आरोही उद्धार र स्वास्थ्य सेवा – News Polar

आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्दै सरकार
काठमाडौँ। सरकारले आरोही तथा पदयात्रीहरू आकस्मिक रूपमा बिरामी पर्दा उद्धार प्रणाली, स्वास्थ्य सेवा र आवश्यक औषधिको उपलब्धतालाई थप प्रभावकारी बनाउने विषयमा विशेष छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीशप्रसाद अग्रवालको संयोजकत्वमा आज बसेको बैठकले आकस्मिक उद्धारपछि बिरामीलाई निजी अस्पतालमा लैजानुपर्ने वर्तमान अवस्थाको समीक्षा गर्दै सरकारी अस्पतालहरूको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने विषयमा समेत जोड दिएको छ ।

बैठकले आगामी भदौदेखि हिमाल आरोही तथा पदयात्रीहरूको स्वास्थ्य सुरक्षाका लागि प्रमुख ट्रेकिङ रुटहरूमा परीक्षण (पाइलटिङ) का रूपमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्नेबारे समेत छलफल गरेको छ ।

यसैगरी बैठकमा उच्च हिमाली क्षेत्रमा अत्यावश्यक मानिने ‘डाइमक्स’ तथा फ्रस्टबाइटको उपचारमा प्रयोग हुने विशेष सुई र औषधिको उपलब्धता सुनिश्चित गर्न सम्बद्ध निकायहरूलाई पूर्वतयारीका लागि प्रा डा अग्रवालले जोड दिनुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा र पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने सहभागी हुनुहुन्थ्यो ।

उक्त बैठकमा पर्यटकीय याममा हुने अत्यधिक भीडभाडको व्यवस्थापन, नक्कली उद्धार (फेक रेस्क्यु) को नियन्त्रण र हिमालहरूको भारवहन क्षमताको वैज्ञानिक अध्ययन गर्ने विषयमा समेत छलफल भएको थियो ।

बैठकबाटै आगामी पर्यटन यामदेखि सम्भावित स्वास्थ्य जटिलता न्यूनीकरण गर्न राज्यका सम्बन्धित मन्त्रालय र निकायहरूबीच चुस्त समन्वय गरेर आवश्यक तयारी अघि बढाउने सहमति भएको छ । रासस