी भेरियन्ट’को मानिसमा सङ्क्रमण पुष्टि भने गरेको छैन ।

विद्यार्थी भिसामा अस्ट्रेलियाको थप कडाइ
काठमाडौं । धेरै नेपाली विद्यार्थीको गन्तव्य बन्दै आएको अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ ।

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले आगमी जुलाई एक देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् । यो व्यवस्था लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अस्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।

विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्यले यस्तो प्रावधान राखिएको बताइएको छ । गत १० महिनाको अवधिमा पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको मन्त्री ओनिलले विज्ञप्तमा उल्लेख गरेकी छन् ।

त्यस्तै, ग्राजुएट भिसा (टीआर) मा बसेका ३२ प्रतिशत विद्यार्थी पुन: विद्यार्थी भिसामा नै अस्ट्रेलिया बसाइलाई निरन्तरता दिइरहेको उनले बताएकी छन् । यसलाई गत वर्ष जारी गरिएको आप्रवासन रणनीति कार्यान्वयनकै शृङ्खलाको रूपमा व्याख्या गरिएको छ ।

आगन्तुक भिसा र अस्थायी स्नातक भिसा (दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५) मा रहेकाहरूले अबदेखि अनसोर (अस्ट्रेलिया भित्रैबाट) विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन् । यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुन: विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् ।

कोभिड महामारीपछि विदेशी विद्यार्थी धेरै बढेर ७ लाख ४० हजारभन्दा बढी पुगेपछि अस्ट्रेलियाले नयाँ आप्रवासन नीति सार्वजनिक गर्दै यसलाई उल्लेख्य रूपमा घटाउने रणनीति लिएको थियो ।

हाल अस्ट्रेलियामा ५५ हजार ३ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । चीन र भारतपछि सबैभन्दा ठूलो संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन् ।

माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु
सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । पानीको छालले समुद्रमा पुर्‍याएपछि उनीहरुको मृत्यु भएको हो ।

गोरखा र र दोलखा घर भएका २२ र २५ वर्षका युवाको मृत्यु भएको हो । उनीहरुको शव फेला परेको छ ।

सोमबार साँझ यी विद्यार्थी कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न पुगेका थिए । तर लाइफ ज्याकेट र सुरक्षित कवचबिना नै सामान्य पहिरनमा माछा मार्न गएका उनीहरूलाई पानीको छालको बहाबले समुद्रमा तानेपछि उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

विद्यार्थीलाई समुद्राको छालले तानेर लगेपछि हेलिकोप्टर र स्थानीय मरिन र पारमेडिक्सको टोली उद्धारका लागि खटिएको थियो । तर जिवितै उद्धार गर्न नसकिएको हो ।

अस्ट्रेलियामा यस वर्ष मात्र समुद्रमा डुबेर वा अन्य कारणले दशभन्दा बढी नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन् ।

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
एजेन्सी । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ ।

ट्रेजरीले आइतबार जारी गरेको प्रक्षेपणअनुसार मुद्रास्फीति दर डिसेम्बरसम्म दुई दशमलव ७५ प्रतिशत र सन् २०२५ को अन्त्यसम्ममा दुई दशमलव पाँच प्रतिशतमा झर्नेछ ।

ट्रेजरीले सरकारलाई सल्लाह दिने र अस्ट्रेलियालीका लागि बलियो र दिगो आर्थिक र वित्तीय परिणामहरू प्राप्त गर्न नीति र कार्यक्रमहरू लागू गर्दछ ।

सन् २०२४–२५ को सङ्घीय बजेटअघि जारी गरिएको आधिकारिक तथ्याङ्कलाई कोषाध्यक्ष जिम चाल्मर्सले मङ्गलबार राति हस्तान्तरण गर्नुहुनेछ ।

ट्रेजरी प्रक्षेपणले मुद्रास्फीति दर अस्ट्रेलियाको रिजर्व बैंकको लक्ष्य ब्यान्डमा २–३ प्रतिशतको ब्यान्डमा फिर्ता आउनेछ । यो बैंकले मेको सुरुमा प्रकाशित गरेको दृष्टिकोणमा पूर्वानुमान गरेको थियो ।

“मुद्रास्फीति अझै पनि अर्थतन्त्रमा सबैभन्दा ठूलो निकट–अवधि चुनौती हो, त्यसैले सरकारले यसका लागि केही गरिरहेको छ”, चाल्मर्सले आइतबार विज्ञप्तिमा भन्नुभयो ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको पछिल्लो तथ्याङ्कअनुसार मार्चको अन्त्यसम्मको १२ महिनामा मुद्रास्फीति तीन दशमलव छ प्रतिशत रहेको थियो । यो जुन सन् २०२३ को डिसेम्बरको अन्त्यसम्ममा चार दशमलव एक प्रतिशत थियो ।

ट्रेजरी तथ्याङ्कले आगामी दुई वर्षको आर्थिक वृद्धि प्रक्षेपणलाई पनि कम गरेको छ । कूल गार्हस्थ्य उत्पादन अब सन् २०२४–२५ आर्थिक वर्षमा दुई प्रतिशत र सन् २०२५–२६ मा दुई दशमलव २५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । यो डिसेम्बरको पूर्वानुमानमा दुई दशमलव २५ र दुई दशमलव पाँच प्रतिशतभन्दा कम हो ।

२०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम
एजेन्सी । अस्ट्रेलियालीहरूले २०२३ मा रिपोर्ट गरिएको घोटालाहरूको रेकर्ड संख्यामा अर्बौं डलर गुमाएको सरकारी तथ्याङ्कले खुलासा गरेको छ ।

अस्ट्रेलियाली प्रतिष्पर्धा र उपभोक्ता आयोगले सोमवार आफ्नो वार्षिक लक्ष्यीकरण घोटाला प्रतिवेदन प्रकाशित गरेको थियो । अस्ट्रेलियालीहरूले २०२३ मा ६० लाख १ हजार घोटाला भएको प्रतिवेदन सार्वजनिक गरेको छ । नयाँ रेकर्डअनुसार २०२२ बाट १८.५ प्रतिशतले वृद्धि भएको छ ।

घोटालाहरूको संख्यामा वृद्धि भएपनि घोटालाहरूमा रिपोर्ट गरिएको घाटा २०२२ मा ३.१५ बिलियन अष्ट्रेलियाली डलर (२.०६ बिलियन अमेरिकी डलर) बाट २०२३ मा २.७४ बिलियन एयुडि (१.७९ बिलियन डलर) मा १३ प्रतिशतको गिरावट आएको हो । घाटा अघिल्लो वर्षको तुलनामा घटेको छ । ६५ वर्ष र माथिका अष्ट्रेलियालीहरूले २०२२ मा भन्दा २०२३ मा घोटालामा धेरै पैसा गुमाए ।

२०२२ र २०२३ को बीचमा रोजगारीमा हुने घोटालाबाट हुने नोक्शानी १५१.२ प्रतिशतले बढेर २४.३ मिलियन (१५.८ मिलियन डलर) मा पुगेको छ । जसमा सांस्कृतिक र भाषिक रूपमा विविध समुदायका मानिसहरू असमान रूपमा प्रभावित भएका छन् । सन्देश वा फोन कलहरूमार्फत गरिएका घोटालाहरूबाट हुने घाटा २०२२ को तुलनामा २०२३ मा कम थियो । इमेल र सामाजिक सञ्जालमार्फत गुमाउने रकम बढेको छ ।

अष्ट्रेलियामा बाढीका कारण सामान्य जनजीवन प्रभावित
सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक बर्षपछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् ।

उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घरखाली गराइएको आपतकालीन सेवाहरूले जनाएका छन् ।

सङ्घीय विपद् व्यवस्थापन मन्त्री क्याथरिन किङले बाढीको पानीले छोटो समयमा नै राज्यभरि व्यापक क्षति पुर्‍याएको बताउनुभएको छ ।

“न्यू साउथ वेल्स सरकारले क्षतिको आँकलन गर्न र यस विपत्तिको प्रभाव बुझ्ने कार्यलाई जारी राखेको छ,” मन्त्री किङले भन्नुभयो ।

आपतकालीन सेवा राज्यमन्त्री जिहाद डिबका अनुसार उद्धारकर्मीले शुक्रबारदेखि समाचार तयार पार्दासम्म् करिब २०० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्‍याएका छन् ।

उहाँका अनुसार करिब पाँच हजार स्वयंसेवकले रातभर काम गरेर प्रभावितलाई सहयोग गरेका थिए ।

राज्यका आपतकालीन आयुक्त कार्लीन योर्कले बाढी प्रभावित क्षेत्रमा बाढीजन्य जोखिमबाट बच्न नियमित सूचना जारी गरिरहेको जानकारी दिनुभयो ।

जलवायु परिवर्तनले बाढी, डढेलो र चक्रवातजस्ता प्राकृतिक प्रकोपको जोखिम बढाउँछ भनेर अनुसन्धाताहरूले बारम्बार चेतावनी दिँदै आएका समय पछिल्लो डेढ बर्षमा यस क्षेत्रमा सात पटकभन्दा बढी बाढी आएको छ ।

अधिकारीहरूले सफाइ खर्च र आपतकालीन आवासका लागि भुक्तानीमासहयोग गर्न प्रकोप सहायता सुरु गरेका छन् ।