गोरखकाली रबर उद्योग – News Polar

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्न: गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिनुभएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उहाँले सो उद्योग संचालनमा ल्याउन आफैँले गरेको प्रतिवद्धता कहिले पूरा हुन्छ ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नुभयो । प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाई थियो । उहाँले सो उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । सांसद पन्तले सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाउने राष्ट्रिय पूँजी वृद्धि गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्को गोरखामा रहेको गोरखकाली रवर उद्योग । हामीसँग पुरातात्विक कुराहरु त छँदैछन् । मनकामना, गोरखकाली, मुक्तिनाथ । त्यसपछि गएर बागलुङ भगवती । त्यो छ छँदैछन् । तर हामी गण्डकी प्रदेशमा उत्पादनमा पनि अघि थियौं । त्यसमा पनि पहाडमा एउटा अत्यन्त गौरव गर्न लायक एउटा गोरखकाली रवर उद्योग थियो । २०७१ सालसम्म यसले उत्पादन दिएको थियो । कुन सरकारले कति गर्‍यो, म त्यतातिर जान्न । तर यो उद्योग किन सञ्चालनमा आएन भन्नेतिर म जाँदैछु । र प्रधानमन्त्रीको जिल्ला पनि हो गोरखा । प्रधानमन्त्रीले हरेक ठाउँमा गोरखाकाली रवर उद्योग म चलाउँछु भनेर भाषण गरेर आउनुभएको थियो । बोल्न मात्रै हो भने प्रधानमन्त्रीज्युलाई मेरो भन्नु केही छैन । तर बोलेको कुरा पूरा गर्ने हो भने अव कति महिनामा यो उद्योग सञ्चालन गर्छु भन्नुहुन्छ ? त्यसको जवाफ पनि खोजेको छु । यो गण्डकी प्रदेशकै गौरव हो–गोरखकाली रवर उद्योग । अहिले त्यो सञ्चालनमा छैन । त्यसलाई सञ्चालन गर्छु भनेर प्रतिवद्धता जनाएर आउनुभएका प्रधानमन्त्रीले कहिलेदेखि सुरु गर्नु हुन्छ ? म जवाफ खोज्न चाहन्छु ।’

सांसद पन्तले विकास, निर्माणको काममा ढिलाई गर्ने छुट सरकारलाई नभएको पनि बताउनु भयो ।

स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात
‘ड्राइभर दाइलाई मन पर्ने टायर,

गोरखकाली रबर उद्योग भएर’

कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो । त्यतिमात्र नभएर यसको उपस्थिति विदेशी बजारसम्म नै पुगेको थियो ।

अहिले भने समय बदलिएको छ । उद्योगका रूपमा राम्रो परिचय बनाएको मात्र नभई आत्मनिर्भर हुँदै निर्यातमा समेत गतिलो प्रभाव पारेको गोरखकाली रबर उद्योग यतिखेर मृतप्रायः छ । फलस्वरूप मुलुकमा टायर र रबरजन्य वस्तुको आयातमा अर्बौँ रकम विदेशिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार मुलुकमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु नौ अर्ब नौ करोडभन्दा बढी मूल्यमा टायर तथा ट्युब भित्रिएको देखिन्छ । वर्षमा करिब एक लाख २० हजार थान उत्पादन क्षमता भएको स्वदेशी रबर उद्योगले सो समयमा बर्सेनि ८८ हजार थान टायर तथा ट्युब उत्पादन गथ्र्यो र यहाँको बजारसहित तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको थियो । विभागको पछिल्लो विवरणानुसार भने चालु आवको गत चैत मसान्तसम्म करिब ६४ लाख २० हजार टायर तथा ट्युब मुलुकमा आयात भएको देखिन्छ ।

विसं २०४१ मा शिलान्यास भएर २०५१ देखि उत्पादन सुरु गरेको गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । उद्योग स्थापना गर्दा ३८ प्रतिशत शेयर नेपाल सरकारको, २१ प्रतिशत शेयर स्थानीयवासीको र बाँकी अन्य बैंक तथा वित्तीय संस्थालगायतको स्वामित्व रहेको उद्योग हाल बेसहाराजस्तै छ । मुलुकको एकमात्र रबर उद्योग बन्द अवस्थामा छ भने भारतलगायत मुलुकबाट टायरका साथै अन्य रबरजन्य वस्तु आयात गरेर आवश्यकता पूरा गर्न नेपाली बाध्य छन् ।

गोरखाको प्रसिद्ध गोरखकाली मन्दिरका नामबाट नामकरण गरिएको सो उद्योग गोरखा नगरपालिका मजुवा देउरालीमा छ । करिब ६६२ रोपनीमा फैलिएको उद्योग स्थापनाको १४ वर्षसम्म राम्रै अवस्थामा सञ्चालनमा रहे पनि त्यसको केही समयपछि बन्द हुँदै, खुल्दै गर्न थाल्यो र पछिल्लो समय पूर्णरूपमा बन्द छ ।

उद्योगले सो समयमा ट्रक, जीप तथा भ्यान, कारलगायतमा प्रयोग हुने विभिन्न प्रकारका टायर उत्पादन गर्ने गरेको थियो । स्वदेशी उद्योगले उत्पादनमा देखाएको क्षमता र गरेको उत्पादनले मुलुक रबरमा आत्मनिर्भरको बाटोमा मात्र रहेन भारत, श्रीलङ्का तथा बङ्गलादेशमा समेत गोरखकाली छापअङ्कित टायर तथा ट्युब निर्यात हुने गरेको थियो तर उद्योग स्थापनाको ३० वर्ष नपुग्दै निर्यात त के उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा आइपुग्यो ।

विभागको तथ्याङ्कानुसार नौ महिनामा सबैभन्दा बढी टायर र ट्युब भारतबाट आयात भएको देखिन्छ । विवरणानुसार चालु आवको चैत मसान्तसम्म भारतबाट मात्र ४४ लाख ४१ हजारभन्दा धेरै थान तथा १७ लाख ४८ हजार रबरजन्य वस्तु आयात भएको देखिन्छ । यसको आयात मूल्य रु आठ अर्ब २३ करोड ८९ लाखभन्दा धेरै छ । आयातबाट सरकारले रु दुई अर्ब ८० करोड ६३ लाखभन्दा बढी राजस्व उठाएको देखिन्छ ।

त्यस्तै चीनबाट रु ३३ करोड ९५ लाखभन्दा धेरैको रबरजन्य वस्तु आयात भएको छ । थाइल्याण्डबाट ३७ हजार ८६३ थान टायर तथा ट्युब रु २० करोड ५८ लाख २६ हजार आयात मूल्यमा भित्रिएको विवरण छ । विभागले सार्वजनिक गरेको विवरणानुसार नेपालमा भारत, चीन, थाइल्याण्ड, ताइवान, इण्डोनेशिया, जापान, अमेरिकालगायत मुलुकबाट रबरका टायर, ट्युब तथा रबरका अन्य वस्तु आयात हुने गरेको देखिन्छ ।

राष्ट्रिय अर्थतन्त्रको विकासका लागि मुलुकको उद्योग क्षेत्रका साथै स्रोतको संरक्षण र प्रवद्र्धन गरी नेपाली श्रम, सीपलाई प्राथमिकतामा राख्नु जरुरी देखिन्छ । यसै विषयमा आव २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारी स्वामित्वमा रहेका बन्द तथा रुग्ण उद्योग एवं संस्थानलाई निजी क्षेत्रको समेत सहभागितामा उपयुक्त व्यवस्थापन, विधि र प्रक्रियाबाट अधिकतम क्षमतामा पुनःसञ्चालन गरिने उल्लेख गरिएको थियो ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा वैदेशिक पूँजी तथा प्रविधिको लगानी बढाउँदै पूर्वाधार विकासमा प्रोत्साहन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ । यी अध्ययनहरूका अनुसार चुलिँदो आयात र घट्दो विदेशी मूद्रा सञ्चितिले अर्थतन्त्रमा पार्ने असर कम गर्न मुलुकका उद्योगको सुदृढीकरण तथा प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्नेछ ।

त्यसैगरी रुग्ण उद्योगअन्तर्गत परेका उद्योगलाई आवश्यक सहयोग, सुविधासहित पुनरुत्थान गरी सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने तथ्य रुग्ण उद्योगको व्यवस्थापनका लागि सुझाव दिन विसं २०७७ साउनमा गठित समितिसमेत छ । यिनै तथ्य र राज्यको आवश्यकताका आधारमा गोरखकाली रबर उद्योगलाई पनि पुनरुत्थान गरी बर्सेनि बाहिरिने अर्बौँ रुपैयाँ स्वदेशमै रोक्नुपर्ने सबैको सुझाव छ ।

-नवीन पौडेल रासस