चलचित्र – News Polar

दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार
काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ व्यापार ९ग्रस कलेक्सन० गरेको तथ्याङ्क छ । उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएवापत उक्त व्यापार गरेको हो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रु तीन करोड २१ लाख ७० हजार १६० व्यापार (ग्रस कलेक्सन) गरेको छ । यसका ९० हजार ९४७ टिकट बिक्री भएका छन् । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ ले सबैभन्दा कम रु दुई करोड १३ लाख ६४ हजार ६९२ व्यापार ९ग्रस कलेक्सन० गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ । उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएवापत सो व्यापार भएको हो । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

पछिल्ला वर्षमा दसैँमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दसैँमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् । बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ । यद्यपि व्यापारको तथ्याङ्क हेर्दा अघिल्लो दसैँको तुलनामा यसपटक चलचित्रहरूको व्यापार उत्साहजन हुनसकेको छैन ।

नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो
काठमाडौं । केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ गत बिहीबारदेखि काठमाडौँमा जारी ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करणमा ‘रङ्गमञ्चबाट रङ्गीन पर्दा’ शिर्षकमा गरिएको अन्तरक्रिया कार्यक्रममा अभिनेता तथा नाट्यकर्मी प्रमोद अग्रहरीले रङ्गमञ्चले आफू र समाजलाई बुझ्न मद्दत गर्नुका साथै कामप्रतिको सम्मान बढाउन तथा अनुशासन सिकाउने बताउनुभएको छ ।

“अभिनय पढ्नैपर्ने विधा, यसमा अध्यन नभए राम्रो कलाकारिता गर्न सकिँदैन भन्ने मेरो बुझाइ छ । यसले रङ्गमञ्चबाट ठूलो पर्दामा जान मद्दत गर्नुका साथै अभिनयमा विविधता ल्याउन मद्दत गर्छ । रङ्गमञ्चलाई छाडेरभन्दा पनि साथै राखेर रङ्गीन पर्दामा पुग्नेहरू दीर्घायु हुन्छन्”, अभिनेता अग्रहरीले भन्नुभयो । छलफलका क्रममा उहाँले आफ्नो नाटकघर हुँदै चलचित्र भवनसम्मको यात्राका विषयमा समेत चर्चा गर्नुभयो ।

छलफलमा सहभागी अभिनेत्री तथा नाट्यकर्मी सरिता गिरीले चलचित्र र रङ्गमञ्च दुवै माध्यममा सङघर्ष र निरन्तरता आवश्यक रहेको बताउनुभयो । “रङ्गमञ्च चलचित्रसम्म पुग्ने एउटा बाटो हो, किनकि यहाँ आएर अभिनय सिकेका अहिले चलचित्रमा सर्वाधिक खोजिने कलाकार बन्नुभएको छ । तर, चलचित्रमा काम गर्छु भनेर नाटकघर आउनेभन्दा नाटकमा काम गर्ने चलचित्रमा स्थापित हुनुभएको छ । त्यसैले हामीले नाटक हुँदै चलचित्रमा पुग्नुभएका कलाकारको सफलतासँगै उहाँहरुले गर्नुभएको सङ्घर्षलाई बुझ्नु जरुरी छ, त्यसले हामीलाई अगाडि बढ्न प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।

अभिनेत्री गिरीले रङ्गमञ्च नै सपना बोकेर आएका आफ्ना पुस्ताका कलाकार मेहनत र निरन्तरताकै कारण आज चलचित्रमा पुग्न सफल भएका बताउनुभयो ।

अभिनेता तथा नाट्यकर्मी बुद्धि तामाङले रङ्गमञ्च अभिनयमा आफ्नो भविष्य देख्नेलाई बाटो देखाउने माध्यम बनेको बताउनुभयो । उहाँले नाटक र चलचित्रको माध्यम फरक भएकाले त्यसलाई एउटै आँखाले हेर्न नहुने बताउनुभयो ।

“नाटकमा हामी आफैँले सबै काम गर्छौँ, त्यहाँ हामीलाई निर्देशक गर्ने कोही हुँदैनन् । तर, चलचित्रमा हाम्रो भावलाई निरन्तरता दिन वा हाम्रो अभिनय क्षमतालाई हेर्न क्यामेरा पछाडि धेरै बस्नुहुन्छ । त्यसकारण यी दुवै माध्यममा मेहनत गर्न सक्नेका लागि सहज र काम गर्न नसक्नेका लागि असहज बनिरहेको छ”, अभिनेता तामाङले भन्नुभयो । उहाँले चलचित्रमा काम गर्ने उद्देश्यले भन्दा पनि अभिनय क्षमतालाई मापन गर्ने सङ्कल्प लिएर नाटकघरमा आउन आग्रह गर्नुभयो ।

छलफलमै रहनुभएकी नाट्यकर्मी सृजना अधिकारीले यसै वर्ष प्रदर्शन भएको चलचित्र ‘सतिदेवी’ मा अभिनेत्रीको भूमिका निर्वाह गर्नुभएको थियो । तीन सन्तानको आमाको भूमिकामा देखिनुभएकी अभिनेत्री अधिकारीले माध्यम फरक भए पनि अभिनयका हिसाबले चलचित्र र नाटकमा उस्तै तयारी गर्नुपर्ने अनुभव सुनाउनुभयो ।

“नाटकमा हामीले आफ्नो अभिनयसँगै आफ्नो सम्पूर्ण आवश्यक तत्वलाई मिलाउनुपर्छ भने चलचित्रमा त्यसलाई विचार गर्ने धेरै व्यक्ति हुन्छन् । मलाई चाहिँ जति आफू प्रक्रियामा संलग्न भयो त्यति नै राम्रो लाग्छ, त्यही भएर म नाटकमा काम गर्न सहजता महसुस गर्छु”, उहाँले भन्नुभयो ।

अभिनेत्री गिरीले चलचित्रसँगै रङ्गमञ्चमा समय छुट्याउने गरेको बताउनुभयो । उहाँले एक वर्षमा तीनदेखि ६ महिनासम्मको समय नाटकलाई दिनुहुन्छ । त्यसकारण उहाँले आफ्नो भूमिका सानो वा छोटोभन्दा पनि प्रभावकारिता हेरेर चलचित्रमा काम गर्ने गरेको बताउनुभयो ।

“मेरो लागि कथामा पात्रको आवश्यकता महत्त्वपूर्ण हुन्छ, त्यो पर्दामा देखिने समयले मलाई फरक पार्दैन । त्यसैले मैले आफ्नो उमेरभन्दा बढी उमेर हुनुभएका कलाकारको आमाको भूमिका पनि गरेकी छु भने कुनै चलचित्रमा छोटो समय पनि देखिएकी छु । हामीले पात्रलाई जीवन्त बनाउन सकेको खण्डमा त्यसको लम्बाइले असर गर्दैन”, उहााले भन्नुभयो । अभिनेत्री गिरीले नाटकमा महिलाको भूमिका सशक्त रहने उल्लेख गर्दै चलचित्रमा समानता ल्याउन लेखकको महत्त्वपूर्ण दायित्व रहनेमा जोड दिनुभयो । अभिनेता तामाङले आफूले निर्वाह गर्ने हरेक पात्र महत्त्वपूर्ण लाग्ने बताउनुभयो ।

“मलाई कुनै पात्र प्रस्ताव गरिन्छ भने त्यो महत्त्वपूर्ण नै भएर हो भन्ने लाग्छ, यद्यपि म त्यसमा आफ्नो छाप छाड्ने प्रयास गर्नुका साथै कथालाई अगाडि बढाउन प्रयत्न गर्छु । अहिले पात्र सहायक वा प्रमुखभन्दा पनि काम कस्तो गरियो भन्ने लाग्छ, किनकि म स–साना सहायक भनिने भूमिकामार्फत पनि चिनिएको हो”, उहाँले भन्नुभयो ।

रङ्गपत्रकार सुकृत नेपालले सहजीकरण गर्नुभएको अन्तरक्रियामा सहभागी नाट्यकर्मीले रङ्गमञ्चबाट ठूलो पर्दामा गएकाहरूले अभिनयमा निरन्तरता दिन सक्नेमा जोड दिनुभएको थियो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यही चैत ११ गतेसम्म चल्ने उक्त महोत्सवमा ४० देशका ८७ चलचित्र, वृतचित्र तथा छोटा चलचित्र सहभागी छन् । महोत्सवका अध्यक्ष केपी पाठकले विभिन्न भाषाका चलचित्रहरू एकै ठाउँमा प्रदर्शन हुँदा चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुनुका साथै विश्वका चलचित्रसँग परिचित गराउने बताउनुभयो ।

महोत्सवलाई राष्ट्रिय र अन्तरराष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघुचलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ । महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँच सय डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । यस्तै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तरराष्ट्रिय चलचित्र समाज महासङ्घ’को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई रु एक लाख र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०–५० हजार र ट्रफी प्रदान गरिने छ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तरराष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिने छ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । रासस

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?
काठमाडौं । सन् २०२४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थियटर स्क्रीन) रहेको छ । चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्ने हो भने चलचित्रको लागि विश्वकै ठूलो बजार चीन हो । त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन हुन् पाउनेको सङ्ख्या ३४ मात्र रहेको छ ।

भारतकै सर्वाधिक व्यापार गर्ने चलचित्र ‘दङ्गल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो । भारतीय मात्र नभई अमेरिकन (हलिउड) चलचित्र पनि न्यून मात्रमा चीनमा प्रदर्शन हुने गरेको छ । त्यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ त ? नेपालमा पहिलोपटक पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित एकदिवसीय ‘चीन चलचित्र दिवस’ सहभागी हुन् आउनुभएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख (भाइस प्रेसिडेन्ट) ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो गरिरहेको आफूले थाहा पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रको बारेमा सुनेको छु । विशेषत द्वन्द्व प्रधान र सामाजिक ‘ड्रामा’ भएका चलचित्रमा स्तरीयता थपिएको मैले महसुश गरें । यसकारण नेपाली चलचित्रको भविष्य निकै राम्रो छ भन्ने मैले महसुश गरेको छु । यस्तै महोत्सवमार्फत हामीले कला र संस्कृतिसँगै एक आपसमा चलचित्र बजार खोज्न सक्छौँ । नेपालीका लागि चीनको बजार नयाँ छ भने हाम्रो लागि नेपालको बजार पनि नयाँ नै छ ।”

उहाँले चीनका दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिनुभयो । विशेषत आउँदो मार्च महिनामा हङकङ र चीनकै बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्नुकासाथै स्थानीय वितरक र प्रदर्शकसँग भेटघाट गर्न सकिने उहाँले बताउनुभयो ।

“चीनमा प्रदर्शन भएका विदेशी चलचित्रले राम्रो फाइदा लिएका छन् । यसकारण नेपाली चलचित्रकर्मी त्यहाँ पुगेर स्थानीय वितरकसँग सहकार्य गर्न सकेमा नयाँ सम्भावनालाई नकार्न सकिँदैन । विशेषत चलचित्रको छायाङ्कन अगावै त्यहाँ पुगेर स्थानीयलाई भेट्नु उपयुक्त हुन्छ । किनकि स्थानीयको सहभागिताले प्रदर्शनमा सहजता दिनेछ”, उहाँले भन्नुभयो ।

वितरक यङले निकट भविष्यमा नेपाली चलचित्रकर्मीसँग सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । चाइना चलचित्र प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष (सन् २०२४)मा नेपालमा ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’जस्ता चलचित्र सफल भएकाले चीनको बजारतर्फ प्रयाश गर्न नेपाली चलचित्रकर्मीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको चलचित्रलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु । नेपाली चलचित्रकर्मीले प्रयाश गर्नुभएमा चीन पनि नेपाली चलचित्रका लागि बजार बन्न सक्नेछ । यसका लागि दुई देशबीच यस्तै महोत्सव हुनु आवश्यक छ ।”

उहाँले चिनियाँ चलचित्र नेपालमा छायाङ्कनका लागि आउने र नेपालको सुन्दरतालाई विश्वभर पुर्याउने गरेको बताउनुभयो । उहाँले चिनियाँ चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएकोमा जोड दिनुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकले नेपाली चलचित्रकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनालाई गति दिने काम ‘चीन चलचित्र दिवस’ ले गरेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “चीनका चलचित्र यहाँ प्रदर्शन भएका थिएनन्, यस किसिमको कार्यक्रम पहिलोपटक भएको छ । यसले दुई देशबीच सामीप्यता बढाउने मात्र नभई चलचित्र आदानप्रदानका लागि संवाद गर्ने अवस्था सिर्जना गरेको छ । हामीले त्यहाँ केही चलचित्रलाई पुर्‍याउन सकेमा हाम्रो चलचित्र उद्योग नयाँ युगमा प्रवेश गर्नेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।”

एकदिवसीय ‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ चिनियाँ चलचित्रकर्मी नेपाल आउनुभएको थियो । रासस

दर्शकको साथ पाए नेपाली चलचित्रले
काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले नेपाली चलचित्रलाई साथ दिन थालेका छन् । गत वर्ष नेपालमा विदेशी चलचित्रको प्रभाव रहेको र स्वदेशी चलचित्रलाई प्रदर्शकले नै बेवास्ता गरेको आरोप थियो । त्यही आरोप लगाएर केही निर्माताले चलचित्रको प्रदर्शनसमेत स्थगित गरेका थिए । यद्यपि गत वर्षको चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरूगरिएको चलचित्र ‘महाजात्रा’ पछि प्रदर्शन गरिएको ‘डिग्री माइला’, ‘बोक्सीको घर’ लाई दर्शकले साथ दिएका छन् ।

‘महाजात्रा’ को यात्रा ५१ औँ दिन उन्मुख छ । लेखक तथा निर्देशक प्रदीप भट्टराईका यसअगाडिका चलचित्रहरूले पनि ५१ औँ दिन पूरा गरेकाले यसपटक पनि त्यो आशा गर्न सकिन्छ । “अहिले दर्शकले नेपाली चलचित्रलाई साथ दिइरहनुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ । समग्रमा यो चलचित्रका लागि सुखद सुरूआत हो”, निर्देशक भट्टराईले भन्नुभयो।

चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतले अभिनय गर्नुभएको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘डिग्री माइला’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्रले रु छ करोडभन्दा बढीको ‘ग्रस कलेक्सन’ गरिसकेको निर्माता मणिराम पोखरेलले जानकारी दिनुभयो । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई तयार गरिएको चलचित्रमा दयाहाङ राई शीर्ष भूमिकामा हुनुहुन्छ ।

“यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र बेरोजगार युवाको अवस्थालाई माइला पात्रमार्फत व्यक्त गरिएको छ”, अभिनेता राईले भन्नुभयो,“यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पूरा भएको छ । अब यो कथा धेरैसम्म पुर्‍याउनु छ ।” गत वर्ष चैत ३० गतेदेखि प्रदर्शन गरिएको चलचित्रमा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, गत वैशाख १४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बोक्सीको घर’ लाई पनि दर्शकले उस्तै साथ दिएका छन् । शुक्रबार आधुनिक चलचित्र भवन ९मल्टिप्लेक्स० मा प्राप्त अधिकांश ‘शो’हरू भरिभराउ थिए । शनिबार पनि सोही क्रमले निरन्तरता पायो । विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएकी अभिनेत्री केकी अधिकारी दर्शको उत्साहजनक उपस्थिति देखेर दङ्ग हुनुहुन्छ ।

“सुरुआती समयमै हामीलाई विश्वास गरेर दर्शक हलसम्म आइ्हन्भएको छ । यसले हामीले पनि जिम्मेवारी बढेको महसुस गरेका छौँ । दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनु भएको छ”,अभिनेत्री अधिकारीले भन्नुभयो । सुलक्षण भारतीको लेखन तथा निर्देशन गर्नुभएको चलचित्रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

केही समययता नेपाली चलचित्रमा दर्शकको उपस्थिति उत्साहजनक हुनु सुखद पक्ष रहेको वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“विदेशी चलचित्रको उपस्थिति कमहुनु र नेपाली चलचित्रमा सुरुआती व्यापार नै उत्साहजनकहुनुले यो वर्ष राम्रो हुने सङ्केत गरेको छ । दर्शकलाई चलचित्र मन पर्दासम्म अब समय मिल्दा नेपाली चलचित्रमै आउनुहुन्छ भन्ने हाम्रो अनुमान छ ।” नेपाली चलचित्रमा केही समयसम्म यसरी नै दर्शक देखिए यो वर्ष विदेशी चलचित्रलाई विस्थापित गर्दै नयाँ रेकर्ड बन्नसक्ने उहाँको विश्लेषण छ ।

वर्षान्त २०८० : चलचित्रका लागि सुखद्
काठमाडौं । चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो ।

उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको थियो  । चलचित्रले कूल रु १७ करोडको कूल व्यापार (ग्रस कलेक्सन) गरेको थियो ।

हालसम्म यस वर्ष ५० वटा चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई वटा चलचित्र प्रदर्शनको तयारीमा छन् । यही चैत ३० गते दुई चलचित्र ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ प्रदर्शनको क्रममा छन् ।

यो वर्ष ‘जारी’ पछि गत चैत ९ मा प्रदर्शन भएको ‘महाजात्रा’ सर्वाधिक सफल मानिएको छ । चलचित्र निर्माण र समूह र वितरकले उपलब्ध गराएको तथ्याङ्कअनुसार ‘महाजात्रा’ यस वर्षको दोस्रो सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको छ । तेस्रो सातामा प्रदर्शन चलचित्रले १३ करोडभन्दा बढी कूल व्यापार (ग्रस कलेक्सन) गरिसकेको बताइए पनि तथ्याङ्क केही दिनमा सार्वजनिक गरिने निर्माण समूहले जानकारी दिएका छन् ।

यो वर्ष नेपाली चलचित्रमा आश गरिएका निर्देशकहरू प्रदीप भट्टराई, रामबाबु गुरुङ, निश्चल बस्नेत, दीपेन्द्रकुमार खनालका चलचित्र दर्शकले हेर्न पाए । यस वर्ष अनमोल केसी, प्रदीप खड्काजस्ता स्टार भनिने कलाकारको चलचित्र प्रदर्शन भएन । दयाहाङ राई, विपिन कार्की, सौगात मल्लजस्ता अभिनेता आफ्नो अभिनयका कारण चर्चामा रहनुभयो ।

चलचित्र वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला दुई चलचित्रसँगै ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘दिमाग खराब’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’ले लगानी सुरक्षित गरेका छन् । यसबाहेक विदेशी बजारसहित ‘दयारानी’ र ‘बगान’ चलचित्रले निर्मातालाई घाटा गराएन ।

कूल ५२ वटा चलचित्रमा ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’ले कस्तो व्यापार गर्छ यो भने हेर्न बाँकी छ । किनकी उल्लेखित दुई चलचित्र वर्षको अन्तिम दिन चैत ३० गते प्रदर्शन हुँदैछन् । यसवर्ष अभिनेता दयाहाङ राईले अभिनय गर्नुभएको नौ वटा चलचित्र प्रदर्शन भए ।

“मैले कथामा विविधता देखेर चलचित्रमा काम गरेको हुँ । तपाईंले सङ्ख्यासँगै विषयवस्तु हेर्नुभयो भने एउटा अभिनेता त्यसलाई छाड्न सक्दैन । साथै मेरो उपस्थितिले कुनै निर्देशक र निर्मातालाई लाभ मिल्छ र मलाई विषय मन परेको छ भने किन नगर्ने रु”, अभिनेता राईले भन्नुभयो, “आउँदो वर्ष प्रदर्शन बढी भए पनि म कमै चलचित्रमा काम गर्ने योजनामा छु । किनकी सङ्ख्या बढ्दा गरिएको मेहनत ओझेलमा पर्छ ।”

उहाँ यो वर्षभर चर्चामा रहनुभयो । किनकी वर्षको सुरुआतमा उहाँको दुई चलचित्र एकसाथ प्रदर्शन भयो । सफल र असफल हुने चलचित्रको सङ्ख्या उहाँको उस्तै छ । यसलाई अभिनेता राईले पनि महशुस गर्नुभएको छ ।

“यो वर्ष काम धेरै गरियो । तर, चलचित्र विभिन्न किसिमका प्रदर्शन भए । व्यावसायिकसँगै कलात्मक चलचित्रमा देखिएको आकर्षण हाम्रा लागि खुसीको कुरा हो । किनकि विश्वमञ्चमा हामीले देखाउने थुप्रै कथाहरू तयार भएका छन्”, अभिनेता राईले भन्नुभयो ।

चलचित्र वितरक तथा प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र सङ्घका कार्यसमिति सदस्य रहनुभएका करण श्रेष्ठले चलचित्रका लागि यो औसत वर्ष मान्न सकिन्छ ।

“यो वर्ष चलचित्रको व्यापार राम्रै देखियो । तर, जसरी वर्षको सुरुआत भएको थियो, त्यहि रुपमा अन्य चलचित्र व्यावसायिक पक्षलाई अगाडि बढाउन सकेन । यद्यपि सफल भएको सङ्ख्या हेर्ने हो भने राम्रो छ”, उहाँले भन्नुभयो ।

अभिनेता विपिन कार्कीका लागि यो वर्ष सुखद रह्यो । उहाँद्वारा अभिनित दुई चलचित्रले राम्रो व्यापार गरिसकेका छन् । ‘महाजात्रा’मार्फत उहाँको चर्चा स्वदेशसँगै विदेशमा पनि भयो । यद्यपि अभिनेता कार्कीले आफ्नो ध्यान काममा मात्र केन्द्रित रहने गरेको बताउनुहुन्छ ।

“मैले राम्रो काम गर्ने कोशिस गर्छु । पात्रलाई दुरुस्तै पर्दामा ल्याउने मेरो ध्याउन्न हुन्छ । व्यावसायिक सफलताले पक्कै अभिनेतालाई ऊर्जा दिन्छ नै तर हाम्रो ध्यान अभिनयमा बढी केन्द्रित हुनुपर्छ”, अभिनेता कार्कीले भन्नुभयो । उहाँले अभिनय गरेको दुई चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘महाजात्रा’ व्यावसायिकरुपमा सफल चलचित्र हुन् ।

यस वर्षलाई हेर्दा दर्शक रमाइला चलचित्रमै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि डिजिटल प्लेटफर्ममा बढेको आकर्षण र चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उहाँको बुझाइ छ ।

“यस वर्ष शृङ्खला र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो । यसले दर्शक चलचित्र भवनमा दु:खका कथालाई हेर्न इच्छुक हुनुहुन्न भन्ने पनि सङ्केत गरेको छ । ओटीटीमा हेरेर प्रशंसा गरिएका विदेशी चलचित्रकै विधामा तयार भएका नेपाली चलचित्रलाई दर्शकले चासो देखाएनन्”, उहाँले भन्नुभयो ।

चलचित्र हेर्न परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सकेमा व्यापार बढ्ने निर्देशक प्रदीप भट्टराईको बुझाइ छ । उहाँले निर्देशन गरेका चलचित्र सोही शैलीमा तयार गरिएको छ । ‘जात्रा’ शृङ्खलासँगै ‘शत्रु गते’ र ‘महापुरुष’ निर्देशन गर्नुभएका भट्टराई निर्देशित ‘महाजात्रा’ वर्षकै दोस्रो व्यावसायिक सफल चलचित्रसँगै उहाँको पहिलो सफल चलचित्र बनेको छ ।

“म र मेरो समूहले व्यापारलाई सोचेर चलचित्र तयार गरेका छैनौँ । हाम्रो विश्वास घट्न नदिने र चलचित्र भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निस्किँदा पनि देखियोस् भन्ने सोच राख्ने गरेका छौँ । अहिले पनि सोही कारण परिवार नै दर्शक बनेर चलचित्र भवनमा आउनुभएको छ”, निर्देशक भट्टराईले भन्नुभयो ।

चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी यस वर्ष सकिदा स्वदेशी ५२ सँगै विदेशी ८८ चलचित्र प्रदर्शन हुने बताउनुभयो । अन्तिम शुक्रबार चलचित्र प्रदर्शन भएपछि विसं २०८१ वैशाख १ मा बक्सअफिस रिपोर्ट सार्वजनिक गरिने तयारी भइरहेको उहाँले बताउनुभयो ।

“हामीले आधिकारिकरुपमै बक्सअफिसको विषयमा कुरा गर्दैछौँ । त्यसकारण अहिले व्यापारबारे हामीले बोल्न मिल्दैन । यद्यपि यो वर्ष नेपाली चलचित्रको व्यापार राम्रो देखिएको छ । सुखद पक्ष विदेशी चलचित्रलाई स्वदेशीले टक्कर दिएका छन्”, बोर्ड सदस्य अधिकारीले भन्नुभयो ।

यो वर्ष चलचित्र भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो । तर, वर्षको अन्त्यमा नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर कुनै वितरकले विदेशी चलचित्र नेपालमा ल्याउने आट गर्न सकेनन् ।

विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा पछिल्लो उदाहरणले नेपाली निर्मातालाई साहस र ऊर्जा थपेको छ । सम्भवत धेरैपछि विदेशी ठूला चलचित्र नेपालमा एकै मितिमा प्रदर्शन हुने छैनन् । यसले ‘हाम्रो नयाँ वर्षमा, हाम्रै चलचित्र’ भन्ने नारालाई सफल बनाएको छ ।

समग्रमा विसं २०८० मा भएका कामले आशावादी हुने ठाउँ प्रसस्तै दिएको छ । किनकी प्रदर्शन भएकासँगै हुन् बाँकी चलचित्र धेरै छन् । जसको नतिजा आउँदो वर्ष देखिनेछ । जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल सावित गर्नेछ । रासस

एकसाथ चार चलचित्र छायाङ्कन
काठमाडौँ । अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायाङ्कन भइरहेको छ ।

काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको चलचित्र हो, ‘११ः५५’ । केशव पाण्डेको कथा र निर्देशनमा छायाङक्न भइरहेको उक्त चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गरिरहनुभएको छ ।

अपराध, थ्रिलर, सस्पेन्स विधामा रहेर चलचित्र तयार गरिएकाले सोही सन्दर्भसँग मिल्दो नाम राखिएको निर्देशक पाण्डेले जानकारी दिनुभयो । “हाम्रो विषयअनुसार बढी छायाङ्कन रातमा गरिरहेका छौँ । हामीले रातकै दृश्य खिच्नुपर्ने भएकाले यही समय रोजेका हौँ”, उहाँले भन्नुभयो । यसको अन्तिम चरणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । यस चलचित्रको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले लेख्नुभएको हो ।

यस्तै चलचित्र ‘मनसरा’को पनि काठमाडौँमा छायाङ्कन भइरहेको छ । उपेन्द्र सुब्बाको निर्देशनमा तयार भइरहेको उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरिरहनुभएको छ । यसको छायाङ्कन काठमाडौँ आसपासमा भइरहेको छ । यसको शीर्ष भूमिकामा अभिनेत्री मगर हुनुहुन्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को दोस्रो चरणको छायाङ्कन ओखलढुङगास्थित रुम्जाटारमा भइरहेको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गरिरहनु भएको छ । यसको छायाङ्कन सकाएपछि अभिनेता राईले चलचित्र ‘मनसरा’ सुरु गर्नुहुने छ ।

शैक्षिक बेरोजगारीले युवामा पारेको मनोवैज्ञानिक प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरिएको निर्देशक गुरुङले जानकारी दिनुभयो । विसं २०८१ वैशाख १ गते प्रदर्शन घोषणा गरिएका कारण पनि सो चलचित्र छिट्टै सकाउनुपर्ने दबाब निर्माण पक्षलाई छ ।

चलचित्र ‘फर्की फर्की’को पहिलो चरण पोखरामा छायाङ्कन सकिएको र काठमाडौँसँगै बाँकी काम छिट्टै सुरु गरिने निर्माता रोहित अधिकारीले जानकारी दिनुभयो । सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको सो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, संवृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारले अभिनय गरिरहनुभएको छ । यो चलचित्र २०८१ को जेठ ११ गते प्रदर्शन गर्ने समय तय गरिएको निर्माता अधिकारीले जानकारी दिनुभयो । रासस

आजबाट तीन नेपाली चलचित्र ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’ प्रदर्शनमा
काठमाडौँ । आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन भएको छ । फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ । ‘परदेशी २’, ‘बासेन्जी’ र ‘कौसीद’का लक्षित दर्शकसमेत फरक रहेको निर्माण पक्षको भनाइ छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’जस्ता सफल चलचित्रको निर्देशन गरिसक्नुभएका निर्देशक नारायण रायमाझीले निर्देशन गर्नुभएको तेस्रो चलचित्र हो– ‘परदेशी–२’ हो । अध्ययनका लागि विदेशिएका युवाको सङ्घर्ष र त्यसबाट सिर्जित पारिवारिक एवं सामाजिक संवेदनालाई आधार बनाएर तयार गरिएको चलचित्रले गाउँ र समाजकै कथा व्यक्त गर्ने उहाँले जानकारी दिनुभयो ।

निर्देशक रायमाझीले भन्नुभयो, “हामीले आफ्नै परिवेश र संस्कृतिलाई पर्दामा ल्याउनुपर्छ । आफ्ना कथा विश्वलाई देखाउनुपर्छ । मेरा चलचित्रले हाम्रै परिवेशको कथा व्यक्त गरिरहेका हुन्छन् ।”

राजेश वंशलले निर्माण गर्नुभएको उक्त चलचित्रमा प्रकाश सपूत, वर्षा सिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बाँस्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘कौसीद’ मा इमान्दार शिक्षकले भोगेका पीडा देखाइएको निर्देशक कुमार भाष्करले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले एउटा इमान्दार शिक्षकले के–कस्ता समस्याबाट आफूलाई अगाडि बढाउन बाध्य हुन्छ भन्ने देखाएको छु । मैले चलचित्रमा उठाएको विषय केही अगाडि सडकमा समेत देखियो ।”

चलचित्रमा अभिनेता भोलाराज सापकोटा, अभिनेत्री ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

आजैदेखि प्रदर्शनमा आएको तेस्रो चलचित्र ‘बासेन्जी’ अमेरिकी निर्देशक इयान स्कट क्लेमेन्टले निर्देशन गर्नुभएको हो । एक युवाको मनोविज्ञानमा आधारित चलचित्रमा अशिम निरौला, सरिता गिरी, राज शर्मा, मिथिला शर्मा, अङ्कित खड्का, प्रतीक दुलाल, निरु खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

चलचित्रमा पात्र चयन
काठमाडौँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनैले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार छनोटका लागि सुझाव दिने गर्छन् ।

नेपालमा चलचित्रका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन । पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन । यद्यपि ती बजारमार्फत निर्देशित छन् । अभिनेता सुनिल थापाको ‘राते काइँला’, राजेश हमालको ‘शङ्कर’, सौगात मल्लको ‘हाकु काले’, दयाहाङ राईको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छन् ।

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्ने क्रम बढिरहेको छ । चलचित्रको भाषामा उनीहरूलाई ‘कास्टिङ डिरेक्टर’ भनिन्छ ।

नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताए । “सुरुआती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार ‘डिमान्ड’ गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, उनले भने, “पछिल्लो दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’ मा भने भूमिका सुहाउँदो कलाकारको अडिसन लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ ।”

.निर्देशनको प्रारम्म्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उनले सबै काम आफैँ गर्दथे । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थालेका छन् । पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा निर्देशक राउतले दिएका थिए ।

केही चलचित्रमा पात्र छनोट वा भनौँ निर्देशन गरेका रङ्गकर्मी केदार श्रेष्ठले विशेषतः स–साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने बताए । उनले भने, “मुख्य पात्रका लागि कलाकार छनोट भएपछि सहायक र साना पात्र खोज्दै आउनेको सङ्ख्या बढी छ । उहाँहरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु तर केही पूर्णरूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिन समेत आउनुहुन्छ ।”

निर्देशक राउतले बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए । “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशनभन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकि सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भने, “व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् ।”

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ ।

गणतन्त्र दिवस: पर्दामा कम देखिन्छन् ऐतिहासिक कथा
काठमाडौँ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजका रूपमा समेत बुझ्ने गरिन्छ ।

अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्याउनुका साथै इतिहासका लागि दस्तावेजको कामसमेत गर्छ । तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन् । सीमित बनेका चलचित्रले दर्शकको साथ नपाएको यथार्थ छ ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँमा आधारित रहेर बनेको चलचित्र ‘नालापानी’ गत वर्ष प्रदर्शन भयो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले यो चलचित्रको सार्वजनिक प्रदर्शनको समयमा निर्माणका लागि नौ वर्ष खर्चिएको दाबी गर्नुभएको थियो ।

तर चलचित्रले न समीक्षा राम्रो पायो, न दर्शक नै । अर्थात् असफल भयो । “नेपालमा ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन । हाम्रो कथा देखाउन कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुँदैन”, निर्देशक अधिकारीले भन्नुभयो, “चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन । ठूलो लगानी चाहिने यस्ता चलचित्र एक्लो निर्माताको प्रयासले सम्भव हुँदैन ।”

उहाँ पुन: ऐतिहासिक विषय रहेको ‘कोत पर्व’ शीर्षकमा चलचित्र निर्माण गर्ने तयारीमा हुनुहुन्छ । नामले नै विषयवस्तु प्रस्ट्याउने चलचित्र निर्माण गरेर दर्शकसम्म ल्याउन उहाँलाई सहज छैन । किनकि यस्ता विषयमा निर्माण लागत र समयको चित्रण खर्चिलो हुन जान्छ ।

विसं २०५४ मा निर्देशक किशोर रानामगरले लिगलिगका मगर राजाले छिमेकी राजासँग गरेको लडाइँमा आधारित रहेर चलचित्र ‘सीमारेखा’ निर्माण गर्नुभएको थियो । यसले भने व्यावसायिक सफलता समेत पाएको थियो । त्यसयता भने लामो समय ऐतिहासिक कथालाई पर्दामा ल्याउने आँट नेपाली निर्माता तथा निर्देशकले गरेका थिएनन् । तर पछिल्लो समय यो क्रम बढेता पनि लगातार असफलता प्राप्त भइरहेको छ ।

‘नालापानी’ भन्दा अगाडि प्रदर्शन भएको तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गर्नुभएको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुर: द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ पनि सफल हुन सकेन ।

वितरक करण श्रेष्ठले व्यावसायिकरूपमै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिनुभयो । “कलात्मकरूपमा अब्बल रहँदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिकरूपमा तयार गर्नु नै चुनौती रहेको छ । ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार नदेखिनु द:ुखद् हो”, वितरक करण श्रेष्ठले भन्नुभयो ।

त्यसो त नेपालमा अहिले कथालाई दर्शकसम्म पुर्याउन कलाकारको साथ आवश्यक देखिने गरेको छ । स्थापित निर्देशक नै कलात्मक चलचित्रमा समेत परिचित अनुहार नै रोज्ने गर्दछन् । अर्थात् अभिनय क्षमतासँगै बजारको माग पनि कारण बन्ने गरेका छन् ।

परिचित अनुहारलाई अभिनय गराउँदा प्रचार–प्रसारमा सहयोग पुग्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभयो । “हामीलाई चाहिने पात्र सुहाउँदो कलाकार हो । यद्यपि कहिलेकाहीँ बजारले समेत हामीलाई निर्देशन गर्छ”, निर्देशक देउजाले भन्नुभयो । ऐतिहासिक घटनाक्रममा चलचित्र निर्माण कमी हुनुमा लगानीकर्ता र त्यसलाई प्रस्तुत गर्न चाहिने बजेट र चलचित्रको बजारलाई उहाँले कारक देख्नुभएको रहेछ ।

“भारतमा केही समयदेखि उनीहरूले आफ्ना घटनाक्रमलाई पर्दामा ल्याइरहेका छन् । ती चलचित्रमा पहिलेको तुलनामा दर्शक पनि बढेका छन् । तर त्यहाँ बजार र लगानीकर्ता दुवै छन् । हामीले सीमित स्रोत साधनमा काम गर्नुपर्छ”, निर्देशक देउजाले भन्नुभयो । उहाँले कृतिमा आधारित चलचित्र ‘मुना मदन’ र ‘झिङ्गेदाउँ’ निर्देशन गर्नुभएको छ ।

नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्ने क्रम विस्तारै बढे पनि त्यस्ता चलचित्रले व्यावसायिक सफलता नपाउँदा सोचेजस्तो सङ्ख्यामा बन्न सकेको छैन । साथै बितेको समयलाई पर्दामा देखाउन सहज नरहेको निर्देशक मिलन चाम्सले बताउनुभयो । गोर्खालीको वीरगाथालाई पर्दामा ल्याउन उहाँले केही समययता सङ्घर्ष गरिरहनुभएको छ ।

उहाँको निर्माण तथा निर्देशन ‘गोर्खा वारियर’ तयार भइरहेको छ । छायाङ्कन र प्रदर्शन दुवैमा उस्तै सङ्घर्ष गर्नुपरेको उहाँले बताउनुभयो । “छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिएँ, प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्राविधिको प्रयोग गरेको छु”, उहाँले भन्नुभयो ।

आफैँ पूर्वगोर्खा सैनिक रहेका निर्देशक चाम्सले १० वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयास गरिरहनुभएको रहेछ । तर आफैँ नयाँ भएकाले त्यो आँट गर्नुभएन । चलचित्रमा गोर्खालीले लडेको ‘मलाया युद्ध’लाई देखाइएको छ । गोर्खाली सैनिक जङ्गल युद्धमा अन्य भन्दा राम्रो मानिने भएकाले पनि यो कथा रोजेको उहाँले जानकारी दिनुभयो ।

“गोर्खालीसँग जङ्गल युद्धमा अरु सेनाले आट्ने काम नै गर्दैनन् । साथै जङ्गल युद्ध देखाउँदा हाम्रो बजेटले पनि साथ दिने भएकाले यहीँ कथा रोजेका हौँ”, निर्देशक चाम्सले भन्नुभयो ।

भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भएको अनुभव छ, निर्देशक चाम्ससँग । सम्बन्धित निकायबाट सङ्ग्रहालयमा भएका पुराना सामान नपाउँदा आजभन्दा ८० वर्ष अगाडिको समय देखाउन चुनौती नै थियो ।

“बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एक वर्ष लाग्यो”, निर्देशक चाम्सले भन्नुभयो । यसको छायाङ्कन १८ दिन मलेसिया र ५० दिन सिन्धुलीमा गरिएको छ । देशले गर्व गर्न सक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता निर्देशक चाम्सले बताउनुभयो । “व्यावसायिक चलचित्रमा लगानी गर्ने जति पनि पाइन्छ तर जोखिमयुक्त ऐतिहासिक विषयमा लगानी गर्ने लगानीकर्ता पाउन गाह्रो छ । त्यसैले यस विषयमा सम्बन्धित सङ्घसंस्थासँगै राज्यले समेत सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।

बेलायतको लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स प्रविधिजडित सिनेवल्र्डमा निर्देशक चाम्सले ‘गोर्खा वारियर’को प्रिमियर गर्दै हुनुहुन्छ । भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने प्रिमियरमार्फत विश्वभर नेपाली चलचित्र र वीरताको गाथा गुञ्जिने विश्वास उहाँको छ ।

“पूर्वसैनिक भएकाले पनि यो मेरो लागि चलचित्र मात्र होइन । यसको सफलताले हामीलाई आगामी दिनमा यस्तो चलचित्र निर्माण गर्न प्रेरित गर्नेछ । साथै नेपाली चलचित्र विश्वलाई देखाउने सपना छ”, निर्देशक चाम्सले भन्नुभयो ।

नेपालमा ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर निर्माण गरिने चलचित्रमा लागत समस्या बन्ने गरेको छ । कम लागतमा महत्वपूर्ण विषयलाई पर्दामा महसुस गर्न नसक्दा दर्शकको उपस्थिति चलचित्र भवनमा कम देखिन्छ । यस्ता चलचित्रको आगामी बाटो तय गर्ने सङ्केत ‘गोर्खा वारियर’को सफलता वा असफलताले दिनेछ ।रासस

नेपाली चलचित्रले जगाएको आशा
काठमाडौँ ।  नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ ।

विशेषत डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन् थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा रिलमार्फत चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । अहिले नेपाल मात्र नभइ विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास लिने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।

सेल्युलाइडको युग

निर्माताले चलचित्रको चारदेखि पाँच रिल तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । रिलको सङ्ख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सिमित रिलबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो । “त्यस समयमा काम अनुभवका आधारमा गरिन्थ्यो । छायाङ्कन गरिएका दृश्यसमेत निर्देशकले हेर्न पाउथेनन् । छायाँकारकै आँखाबाट चलचित्र हेर्नुपथ्र्यो”, चलचित्र निर्देशक सुनिल पाण्डेले भन्नुभयो । उहाँले षड्यन्त्र, ‘ए’ पण्डित बाजे, हलचललगायत चलचित्र निर्देशन गर्नुभएको छ ।

अधिकांश चलचित्र उहाँले डिजिटल प्रविधिभन्दा अगाडि नै तयार गर्नुभएको हो । उहाँका अनुसार सेल्युलाइडको युग नेपाली चलचित्रका लागि सिक्ने युगका रुपमा राम्रो थियो । “हामीले निर्माण गरेका चलचित्र असफल हुँदा पनि लगानी सुरक्षित हुन्थ्यो । दर्शक चलचित्र भवनमा आउनुको कारण नै मनोरञ्जन थियो”, निर्देशक पाण्डेले भन्नुभयो ।

निर्देशक ज्ञानेन्द्र देउजाले त्यस समयमा दर्शकका लागि अन्य विकल्प नभएकाले चलचित्र हेर्न हलसम्म जानेको भीड देखिएको बताउनुभयो । “अहिले जस्तो ओटिटी थिएनन् । दर्शकसँग यो वा त्यो भन्ने रोज्नका लागि विकल्प पनि थिएन् । दर्शक चलचित्र हेर्न चलचित्र भवनसम्म आउनुहुन्थ्यो । जति आम्दानी भए पनि लगानी भने सुरक्षित हुन्थ्यो”, उहाँले भन्नुभयो ।

रक्षक चलचित्रमार्फत निर्देशनको सुरुआत गर्नुभएका निर्देशक देउजाले गोर्खाली, दाग्बती, शहीदगेट, मुनामदन, कुरुक्षेत्र, बरमालालगायत चलचित्र निर्देशन गर्नुभएको छ । उहाँका अनुसार पहिले प्रायस् सबै चलचित्रका विषयवस्तु उस्तै हुन्थे । “चलचित्रको भाषमा  भन्दा ‘क्लिसे’ दृश्य बढी हुन्थ्ये”, निर्देशक देउजाले भन्नुभयो । उहाँले प्रेम कथा, जमिन्दारीका विषयमा अधिकांश चलचित्र बनेका बताउनुभयो । अन्य विधा वा विषयवस्तुलाई पर्दामा ल्याउँदा जाँचपास रोकिने डर हुने भएकाले पनि प्रायस् उस्तै विषयवस्तु समेटेर चलचित्र बन्ने गरेका उहाँको भनाइ थियो ।

निर्देशक देउजाका अनुसार पचासको दशकमा चलचित्र हेर्ने प्रचलन बढी थियो । “पचासको दशकमा फलानो कलाकार वा फलानो निर्देशक भन्ने थिएन दर्शक कथावस्तु हेर्न र मनोरञ्जन गर्न चलचित्र हेर्ने आउथे । उक्त समयमा प्रदर्शन भएका चलचित्रले एकाउन्न, पचहत्तर र सय दिन मनाउने गर्थे”, उहाँले भन्नुभयो ।

पचासको दशकमा चलचित्रले एकाउन्न, पचहत्तर र सय दिनसम्म मनाउने गरेको चलचित्रमा निर्माता एवम् निर्देशक अशोक शर्माले बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्ति निर्माता, निर्देशक, कलाकार, वितरक बन्ने अवस्था थियो ।

निर्माता शर्माले निर्माण गर्नुभएको ‘ट्रक ड्राइभर’ विसं २०५० चैतमा प्रदर्शन भइरहेको थियो । “म कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगेको थिए । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सय भन्दा बढी दर्शक थिए । गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे”, निर्माता शर्माले स्मरण गर्नुभयो ।  बेहोस् भएर हल बाहिर ल्याइएका दर्शक होसमा आउनासाथ पुनस् चलचित्र हेर्न भित्र पस्ने उहाँले अनुभव सुनाउनुभयो । “दर्शक टिकट काटेर हलमा पुगेपछि चलचित्र नसकिदासम्म घर जादैनथे”, उहाँले भन्नुभयो, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो । हामी ५१औँ दिन भन्दाबढी भएपछि दर्शकसँग भेटघाट गर्थयौँं ।”

डिजिटल प्रविधि

अहिले चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन गर्नुभएको ‘सानो संसार’ बाट भएको हो ।

सन् २००७ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश गर्‍यो । “पहिले मोफसलमा प्रदर्शन भएर पुरानो भइसकेका रिल काठमाडौँमा प्रदर्शन गरिन्थ्यो । रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत बिग्रिएको अवस्थामा काठमाडौँ भित्रिने हुँदा सहरिया दर्शकलाई आकर्षण गर्न सकेको थिएन्”, वितरक करण श्रेष्ठले भन्नुभयो । डिजिटल प्रविधिसँगै एकसाथ देशभरका हलमा चलचित्र प्रदर्शन हुन् थालेपछि निर्माता तथा निर्देशकमा उत्साह थपिएको उहाँको भनाइ थियो ।

“त्यो समयमा पाइरेसीको समस्या पनि देखिने गथ्र्यो । तर एकसाथ प्रदर्शन हुन् थालेपछि त्यो हरायो । एउटै चलचित्रको प्रदर्शनलाई निर्माताले धेरै समय दिनु परेन”, वितरक श्रेष्ठले भन्नुभयो, “काठमाडौँमा प्रदर्शनको लागि पालो पर्खिनुपथ्र्यो । लामो समय पर्खिएर पालो पाइने भएकाले पनि कतिपय चलचित्रका विषयवस्तु समयानुकूल थिएनन् ।”

नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाल चलचित्र क्षेत्रमा डिजिटल प्रविधिले फड्को मारेको नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताउनुभयो । “प्रविधिकै सहजताले नयाँ विचार र सोच भएका निर्देशकको आगमन भयो । लूट, छक्का पञ्जा, कबड्डीलगायत चलचित्र डिजिटल प्रविधिको विकासले मात्रै सम्भव भएको हो । डिजिटल प्रविधि र यसका सकारात्मक पक्षका कारण लगानीकर्ता भेटिएका हुन्”, उहाँले भन्नुभयो । अध्यक्ष पराजुलीका अनुसार चलचित्र प्रदर्शनमा एचडी हुँदै फोरकेसम्मको प्रविधि, ध्वनीमा आधुनिक प्रविधि र रङ्ग संयोजनजस्ता गतिविधीले नेपाली चलचित्रलाई विदेशीस्तरका चलचित्र बराबर बनाएको छ ।

नयाँ र आधुनिक प्रविधिको प्रयोगका कारण प्रदर्शन लागत घट्नुका साथै समयको बचत हुने भएकाले चलचित्र निर्माताको सङ्ख्या बढेको नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो । प्रदर्शकसँगै निर्माण र वितरणसमेत रहनुभएका महर्जनले प्रविधिको रुपान्तरणले चलायमान बनाउन मद्दत गरेको बताउनुभयो । “गणतन्त्र नेपाल भएपछि चलचित्रमा द्वन्द्वको विषयले पनि स्थान पाएका छन् । निर्माताका साथै चलचित्रको  सङ्ख्या पनि पहिलेको तुलनामा बढेको छ । प्रविधिले चलचित्र निर्माणदेखि प्रदर्शनसम्म सहजता थपेको छ”, उहाँले भन्नुभयो ।

एकै किसिमका चलचित्र हेरिरहेका दर्शकलाई फरक विषय र शैलीका चलचित्रले हलसम्म ल्याउन सफल भएको महासचिव महर्जनको भनाइ थियो । निर्माणसँगै चलचित्र भवनमा देखिएको सेवा सुविधा र आधुनिकता पनि त्यसको कारण बनेको उहाँको बुझाइ छ । “मल्टिप्लेक्सको लहरले सेवा सुविधा थपियो । विश्वभर झैँ नेपालमा पनि सोही मितिमा चलचित्र प्रदर्शन हुन् थाले । यसले आकर्षण बढायो”, उहाँले भन्नुभयो ।

चलचित्रको निर्माण

प्रविधिको विकाससँगै पछिल्लो समय चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाएका छन् । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको निर्देशक खिन्से नोर्बुले बताउनुभयो । “निर्माण गरिने पात्र र विषय समाजको वरिपरि हुन्छन । चलचित्रमा ‘हिरो’ भनिने पात्र आम दर्शक कै वरिपरि रहने भएकाले अहिले नेपाली चलचित्र उद्योगले पनि हलिउड जस्ता ठूला उद्योगले जस्तै विषयवस्तु प्रस्तुत गर्न सकेका छन्”, उहाँले भन्नुभयो । चलचित्र भन्ने वित्तिकै हामीले झट्ट सोच्ने व्यक्तिका कारणले निर्माता, निर्देशकलाई अभ्यस्त बनाएको निर्देशक नोर्बुको भनाइ थियो । एउटा हिरो, हिरोइन, भिलने, गीत र द्वन्द्व सोच्ने शैली विकसित गर्नुमा हलिउड र बलिउड कारक भएको उहाँले बताउनुभयो ।

“पचासको दशकमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन् । गीत, द्वन्द्व र काल्पनीक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो”, निर्देशक पाण्डेले भन्नुभयो । उहाँका अनुसार नेपाली चलचित्रको बजार अहिले बढेको छ । ‘कबड्डी ४ स् द फाइनल म्याच’ ले घरेलु बजारमा रू तेइस करोडको व्यापार गरेको निर्देशक पाण्डेले जानकारी दिनुभयो । छक्कापञ्जा शृङ्खला, जात्रा शृङ्खलाको बजार पनि उस्तै रहेको उहाँको भनाइ थियो ।

मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताउनुभयो । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ । राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भरपर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । चलचित्र राम्रो बनाउन सके व्यावसायिक रूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

आधुनिक चलचित्र भवन

आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि अहिले चलचित्र हेराइको शैली पनि फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भिडभाडका बीच चलचित्र हेर्ने शैली बद्लिएर अहिले दर्शकको रोजाइमा सुविधा सम्पन्न चलचित्र भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा समेत आधुनिकता देखिएको छ । सहरमात्र नभइ गाउँमासमेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा छन् ।

प्रदर्शकको छाता सङ्गठन चलचित्र सङ्घका महासचिव महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताउनुभयो । “अहिले सानो क्षमताको भए पनि आधुनिक प्रविधि र सुविधा भएका चलचित्र भवन गाउँमासमेत खोज्न थलिएको छ । त्यहीँ कारण पुराना बन्द वा नयाँ शैलीमा सुरु भएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार दसैँ अगाडि नै काठमाडौँ र मोफसलमा केही चलचित्र भवन थपिँदै छन् ।

चलचित्र प्रदर्शन ‘थ्री डी’सम्मको प्रविधि प्रयोग गरेर गरिन्छ । विश्वभर पछिल्लो समय लोकप्रिय भइरहेको ‘आईम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको महासचिव महर्जनले बताउनुभयो । “आर्थिक लगायत कम र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ । अहिले भइरहेको आधुनिक प्रविधिलाई प्रत्येक सहरमा पुर्‍याउने तर्फ हामी केन्द्रीत छौँ”, उहाँले भन्नुभयो ।

नेपालमा ‘ओटिटी’

कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी ९ओभर द टप० प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढेका छन् । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भएका छन् । विदेशी ‘एप’मा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरले दर्शक पाएनन् ।

नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी डलरकार्ड उपलब्ध गराए पनि विदेशी एपमा दर्शक बढ्दै गएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको ‘एप सिनेमा घर’ले सदस्यता (सब्सक्रिप्सन)को सुविधा हटाएर चलचित्र अनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ । अब भने आफ्नै सामाग्री (कन्टेन्ट) ल्याउने तयारीमा छौँ ।”

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिरहनुभएका ओमप्रकाश अग्रवालले पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताउनुभयो । “पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ”, उहाँले भन्नुभयो । पछिल्लो समय नेपालमा युट्युबको लोकप्रियता पनि बढेको छ । अग्रवालले सञ्चालन गरिरहनुभएको ओएसआर डिजिटलमा चलचित्र धेरै छन् । निस्शुल्क नभइ शस्शुल्क चलचित्र हेर्ने शैलीको विकास गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । “नेपाली चलचित्र निर्माणमा देखिएका भिन्नता, पछिल्लो समय प्रस्तुत गरिने विषयवस्तुलगायत नयाँ प्रविधिकाबारेमा हामीले युट्युबमार्फत प्रचार गर्न सफल भयौँ । निस्शुल्क दर्शक बढे । भ्यूज पनि पाइयो”, अग्रवालले भन्नुभयो । यसलाई नै अन्तिम मान्न नहुने भन्दै विश्वबजारमा जस्तै हामी पनि ओटिटी प्रविधिमा बलियो बन्नुपर्नेमा उहाँलेजोड दिनुभयो ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् ।

दर्शकले व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले बताउनुभयो । व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका भन्दा महँगो पर्ने उहाँले जानकारी दिनुभयो ।

“बुक गरेर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन”, उहाँले भन्नुभयो । ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएपछि अन्यलाई पनि हौसला मिलेको निर्देशक सुवेदीले बताउनुभयो ।

नेपाली चलचित्र अहिले अन्य भाषामा स्वराङ्कन भएर समेत विदेशमा प्रदर्शन हुन् थालेका छन् । स्वदेशी र विदेशी बजारको मूल्याङ्कन गर्ने हो भने चालिस करोडसम्मको कारोबार नेपाली चलचित्रले गरिसकेका छन् । बेलाबखतमा चलचित्रकर्मीले उठाउने ‘चलचित्र ऐन र कार्यविधि’को विषयले पूर्णता पाए नेपाली चलचित्रको लागि अबको समय ‘स्वर्णीम’ हुने चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिको भनाइ छ । रासस

आजदेखि चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शनमा
काठमाडौँ । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।

निर्देशक रामराघव आचार्यले निर्देशन गर्नुभएको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ । “यसलाई हामीले नेपाली दर्शक सुहाउँदो शैलीमा तयार गरेका छौँ । प्रेमकथासँगै सामाजिक कथालाई समेटेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो । यो उहाँको पहिलो चलचित्र हो । उहाँले भारतमा अभिनय र निर्देशनको प्रशिक्षण लिनुभएको थियो । चलचित्रलाई टायम कट्टेल र बीना कार्कीले निर्माण गर्नुभएको छ । निर्माता कट्टेलले चलचित्रले समाजको यथार्थलाई प्रस्तुत गरेको बताउनुभयो ।

चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

विश्वभर अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्ट्याच’ बाट प्रदर्शन भएको चलचित्र ‘डाकिनी’ आजैबाट प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी ९डाकिनी०का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । चलचित्रले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँने छ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु ९जोङ्सार खिन्से रिम्पोछे० निर्देशक रहनुभएको चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय रहेको छ । चलचित्र सीमित हलमा मात्र प्रदर्शन भइरहेको छ ।

“विश्वविख्यात प्राविधिकको सहभागितामा निर्माण भएको चलचित्रलाई नेपाली दर्शकसम्म पुर्याउने उद्देश्यले सीमित समयका लागि मात्रै प्रदर्शन गर्नेछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ”, निर्माता बानियाँले भन्नुभयो । विश्वभर महोत्सवमा देखाइएको र रुचाइएको नेपाली कथा नेपाली दर्शकलाई कस्तो लाग्छ भन्ने जान्नका लागि सीमित समयका लागि मात्रै प्रदर्शन गरिएको उहाँको भनाइ थियो । ‘कला सप्ताह’को रूपमा चलचित्र प्रदर्शन, मास्टरक्लास, नाटक मञ्चनलगायत गतिविधि समेत गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र
काठमाडौँ ।  नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् ।

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ । मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्‍याइरहेको छ ।

‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रैजात्रा’ र ‘महापुरूष’ निर्देशन गर्नुभएका निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा निर्मातालाई चलचित्र बनाउन आँट आउने बताउनुभयो । “स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा पनि विदेशमा बिक्री हुने प्रदर्शन अधिकारबापत प्राप्त हुने रकमले धेरै निर्मातालाई सहज बनाएको छ”, उहाँले भन्नुभयो, “मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।”

उहाँको निर्देशनमा तयार हुने ‘जात्रा’ को तेस्रो शृङ्खलासमेत विदेशमा बिक्री भइसकेको छ । यो चलचित्र बन्ने आधिकारिक घोषणा नभए तापनि पछिल्लो चलचित्रको व्यापारको आधारमा बिक्री भइरहेका हो । विशेषतस्विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवार नै साथै आउने गरेका छन् ।

हुन त समीक्षक नेपाली चलचित्रको कथावस्तु, छायाङ्कन, प्राविधिक पक्ष कमजोर हुँदा विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न समस्या भएको दाबी गर्छन् । मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायतको देश ठूलो बजार बनिरहेको छ । ती देशमा छक्का पञ्जा, जात्रा, कबड्डी शृङ्खला निर्माण अगाडि नै बिक्री हुने गरेका छन् । यी शृङ्खलाका पछिल्लो चलचित्रले स्थानीय वितरकलाई समेत मनग्य मुनाफा दिएको थियो । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी झैँ हलमै हुने गरेको छ ।

पछिल्लो समय बजार विस्तार मात्र भएको छैन कि प्रदर्शन गर्ने शैली पनि परिवर्तन भएको छ । संयुक्तराज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताउनुभयो । “समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी झैँ नेपाली चलचित्र प्रदर्शन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँ सपरिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् ।”

उहाँले अमेरिकासँगै क्यानडा, बेलायतमा समेत चलचित्र भवनमै प्रदर्शन गर्नुहुन्छ । रेस्टुरेन्ट, सामुदायिक भवनसँगै व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको छ । प्रदर्शक तथा वितरक सुवेदीका अनुसार व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका चलचित्रभन्दा महँगो पर्न जान्छ । “बुक गरेर प्रदर्शन गर्दा ३० डलरसम्म पर्ने गरेको हुन्छ । त्यसबाहेक सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । तर बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन । साथै आफूलाई पायक पर्ने समयमा दर्शकले समेत हेर्न पाउछन्”, प्रदर्शक सुवेदीले भन्नुभयो । उहाँले ‘प्रेम गीत ३’, ‘महापुरूष’, ‘जारी’ लगायतका चलचित्र नियमितरूपमै प्रदर्शन गर्नुभयो ।

अष्ट्रेलियामा सोही शैलीमा चलचित्र ‘प्रसाद २’ प्रदर्शन भइरहेको छ । स्थानीय प्रदर्शक नमस्ते इन्टरनेटमेन्टका देव कार्कीले विस्तारै यहिँ क्रम बढ्ने बताउनुभयो । “हामीले चलचित्र भवनलाई सहज बनाइदिएका हौँ । चलचित्र आफैँ ल्याएर सम्पूर्ण जिम्मेवारी लिएर प्रदर्शन गर्दा चलचित्र भवनको दायित्व नै देखिएन् । अहिले परिवर्तन भइरहेको छ”, प्रदर्शक कार्कीले भन्नुभयो, “विदेशमा मौलिकता बोकेको र प्रतिष्ठित समूहले निर्माण गरेका नेपाली चलचित्रको बजार निकै राम्रो छ । नामकै आधारमा समेत प्रदर्शन अधिकार खरिद हुने गरेको छ”, प्रदर्शक कार्कीले भन्नुभए झैँ केही चलचित्रको विश्व प्रदर्शन अधिकार निर्माणपूर्व नै खरिद गर्न विदेशमा रहेका प्रदर्शक अधैर्य रहेका छन् ।

‘कबड्डी’ शृङ्खलामार्फत स्थापित निर्देशक बन्नुभएका निर्माता तथा निर्देशक रामबाबु गुरुङले आउँदो दुई चलचित्र ‘कबड्डी ५’ र ‘म हुँ डिग्री माइला’ विदेश प्रदर्शन अधिकार लगभग विक्री भइसकेको जानकारी दिनुभयो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४ स् द फाइनल म्याच’ को व्यापारले गर्दा आफ्ना आगामी दुई चलचित्र नबन्दै बिक्री भएको उहाँको बुझाइ छ ।

निर्देशक गुरुङले भन्नुभयो, “कबड्डीदेखि हाम्रो समूहमार्फत तयार भएको चलचित्रको विदेशी बजार बढिरहेको छ । अहिले चलचित्र निर्माण गर्न हामीलाई विषयवस्तुमा मात्र चुनौती हो । लगानीका हिसाबले हामी ढुक्क हुने अवस्था अन्तर्राष्ट्रिय बजारबाट नै छ ।”

अष्ट्रेलियामा नेपाली चलचित्रको बजारलाई नजिकबाट बुझ्नुभएका रङ्ग पत्रकार राजन घिमिरेले सीमित चलचित्रकर्मीको चलचित्र निर्माणअगावै बिक्री हुने गरेको जानकारी दिनुभयो । “अहिले विदेशी बजारमा खोजिएको जस्तो चलचित्र बनाउनसके बजार विस्तारसँगै मुनाफा पनि आर्जन गर्न सकिन्छ”, पत्रकार घिमिरेले भन्नुभयो ।

निर्माणकै क्रममा ‘पशुपति प्रसाद २ स् भष्मे डन’, ‘दिमाग खराब’,‘नाङ्गो गाउँ’ को विदेश प्रदर्शन अधिकार बिक्री भइरहेको छ । अहिले बढिरहेको बजारलाई दीर्घकालीनरूपमा व्यवस्थित बनाउनुपर्ने निर्देशक दीपेन्द्र लामाले बताउनुभयो । “विदेशमा रहेका चलचित्र प्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ चलचित्रकर्मीलाई नै हुनेछ”, उहाँले भन्नुभयो ।

निर्मातासँगै कलाकारसमेत रहनुभएका रवीन्द्रसिंह बानियाँलाई व्यक्तिगतरूपमा रेस्टुरेन्ट, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभवसमेत छ । उहाँ निर्मित ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । त्यो समयमा विदेश प्रदर्शनभन्दा पनि भिसिडी अधिकारी बिक्री गर्ने प्रचलन थियो ।

खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम उत्तिकै हुन्थ्यो । तर अहिले विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा दिलाउन सफल भएको निर्माता बानियाँले बताउनुभयोे । “नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन हामी चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्छ । अहिले हाम्रो उद्देश्य मुनाफाभन्दा पनि राम्रोसँग प्रदर्शन गर्ने हुनुपर्छ । बढिरहेको बजारले हामीलाई ठूलो फाइदा दिने छ”, निर्माता बानियाँले भन्नुभयो ।

यो वर्ष पनि नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय बजारमा राम्रो देखिनेछ । किनकी दसैँ तिहारसम्म प्रदर्शन घोषणा भएका प्रतिष्ठित समूहका चलचित्रको प्रदर्शन अन्तर्राष्ट्रिय बजारमा समेत नेपालसँगै हुँदैछ । बजार विस्तारमा चलचित्र विकास बोर्डले पनि अध्ययन गरिरहेको सदस्य रवि अधिकारीले जानकारी दिनुभयो । बोर्डअन्तर्गत रहेको ‘चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति’ का संयोजकसमेत रहनुभएका अधिकारीले कार्ययोजनाअनुरूप कामलाई अगाडि बढाउने बताउनुभयो ।

“निजीस्तरबाट भएका पहल प्रशंसनीय छ । त्यसमा सरकारको उपस्थिति महसुस हुनेगरी काम गर्नेछौँ । हामी सहयोग गर्न सदैव तत्पर छौँ”, सदस्य अधिकारीले भन्नुभयो । उहाँले आफू संयोजक रहेको समितिले बैठक गरेर अपनाउनुपर्ने कार्यदिशाको छलफल गरिरहेकोसमेत जानकारी दिनभयो । प्रविधिले दिएको सहजतासँगै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा देखिएको सम्भावनाले आगामी दिन सुनौलो रहेको सङ्केत गर्दछ । रासस

जेठमा पाँच नेपाली चलचित्र प्रदर्शन हुने
काठमाडौँ । वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ । जेठ ५ गते ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन हुँदैछ भने जेठ १२ गते ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शन गरिने घोषणा गरिएको छ भने २६ गते ‘नीरफुल’ प्रदर्शन गरिने घोषणा गरिएको छ ।

निर्देशक रामराघव आचार्यले आफूहरूले प्रदर्शनको मिति घोषणा गर्दा अन्य कुनै चलचित्र नरहेको जानकारी दिनुभयो । “हामी खाली मितिमा प्रदर्शन हुन् आएका हौँ । हाम्रो चलचित्र अन्य बनिरहेका भन्दा फरक छ”, उहाँले भन्नुभयो । प्रेमकथानक चलचित्रमा सुशील पोखरेल, स्व जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा वीना कार्की र सन्तोषकुमार राईले सो चलचित्र निर्माण गर्नुभएको हो ।

अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ पनि सोही मितिमा प्रदर्शनका लागि तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का गतिविधि सुनिने दन्त्यकथामै आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । यस चलचित्रले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको उक्त चलचित्रमा साठी प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको चलचित्र छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतले अभिनय गर्नुभएको छ ।

नेपाल प्रदर्शनको तयारी गरिरहनुभएका निर्माता रवीन्द्र सिंह बानियाँले नेपालमा सिमित चलचित्रभवनमा मात्र प्रदर्शन गरिने जानकारी दिनुभयो । “गुरु आउनुभएको समय पारेर काठमाडौँमा मात्र प्रदर्शन गर्दैछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ । यसले अन्य चलचित्रलाई फरक पार्छ भन्ने लाग्दैन”, उहाँले भन्नुभयो ।

जेठ १२ मा प्रदर्शन हुने चलचित्र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ सामाजिक विषयमा निर्माण भएको बताइएको छ । शम्भु थापाको निर्देशन रहेको उक्त चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

सोही मितिमा प्रदर्शन हुने भनिएको चलचित्र ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित छ । देव थापाको निर्देशन रहेको उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफुल’को प्रदर्शन मिति जेठ २६ गतेलाई तय गरिएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रलाई फूलमान वलले निर्देशन गर्नुभएको हो ।

“नीरफुलले भत्किएका मन र सम्बन्धको पुनर्निमाणको कथा भन्छ”, निर्देशक वलले भन्नुभयो । रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय रहेको छ ।

दुई सातामा चलचित्रको भीड देखिए तापनि अन्य साता भने खालीझैँ छन् । यसको कारण चलचित्र कम हुनु र विदेशी चलचित्रको प्रदर्शनका लागि सयम तोकिएकाले यस्तो भएको हुन सक्ने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।

“ठूला विदेशी चलचित्रले गर्दा पनि जेठको तेस्रो र चौथो साता अन्य चलचित्रले प्रदर्शन घोषणा गरेका थिएनन् । अहिलेसम्म पनि अन्य चलचित्रबारे जानकारी छैन । बाँकी हप्ता खाली देखिनुमा निर्माण नै कम हुनु पनि हो”, वितरक श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार जेठ २६ पछि असार १५ मा ‘परस्त्री’ प्रदर्शन हुने घोषणा भएको छ । रासस

वर्ष २०७९: अपेक्षा गरेका चलचित्र कति सफल ?
काठमाडौँ । लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे । यद्यपि केही चलचित्रको हकमा भने टिकट बिक्री शून्य जस्तै भयो ।

गत वर्ष कुनै सिनेमाका लागि पाँच वटा मात्रै टिकट बिक्री भए भने राम्रो कमाएको भनिएको चलचित्रको हकमा साढे सात लाखभन्दा बढी टिकट बिक्री भए । वर्षको सुरुआत भने सुखद् रह्यो । वर्षको पहिलो दिन प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ले सिनेमा घरसम्म दर्शक तानेपछि अन्य चलचित्रकर्मीमा उत्साह भरियो र निर्माण सम्पन्न भइ तयारी अवस्थामा रहेका चलचित्र धमाधम प्रदर्शनमा आउन थाले ।

वर्ष २०७९ मा प्रदर्शनमा आएका केही चलचित्रले सीमक्षक र दर्शक दुबैबाट राम्रो प्रतिक्रिया पाए । केहीले एकबाट मात्रै राम्रो प्रतिक्रिया पाए भने केही चलचित्र कतै पनि चलेनन् । ती चलचित्र बन्न त बने तर दर्शकले नै थाहा पाएनन् । केही चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यापारमा असफल भए भने व्यापार राम्रो गरेका केही चलचित्रले प्रतिक्रिया राम्रो पाएनन् ।

यसैमध्येको एक चलचित्र हो, ‘षडकोण’ । गत वैशाखमा रिलिज भएको यो चलचित्रबाट राम्रो व्यापार गर्न अपेक्षा गरिए पनि त्यसो हुन सकेन । कर्मा, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको यस चलचित्रले जम्मा पाँच सय ४८ टिकट बिक्री गर्न सक्यो ।

वैशाखमै प्रदर्शन भएको चलचित्र ‘लक्का जवान’ पनि असफल भयो । हास्य कलाकार एकबद्ध भई बनाएको यो चलचित्रको नौ हजार ८ सय ७५ टिकट बिक्री जम्मा रु २६ लाख १५ हजार एक सय ७६ ग्रस आम्दानी गर्‍यो । किरण केसी निर्माता रहनुभएको चलचित्रमार्फत शिवहरि पौडेल निर्देशक बन्नुभयो । हास्य कलाकारको समूह बन्ने र सफल हुने सिलसिलामा यसले भने सफलता पाएन ।

प्रदर्शन अगाडि चर्चामा रहेको चलचित्र हो, ‘चिसो मान्छे’ । तर चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल लगायतको अभिनय छ । विदेशबाट आएको श्रीमान्को शव बुझेर काठमाडौँबाट बाजुरासम्म यात्रा गर्ने कथा देखाइएको चलचित्रलाई दीपेन्द्र कुमार खनालले निर्देशन गर्नुभएको छ । कलाकार र निर्माण समूहको कारण चर्चामा रहेको चलचित्रले समीक्षकमार्फत मिश्रित प्रतिक्रिया पाएको थियो । तर अपेक्षितरुपमा दर्शक तान्न भने सकेन । चलचित्र हेर्नका लागि ३२ हजार ८७ टिकट बिक्री भएबापत रु ९६ लाख १७ हजार तीन सय १० मात्रै आम्दानी भयो ।

अभिनेता खगेन्द्र लामिछाने निर्देशक रहेको चलचित्र ‘पानीफोटो’उठान गरिएको विषयवस्तुका कारण प्रदर्शन अघि चर्चामा थियो । टलकजङ्ग भर्सेस टुल्के, पशुपतिप्रसाद जस्ता चलचित्रका अभिनेता लामिछानेले निर्देशक बनेर माओवादी द्वन्द्वको समयमा बेपत्ता भएको छोराको पर्खाइँमा बसेको बा–आमाको कथालाई पर्दामा ल्याउनु भएको छ ।

गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण गरिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना जस्ता रङ्गमञ्चमा माझिएका कलाकार हुनुहुन्छ । यद्यपि यसको व्यापार न्यून भयो । चलचित्रको आठ हजार तीन सय ३१ टिकट बिक्री भएबापत रु २४ लाख ८२ हजार छ सय १२ को व्यापार भयो ।

अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ले पनि व्यावसायिक रुपमा सफलता पाएन । चलचित्रले ५७ हजार ३९ टिकट बिक्री भएबापत रु एक करोड ५७ लाख आठ हजार ६ सय ८८ को व्यापार गर्‍यो ।

दिनेश राउतले निर्देशन गर्नुभएको चलचित्र ‘ऐना झ्यालको पुतली’लाई समीक्षकले राम्रो समीक्षा दिए । नेपालबाट अस्कर अवार्डका लागि यसलाई पठाइयो । सुजित विडारीको निर्देशन रहेको चलचित्र विश्वका कयौँ चलचित्र महोत्सवमा सहभागी र पुरस्कृतसमेत भयो । यद्यपि यसको व्यापार घरेलु बजारमा राम्रो भएन । चलचित्रको २० हजार छ सय २९ वटा टिकट बिक्रीबाट रु ६३ लाख १६ हजार एक सय ५ को ग्रस कलेन्सन गर्‍यो ।

हास्य विधाका चलचित्र दर्शकको प्राथमिकता परिरहँदा ‘छक्का पञ्जा’ समूहबाट अलग भएर अभिनेता जीतु नेपालले अभिनय गर्नुभएको चलचित्र ‘ह्यारी कि प्यारी’ ले पनि राम्रो आम्दानी गर्न सकेन । साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल लगायतका कलाकारले अभिनय गर्नुभएको चलचित्रको २७ हजार ८१ टिकट मात्र बिक्री भएवापत रु ७४ लाख १६ हजार दुई सय ६९ मात्रै आम्दानी भयो ।

नेपालमा सर्वाधिक महँगो अभिनेता भनेर चिनिने अनमोल केसी गएको वर्ष असफल हुनुभयो । उहाँ अभिनित ‘ए मेरो हजुर ४’ बक्सअफिसमा केही बलियो देखिए तापनि समीक्षकले मन पराएनन् । अभिनेता केसीको अभिनयको चर्चा भएन । साथै केसी अभिनित चलचित्र ‘२.० छड्के’ भने दुवै पक्षमा असफल भयो । यसको बक्सअफिस व्यापार न्यून रह्यो । केसीका लागि यो विर्सनलायक चलचित्र बन्यो । चलचित्रको नौ हजार ५ सय ९९ टिकट बिक्री भएबापत रु सत्ताइस लाख ६६ हजार छ सय ३३ व्यापार गरेको छ ।

समग्रमा यसवर्ष शृङ्ख लाका रुपमा आएका चलचित्रले भने राम्रो व्यापार गरेका छन् । रासस

एकसाथ तीन चलचित्र प्रदर्शनमा
काठमाडौँ । नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरेको छ ।

नयाँ वर्षमा नेपाली चलचित्रको व्यापार हुने समय बुझिन्छ । यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन् । तर एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने चर्चा पनि चलेको छ ।

अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शनमा आएका छन् । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गर्नुभएको छ ।

अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गर्नुभएको छ । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । “निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यही रूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि”, अभिनेता राईले भन्नुभयो ।

जारी प्रथालाई कथा बनाइएको चलचित्र हो, ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गर्नुभएको हो । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले अभिनय गर्नुभएको छ ।

वर्ष २०७९: चलचित्रको कमाइ रु पाँच सय २० मात्र
काठमाडौँ । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् ।

यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन् । तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन । बोर्डको विवरणअनुसार ‘सिवानी’ चलचित्रको पाँच टिकट मात्र बिक्री भएको छ । सो वापत चलचित्रको कमाइ रु पाँच सय २० भएको छ । ‘रण’ नामक चलचित्रको ४२ वटा टिकट बिक्री हुुँदा रु तीन हजार पाँच सय ९६ ग्रस कमाइ भएको छ । चलचित्र ‘नरसिम्हा’ को ४९ टिकट बिक्री भएवापत रु चार हजार आठ सय ३२, ‘चोर र पुलिस’ चलचित्रको एक सय चार टिकट बिक्रीबाट रु १८ हजार सात सय २५ कमाइ भएको छ ।

त्यसैगरी ‘सरी मम’ चलचित्रको एक सय १२ टिकट बिक्री हुँदा रु २३ हजार सात सय ५२, ‘आँधी तुफान’ चलचित्रको एक सय ४५ टिकट बिक्री भएवापत रु २८ हजार चार सय ३९, ‘स्वार्ड आर्ट अनलाइन’ चलचित्रको तीन सय छ टिकट बिक्री भएवापत रु एक लाख ३० हजार ३० को ग्रस कलेक्सन भएको छ ।

उल्लिखित चलचित्रमा नेपालीसँगै भोजपुरी र विदेशी चलचित्रसमेत छन् । यो वर्ष केही आश गरिएका चलचित्रले दर्शकसँगै बक्स अफिसमा निराश अङ्क ल्याएको छ । बेलायतमा तयार गरिएको चलचित्र ‘गोर्खा : बीनिथ द ब्रेभरी’ को तीन सय ९० टिकट मात्र बिक्री भएको छ । जसबाट चलचित्रले व्यापार रु एक लाख ४३ हजार तीन सय ७३ को कमाइ गरेको छ ।

चलचित्र ‘षट्कोण’ ले पनि राम्रो व्यापार गर्न सकेन । कार्म, भोलाराज सापकोटालगायत कलाकारले अभिनय गर्नुभएको चलचित्रको पाँच सय ४८ टिकट मात्र बिक्री भयो । सो वापत चलचित्रको ग्रस कमाइ रु दुई लाख १७ हजार तीन सय २५ छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको र गत वैशाख २३ मा प्रदर्शन भएको चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गर्नुभएको छ ।

सुवर्ण थापाले निर्देशन गर्नुभएको चलचित्र ‘म’ ले निकै कमजोर व्यापार गर्‍यो । चलचित्रसम्बन्धी अध्ययन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल, संजोग रसाइलीलगायत कलाकारले अभिनय गर्नुभएको चलचित्रको बोर्डले सार्वजनिक गरेको विवरणमा नौ सय ३७ टिकट बिक्री भएबापत रु दुई लाख ९० हजार आठ सय ४९ को ग्रस कमाइ छ ।

गत चैत १७ गते प्रदर्शन भएको चलचित्र ‘प्रेमा’ सार्वजनिक प्रचार सामग्रीको कारण चर्चामा थियो । गोविन्दसिंह भण्डारीले निर्देशन गर्नुभएको चलचित्रमा सुवेक्षा खड्का, सृष्टि श्रेष्ठ, अरुण क्षेत्रीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यद्यपि चलचित्रको तीन सय ५१ टिकट मात्र बिक्री भयो । सो वापत चलचित्रको कमाइ रु एक लाख १० हजार सात सय ७३ छ ।

वर्ष २०७९ मा नेपाली चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ ले सर्वाधिक बढी कमाइ गर्ने रेकर्ड बनाएको छ । ‘कबड्डी’ कै शृङ्खलाको रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४ : द फाइनल म्याच’ लाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएवापत रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार भएको छ । नेपाली चलचित्रमा यो अहिलेसम्मको सर्वाधिक कमाई गर्ने चलचित्र हो ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । रासस

सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
काठमाडौँ । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४: द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गरेको छ ।

विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले छ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत रु १९ करोड २९ लाख १३ हजार सात सय ५८ ग्रस कमाएको छ । नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई चलचित्र हुन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिनुभयो ।

तथ्याङ्क अनुसार यस वर्षभरमा प्रदर्शन भएका चलचित्र शिवानीको पाँच वटा टिकट मात्रै बिक्री भएका छन् । जसबाट चलचित्रले रु पाँच सय २० ग्रस कलेक्सन गरेको छ ।

“सबै चलचित्र भवनमा बक्सअफिसको प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । केहीले नियतवश पनि गरिरहेका हुन्छन् । तर बोर्डले यसमा अनुमगन बढाएको छ”, अधिकृत पाण्डेले भन्नुभयो, “हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ ।” बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने सात नेपाली चलचित्र यसप्रकार छन् ।

कबड्डी ४ : द फाइनल म्याच

‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गर्न सफल भएको छ ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ ।

छक्का पञ्जा ४

हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलोपर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गर्नुभयो । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन् ।

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएबापत रु १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको चलचित्रमा पिताको विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताका रुपमा चित्रण गरिएको छ । हेमराज विसीले निर्देशन गर्नुभएको चलचित्रमा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

प्रेम गीत ३

तस्बिर: सामाजिक संजाल

‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा प्रदर्शन भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ लगायतको अभिनय छ । प्रेम कथानक चलचित्रको पहिचान बनाएको शृङ्खलाबाटै अभिनेता खड्का अहिलेको उचाइमा पुग्नुभएको हो । चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार सात सय ४४ टिकट बिक्री भएबापत रु सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ४४ टिकेट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार तीन सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

महापुरुष

सर्वाधिक कमाई गर्ने चौथो चलचित्र ‘महापुरुष’ बनेको छ । चलचित्रले दुई लाख ४७ हजार पाँच सय १७ टिकेट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार ६ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

यसमा एक्लो जीवन बिताइरहेका अभिभावकको कथा र चाहनालाई देखाइएको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ र निर्माता दीपेश खत्री हुनुहुन्छ ।

दुई नम्बरी

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको पाँचौँ नम्बरमा छ । चलचित्रको एक लाख ४१ हजार ६ सय ३९ टिकेट बिक्री भएबापत रु तीन करोड ८४ लाख ७३ हजार पाँच सय २० को ग्रस कलेक्सन भएको छ । मित्रताको कथामा आधारित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ लगायतले अभिनय गर्नुभएको छ । भुटानी अभिनेत्री उगेन छोदेनले ‘दुई नम्बरी’ मार्फत नेपाली चलचित्रमा अभिनयको सुरुआत गर्नुभएको थियो ।

फूलबारी

रामबाबु गुरुङले निर्देशन गर्नुभएको भएको चलचित्र ‘फूलबारी’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा छैटौँ स्थानमा छ । अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गर्नुभएको छ ।

चलचित्रले एक लाख २६ हजार एक सय ९० टिकेट बिक्री भएबापत तीन करोड ५२ लाख ८९ हजार चार सय ५९ रुपैयाँको ग्रस व्यापार भएको छ । अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारलाई कथा बनाइएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको छ ।

झिङ्गेदाउ

ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गर्नुभएको चलचित्र ‘झिङ्गेदाउ’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको सातौँ स्थानमा छ । बोर्डको विवरणअनुसार चलचित्र एक लाख २२ हजार दुई सय ९० टिकेट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार दुई सय २३ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतले अभिनय गर्नुभएको छ । स्वर्गीय भीमनिधि तिवारीको सोही नामको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ मा प्राचीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ । देउरानी(जेठानीको सामान्य झगडाबाट परिवारमा आउने आरोहअवरोहलाई प्रस्तुत गरिएको चलचित्रमा आमा र दुई दाजुभाइको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । रासस

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?
काठमाडौँ  । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् ।

चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् ।

गत आइतबार साँझ नेपाली कलाकारसँग अन्तरक्रिया गर्नुभएका भारतीय निर्देशक, कलाकार तथा कथाकार डाक्टर चन्द्रप्रकाश द्विवेदीले भारतमा एकै एजेन्सीले लाखौँ कलाकारलाई अनुबन्धित गरेर काम दिइरहेको जानकारी दिनुभयो । “मैले पछिल्लो चलचित्र ‘सम्राट पृथ्वीराज’मा काम गर्दा सम्झौता गरेको एजेन्सीसँग १५ लाख बढी कलाकार थिए । त्यसैले भूमिकामा छनोट हुन सोचेजस्तो सहज छैन”, निर्देशक द्विवेदीले भन्नुभयो, “यद्यपि केही समययता ओटिटीका लागि बन्ने चलचित्र र शृङ्खलाले ती कलाकारको काम पर्दासम्म ल्याउन मद्दत गरेको छ ।”

भारतझैँ नेपालमा चलचित्रका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन । पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन । यद्यपि ती बजारमार्फत निर्देशित छन् । अभिनेता सुनिल थापाको ‘राते काइँला’, राजेश हमालको ‘शङ्कर’, सौगात मल्लको ‘हाकु काले’, दयाहाङ राईको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छन् ।

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्ने क्रम बढिरहेको छ । चलचित्रको भाषामा उनीहरूलाई ‘कास्टिङ डिरेक्टर’ भनिन्छ ।

नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताउनुभयो । “सुरुआती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार डिमान्ड गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, निर्देशक राउतले भन्नुभयो, “पछिल्लो दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’ मा भने भूमिका सुहाउँदो कलाकारको अडिसन लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ ।”

निर्देशनको प्रारम्म्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उहाँले सबै काम आफैँ गर्नुहुन्थ्यो । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थाल्नुभएको छ । उहाँले पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिनुभएको थियो । केही चलचित्रमा पात्र छनोट वा भनौँ निर्देशन गर्नुभएका रङ्गकर्मी केदार श्रेष्ठले विशेषत: स–साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने अनुभव सुनाउनुभयो ।

“मुख्य पात्रका लागि कलाकार छनोट भएपछि सहायक र साना पात्र खोज्दै आउनेको सङ्ख्या बढी छ । उहाँहरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु तर केही पूर्णरूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिन समेत आउनुहुन्छ”, रङ्गकर्मी केदार श्रेष्ठले भन्नुभयो ।

अभिनेत्री लक्ष्मी बर्देवाले कथापछि पात्र र त्यसको चयन चलचित्रमा महत्त्वपूर्ण हुने बताउनुभयो । “म अडिसन दिन पुग्छु । हामी कहाँ काम नपाउँदासम्म अडिसन दिने र त्यसपछि नदिने चलन छ । तर हामीले आफू सुहाउँदो भूमिका भए अडिसन दिँदा फरक पर्दैन”, अभिनेत्री बर्देवाले भन्नुभयो, “नेपाली चलचित्रमा अडिसन गर्दा बजारलाई हेरेर निर्देशित हुने सङ्ख्या धेरै छ । प्रक्रियागत रूपमा पूरा नहुँदासम्म धेरै कलाकार अडिसन दिन तयार देखिनु हुन्न ।”

रङ्गकर्मी श्रेष्ठले निर्माताको दृिष्टकोणअनुसार बजार हेर्नु स्वाभाविक भए पनि पात्र छनोटको प्रक्रिया विस्तारै सही दिशामा अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ध्वनि, प्रोडक्सन डिजाइन, कला डिजाइनलगायतको विधामा निर्देशकले जानकार राखेर काम गर्नुहुन्छ । यो सुखद् पक्ष हो । परिवर्तन हुँदैछ ।”

निर्देशक राउतले बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताउनुभयो । “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशन भन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकि सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भन्नुभयो, “व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् ।”

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ । रासस

चलचित्रले विस्तारै प्रभाव पार्छ: निर्देशक सायमी
काठमाडौं । चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अभिनेता वा अभिनेत्रीझैँ पहिरन लगाउने, खाने कुरा खाने र समाजमा आफ्नो विचार दिने पनि हुन्छ । निर्देशकसँगै समीक्षकसमेत रहनुभएका निर्देशक प्रकाश सायमी चलचित्रले विस्तारै प्रभाव पार्ने बताउनुभयो ।

“कुनै देशप्रतिको सोच धेरै हदसम्म चलचित्रले नै पार्ने गरेको हुन्छ । उनीहरूको संस्कृति, वेशभूषा र जीवनशैलीसमेत हामीले चलचित्रमार्फत लिइरहेका हुन्छौँ । यो नजानिदो किसिमले हामीमा परिरहेको प्रभाव हो”, निर्देशक सायमीले भन्नुभयो, “चलचित्र हेर्दा विचार गर्नुस् त हिरोहरू आफूलाई जोखिममा राखेर भए पनि अरुको रक्षा गर्छन् । त्यो केही चलचित्रमा देशले पनि गरेका छन् । यसले केही न केही प्रभाव त छाडेको छ ।” उहाँले नेपालमै बालबालिकाले विदेशी कार्टुन र शृङ्खला हेरेर त्यही भाषासमेत सिकिरहेको बताउनुभयो ।

राजनीतिज्ञ डा लीला न्याइच्याईंले नेपालमै समेत भाषा हराउँदै गरेको बताउनुभयो । “मेरै घरमा बच्चाले नेवार भाषा बोल्न जान्दैनन् किनकी उनीहरूको प्रयोगमा भाषा निकै कम आउँछ । म आफैँ बोल्छु तर लेख्नु सहज छैन । अब आउने पुस्तासम्म मातृभाषा पुर्‍याउन सहज छैन”, उहाँले भन्नुभयो, “यो चलचित्रकै प्रभाव हो किनकि नेपालीबाहेक अन्य भाषामा निकै कम चलचित्र बन्ने गरेका छन् ।”

प्रा खड्ग केसीले चलचित्रसम्बन्धी अध्ययन गर्न नेपाल सरकारले नै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “अन्य देशको आर्थिक अवस्था र पर्यटनमा समेत चलचित्रले टेवा पुर्‍याउने गरेको छ । हामीकहाँ त्यसको समन्वय नभएको हो कि जस्तो छ । अब व्यवस्थितरूपमै अगाडि बढ्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

चलचित्रमार्फत निर्माण हुने सोचले कालान्तरमा असर गर्ने निर्देशक सायमीको बुझाइ छ । उहाँले विद्यार्थीले शिक्षणका लागि रोज्ने देश, घुम्न तय गर्ने स्थानमा समेत चलचित्रको प्रभाव पर्ने गरेको बताउनुभयो । रासस

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन
काठमाडौं । चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् ।

आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् ।

यीमध्ये दुई चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा हुनुहुन्छ । दुवै चलचित्र विवाहमा केन्द्रित छन् । एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने खुसी हुनुहुन्न । उहाँले भन्नुभयो, “मैले पनि निर्माताले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोज्नुभयो थाहा छैन । एकै दिन पाँच–छमध्ये आफ्नै दुई चलचित्र हुँदा अस्वभाविक लागिरहेको छ, यसबारे छलफल हुन्छ ।”

चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बजारले धान्नै नसक्ने गरी एउटै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउनु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा छलफल गरेर केही प्रयास भने गर्ने छौँ ।” यसको समाधानका लागि निर्मातालाई समझदारी र सहमतिमा अगाडि बढ्न अनुरोध गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

वितरक सुनिल मानन्धरले नयाँ वर्ष नेपाली चलचित्रका लागि शुभ भए पनि भीडभाडले समस्या निम्त्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार गर्ने चलचित्र छन् । उदाहरणका रूपमा कबड्डी–३ र ४ लाई लिन सकिन्छ ।”

एउटै मितिका लागि प्रदर्शन घोषणा भए पनि प्रदर्शन मितिसम्म पुग्दा केहीले भने मिति सार्ने गरेका छन् । रासस