एमालेको ११औँ महाधिवेशन – News Polar

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ ।

महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको सो प्रस्ताव पारित भएको हो । पारित प्रस्तावमा मुलुकलाई संविधानको लिकमा फर्काउन संसद् पुनःस्थापनालगायत विषय समेटिएका छन् ।

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भइ काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । समापनसत्रमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले पुराना पार्टी सकिए भन्ने गलत भाष्यलाई चिरेको उल्लेख गर्दै अब आफूहरु विकास, सुशासन, समृद्धि र संसद् पुनःस्थापनाको बाटोमा अघि बढ्ने उद्घोष गर्नुभयो ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणका लागि सञ्चालित विभिन्न आन्दोलन, क्रान्ति र देशभक्तिपूर्ण युद्धमा सहभागी हुने क्रममा जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

महाधिवेशनले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदनकुमार भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत आन्दोलनका अग्रजहरुप्रति समेत श्रद्धासुमन अर्पण गरेको छ ।

यसैगरी एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित पार्टी उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पार्टीका पूर्व स्थायी कमिटी सदस्य प्रदीप नेपाल, पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल, केन्द्रीय कमिटी सदस्य कमल गौतम, लेखा आयोगका सदस्य खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु इन्दिरा चापागाईं, भोजराज ढुङ्गेल, रामबहादुर दानी, रामचन्द्र चापागाईं, धर्मनाथ यादव, महेश चौधरी, डा ऋतुराज गड्तौला, देवी पोखरेल, बालकृष्ण भट्टराई, बालकृष्ण मैनाली, मोहन विश्वकर्मा, त्रिरत्न शाक्य, बैकुण्ठनाथ दहाल र गणेश पौडेल, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरु ऐना गिरी, चित्रबहादुर कार्की, रामचन्द्र थपलिया, कालीचन्द्र साह, पूर्व सांसदहरु विदुर सापकोटा र यज्ञराज न्यौपाने, पार्टीका अग्रज व्यक्तित्व छत्रबहादुर बोहरा, महिला कार्यकर्ता विमला महत, लुम्बिनी प्रदेशसभा सदस्य तथा नेत्री सरिता पुनलगायतप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

गत भदौ २३ र २४ गते मुलुकमा घटित घट्नाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका सम्बन्धमा एमाले  संवेदनशील, चिन्तित र गम्भीर रहेको र उक्त घटना पश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै सङ्कटको दिशातिर उन्मुख भइरहेको पृष्ठभूमिमा ११औँ राष्ट्रिय महाधिवेशनले मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने सङ्कल्प गरेको छ ।

सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासनलगायत विभिन्न माग राखेर नवयुवाले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति एमालेको ११औँ महाधिवेशनले दुःख व्यक्त गरेको छ । नवयुवाको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको एमालेको ठहर छ । महाधिवेशनले उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, सबै तथ्यको सार्वजनिकीकरण र सङ्लग्न दोषीलाई कार्बाहीको माग गरेको छ ।

यस्तै भदौ २४ गते सुनियोजित र शृङ्खलाबद्ध रुपमा गरिएको देश दोहनको एमालेले भ्रत्र्सना र निन्दा गरेको छ । यसमा संलग्नलाई पार्टीले कानुनी कारबाहीको माग गरेको छ । महाधिवेशनले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनुपर्नेमा जोड दिएको छ । एमाले ताजा जनादेशका लागि जनतामाझ जाने, जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुने मान्यतामा अविचलित रहेको र पार्टी कहिल्यै निर्वाचनबाट पछि नहट्ने उल्लेख गरेको छ । यसका लागि सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा एमालेले जोड दिएको छ ।

लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका दलहरुसँग सरकारले सार्थक संवाद, परामर्श र सहकार्य गर्न एमालेले माग गरेको छ । प्रहरीबाट लुटिएका हतियार र गोलीगठ्ठा फिर्ता ल्याउन, भागेका कैदीलाई फेरि जेलमा फर्काउन र समाजमा शान्ति सुरक्षाको वातावरण बनाउन ठोस कदम चाल्न एमालेले सरकारसँग माग गरेको छ । साथै सो पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाको समेत माग गरेको छ ।

राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्ध सङ्कटमा परेको तथा जनताका सङ्घर्षका उपलव्धि नै धरापमा परेको अवस्थालाई बोध गर्दै मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधानका पक्षधर सबै शक्ति, संसद्मा रहेका दल, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका साथ अगाडि बढ्न समेत एमालेको ११औँ महाधिवेशनले आह्वान गरेको छ ।

गत भदौ २४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत १७० भन्दा बढी नेता तथा कार्यकर्ताको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको उल्लेख गर्दै उक्त घटनाप्रति एमालले दुःख व्यक्त गरेको छ । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेत्री डा आरजु देउवामाथि साङ्घातिक आक्रमण, पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारमाथिको आगजनीको एमालेले निन्दा गरेको छ ।

मुलुकको विकास र समृद्धिका लागि नव युवाहरुसँग अझ सार्थक संवाद गर्न, सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न एमाले सदैव तत्पर रहेको र पार्टीले सङ्गठनात्मक संरचनामा युवा सहभागिता बढाउन विभिन्न निर्णय गर्दै अगाडि बढेको एमालले जनाएको छ ।

महाधिवेशनले सार्वभौम समानता, आपसी सहयोग, विश्वास र न्यायका आधारमा परराष्ट्र सम्बन्ध सञ्चालन हुनुपर्छ भन्ने मान्यतालाई जोड दिएको र एमाले नेपालको राष्ट्रिय हित, असङ्लग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र र विश्व शान्तिलाई केन्द्रबिन्दुमा राखेर छिमेकीलगायत मित्र राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ । रासस

नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भएको थियो । श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरबाट आरम्भ भएको नेकपा अहिले विभिन्न धार र पार्टीमा क्रियाशील छ ।

विश्व कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । त्यसबेला चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अङ्ग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको थियो भने नेपालीहरू १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको बेला थियो ।

त्यहीबीचमा स्थापना भएको नेकपाको पहिलो महाधिवेशन २०१० साल माघ १० देखि २० गतेसम्म ललिपुरको पाटनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले महामन्त्रीमा मनमोहन अधिकारीलाई चयन गरेको थियो । दोस्रो महाधिवेशन २०१४ साल जेठ १५ देखि २५ गतेसम्म काठमाडौँको दरबारमार्गमा भई महासचिवमा डा केशरजङ्ग रायमाझीलाई जिम्मेवारी दिएको थियो । यो महाधिवेशनपछि पार्टीभित्र प्रजातन्त्र कि राजतन्त्र भन्ने विवाद उत्पन्न भएको थियो ।

नेकपाको तेस्रो महाधिवेशन पञ्चायतकालकै बीचमा २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म भई महासचिवमा तुल्सीलाल अमात्य चुनिनुभएको थियो । नेकपाको चौथो महाधिवेशन भने २०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहाको  विष्णुपुरकट्टी, सर्रे अम्बासमा भई महासचिवमा मदनकुमार भण्डारी निर्वाचित हुनुभएको थियो ।

यो महाधिधवेशनपछि नेकपाका विभिन्न समूह र उपसमूह देखा पर्न थाले भने एमालेले ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौँ’ भन्ने नाराका साथ आफूलाई अलग धारका रूपमा अगाडि बढाएको देखिन्छ । यसैगरी एमालेको पाँचौँ महाधिवेशन २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा भएको थियो ।

यस महाधिवेशनबाट पार्टीको अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा मदनकुमार भण्डारी नेतृत्वमा आउनुभएको थियो । एमालेको हालसम्मको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवाद ९जबज०लाई महासचिव भण्डारीले प्रस्तुत गरी पारित भएकाले यो महाधिवेशन एमालेको वैचारिक इतिहासमा महत्त्वपूर्ण मानिएको छ ।

यस्तै, एमालेको छैठौँ महाधिवेशन विसं २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगन्ज, बाँकेमा भई अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधवकुमार नेपाल चयन हुनुभयो । यो महाधिवेशनको मूलनारा ‘विकृति र विसङ्गतिका विरुद्ध सङ्घर्ष गरौँ, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ’ रहेको थियो । एमालेको सातौँ महाधिवेशन विसं २०५९ माघ १८ देखि २२ गतेसम्म,  जनकपुर, धनुषामा भएको थियो । ‘प्रजातन्त्र, शान्ति र समग्र विकास,  प्रतिगमनविरुद्ध अग्रगामी निकास १’ को मूल नारा रहेको उक्त महाधिवेशनले महासचिवमा माधवकुमार नेपाललाई चयन गरेको थियो ।

त्यसपछि विसं २०६५ फागुृन ५ देखि १४ गतेसम्म, बुटवलको रुपन्देहीमा भएको आठौँ महाधिवेशनले अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित हुनुभयो । उक्त महाधिवेशनको मूल नारा ‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौँ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान १’ रहेको थियो । एमालेको नवौँ महाधिवेशन भने विसं २०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा भई अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित ग¥यो । महाधिवेशनको नारा ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ १’ रहेको थियो ।

पछिल्लो पाँच वर्षयता एमालेले नीति र विधान तथा नेतृत्व चयनका लागि छुट्टाछुट्टै महाधिवेशनको परिपाटी थालनी गरेको छ । एमालेको प्रथम विधान महाधिवेशन विसं २०७८ असोज १५ देखि १७ गतेसम्म, गोदावरी, ललितपुरमा भएको थियो । उक्त महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ रहेको थियो ।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन २०७८ मङसिर १० देखि १२ गतेसम्म, सौराहा, चितवनमा भएको थियो । सो महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ १’ भन्ने रहेको थियो । उक्त महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली र महाचिवमा शङ्कर पोखरेललाई निर्वाचित गरेको थियो ।

एमालेको दोस्रो विधान महाधिवेशन २०८२ भदौ २० देखि २२ गतेसम्म, गोदावरी, ललितपुरमा भई नेतृत्वमा दुई कार्यकालभन्दा बढी रहन र ७० वर्षे उमेर हद हटाउने व्यवस्था गरिएको छ ।

आजदेखि पार्टीको  ११औँ महाधिवेशन सुरुभएको छ । भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन भएको छ भने बन्दसत्र आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । यस महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ । रासस