टंकलाल घिसिङ – News Polar

प्रधानमन्त्रीसँग राखेपाका सदस्यसचिव घिसिङको बिदाइ भेट
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बिदाइ भेट गर्नुभएको छ।

परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि दिनुभएको योगदानको सह्राहना गर्दै आगामी सुखद जीवनको लागि शुभकामना दिनुभयो।

सदस्य सचिव घिसिङको पदावधि यही मंसिर १३ गते सकिँदै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलगायतको उपस्थिति थियो।

जाँदाजाँदै टंकलाल घिसिङले भनेः २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झारेँ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २०९ ओटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा गरेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा बिदाई कार्यक्रममा बोल्दै उहाँले वर्तमानमा खेल संघहरुको संख्या घटेर ६३ पुगेको बताउनुभएको हो । उहाँले चार वर्षे कार्यकालमा सक्रिय संघहरुमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल सङ्गठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आफनो कार्यकाललाई सबैभन्दा बढी निर्वाचन भएको अवधि भनि बताउनु भयो । आफ्नो कार्यकालमा नै खेलकुदको इतिहासमा सबैभन्दा धेरै निर्वाचन गराएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झार्छु भनेर एउटा प्रतिवद्धता गरेको थिएँ । आज ६३ को सङ्यामा राष्ट्रिय खेल संघ रहेको छ र यो निर्माणका निमित्त तपाईंहरुले गर्नुभएको योगदानलाई म प्रशंसा गर्न चाहन्छु । चार वर्षको खेलकुदको इतिहासमा सबैभन्दा बढी निर्वाचन भएको कुनै कार्यकाल छ भने सायद मेरो होला । ५० भन्दा खेल संगठनमा निर्वाचन सम्पन्न भएको छ, म यसका लागि सबै खेल क्षेत्रका पदाधिकारी साथीहरुलाई बधाई ज्ञापन गर्न चाहन्छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

उहाँले आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनःसंरचना र यसका विवादहरुको निरुपणको विषयमा चालिने सबै बहसका क्षेत्रमा आफूले सहभागिता जनाउने बताउनु भयो । त्यस अवसरमा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई किट्स वितरण गरिएको छ ।

विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाइ
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १६ औं विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले खेलाडीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए । टोली बुधबार स्वदेश फर्किएको थियो । मलेसियाको क्वाललम्पुरमा चैत २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न उमेरसमूह २ स्वर्ण १ रजत र ३ कांस्य गरी ६ पदक जितेको थियो ।

प्रयासजंग चौहान र प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । अमिष पटेलले रजत तथा किरन मगर, संस्कृती चौलागाईं र सुन्दर सार्कीले कास्य पदक हात पारे । विभिन्न २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी थिए । नेपाल समग्रमा तेश्रो भएको नेपाल योग खेलकुद संघका महासचिव चुडामणि खरेलले जनाएका छन् ।

भारत पहिलो तथा अमेरिका दोश्रो भए । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पुस्करराज पन्त, संग्राम पुरी, आनन्द गैरे र दीपा पाण्डेले २ साताको प्रशिक्षण गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले जुनियर खेलाडीमा ध्यान दिन सकेमात्र राष्ट्रलाई अन्तर्राष्ट्रिय सफलता दिलाउने खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउदै खेलाडीले जुन विधामा पदक ल्याउछ त्यसैमा विशेष जोड दिनु पर्ने सुझाए ।

स्वर्ण विजेता प्रयास र प्रत्युषाले राष्ट्रलाई स्वर्ण दिलाएकोमा खुशी व्यक्त गर्दै विश्व च्याम्पियनसिपबाट धेरै कुरा सिक्ने अवसर मिलेको अनुभव सुनाए ।

भलिबलका सूर्यलाई उचपार सहयोग
काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ ।

कोषका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सूर्यका दाजु सन्तोषलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सूर्यको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

श्रीलंकाको कोलम्बोमा गत असोज १९ देखि २६ गतेसम्म भएको यु–१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने क्रममा सूर्य घाइते भएको कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रि\य खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।

खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था छ: सदस्य सचिव
काठमाडौँ। खेलकुदलाई तहगत रुपमा विकास गर्ने उदेश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए ।

दोस्रो विश्वविद्यालय खेलकुदको आज पोखरामा उद्घाटन गर्नु हुदै घिसिङले खेलेर पनि बाँच्न सक्ने कानूनी व्यवस्था गरिको जानकारी पनि दिए ।

सहआयोजक गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सदस्य तथा कार्यक्रम संयोजक डा मधुसुदन सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विश्व विध्यालयका रजिष्टार, डिन तथा कार्यक्रम संयोजकहरुको उपस्थिति थियो ।

माघ २४ गते सम्म सन्चालन हुने प्रतियोगितामा काठमाण्डौ,पूर्वान्चल, त्रिभूवन, पोखरा, गण्डकी, लम्विनी, सुदुर पश्चिम, कृषि तथा वन विज्ञान र पूर्वान्चल विश्व विद्यालका टिम सहभागी छन् । भलिबल, एथलेटिक्स,टेबलटेनिस र व्याडमिन्टनमा गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्दा भईरहेको प्रतियोगिताका सचिव तथा राखेप प्रतियोगिता विभाग प्रमुख मिन कुमार शर्माले बताए।

विश्व च्याम्पियनसिपका लागि ढुक्क भएर तयारी थाल्नुस्–सदस्य सचिव घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तेश्रो थाउलो विश्व कपका कास्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका छन् ।

सदस्य–सचिव घिसिङले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाइ दिदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका हुन् ।

‘विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस् । बाँकी कुराको केहि चिन्ता गर्नु पर्दैन । आवश्यक सहयोगका लागि परिषद् तयार छ ।’ सदस्य–सचिव घिसिङले भने ।

सदस्य–सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोबर्धन जस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउदै थाउलो विश्व कपको पुरस्कारका लागि प्रकृया सुरु भइसकेको जानकारी गराए ।

विजयले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्व कपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् ।

चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धी मध्ये ५ औं स्थानमा रहँदै विजय थाउलो विश्व कपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जनाएका छन् । सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कास्य जितेका थिए ।

विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३ औं सागमा स्वर्ण जितेका छन् ।

थाउलो विश्व कपमा नेपालबाट विजयसहित ५ खेलाडीले सहभागिता जनाएका थिए । निमा घर्ती मगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन बने ।

सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डिपिर र खरिद प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ ।

त्रिपुरेश्वरस्थित राखेपमा नेपाल प्रिमियर लिग (एनपिएल) को हेल्प डेस्क उद्घाटनका अवसरमा सोमवार राखेप सदस्यसचिव घिसिङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले समावेश गरेलगत्तै सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि डिपिआर तयार भएर गत भदौमा नै खरिद प्रक्रिया अगाडि बढेको बताउनुभएको हो ।

उहाँले निर्माण प्रक्रिया चरणवद्ध रहने र स्टेडियमको बीचमा रहेको बाटोलाई अन्य विकल्पमा सारिने बताउनु भयो । साथै सदस्यसचिव घिसिङले बीचको बाटोलाई अन्य स्थानमा सारेपछि होस्टेल, इन्डोर ट्रेनिङ हल, स्विमिङ पुल, पारापिट, अण्डर ग्राउण्ड पार्किङ र फ्लड लाइट लगायत निर्माण गर्र्दै राष्ट्रिय गौरवकै आयोजनाका रूपमा अगाडि बढाउने बताउनु भयो ।

टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने प्रक्रिया शुरुमा राखेपले अगाडि बढाए पनि अहिले त्यो जिम्मेवारी शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सदस्यसचिव घिसिङले बताएका छन् ।

शुरुका खरिद प्रक्रियामा उजुर परेपछि फ्लड लाइट जडानमा समस्या भएको उल्लेख गर्दैै राखेप सदस्यसचिवले अब शहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण भएकाले एनपिएल अगाडि त्यो बन्छ वा बन्दैन भन्ने बारे आफूलै केही भन्न नसक्ने बताउनु भयो ।

सो अवसरमा सदस्यसचिव घिसिङले राखेपले सबै खेलको काम गर्र्ने भएकाले नेपाल प्रिमियर लिगको तयारीमा प्रभाव नहोस् भनेर फास्ट ट्य्राकमा सहजता उपलब्ध गराउन एनपिएलको हेल्प डेस्क स्थापना गरिएको बताउनु भयो ।

परिषद्को वर्तमान नियमित कार्यशैलीमा अपडेट गर्र्नुपर्ने आवश्यकता देखिएको समयमा हेल्प डेस्कको राखेर सहजीकरण गरिएको सदस्यसचिव घिसिङको भनाइ छ । नेपालमा हुने प्रिमियर लिगलाई प्रोत्साहिन गर्न यस किसिमको कार्यक्रम राखिएको उल्लेख गर्दै अन्य संघले गर्ने लिगमा पनि यसै किसिमको सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपिएल हेल्प डेस्कले यसको आयोजनाका लागि सहजता प्रदान गर्ने आशा व्यक्त गर्दै यो कामले सबैमा सकरात्मक सन्देश प्रवाह हुने बताउनु भयो । डेडिकेटेट डेस्कले एनपिएलको कार्यमा सहजता मिल्ने आशा व्यक्त गर्दै अब सबै प्रक्रिया वान वे सिस्टम अगाडि बढ्ने बताउनु भयो ।

त्यसअघि राखेपका सदस्यसचिव टंकलाल घिसिङले रिबन काटेर नेपाल प्रिमियर लिग ९एनपिएल० को हेल्प डेस्कको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा घिसिसङले डिजिटल स्कोर बोर्ड कात्तिकभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढिरहेकको समेत बताउनु भयो ।

पारा खेलकुदलाई व्यवस्थित गर्नसके धेरै पलेशाहरू जन्मन्छन्: सदस्य सचिव घिसिङ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताउनुभएको छ ।

पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएपछि न्युज एजेन्सी नेपालले गरेको कुराकानीमँ राखेप सदस्यसचिव घिसिङले पारा खेलकुदमा धेरै सम्भावना रहेको औंल्याउनु भयो । यसअघि नै आफूले पारा खेलकुदलाई व्यवस्थित र व्यावसायीक रूपमा अगाडि बढाउन योजना कार्यान्वयनमा ल्याएको उहाँको भनाइ छ । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयमार्पmत नवौं राष्ट्रिय खेलकुद लगत्तै प्रथम पारा राष्ट्रिय खेलकुदका लागि वार्षिक रूपमा बजेट छुट्याइएको उहाँले बताउनु भयो । यद्यपि यो पर्याप्त नरहेको उहाँको विश्वास छ ।

घरेलु पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउनसके मात्र नेपाली खेलकुदमा धेरै पलेशा गोवद्र्धनको जन्म हुने सम्भावना रहेको उहाँले औंल्याउनु भयो । घिसिङले यो सफलताले साना देशले पनि विश्व खेलकुदमा ठूला सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनु भयो । उपलब्धि हासिल गर्दा पाएको चर्चाजस्तै नीतिगत रूपमा विकास गर्न ध्यान अगाडि बढाउन सकेमा सम्भावनाहरू थप बढ्ने उहाँको विश्वास छ । भौगोलिक र आर्थीक रूपले साना राष्ट्रले लक्ष्य राखे सफलता पाउने प्रमाणित गरिसकेको बताउनु भयो ।

पारालिम्पिकको विशेष तयारीको मद्दतले पलेशाले सफलता पाएको सदस्यसचिव घिसिङको विश्वास छ । यसका लागि म्यानचेस्टर सिटीको राम्रो एकेडेमीमा पलेशाले प्रशिक्षण गरेको र त्यो प्रभावकारी बनेको उहाँको भनाइ छ । चीनमा अध्ययनरत हुँदा पनि उनलाई त्यहाँ नै प्रशिक्षण गराउने वातावरण सिर्जना गर्ने प्रयासमा राखेपले योजना बुनेको उहाँले स्मरण गर्नुभयो । तयारीअनुरूप पलेशा र उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष धन्यवाद दिनुभयो । राखेप सदस्यसचिव घिसिङले यो सफलतामा सिंगो देशले नै खुशीयाली मनाएको बताउनु भयो ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले पलेशा गोवद्र्धन र करातेकी खेलाडी एरिका गुरुङ ९१९औं एसियाली खेलकुदकी रजत विजेता० नेपाली खेलकुदमा आजको युगका हिरो रहेको प्रतिक्रिया दिनुभयो । उनीहरूले अझै धेरै सफलता ल्याउन सक्ने सम्भावना रहेको र त्यसका लागि सम्बन्धित संघलाई आगामी एशियाली खेलकुद र ओलम्पिकमा दीर्घकालीन तयारी गराउन निर्देशन दिने बताउनु भयो । त्यसका लागि आवश्यक पर्ने लगानी पनि परिषद्ले गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अर्को पटक स्वर्ण पदक जित्नेगरी तयारी गर्न काम अगाडि बढाउने बताउनु भयो ।

राखेप सदस्यसचिव घिसिङले खेलअगाडि नै राज्यले दिने पुरस्कारबारे खेलाडीलाई प्रत्याभुति गराउनसके उनीहरूको प्रदर्शन उच्च हुने विश्वास व्यक्त गर्नुभयो । सोहीअनुरूप नै आफू राखेपमा नियुक्ति भएपछि देशका लागि पदक जित्ने खेलाडीले कानूनी रूपमै पुरस्कार पाउने वातावरण सिर्जना गर्न खेलकुद विकास नियमावली बनाइएको उहाँको भनाइ छ । त्यसअनुरूप पलेशाले पारालिम्पिकमा पदक जितेपछि ६५ लाख रुपैयाँ पाउने र उक्त पुरस्कारमा काटिने कर छुटका लागि राखेपको कार्यकारी समितिबाट प्रस्ताव अगाडि बढाउने उल्लेख गर्नुभयो ।

उहाँले विद्यालयस्तरबाटै पाठ्यक्रमका रूपमा अगाडि बढाउन आवश्यक रहेको औंल्याउनु भयो । साथै उहाँले खेलकुदमा नीजि क्षेत्रको लगानी बढाउन विशेष योजना आवश्यक रहेको र त्यसका लागि आफूले लामो समयदेखि पहल गरिरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै वैज्ञानिक रूपमा खेलाडीको तयारी गर्नसके मात्र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको प्रदर्शन सुधार हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । अहिले सिमित श्रोत साधानबाटै गरिएको तयारीबाट खेलाडीले ऐतिहासिक सफलता प्राप्त गरेको उहाँले उल्लेख गर्नुभएको छ । ठूला सफलता प्राप्त गर्न पर्याप्त लगानीसहित मिसनका रूपमा तयारी गर्न आवश्यक रहेको उहाँले औंल्याउनु भयो ।

सन् २०२६ को २०औं एशियाली खेलकुदका लागि अहिले नै राखेपले तयारी गसिकेको उहाँको भनाइ छ । उहाँले राखेप खेलकुदमा परिणाममुखी बनाउन खेलाडी आवास पनि आवश्यक रहेको बताउनुभएको छ ।

राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र कभर्डहल निर्माण प्रक्रिया अघि बढिसक्यो– राखेप सदस्यसचिव घिसिङ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपभित्र नेसनल ट्रेनिङ सेन्टर र बाह्रै महिना खेलाडीले प्रशिक्षण गर्न पाउने किसिमले कभर्डहल निर्माण प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।

बिहीवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा काभा महिला भलिबल लिगमा रजत पदक विजेतालाई सम्मान गर्न आयोजित कार्यक्रममा राखेप सदस्यसचिव घिसिङ दीर्घकालीन रूपमा हुने कभर्डहल र नेसल ट्रेनिङ सेन्टर स्थापानका लागि प्रक्रिया अगाडि बढेको बताउनुभएको हो । उहाँले नेसनल ट्रेनिङ सेन्टरका लागि यसै वर्ष बजेट विनियोजना भइसकेको र छिट्टै निर्माण कार्य आरम्भ हुने विश्वास व्यक्त गर्नुभयो । सातादोबाटोमा पनि फिटनेस सेन्टर बनाउने कार्यका लागि खरिद प्रक्रिया पनि अगाडि बढेको राखेप सदस्यसचिव घिसिङको भनाइ छ ।

उहाँले खेलकुदलाई विज्ञानसँग जोडेर स्पोर्ट्स साइन्स ल्याबको कार्ययोजना अघि बढाइएको र यसको एकीकृत कार्ययोजनाको बीचबाट अर्को पटक काभामा महिला भलिबलमा च्याम्पियन बन्ने लक्ष्य राख्ने धारणा राख्नुभयो । राखेप सदस्यसचिव घिसिङ अब खेलाडीले प्राप्त गर्ने पुरस्कारसम्बन्धि ठोस कानून नै बनेको र यसले गर्दा खेलाडीले समयमा पुरस्कार प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । खेलकुद विकास नियमावली पास भएपछि अहिले धेरै खेलाडी समयमा नै पुरस्कार पाउन थालेको सदस्यसचिव घिसिङले बताउनु भयो ।

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले सातै वटै प्रदेशमा प्रादेशिक कभर्डहल र केन्द्रमा पाँच हजार दर्शक क्षमताको कभर्डहल निर्माणका लागि संघले पहल गरिरहेको बताउनु भयो । सोहीअनुरूपमा राखेपले पनि भलिबलको कभर्डहल निर्माणका लागि तीन सदस्यीय समिति पनि गठन भैसकेको संघका महासचिव श्रेष्टले बताउनु भयो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले राखेप, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिँदै यो सम्मानले आगामी दिन अभैm राम्रो गर्ने जिम्मेवारी प्राप्त भएको बताउनु भयो । उहाँले देशको नाम अन्तर्राष्ट्रियस्तर चिनाउन आफ्नो टोलीले थप मेहनत गर्ने समेत उल्लेख गर्नुभयो ।

बिहीवार सरकाले गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक विजेता खेलाडीसहित १४ सदस्यीय टोलीलाई सम्मान गरेको थियो । टोलीका हरेक खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीश भट्टलाई दुई लाख र सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई एक लाख नगद पुरस्कार प्रदान गरिएको हो ।

नेपालमा धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाका लागि वातावरण बनाइ दिन आग्रह
काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी– २० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको बताउदै पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताए । सदस्य–सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको स्मरण गराए ।

सदस्य–सचिव घिसिङले नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी– २० विश्वकपका लागि आईसीसीबाट पनि सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएको आईसीसीलाई धन्यवाद दिए ।

‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आईसीसीले राम्रै सहयोग गरेको मैले जानकारी पाएको छु । हामीले पनि आईसीसीबाट यु–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौं ।’ सदस्य–सचिव घिसिङले भने– ‘विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आईसीसीलाई धन्यवाद ।’

सदस्य–सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउदै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाइ दिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गरे ।

अध्यक्ष बारक्लेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउदै सीमित श्रोत र साधानका बावजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए । अध्यक्ष बारक्लेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आईसीसी अध्यक्ष नेपाल आएको यो पहिलोपटक हो । भेटका अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतलको उपस्थिति रहेको थियो ।

राखेप सदस्य–सचिव घिसिङ र एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद आयोजक कमिटीका उप–सचिव झेङ याउबीच भेटवार्ता भएको छ । भेटका अवसरमा खेलकुदमा गर्न सकिने सहयोग आदान–प्रदानका विषयमा सकरात्मक छलफल भएको थियो ।

सदस्य–सचिव टंकलाल घिसिङले १९ औं एसियाली खेलकुद सफलतापूर्वक आयोजना गर्नुका साथै टिम च्याम्पियन बन्न सफल भएकोमा बधाइ दिदै झेजियाङ प्रदेशले खेलकुद, आर्थिकलगायत विभिन्न क्षेत्रमा गरेको प्रगति सुनेर खुशी लागेको बताउनु भयो । सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदमा कसरी सहकार्य गरी अगाडि बढ्ने भन्ने विषयमा खाका तयार गरी पेश गर्ने बताउनु भयो ।

झेङ याउले १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिता उत्साहनजक रहेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

भेटका अवसरमा झेङ याउको नेतृत्वमा आएको ९ सदस्यीय टोलीसहित राखेपका सदस्य अञ्जन धमला, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्णप्रसाद तिमिल्सिना, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।

राखेप सदस्य सचिब घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन बीचभेट
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा सदस्य–सचिव घिसिङले नेपालमा पौडीको अवस्था बारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गर्नु भएको थियो ।

अध्यक्ष हुसेन मुसाल्लमले विश्व एक्वेटिक्सले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

एशिया कपमा देशको भरोसा सन्दीपमाथि छ: टंकलाल घिसिङ
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ ।

सोमवार बिहान उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पकास्तिान प्रस्थान गर्नुभएको हो । उहाँलाई बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुग्नुभएको थियो । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एशिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताउनु भयो ।

उहाँले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको बताउनु भयो । उहाँले सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाकिस्तानसँग, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्वपूर्ण रुपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषयवस्तुहरुसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन । आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ ।’

पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताउनु भयो । उहाँले एशिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एशिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुशीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’

क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताउनु भयो । नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिष्पर्धा गर्दैछ ।

एसियाडमा सहभागिता पदकका लागि मात्र होइन, ओलम्पिकको तयारी पनि हो: सदस्यसचिव घिसिङ
काठमाडौँ । १९ औं एसियाड शुरु हुन करिव दुई महिनाको समय बाँकी छँदा नेपालले आफ्नो तयारीमा तिब्रता दिइरहेको छ । चीनको हानझाउमा शहरमा आगामी सेप्टेम्बर २३ देखि शुरु हुने एसियाडमा नेपालका २९ खेलका २ सय ३४ खेलाडीले चुनौति प्रश्तुत गर्दैछन् ।

यीमध्ये कराँते, तेक्वान्दो र बक्सिङलाई पदक सम्भावनाको हिसावले पहिलो प्राथमिकतामा राखिएको छ । यी तीनै खेलले पूर्ण कोटामा आगामी एसियाडमा नेपालको तर्पmबाट चुनौति प्रश्तुत गर्ने तय छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि यी तीनै खेलको तयारी विशेष बनाउने योजनाअनुरूप वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षकलाई नै नेपालमा भित्राउने पूर्वनिर्धारित योजनाअनुरूप काम गरिरहेको छ । यद्यपि, अन्य केही खेलले पनि वैदेशिक प्रशिक्षण गरिरहेका छन् ।

नेपालले सन् १९५१ मा भारतको दिल्लीमा भएको पहिलो एसियाडदेखि नै सहभागीता जनाउन थालेको थियो । त्यसयता १८ औं संस्करण सकिँदा नेपालले १६ वटा संस्करणमा मात्र सहभागिता जनाएको छ । एशियाली प्रतिष्पर्धाको १६ औं सहभागितामा नेपालले हालसम्म दुई वटा रजत र २२ काँस्य गरी कुल २४ पदक जितेको छ । स्वर्ण पदक जित्नुको परैको कुरा एउटा पदक जित्न पनि नेपाललाई कठिन बन्दै आएको तीतो यथार्थ छ । यस पटक भने देशले राम्रो प्रदर्शन गर्दै पदक जित्नेमा नेपाली खेलकुदको निकाय विश्वस्त देखिएका छन् । एशियाली खेलकुद नजिकिँदै गर्दा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँग नेपालको तयारीबारे भएको कुारकानीको सम्पादित अंश यस्तो छ ।

प्रश्न: एसियाड आउन ५७ दिन मात्र बाँकी छ, २९ वटा खेल एसियाडमा प्रतिष्पर्धा गर्दैछन्, ती खेलका खेलाडीको आजको दिनसम्म तयारी कस्तो भइरहेको छ ?

उत्तर: तयारी राम्रैसँग अगाडि गइरहेको छ । राखेपको जिम्मेवारी खेलाडीहरूको तयारीका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र उनीहरूको प्रशिक्षणबारे नियमन गर्नु हो । यो तयारीमा सबैभन्दा बढी खेल संघहरू नै सक्रिय हुनुपर्ने हो । तर, राष्ट्रिय संघहरूको स्टे«न्थ हेर्ने हो भने सम्पूर्ण कुराका लागि परिषद्मा नै निर्भर भइरहेको अवस्था छ । खेलाडीहरूको प्रशिक्षण र खेल आयोजनाको व्यवस्थापन संघहरूले गर्नुपर्ने काम हुन् । यद्यपि, यी पक्षमा पनि कुनै ठाउँमा हामीले नै भन्नुपरेको अवस्था छ । केही संघहरूले भने सक्रियतापूर्वक काम गरेका छन् । एसियाडका लागि हामीले गत वर्षको माघदेखि नै तयारी गर्ने गरी योजना बनाएका थियौं । तर, बजेट रोक्का हुँदा सम्भव भएन । त्यसपछि वैशाखको पहिलो हप्ताभित्र खेलाडीको छनोट गर्नेगरी काम गरेका थियौँ । त्यसमा केही संघले खेलाडी छनोट पनि गरे । सबैले भने गर्न सकेनन् । हामीले वैशाख, जेठ र असारमा विशेष प्रशिक्षणका चरण सम्पन्न गरिसकेकका छौं । अब, साउन र भदौमा बन्द प्रशिक्षण हुनेछन् । यसबीच हाइ पर्पmमेन्सका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर खेलाडीको प्रशिक्षण गराएका छौं । केही खेलाडीलाई अन्तर्राष्ट्रिय एकेडेमीमा नै पठाएर तयारी गराइरहेको अवस्था छ । सँगसँगै म्याच एक्सपोजरका लागि खेल संघहरूको सहजिकरणमा खेलाडीले अन्तर्राष्ट्रिय प्रतिष्पर्धासमेत गरिरहेका छन् ।

प्रश्न: एशियाली खेलकुदको इतिहास र उनीहरूको पछिल्ला नतिजा नियाल्दै राष्ट्रिय खेलकुद परिषद्ले तीन वटा खेल बक्सिङ, कराते र तेक्वान्दोलाई पदक जित्ने प्राथामिकतामा राखेको छ, यी खेलको पदक सम्भावना छ भनेर नै प्राथामिकता राख्नु भएको हो ? उनीहरूको तयारी अवस्था कस्तो छ ?

उत्तर: पदक आशा गरिएका तीन वटा खेलको इतिहास राम्रै छ । त्यसैले हामीले ती खेललाई रोजेका हौं । बक्सिङले पृष्ठभूमि राम्रै भएको अन्तर्राष्ट्रिय प्रशिक्षक शिव सिंहलाई नेपालमा भित्राएर लामो समयदेखि अभ्यास गरिरहेको छ । अहिले त्यो टिम भारतमा थप अभ्यास गर्ने उद्देश्यअनुरूप पञ्जावमा गइसकेको छ । उहाँहरूले त्यहाँ प्रतियोगिता पनि खेल्नुहुनेछ । करातेले पनि अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाउने भन्नुभएको थियो । त्यसका लागि मैले स्वीकृति पनि दिएको थिएँ । तर, अहिलेसम्म कार्यान्वयन भने भएको छैन । तथापि, उहाहरूले अन्तर्राष्ट्रिय तालिम गराउन लैजान गरी तयारी गर्नुुभएको भन्ने सुनेको छु ।

अन्तर्राष्ट्रिय तालिम वा प्रशिक्षक झिकाउने जे गरे पनि परिषद् सहयोग गर्न तयार छ । तर, तपाईहरूले छिटो निर्णय गर्नुस् भनेर संघलाई भनेको छु । तर, अभैm करातेले ढिलाई चाहीँ गरेको छ । मेरो अर्को चिन्ता भनेको तेक्वान्दोमा पनि हो । तेक्वान्दोलाई पनि अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि राम्रो एकेडेमीमा लैजान भनेको थिएँ । गत आर्थिक वर्षमा नै भनेको कुरो थियो त्यो । अहिले पुम्सेको टोली चाहीँ कोरियामा छन् । त्यसपछि उहाँहरू मलेसियामा तालिमका लागि जानुहुन्छ । ग्यरोगी (फाइट) का टोलीले भने नेपालमा तयारी गरिरहेका छन् ।

कुन एकेडेमी राम्रो छ र कुन प्रशिक्षक राम्रा छन् भनेर पहिचान गर्ने काम संघको हो । त्यसलाई फण्डिङ गर्ने जिम्मेवारी परिषद्को हो । त्यसैले दुवै निकाय उत्तिकै सक्रिय हुँदा मात्र तयारी राम्रो हुन्छ । मैले उहाँहरूलाई भन्नुपर्ने काम भनेको छु । यसमा बक्सिङले धेरै राम्रो गरिरहेको छ । प्राथमिकतामा राखेका तीन खेलको प्रशिक्षण राम्रै भइरहेको छ । तर पनि उहाँहरूलाई बेलाबेलामा झकझकाइ रहेको छु ।

प्रश्न: विगतमा एसियाडमा प्रतिष्पर्धा गर्दा करातेको सहभागिता विषयमा पनि विवाद भइरहेको यथार्थ हामीसँग छन्, यस पटक पनि राखेपअन्तगर्तको नेपाल कराते महासंघअन्तर्गत कराते खेलाडीले तयारी गरिरहेका छन् भने अर्को टोलीले पनि एसियाड खेल्ने दाबेदारीसहित तयारीलाई तिब्रता दिइरहेका छन्, यो दुविधाका बीच तयारी हुँदा समस्या छैन ?

उत्तर: परिषद्अन्तर्गतको नेपाल कराते महासंघको मातहतमा रहेर तयारी गरिरहेका खेलाडीलाई निश्चिन्त भएर प्रशिक्षण गर्न आग्रह गरेको छु । यो एशियन गेम्स एशियन ओलम्पिक कमिटीको आयोजना हो । त्यसकै मातहतमा रहेको नेपाल ओलम्पिक कमिटीमार्पmत हामीले दर्ता गरेका खेलाडीले नै एशियन गेम्स खेल्छन् । अब, दोस्रो टिमका खेलाडीको इन्ट्री हुँदैन र ढुक्क साथ यही टोलीले खेल्छ ।

च्याउझंै छरिएर रहेका ६७ वटा कराते संघलाई एकै ठाउँमा ल्याउँदै खेलकुदभित्रका समस्यालाई समाधान गर्ने उद्देश्यले अभियान थालेको थिएँ । विश्व कराते महासंघले पनि राम्रो योजनालाई पूर्णता दिने काम गरेको छ र भर्खर निर्वाचित युवराजजी (लामा) नेतृत्वको कराते महासंघलाई आवद्धता दिइसकेको छ । अब देशमा एउटा मात्र कराते महासंघ रहन्छ र खेलका क्रममा पनि कुनै पनि समस्या हुँदैन ।

प्रश्न: पदक सम्भावनाको सूचिमा रहेका अर्को खेल तेक्वान्दो हो, उनीहरूको इतिहास राम्रो छ, राम्रा खेलाडीको विदेश पलयान छन्, अहिले अधिकांश नयाँ अनुहार छन्, त्यसमा पनि नेपाल तेक्वान्दो संघको तयारी राम्रो देखिएको छैन नि ?

उत्तर: पहिलो कुरो त खेलाडीहरू छनोट भएर आएका हुन् । त्यो छनोट पनि सम्बन्धित खेल संघले नै गरेका हो । अभैm पनि हाम्रो मानसिकता राखेपले नै खेलाडी उत्पादन आफैँ गर्छ, प्रतियोगिता आयोजना र प्रशिक्षण पनि आफैँ गर्छ भन्ने खालका छन् । यस किसिमको मानसिकता परिवर्तन गर्न आवश्यक छ । राखेपको जिम्मेवारी संघहरूलाई सघाउने, मोनिटरिङ या नियमन गर्नु हो । खेलाडी उत्पादन, प्रशिक्षण गर्ने, छनोट गर्ने काम संघको हो । संघले पनि छनोट प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई एसियाडको तयारीमा राखेको छ । त्यहाँ अधिकांश नयाँ अनुहार छन् ।

उनीहरूले केही गर्न सक्दैनन् भन्ने कुरामा म विश्वस्त छैन । उहाँहरूले राम्रो नै गर्नुहोला । यद्यपि, तेक्वान्दोमा अधिकांश नयाँ खेलाडी भएकाले त्यहाँ अली बढी म्याच एक्सपोजर आवश्यक छ । तेक्वान्दोको एक्सपोजर र अन्तर्राष्ट्रिय प्रतियोगिता अली कम छ । मैले संघका साथीहरूलाई पनि जतिसक्दो चाँडो त्यसको व्यवस्थापन गर्न भनिरहेको छ । सायद उहाँहरूले पनि यो काम गर्नुहुन्छ होला । यद्यपि, पुम्सेको टोली भने बाहिर नै अभ्यासमै छन् । ग्यरोगीका लागि पनि आवश्यक पर्ने पक्ष व्यवस्थापन गर्न तयार नै छौँ ।

प्रश्न: अहिलेसम्म कुनकुन खेल वैदेशिक प्रशिक्षणमा छन् ?

उत्तर: अहिलेसम्म क्यानोइङ, गल्फ, बक्सिङ, तेक्वान्दो, कुस्ती, लनटेनिस, टेबल टेनिसलगायत खेल वैदेशिक प्रशिक्षणमा छन् । कबड्डी पनि जाने प्रक्रियामा नै छ । अहिलेसम्म ८/९ वटा खेल वैदेशिक प्रशिक्षणमा छन् । यहाँ भएका केही खेलले पनि विदेशी प्रशिक्षकमार्पmत तयारी गरेका छन् । अन्य केही खेलले पनि योजना बनाइरहेका छन् ।

प्रश्न: परिषद्ले १९औं एसियाडका लागि आवश्यक बजेट माग गरेअनुरूप स्वीकृत भएन भन्ने आइरहेको छ, यदी बजेट अपर्याप्त भयो भने तयारीमा खुम्चिने अवस्था रहन्छ की ?

उत्तर:हामीले एशियाली खेलकुदको तयारीका लागि २४ करोड रुपैयाँ माग गरेका थियौं । त्यसमा तीन करोड घटाएर २१ करोड रुपैयाँ मात्र उपलब्ध भएको छ । यो रकममा तयारी गर्नु चुनौतिपूर्ण नै हुन्छ । यद्यपि, यो देशको सहभागिताको कुरा हो । जहाँ अपुग रहन्छ, त्यस्तो अवस्थामा सरकारले नदिने भन्नेकुरा हुँदैन । तथापि, बजेट अभाव छ भनेर तयारीमा खुम्चाउने पक्षमा चाहीँ छैन । किनकी जुडो, रग्बी र भलिबलमा अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याएर टिमलाई राम्रोसँग प्रशिक्षण दिइरहेको अवस्था छ । अन्य केही खेलमा पनि त्यस्तै व्यवस्थापन भएका छन् । अहिले खेलाडीमा थप निखारता ल्याउने समय हो । बजेटका कारणले तयारीमा खुम्चाउने कुरै भएन ।

प्रश्न: यस पटकको एसियाडमा कति संख्यामा नेपाली टोली जाँदै छन्, पदकको सम्भावना के कस्तो देख्नु हुन्छ ? पदकको आशा गर्नुपर्ने ठाउँ छ की छैन ?

उत्तर:अहिलेसम्म एसियाडका लागि २ सय ३४ खेलाडी, ५३ प्रशिक्षक र ३१ व्यवस्थापक तय भएको छ । बक्सिङमा लामो अनुभव पाएका खेलाडीहरूको सहभागिता छ । उनीहरूमा पदकको सम्भावना देख्नसक्ने अवस्था छ । बक्सिङको एसियन यु–२० मा पनि पदक जितेका खेलाडी पनि हामीसँग छन् । केही न केही सम्भावना छ भन्ने मेरो विश्वास छ । त्यसपछि कराँते र तेक्वान्दोबाट पनि आशा छ । उनीहरूको विगतका पृष्ठभूमि र अहिले संघहरूलाई दिइएको निर्देशनअनुरूप काम भयो भने यी दुईबाट पदकको आशा गर्ने ठाउँ छन् ।

गल्फले कोभिडको समयमा पनि प्रशिक्षण नरोकी काम गरिरहेको थियो । नियमित प्रशिक्षणका साथै घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राम्रो गरिरहेको गल्फले पनि राम्रै तयारी गरेको छ । त्यसपछि केही नयाँ खेलहरू पनि आइरहेका छन् । क्रिकेट र इस्पोर्ट्सबाट सुखद् नतिजा हात पार्न सकिन्छ भन्ने आशा छ ।

प्रश्न: यति धेरै खेलको सहभागिता आवश्यक थियो, सहभागिताकै लागि यति धेरै खेल समावेश भए भन्ने आवाज पनि आएका छन् नी ?

उत्तर:सामान्यतया: प्रतियोगिता खेल्ने भनेको पदककै लागि नै हो । तर, त्यो सँगसँगै हाम्रा खेलाडीको लेभल कहाँ छ भन्ने मापन गर्न पनि यो प्रतियोगितामा लैजानुपर्छ । विश्वकप खेलिसकेका टोली र अहिलेसम्म खेल्न नपाएकाले प्रतिष्पर्धा गर्ने भनेको यही एसियाड मात्र हो । माथिल्लो तहका अनुभव हासिल गर्नकै लागि भने पनि हामीले यस किसिमका प्रतियोगितामा खेलाडीको सहभागिता बढाउनुपर्छ भन्ने मेरो मान्यता हो । अहिले अधिकांश खेलले विश्व वरीयताका आधारमा ओलम्पिक खेल्न पाउँछन् । खेलका विश्व महासंघले गर्ने प्रतियोगिता पनि वरीयताका आधारमा खेलाइन्छ ।

विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप र ओलम्पिकमा नै राम्रो प्रदर्शन गरेका खेलाडीसँग हाम्रा खेलाडीले खेल्न पाउने अवसर हो यो । साथै यो ओलम्पिकको तयारी पनि हो । त्यसैले सहभागिताकै लागि खेलाडी सहभागी गराउन हुन्न भन्ने मान्यता गलत छ । हाम्रा खेलाडीले यो प्रतियोगिताबाट धेरै पक्ष हासिल गर्छन् । एसियन गेम्स नखेल्ने खेलाडीले ओलम्पिकका लागि योग्य हुन आवश्यक पर्ने अंक कहाँबाट ल्याउन सक्छ त ? सामान्य मानिसले एसियाड खेल्नुको नेटवर्क कहाँसम्म छ भन्ने बुझिरहेको हुँदैनन् । मानिसहरूले खाली यति धेरै खेलाडी एसियाडमा सहभागी गरायो भन्नु गलत छ । यही एसियाडबाट हाम्रा खेलाडीले ओलम्पिकका लागि आवश्यक पर्ने अंक पाउन सक्छन् ।

प्रश्न: खेलाडीहरूको फिटनेस र स्वास्थ्य स्थितिबारे नियमित जाँचका साथै उनीहरूको मनोवैज्ञानिक अवस्थालगायत विषयहरूमा परिषद्ले काम गर्न सकिरहेको छ की छैन ?

उत्तर:परिषद्ले अहिले आफूसँग भएको जनशक्तिबाहेक अन्य जनशक्ति पनि एसियाडको तयारीका लागि खटाएको छ । त्यसअन्तर्गत थप फिजियोथेरापिस्टहरू हरेक ट्रेनिङ भेन्युमा राखेका छौं । तत्कालै आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू पनि अभ्यास गर्ने स्थानमा उपलब्ध छन् । खेलाडीहरूको स्वास्थ्य परीक्षणका काम भइसकेको छ । एन्टी डोपिङ लर्निङ सर्टिफिकेट र सहभागिताका लागि डोपिङका कक्षाहरू खेलाडीहरूले पूरा गरिसक्नुभएको छ ।

तयारी भन्ने बित्तिकै प्र्राविधिक प्रशिक्षण मात्र हुँदैन । खेलाडीहरूको फिटनेस लेभल, स्ट्रेन्थलगायत कुरामा पूर्ण रूपमा राम्रो हुनुपर्छ । प्रशिक्षकहरूले पनि यी कुरामा ध्यान दिइरहनुभएको छ । रिङभित्रको तालिम मात्र होइन रिङ बाहिरको अभ्यास पनि उहाँहरूले लिइरहनुभएको छ । सम्पूर्ण खेलाडीमा सकारात्मक खालका आत्मबल पैदा भएको मैले देखिरहेको छु ।

प्रश्न: जहिल्यै पनि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिसकेपछि खेलाडीहरूलाई प्रदर्शनका बारेमा सोध्दा उनीहरूकै एउटै जवाफ भनेको यहाँको वातावरणसँग भिज्न गाह्रो भयो भन्छन्, यस पटक परिषद्ले आयोजना मितिभन्दा कति समय अगाडि एसियाडको खेल स्थलमा तयारी गराउने योजना बनाएको छ ?

उत्तर:खेलाडीहरूको आवाज हामीले सम्बोधन नै गर्नुपर्छ । तर, त्यसअघि केही पक्षमा ध्यान दिनुपर्छ । एसियाडको भिलेज कहिले खोल्छ भन्ने पनि ध्यान दिनुपर्छ । त्यहाँ आराम गर्न मात्र उहाँहरूलाई छिटो लगेर हुँदैन । पहिला उहाँहरूको व्यवस्थापनबारे काम गर्छौं । त्यसपछि मात्र हामी खेलाडीलाई लैजानेछौं ।

आवश्यक लगानी र व्यवस्थित योजना नहुँदा खेल क्षेत्रको विकास हुन सकेनः सदस्यसचिव घिसिङ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरुको विकास हुन नसकेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताउनु भयो । उहाँले मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी परिषद्ले एशियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको बताउनु भयो । उहाँले राखेपले खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक र आम सहभागिताका रुपमा आफ्ना कार्यहरु अघि सारेको बताउनु भयो ।

उहाँले राज्यले मेहनती एक खेलाडी बराबर एक करोड रुपैयाँसम्म लगानी गर्नेगरी राखेप अघि बढीरहेको बताउनु भयो । उहाँले राखेपले जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्ने निर्णय परिषद्बाट भएको बताउनु भयो । उहाँले खेलाडीको मेहनत, लगावका आधारमा मेहनती खेलाडीलाई एक करोड रुपैयाँसम्मको लगानी गर्न राज्य तयार रहने गरी नीति बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एशियन गेम्समा रहेका २३ वटा खेलहरुको ट्रेनिङ मार्चको तेस्रो हप्ता शुरु गर्नेगरी हामीले बैठकमा निर्णय गरेका थियौँ । साथै अरु ४ वटा खेलका लागि पनि केही निर्णय गरेका थियौँ । एउटा रणनीतिक सहभागिता आम सहभागिताका हिसावले सोचेका छौँ । रणनीतिक सहभागिता भनेको मेडलका लागि सम्भवना प्रवल भएको खेल र खेलाडीलाई रणनीतिक सम्भावनाको तयारीका साथ जुट्ने ।’

‘दक्षिण एशियाली खेलकुदको अनुभवले एशियन गेम्समामा आफूलाई निकै प्रतिष्पर्धात्मक रुपमा अघि निम्त्याउनका लागि ठूलो अनुभव आर्जन गर्न सक्नुहुन्छ । एउटा खेलाडी बराबर मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक एलाडी बराबर एक करोड रुपैयाँ आवश्यक्ता परेपनि राज्यले लगानी गर्नेछ । तर खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ । त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ । हामी खेल क्षेत्रको विकास किन भएन भन्दै गर्दा व्यवस्थित योजना बनाएर र लगानी गर्न कन्जुस्याइँ गरेर पनि हो । त्यो खेलाडीले देशलाई मेडल दिलाउँछ । खेलमा न राजनीति हुन्छ न अरु केही ।’

सदस्यसचिव घिसिङले खmेलाडी छनोट भनसुनका आधारमा गर्न थालेपनि राष्ट्रले शर्मनाक हार व्यहोर्ने बताउनु भयो । उहाँले अझैपनि नेपाली समाजमा कुनै पदाधिकारीलाई भनेपछि खेलाडी बन्ने र प्रशिक्षक बन्नसक्ने खराब सोच हट्न नसकेको बताउनु भयो ।

सरोकारवालासँग छलफल ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्याः सदस्यसचिव घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सरोकारवालासँग पर्याप्त छलफल बिना नै ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा बुधवार आयोजित स्पोटर््स डाइलगको पहिलो श्रृंखलामा सदस्यसचिव घिसिङले सो प्रतिक्रिया दिनुभएको हो ।

त्रिपुरेश्वरस्थित मञ्चमा आयोजित उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले ऐन निर्माण गर्दा प्रदेशले केन्द्रको ऐन अनुशरण नगर्नाले थप जटिलता उत्पन्न भइरहेको बताउनु भयो । ‘संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ । प्रदेशलाई आफ्नै ऐन बनाउन छुट छ । उहाँहरूले ऐन बनाउँदा केन्द्रको अनुसरण गर्नु भएको छैन,’ सदस्यसचिव घिसिङले भन्नुभयो, ‘ऐन जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्दथ्यो । तर, समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन र सबै संघ अवैधानिक हुन पुगे ।

राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु । उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ ।’ नेपाल ऐन संशोधनमार्पmत ती संघलाई पुर्नजिवीति गर्ने उहाँको भनाइ छ । ऐनमा भएका समस्या हटाउनका लागि नेपाल ऐन संशोधन गर्न हरेक वर्ष सम्बन्धित मन्त्रालयमार्फत प्रश्ताव माग गर्न सकिने प्रावधान छ । त्यसैले संघलाई वैधानिकता प्रदान गर्नसदस्यसचिव घिसिङले युवा तथा खेलकुद मन्त्रालयमार्फत बाधा÷अड्काउ फुकुवाकाकेही प्रश्ताव पठाइसकेको बताउनु भयो । नियमावाली समयमा बन्न नसक्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ जारी भएको लामो समय बिते पनि त्यसको कार्यान्वयनमा समस्या भइरहेको छ । आफू ऐन कार्यान्वयन गराउने निकाय भएकाले यसमा भएका त्रुटिप्रति खेलकुद परिषद् पूर्णत जिम्मेवार नहुने उहाँको भनाइ थियो ।

ऐन बनाउँदा सरकारवालासँग आवश्यक छलफल नगरिएको ऐनमा झल्किएको पनि उनले आरोप लगाउनु भयो । ‘ऐन बनाउने निकायले सम्बन्धित निकायसँग आवश्यक छलफल नगरी ऐन बनाएको प्रष्ट देखियो । ऐन बनाउँदा केही मान्यता नअपनाइँदा कार्यान्वयनमा जटिलता आएको हो । खेलमा मात्र होइन अन्य क्षेत्रमा पनि यस्ता समस्या आएका छन् । तथापि, मैले समाधान गर्ने बाटोतर्पm प्रक्रिया अगाडि बढाइसकेको छु,’उहाँले भन्नुभयो ।

ऐन बनेको दुई वर्ष बितिसक्दा पनि खेल संघका निर्वाचन हुन सकेका छैनन् । सदस्यसचिव घिसिङले संघलाई वैद्यानिकता बनाउने पक्षमा आफू लागिरहेको विश्वास व्यक्त गर्नुभयो । तर, त्यो भन्दा अगाडि संघले पनि ऐेनलाई पूर्णता पालना गर्नुपर्ने र यदी ऐन सम्मत निर्वाचन भएका छैनन् भने ती संघले मान्यता पनि नपाउने उहाँको भनाइ छ ।

‘संघहरूले इमानदारिताका साथ निर्वाचन प्रक्रिया अगाडि बढाउनु पर्छ । ऐन पालना गर्दै विधान स्वीकृत गराएर निर्वाचनमा जाँदा संघहरूलाई मान्यता दिनेछौं । निर्वाचनका लागि कुनै संघले समस्या भोग्नुपर्दैन,’घिसिङले भन्नुभयो ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यसबीच गण्डकीमा खेलस्थान अभावका कारण केही खेल काठमाडौंमा नै आयोजना हुने सार्वजनिक भइरहेको छ । यद्यपि, सदस्यसचिव घिसिङले सकेसम्म सबै खेल गण्डकीमा नै खेलाउने प्रयत्न गरिने उल्लेख गर्दै आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्था भएमा काठमाडौंमा हुने पनि संकेत गर्नुभयो । साथै नवौंलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने उनले योजना सुनाउनु भयो । पहिलो संस्करणदेखि नवौंसम्मका डाटा सुरक्षित गरिने समेत उहाँको प्रतिवद्धता छ ।

राखेप फर्किए घिसिङ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

तर, उक्त नियुक्ती खारेजीको माग गर्दै सिलवाल सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको हो ।

बुधबार जिम्मेवारीमा फर्किएसँगै घिसिङले सञ्चारकर्मीसँग कुरा गर्दै एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए । यस्तै, नवौं राष्ट्रिय खेलकुद यही आर्थिक वर्षमा गर्ने उनको भनाई छ ।

यो पनिः सिलवालको रिट खारेज, टंकलाललाई काम गर्न बाटो खुल्ला