काठमाडौँ महानगर – News Polar

छात्रवृत्तिका लागि २६ हजार आठ सय ८८ को आवेदन
काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भर्नुभएको छ ।

आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको कामपाले जानकारी दिएको छ ।

आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । आवेदकमध्ये विज्ञान विषयका लागि १८ हजार ९९६ व्यवस्थापनमा सात हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जना हुनुहुन्छ ।

अनलाइन प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ ।

हालसम्म ८४ आवेदन अस्वीकृत भएको छ । नाम सिफारिस भएका विद्यार्थीले कक्षा ११–१२ मा कुनै प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

काठमाडौँ महानगरले सङ्ग्रहालय विकास समितिलाई बढेको शुल्क बुझाएन
काठमाडौं । विदेशी पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत लिइने शुल्कमा वृद्धि भए पनि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालय विकास समितिलाई बढेको शुल्क बुझाएको छैन ।

आर्थिक वर्ष २०८०/२०८१ देखि विदेशी पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापतको शुल्क बढाइएको थियो । आर्थिक वर्ष २०८०/२०८१ अघि सार्क राष्ट्रका पर्यटकलाई रु १५० र अन्य देशका पर्यटकलाई रु ७५० पर्यटक शुल्क लिने गरिएकामा अहिले सार्क राष्ट्रका पर्यटकसँग रु ५०० र अन्य देशका पर्यटकसँग रु एक हजार शुल्क लिने गरिएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति गठन आदेश २०६७ को दफा ४ (घ) बमोजिम सङ्ग्रहालय प्रवेश शुल्क निर्धारण र असुल गर्ने कर्तव्य तथा अधिकार समितिको हुने उल्लेख छ ।

समितिको २०६८ कात्तिक १३ गतेको निर्णयअनुसार महानगरपालिकाले सार्क राष्ट्रका पर्यटक हनुमानढोका दरबार सङ्ग्रहालय प्रवेश गरेबापत शुल्क रु १५० र अन्य देशका पर्यटकसँग रु ७५० एकल टिकट प्रणालीबाट पर्यटन सेवा शुल्क लिने निर्णय गरेको थियो ।

उक्त सेवा शुल्कबाट प्राप्त रकममध्ये सार्क राष्ट्रका पर्यटकबाट उठेको रकमबाट रु ५० र अन्य देशका पर्यटकबाट उठेको रकमबाट रु २५० महानगरपालिकाले समितिलाई बुझाउने निर्णयमा उल्लेख छ । महानगरपालिकाले आर्थिक ऐन, २०८१ को अनुसूची १३ मा आव २०८०/८१ देखि बढेको शुल्क समावेश गरिएको छ ।

वृद्धि भएको शुल्कको अनुपातमा समितिले प्राप्त गर्ने रकममा समेत वृद्धि हुनुपर्नेमा सो वृद्धि नभएको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ । यस सम्बन्धमा समितिले अहिलेसम्म कुनै निर्णय पनि गरेको छैन ।

महानगरपालिकाले वृद्धि गरेको अनुपातमा २०८२ असार मसान्तसम्मको पर्यटक सेवा शुल्क रु तीन करोड सात लाख ७२ हजार समितिको खातामा जम्मा नगरेको पनि महालेखापरीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ महानगरद्वारा एक हजार ४६६ शिक्षकलाई तालिम
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एक हजार ४६६ शिक्षकलाई तालिम प्रदान गरेको छ ।

महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । सञ्चालन गरिएका तालिममा बाल विकास सहजकर्तातर्फ १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शसम्बन्धी तालिममा १३४, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ र संस्थागततर्फ ११६ जना रहेका छन् ।

सूचना तथा प्रविधिसम्बन्धी तालिममा ३८५, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कनसम्बन्धी तालिममा ४६० जना तथा प्रारम्भिक बाल शिक्षादेखि कक्षा तीनसम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचानसम्बन्धी तालिममा ८३ शिक्षक सहभागी हुनुभएको थियो ।

शिक्षकको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाइएको महानगरका शिक्षा अधिकारी ढकालले बताउनुभयो । रासस

स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
काठमाडौं । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट हालसम्ममा एक लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

कामपाको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा लिएका कामपाले जनाएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार ७३ हजार ५०४ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको तुलनामा बढी भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आव २०८०/८१ मा एक लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिनुभएको थियो । आव २०८१/८२ मा एक लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको सङ्ख्या ५९ हजार ५९ थियो ।”

उहाँका अनुसार यस वर्ष करिब दुई लाख ४० हजार सेवाग्राहीले सेवा लिने आकलन गरिएको छ । केसीले भन्नुभयो, “कामपाको कुल बजेटको तीन दशमलव नौ प्रतिशत स्वास्थ्य क्षेत्रका लागि विनियोजित छ ।” उहाँका अनुसार सुशासन र व्यवस्थापन क्षेत्रअन्तर्गत छ वटा उपक्षेत्र, ७५ वटा सूचक र ७६ मूल्याङ्कन अङ्कभार छ ।

क्लिनिकल सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नौ वटा उपक्षेत्र, १७५ वटा सूचक र २०८ अङ्कभार तथा स्वास्थ्य संस्था सहयोगी सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नौ वटा उपक्षेत्र, ८६ वटा सूचकको ९५ अङ्कभारमा मूल्याङ्कन गरिएको उहाँले जानकारी दिनुभयो । कामपाले हरेक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।

उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्योपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् ।

त्यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालनमा रहेकास्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रवर्द्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, नसर्ने रोग नियन्त्रण, सचेतना महाअभियान, सरुवा रोग नियन्त्रणलगायत कार्यक्रम रहेका छन् ।

१,४६६ शिक्षकलाई तालिम : सामुदायिक शिक्षाको गुणस्तर सुधारमा महानगरको जोड
काठमाडौँ । काठमाडौं महानगरपालिका ले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकलाई विभिन्न विषयमा तालिम प्रदान गरेको जनाएको छ।

महानगरका शिक्षा अधिकारी नमराज ढकाल का अनुसार शिक्षकहरूको क्षमता विकासका लागि समान अवसर सुनिश्चित गर्दै तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो।

महानगरपालिकाका अनुसार बाल विकास सहजकर्ता (इसीडी) सम्बन्धी तालिममा १२४ जना सहभागी भएका छन्। उक्त शीर्षकमा १२८ जनालाई तालिम दिने लक्ष्य राखिएको थियो। यस्तै, मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना शिक्षक सहभागी भएका छन् भने यसतर्फ १४० जनालाई तालिम दिने लक्ष्य थियो।

नेपाल भाषा प्रशिक्षणअन्तर्गत सामुदायिक विद्यालयका १६४ जना तथा संस्थागत विद्यालयका ११६ जना शिक्षकलाई तालिम प्रदान गरिएको महानगरपालिकाले जनाएको छ। यस कार्यक्रममा क्रमशः १७२ र १२० जनालाई सहभागी गराउने लक्ष्य राखिएको थियो।

त्यसैगरी सूचना तथा प्रविधि (आईटी) सम्बन्धी तालिममा ३८५ जना शिक्षक सहभागी भएका छन्। एकीकृत पाठ्यक्रम कार्यान्वयन, मूल्याङ्कन तथा विषयगत प्रश्नपत्र निर्माण र विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा ४६० जना शिक्षक सहभागी भएका छन्। प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भएका छन्।

यी कार्यक्रमअन्तर्गत क्रमशः ४२८ जना, ५४० जना र ८३ जना शिक्षकलाई तालिम दिने लक्ष्य राखिएको थियो।

शिक्षा अधिकारी ढकालले शिक्षकको क्षमता विकासमार्फत सिकाइको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको बताउनुभयो। “शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र आचरणलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार शिक्षकलाई प्रोत्साहन गर्दै सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्ने अभियानलाई महानगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाइरहेको छ।

स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका र कोष बिच सहकार्य
काठमाडौँ । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न काठमाडौँ महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेको छ ।

कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेल, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर र सामाजिक समितिका संयोजक रामकुमार के. सी. को रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र कोषका प्रशासन शाखा प्रमुख सुदप सिल्वालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अन्तर्गत सञ्चालित कोषको कर्जा लगानी तथा असुली कार्यविधि, २०७७ अन्तर्गत सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको हो ।

सम्झौतापछि बोल्दै कार्यकारी उपाध्यक्ष पौडेलले, क्षमता भएर पनि काठमाडौँमा स्वरोजगार बन्न पैसा नपाउने, पैसा पाए पनि चक्रवर्ती व्याजले उक्सिनै नसकिने अवस्था रहेको बताउनुभयो । ‘कोष र महानगरपालिका बिचको सहकार्यले उद्यमी बन्ने वातावरण बन्दै जानेछ ।’ पौडेलको भनाइ छ ।

‘सम्मानयुक्त उद्यम, स्वरोजगार र रोजगारी सिर्जनाका लागि हामीले सहुलियत ऋणमार्फत उद्यम विकास गर्न प्रयत्न थालेका हौँ ।’ महानगरपालिकका कार्यवाहक प्रमुख डंगालले भन्नुभयो, ‘यस कार्यक्रमका असल ऋणीलाई ६० प्रतिशत व्याज अनुदान हुनेछ । सुरुमा लिँदा ८ प्रतिशत व्याज हुनेछ । तोकिएको मापदण्ड अनुसार नियमित रकम फिर्ता गर्नेलाई अन्त्यमा ६० प्रतिशत अर्थात् ४.८ प्रतिशत व्याज अनुदानका रुपमा फिर्ता हुनेछ । यसरी ऋणीका लागि व्याज ३.२ प्रतिशत मात्र हुनेछ ।’

‘यो कार्यक्रमबाट उद्यममा आधारित एक वडा एक नमूना कार्यक्रम, महिला समूहसहितका उद्यम गर्न वीउ पूँजी नहुनेका लागि वीउ पूँजी प्राप्त गर्ने अवसर हुनेछ । साना तथा मझौता उद्यमलाई उद्यमको स्तर उकास्ने अवसर हुनेछ ।’ डंगोलको भनाइ थियो ।

उद्यमशीलताका लागि वडाले प्रदान गर्ने तालिमपछि के गराउने भन्ने प्रश्न आउने गरेको थियो । कार्यक्रममा सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘अब उद्यम विकास तालिम प्राप्त सहभागीहरुलाई स्वरोजमूलक क्षेत्रमा लगानी जुटाउन सहयोग गरिनेछ ।’

यो सहकार्यमा आधारित साझेदारी कार्यक्रम हो । यसका लागि दुवै पक्षले २÷२ करोड रुपियाँ राखेर छुट्टै कोष स्थापना हुनेछ । यो कोषमा भएको रकम वित्तीय संस्था तथा सहकारी संस्थामार्फत काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका स्थानीय बासिन्दालाई कर्जा लगानी हुनेछ । यसरी जम्मा भएको रकम महानगरपालिकालाई कोषले ५ वर्षपछि फिर्ता गर्नेछ ।

सम्झौता बमोजिम व्यवसायीलाई कर्जा लगानी गर्न कोषले बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई कर्जा प्रस्तावका लागि सूचना प्रकाशन गर्नुपर्छ । यस बमोजिम सहकारीहरुका लागि सूचना प्रकाशन गरिसकेको छ । यस प्रक्रियाबाट छानिएका सहकारी संस्थाहरुलाई बढीमा १ करोड रुपियाँसम्म थोक कर्जा स्वीकृत हुने कोषको कानुनी व्यवस्था छ । बैक तथा वित्तीय संस्थाहरुलाई बढीमा ५ करोड रुपियाँसम्म थोक कर्जा दिइनेछ ।

कोषबाट बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाको खातामा निकासा भएको मितिले बढीमा दुई हप्ताभित्र स्वीकृत गरिएका ऋणीहरुलाई कर्जा लगानी गरी सक्नुपर्नेछ ।

यो कर्जा लगानी आर्थिक रुपले विपन्न, महिला, दलित, आदिवासी जनजाति, लैङिगक तथा यौनिक अल्पसङ्ख्यकका लागि हो । विदेशवाट फर्केका व्यक्ति वा तालिम प्राप्त व्यक्तिहरुलाई कर्जा लगानी हुनेछ । व्यक्तिका लागि सहुलियत ब्याज दरमा प्रति व्यक्ति अधिकतम ५ लाख रुपियाँ र समूहगत लगानी गर्नका लागि बढीमा १५ जनाको समूहमा ५० लाख रुपियाँसम्म लगानी हुनेछ ।

यसरी सहुलियत प्राप्त गर्न तोकिएको ढाँचामा दिइएको निवेदनका आधारमा बैंक, वित्तीय संस्था तथा सहकारी संस्था र कर्जाग्राहीको बिच सम्झौता हुनेछ । सम्झौता अनुसार कर्जाग्राहीले सावाँ र व्याजको किस्ता नियमित रुपमा चुक्ता गरेमा बुझाएको ब्याजको साठी प्रतिशतले हुन आउने रकम प्रथम पक्षले बैंक, वित्तीय संस्था तथा सहकारी संस्था मार्फत सम्बन्धित असल ऋणीलाई व्याज अनुदान वापत फिर्ता दिनेछ ।

लगानीका क्षेत्रहरु

एग्रोपुलिङ कार्यक्रम प्रवर्धन, नर्सरी तथा पुष्प व्यवसाय, फोहर प्रशोधन तथा न्यूनीकरण गर्ने परियोजना, हरित चक्रीय अर्थतन्त्रमा आधारित व्यवसाय, एक वडा एक नमूना कार्यक्रम अन्तर्गतका व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल, डिजिटल सेवा, सूचना प्रविधिमा आधारित व्यवसाय लगाानीका क्षेत्र हुनेछन् ।

यस्तै साना तथा घरेलु व्यवसाय, यातायात सेवा, स्वास्थ्य तथा हेरचाह उद्योग, मर्मत तथा प्राविधिक सिपमा आधारित व्यवसाय, सिकर्मी तथा डकर्मी, रङ्गरोगन, सिल्पकार, खुद्रा तथा किराना पसल सञ्चालन जस्ता स्वदेशी श्रम, सिप, ज्ञान एवम् सानो पूँजीबाट सञ्चालन गर्न सकिने सेवामुलक स्वरोजगार व्यवसाय लगानीका क्षेत्र हुनेछन् ।

स्थानीय सिप र कच्चा पदार्थमा आधारित तथा स्थानीय स्तरमा उत्पादन हुने वस्तुको व्यवसायीकरणमा योगदान पुग्ने व्यवसाय र परम्परागत सिपसँग सम्बन्धित व्यवसाय, मूल्य श्रृङ्खलामा आधारित भएका व्यवसाय, घर बास (होम स्टे) पनि लगानीका क्षेत्र हुनेछन् ।

अव्यवस्थित बस्ती हटाइएका क्षेत्र संरक्षण गर्न समन्वय र तारबार सुरु निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिनुभएको छ ।

थापाथलीस्थित वागमती नदी किनारामा शनिवार खाली गराइएको स्थानको निरीक्षण गर्दै उहाँले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिनुभएको हो ।

आइतबार कार्यवाहक प्रमुख डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गर्नुभएको थियो । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ ।

नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती बैशाख १२ गते खाली गराइ सकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत वस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो ।

यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैँ घर टहरा खाली गराउनुभयो । यसरी आफैँ घरटहरा खाली गराउने क्रम शनिवार विहानसम्म पनि जारी थियो । यो अवस्था देखेपछि स्थानीय प्रशासनले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरेको थियो । करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो । वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए । यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन् । यस ठाउँबाट सरेर अन्यत्र जानेहरुलाई महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेर घरबाट बाहिर सामान निकाल्न र बाहिर निकालिएका सामान उहाँहरुले भनेका ठाउँमा ओसार्न सहयोग गरेको थियो । यो प्रसुति गृह पछाडितर्फको भाग हो । वंशीघाट विश्व निकेतन विद्यालय पछाडि पर्छ । यहाँ १९६ घरटहरा छन् ।

वागमती नदी खण्डको सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्ती अन्तर्गत वडा नं. ९ तर्फ १६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा थिए । यीमध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घरटहरा खाली गराइयो । वडा नं. ३१ तर्फ यस दिन राती ९ बजेसम्म भत्काउँदा केही भागको मात्र काम सकिएको थियो । १३ आइतबार गते विहान मनोहरा क्षेत्रमा जनशक्ति, स्रोत साधन केन्द्रीत गरिएको थियो । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती भत्काउने क्रमसँग मध्यान्नबाट स्रोत साधन बाँडेर दिउँसो १ बजेदेखि वडा नं. ३१ जागृतिनगरका घरटहरा भत्काउन थालिएको थियो ।

आज जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ ।

उपत्यका विकास प्राधिकरणका अनुसार महानगरपालिकाको वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गको नमूना टोलमा ४६ घरधुरी सार्वजनिक तथा पर्ती जग्गामा छन् । वडा नं. १६ को जागृति मार्गमा १२३ घरधुरी र वुद्धज्योतीमा ७६ घरधुरी छन् । महानगरपालिकाको चमती विकास आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार वनस्थलीबाट परिक्रमा मार्ग प्रवेश गर्दा गर्दै ५ घर सकुम्बासी बस्तीका रुपमा रहेको छ । प्राधिकरणको तथ्याङक अनुसार वडा नं. ३२ को जडीबुटी मिलन चोकमा ११४ घरधुरी, वडा नं. १४ को जागरण मार्गमा ४०१ घरधुरी, वडा नं. वडा नं. २९ अनामनगरमा २३ घरधुरी छन् ।

वडा नं. १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार के. सी. का अनुसार यस वडाको देवीनगर, विनायक नगर र शंखमुल गरी ३ ठाउँमा करिब २ सय ३० परिवार छन् । उहाँका अनुसार नदीको किनारामा सडक छ । सडकपछि वस्ती छ ।

वडा नं. ६ का सदस्य नरेन्द्रकुमार थापाका अनुसार वडाभित्रको रामहिटीमा १४८ घरधुरी, सुबिगाउँमा ४२, रेम्बोडाँडामा ९ घर, शान्तिनगरमा १४ घर, चुच्चेपाटीमा २२ घर र कुमारीगालमा ११ घरटहरा छन् ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । समितिको प्रतिवेदनले, काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ ।

तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखिसुरु गरिएको छ ।

त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो । आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए ।

उनले भने, “यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।”

अभियानका क्रममा सुरक्षाकर्मीहरूलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ।

१३ औं शताब्दीकाे महागौरी/पार्वतीको प्रस्तर मूर्ति संग्रहालयबाट आफ्नै आसनमा फिर्ता
काठमाडौँ । विभिन्न समयमा चोरी भएर विदेशका संग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र संग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ ।

यसै क्रममा आज विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय संग्रहालय, छाउनीमा राखिएको १३ औं शताव्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता द्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले संग्रहालयको जुद्धजातीय कलाशालामा राखिएको यो मूर्ति बुझेर ल्याएका हुन् ।

संग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय संग्रहालयका संग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा संग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएका हुन् । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ ।

औपचारिक कार्यक्रम गरेर कार्यक्रम मनाउनुभन्दा सम्पदा दिवसका दिन प्राचीन मूल्य, धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यता स्थापित गर्ने कार्यक्रम गर्ने योजना अनुरुपमा समुदायको जिम्मेवारीमा मूर्ति पुनस्थापित गरिएको कार्यवाहक प्रमुखले प्रतिक्रिया दिइन् ।

“काठमाडौँ खुला संग्रहालय हो । यहाँ कला कौशल मात्र होइन । सांकेतिक रुपमा ज्ञान, विज्ञान र जीवनसँग सम्बन्धित शिक्षा अध्ययन पाइन्छ । यस्ता महत्वका आकृति तथा कलाकृति समाजमै राख्नुपर्छ । समुदायमै सुरक्षित हुने वातावरण बनाउनुपर्छ भनेर पुनःस्थापित गर्ने निर्णय गरेका हौँ,” उनको भनाइ थियो ।

महानगरपालिकाको प्रतिष्ठा र पहिचानमा एउटा इटा थपिएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, “काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्येको एउटा दायित्व हो । यसप्रति हामी प्रतिवद्ध छौँ । नियमित काम गरिरहन्छौँ ।”

वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले मूर्तिको सुरक्षा र संरक्षणका लागि स्थानीय समुदाय प्रतिवद्ध रहेको बताए ।

चोरिएर लण्डन पुगेको यो मूर्ति, नेपाली दूताबास वेलायतबाट फिर्ता भएपछि पुरातत्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय संग्रहालयमा सुरक्षित राख्न पठाएको थियो ।

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी विकास र व्यवस्थापनका विषयमा सहकार्य र समन्वय गर्ने सहज वातावरण निर्माण भएको बताउनुभएको छ ।

कामपाको ४८औँ कार्यपालिका बैठकमा उहाँले कामपाका पूर्वप्रमुख वालेन्द्र शाह सङ्घीय सरकारको प्रधानमन्त्री रहनुका साथै सहरी विकास र व्यवस्थापन विज्ञका रूपमा कामपाका काम गर्नुभएका शिक्षामन्त्री सस्मित पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल रहनुले काम गर्ने सहज वातावरण बन्दै गएको धारणा राख्नुभयो ।

स्थानीय सरकार राम्ररी बुझेका व्यक्तित्वहरू नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री पदमा रहनुभएकाले आगामी दिनमा समन्वय र सहकार्यका लागि सहज हुने कार्यवाहक प्रमुख डङ्गोलले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले कामपाको प्रतिष्ठा बढेको छ । यो काठमाडौँको समृद्धिका लागि ठूलो अवसर पनि हो ।”

बैठकले विपद् व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रोमार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ गरी दुईवटा कार्यविधि स्वीकृत गरेको छ ।

तीनवटा कार्यविधि संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ । सहमति प्रदान गरिएका कार्यविधिहरूमा ‘श्रम बैंक सञ्चालन कार्यविधि, २०८०’, ‘पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि, २०७८’ र ‘साझेदारी तथा लगानी ऐन, २०७९’ रहेका कामपा प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा कानुन, एउटा मापदण्ड र आठवटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान भएको छ । सहमति प्रदान गरिएका कानुनमा कार्यस्थलमा हुने लैङ्गिक हिंसालगायत अन्य सबै किसिमका लैङ्गिक हिंसाविरुद्धको कानुन रहेका उहाँले बताउनुभयो ।

कार्यविधितर्फ होमस्टे (घरबास) दर्ता तथा नवीकरण कार्यविधि, सामुदायिक विद्यालय सार्वजनिक खरिद कार्यविधि, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, प्रारम्भिक बालविकास केन्द्र तथा शिशु स्याहार केन्द्र सञ्चालन व्यवस्थापन कार्यविधि, विशेष शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, वैकल्पिक शिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, शैक्षिक गुठी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त सहर व्यवस्थापन कार्यविधि रहेका छन् । अस्थायी संरक्षण गृह सञ्चालनसम्बन्धी मापदण्ड तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।

कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्की बिच भेट
काठमाडौँ । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो ।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ ।’ उनले थप्दै भनिन्, ‘महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउनेछ । यसले नागरिकहरुले महसुस गर्ने परिवर्तन प्राप्त गर्नुहुनेछ ।’

त्यस क्रममा महानिरीक्षक कार्कीले, महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए । ‘उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ । यसका लागि हामीले फोकल पर्सन तोकेका छौँ ।’ उनले थप्दै भने, ‘सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न हामीले महानगरपालिकाबाट सहयोग अपेक्षा गरेका छौँ ।’

छलफलका क्रममा लागू औषधको दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ् व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रि बस र विहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो ।

छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सहित महानगरपालिकाका अधिकारीहरु र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधिहरु सहभागी थिए ।

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा
काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको अधुरो काम पूरा गर्ने भएको छ ।

प्रदेश सरकारबाट प्राप्त रकमबाट निर्माण थालिएको तर पैसा नपुगेपछि जगमै काम रोकिएको वडा नं ३२ मा पर्ने गगनेश्वर महादेव मन्दिरलाई कामपाले तीन तलासहित पूरा गर्ने भएको हो ।

कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतका अनुसार करिब दुई सय वर्ष पुरानो उक्त मन्दिर १९९० सालको भूकम्पले पूर्ण क्षति भएको छ ।

यसको पुनर्निर्माणका सन्दर्भमा पुरातत्व विभागबाट समयमा निर्णय हुन नसकेको विषय उठान भएपछि सम्पदा तथा पर्यटन समितिका संयोजक सङ्गतले लिखित दस्तावेज नपाइए गुठियार, जनश्रुति, कथन, सामाजिक विश्वास तथा मान्यतालाई आधार बनाएर पुरातत्व विभागले निकास दिनुपर्ने बताउनुभयो । हामीलाई निकास चाहिएको हो ।

पैसा खर्च गरेर हामी काम गर्छौँ तर, पुरातत्व विभागले यो वा त्यो बहानामा काम रोक्ने वा हुन नदिने मनसाय राख्नु हुँदैन । थोरै समय पर्खिएर प्रक्रिया पूरा गर्न हामी तयार छौँ । तर प्रक्रिया पूरा गर्ने नाममा महिनौँ वा वर्षौँसम्म प्रक्रिया अवरुद्ध हुने अवस्था हामीलाई मान्य छैन सङ्गतले धारणा राखे ।

वडा ३२ का वडाध्यक्ष नवराज पराजुलीले, विवाद नभएका कुनै पनि योजना कार्यान्वयनमा नलगिने बताए । कुरा मिल्छ, सबैको सहमति हुन्छ भने हामी काम अगाडि बढाउन तयार छौँ । जनताले तिरेको कर उपयुक्त स्थानमा प्रयोग गर्ने बताए  ।

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार समितिले गगनेश्वरको मन्दिरलाई तीनछाने बनाउने निर्णय गरेको छ । यो विषय पुरातत्व विभागलाई जानकारी गराउने र साझेदार तथा सरोकारवालाबीच विभागमा थप छलफल गर्ने समितिले गरेको निर्णय हो ।

मन्दिर अहिले सुरुआती चरणमा निर्माण भएको छ । यही संरचनामा निर्माण अगाडि बढाउन सकिने नसकिने विषयमा छलफल गर्दै बैठकले जमिनमाथि देखिने भागको प्राविधिकहरूले अध्ययन गरेर प्रतिवेदन दिने, जमिनमुनि नदेखिने भागका सन्दर्भमा यो काम गराउने कार्यालय र काम गर्ने उपभोक्ता समितिबाट लिखित प्रतिवेदन लिएर अगाडि बढ्ने निर्णय भएको छ ।

कामपाले नै कोटेश्वर महादेव मन्दिर पुनर्निर्माणको मागका सम्बन्धमा छलफल गर्दै सामान्य मर्मतसम्भारको काम निरन्तर गर्ने पुनर्निर्माणको आवश्यकता अध्ययन गर्ने भएको छ ।

वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क कलेजो परीक्षण
काठमाडौँ। काठमाडौँ महानगरपालिका–२७ ले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क रूपमा वडावासीको कलेजो जाँच गर्ने भएको छ ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माबीच उक्त परीक्षणका लागि सम्झौतासमेत भइसकेको छ ।

सम्झौता बमोजिम कलेजो परीक्षण र प्रारम्भिक उपचारसमेत हुनेछ । कार्यवाहक प्रमुख डङ्गोलले सहरवासीमा विस्तारै नसर्ने रोगको जोखिममा पर्दैगएको अवस्थामा वडावासीका लागि वडा कार्यालय अगाडि ल्याएको कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।

धूमपान र मद्यपानको कुलतका कारण कलेजोको जोखिम बढेको छ । वडाध्यक्ष खड्गीले जीवनशैली र खानपानका कारण पनि कलेजोमा गम्भीर समस्या परेको तथ्य वडावासीलाई बुझाउन जाँच र प्रारम्भिक उपचारका लागि सहकार्य अघि बढाइएको जानकारी दिनुभयो ।

प्राडा शर्माका अनुसार समस्या सहनै नसक्ने नभइ मानिस कलेजो जचाउन जाँदैनन् । उहाँले उपचार लाग्ने अवस्थामा रोग पहिचान गर्न सके जनस्वास्थ्यको ठूलो सङ्कट टार्न सकिने बताउनुभयो । अस्पतालमा जाँचका लागि जान वडावासीले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर हुनुपर्नेछ अर्थात् प्रारम्भिक अवस्था केन्द्रमा जाँचिनेछ ।

रिफर भएका व्यक्तिको अस्पतालमा कम्प्लिट ब्लड काउन्ट (सिबिसी), लिभर फङ्सन टेष्ट (एलएफटी), फास्टिङ ब्लड सुगर (एफबिएस), गामा ग्लुटामाइ ट्रान्सफरेस (गामा जिटी)लगायत परीक्षण हुनेछ । यस्तै लिपिड प्रोफाइल, क्रियाटिनीन, हेपाटाइटिस बी, एचआइभी, एन्टी एचसिभी र यूएसजी परीक्षण हुनेछ ।

वडा २७ को कार्यक्रमका फोकल पर्सन मनिषा श्रेष्ठका अनुसार शरीरमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण छ कि छैन भनेर थाहा पाउनका लागि कलेजो परीक्षण गरिन्छ । रगतमा हेमोग्लोबिन कम छ कि छैन हेरेर रक्तअल्पता थाहा पाउन, सेतो रक्त कोषिका (डब्लुिबसी)को मात्रा हेरेर रोग प्रतिरोधात्मक क्षमता थाहा पाउन, प्लेटलेट्सको मात्रा हेरेर रक्तस्राव वा क्लटिङ्गो समस्या पत्ता लगाउन, ल्यूकेमिया (रक्त क्यान्सर), एलर्जी आदि छ कि छैन थाहा पाउन र शरीर स्वस्थ्य छ कि छैन थाहा पाउन सिबिसी परीक्षण गरिन्छ ।

कलेजोले ठिकसँग काम गरिरहेको छ, कि छैन, हेपाटाइटिस एबीसी छ, कि, फ्याटी लिभर वा सिरोसिस छ कि थाहा पाउन ‘एलएफटी’ परीक्षण हुन्छ । यस्तै आँखा, छाला पहेँलो हुनको कारण पीलियाको कारण बुझ्न, औषधिको असर जाँच गर्न, मद्यपानका कारण कलेजोमा परेको असर थाहा पाउन, कलेजोमा सङ्क्रमण छ कि छैन थाहा पाउन, कलेजो सुन्निएको छ कि छैन जान्नका लागि यो परीक्षण गर्नुपर्छ ।

रगतमा चिनीको मात्रा पत्ता लगाउन, भविष्यमा मधुमेहको जोखिम छ कि छैन थाहा पाउन, औषधि वा इन्सुलिनको प्रभाव बुझेर पहिले नै भएको मधुमेहको प्रभाव बुझ्न, शरीरमा सुगर लेभल ठिक छ कि छैन थाहा पाउन एफबीएस परीक्षण गरिन्छ ।

धेरै रक्सीको सेवनले जिजिटी बढ्छ । हेपाटाइटिस, फ्याटी लिभर, पित्त थैली र पित्त नलीको समस्याका कारण कलेजो सुन्निएको छ कि, रोग लागेको छ कि, बिग्रिएको छ कि, औषधिको असर थाहा पाउन गामा ग्लुटामाइल ट्रान्सफरेस (गामा जिटी) को परीक्षण गरिन्छ ।

कोलेस्ट्रोल बढी भएर हृदयाघात र स्ट्रोकको खतरा थाहा पाउन, खराब र राम्रो प्रोफाइल जाँच गर्न, मोटोपना, मधुमेह, उच्च रक्तचापको अवस्था थाहा पाउन, औषधि र जीवनशैलीको असर अर्थात् डाइट, शारीरिक अभ्यास वा औषधिले स्वास्थ्यमा कति सुधार भयो भन्ने थाहा पाउन लिपिड प्रोफाइल जाँच हुन्छ । यसमा टोटल कोलेस्ट्रोल, ब्याड कोलेस्ट्रोल, गुड कोलेस्ट्रोल, ट्रिग्लीसिराइड्स जाँच हुन्छ ।

मिर्गौलाले ठिकसँग काम गरिरहेको छ कि छैन, मिर्गौलामा जटिल रोग लागेको छ कि, किड्नी फेलियर हुँदै छ कि, मधुमेह वा उच्च रक्तचापले मिर्गौलामा असर गरेको छ कि, रगत छान्ने क्षमता कस्तो छ, भन्ने कुरा क्रियटिन जाँचबाट थाहा हुन्छ । यस्तै प्रयोग गरिरहेको औषधिले मिर्गौलामा असर गरेको छ कि थाहा पाउन यो जाँच गरिन्छ । रासस

काठमाडौँ महानगरले २० हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार महानगरले अस्पताललाई रु ३० लाख प्रदान गर्नेछ । विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधि र चस्मा पनि प्रदान गर्नुपर्नेछ ।

काठमाडौँ महानगरभित्र आधारभूत तह परीक्षा सुरू, १९ हजारभन्दा बढी विद्यार्थी सहभागी
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाभित्र शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरू भएको छ । चैत ५ गतेदेखि सुरू भएको यस परीक्षामा यस वर्ष १९ हजार ११७ जना विद्यार्थी सहभागी भएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले परीक्षाका लागि ५७ वटा केन्द्र निर्धारण गरेको छ । जसमध्ये ४७ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको हो । गत वर्ष ५६ वटा केन्द्र कायम गरिएकोमा यस वर्ष एक केन्द्र थपिएको हो ।

विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई लक्षित गर्दै अटिजम भएका तथा लेखन सहयोगी आवश्यक पर्ने विद्यार्थीका लागि होम सेन्टरमै प्रश्नपत्र उपलब्ध गराएर परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस्तै, नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै सोही विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

जगन्नाथ देवल माध्यमिक विद्यालय तथा बन्दी विकास आधारभूत विद्यालय कारागारभित्र सञ्चालनमा रहेका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै ती विद्यालयमै परीक्षा केन्द्र कायम गरिएको महानगरपालिकाले जनाएको छ ।

परीक्षालाई व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यका साथ संस्थागत विद्यालयहरूको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन तथा प्रमाणीकरण गरिने व्यवस्था गरिएको छ ।

परीक्षाको पहिलो दिन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, शिक्षा विभागका प्रमुख नमराज ढकाल, प्रशासन विभागका प्रमुख महेश काफ्ले लगायतको टोलीले विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेको थियो । अनुगमनपछि गुरागाईंले परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको प्रतिक्रिया दिए ।

परीक्षा समितिका अध्यक्षसमेत रहेका विभागीय प्रमुख ढकालका अनुसार यस वर्ष ४९४ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन् । सहभागीमध्ये १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा रहेका छन् ।

विद्यालयको प्रकृतिका आधारमा हेर्दा २ वटा कारागार र एक विशेष विद्यालयसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना तथा ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

गत वर्ष १८ हजार २९४ जना विद्यार्थी सहभागी भएकोमा यस वर्ष ८२३ जना बढी विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ ।