२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इजिप्टमा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु

एजेन्सी। इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्। गीजा पिरामिड नजिकै केरडासा क्षेत्रमा रहेको तीन तले भवनको दोस्रो तल्लामा विस्फोट भएको हो। घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा सारिएको छ। विष्फोटका कारण भएको आगोलाई नागरिक सुरक्षा बलले निभाएको समाचारमा जनाइएको छ।