केन्द्रीय समिति बैठक – News Polar

कांग्रेस केन्द्रीय समिति बैठक आज, मिल्ला त महाधिवेशनको विवाद ?
काठमाडौं । महाधिवेशनको कार्यतालिकालाई लिएर तीव्र बिवाद भइरहेका बेला नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । केन्द्रीय समिति बैठक यसअघि पटकपटक स्थगित हुँदै आएको थियो ।

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।

महाधिवेशनका सम्बन्धमा दुई प्रस्ताव पेस भएका छन्, जसलाई मिलाउने प्रयास भइरहेको छ ।

पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन पदाधिकारीहरू छलफल गरिरहेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गर्न मध्यमार्गी बाटोबाट सहमति जुटाउने प्रयासमा लागेका हुन् ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । त्यसैदिन थापाको प्रस्तावलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।

महामन्त्री थापाको प्रस्तावलाई इतर समूहले र सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि विवाद चर्किएको छ । केही नेताहरूले दुवै प्रस्तावलाई मिलाएर मध्यमार्गी प्रस्ताव ल्याइ विवाद समाधान गर्न प्रयास गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको हो ।

असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्दै सहमति खोज्ने प्रयास भइरहेको छ ।

चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद हुँदा केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन ।

सभापति शेरबहादुर देउवा उपचार गरी सिंगापुरबाट फर्किएपछि पार्टीभित्र देखिएको मतभेद समाधान गर्न सक्रियता देखाएका छन् ।

सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि अनौपचारिक रूपमा गत शनिबार र आइतबार नेताहरूसँग छलफल गरे पनि सहमति नजुटेपछि सोमबारको केन्द्रीय समिति बैठक नै सारिएको थियो ।

सभापति शेरबहादुर देउवानिकट केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नु उपयुक्त हुनेमा छन् ।

तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसके चुनावअघि विशेष महाधिवेशन गरेर जानुपर्ने अडान राखेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी छ । आज दोस्रो दिनको बैठक बिहान ८ बजेदेखि सुरु भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी छ ।

हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।

आज झन्डै एक सय जनाले धारणा राख्ने अनुमान छ । यही क्रममा सबै केन्द्रीय सदस्यले समय लिएमा बैठक लम्बिने संकेत देखिएको छ ।

बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रबन्ध गरिएको छ । बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार पालो मिलाइएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्यका धारणा सुनेपछि पदाधिकारीले पनि आफ्ना धारणा राख्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिने तयारी छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, महाधिवेशनको मिति तय गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

काठमाडौंको प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेदेखि बैठक सुरु हुने छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ ।

बैठकमा अध्यक्ष दाहालले केन्द्रीय कमिटी भंग गरी आफ्नै संयोजकत्वमा महाधिवेशन आयोजक समितिको घोषणा गर्ने छन् ।

यसअघि हिजो केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो ।

यसैगरी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ ।

केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको महाधिवेशनको मिति र स्थानसमेत तय गर्ने छ ।

गठबन्धन सरकार पुरै अवधि चल्छ : कांग्रेस सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई दलको गठबन्धन सरकार २०८४ सालसम्मै चल्ने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको आज समापन गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्ने बताएका हुन् ।

उनले दुई ठूला दलबीच गठबन्धन भएकाले बेलाबेलामा समस्या आउने भए पनि त्यसलाई समाधान गरेर लैजाने बताए । ‘यो गठबन्धन पूरा–पूरा समयसम्म जान्छ, हामीसँग समस्याहरू भएमा मिलाएर जान्छौँ,’ उनले भने ।

सभापति देउवाले संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने विश्वास दिलाए । कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रधानमन्त्री र मन्त्रीको कार्यशैलीका विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका थिए ।

देउवाले सरकारका विषयमा सदस्यहरूले राखेका धारणाका विषयमा कुनै जवाफ नदिइ गठबन्धन पूरा समय टिक्ने बताएका हुन् । ‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनुलाई ठूलो ठान्न हुँदैन । समस्यामा छलफल गरेर हामी मिलाउन सक्छौं,’ सभापति देउवाले भने, ‘केही कुरा आए पनि हामी त्यो समस्याको रुपमा आउन दिने छैनौं ।’

दुई दलबीच सल्लाह र सहमतिमै काम कारबाही अघि बढिरहेको उनले बताए ।