काठमाडौँ महानगरपालिका – News Polar

टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।

आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अस्पतालका प्रमुख प्रा डा सुवास आचार्यलाई ती उपकरण हस्तान्तरण गर्नुभएको हो । यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमा शुल्क भुक्तानी गर्न सकिने, जाँचसम्बन्धी परीक्षण रिपोर्ट बिरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाट पैसा भुक्तानी गर्न सकिने सुविधा भएका १६ वटा ‘इन्ट¥याक्टिभ किओक्स मेसिन’, रिपोर्ट तथा परीक्षणलगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा ‘अल इन वन डेक्सटप’ रहेका कामपाले जनाएको छ । साथै प्रभावकारी र शीघ्र सेवाका लागि सर्भर र ¥यामको क्षमता वृद्धि गरिएको छ ।

कार्यक्रममा प्रमुख डङ्गोलले सरकारी अस्पतालमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नुपर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुनेछ । यसकारण अस्पतालसँगको सहकार्यलाई हामीले विशेष मानेका छौँ । हामीले आजको दिनलाई विशेष ठानेका छौँ ।” कामपाको संस्थागत जगको विषयमा प्रमुख डङ्गोलले सहर सफा गर्ने दायित्व दिएर स्थापना गरिएको अड्डा अहिले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण, आर्थिक तथा सामाजिक विकास, सम्पदा तथा पर्यटनसहित नागरिकसँग जोडिएका सबै सेवा प्रदान गर्ने स्थानमा पुगेको जनाउँदै अस्पतालसँगको सहकार्यमा ‘टेली सर्भिस’ सञ्चालन गर्न सकिने बताउनुभयो ।

अस्पतालका प्रमुख प्राडा आचार्यले प्राप्त प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतीकरण गर्दै बिरामीमैत्री सेवा व्यवस्थापनमा कामपाले उपलब्ध गराएको सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गर्नुभयो ।

“पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन छौँ । दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ ।” कामपाले स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिनुभयो ।

“अस्पतालको सेवा व्यवस्थापनमा कामपाको हक लाग्ने गरी सहयोग प्रदान गरेका छौँ । यसबाट कामापलाई लाभ हुनेछ ।” यसअघि कामपाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ‘भेन्टिलेटर मेसिन’, त्यसपछि ‘सिटी स्क्यान मेसिन’, अस्पतालको ‘वेड क्यु सिस्टम’ व्यवस्थापन प्रणालीलगायत सहयोग सामग्री उपलब्ध गराइसकिएको कामपाको भनाइ छ ।

काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाहरूले बहालमा लिएर प्रयोग गर्दै आएका घर/कोठा तथा फ्ल्याट खाली गर्ने सम्बन्धमा सूचना जारी गरेको छ। न्यायिक समितिबाट यससम्बन्धी भएका निर्णयहरू कार्यान्वयन गर्ने क्रममा महानगरको कार्यान्वयन समितिको जेष्ठ १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार उल्लेखित सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको कानून तथा मानव अधिकार विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।

तोकेको समयभित्र सम्बन्धित पक्ष सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार ती सहकारी संस्थाले बहालमा लिएर प्रयोग गर्दै आएका घर/कोठा तथा फ्ल्याट खाली गरिनेछ। खाली गर्ने क्रममा सहकारी कार्यालयका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा बुझाइने र त्यसपछि ती सामान तथा सम्पत्तिका सम्बन्धमा कुनै दाबी–विरोध नलाग्ने स्पष्ट गरिएको छ।

सूचनामा विभिन्न सहकारी संस्थाहरूको नाम र घरधनीहरूको विवरण पनि उल्लेख गरिएको छ। तीमध्ये सत्कार सहकारी संस्था लि. (काठमाडौँ–३), अमृताम्भ बचत तथा ऋण सहकारी संस्था (काठमाडौँ–१५), हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था लि. (काठमाडौँ–२२), मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि. (काठमाडौँ–३२), नवल सवल बचत तथा ऋण सहकारी संस्था लि. (काठमाडौँ–३२) र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड (काठमाडौँ–३२) रहेका छन्।

यी संस्थासँग सम्बन्धित घरधनीहरूमा क्रमशः निलु गुरुङ, केशवराज भट्टराई, युवराज पंगेनी, कल्पना शर्मा, शारदा हाडा र कृष्णकुमारी वाडे रहेका छन्।

महानगरपालिकाले तोकिएको समयसीमाभित्र सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, न्यायिक समितिको निर्णय कार्यान्वयन गर्दै बहालमा रहेका संरचनाहरू खाली गरिने प्रक्रिया अघि बढाइने जनाएको छ।

काठमाडौँ महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर
काठमाडौँ, १६ जेठः काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको छ । महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन् ।

विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । नियमनका लागि वडा महिला सञ्जाललाई विभागबाट जिम्मेवारी दिइएको बताउनुभयो ।

“महिला सञ्जाललाई पत्र पठाएर सहकारीका सिद्धान्त, व्यवसाय प्रवर्द्धन तथा सुशासन कायम राख्न सहयोग तथा समन्वयको भूमिका निर्वाहका लागि जिम्मेवारी दिएको छ । सामूहिक हित, समन्वय तथा मेलमिलापमार्फत समस्या समाधान गर्ने उद्देश्यले सञ्जाललाई सहकारीसम्बन्धी कार्य विवरण थप गरिएको हो”, विभाग प्रमुख काफ्लेले भन्नुभयो ।

मेलमिलाप तथा छलफलका लागि वडा महिला सजालका संयोजक र सदस्य, सहकारी संस्थाका तर्फबाट सहकारी संस्थाका प्रतिनिधि, ऋणीका हकमा स्वयं ऋणी तथा बचतकर्ताका हकमा स्वयं बचतकर्ता सहभागी हुनेछन् ।

समस्या समाधानका लागि महानगरको क्षेत्राधिकार तथा सम्बन्धित वडामा पर्ने सहकारी संस्थासम्बन्धी बचतकर्ताको बचत रकम फिर्ता गर्न एकल वा संयुक्त निवेदन लिनेछ । सहकारी संस्था वा ऋणीलाई अनलाइन वा पत्राचारमार्फत सम्पर्कमा ल्याइने छ । मेलमिलापका लागि संस्थाको नाम, ठेगाना, दाबी गरिएको रकमसम्बन्धी विवरण, सम्पर्क नम्बर, तमसुकसहितको अभिलेख लिनेछ । यसले छलफल र मेलमिलापसँगै ऋण नतिर्ने ऋणीबाट ऋण उठाउन सहजीकरण गर्ने विश्वास गरिएको छ ।

वडाबाट सूचना गएपछि पनि ऋणीहरूले ऋण तिर्न कुनै चासो नदेखाएमा वा सम्पर्कमा नआएमा त्यस्ता ऋणीहरूको सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउने विषयमा पनि वडाध्यक्ष र विभागलाई सुझाव दिइने जनाइएको छ ।

सहकारी विभागलाई वडाभित्रका सहकारी संस्थाको वित्तीय अवस्था, बचत फिर्ता, ऋण असुली तथा सदस्य हितसम्बन्धी समस्याको जानकारी गराउने, सहकारी संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गराउन र सहकारीसम्बन्धी समस्या समाधानका लागि निकायगत समन्वय गर्ने जिम्मेवारी रहेको छ ।रासस

काठमाडौं महानगरद्वारा खेलकुदको विकासका लागि तीन ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिकाले खेलकुद विकास तथा प्रवद्र्धनका लागि विभिन्न संघसंस्थाहरुसँग प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको छ ।

महानगरले बुधवार एक कार्यक्रमका बीच खेलकुदसम्बन्धी तीन ठूला प्रतियोगिता सञ्चालन गर्न सम्झौता गरेको हो । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोको उपस्थितिमा नेपाल पौडी संघ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघ र बागमती प्रदेश क्रिकेट संघसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार नेपाल पौडी संघले महानगरपालिका मेयर कप पौडी प्रतियोगिता सञ्चालन गर्नेछ ।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघले वडास्तरीय व्याटमिन्टन प्रतियोगिता सञ्चालन गर्ने तथा वागमती प्रदेश क्रिकेट संघले टी–२० पीएल सिंह कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्नेगरि सम्झौता भएको हो । महानगरका सामाजिक विकास समिति संयोजक रामकुमार केसीले महानगरभित्र लुकेका प्रतिभालाई पहिचान गरेर अगाडि ल्याउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँका अनुसार नेपालमा क्रिकेटसहित विभिन्न खेलको प्रदर्शन उत्साहजनक रहेको छ । महानगरपालिकाले गर्ने गतिविधिलाई देशभरबाट चासोका साथ हेर्ने भएकोले खेल क्षेत्रको विकासका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरिएको जानकारी दिनुभयो ।

महानगरपालिकाले स्थानीय तहबाटै खेलकुद संरचना बलियो बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने जनाएको छ । सोही लक्ष्यअनुसार आगामी दिनमा थप प्रतियोगिता र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ ।

विद्यालय शिक्षा सुधारका लागि काठमाडौं महानगरको नयाँ कार्ययोजनाः शिक्षक दरबन्दी मिलान र छात्रवृत्तिमा कडाइ
काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले हालैका निर्णय र भावी योजनाबारे जानकारी दिँदै शिक्षा क्षेत्रमा सुधारका विभिन्न पहलहरू शुरु भएको बताउनुभएको हो । महानगरले हालसम्म दुई चरणमा गरी करिव एक सय जना शिक्षकको दरबन्दी मिलान गरिसकेको छ । पहिलो र दोस्रो चरणमा शिक्षकहरूको चाहना र विद्यालयको आवश्यकतालाई प्राथमिकता दिइएकोमा अब तेस्रो चरणमा पूर्णतः आवश्यकताका आधारमा शिक्षक खटाउने तयारी गरिएको छ ।

यस्तै, निजी वा आन्तरिक स्रोतबाट नियुक्त शिक्षकहरूको व्यवस्थापन सम्बन्धित विद्यालयले नै गर्नुपर्ने र आन्तरिक स्रोत उपलब्ध भए कार्यविधि बनाएर उपदान वा क्षतिपूर्तिको व्यवस्था गर्न सकिने विभागले जनाएको छ । स्रोत नभएका विद्यालयको हकमा शिक्षा विभागमा सिफारिस गरेपछि आवश्यक निर्णय लिइने बताइएको छ ।

‘केही नेपाल ऐन संशोधन अध्यादेश २०८३’ मार्फत शिक्षा ऐनमा भएको परिवर्तनसँगै विद्यालय व्यवस्थापन समितिको संरचनामा पनि हेरफेर हुने भएको छ । यसअघि चन्दादाता वा बुद्धिजीवीमध्येबाट अध्यक्ष चयन हुने व्यवस्था संघीय कानुनसँग बाझिएर अदालतबाट खारेज भइसकेकाले अबदेखि उक्त प्रावधान हटाइएको छ । अब ४ जना अभिभावक, २ जना समाजसेवी/बुद्धिजीवी र १ जना वडा प्रतिनिधिको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बहाल रहेका समितिहरूको हकमा कानुनी परामर्श गरी छिट्टै थप निर्णय लिइने प्रमुख ढकालले स्पष्ट पार्नुभयो ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको छनोट प्रक्रियालाई थप पारदर्शी र उत्तरदायी बनाउन ‘छात्रवृत्ति छनोट समिति’ गठन गरिएको छ । वडाध्यक्ष वा उनले तोकेको सदस्य संयोजक रहने यस समितिमा विद्यालयका प्रधानाध्यापक, विद्यालय निरीक्षक र एक जना अभिभावक सदस्य रहनेछन् । महानगरले विद्यार्थी संख्याका आधारमा छात्रवृत्तिको प्रतिशत समेत निर्धारण गरेको छ । ५०० सम्म विद्यार्थी भएका विद्यालयमा १० प्रतिशत, ५०० देखि ८०० सम्म विद्यार्थी भएका विद्यालयमा १२ प्रतिशत र ८०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा १५ प्रतिशत रहेको छ । यसपटक छात्रवृत्ति व्यवस्थापनका लागि जेठ महिनाभरको समय सीमा दिइएको र यसको कडाइका साथ अनुगमन गरिने महानगरले जनाएको छ ।

परीक्षाको गोपनीयता र मर्यादित सञ्चालनका लागि महानगरले कर्मचारी तहबाटै परीक्षा समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रश्नपत्र निर्माण, छनोट र नतिजा प्रकाशन जस्ता प्राविधिक र संवेदनशील विषय भएकाले यसलाई विज्ञ र कर्मचारीहरूकै नेतृत्वमा राखिएको हो । यद्यपि, शिक्षा समितिले यसको अनुगमन र आवश्यक सुधारको अधिकार राख्ने बताइएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको आईतवारको सार्वजनिक बिदाका सम्बन्धमा महानगरले हाललाई सरकारी निर्णयकै पालना गरिरहेको छ । आईतवार विद्यालय खोल्ने वा नखोल्ने विषयमा छिमेकी पालिकाहरू र सरोकारवालासँग छलफल भइरहेको छ । बिदाका कारण हुने शैक्षिक क्षतिलाई हिउँदे वा बर्खे बिदाबाट कटौती गर्ने तथा त्रैमासिक परीक्षाहरूलाई आन्तरिक मूल्याङ्कनमा सिमित गरी समय व्यवस्थापन गर्ने विषयमा बहस भइरहेको र छिट्टै निष्कर्षमा पुगिने प्रमुख ढकालले जानकारी दिनुभयो ।

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन दुई हजार ७५ नागरिकको विवरण सङ्कलन गरेको छ ।

काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा दुई हजार ७५ जनाको विवरण सङ्कलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्ने अवस्था  भेटिएका महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले जानकारी दिनुभयो ।

यही वैशाख २३ गतेसम्ममा सङ्कलित विवरण हेर्दा एक हजार ३७० महिला र ७०५ पुरुषको विवरण सङ्कलन भएको छ । उनीहरुमध्ये एक हजार ९४६ जना हाल परिवारसँगै हुनुहुन्छ । एक सय ८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन बिताइरहनुभएको छ । आफन्त र नातेदारको आश्रयमा २१ ज्येष्ठ नागरिक हुनुहुन्छ ।

सत्तरी वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षणका लागि महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि सबै वडामा स्वास्थ्यकर्मीको टोली खटाएको छ ।

टोलीले ८४ वटा प्रश्नावलीको जवाफ, ज्येष्ठ नागरिकले बिताइरहेको जीवनस्तरको भौतिक र शारीरिक अवस्थाका आधारमा स्वास्थ्य सर्वेक्षण भइरहेको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले जानकारी दिनुभयो ।

नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहूँच वृद्धि गर्ने कार्यक्रमअन्तर्गत आगामी वर्षको स्वास्थ्य नीति, बजेट तथा कार्यक्रममा पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले सर्वेक्षण गरिएको उहाँले बताउनुभयो ।

सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो  र रातो जोनमा वर्गीकरण गरिएको छ । हरियो जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएका ज्येष्ठ नागरिकलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । यो जोनमा ९९५ जना हुनुहुन्छ ।

पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । यो जोनमा ९७२ ज्येष्ठ नागरिक हुनुहुन्छ । उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो  जोनमा राखिएको छ । यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको छ । रातो जोनमा १०८ ज्येष्ठ नागरिक हुनुहुन्छ ।

फिल्डमा स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो, श्वाशप्रश्वाश, रगतमा अक्सिजनको मात्रा, पिसाबमा एल्बुमिन र सुगरलगायत जाँच गर्नुहुन्छ । विगतमा गरिएका उपचार, प्रयोग गर्दै गरेका औषधि, प्रयोग गरेर छोडेका औषधिका बारेमा समेत उहाँहरुले जानकारी लिनुहुन्छ । रासस

कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा आवेदन खुला, जेठ १० सम्म अनलाइन फाराम भर्न सकिने
काठमाडौँ  । काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराइने भएको छ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार अनलाइन आवेदन फाराम भर्ने प्रक्रिया २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि सुरु हुने र जेठ १० गते राति ११:५९ बजेसम्म कायम रहनेछ। इच्छुक विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट वा Entrance Portal Kathmandu मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

छात्रवृत्तिका लागि परीक्षा भने २०८३ साल जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित रहनेछ, जसअन्तर्गत १०० वटा वस्तुगत बहुविकल्पीय प्रश्नहरू सोधिने महानगरपालिकाले जनाएको छ।

परीक्षासम्बन्धी विस्तृत विवरण, विद्यालयगत छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रका जानकारी काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट Kathmandu Metropolitan City मा उपलब्ध रहेको सूचनामा उल्लेख गरिएको छ।

काठमाडौँ महानगरपालिकाले विद्यार्थीहरूलाई समयमै आवेदन दिन र आवश्यक कागजातसहित प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात् सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ ।

महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उहाँले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर शून्य फाइल बनाउने नीति कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । कार्यवाहक प्रमुख डङ्गोलले बजेट कार्यान्वयन गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्था भए, त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई समेत निर्देशन दिनुभयो । “बेरुजु शून्य बनाउन महत्त्वपूर्ण लगाव चाहिएको छ । राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेछ ।

सार्वजनिक जग्गा अतिक्रमण हटाएर भएका सम्पत्तिको अभिलेखन प्रभावकारी बनाउनुपर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनुपर्नेछ । रातको समयमा सडकबत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ । भू–प्रशासनलाई चुस्त बनाउनुपर्नेछ । वडामै महानगरको मुहार देखिने भएकाले यसतर्फ सबै संवेदनशील बनौँ”, उहाँले भन्नुभयो । वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले हालसम्म महानगरको खर्च प्रतिशत ४० दशमलव ९४ र वडाहरूको ३९ दशमलव तीन प्रतिशत रहेको जानकारी दिनुभयो । सबैभन्दा धेरै खर्च गर्ने वडाले ५७ दशमलव १७ प्रतिशत प्रगति गरेको, त्यसपछि ५६ दशमलव ४७ र ५० दशमलव ६२ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो ।

यसैगरी सबैभन्दा कम खर्च गर्ने वडाको खर्च १३ दशमलव २१ प्रतिशत रहेको छ भने त्यसभन्दा बढी खर्च गर्नेमा दोस्रोको १६ दशमलव ८१ र तेस्रोको खर्च प्रतिशत १७ दशमलव ६८ प्रतिशत छ । महानगरले वडालाई ठूला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ ।

वडा नं १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वडा ठूला, २, ५, ८, १२, १७, २२, २४, २५, २८, २९ र ३० गरी ११ वडा मझौला र बाँकी १८, १९, २०, २१, २३ र २७ लाई साना वडामा राखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रबाहेक अन्य वडास्तरीय क्षेत्रगत विकासका लागि ठूला वडालाई रु १० करोड, मझौलालाई रु सात करोड ५० लाख र साना वडालाई रु पाँच करोड बजेट विनियोजन गरिएको छ ।

कामपाले दियो भूमि प्रशासन सेवा प्रदान
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा प्रदान गरेको छ ।

विसं २०८२ चैत १२ गते मालपोत कार्यालय चाबहिल, डिल्लीबजार र कलङ्कीसँग सम्झौता गरेर २०८३ वैशाख २ गतेदेखि नमूनाका रूपमा सेवा थालिएका वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट यो सेवा प्रदान गरिएको हो ।

प्रदान गरिएका सेवामध्ये सबैभन्दा धेरै २१ जनाको स्वामित्व परिवर्तनको हो । भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका सम्पर्क व्यक्ति अशोक श्रेष्ठका अनुुसार यस्तै १९ जनालाई प्रमाणपुर्जा प्रदान गरिएको छ ।

यसमा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको लिखत पारित, रैकर जग्गा दर्ता सेवा प्रदान गरिएका छन् श्रेष्ठले भन्नुभयो ।

कामपाले यसअघि चारकिल्ला सिफारिस, घरबाटो सिफारिसजस्ता सेवा दिँदै आएको थियो । यो सेवा प्रारम्भ भएपछि भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएका वडाबाटै प्राप्त हुनेछन् ।

नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछ ।

यस प्रक्रियामा वडाले नामसारी निवेदन र मुलुकी देवानी संहिता, २०७४ बमोजिम पारित हुने लिखतमा आफ्नो रोहवरमा कारणीको ल्याप्चे सही छाप, दस्तखत तथा सनाखत गराएर थप प्रक्रियाका लागि मालपोत पठाउने छ । जग्गाधनी सङ्केत नम्बर कायम भएका र ससिम कित्ताको कारोबारका लागि मात्र लिखत र नामसारी निवेदन तयार गर्नेछ ।

जग्गाधनी सङ्केत नम्बर कायम नभएका जग्गाधनीको हकमा जग्गाधनी विवरण अद्यावधिकका लागि मालपोत कार्यालयमा पठाउने कामपाले जानकारी दिएको छ ।

नेपालको संविधानले भूप्रशासनको काम स्थानीय तहलाई दिएको छ । यसअघि पूर्वाधार र जनशक्ति तयार नभएकाले यो काम सङ्घ सरकारबाटै हुँदै आएको थियो । रासस

मानसिक समस्या पहिचान र न्यूनीकरणका लागि कामपाको पहल
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै त्यसको पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि पहल थालेको छ ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विवाहपछि महिलाहरूको जिम्मेवारी, उनीहरूप्रति परिवार र समाजको अपेक्षा, गर्भवती हुने अवधि, सुत्केरी र त्यसपछिको एक वर्षमा ठूलो मानसिक समस्या भोग्नु पर्ने, यसै कारण जीवन नै अन्यत्र मोडिने अवस्था छ ।

यस्ता अवस्था पुरुषहरूमा पनि छन् ।” कार्यवाहक प्रमुख डङ्गोलले शारीरिक रूपमा देखिएको रोगलाई सबैले स्वीकार गरेर उपचार गराउने मानसिक रोगलाई स्वीकार नगरी रोग भएको व्यक्ति झन् पीडित भएर बस्नुपर्ने अवस्थामा सुधार गर्नु पहिलो आवश्यकता भएको बताउनुभयो ।

“कामपाले अहिले अभ्यास गरेको स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी सेवालाई कहाँ जोड्न सकिन्छ यसमा प्राज्ञिक क्षेत्रबाट सुझाव चाहिएको छ”, स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भन्नुभयो, “विज्ञ, अनुसन्धाता, प्राज्ञिक र व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूबाट पृष्ठपोषण लिएर मानसिक स्वास्थ्य सुधार गर्ने तयारीमा कामपा छ ।”

बारम्बार निराश हुनु, आफू फन्दामा परेको ठान्नु, मादकपदार्थ र लागुऔषधको सेवन बढ्नु, छटपटी र व्याकुलता बढ्नु, निद्रामा गडबडी हुनु, कसैसँगको भेट वा सामाजिक सञ्जालमा निराशाका कुरा लेख्नु, चाँडो रिसाउनु, हेलचक्य्राइँ पूर्ण व्यवहार गर्नु, मेरो भविष्य केही छैन भन्नु, मानसिक स्वास्थ्य समस्याका लक्षण हुन् ।

विद्यालय उमेरका बालबालिकामा मानसिक स्वास्थ्यको अवस्था अध्ययन गर्न कामपाले गत वर्ष जेठ २७ गते विद्यालय उमेरका १३४ जना विद्यार्थीहरूमा सर्वेक्षण गर्दा ७१ जना अर्थात् ५२ दशमलव ९९ प्रतिशत बालबालिकाले सामान्य भएको, खुसी रहेको प्रतिक्रिया दिएका थिए । उनान्तीस जना अर्थात् २१ दशमलव ६४ जनाले भावनात्मक लक्षण देखिएको थियो ।

सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठ जनामध्ये एक जना व्यक्तिमा मानसिक समस्या छ । विकासोन्मुख र मध्यम आय भएका देशमा बस्ने नागरिकहरूमा यसको भार धेरै छ । व्यक्तिलाई अपाङ्गता बनाउने १० वटा प्रमुख कारणमध्ये मानसिक स्वास्थ्यसँग सम्बन्धित दुई वटा कारण छन् । रासस

वडामा हुने घटना व्यवस्थापनका लागि आठ सय प्राथमिक उपचारकर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडाभित्र हुने विभिन्न घटना व्यवस्थापन गर्न ८०० जना प्राथमिक उपचारकर्ता तयार गर्ने भएको छ ।

त्यसका लागि कामपाले ३२ वटै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८०० जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुनेछ ।” घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउने काम भइरहेको उहाँले बताउनुभयो ।

“रेडक्रसले आफूलाई होइन, अरुका लागि भन्ने सिकाउँछ”, कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “प्राथमिक उपचार पनि अरुको सेवा गर्छु भनेर सिक्ने सीप हो । यो आफूलाई कम र अरुलाई धेरै काम लाग्छ ।” उहाँका अनुसार कामपाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन समुदायस्तरीय स्वास्थ्य सचेतना, क्षमता विकाससहित प्रवर्द्धन केन्द्रमा प्रयोगशालासहितका सुविधा थालेको छ ।

स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भन्नुभयो, “करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तरवृद्धि गर्नमा खर्च गरिरहेका छौँ । तालिममा सिकेको सीप घटना नभए पनि अभ्यास गरिरहनुपर्छ नत्र बिर्सेर आपत्का बेला काम नलाग्न सक्छ ।”

दक्ष प्राथमिक उपचारकर्ता उत्पादन गर्ने गुणस्तरीय दायित्वका रूपमा पूरा गर्ने रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले अहिलेको लगानी विपद्मा काम लाग्ने बताउनुभयो ।

“दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटनास्थल वरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप बिग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ”, उहाँले भन्नुभयो ।

यसमा दुर्घटनास्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृत्रिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सिपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । शरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने विधि सिकाइन्छ । रासस

पशुपति क्षेत्रमा सडक मानवमुक्त बनाउन छुट्टै ‘स्क्रिनिङ सेन्टर’
सडक मानवमुक्त महानगर बनाउने अभियानमा काठमाडौंः पशुपति क्षेत्रमा छुट्टै ‘स्क्रिनिङ सेन्टर’ स्थापना गरिने

टक्सार न्युज

३ बैशाख २०८३, बिहिबार

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तिब्रता दिएको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहेकी छिन् ।

महानगरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने र उनीहरूको आवश्यकताअनुसार वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । पशुपति क्षेत्रमा सडक मानवहरूको संख्या उल्लेख्य रहेकाले उनीहरूको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा सोही क्षेत्रमा एउटा ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ बनाउने सहमति भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन् ।

उद्धार गरिएका व्यक्तिहरूमध्ये परिवार भएकाहरूलाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पताल लगिने र मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई विशेष उपचार केन्द्रमा पठाइने महानगरको योजना छ । जसको कोही पनि छैन र साच्चिकै सहारा आवश्यक छ, उनीहरूलाई मात्र मानव सेवा आश्रममा स्थानान्तरण गरिनेछ । उद्धार गरिएका कतिपय व्यक्तिहरू पुनः सडकमा फर्किनुको मुख्य कारण ‘व्यवहारगत समस्या’ रहेको डंगोलले औंल्याइन् ।

उनले भने, “पशुपति विकास कोषसँग फिल्ड भिजिट गरेर स्क्रिनिङ सेन्टरका लागि ठाउँ तय गरिसकेका छौँ । कोषले उक्त ठाउँको सरसफाई शुरु गरिसकेको छ । अब पशुपति क्षेत्रबाट उद्धार गरिएकाहरूलाई त्यहीँ राखेर परिवार पुनर्मिलन, उपचार वा आश्रम पठाउने भन्ने निर्णय लिन सहज हुनेछ । सडकमा बस्दा रक्सी र लागुऔषध सजिलै पाउने र खुला आकाशमुनिको फ्रिडममा अभ्यस्त भएकाहरूलाई आश्रमको अनुशासनमा बस्न कठिन हुने गरेको पाइएको छ । उनीहरूको व्यवहार परिवर्तनका लागि काउन्सिलिङ र कतिपयलाई रिह्यावको पनि जरुरत देखिएको छ, जसमा हामी काम गरिरहेका छौँ । हाम्रो उद्देश्य भनेको सडकमा कोही पनि बेसहारा भएर कष्टपूर्ण जीवन यापन गर्न नपरोस् भन्ने हो । साच्चिकै सहयोग चाहिनेहरूका लागि महानगरको ढोका सधैँ खुला छ ।”

यो अभियान पशुपतिमा मात्र सिमित नभई कालिमाटी, स्वयम्भू लगायत काठमाडौंका सबै क्षेत्रमा क्रमशः विस्तार गरिने महानगरले जनाएको छ । कार्यवाहक प्रमुख डंगोलकाअनुसार यो कार्य एक–दुई दिनको मात्र नभई महानगरलाई ‘सहयोगापेक्षी मानवमुक्त’ नबनाएसम्म निरन्तर चलिरहनेछ ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेका बेसहारा, अशक्त र सडक आश्रित मानवहरूको उद्धार कार्यमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा पनि सहभागी थिए । बुधवार राति महानगरको टिम पशुपतिनाथ मन्दिर परिसरमा पुगेको थियो ।

काठमाडौँ महानगरपालिका र मानव सेवा आश्रमको संयुक्त पहलमा भइरहेको यस अभियानमा सहभागी हुँदै उनले सडकमा रहेका व्यक्तिहरूको पीडा सम्बोधन गर्ने दायित्व राज्यको भएको बताइन् । उनले बेसहारा नागरिकको अभिभावक राज्य र स्थानीय सरकार हुनुपर्नेमा जोड दिइन् ।

विगत १०–१२ वर्षदेखि सेवा गर्दै आएको मानव सेवा आश्रमसँग मिलेर आफूले पनि केही वर्षदेखि सेवा गर्ने अवसर पाएको बताइन् । उद्धार गरिएका व्यक्तिहरू पुनः सडकमा फर्किने गरेको बारे बोल्दै छोइङले दीर्घकालीन योजना र मनोवैज्ञानिक परामर्श (काउन्सिलिङ) को आवश्यकता रहेको औंल्याइन् । उनकाअनुसार शारीरिक घाउभन्दा मनको घाउ गहिरो हुने भएकाले त्यसलाई सम्बोधन नगरेसम्म समस्या पूर्ण रूपमा समाधान हुँदैन ।

उनले भनिन्, “घर परिवारको नमीठो वातावरणले मन पीडामा हुन्छ, त्यही पीडा हल्का पार्न उनीहरूले जाँड–रक्सीको सहारा लिन्छन् । बिस्तारै यो लतमा परिणत हुन्छ र अन्ततः उनीहरू अशक्त र बिरामी बन्न पुग्छन् । आफन्तको दुव्र्यवहार वा वियोगले मनमा लागेको घाउ हामी देख्न सक्दैनौँ । उनीहरूको मनोविज्ञान बुझेर सही काउन्सिलिङ गर्नसके मात्र यो अभियान सफल हुन्छ ।”

मन्दिर परिसरमा बेसहारा मानिसहरू देखिँदा अन्तर्राष्ट्रिय स्तरमा पनि देशको छविमा असर पर्ने भन्दै उनले संविधानमा लेखिएको व्यवस्थालाई व्यवहारमा उतार्नुपर्ने बताइन् । मेयर वा सरकारी अधिकारी एक्लैले सबै काम गर्न नसक्ने भन्दै उनले आम नागरिकलाई पनि यस पवित्र कार्यमा ‘होस्टेमा हैँसे’ गर्न अपिल गरिन् ।

पशुपति क्षेत्रमा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको व्यवस्थापनका लागि विशेष उद्धार तथा स्थलगत अवलोकन अभियान शुरु गरिएको हो । काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानव सेवा आश्रम र सुरक्षा निकायहरुको संयुक्त पहलमा यो अभियान अगाडि बढाइएको हो ।

अभियानमा काठमाडौँ महानगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा कार्यकारी निर्देशक र नेपाल प्रहरीका विशिष्ट पदाधिकारीहरुको सहभागिता रहेको छ । टोलीले पशुपति क्षेत्रका खुल्ला ठाउँमा बसोवास गरिरहेका व्यक्तिहरुको अवस्था पहिचान गरी आवश्यक परेकाहरुलाई उद्धार गर्ने कार्य गरिरहेको छ ।

काठमाडौँ महानगरपालिकाका कर्मचारी वसन्त आचार्यकाअनुसार यो अभियान निरन्तर रुपमा अगाडि बढ्नेछ । उद्धार गरिएका व्यक्तिहरुलाई सुरुमा स्क्रिनिङ सेन्टरमा राखिने र उनीहरुको अवस्था हेरी पारिवारिक पुनर्मिलन गराउने, आश्रममा लगेर सेवा दिने वा आवश्यक जानकारी गराएर घर पठाउने कार्यक्रम रहेको छ ।

उनले भने, “पशुपति क्षेत्रमा धेरै समस्याहरु देखिएकाले आज बिहानको अवलोकनपछि बेलुकैबाट यो सेवा शुरु गरिएको हो । निकट भविष्यमै पशुपति क्षेत्र विकास कोषको परिसरभित्र एउटा स्क्रिनिङ सेन्टर पनि सञ्चालनमा आउनेछ ।”

यस अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी र पशुपति क्षेत्र विकास कोषको प्रहरी टोलीले सामूहिक रुपमा काम गरिरहेका छन् । स्थानीय बासिन्दा र सरोकारवाला निकायहरुको यो सामूहिक प्रयत्नले काठमाडौंलाई सहयोगापेक्षी सडक आश्रित मुक्त शहर घोषणा गर्ने लक्ष्यमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

काठमाडौंका सडकमा फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)
काठमाडौं। काठमाडौं महानगरपालिकाले शहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यका साथ सडक किनारामा गमला राखेर फूल रोप्ने कार्यलाई तिब्रता दिएको छ ।

महानगरको गौरवको योजना ‘मेरो रहर, सुन्दर र हरित शहर’ कार्यक्रम अन्तर्गत पार्क तथा हरियाली प्रवद्र्धन आयोजनाले यो अभियान शुरु गरेको हो ।

यस अभियानले शहरको सौन्दर्य बढाउनुका साथै शहरी वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने विश्वास गरिएको छ । हाल रोपिएका बेगमबेली फूलहरू पहेँलो, रातो र गुलावी लगायतका विभिन्न रङमा फुल्नेछन् ।

फूल फुलाउने कार्यलाई दिगो र व्यवस्थित बनाउनका लागि बलिया सिमेन्टका गमलाहरू प्रयोग गरिएको छ । यी स्थायी ठूला गमलाहरूमा बिरुवा लगाउने, गोडमेल गर्ने र नियमित पानी हाल्ने जिम्मेवारी वातावरण व्यवस्थापन विभागले सम्हालेको छ ।

महानगरको यो अभियान केवल मुख्य सडकहरूमा मात्र सिमित रहने छैन । पहिलो चरणमा मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपरको क्षेत्रलाई समेटिएको भएपनि दोस्रो चरणमा काठमाडौंका भित्री शहरी क्षेत्रहरूमा पनि गमला राख्दै लगिने योजना छ ।

शहरलाई कङ्क्रिटको जङ्गलबाट मुक्त गरी हरियाली र रङ्गीचङ्गी फूलहरूले सजाउने महानगरको यो प्रयासलाई स्थानीय बासिन्दाहरूले पनि सकारात्मक रूपमा लिएका छन् ।

सडक किनारामा ढकमक्क फूल फुल्दा पैदलयात्री र सवारी चालक दुवैका लागि यात्रा सुखद् हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

काठमाडौँमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक बस सेवा, दुई रुटमा विद्युतीय बस सञ्चालन हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरले शहरी यात्रुलाई सुरक्षित, सहज र सुलभ यातायात उपलब्ध गराउने उद्देश्यसहित यो सेवा सुरु गर्न लागेको हो।

महानगरका अनुसार रात्रिकालीन सेवा अन्तर्गत दुई वटा मुख्य रुट सञ्चालन हुनेछन्। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। यो उत्तर–दक्षिण दिशाको करिब १६ किलोमिटरको एकतर्फी रुट हो।

दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ। यो पूर्व–पश्चिम दिशाको करिब २० किलोमिटरको एकतर्फी दूरी समेट्नेछ।

यी दुई रुटमा सुरुमा चार वटा विद्युतीय बस सञ्चालन गरिने महानगरले जनाएको छ। सेवा प्रारम्भसँगै साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछन् भने प्रत्येक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले बेलुका ८ बजेपछि सार्वजनिक यातायातको अभावका कारण यात्रुहरूले महँगो यात्रा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्न रात्रिकालीन सेवा सुरु गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार सार्वजनिक यातायातको अभावले विशेषगरी महिला, किशोरी र विद्यार्थीहरू बढी प्रभावित भएका छन्।

सेवालाई अत्याधुनिक, सुरक्षित, भरपर्दो र दिगो प्रणालीका रूपमा विकास गर्ने लक्ष्य महानगरले राखेको छ। बसहरूमा सीसीटिभी क्यामरा जडान गरिनेछ भने यात्रुको सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिने जानकारी दिइएको छ।

काठमाडौँ महानगरपालिकाले २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने
काठमाडौँ । आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापन गर्न एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता, व्यावहारिकता, वैज्ञानिकताका विषयमा आज काठमाडौँ महानगरपालिकाका छलफल भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको वैठकमा छलफल भएको हो । छलफलमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारी विच छलफल भएको हो ।

छलफलमा कार्यवाहक प्रमुख डंगोलले, एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नु पर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिनुभयो ।

‘विरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पुर्‍याउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ? एम्बुलेन्समा को को छन्, विरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याऔँ ।’ उहाँले भन्नुभयो, ‘सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट विरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ ।’

यो प्रिहस्पिटल मेडिकल सर्भिस हो । यो सेवा सञ्चालनका लागि महानगरपालिकाले २०७६ वैशाख महिनामा केन्द्रसँग सम्झौता गरेको हो । त्यस यता महानगरपालिकाले १३ करोड ४४ लाख रुपियाँ अनुदान प्रदान गरेको छ । अहिलेको सञ्चालन अभ्यासमा एक जना विरामीका लागि १ हजार ६०५ रुपियाँ खर्च हुने गरेको छ ।  यो खर्च महानगरपालिकाले व्यहोर्दै आएको छ ।

छलफलमा स्वास्थ्य विभागका प्रमुख दिपक कुमार के. सी. ले महानगरपालिकाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नु पर्ने खाँचो देखाउनुभयो । वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले लागत घटाएर सेवाको गुणस्तर बढाउने विषयमा अध्ययन गरिनुपर्ने बताउनुभयो ।

छलफलमा एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले, संवेदनशील घटना व्यवस्थापन गर्ने जटिल जिम्मेवारीलाई वहन गर्नु सजिलो नभएको धारणा राख्नुभयो । सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले महानगरपालिकासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना विरामीलाई सेवा प्रदान गरिएको बताउनुभयो । यस क्रममा ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिनुभयो ।

कोविड १९ का समयमा २३ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको थियो । अहिले काठमाडौँ महानगरपालिकाभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ ।

सम्पर्क गरेपछिको ८ मिनेटमा विरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सिर्जना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउनु पर्नेमा जोड दिइयो ।

काठमाडौँमा एम्बुलेन्स सेवा सुधारबारे छलफल, मोटरसाइकल एम्बुलेन्स सञ्चालन गर्ने तयारी
काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापनलाई थप प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता र वैज्ञानिक व्यवस्थापनका विषयमा छलफल गरिएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकमा उक्त विषयमा व्यापक विमर्श भएको हो।

बैठकमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी तथा नेपाल एम्बुलेन्स सेवाका पदाधिकारीबिच सेवा सुधारका विभिन्न आयामबारे छलफल भएको थियो। सो अवसरमा कार्यवाहक प्रमुख डंगोलले एम्बुलेन्स सेवाको वैज्ञानिक व्यवस्थापनका लागि विस्तृत अध्ययन आवश्यक रहेको औँल्याउँदै जटिल अवस्थामा स्वास्थ्यकर्मीलाई छिटो घटनास्थलमा पुर्‍याउन दुई पाङ्ग्रे एम्बुलेन्स (मोटरसाइकल एम्बुलेन्स) सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइन्।

उनले सेवाग्राहीमैत्री प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै आफूले बोलाएको एम्बुलेन्सको अवस्थाबारे जानकारी पाउने, एम्बुलेन्समा रहेका स्वास्थ्यकर्मीको विवरण थाहा पाउने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने बताइन्। सवारी चापका कारण ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै मोटरसाइकलमार्फत चिकित्सकलाई तत्काल घटनास्थलमा पुर्‍याउने संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

यो सेवा प्रिहस्पिटल मेडिकल सर्भिसअन्तर्गत सञ्चालन हुँदै आएको छ। महानगरपालिकाले २०७६ वैशाखमा केन्द्रसँग सम्झौता गरेपछि सेवा सुरु भएको हो। त्यसयता महानगरपालिकाले १३ करोड ४४ लाख रुपैयाँ अनुदान प्रदान गरिसकेको छ। हाल एक जना बिरामीका लागि औसत १ हजार ६०५ रुपैयाँ खर्च हुने गरेको छ, जुन महानगरपालिकाले नै व्यहोर्दै आएको छ।

छलफलका क्रममा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. ले उपत्यकाका अन्य स्थानीय तहसँग आर्थिक साझेदारीको सम्भावनामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन्। वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले लागत घटाउँदै सेवा गुणस्तर अभिवृद्धि गर्ने विषयमा अध्ययन आवश्यक रहेको बताइन्।

त्यसैगरी, नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले संवेदनशील र जटिल घटनाको व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गरे। सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीका अनुसार महानगरपालिकासँगको सहकार्यपछि हालसम्म ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरिएको छ। यस अवधिमा ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै शिशु जन्म दिएका छन्।

कोभिड–१९ महामारीका समयमा मात्र २३ हजार ५ सय जनालाई सेवा दिइएको थियो। हाल काठमाडौँ महानगरभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा १ वटा, ललितपुरको सातदोबाटोमा १ वटा र भक्तपुरको सल्लाघारीमा १ वटा एम्बुलेन्समार्फत सेवा सञ्चालन हुँदै आएको छ।

सम्पर्क गरेपछि ८ मिनेटभित्र एम्बुलेन्स घटनास्थलमा पुग्ने मापदण्डअनुसार सेवा सञ्चालन गर्न उपत्यकाभर ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने अध्ययनले देखाएको छ। बढ्दो सवारी चापले सिर्जना गर्ने चुनौतीलाई सम्बोधन गर्न रणनीतिक योजना बनाउनेमा पनि छलफल केन्द्रित भएको थियो।

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा सञ्चालनका लागि जुटेको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय, शान्तिसुरक्षा गरिमालगायत विषयमा सम्बन्ध भएका निकायसँग छलफल भएको छ ।

जात्रा कामपाको नौवटा वडा (१, १९, २०, २१, २३, २४, २५, २७ र २८) मा सञ्चालन हुने बैठकमा जानकारी गराइएको छ । छलफलमा कार्यवाहक प्रमुख डङ्गोलले जात्रा सञ्चालनका लागि दिँदै आएको सहयोग रकम रु १० लाखबाट रु २० लाख पुर्‍याइएको बताउनुभयो । “जात्रामा सहभागी श्रद्धालुलाई गरिमामय उत्सवको अनुभूति गराउने दायित्व सबै मिलेर बहन गरौँ”, उाको भनाइ थियो । “चुस्त सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्र परिचालन गर्नेछ,” काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, “जात्राको भव्यता बढाउन स्थानीयदेखि साझेदार सबैसँग समन्वय गर्ने दायित्व कामपाले लिनुपर्छ ।”

जात्रा सञ्चालन हुने मार्गहरूको मर्मतसम्भार तथा सुधार, सरसफाइसहित व्यवस्थापनको काम कामपाले गर्नेछ । कामपाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले भने, “जात्रा अवलोकनका लागि सहज वातावरण बनाउने काम गरौँ ।” सेतो मच्छिन्द्रनाथका मूल पुजारी एवं कामपाका पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले भने, “यसको सन्देश विश्वलाई बुझाउनु पर्नेछ । यसलाई अपनत्व गराउने गरी समन्वय गरौँ ।” जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव बज्राचार्यका अनुसार यस वर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ ।

त्यसै दिन राति १०ः०० बजे राष्ट्रपति दर्शनका लागि असन आउनुहुने कार्यक्रम छ । १३ गते साँझ ५ः०० बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पु¥याइनेछ । यसैगरी, १४ गते साँझ ५ः०० बजे हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म पु¥याइन्छ । १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रूखको परिक्रमा गराइन्छ ।

त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ ।

काठमाडौँमा आठ वर्षमा २९१० सडक आश्रित उद्धार, ९८१ जनाको पुनर्मिलन र ३१५ जनाको मृत्यु
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । कामपाले विसं २०७४ मङ्सिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएकामध्ये ३१५ जनाको मृत्यु भएको छ । सात सय १३ जनालाई पारिवारिक पुनर्मिलन र ३३६ जनालाई सामुदायिक पुनर्मिलन गराइएको जनाउँदै उनले उद्धार गरिएकामध्ये अहिले आश्रमको संरक्षणमा २६८ जना रहेका बताए ।

कामपाले भौगोलिक क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारीस्वरुप उक्त कार्य गरेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिए ।

उनले भने, “घोषणाको तयारी थाल्दा घोषणा गर्ने मात्र नभई त्यसलाई दिगो बनाउने कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्ष सक्रिय बनाउन लागेका छौँ । यसका लागि समन्वय र सहजीकरणको विषय सुनिश्चित गर्नुपर्छ ।”

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले सडकमा आश्रित सहयोगापेक्षीलाई उद्धार गरेर आश्रममा लैजाने क्रम अहिले पनि जारी रहेको उल्लेख गरे। कामपाले आश्रमलाई रु दुई करोड ८४ लाख ७३ हजार २३७ प्रदान गरिसकेको छ । उद्धार कार्यका लागि आवश्यक पर्ने एउटा सवारीसाधन उपलब्ध गराएको उनले जानकारी दिए।

सहयोगापेक्षीको पहिचान, सिफारिस र व्यवस्थापनमा समन्वय गर्ने काम पनि भइरहेको आश्रमका अध्यक्ष अधिकारीले बताउनुभयो । सडक सेवा, पञ्जीकरण र उद्धार कार्यमा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी, महानगर प्रहरी बलको नियमित सक्रियता छ । अध्यक्ष अधिकारीका अनुसार काठमाडौँका सडक आश्रितलाई उद्धार गर्दा रानीवन शाखामा २५० जनाभन्दा धेरैलाई व्यवस्थापन गर्न सकिन्छ ।

सामाखुसीमा ५० बढी, रानीवन शाखामा १०० बढी, प्रस्तावित चुनदेवी शाखा, धुनीबेँसी शाखा र गजुरी गाउँपालिका हरेकमा ५० जनाभन्दा बढीको व्यवस्थापन क्षमता छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य तथा अधिकारमा सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिको पुनःस्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन गर्ने व्यवस्था उल्लेख छ ।

यो व्यवस्थाको दिगो कार्यान्वयनका लागि नीतिगत तथा संस्थागत व्यवस्था, सहयोगापेक्षीको व्यवस्थापन र घटनाक्रमको वैज्ञानिक अभिलेखन प्रणाली, स्वास्थ्य तथा मानसिक परामर्शसहित उद्धार, पुनःस्थापना तथा पुनर्मिलनका संयन्त्रको सक्रियता र दिगोपनाका लागि सुनिश्चित आर्थिक योजना आवश्यक पर्ने पनि अघिकारीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ ।

यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले जानकारी दिइन्।

महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताइन् ।

अहिले महानगरपालिका–७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडाबाट सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गरिएको छ । हरेक क्षेत्रमा एक–एकवटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापन केन्द्रसमेत राखिएको छ । आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र नं १ का लागि नेप्सेम्याक सेवा प्रालि छानिएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् ।

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि छनोटमा परेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक रु ५५ लाख ३५ हजार ८९१ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् ।

क्षेत्र नम्बर ४ मा मेची पोली इन्डष्ट्रीले रु एक करोड १५ लाख चार हजार ४०४ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले जिम्मा लिएको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । यस क्षेत्रमा पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ ।

सम्झौता सकिएपछि बस बिसौनीका विज्ञापन बोर्ड हटाउँदै काठमाडौँ महानगर
काठमाडौं । सम्झौताअनुसारको समय सकिँदा पनि सम्बन्धित कम्पनी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले बस बिसौनीमा राखिएका विज्ञापन सामग्री हटाउन थालेको छ।

सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालिले काठमाडौँका ३९ वटा बस बिसौनीमा विज्ञापन सामग्री राखेको थियो। सम्झौता अवधि सकिएपछि महानगरले तीमध्ये २५ वटा बस बिसौनीमा सोलारसहित राखिएका विज्ञापन बोर्ड हटाउन सुरु गरेको हो।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार महानगरले विसं २०६९ भदौ १४ मा उक्त कम्पनीसँग पहिलोपटक सम्झौता गरेको थियो। त्यसपछि विसं २०७१ चैत २६ मा पहिलोपटक र विसं २०७८ साउन २५ मा दोस्रोपटक सम्झौता नवीकरण गरिएको थियो।

जोशीका अनुसार सम्झौताबमोजिम काम नभएपछि तथा विज्ञापन बोर्ड हटाउने व्यवस्था मिलाउन महानगरको राजस्व विभागबाट पत्र प्राप्त भएपछि हटाउने प्रक्रिया अघि बढाइएको हो। उनले विज्ञापन सामग्री हटाउने कामलाई निरन्तरता दिइने पनि बताए ।

वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाका अनुसार पछिल्लो सम्झौताअनुसार महानगरले बढाएको विज्ञापन करको दरअनुसार वार्षिक तिर्नुपर्ने रकम कम्पनीले बुझाएको छैन। विसं २०८२ वैशाख ११ गते वृद्धि भएको कर रकम बुझाउन पत्राचार गरिए पनि हालसम्म कम्पनीले कर तिरेको छैन।

महानगरका अनुसार हालसम्म कम्पनीले बुझाउन बाँकी रहेको कुल रकम १६ लाख १३ हजार २२४ रुपैयाँ पुगेको छ। यसमध्ये १५ लाख ८३ हजार ९३९ रुपैयाँ विज्ञापन कर र २९ हजार २८५ रुपैयाँ रोयल्टी बाँकी रहेको जनाइएको छ।

महानगरले आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट ७०० रुपैयाँ तोकेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा उक्त दर बढाएर प्रतिस्क्वायर फिट १ हजार रुपैयाँ पुर्‍याइएको छ।