ठमेलमा बढे भारतीय पर्यटक – News Polar

ठमेलमा बढे भारतीय पर्यटक
काठमाडाैँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका पर्यटकहरूको केन्द्र रहने गरेको ठमेलमा अहिले भने भारतीय पर्यटकको बाहुल्यता हुने गरेको छ । प्रकृति, संस्कृति र साहसिक खेलका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको नेपाल घुम्नका लागि पछिल्लो समय भारतीय पर्यटकहरू आउने गरेका छन् ।

केही समययतादेखि काठमाडौँको ठमेल क्षेत्रमा साँझपख भारतीय पर्यटकको विशेष चहलपहल देखिन थालेको यहाँका होटल तथा अन्य पर्यटन व्यवसायीहरू बताउँछन् । विशेष गरी काठमाडौँमा अधिकांश भारतीय पर्यटकहरू रहने भनेको पशुपतिनाथ क्षेत्रमा हो । तर यसबाहेक पनि स्वयम्भूनाथ, बौद्धनाथ, पाटन र काठमाडौँ दरबार क्षेत्रमा रहेका सम्पदा र स्थलहरूको भ्रमणमा पनि उनीहरू उत्तिकै रमाउने गरेका छन् । तर पछिल्लो समय भने काठमाडौँ आएका भारतीय पर्यटकहरूको केन्द्र ठमेल पनि बन्न थालेको छ ।

उनीहरूले यहाँ रहेर नेपाली खानाको परिकार, सांस्कृतिक वातावरणको अनुभव लिनुका साथै नेपाली हस्तकलालगायतका सामग्रीहरूको किनमेलमा पनि उनीहरू रमाउने गरेका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले पछिल्लो समय भारतीय पर्यटकका कारण ठमेल क्षेत्रको अर्थतन्त्र चलायमान भएको बताउनुहुन्छ । “भारतीय पर्यटकका कारण अहिले ठमेल क्षेत्रका होटल, रेस्टुरेन्ट, पसल र क्लबहरू भरिभराउ भएका छन्, यो ठमेलका लागि खुसीको कुरा हो,” उहाँ भन्नुहुन्छ ।

काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयाल अहिलेको समयमा आफ्नो होटलमा आउने पर्यटकमध्ये ३० प्रतिशत भारतीय मात्र रहने गरेको बताउनुहुन्छ । “काठमाडौँभित्रको पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने पर्यटकहरू धेरै रहेका छन्,” उहाँ भन्नुहुन्छ । उहाँ काठमाडौँमा आउने धेरै भारतीय पर्यटक पशुपति, गौशाला क्षेत्रमा बस्ने गरे पनि ठमेलमा पनि हिजोआज भारतीय पर्यटकको चहलपहल राम्रो रहेको बताउनुहुन्छ ।

नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् । ठमेल पुरानो सांस्कृतिक तथा ऐतिहासिक बजार हो । ठमेलभित्र मेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य, भगवान बहाल, भगवती मन्दिर, भीमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य, श्री गाहा चैत्य रहेका छन् । सन् २०२५ मा विदेशबाट नेपाल आएका कुल ११ लाख ५८ हजार ४५९ पर्यटकमध्ये छिमेकी मुलुक भारतबाट मात्र २५.२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ६२४ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, सन् २०२६ को ६ महिनामा ६ लाख २० हजार ४५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये छिमेकी मुलुक भारतबाट मात्र एक लाख ७२ हजार ४८१ पर्यटक नेपाल भित्रिएका छन् ।

भारतबाट जनवरीमा २६ हजार ६२४, फेब्रुअरीमा २२ हजार ७४५, मार्चमा २५ हजार ७२८, अप्रिलमा १५ हजार १९६, मेमा ४० हजार ७८२ र जुनमा ४१ हजार ८०९ पर्यटक नेपाल घुम्न आएका हुन् । नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप कार्की नेपाल पर्यटन बोर्डको वार्षिक नीति तथा कार्यक्रम भारत केन्द्रित गरेका कारण नेपालमा भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ । नेपालले गएको एक वर्षमा भारतका मुख्य बजारमा २४ वटा पर्यटन प्रवर्द्धनसम्बन्धी मार्ट सञ्चालन गरेको उहाँको भनाइ छ । यस्तै, पर्यटन बोर्डले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म तराईका मुख्य नाकाहरूमा नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीयहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

यसैगरी, पछिल्लो समय जलवायु परिवर्तनका कारण भारतमा गर्मी ह्वात्तै बढेको र गर्मी छल्नका लागि पनि भारतीय पर्यटकहरू नेपाल आउने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटकको आगमनले पर्यटकीय राजधानी पोखराका होटलसमेत भरिभराउ भएका छन् । पोखराको सराङकोटमा सञ्चालित नयाँगाउँ इको रिसोर्टका सञ्चालक विष्णुप्रसाद धिताल पछिल्लो समय भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाएको बताउनुहुन्छ ।

आफ्नो रिसोर्टमा बढी मात्रामा भारतको उत्तर प्रदेश र विहारबाट पर्यटक आउने गरेको उहाँको भनाइ छ । नेपाल र भारतको खुला नाकाका कारण सिद्धार्थ राजमार्ग हुँदै पोखरा हुँदै मुस्ताङको मुक्तिनाथ बढी मात्रामा भारतीयहरू जाने गरेका छन् । नेपाल घुम्न आएका पर्यटकहरूमध्ये अधिकांश पर्यटक मुक्तिनाथ, पशुपतिनाथलगायतका मठमन्दिर घुम्न आउने गरेका छन् । धार्मिक पर्यटनका रूपमा यहाँ भारतीय तीर्थयात्रीहरू आउने गरेका हुन् ।