टी–२० क्रिकेट – News Polar

श्रीलंकालाई ७ विकेटले हराउँदै भारतले जित्यो सिरिज
एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । योसँगै टीम इन्डियाले ३ खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।

भारतले पहिलो खेल ४३ रनले जितेको थियो । तेस्रो खेल मंगलबार पल्लेकेलेमा हुनेछ ।

आइतबार भारतले टस जितेर पहिले बलिङ रोजेको थियो । श्रीलंकाले ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतको ब्याटिङको क्रममा पानी परेकोले टिमलाई ८ ओभरमा ७८ रनको लक्ष्य दिएको थियो । भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

भारतका लागि यशस्वी जैसवाल, सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले २०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाए । बलिङमा रवि बिश्नोईले ३ विकेट लिए ।

सूर्यकुमार यादवले १२ बलमा २६ रन, हार्दिक पाण्ड्याले ९ बलमा २२ रन र यशस्वी जैसवालले १५ बलमा ३० रन बनाए ।

सञ्जु सामसनले खाता खोल्न सकेनन् भने ऋषभ पन्त २ रन बनाएर नटआउट रहे । श्रीलंकाका माथिश पाथिराना, वानिन्दु हसरंगा र महिश तिक्षानाले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । कुसल परेराले अर्धशतक बनाए । उनले ३४ बलमा ५४ रन जोडे । उनीसँगै पथुम निसान्काले ३२ र कमिन्दु मेन्डिसले २६ रन बनाए । बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् । भारतका रवि बिश्नोईले ३ विकेट लिए । हार्दिक पाण्ड्या, अर्शदीप सिंह र अक्षर पटेलले २–२ सफलता हात पारे ।

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
काठमाडौँ । आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालको ‘ए’ टोलीले टस हारेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट भर्खरै भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड एसँग नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

नेपाल ए को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, आरिफ शेख, नारायण जोशी, बसिर अहमद र राशिद खान छन् । त्यस्तै बेन्चमा हेमन्त धामी, अर्जुन घर्ती, विकास आग्री र किरण ठगुन्ना छन् ।

भारतले बनायो सर्वाधिक टी–२० जित्ने विश्व कीर्तिमान
एजेन्सी । चौथो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गर्यो ।

योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान समेत बनाएको छ । भारतले आफ्नो १३६ औं टी–२० जित्यो । उसले १३५ टी–२० जित रहेको पाकिस्तानलाई पछि पारेको हो ।

रायपुरमा भएको चौथो टी–२० जित्दै भारतले ५ म्याचको टी–२० सिरिजमा ३–१ को अग्रता लिएको छ । पाँचौं र अन्तिम टी–२० डिसेम्बर ३ मा बैंगलोरमा खेलिनेछ ।

रायपुरमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन ससक्यो ।

अन्तर्राष्ट्रिय टी–२० मा नेपालको विश्व कीर्तिमानहरू: दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए
काठमाडौँ । एसियाली खेलकुदमा आज नेपालले पहिलो खेलमा मङगोलियासित कीर्तिमानी जित हात पार्यो । नेपालले मङ्गोलियालाई दुई सय ७३ फराकिलो रनले पराजित गर्यो । यहि खेलमार्फत नेपाली टीमले विभिन्न विश्व कीर्तिमान राखेको छ ।

कमजोर टीम मङ्गोलियाविरुद्ध नेपालले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो। अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० मा कुनैपनि टीमले ३०० रन बनाउन सकेका छैनन् । सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाएको थियो ।

यस्तै, नेपालले मंगलोलियाविरुद्ध हासिल गरेको २७३ रनको फराकिलो जित पनि टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्की विरुद्ध २५७ रनले जित हासिल गरेको थियो ।

त्यसैगरी, नेपालका कुशल मल्लले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेका छन् । उनले ३४ बलमै शतक बनाए । यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

आजको खेलमा दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। दीपेन्द्रले एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का प्रहार गरे । उनले नौ बलमा लगातार ६ छक्का, त्यसपछि दुई रन र पछि फेरी दुई छक्का प्रहार गरे । यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए । उनले भने एकैै ओभरमा लगातार ६ छक्का हानेका थिए ।

नेपालले आज सर्वाधिक छक्काको कीर्तिमान पनि बनाएको छ । आजको खेलमा नेपालले २६ छक्का प्रहार गरेको छ । जुन टी–२०मा हालसम्मकै सर्वाधिक छक्का हो । जसमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र कप्तान रोहित पौडेलले ६ छक्का प्रहार गरे । यसअघि टी–२०मा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । जसमा अफगानिस्तान र वेस्ट इन्डिजले समान २२ छक्का हानेका थिए ।

यस्तै, नेपालले तेस्रो नम्बरको ब्याट्सम्यानको सर्वाधिक रनको विश्वकीर्तिमानी पनि बनाएको छ । तेस्रो नम्बरमा आएका बुशल मल्लले १३७ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यानले हालसम्म यति धेरै रन बनाउन सकेका छैनन् । यसअघि न्यूजिल्यान्डका ब्रान्डेम म्याकुलमले बंगलादेशविरुद्ध सन् २०१२ मा १२३ रनको इनिङ खेलेका थिए ।

प्रधानमन्त्री कप महिला क्रिकेट: इतिहास रच्ने चेलीहरुलाई एसपीएको सम्मान
धनगढी। गतमाघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमको टोलीले जित्दै इतिहास रचेको थियो । सुदूरपश्चिमको महिला टोलीले राष्ट्रिय प्रतियोगिताको उपाधि उचालेको यो नै पहिलोपल्ट थियो ।

यो त्यही पल थियो, जहाँबाट महिला क्रिकेटमा विभागीय टोली एपीएफ र प्रदेश १ को उपाधि यात्रामा ब्रेक लागेको थियो । त्यसअघिका सम्पूर्ण महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु एपीएफमा पोल्टामा जान्थे । एकाध प्रतियोगिता प्रदेश १ को पक्षमा थिए । हुन् पनि किन नाई यी दुबै टोलीमा राष्ट्रिय टोलीका खेलाडीहरु जो भरिएका थिए ।

यस प्रतियोगितामा भने यी दुबै टोलीलाई पन्छ्याउँदै सानदार प्रदर्शन गरेको थियो, सुदूरको टोलीले र त्यसका नायक थिए, कविता कुँवर र मनिषा चौधरी ।

कविताले एसपीएफविरुद्धको फाइनल खेलको अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक भएका बेला लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई उपाधि दिलाएकी थिइन् ।

कविताले उपाधिमात्रै जितिनन् । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर पनि चुनिएकी थिइन । त्यसबाहेक भविष्य स्टार खेलाडीको उपमा पाउँदै उनले स्कुटर पनि जितिन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट बलरको उपाधि सुदूरपश्चिमकै मनिषा चौधरीले जितिन् । मध्य गतिकी बलर उनले गण्डकीविरुद्ध ४, बागमती, सेमिफाइनलमा मधेश र फाइनलमा प्रदेशएकविरुद्ध २–२ विकेट लिदै सुदूरलाई उपाधि दिलाएकी थिइन ।

यी दुबै खेलाडीसहित उपाधि विजेता टोलीका सदस्यहरु ईश्वरी विष्ट र रुवि पोदार धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा अध्ययनरत छन् । कलेजले रजत जयन्तीको उपलक्ष्यमा शुक्रबार उहाँहरुलाई नगद र सम्मानपत्र सहित सम्मानित गरेको छ । सबैलाई कलेजमा छात्रवृत्तिमा अध्ययन गर्छन ।

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए ।

यी मध्ये कविता कुँवर राष्ट्रिय टोलीकी महत्वपूर्ण अलराउण्डर हुन भने बाँकी सबै खेलाडीले उमेर समूहमा देशको जर्सी लगाइसकिन् । महिला खेलाडीहरुलाई थप प्रोत्साहन मिलोस भन्ने उदेश्यले सम्मान गरिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए । ‘हाम्रा कलेजमा अध्ययनरत चेलीहरुले आफ्नो भूमीको पहिचानका लागि गरेको कार्यले हामीलाई गौरम्वाम्वित बनाएको छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘एसपीएले खेल र खेलाडीलाई सदैव उच्च सम्मान गर्दै आएको छ । यसपल्ट चेलीहरुलाई प्रोत्साहित गर्न पाउँदा हामी अन्त्यन्तै गौरवाम्वित छौं ।’

सम्मान ग्रहणपछि कविता कुँवरले आफूले पढिरहेको कलेजबाट सम्मानित हुँदा गौरव महसुस भएको बताईन । ‘कलेजले हामीलाई सदैव साथ दिदैँ आएको छ । हरेक टुर्नामेन्ट अघि आर्थिक तथा भौतिक सहयोग पनि गरेको छ,’ कविताले भनिन्, ‘यसपल्ट रजत जयन्तीको विशेष समारोहमा हामीलाई सम्मान गर्दा एकदमै गौरवाम्वित भएका छौं । सम्पूर्ण खेलाडीका तर्फबाट क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दछौं ।’

एसपीएले सधै परेको बेला सहयोग गरेकाले आफ्नो रोजाईमा यही कलेज परेको कविता बताउँछिन् । ‘एसपीएले हामी खेलाडीलाई हरेक क्षेत्रमा राम्रो गरेको छ । हामीलाई अध्ययनसँगै खेल अघि बढाउन चाहिने सम्पूर्ण सानो तिनो कुरामा सहयोग गरेको छ,’ कविता भन्छिन्, ‘हामीलाई अवसर, खेल सामाग्री, अप्ठारो परेका बेला आर्थिक सहयोग गरेको छ । यस्तै छात्रवृत्ति समेत उपलब्ध गराएर हामीलाई अध्ययनअघि बढाउन सहयोग पुर्याएको छ ।’

उनीहरुसँगै एसपीएले मलेसियामा दुईवर्षअघि सम्पन्न पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा नेपालका लागि रजत पदक जितेका कमल ओलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।

एसपीएमा ८ जनामात्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अध्ययनरत छन् । उनीहरुलाई कलेजले छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको छ ।

एसपीएले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको छ । धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउँने श्रेय एसपीएकै प्रवन्ध निर्देशक सुवास शाहीलाई जान्छ । शाहीकै अग्रसरतामा एसपीए कप, डीपीएल जस्ता फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको सुरुवात भएको थियो ।

नेपाल टि ट्वान्टी क्रिकेट: विराटनगर विजयी
काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।

पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । जवाफमा विराटनगरले १८ दशमलव चार ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन बनायो । विराटनगरको जितमा रोहित पौडेलले अविजित ७१ रनको योगदान दिए । उनले ५७ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ७१ रनको योगदान दिएका हुन् ।

त्यसैगरी गौरान्सु शर्माले ३३ रन थपे भने हुसेन तलातले २८ रनको योगदान गरे । बलिङमा पोखराका अमिर हम्जा र जाहिर खानले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिए भने सुमित महर्जनले २६ रन बनाए ।

त्यसैगरी कप्तान उपुल थरङ्गाले २५ रन बनाउँदा प्रतिशत जिसिले अविजित १३ तथा आसिफ शेखले ११ रन जोडे । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले तीन विकेट लिए भने साहब आलम, राज नानन र नन्दन यादवले समान एक÷एक विकेट लिए । यससँगै चार खेल खेलेको विराटनगरले दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको छ । विराटनगर अङ्क तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै पाँच खेल खेलको पोखरा भने पाँचैँ खेलमा हार बेहोर्दै अङ्कताकिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी अल स्टार अपराजित रहदै आठ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । काठमाडौँ नाइट्सले तीन खेलमा दुई जित हात पार्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैगरी जनकपुर रोयल्स तीन खेलमा दुई जित हात पार्दै नेटरनरेटका आधारमा चौँथो तथा फार वेस्ट युनाइटेड पाँचौँ स्थानमा छ । तीन खेल खेलेको फार वेस्टले एक खेलमा जित हात पार्दै दुई अङ्क जोडेको छ ।

प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख हात पार्नेछन् ।

दक्षिण एशियामा सरकार चलाउन भन्दा गाह्रो क्रिकेट चलाउन छः अध्यक्ष चन्द(भिडियोसहित)
काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो । प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने क्यानले जनाएको छ । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउनेछन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिवारबाट शुरु हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरुलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टि २० को आयोजना गरिएकाले लिग पूर्ण रुपमा सफल हुने बताउनु भयो । उहाँले दक्षिण एशियाका देशहरुले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको पनि बताउनु भयो ।

उहाँले व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु दिनु नहुने बताउनु भयो । उहाँले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेकाले त्यसलाई सफल बन्न दिनु नहुने बताउनु भयो । अध्यक्ष चन्दले दक्षिण एशियामा सरकार चलाउनु भन्दा गाह्रो कुरा क्रिकेट संघ चलाउन छ भन्नेकुरा आफूले अनुभव गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सही नियतले नेपाल टि २० लिग सञ्चालन गर्न भनेर घोषणा गरिएको थियो । एशोसिएट देशले धेरै कठिनाइ भोग्नुपर्ने रहेछ । सबै विदेशी खेलाडी आइसकेका छन्, क्यान तयार छ, यो लिग रोक्नु ठिक छैन, क्रिकेट शुभचिन्तकका लागि । व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु हुँदैन । प्रतियोगिता भोलिदेखि शुरु हुन्छ नै । क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेको छ, उनीहरुले कुनै निकाय छोडेका छैनन् । दक्षिण एशियामा सरकार चलाउनु भन्दा गाह्रो क्रिकेट चलाउन छ । हो पनि मैले देखिरहेको पनि छु । गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ ।’

नेपाल टि २० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी रहनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिवार पोखरा एभेन्जर्स र काठमाडौं नाइटसँग प्रतिष्पर्धा गर्नेछ । शनिवार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ ।

नागपुर टी–२०ः भारतले अष्ट्रेलियालाई हरायो, सिरिज १–१ को बराबरीमा
एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । नागपुरमा गएराति भएको खेलमा भारतको यो जितसँगै सिरिज पनि १–१ को बराबरीमा पुगेको छ ।

तीन खेलको टी–२० सिरिजको निर्णायक सेप्टेम्बर २५ मा हैदरावादमा हुनेछ । भिजेको मैदानका कारण दुई घण्टा ४५ मिनेट ढिलो टस भएको खेललाई पावरप्ले दुई ओभरको झारिएको थियो भने एक बलरले दुई ओभर मात्रै बलिङ गर्नु पर्ने थियो ।

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले आठ ओभरमा पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले २० बलमा ४३ रनको अविजित इनिङ्स खेले । यस्तै, आरोन फिन्चले १५ बलमा ३१ रन बनाए । भारतका अक्षर पटेलले दुई विकेट लिए ।

जवाफमा भारतले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पछ्यायो । कप्तान रोहित शर्माले २० बलमा ४६ रनको अविजित इनिङ खेले । यस्तै, दिनेश कार्तिकले आठौं ओभरमा छक्का र चौका प्रहार गर्दै खेल समाप्त गरे ।

भारतले पाँच वर्षपछि घरेलु मैदानमा अष्ट्रेलियालाई टी–२० खेलमा पराजित गरेको छ । पछिल्लो पटक भारतले सन् २०१७ मा अष्ट्रेलियालाई टी–२० खेलमा पराजित गरेको थियो । यसपछि अष्ट्रेलियाले २०१९ मा विशाखापट्टनम र बैंगलोरमा भएको दुई खेलको सिरिज २–० ले जितेको थियो । यस्तै, मोहालीमा भएको खेलमा अस्ट्रेलियाको टोली विजयी भएको थियो ।