डा प्रकाशशरण महत – News Polar

१५ औँ महाधिवेशन सम्पन्न गर्न साझा संयन्त्र निर्माण गरौँ: डा. प्रकाशशरण महत
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको १५ औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न पूर्ण अधिकारसहितको साझा संयन्त्र निर्माण गर्न प्रस्ताव गर्नुभएको छ ।

शनिवार नेता पूर्णबहादुर खड्काको निवासमा सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो ।

उहाँले पार्टीलाई एक ढिक्का बनाई सहमतिपूर्ण ढंगबाट अघि साझा संयन्त्र बनाई पार्टी १५ औँ अधिवेशन गर्ने सम्पूर्ण अधिकार सोही संयन्त्रलाई दिनुपर्ने आफ्नो राय रहेको बताउनु भयो । यस्तो संयन्त्रले सम्पन्न गर्ने अधिवेशनबाट चयन हुने नेतृत्वमा सबै पक्षको स्वामित्व उहाँको भनाइ छ ।

उहाँले विशेष महाधिवेशनमा पार्टीको एउटा समूह मात्र सहभागी भएको भन्दै विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गर्ने निर्णयहरु एकपक्षीय भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१५औँ महाधिवेशन गर्नको लागि दुवै पक्षबाट एउटा साँझा संयन्त्र निर्माण गरौँ भन्ने मेरो प्रश्ताव हो । त्यसरी निर्माण गरिएको संयन्त्रले सम्पूर्ण अधिकारसहित अधिवेशन सम्पन्न गर्यो भने त्यो अधिवेशनबाट जुन जेनृत्व चयन हुन्छ सबै कुराको ओनरसिप त्यसमा हुन्छ । अहिले त एउटा तप्का मात्रै विशेष महाधिवेशनमा सहभागि भएको छ । त्यसकारण अहिले त्यो कमिटीले जतिपनि निर्णय गरेको छ त्यो एकान्की मात्रै भएको छ । त्यसकारण हामी सबै एक भएर जाने भन्ने पक्षमा छौँ । तर एक हुने नहुने भन्ने कुरा हामीभन्दा पनि उहाँहरुमा निर्भर छ ।’

गत पुसमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको थियो । त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च गएको थियो । शुक्रवार सर्वोच्च अदालतले थापा पक्षलाई वैधानिकता दिएसँगै १४ औँ महाधिवेशनका पदाधिकारीहरुले छलफल गरिरहेका छन् ।–न्युज एजेन्सी नेपाल

नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव
काठमाडौं: नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आगामी नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव अघि सार्नुभएको छ ।

पार्टी अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म काँग्रेस बलियो हुन नसक्ने बताउनुभएको हो । संसदमा काँग्रेसको उपस्थिति जम्मा ३८ सिटमा खुम्चिएको अवस्थालाई ‘अत्यन्त न्युनतम संख्या’ भन्दै डा. महतले यसलाई मध्यनजर गर्दै समग्र पार्टी पंक्ति एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । डा. महतले विगतमा भएको विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गर्नुभयो ।

आम निर्वाचनअघि नयाँ नेतृत्व नभई जान सकिन्न भन्ने तर्कका साथ विशेष महाधिवेशन गरिएको भएपनि त्यसको परिणाम सशक्त आउन नसकेको उहाँको ठम्याइ छ । अहिलेको विवाद समाधानका लागि विगतका गल्ती कोट्याएर ‘पोइन्ट स्कोर’ गर्नुभन्दा साझा बिन्दु पहिल्याउनुपर्ने महतको सुझाव छ ।

उहाँले आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबै पक्षलाई समेटेर एउटा ‘आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव गर्नुभयो । आगामी २२ गते अदालतबाट आउने निर्णयले कानूनी पाटो सम्बोधन गर्ने भएपनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ छ । उहाँले आफ्नो तर्फबाट सहमतिको वातावरण बनाउन आवश्यक योगदान दिन तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अपेक्षा के थियो भने यसरी नयाँ नेतृत्वबाट निर्वाचनमा जाँदा परिणाम सशक्त परिणाम आउँछ भन्ने थियो । त्यो त रहेन र परिणाम त स्पष्टै छ । त्यसैले मूलभूत रुपमा अहिले पनि हाम्रो के भनाइ छ भने पार्टी जबसम्म हामी एकीकृत मानसिक, भौतिक सबै रुपमा हामी एकीकृत हुँदैनौँ, यो पार्टी चाहिँ बलियो हुन सक्दैन । अहिलेको जुन विशिष्ट चुनौतीपूर्ण अवस्थामा त झन् त्यो चाहिँ सम्भव हुँदैन । त्यसकारण अहिले जुन एउटा निराशाको अवस्था पार्टी पंक्तिमा छ, त्यसलाई आशामा रुपान्तरित गर्न जरुरी छ । त्यसको लागि फेरि हामी एकजुट भएर जान जरुरी छ । एकजुट भएर जानको लागि अब के गर्ने तरु यो पहिलाका कुरामा हामी बहसमा पोइन्ट स्कोर गर्ने होइन, यो–यो कारणले हामी ठीक थियौँ । हैन यो(यो कारणले अर्को ठिक थियो भन्ने बहसमा परिराख्ने कि हामीले अब एउटा चाहिँ साझा बिन्दु पहिल्याउने र अगाडिको दिनमा पार्टीलाई एकीकृत बनाएर यो चुनौतीबाट माथि उठ्ने भन्ने नै अहिलेको प्रश्न हो । र त्यतातिर नै सम्पूर्ण देशभरि छरिएर बस्नुभएका पार्टीका शुभचिन्तक, समर्थक, नेता, कार्यकर्ता सबै यसमा केन्द्रित हुन जरुरी छ भन्ने मलाई लाग्छ । त्यस अर्थमा अहिले के छ भनेदेखि यो अदालतले पनि २२ गते जुन निर्णय भनेको छ, निर्णय चाहिँ तत्कालै निर्णय गर्दियोस् । तर त्यो निर्णयले पनि मलाई लाग्छ त्यो एउटा कानूनी पाटोको सम्बोधन गर्छ । त्यसलाई एउटा दिशा निर्देश त गर्छ। तैपनि यो पार्टीलाई चाहिँ एकीकृत गरेर जोड्नको लागि फेरि हामीले एउटा संवाद गर्न जरुरी छ र साझा बिन्दु पहिल्याउन जरुरी छ । त्यो साझा बिन्दु भनेको अब जुन नियमित महाधिवेशन त गर्नु नै छ फेरि । यो नियमित महाधिवेशन फेरि यो आम निर्वाचनको कन्टेक्स्ट पनि भइसकेको अवस्थामा अब नियमित महाधिवेशन गर्नको लागि सबै पार्टीको विशेष महाधिवेशनमा जोडिएका र विशेष महाधिवेशनमा नजोडिएको ठूलो पार्टी पंक्ति, शेरबहादुर देउवा लगायत पार्टी पंक्तिले एउटा साझा विन्दु खोजेर हामीहरुले साझा बिन्दु खोजेर त्यो नियमित महाधिवेशन सम्पन्न गर्नको लागि एउटा आयोजक समिति जस्तो बनाएर, एउटा कमन ओनरशिप सुनिश्चित गरेर अगाडि बढ्यो भने त्यो नियमित महाधिवेशनबाट आएको नेतृत्वलाई पनि एउटा सर्वस्वीकार्य नेतृत्वलाई मानेर अगाडि बढ्ने परिस्थिति निर्माण हुन्छ । त्यसकारण अहिले के छ भने अब आफ्नो–आफ्नो हिसाबले अधिवेशन घोषणा गरेर जाने कुराले पनि यसलाई समाधान दिँदैन । त्यसकारण २२ गतेको यो निर्णय पर्खौं । त्यसपछि पनि अब यो निर्णय आएको छ, यसको बाबजुद हामी एक हुन जरुरी छ । एक हुनको लागि यसरी जान जरुरी छ र नियमित महाधिवेशनमा साझा सहकार्य र हिस्सेदारीका साथ र त्यो महाधिवेशन गर्ने निकायलाई सबैले विश्वास गर्ने वातावरण हुन जरुरी छ भनेर गयो भने मलाई लाग्छ यसले एउटा पार्टीलाई दिशा निर्देश गर्छ र पार्टी पंक्तिलाई एकीकृत गर्छ भन्ने मलाई लाग्छ । र त्यसमा एउटा सहमतिको वातावरण बनोस् र एउटा साझा सूत्रमा हामी जोडिन सकौँ भन्नको लागि मेरो तर्फबाट हुनसक्ने योगदान म गर्न तयार छु। तर त्यसमा सम्बन्धित सबै पक्ष साथीहरुले त्यही किसिमबाट सोच राख्न जरुरी छ। अहिले एकअर्कालाई गालीगलौज गर्ने, यो पक्ष यस्तो उस्तो भन्ने अहिले पनि म सामाजिक सञ्जाल मिडियामा देख्छु । यो रोगबाट नेपाली कांग्रेसका साथीहरु मुक्त हुन जरुरी छ । त्यसले परिणाम दिँदैन र पार्टीको हित गर्दैन र यो चुनौतीलाई हामीले संयुक्त रुपमा साझा रुपमा सामना गर्न सक्दैनौँ भन्ने पनि मेरो ठम्याइ छ । त्यसकारण साझा बिन्दु पहिल्याउन जरुरी छ र एकीकृत भएर पार्टी अगाडि बढ्न जरुरी छ ।’

नेता महतले सामाजिक सञ्जाल र मिडियामा एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्तिबाट मुक्त हुन पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

महामन्त्रीहरुलाई देउवाले भनेः पार्टी टिकटमा मेरो हस्ताक्षरमा समस्या भए तपाईंहरु नै गर्नुस् तर पार्टी एकीकृत होस्
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि आफू कुनैपनि कुरामा वाधक नबन्ने स्पष्ट पार्नुभएको छ ।

बुधवार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलमा सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले महामन्त्रीसँग लामो कुराकानी गर्नुभएको र अहिले सबैभन्दा ठूलो कुरा नै पार्टी एकता रहेको बताउनुभएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । पार्टी टिकटमा हस्ताक्षर गर्नेमा समस्या भए अरु कुनै नेतालाई हस्ताक्षरका लागि दिन पनि आफू तयार रहेको बताउनुभएको सभापति देउवाको भनाइ उद्धृत गर्दै प्रवक्ता महतले बताउनु भयो । महामन्त्री द्वयलाई देउवाले काँग्रेसमा दुवै जना महामन्त्रीको ठूलो भविष्य रहेकाले सबैलाई मिलाएर अघि बढ्न सुझाव दिनुभयो । संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न पनि देउवाले महामन्त्रीहरुसँग आग्रह गर्नुभएको जानकारी दिनुभयो । महामन्त्रीहरुले पार्टीको संरक्षक बनेर बस्न देउवालाई सुझाव दिएपनि आगामी निर्वाचनमा प्रतिष्पर्धा नगर्नका लागि भने कुनै कर नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई महामन्त्रीसँग लामै कुराकानी भयो, त्यस सन्दर्भमा सभापतिले अहिले सबैभन्दा ठूलो कुरा भनेको पार्टी एकता हो । पार्टी फुट्नु हुन्न । तपाईंहरुको पनि धेरै ठूलो भविष्य छ । मैले पार्टी एकता अक्षुण्ड राख्न के गर्नुपर्छ ? हिजो पनि उदारताका साथ सबैको कुरा सुनेर आएको हो । हस्ताक्षरको कुरा उठेको रहेछ, हस्ताक्षर अरु कसैलाई दिएर एकता हुन्छ भने म तयार छु । केन्द्रिय समितिले नै पास गरेर तपाईंहरुकै सहमतिमा निर्वाचन आयोगमा हस्ताक्षर टिकटका लागि गएको हो । त्यही हस्ताक्षरबाट समानुपातिक सूचि पनि गयो । सभापतिको हस्ताक्षर हुँदैन र निर्वाचन आयोगमा समस्या हुँदैन भने पार्टीको जुनसुकै नेतालाई पनि म हस्ताक्षर गर्न दिन तयार छु । संसदीय बोर्ड नै सल्लाह गरेर गठन गरौँ त्यसले नै सबै कुरा टुंग्याउँछ समेत भन्नुभयो । पार्टी एक गर्ने कुरामा लाग्नुस् भन्नुभयो । संरक्षक हुनुप¥यो भन्नुभयो । चुनाव नलड् भनेको हो भन्दा त्यो त भनेको होइन भन्नुभयो ।’

सभापति देउवाले पार्टी एकता आफ्नो लागि महत्वपूर्ण भएको कुरा महामन्त्रीहरुसँग बताउनुभएको पनि प्रवक्ता महतले बताउनु भयो ।

विशेष महाधिवेशन पार्टी र मुलुकको हितमा छैन, नेतृत्वको कारण पार्टी फुट्दैनः काँग्रेस प्रवक्ता महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहेको बताउनुभएको छ ।

मंगलवार केन्द्रिय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संस्थापन पक्षले पार्टीलाई एकतावद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको उल्लेख गर्दै पार्टी नेतृत्वको कारण पार्टी विभाजित नहुने स्पष्ट पार्नुभयो । उहाँले काठमाडौंमा जारी दोस्रो महाधिवेशन पार्टी र मुलुकको हितमा नरहेको टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी पार्टी एकतावद्ध भएर जाओस् भन्ने चाहन्छौँ । कुरा पनि भइरहेको छ । र हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन । पार्टी विभाजन हुँदैन । त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन । त्यसकारण हामी एकदमै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउन कोशिस गरिरहेका छौँ । उहाँहरुले पनि त्यही लचकताका साथ आउनुप¥यो ।’

उहाँले पार्टी एकतालाई जोगाइराख्न विशेष महाधिवेशन पक्षधरलाई लचकता अपनाउन अपिल समेत गर्नुभयो ।

असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा  महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

“असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि शान्तिपूर्ण हुनुपर्छ, र सरकारको प्रतिक्रिया पनि शान्तिपूर्ण तथा कानुनी प्रक्रियाभित्रै सीमित हुनु अत्यावश्यक छ,” उहाँले भन्नुभयो ।

महतले गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका आडमा भएका हिंसालाई कुनै पनि बहानामा वैधानिकीकरण गर्न नहुने बताउनुभयो ।

ती घटनाबाट राष्ट्रले ठूलो आर्थिक र मनोवैज्ञानिक क्षति बेहोर्नु परेको उल्लेख गर्दै महतले लगानीकर्ताको विश्वास घटेको र पुँजी पलायनको सम्भावना बढ्दै गएको बताउनुभयो ।  रासस

नेपाली काँग्रेसलाई एकतावद्ध बनाउन आवश्यकः प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, संविधान र राष्ट्रियतामाथि आक्रमण भइरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले अगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरुले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाउनेगरेकोमा आपत्ति समेत जनाउनु भयो । लोकतन्त्र, संविधान र पार्टीमाथि आक्रमण भएको बेला नेतृत्व परिवर्तनको बहसले पार्टी एकतालाई नै कमजोर बनाउने उहाँको भनाइ छ । उहाँले सभापत्रि देउवाले कार्यवाहक दिइसकेको र आगामी महाधिवेशनपछि नेतृत्व नलिने घोषणा गरिसकेको भन्दै नेतृत्व परिवर्तनबो बहस अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा धेरै ठूलो चुनौती छ । पार्टी र संविधानमाथि नै आक्रमण भएको छ । राष्ट्रियताको जगलाई नै कमजोर बनाउने कोसिश भएको छ ।  यस्तो अवस्थामा हाम्रो पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनेर छलफल भएको छ यसले निश्चय नै विषयान्तर गराएको छ । यसले पार्टीलाई एकताबद्ध गरेर जाने कुरामा पनि समस्या ल्याएको छ । अब अधिवेशन त जतिसक्दो चाँडो गर्ने कुरामा दुईमत छैन । गरौंला पनि तर एकता अहिले सबैभन्दा ठूलो कुरा हो । अरु पार्टीको जिम्मा त हामीले किन लिने ? शेरबहादुरजीले चाँही आज कार्यवाहक पनि दिईसक्नुभयो र आउँदो अधिवेशनबाट आफू नेतृत्वमा रहन्न भनिसक्नु भएको छ । यसका बाबजुद पनि पार्टीकै जिम्मेवार नेताबाट जुन आलको प्रश्नहरु आइरहेको छ यसले पार्टीमाथि प्रश्न उठाएको छ ।’

बैठकले जेन—जी आन्दोलनका क्रममा नेताहरूमाथि भएको हिंसात्मक आक्रमणको भत्र्सना गरेको पनि बताउनु भयो । उहाँले पार्टीका भातृ संघहरुमा समेत गम्भीर समस्या रहेको भन्दै ति संघसंस्थाहरुलाई पुनःजीवित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

देउवाबारे प्रवक्ता महतः सांघातिक हमला हुने देख्दा देख्तै त घर नछोडेको व्यक्ति देश छोडेर भाग्नुपर्ने कारण के ?
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताउनुभएको छ ।

आईतवार पत्रकार भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रिय समितिबाटै निचोड निस्किने स्पष्ट पार्नुभयो । केन्द्रिय समितिको बैठकले सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्ने जिकिर गर्नुभयो । अधिवेशन प्रक्रियालाई पनि चाँडो भन्दा चाँडो केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने बताउनु भयो । पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उहाँ देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताउनु भयो । पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उहाँले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताउनु भयो । देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरु देशभर छरिएर रहेका साथीहरुमा अन्योल हुनसक्छ । हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे । अहिले हामीले यि कुराहरुमा ध्यान दिनु हुँदैन । अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रिय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन । पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ । शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन । अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो । उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन । पासपोर्ट लिने हरेक नेपालीको हक छ । पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ । उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन ।’

प्रवक्ता महतले यि कामहरु पार्टीलाई कमजोर बनाउने कोशिस भएको जिकिर गर्नुभयो । पुराना नेताहरुलाई चुनावमा लड्न दिन्नौ भन्ने गरिएको भन्दै जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरु को हो ? भन्दै प्रश्न गर्नुभयो ।  —न्युज एजेन्सी नेपाल

देउवाबारे प्रवक्ता महतः सांघातिक हमला हुने देख्दा देख्तै त घर नछोडेको व्यक्ति देश छोडेर भाग्नुपर्ने कारण के ?
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताउनुभएको छ ।

आईतवार पत्रकार भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रिय समितिबाटै निचोड निस्किने स्पष्ट पार्नुभयो । केन्द्रिय समितिको बैठकले सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्ने जिकिर गर्नुभयो ।

अधिवेशन प्रक्रियालाई पनि चाँडो भन्दा चाँडो केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने बताउनु भयो । पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उहाँ देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताउनु भयो । पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उहाँले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताउनु भयो । देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरु देशभर छरिएर रहेका साथीहरुमा अन्योल हुनसक्छ । हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे । अहिले हामीले यि कुराहरुमा ध्यान दिनु हुँदैन । अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रिय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन । पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ । शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन । अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो । उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन । पासपोर्ट लिने हरेक नेपालीको हक छ । पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ । उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन ।’

प्रवक्ता महतले यि कामहरु पार्टीलाई कमजोर बनाउने कोशिस भएको जिकिर गर्नुभयो । पुराना नेताहरुलाई चुनावमा लड्न दिन्नौ भन्ने गरिएको भन्दै जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरु को हो ? भन्दै प्रश्न गर्नुभयो ।

काँग्रेस फेरि उठ्छ, लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सफल हुँदैनन्ः प्रवक्ता महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरु सफल नहुने बताउनुभएको छ ।

आईतवार बिहान निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताउनु भयो । काँग्रेस पुनः माथि उठ्ने बताउनु भयो । भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गरेर अघि बढ्ने बताउनु भयो । पार्टी कार्यालय र नेताहरुको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नहारेको र पुनः जागरुक भएर उठ्ने अठोट व्यक्त गर्नुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘हामी फेरि माथि उठ्छौँ । लोकतन्त्रलाई कमजोर गर्न खोज्ने, देशलाई कमजार गर्न खोज्ने शक्ति सफल हुनेछैन । फेरि पार्टीहरु जागरुक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत गर्न हामी अघि सर्नेछौँ । हामीमा भएका कतिपय कमजोरी त्रुटीहरुलाई पनि समीक्षा गर्नेछौँ ।’

प्रवक्ता महतले राजनीतिक दलहरुलाई थाङथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठूलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरु निर्माण भएको बताउनु भयो । काँग्रेस समीक्षासहित आउने कार्यदिशा तय गर्ने बताउनु भयो । नेपाललाई विकास निर्माण र रोजगारीको कोषमा लैजाने बारेमा काँग्रेसले गम्भीर चिन्तन गर्ने बताउनु भयो ।

गगन लक्षित प्रकाशशरणको टिप्पणीः आलो घाउमा नुनचुक छर्ने प्रवृत्ति गलत भयो
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने बहस चलाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।

परिस्थिति परिवर्तन भएसँगै उपचार समेत पूरा हुन्जेलसम्म कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको बताउनुभएको हो । आईतवार निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रको लागि लामो लडाईं लड्नुभएका पार्टी सभापति देउवाको उपचार समेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी गर्नुभयो । आक्रान्त अवस्थामा संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उहाँको ठम्याइ छ । आलो घाउ ठिक नहुँदै चलाइएको बहसप्रति गम्भीर बन्नुपर्ने बताउनु भयो । अहिले आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने बेला भएको बताउनु भयो । आलो घाउमा नुन छर्ने प्रवृत्ति गलत भएको उहाँले बताउनु भयो । अभिभावकमाथि सांघातिक प्रहार भएको बेलामा उपचार पूरा हुन दिँदा आकाश खस्छ ? उहाँको प्रश्न छ ।

प्रवक्ता महतले भन्नुभयो, ‘हाम्रो पार्टीमा पनि एउटा विभिन्न खाले बहस शुरु भएको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रको लागि लामो लडाईं लड्नुभयो । उहाँमाथि त्यस्तो किसिमको त्रासदीपूर्ण आक्रमण भयो । कतिपय जिम्मेवारी साथीहरु त्यो आक्रमण भएको अझै उपचारबाट निको नभइसकेको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । हाम्रो पार्टीले त्यसको भत्र्सना गरेको छ । निन्दा गरेको छ । जहाँकै पनि यस्तो खाले प्रवृत्तिहरु प्रवेश गरी राष्ट्रिय धरोहर सम्पती, व्यक्तिगत सम्पती र व्यवसायहरुमाथि आक्रमण गरेको त्यसको हामीले निन्दा गरेका छाँै । हाम्रो पार्टीभित्र अहिले जुन बहस आलो घाउ ठिक नहुँदै जुन खाले बहस शुरु गरिएको त्यसकोप्रति हामी गम्भीर हुनुपर्छ । अहिले एक हुनुपर्ने बेला छ । यो बेला आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने हो । तर जुन बेलामा घाउ लागेको छ । घाउमा नुन छर्ने प्रवृत्ति गलत प्रवृत्ति हो । २३ गते भन्दा चार दिन अघिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, त्यही सभापति हामी त बरु अलि टाढा भएका थियौँ । हामी बरु टाढा भएका थियौँ ।’

‘जुन साथीहरुले अहिले प्रश्न उठाइरहनुभएको छ, तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ, उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । तपाईंहरुले उहाँहरुका बोली, वचन, वक्तव्य, उठबसलाई राम्रोसँग तपाईंहरुले हेर्नुभयो भने उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भनेका थियौँ । ओलीजीले जुन सोच र शैली देखाउनुभएको छ, त्यो ठिक भएको छैन । तर तुरुन्तै अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब हुँदै हुँदैन, एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी त्यो उपचार पनि पूरा हुन पर्खिन सक्दैनौँ । आकाश नै झरिहाल्छ ? अवश्य पनि हामी मन्थन गर्दछौँ नि । त्यसमा गम्भीर समीक्षा गछौँ । मूल्यांकनको आधारमा सुधार गर्दछौँ । जिम्मेवार साथीहरुले छुट्टै बहस थाल्ने कुराले पार्टीलाई राम्रो गर्दैन ।’

प्रवक्ता महतले निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको बताउँदै पार्टी सभापतिमाथि मात्रै सबै दोष थुपार्ने कुरा गलत भएको बताउनु भयो । समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् भन्नेकुरा आफूहरुले पनि चाहेको जिकिर गर्नुभयो । महामन्त्री थापाप्रति लक्षित गर्दै उहाँले बोल्न सहज हुने तर काम गर्न कठिन रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्धारित समयमा निर्वाचन गर्ने जिम्मेवारी उहाँहरुलाई दिएको थियो । पार्टी नेतृत्वले पूरा स्वतन्त्रता दिएको थियो । त्यो कुरा उहाँहरु भुल्नु भएन । हामीले त चाहेका छौँ, समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् भन्ने हामी चाहन्छौँ तर तयारी गर्ने काम उहाँहरुको थियो । कुरा गर्न सजिलो हुन्छ । काम गर्न गाह्रो हुन्छ । कुरा धेरै भएको छ, काम कम भएको छ । त्यसकारण सम्पूर्ण दोष एउटा व्यक्ति वा पार्टी सभापतितर्फ पन्छाएर हामी कोही पनि जिम्मेवारीबाट मुक्त हुँदैनौँ । जसको जति जिम्मेवारी छ, सबैले त्यो जिम्मेवारी किन पूरा गर्न सकिएन त्यो जिम्मेवारी लिनुपर्छ ।’

प्रवक्ता महतले संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा टेकेर अहिलेको सरकार बन्न नसक्नु दुःखद् भएको बताउनु भयो । अब संविधानसम्मत बाटोबाट अघि बढ्नुपर्ने बताउनु भयो । जेन जी आन्दोलनको क्रममा पार्टीका कार्यकर्ताहरु प्रवेश गरेर सरकारी र निजी सम्पतीमाथि आगजनी र तोडफोड गरिएको भन्दै उनीहरुमाथि छानविन गरी कारबाही गर्नुपर्ने बताउनु भयो । चाँडो भन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको स्थापना हुन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले पनि सुनिरहेको छु, विभिन्न पार्टी पंक्तिका मान्छेहरु पनि प्रवेश भए, के नियतले भए, के सोचले भए, किन त्यो गरे । त्यसले के प्राप्त हुने भयो । त्यसको सबै पार्टीले मूल्यांकन गर्ला । मूल्यांकन गर्नुपर्छ । यदी त्यस्तो प्रवृत्तिमा संलग्न छन्, उनीहरुले घोत्लिनु जरुरी छ । पार्टी नेतृत्वले त्यस्ता प्रवृत्तिहरु निषेध गर्नुपर्छ । यो सरकार संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा टेकेर बन्न सकेन । यद्यपि यो बनेको छ । संसद नभए पनि हामीले यसको विरोध गरेका छैनौँ । तथापि यो संविधानसम्मत बाटोबाट यो अघि बढ्नुपर्छ । संसद भएर पनि यसलाई अझ संविधानसम्मत बनाउन सकिन्थ्यो । त्यसमा त्रुटी भएको छ । आउने दिनमा पार्टीभित्र पनि गम्भीर छलफल हुन्छ । अन्तर पार्टी पनि छलफल हुन्छ, नागरिक समाज, नवयुवासँग पनि छलफल हुन्छ । चाँडो भन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको स्थापना हुन जरुरी छ ।’

प्रवक्ता महतले विराटनगरमा कोईराला निवास जलाउनु भनेको राणाविरुद्ध कृष्णप्रसाद कोईरालाले लढेर गल्ती गरेको भन्न खोजेको हो ? भन्दै प्रश्न गर्नुभयो । गणेशमान सिंहले २०४६ सालको आन्दोलन गर्नु गल्ती हो भन्न खोजेको हो ? भन्ने प्रश्न उहाँको छ । नवपुस्ताहरुको आन्दोलनले थप सोच्न बाध्य बनाएको बताउनु भयो । व्यवधानको बाबजुत देशमा धेरै कुरा विकास भएको उहाँको दाबी छ ।

शिक्षा र स्वास्थ्यमा नेपालले फड्को मारेको छ : नेता महत
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा, स्वास्थ्यलगायतका मुलभूत सेवाका क्षेत्रमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभएको छ ।

आज यहाँ आयोजित मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ लाई सम्बोधन गर्दै उहाँले नेपाल समाज रुपान्तरणको महत्त्वपूर्ण चरणमा रहेको र यसले विकासका विभिन्न सूचकहरूमा सकारात्मक सङ्केत दिएको उल्लेख गर्नुभयो ।

डा महतले विगतमा शिक्षाको पहुँच सीमित रहेको, पढ्न जान्ने र नजान्नेबीच विभेद रहेकामा हाल सुधार भएको बताउनुभयो । “हिजोका दिनमा स्कुल पढ्न जानु ठूला परिवार वा सहरका केटाकेटीको मात्र अधिकार जस्तो देखिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले त्यो अवस्था परिवर्तन भएको छ ।

शिक्षामा समावेशिता आएको छ । गाउँगाउँमा विद्यालय पुगेका छन्, छात्रवृत्ति, पोषण, बालमैत्री कार्यक्रमले बालबालिकाको स्कुलप्रतिको उत्साह बढेको छ ।”

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मिस एण्ड मिसेस गुरुङ ग्राण्ड फिनाले २०२५ प्रतियोगिता आयोजना गरिएको थियो । यो कार्यक्रम गुरुङ समुदायको कला, संस्कृति, पहिरन तथा परम्परागत सौन्दर्यलाई उजागर गर्न आयोजना गरिएको आयोजकले जनाएको छ । रासस

नेपालमा योग्य मान्छेहरुको अभाव भइसक्योः पूर्वअर्थमन्त्री महत
काठमाडौँ ।पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा.प्रकाशशरण महतले नेपालमा योग्य मान्छेहरुको अभाव भएको बताउनुभएको छ ।

बुधवार अर्थ समितिको बैठकमा बोल्दै उहाँले नेपालमा योग्य मान्छेहरुको अभाव भइसकेकाले गम्भीर हुनुपर्ने बेला आएको बताउनुभएको हो । उहाँकाअनुसार विदेशबाट पीआरहरु छाडेर नेपाल जो छोडेर आउछु भन्छन्, त्यस्ता योग्य मान्छेहरुलाई  बिना शर्त स्वागत गर्नुपर्छ । सबै कुरा जोखिममा राखेर आउ भन्दा योग्यमान्छेहरु जोखिम मोलेर आउन नचाहिरेको उहाँको भनाइ रहेको छ ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले भन्नुभयो–‘हामीले धेरै कुरा भावनामा बगेर गरेका छौं । यो पीआर हुनेबित्तिकै नेपालमा जागिर खान तीन महीना अघि नै छाड्नुपर्ने यी सबै बकबास हुन । अस्ति भर्खरै इङल्याण्डमा क्यानडाको प्रधानमन्त्री बने । इन्डियामा रघुरमन गभर्नर थिए । उनीसँग अमेरिकाको पिआर नै थियो । उनले गभर्नर छाडेपछि फेरि अमेरिका पढाउन गए । पीआर भनेको केही होइन । पीआर भनेको त्यहाँको काम गर्न दिइएको सुविधा हो ।  त्यो भन्दा अरु केही पनि होइन । त्यहाँको नागरिकता होइन त्यो । त्यहाँको नागरिक बनिने होइन । त्यहाँ कुनै राजनीतिक अधिकार हुँदैन । तर पनि हामीले यसलाई पहाड जस्तै ठान्यौं ।’

उहाँले सार्वजनिक पद धारण गर्न तीन महीना अघि नै विदेशी पीआर छाडिसक्नुपर्ने व्यवस्था ठिक नभएको बताउनु भयो । महतकाअनुसार तीन महीना अघावै नेपालमा पीआर छाडेर आउनेलाई कामको ज्ञारेन्टी नेपाल सरकारले गर्न सक्नुपर्छ । काम पनि नभए यत्तिकै मान्छे पीआर छाडेर आउन तयार नहुने उहाँको भनाई रहेको छ ।

कुलिङ पिरियड लागू हुनैपर्छ, यसमा कम्परमाइज हुन सक्दैनः काँग्रेस प्रवक्ता महत
काठमाडौं: नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताउनुभएको छ ।

विपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राज्य व्यवस्था समितिबाट सर्वसम्मत रुपमा प्रतिनिधि सभामा पठाइएको संघीय निजामति विधेयकमा कुलिङ पिरियडमा दुई वर्षे प्रावधान राखिएको थियो । तर प्रतिनिधि सभाबाट दुई वर्षे समयावधि हटाएर पारित भयो । समितिबाट पठाएको र संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि अहिले संसदीय छानविन समिति बनाएर अध्ययन भइरहेको छ । राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रश्ताव राखेका छन् ।

तर काँग्रेस यसमा अडिग रहेको काँग्रेस नेताहरुको भनाइ छ । यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताउनु भयो र्।  भूमि विधेयक लगायत महत्वपूर्ण विषयहरुमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने बताउनु भयो । गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘कुलिङ पिरियडको बारेमा कुरा छ । यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा नेपाली काँग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागू हुनैपर्छ । अरु जुन महत्वपूर्ण भूमि विधेयक लगायत महत्वपूर्ण विषय छन्, त्यसमा समग्र छलफलबाट मात्रै एउटा निष्कर्षमा पुग्न सकिन्छ । एकलौटी त्यसमा लाद्ने कुरा स्वीकार हुन सक्दैन । त्यसो हुनाले यो गठबन्धन सरकार ०८४ सम्म निरन्तर जाने एउटा निर्णयसहित अघि बढेको छ । त्यो हामी चाहन्छौँ । तर त्यसका लागि त्यसको प्रभावकारिता बढ्नुपर्छ । सँगै यो गठबन्धन भनिसकेपछि सन्तुलित किसिमबाट सबै गठबन्धनका सहयात्री दल खासगरी नेपाली काँग्रेसको दृष्टिकोण छ, हाम्रा भनाइ छन्, नियुक्तिका कुराहरु छन् । हामी प्रोफेसनल मान्छे आउन् भन्छौँ । पार्टी र व्यक्तिप्रति लोयल मान्छे हामीले खोजिरहेका छैनौँ । तयसप्रति पनि प्रधानमन्त्रीले विशेष संवेदनशीलता आवश्यक छ । यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।’

प्रवक्ता महतले झुटो बोलिरहेकाहरु नै सत्य हो जसरी समाजमा स्थापित भइरहेको बताउनु भयो । नेपाली काँग्रेस सत्यको पक्षमा रहेको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

काँग्रेसले केन्द्रिय समितिको बैठकमा सरकार र बजेटको विषयमा छलफल गर्ने
सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रिय समितिको बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रिय समितिका छलफलका एजेण्डाहरु तय गरेको हो । बैठकले भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ । काँग्रेसको केन्द्रिय समितिको बैठक सोमवारदेखि शुरु हुँदैछ ।

केन्द्रिय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । त्यस्तै केन्द्रिय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने बताउनु भयो । उहाँले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताउनु भयो । संस्थाको आवश्यकताको आधारमा समय दिने बारेमा छलफल हुने बताउनु भयो । साथै क्रियाशिल सदस्यहरुको स्थितिबारेमा पनि छलफल हुनेछ ।

उहाँले भन्नुभयो, ‘भोलिदेखि हुने हाम्रो केन्द्रिय समितिको बैठक छ । केही दिन चल्छ । केही समयपछिको ग्याप पछि केन्द्रिय समितिको बैठक भएको हुनाले यसमा भ्रातृ संगठनहरुलाई समय थप्नेबारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक विषयको समीक्षा हुन्छ । विदेशमा जनसम्पर्क समिति छ । त्यसबारेमा पनि छलफल हुनेछ । त्यहाँको संरचना मजबुत गर्ने र त्यहाँ कसरी हाम्रा कुरा लैजाने भन्नेबारेमा छलफल हुन्छ । प्रदेश र केन्द्रको बजेट भर्खर आएको छ । हाम्रो पार्टीबाट प्रदेशमा रहेका मुख्यमन्त्रीलाई बोलाएर पनि छलफल हुन्छ । क्रियाशिल सदस्यताको बारेमा के भयो त्यसमा पनि छलफल हुनेछ । संगठनात्मक कार्यक्रम सय दिने अभियान थियो । त्यसको बारेमा पनि छलफल हुन्छ । सरकार कसरी चलिरहेको छ, प्रदेश केन्द्र त्यसबारेमा पनि छलफल हुन्छ ।’

प्रवक्ता महतले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी भन्दा माथि हुने भन्दै पुनः राजनीतिमा सक्रिय हुनेकुरा राम्रो नरहेको बताउनु भयो । आफूहरुको पार्टीले राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा नल्याउने दाबी गर्नुभयो ।

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, अनावश्यक खर्च गर्नु हुँदैन: डा प्रकाशशरण महत
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण  महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।

विसं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मनुभएका पूर्वपरराष्ट्रमन्त्री डा महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँ २०५९ सालदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ ।

विसं २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य, २०७० सालदेखि २०७४ सम्म संविधानसभा सदस्य रहनुभएका पूर्वऊर्जामन्त्री डा महतसँग राससका समाचारदाता सुशील दर्नालले मुलुकको बजेट निर्माण प्रक्रिया, अर्थतन्त्र, राजनीतिक, संसदीय अभ्यास, निर्वाचन प्रणाली, संविधान संशोधनलगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंशः

प्रतिनिधिसभाको अनुभव कस्तो भइरहेको छ ?

म सङ्घीय संसद्को सदस्य छु । अहिलेसम्मका अनुभव राम्रै छन् । संसद् विविध कारणले बेलाबेलामा अवरोध पनि हुने गरेको छ । यो अवरोध हुने कुरा संसदीय अभ्यासमा रोक्न नसकिने वास्तविकता पनि हो । तथापि, ससद अवरुद्ध हुँदा समय खेर गएको भान हुन्छ । हामी सङ्घीय संसद्का सदस्य पनि लोकप्रियतावादबाट ग्रसित छौँ । यो कुरा मैले संसद्मा आफ्नो विषयवस्तु राख्ने क्रममा पनि भन्ने गरेको छु ।

तपाईँ अर्थ समितिको सदस्य पनि हुनुहुन्छ, समितिले अहिले के गर्दै छ ?

हो, म अर्थ समितिको सदस्य छु । अहिले समितिमा अर्थसँग सम्बिन्धत विभिन्न विधेयकमा काम भइरहेको छ । तत्काल बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया०मा काम भइरहेको छ । त्यसभन्दा अगाडि भन्सार विधेयकलाई तयार गरेर संसद्बाट पारित गरियो । अर्थ समितिका सदस्यहरू सबै क्रियाशील छौँ । यो समितिले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ । आगामी दिनमा पनि आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने मैले विश्वास लिएको छु ।

सरकारले प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कसरी विश्लेषण गर्नुभएको छ ?

म पूर्वअर्थमन्त्री पनि हो । अर्थशास्त्रको विद्यार्थी पनि भएको कारणले सरकारको नीति तथा कार्यक्रम, बजेटको सिद्धान्त र प्राथमिकता र बजेटमा चासो रहनु स्वाभाविक हो । यद्यपि बजेटको बारेमा संसद्मा छलफल सुरु हुन पाएको छैन । तर, बजेटमाथि टीका–टिप्पणी गर्दा हामीले विगतलाई पनि फर्केर हेर्नुपर्छ । हाम्रो चालु आर्थिक वर्षको बजेट कुन अवस्थामा छ, त्यो पनि हेर्नुपर्छ । हामीले कुन अवस्थामा काम गरिरहेका छौँ भन्ने कुरा पनि विचार गर्नुपर्छ ।

पछिल्लो समय राजनीतिक दलप्रति आमजनताको वितृष्णा बढ्दै गएको हो, तपाईँलाई के लाग्छ ?

देश विगतमा कुन अवस्थाबाट गुज्रिएको थियो । त्यसका बाबजुद पनि हामीले यति गर्न सकेका छौँ भनेर जनतासँग स्टा«े«ङ कम्युनिकेसन राख्न सकिएको छैन । अर्को कुरा, हामीले के काम गर्न सकेनौँ भन्ने कुरा पनि बिनाहिच्किचाहट जनतालाई भन्नुपर्छ । तर जे गर्छौँ त्यो शतप्रतिशत पूरा गर्छौँ भन्नुपर्छ । त्यो गर्दा कुनै पनि लोभलालच एकरत्ति पनि राख्दैनौँ भन्ने कुरालाई हामीले समग्र रूपमा स्ट्रोङ सम्प्रेषण गर्न सक्नुपर्छ । हामीले हाम्रा प्राथमिकता जनतासमक्ष प्रष्ट राख्नुपर्छ । त्यो प्राथमिकता स्रोतसाधनले भ्याएसम्म पूरा गर्छौँ भन्न सक्नुपर्छ । तर सबै ठाउँमा सबै कुरा बिनाप्राथमिकता हामी बोल्दैनौँ र खर्च पनि गर्दैनौँ भन्ने विषय जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । त्यसो गरियो भने हामी राजनीतिज्ञप्रति जनताको विश्वास पनि बढ्छ । त्यस किसिमका छलफल संसद्मा पनि हुनुपर्छ ।

नेताले आश्वसन मात्र दिए हाम्रो पक्षमा काम गरेनन् भन्ने आमजनताको गुनासो छ, यसलाई कसरी खण्डन गर्नुहुन्छ?

हामी पक्षविपक्ष नभनी सत्तामा भएको वा बाहिर रहेको दल जसले जे सुन्न चाहन्छ त्यो हुन्छ भन्दिन्छौँ । जनअपेक्षा त्यहीअनुसार बढ्छ । तर, हामीसँग पर्याप्त स्रोतसाधन छैन वा स्रोतसाधनको लिमिटेसन छ । जनताको अपेक्षा पूरा नभएपछि स्वाभाविक रूपमा असन्तुष्टि बढ्छ । त्यसमाथि पनि अहिलेको सामाजिक सञ्जालको जमानामा झुटै कुरा किन नहोस् सानो समूहले प्रचार गर्दा पनि व्यापक हुन्छ । त्यही नै सत्य हो कि भन्ने भ्रम पार्न पनि सकिन्छ । त्यसकारण जनतामा एउटा बलियो सञ्चारको आवश्यकता छ ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ?

अवश्य पनि कार्यान्वयनमा धेरैखाले चुनौती छन् । पहिलो कुरा, संविधानमा कतिपय विरोधाभास कुरा छ । अर्को, सङ्घीयताकै सवालमा अधिकारको विषयमा कतिपय कार्यान्वयन हुनसकेको छैन । त्यसलाई हामीले चाँडोभन्दा चाँडो टुङ्ग्याउनुपर्ने छ । हामीले संविधानमा धेरै अधिकारका कुरा गरेका छौँ । कतिपय अधिकार बिनालागत पूरा गर्न सकिन्छ । जस्तोः बोल्ने अधिकार । त्यसका लागि लागत लाग्दैन । कतिपय अधिकार स्रोतसँग जोडिएर आएको छ । हामीले हरेक नागरिकको आवासको अधिकार हुनेछ भनेका छौँ । आवास हामीले दिनु पनि पर्छ । यी सबै देशको साधनस्रोतसँग जोडिएका कुराहरू हुन् । त्यसकारण लागत लाग्ने अधिकारलाई कार्यान्वयन गर्न धेरै चुनौती छ ।

संविधान कार्यान्वयनको चुनौतीलाई चिर्न के गर्नुपर्छ ?

सरकारले ठिक ढङ्गले प्राथमिकीकरण गरेर काम गर्नुपर्छ । यो पनि गर्छु, त्यो पनि गर्छु भनेर हुँदैन । त्यसो भए लक्षित लगानी हुन सक्दैन । लक्षित लगानी नभएमा परिणाम आउँदैन । सरकारले प्राथमिकताका आधारमा संविधान र जनतासँग जोडिएका विषयलाई सम्बोधन गर्दै जानुपर्छ ।

संविधान संशोधनबारे तपाईँको धारणा के छ ?

संविधानमा भएका विवादित विषयमा संशोधन गर्नुपर्छ । सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारका विषयमा हामी संविधानमार्फत प्रस्ट हुनुपर्छ । देशलाइ धर्म निरपेक्षता पनि भनियो, राज्यको जिम्मेवारी सनातन धर्म, संस्कृति सुरक्षा गर्ने जिम्मेवारी पनि भन्यौँ । त्यो आफैँमा बाँझिएको छ ।

वर्तमान सरकार गठनको क्रममा संविधान संशोधन गर्ने सहमति भएको थियो, तर संशोधनको विषयले प्राथमिकता पाउन सकेको छैन, किन?

संविधान संशोधनको विषय सरकार निर्माणका क्रममा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र अन्य साना दलले गरेको सहमतिलाई हल्का रूपमा लिन हुँदैन । आवश्कताका आधारमा कुनकुन विषयमा संशोधन गर्ने पहिचान गर्नुपर्छ । तत्काल कमिटी बनाएर विपक्षी दलसँग पनि अन्तत्र्रिmया गर्नुपर्छ । कमिटीले ल्याएको विषयमा कम्तीमा सबै राजनीतिक दलको सहमति जुटाउन कोसिस गर्नुपर्छ । यसमा ढिलाइ गर्नुहुन्न भन्ने मेरो भनाइ हो ।

अहिलेको निर्वाचन प्रणाली अलि महँगो भयो भनिन्छ नि, यसबारे तपाईँको भनाइ के छ ?

हामीले अहिले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेका छौँ । यो निर्वाचन प्रणालीबाट कुनै पनि दलको बुहमत आउने सम्भावना छैन । यद्यपि, सैद्धान्तिक रूपमा सम्भव होला, वास्तविकतामा गाह्रो छ । फेरि एउटै दलको बहुमत आउँदैमा सबै ठिकठाक हुन्छ भन्ने छैन । तैपनि कुनै एउटा दलले बहुमत ल्याउँदा राजनीतिक स्थिरता हुने सम्भावना हुन्छ । समावेशिताको विषयमा सम्झैता नगरीकन निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्छ भन्ने विषय पनि उठिरहेको छ । जस्तोः हामीले महिला, दलित वा अन्य सीमान्तकृत समुदायको हकमा निर्वाचन क्षेत्र छुट्याउने कुरा गरेका छौँ । जुन निर्वाचन क्षेत्रमा महिला–महिला र दलित–दलितबीच मात्र प्रतिस्पर्धा हुन्छ । जसले जिते पनि महिला र दलित नै आउँछ । तर साना दलहरू त्यसको पक्षमा नहुन सक्छन् । यो चुनौती छ ।

सङ्घीयता कार्यान्वयनलाई तपाईँले कसरी हेर्नुभएको छ ?

स्थानीय र प्रदेश सरकारमा कर्मचारीको सवाल अत्यन्त समस्या छ । प्रहरीसम्बन्धी अधिकारको पनि कार्यान्वयन भएको छैन । त्यसकारण प्रहरी र निजामतीसम्बन्धी विधेयकलाई चाँडो टुङ्ग्याउनुपर्ने छ । खासगरी प्रदेशलाई दिएको अधिकार सही ढङ्गबाट सदुपयोग भएको छैन । दिइएका अधिकार सुरक्षित र सदुपयोग भएको छैन । जस्तोः संरचना बनाउने अधिकार प्रदेशलाई दिएको छ, तर संरचना बनाए पनि स्रोत सुनिश्चित गर्नुपर्ने हुन्छ । कर्मचारी फेरिन्छ, जनप्रतिनिधि फेरिन्छ र उनीहरूले हाम्रो अधिकार हो भन्दै आफूखुसी काम गर्न थाल्छन् । तर त्यसको दायित्व केन्द्रले लिनुपर्ने अवस्था छ । स्रोत सुनिश्चित नभइकन प्रदेशले अनावश्यक संरचना बनाउन पाइँदैन भनेर जानुपर्ने हुन्छ ।

प्रदेश सरकारमा बजेटको दुरुपयोग भएको भनी टीकाटिप्पणी पनि हुने गरेको छ, यो के हो?

अहिले सङ्घ र प्रदेशको बजेट बनाउने विषयमा उपभोक्ता समितिको नाममा दुरुपयोग भएको सूचना आइरहेको छ । अब यसलाई केन्द्रीय सरकारले बिनाठेक्का र निश्चित रकमभन्दा तलको काम गर्न पाइँदैन भन्नुपर्छ । तीनै तहको सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ । अनावश्यक खर्च गर्नु हुँदैन । प्राथमिकताका आधारमा मात्र खर्च गर्ने र नीतिगत रूपमा दुरुपयोग हुने ठाउँहरू पूर्ण रूपमा बन्द गर्नुपर्छ । यस विषयमा सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा पनि स्वस्थ बहस र छलफल हुनुपर्छ ।

नीति तथा कार्यक्रम उत्कृष्ट छः डा महत
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम परम्परागतभन्दा एक चरण अगाडि बढ्नुपथ्र्यो त्यसमा केही कमी भएको छ तर समग्रमा राम्रो छ ।

प्रवक्ता महतले भन्नुभयो, “मूलभूत रूपमा नीति तथा कार्यक्रम कार्यान्वयनमा निर्भर हुन्छ । बजेटले के कस्ता मार्ग निर्देश गर्छ, त्यसमा भर पर्छ । विगतमा गरिने छ भनेर घोषणा गरेका कार्यक्रम पूरा गर्न नसकेको पक्षलाई बुझ्न जरुरी छ । त्यसका लागि कार्यक्रममा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्रै सहयोग गर्ने विषयलाई बजेटले प्रभावकारी रूपमा जोड दिएर आउनुपर्ने बताउँदे उहाँले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय गाभ्ने, शिक्षकको सुविधा बढाउनेलगायत विषय सरकारले गरेकाले अरु क्षेत्रको रकम घटाउने र शिक्षाको गुणस्तर कसरी बढाउने भन्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रवक्ता डा महतले अर्थतन्त्रलाई चलायमान बनाउन प्राथमिकीकरण, सडक, सिँचाइ, खानेपानीलगायत उत्पादनशील क्षेत्रको पहिचान गरी परिणाम आउने क्षेत्रमा ठोस विषय आउन जरुरी रहेको बताउनुभयो । नेपाल वायुसेवा निगमको पुनर्संरचनाका बहुमत शेयर निजी क्षेत्रलाई दिएर संस्थालाई गतिशील बनाउने गरी आगामी योजना बनाउने दिशातिर सरकार अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रमलाई सरसरती सुन्दा कुनै नौलोपन नभएकाले विगतको निरन्तरता रूपमा मात्र रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतमा असफल भएका भूमि बैंकलगायत कार्यक्रमलाई जोडिएको छ । नयाँ कार्यक्रम कुनै छैन । कार्यक्रममा कुनै कल्पनाशिलता देखिन्न, छोटो रूपमा कार्यक्रम ल्याइएको पाटोलाई भने सकारात्मक रूपमा लिन सकिन्छ । रासस

‘नेपालमा राजतन्त्रको सम्भावना छैन’
धनुषा।नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

आज जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्टयाउने गतिविधि स्वीकार्य नरहने बताउनुभयो । उहाँले संवैधानिक रुपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपाबाहेकका सबै दल एक रहेकाले विना आधारको हल्लामा नपर्न सबैमा आग्रह गर्नुभयो ।

नेता महतले विसं २०१५ मै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई मधेसको जीवनरेखाका रुपमा अघि सारेको स्मरण गराउँदै कमला र बागमती नदीमा निर्माण हुन बाँकी पुलहरु बनेपछि हुलाकी राजमार्गको काम सम्पन्न हुने बताउनुभयो ।  वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको उहाँको भनाइ छ ।  रासस

यारी नपुगेकाले कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र हुँदैन : प्रवत्ता महत
सिरहा। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले तयारी नपुगेकाले  २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सिरहा शाखाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीको आगामी महाधिवेशन समयमै नहुने स्पष्ट पार्नभएको हो ।

महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएको छ”, प्रवत्ता डा महतले भन्नुभयो, “त्यसकारण महाधिवेशनको निर्धारित समय सर्छ ।विधानअनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीअनुसार महाधिवेशनको समय कम्तीमा एक वर्ष थपिने उहाँको भनाइ थियो ।

अहिले हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका जिल्लामा कांग्रेसका नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान आफूले सुरु गरेको डा महतले जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा प्रवक्ता डा महतले नेपालमा अब संवैधानिक राजतन्त्रको सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो । रासस

खेल विकासको लागि पूर्वाधार प्राथमिकताः नेता डा महत
नुवाकोट। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

नुवाकोटको सूर्यगढी गाउँपालिमा आज आयोजित पाँचौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल र खेलाडीको उत्पादनका लागि खेल मैदानसहितको पूर्वाधार आवश्यकता रहेको बताउनुभयो ।

“खेल मैदानको अभावले खेलाडीले क्षमता प्रदर्शन र खेल पर्यटनको वृद्धि गराउन सकिएको छैन”, उहाँले भन्नुभयो, “सीमित स्रोतसाधन तथा सेवा र सुविधामा खेलाडीबाट भइरहेको प्रदर्शन सन्तोषजनक छ ।

तीन तहमा रहेका सरकारले रङ्गशाला, कभर्डहललगायत भौतिक संरचना निर्माणमा प्राथमिकता दिनुपर्छ ।” खेल क्षेत्रको विकासले देशलाई एक ढिक्का विश्वसामू चिनाउन र खेल पर्यटनमार्फत आर्थिक उपार्जन बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ । रासस

नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा हो : प्रकाशशरण महत
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता एवं सांसदले नेपालको सामाजिक र आर्थिक क्रान्तिको अगुवाइ कांग्रेसले गर्दै आएको बताएका छन् ।

बुधबार नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा आयोजित २३औं जिल्ला प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात दशक अघिदेखि नेपाली कांग्रेसले सामाजिक–आर्थिक क्रान्तिको अगुवाइ गर्दै आएको बताए ।

‘सामाजिक र आर्थिक क्रान्तिको अभियानलाई राजनीतिक द्वन्द्वले केही समय अवरोध गर्‍यो, हैन भने २००७ सालदेखि ०१७ साल, ०४६ र २०६२/०६३ को जनआन्दोलनदेखि शान्ति स्थापना तथा संविधान जारी र कार्यान्वयनमासमेत कांग्रेसले अगुवाइ गरेको छ’, महतले भने ।

उनले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यतालाई कांग्रेसले स्थापित गरेको बताए । बीपी कोइरालाले भनेझैँ अहिले ‘सत्यको मुख बन्द हुँदा झूटको थुतुनो खुल्छ’ भन्ने अवस्था भएकाले सत्यको मुख खोल्नुपर्ने आवश्यकता औंल्याए । आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने उनको भनाइ छ ।