तमानखोला गाउँपालिका – News Polar

दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
ढोरपाटन । तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो ।

उच्च पहाडी क्षेत्रमा पर्ने तमानखोलामा पर्याप्त बाँस तथा निगालो पाइने हुँदा तालिमबाट सीप सिकेर त्यसलाई आयआर्जनको माध्यम बनाउन सकिने छ । बुढापाकाले वषौँदेखि परम्परागत रुपमा ढालो, नाङ्लो, डोरी लगायत सामग्री बनाएर प्रयोग गर्दै आए पनि बिक्री कम हुँदै आएको थियो ।

बजारमा बिक्ने सामग्री निर्माण गरेर युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख ७५ हजारले युवालाई तालिम दिएको उहाँले जानकारी दिनुभयो ।

ललितपुरबाट प्रशिक्षक झिकाएर १५ दिने तालिम दिइरहेको अध्यक्ष बुढा मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँसबाट गाउँमा अहिले बुढापाकाले विभिन्न सामग्री बनाउने गर्नुहुन्छ, उहाँहरुले बनाए पनि घरायसी प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ, बजारमा लगेर बिक्री गर्ने प्रचलन कम भएकाले पुस्ताले त्यसतर्फ केन्द्रित गर्न खोजेका छौँ । युवालाई बाँसबाट आकर्षक सामग्री बनाउन सिकाएर उद्यमी बन्न प्रेरित गरिरहेका छौँ, उहाँहरूले सीप सिकेर उत्पादन गर्न थाल्नुभयो भने त्यसको बिक्रीमा समस्या भए पालिकाले सहजीकरण गर्नेछ ।”

तालिममा गाउँपालिकाका छ वटै वडाका युवाहरू सहभागी छन् । युवालाई फोटो फ्रेम, कुर्ची र टेबललगायत सामग्री बनाउने सीप सिकाइने अध्यक्ष बुढामगरले उल्लेख गर्नुभयो । सीप सिकेर युवाले सामग्री बनाउन थालेपछि वनजङ्गलमा खेर गइरहेका बाँस र निगालो प्रयोगमा आउने उहाँको भनाइ छ ।

तालिममा सहभागी धनीराम घमालले बाँसको चुयाबाट आकर्षक सामग्री बन्ने भएकाले प्रशस्त आम्दानी गर्न सकिने बताउनुभयो । आफूले पहिलेदेखि मुढा बनाउने गरेको भन्दै अहिले तालिमबाट थुप्रै प्रकारका सामग्री बनाउन सिकिरहेको उहाँले उल्लेख गर्नुभयो ।

तालिमपछि बाँसका सामग्री बनाएर आफ्नै आयआर्जन सर्न सकिने आत्मविश्वास बढेको उहाँले बताउनुभयो । “हाम्रो गाउँघरमा पाइने बाँसबाट प्रयोगमा आउने आकर्षक सामान बनाउन सकिन्छ । अहिलेसम्म हामीले मेसो पाएका थिएनौँ, प्रशिक्षक सरले आकर्षक सामान बनाउन सिकाउनुभएको छ । आगामी दिनमा बाँसका सामग्री बनाएर बिक्री गर्ने योजना छ”, घमालले भन्नुभयो, “आर्थिक अवस्था कमजोर छ, पालिकाले सहयोग ग¥यो भने सानोतिनो उद्यम गर्ने योजना छ ।” रासस

भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
ढोरपाटन । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो । जिल्ला सदरमुकामदेखि दूरीमा रहेको नर्जाखानी पुग्न कयौँ भिर, पहरा र जङ्घार पार गर्नुपर्छ । बस्तीदेखि जङ्गलसम्म जताततै तामाखानी छन् तर उत्खनन हुन नसक्दा नर्जाखानीवासी टुकीमुनिको अँध्यारो बन्नु परेको छ ।

यहाँका बारीका कान्ला, घरका करेसादेखि जङ्गलका बीचमा पनि तामाखानी छन् । वर्षौं अगाडि तामा निकालिएको ठाउँमा अहिले डोबहरु भेटिन्छन् । ठूला–ठूला सुरुङ र खाडल झाडीले पुरिएको देखिन्छ । तमानखोलाभरि खानैखानी हुँदा पनि अहिलेसम्म कुनै पनि स्थानमा उत्खनन भएको छैन । नर्जाखानीसहित तमानखोलामा बोङ्गाखानी, खुङ्खानी, बोङखानीलगायत धेरै गाउँहरु छन् । तमानखोला गाउँपालिकामा रहेका गाउँको नामको पछाडि खानी जोडिएको छ, ती सबै ठाउँमा सयौँ वर्ष अगाडि तामा निकाएको डोबहरु भेटिन्छन् ।

गाउँमा सयौँको सङ्ख्यामा रहेको डोबहरुमा बेला–बेलामा स्थानीयले स–साना तामाका धाउहरु फेला पर्ने गर्छन् । बारीमा भेटिने तामाखानी उत्खनन गर्नका लागि स्थानीयले मागसमेत गर्दै आएका छन् । स्थानीयका अनुसार यस क्षेत्रमा करिब एक सय २० वर्ष अगाडिसम्म तामा निकालिएको पाइन्छ । अन्य गाउँको तुलनामा नर्जाखानीमा धेरै खानी रहेको पाइन्छ । नर्जाखानीका ९५ वर्षीय लालबहादुर छन्त्यालले आफ्नो बाउबाजेका पालासम्म यहाँ खानीबाट तामा निकालेको बताउनुभयो । भिर पहराबाट निकालेको तामा बेचेर अघिल्लो पुस्ताले जीविकोपार्जन गरेको उहाँको भनाइ छ ।

“पहिले–पहिले पहिरोले बारीका कान्ला भत्किँदा पनि तामाका धाउ भेटिन्थे, अहिले पनि तामा जस्ता देखिने वस्तुहरु धेरै नै भेटिने गर्छन्, यहाँ त जता गयो त्यतै खानीको डोबहरु भेटिन्छन्, ठूला–ठूला खाडलहरु पनि देखिन्छ,” छन्त्यालले गाउँ नजिकको भिरलाई देखाउँदै भन्नुभयो, “ती पारीका भिरपहरा जहाँसुकै खानी छन्, खानीका गणना हुनै सकेको छैन, हाम्रा बाउबाजेले उतिबेलाको जमानामा निकै दुःख गरेर तामा निकाल्नुभएको रहेछ ।”

दशकौँ अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्ण रुपमा खानी बन्द छन् । स्थानीय पाका व्यक्तिका अनुसार छन्त्याल जातिले तामा उत्खनन गरेर निकाल्ने, दलित जातिले त्यसको धाउ निर्माण गर्ने र थकाली जातिले खाना व्यवस्थापन गर्ने प्रचलन थियो । तामा निकालेको ठाउँबाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकले बसोबास गरेको ठाउँहरुको भग्नावशेषलगायतका वस्तु भेटिने गरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रहादुर छन्त्यालले जानकारी दिनुभयो । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयवासीले तिर्न नसक्दा तामा निकाल्न छोडेको उहाँको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको अध्यक्ष छन्त्याल बताउनुहुन्छ । “हामी सानो हुँदा बुबाले तामाको धाउ निकाल्नु भएको थियो, त्यसमा पूरै तामा थियो, अहिले कसैले पनि निकालेका छैनन्, तत्कालीन सरकारले स्थानीय बासिन्दाले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छोडेको हुन् । ठ्याक्कै यकिन मिति त भएन, तर सय वर्षअघि देखि बन्द भएको अनुमान छ,” अध्यक्ष छन्त्यालले भन्नुभयो, “त्यसबेला अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय र मिहेनत गरेर तामा निकाल्ने गरिन्थ्यो, सरकारले कर धेरै तिर्न आदेश गरेपछि तामा निकाल्ने काम बन्द भएको थियो रे । अब नयाँ तरिकाले उत्खनन गर्नुपर्छ ।”

चारैतिर खानीहरु भएको हुँदा गाउँको नाम नै नर्जाखानी भनिएको स्थानीय तुलबहादुर छन्त्याल बताउनुहुन्छ । उहाँले छन्त्याल जातिलाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिएकाले उनीहरुले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो । गाउँभरि तामाखानी भए पनि राज्यको ध्यान जान नसक्दा उत्खनन् हुन नसकेको उहाँको भनाइ छ । छन्त्यालले आफ्ना पुर्खाहरुले खाली खानीमा मात्रै काम गर्ने गरेको हुँदा खेती गर्नसमेत नजानेको उहाँको भनाइ छ । प्रत्येक ठाउँमा तामाहरु भेटिने र यसको परिणाम कस्तो छ भन्ने विषयमा परीक्षण गर्न जरुरी रहेको छन्त्याल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हाम्रा पुर्खालाई ‘अनपढ वैज्ञानिक’ भन्ने गरिन्छ, उतिबेला अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन र पनि खानी पत्ता लगाए, उनीहरुले माटो सुँघेर खानीहरु पत्ता लगाउँथे र उत्खनन गर्ने गर्थे ।” बूढापाकाले भनेअनुसार उतिबेला छन्त्याल जातका मानिसहरु खेतीपाती गर्न जान्दैनथे, उनीहरुलाई खानीमा गर्ने कामबाहेक अरू आउँदैनथ्यो । गाउँमा बारी खनजोत गर्दा पनि स्थानीयवासीले तामा भेटाउने गर्थे, कतिले त भेटाएको तामाबाट गाग्री, ताउलो लगायतका भाँडाकँुडा पनि बनाउने गरेको उहाँको भनाइ छ ।

नर्जाखानीसँगै तमानखोला गाउँपालिका–५ को खुङ्खानीमा पनि धेरै खानी रहेका छन् । यस गाउँ पनि खानी खन्नेहरुकै गाउँका रुपमा लिन्छ । तमानखोलाको धेरै ठाउँमा छन्त्याल समुदायकै बाहुल्यता रहेको छ । खुङ्खानी वरपर खानी नै खानी भएको हुँदा यस ठाउँलाई खुबैखानी भन्ने गरिकामा अहिले त्यसको अपभ्रंश भएर खुङ्खानी भन्न थालिएको स्थानीय बुद्धिबहादुर छन्त्यालले बताउनुभयो । खानीलाई व्यवस्थित तरिकाले निकाल्न सके विकास निर्माणमा ठूलो टेवा पुग्ने उहाँ बताउनुहुन्छ । “पछिल्लो समय खानी उत्खननका लागि धेरै प्रविधिको विकास भएको छ, नयाँ–नयाँ यन्त्र उपकरणहरु आविष्कार भएका छन्, उतिबेलाको हाम्रा पुर्खाहरुले वन जङ्गलमा पाइने बाँस र एउटा निगालोकै भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभएको रहेछ, अहिले राज्यले चाह्यो भने खानी उत्खनन गर्न धेरै समस्या छैन”, उहाँले भन्नुभयो, “त्यसबेला छन्त्याल जातिहरु भिर–पहरामा गएर खानी उत्खनन गर्नु हुन्थ्यो रे, उहाँहरुले एउटा निगालामा आगो बालेर सुरुङभित्र पसेर घण्टौँपछि तामा निकाल्नुभएको कुरा अहिले सुनिन्छ ।”

तमानखोला गाउँपालिका–२ बोङ्खानीका जालप्रसाद छन्त्यालले पहिलेदेखि नै यस क्षेत्रमा जनजाति र दलित समुदायले तामाखानीमा काम गरेको बताउनुभयो । सामान्य घरेलु औजारको प्रयोग गरेर उतिबेला तामा निकाल्ने गरेको उहाँको भनाइ छ । खासगरी खानीभित्रै पसेर सीप भएका छन्त्याल जातिले तामाका धाउ निकाल्ने, विश्वकर्मा जातिले त्यसको प्रशोधन गर्ने र थकाली जातिले बजारीकरण गर्ने गरेको छन्त्याल बताउनुहुन्छ । अहिले आफ्नो घर वरपर ठूलाठूला खानीका सुरुङहरु रहेको उहाँको भनाइ छ । बोङ्खानीमा पश्चिमबाट आएर छन्त्याल जातिहरुले खानी सञ्चालन गरेको उहाँले बताउनुभयो ।

छन्त्यालले भन्नुभयो, “तमानखोलामा जति पनि खानीहरुका नामबाट गाउँ बनेको छ, त्यहाँ धेरैजसो छन्त्याल समुदायको बाहुल्यता रहेको छ, छन्त्याल जाति र खानीको निकै घनिष्ठ सम्बन्ध रहेको छ, पहिला–पहिला हाम्रा अग्रजहरुले खानीबाटै आफ्नो जीविका चलाएका रहेछन् । अहिले आएर समय फेरियो, जुग जमाना फेरियो, त्यसले गर्दा खानीहरु पनि बन्द भए, पहिले उत्खनन भएका खानीका थुप्रै अवशेषहरु अझै पनि भेटिन्छन् । फेरि उत्खनन गर्न थाल्ने हो भने यहाँका नागरिकको जीवनस्तर उकासिने थियो, आयआर्जनको माध्यम बढ्ने थियो भने रोजगार पनि सिर्जना हुने थियो ।”

तमानखोलासहित बागलुङका धेरै ठाउँको नाम खानीबाट बनेका छन् । बागलुङ नगरपालिका–९ तित्याङमा पनि तामाखानी छ । त्यहाँ पनि तामाको कच्चापदार्थ निकाल्दा ठूलो सुरुङ निर्माण भएको छ । सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानीलगायत थुप्रै खानीका नाम छन् । यी ठाउँहरुमा विगतमा खानी रहेको जानकारहरु बताउँछन् । पहिले खानी रहेको स्थानमा हाल झाडी पलाएर पुरिएको छ ।

तमानखोलामा अझै बढी खानी रहेको हुँदा स्थानीयले उत्खनन गर्नका लागि माग गर्दै आइरहेका छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोलामा क्षेत्र खानीले घरिएको हुँदा उत्खननका लागि केन्द्र सरकारसँग सहकार्य गर्ने बताउनुभयो । गाउँपालिकाभित्रै धेरै खानी भए पनि के कति छन् भनेर यकिन गर्न नसकेको उहाँको भनाइ छ । गाउँपालिकाको वडा नं ६ को नर्जाखानीमा रहेको तामाखानी उत्खननका लागि खानी विभागबाट अनसमिति लिएर एउटा विज्ञ टोली अनुसन्धान गरिरहेको उहाँको भनाइ छ । तामाको परीक्षणका लागि नमूना प्रयोगशालामा पठाएको उहाँले बताउनुभयो । भारतका दुईसहित चार जनाको विज्ञ टोलीले नर्जाखानीमा अध्ययन गरिरहेको छ ।

तीन पटकसम्म विज्ञ टोली आएर यहाँ अनुसान्धान गरेको छ, राम्रो गुणस्तरको तामा निकाल्न सकिने सम्भावना रहेको बताइएको छ । अध्यक्ष बुढा मगरले भन्नुभयो, “खानी उत्खनन थालेपछि यहाँबाट ठूलो सङ्ख्याले रोजगार पाउन सक्नेछन्, त्यसका लागि तीनै तहका सरकारले सहकार्य गर्नेछौँ, नागरिकले रोजगार पाउनेछन्भने उनीहरुको जीवनस्तर पनि उकासिनेछ ।”

‘विदेशमा दु:ख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
म्याग्दी । परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै जानु भएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिनुभयो ।

“पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे । गाईभैँसी बेचेर सकिए । ४० भेडाबाख्रा छन,” उहाँले भन्नुभयो “छोराछोरीले यो पेशा रोजेनन् । विदेश तिर लागे । बढ्दो बुढ्यौलीसँगै हिडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”

ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरु छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गर्नुभएको छ । “छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,” उहाँले भन्नुभयो “घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।” १५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुदै गएका थापाले बताउनुभयो । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिदैनन् ।

वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–७ ताकमका पुर्व प्रधानपञ्च बिष्णुबहादुर थापाले बताउनुभयो ।

८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताउनुभयो ।

असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेशीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्क बिहिन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दु:ख र झञ्जट मानेका छन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दु:ख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउनुहुन्छ ।

“दुख: त यहाँ भन्दा विदेशमा कति हो कति,” उहाँले भन्नुभयो “मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ ।” २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताउनुभयो । रासस

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका
ढोरपाटन (बागलुङ) । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो । बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे । अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ ।

घना जङ्गलको बीचमा रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । सिद्धबराह मन्दिर पनि यही ताल छेउमै छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पदयात्राका लागि निकै सम्भावना बोकेको बराह तालमा भौगोलिक विकटताका कारण अघिल्लो वर्षसम्म सडक पुगेको थिएन । गाउँपालिकाले गत वर्षमात्रै भयरबोङ्गा, मुठाचौर हुँदै यहाँ सडक पुर्‍याएको छ ।

पहाडको टुप्पोमा रहेको तालमा ढोरपाटन नगरपालिकाको अधिकारीचौर, तनमाखेला–२ खोलेस्बाङ र भयरबोङ्गा गाउँबाट सहजै पुग्न सकिन्छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट पैदल यात्रा गरेको दुई घण्टामै यहाँ पुग्न सकिन्छ भने गाडीमा एक घण्टामै पुग्न सकिन्छ । पालिका केन्द्रदेखि खोलेस्बाङसम्म गाडी र एक घण्टाको जङ्गलमा पैदल यात्रा गरी करिब ४५ मिनेटमा तालसम्म पुग्न सकिन्छ ।

तालसम्म पुग्नका लागि धेरै गोरेटो रहेको हुँदा पर्यटकलाई यहाँ पुग्न समस्या छैन । ताल र छेउँमै रहेको सिद्ध बराह मन्दिर तथा यहाँबाट देखिने अनगिन्ती हिमश्रृङ्खला र दृश्यले जोकोहीलाई मोहित पारिरहेको छ । बागलुङ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको ताल अघिल्लो वर्षसम्म व्यवस्थित बन्न सकेको थिएन । गाउँपालिकाले केही वर्षयता निरन्तर काम गर्दै आएपछि पर्यटक पनि बढ्न थालेका छन् । केही वर्ष अगाडिसम्म गाउँलेले पूजा गर्ने ठाउँ बराह ताल क्षेत्र हो ।

गोठालाले पशुचौपाया चरन क्षेत्रका रुपमा सो क्षेत्र प्रयोग गर्ने गर्छन् । वर्षौं पहिले बनेको जीर्ण मन्दिर, खुला ताल र अव्यवस्थित तालका कारण पर्यटक पुग्न सकेका थिएनन् । गाउँपालिकाले मन्दिरको पुनर्निमाणसँगै प्रचारप्रसार थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका छन् । तमानखोला–२ मुठाचौरमा रहेको बराह तालमा गाउँपालिका र प्रदेश सरकारले अहिलेसम्म रु एक करोड बढी लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो ।

लामो समयदेखि अव्यवस्थित बनेको तालको संरक्षणसँगै अन्य संरचना बनाएपछि अहिले निकै व्यवस्थित बनेको अध्यक्ष बुढामगरको भनाइ छ । पालिकाले ताल र मन्दिर नजिकै शौचालय, खानेपानीको व्यवस्थापनसँगै घेराबार गरिरहेको उहाँले बताउनुभयो । पदमार्गसमेत निर्माण भइसकेको हुँदा पर्यटकलाई सहज भएको बुढामगर बताउनुहुन्छ ।

“बराह तालमा हामी निर्वाचित भएर आएदेखि नै संरक्षण र प्रचारप्रचारमा जुटेका छौँ, अघिल्लो कार्यकालदेखि लाखौँ रकम विनियोजन गरेर काम गर्दै आएका छौँ, मन्दिर, खानेपानी, शौचालय र घेराबारको काम भएको छ, पोहरसालसम्म मोटरबाटो पुगेको थिएन, प्रदेश सरकारसँग सहकार्य गरेर बाटो पुर्‍यायौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पहिले सुनसान थियो, निकै कम पर्यटक आउने गर्थे, अहिले सडक पनि पुग्यो, पदमार्ग पनि निर्माण गर्‍यौँ, यहाँसम्म पुग्न सहज भएपछि धेरै पर्यटक पुग्न थालेका छन्, यसको प्रचारप्रसार र थप संरचना बनाउनका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ ।”

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वैशाखे पूर्णिमामा बागलुङका विभिन्न स्थान, गुल्मी, प्यूठान, अर्घाखाँचीलागायत ठाउँबाट भक्तजन पूजाआजा गर्न यहाँ आउने गर्छन् । यहाँबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला देखिने अध्यक्ष बुढामगरको भनाइ छ । यो याम घुमफिर र वनभोजको हुँदा बिदाका दिन सयौँ मान्छे बराह ताल पुग्ने गरेका छन् ।

स्थानीय तिलकुमारी रसाइलीले अहिले बराह ताल राम्रो बनेको बताउनुभयो । पहिलेपहिले पुशचौपाया र यहाँ आउने मान्छेले ताल फोहर गर्ने गरेको जनाउँदै उहाँले अहिले पानी सफा रहेको बताउनुभयो । तीन वर्ष अगाडिसम्म नयाँ वर्ष, होली पूर्णिमालगायत पर्वमा पर्यटक यहाँ घुम्न आउने गरेकामा अचेल हरेक महिना तालमा आउने, फूलसँग रमाउने र फोटो खिच्ने गरेको रसाइलीले बताउनुभयो । तालसम्म बाटो पुगेपछि स्थानीयलाई समान ढुवानी गर्न र यात्रा गर्न सहज भएको उहाँको भनाइ छ ।

रसाइलीले भन्नुभयो, “पहिला तालमा बाहिरबाट आउने मान्छेले चाउचाउ, बिस्कुटका कागज, पानीका बोतल र फाल्ने गर्थे, गाईभैँसी तालमा छिर्थे, जसले गर्दा तालको पानी फोहर हुने गथ्र्यो, अहिले निकै सफा छ, राम्रो पनि देखिएको छ, पहिलेको तुलनामा घुम्न आउने मान्छे पनि बढेका छन्, पैदल हिँड्ने बाटो पनि बनेको छ, गत वर्षदेखि गाडी हिँड्ने बाटो बनाएका छन्, त्यही भएर मान्छे त्रिपाल टाँगेर राति बास बस्न पनि यहाँ आउँछन् ।” रासस

चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी
ढोरपाटन । वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ ।

पहिरोले क्षति पुर्‍याएका सडक वर्षा रोकिँदा बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबादेखि अवरुद्ध सबै सडक सञ्चालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधान वारपार गर्ने सक्ने बनाइएको छ ।

चार महिनापछि सडक सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको छ । बोङ्गादोभान बजार हुँदै पालिकाका सबै वडामा पुग्नुपर्छ । बोङ्गादोभानकै छेउमा बोङ्गाखोला र तमानखोला बग्ने हुँदा वारपारमा निकै समस्या थियो । वडा नं २ को खोलेस्बाङबाहेक सबै वडामा पुग्न खोला पार गर्नुपर्ने हुँदा वर्षातका चार महिना सिधा यातायात हुन सकेन ।

बोङ्गाखोलामा मोटरेबल पुल निर्माण हुन थालेको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम नसकिँदा यात्रुले सास्ती खेप्नु परेको छ । बोङ्गाखोलामा पुल बने वडा नं ३ को तमान र ४ को लाम्मेलाबाहेक अन्य वडामा बर्खामा पनि सिधा यातायात सञ्चालन हुन सक्थ्यो । दुई वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो । ढोरपाटन नगरपालिका–४ हुद्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन ।

वडा नम्बर ३ को तमान गाउँ र लाम्मेला बुर्तिबाङदेखि खुङ्खा हुँदै सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । करिब चार महिना सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी तथा यात्रा गर्न निकै समस्या भोग्नुपरेको स्थानीय शेरबहादुर सिर्पालीले बताउनुभयो । तमानखोला–५ का सिर्पालीले गाउँको सडक निकै साँघुरो र अप्ठ्रायो रहेको भन्दै हिउँदमा जसोतजो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताउनुभयो । सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै उहाँले सडक आए पनि अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नु पर्ने अवस्था रहेको सिर्पालीले गुनासो पोख्नुभयो ।

पहिले गाउँमा नुन, चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गरेको भन्दै गाउँ सडकले जोडिएपछि घोडाखच्च विस्थापित हुँदा मान्छेले नै बोक्नु परेको उहाँको भनाइ छ । “गाउँमा सडक आयो अब त भारी बोक्न नपर्ला, टाढा–टाढा जाँदा गाडीमै चढेर जान पाइएला भनेका थियौँ, तर बर्खामा त्यो सुविधा पाएनौँ, त्यस बोल अहिलेको जस्तो यस्तो ठूला–ठूला सडक थिएनन्, साना गोरेटो बाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे”, सिर्पालीले भन्नुभयो, “टाढा जानु पर्‍यो भने घोडा चढेर जान्थ्यौँ, अहिले गाडी घरमै पुगेका छन्, तर बर्खामा चल्दैनन् ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, भारी मान्छेले नै बोक्नु पर्‍यो ।”

तमानखोला–६ नर्जाखानी सबैभन्दा टाढाको वडा हो । बोङ्गादोभानदेखि नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच मोटरेबल पुलको आवश्यक पर्छ । वडा नं ५ को खुङ्खानी तीन, पहिरा तीन, स्याउला र हिजा पुग्न एउटा पुल तर्नुपर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । स्थानीय तिलबहादुर घर्तीले बर्खामा गाडी नचल्दा बिरामीलाई अस्पताल पुर्‍याउन र सामान ढुवानी गर्न सबैभन्दा बढी समस्या हुने गरेको बताउनुभयो । यहाँका धेरै गाउँ खोला पार गरेपछि मात्रै पुग्न सकिने हुँदा अहिलेसम्म एउटा पनि बन्न नसकेको घर्तीको गुनासो छ ।

उहाँले भन्नुभयो, “अहिले खोलामा पानी घरटेको छ, गाउँपालिकाले त्यही भएर होला डोजर लगाएर गाडी चलाउन थालेको छ, असारको पहिलो सातादेखि खोलामा गाडी तर्न छोडेको, खोला बढेर आएपछि गाडी पनि वारीको वारी, पारीको पारी भएका थिए, हिजोबाट अलिअलि चल्न थालेका छन्, महिनौँपछि गाउँमा गाडी आउँदा पनि खुसी लाग्दो रैछ, बर्खाको समयमा दुर्गम गाउँमा मान्छेले निकै दु:ख पायौँ, राज्यले हाम्रो दु:ख, समस्या कहिले देखेर पुल बनाउला ?”

तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले चाडबाड नजिकिएसँगै अवरुद्ध सडक सञ्चालन गर्न थालेको बताउनुभयो । खोलामा पानीको बहाव पनि केही कम भएको हुँदा यातायातका साधान सञ्चालन हुने गरी सडक खुलाउन थालेको उहाँको भनाइ छ । बोङ्खानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । पुल बनेको भए पालिकाका अधिकांश वडामा बर्खामा पनि यातायातका साधन सञ्चालन हुने अध्यक्ष बुढा मगरले बताउनुभयो । निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ ।

नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङनीघाट, खुङ्गानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेबल पुल आवश्यक परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । बर्खाका लागि स्थानीयले हिउँदमै सामान खरिद गरेर राख्नुपर्ने अवस्था रहेको भन्दै हिउँदमा खरिद गरेर राखेको सामानको म्याद बर्खा भरिमा गुज्रिसक्ने उहाँले बताउनुभयो । त्यही सामान स्थानीयले उपभोग गर्दा बिरामीसमेत पर्ने गरेको बुढा मगरको भनाइ छ ।

वडा नं ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइघाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्गानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्गानीघाटमा मोटरेबल पुल आवश्यक पर्ने उहाँको भनाइ छ । “तमानखोलामा धेरै खोला छन्, एक गाउँदेखि अर्को गाउँसम्म पुग्न खोला तर्नुपर्छ, सबै ठाउँमा मोटरबाटो त पुर्‍यायौँ, तर मोटरेबल पुल निर्माण गर्न सकेको छैनौँ, एउटै पुल निर्माण गर्न करोडौँ बजेट लाग्छ, त्यो बजेट पालिकासँग हुँदैन”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “धेरै पुल निर्माण गर्नुपर्ने छ, माथिल्लो सरकारसँग नै माग गर्नुपर्छ, माथिल्लो निकायबाट सहयोग भयो भने पुल बनाउन सहज हुने थियो ।” रासस

अभिभावकविहीन बालबालिकाका लागि बालगृह
ढोरपाटन । तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ ।

सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो । गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उहाँको भनाइ थियो ।

तमानखोला गाउँपालिका–६ नर्जाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनुभएको छ । सानै उमेरमा आमा बितेपछि उहाँलाई हजुरबुबाहजुरआमाको जिम्मा लगाइएको थियो । कक्षा ९ मा पढ्ने उहाँ बुढा हजुरबुबाहजुरआमासँग कष्टकर जीवन बिताइरहनुभएको थियो । दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर नि:शुल्क पालनपोषण र पढाइ लेखाइको प्रबन्ध मिलाएको छ ।

घरमा हुँदा राम्रोसँग पढ्न र पेटभरि खाना नपाएको बताउँदै दीपेन्द्रले अहिले दैनिक विद्यालय जाने र पेटभरि खान पाएको बताउनुभयो । सानैमा आमा गुमाउनुभएका दीपेन्द्रले आमाको माया नपाए पनि हजुरबुबा र हजुरआमाको माया भने प्रशस्त पाउनुभयो । अहिले बालगृहमा साथीभाइबाट पनि उत्तिकै माया पाउनुभएको छ । घरमा हुँदा भोगेका दु:ख, कष्टलाई दीपेन्द्रले भुल्न सक्नुभएको छैन । घरपरिवारमा हुँदा दु:ख पाएको भए पनि अहिले धेरै सहजरूपमा दैनिकी चलेको उहाँको भनाइ थियो ।

बालगृहमा आफूजस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेका भन्दै सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताउनुभयो । बेलाबेला गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि आएर नयाँ र सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरूको समस्या बुझ्ने गरेको उहाँको भनाइ थियो । अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्यजस्तै मिलेर बस्ने तथा आवश्यक सामान समयमै पाउने गरेको विकले बताउनुभयो ।

“म सानै हुँदा आमा बित्नुभएछ, बाजे र बजैले निकै दु:ख गरेर मलाई हुर्काउनुभयो, अहिले त अलि ठूलो भएँ, पोहोर सालदेखि गाउँपालिकाका सरहरूले यहाँ लिएर राख्नुभएको छ, बाबाले बिहे गरेर मलाई छाडेर जानुभयो, कहाँ हुनुहुन्छ थाहा छैन । घरमा हुँदा पढ्न मन भए पनि राम्रोसँग पढ्ने वातावरण थिएन”, उहाँले भन्नुभयो, “अहिले धेरै सुविधा पाएको छु । पढाइ पनि राम्रो भएको छ, दिनदिनै स्कुल जान पाएको छु, खुसी लागेको छ ।”

तमानखोला गाउँपालिका–२ भयर भोङ्गाकी १४ वर्षीया निता सिर्पाली पनि यही बालगृहमा बस्दै आउनुभएको छ । निताको बुबाको मृत्युपछि आमाले अर्को बिहे गरेर जानुभयो । बुबाआमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आउनुभएकी निताले सानोमा निकै दु:खदायी जीवन बिताउनुभयो । अहिले बालगृहमा बस्न थालेपछि उहाँको दैनिकी फेरिएको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा पढ्न लेख्न नपाएको भन्दै अहिले दैनिक विद्यालय जाने र पढाइ सुधार हुँदै गएको उहाँले बताउनुभयो ।

“घरमा हुँदा कापी कलम किन्ने पैसा पनि हुँदैनथ्यो, घरको सबै काम गर्नुपथ्र्यो, बाजे/बज्यै बुढाबुढी हुँदा काम गर्न सक्नु हुँदैनथ्यो, कहिले स्कुल गइन्थ्यो, कहिले गइन्नथ्यो”, निताले भन्नुभयो, “अहिले त सधैँ स्कुल गइन्छ, पहिला खाना लगाउन राम्रोसँग पाइन्नथ्यो, अहिले राम्रो भएको छ, साथी पनि धेरै छन्, खेल्ने, पढ्ने समय हुन्छ । स्कुल पनि नजिकै छ, पहिलेको जस्तो टाढा जानु पर्दैन ।”

बालगृह सञ्चालक समितिका संयोजक बुढामगरले भन्नुभयो, “बालगृह सञ्चालन ताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौँ, पछि उनीहरूको आमाबुबा कोही विदेश रहेछन्, आएर लगे । अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ । समय–समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्ने गरेका छन् ।”

उहाँले बालगृह गाउँपालिकाको लगानीमा सञ्चालन गरिएको जानकारी दिनुभयो । बुढामगरका अनुसार गाउँपालिकाले तमान गाउँमा घरभाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले कुनै पनि बेसहारा बालबालिकाले दु:ख नपाउन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताउनुभयो । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सीपमूलक तालिम दिने, रोजगारीको व्यवस्था मिलाउनेलगायत काम गरिने उहाँको भनाइ थियो । पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताउनुभयो ।

“हाम्रो पालिका अलि पिछडिएको ठाउँमा पर्छ, यसले गर्दा यहाँ थुप्रै चुनौती छन्, त्यसलाई चिर्दै विकास गर्ने हाम्रो लक्ष्य हो, पूर्वाधार विकासका काम त हामीहरूले निरन्तर गर्दै आइरहेका छौँ, पोहोर सालदेखि आमाबाबु गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरी उनीहरूको पालनपोषण र शिक्षादीक्षा दिने कामको थालनी गरेका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अहिले बालबालिकामा छुट्टै खालको खुसी देखिन्छ, उनीहरूको खुसीले हामीलाई पनि खुसी बनाउँछ, पढ्न नपाएका बालबालिका अहिले खुसीका साथ पढ्न पाएका छन् । अब उनीहरूलाई सीपसँग जोडेर स्वरोजगार बनाउने योजनामा छौँ ।”

बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ । रासस

बागलुङको तमानखोलामा भोजभतेरमा छुट्टाछुट्टै भान्छा गरे कारबाही हुने
ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । उहाँले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यापालिका बैठकबाट सामाजिक रुपमा हुने भोजभतेरको भान्छा एउटै बनाउनुपर्ने निर्णय गरिएको बताउनुभयो ।

“सामाजिक विभेद व्यवहार र भान्छाबाटै अन्त्य हुनुपर्छ, अब गाउँपालिकाभित्र हुने कुनै पनि भोजभतेरको एउटै भान्छा हुनुपर्छ, अहिलेसम्म दलितका लागि छुट्टै, जनतातिका लागि छुट्टै र ब्राह्मण क्षेत्रीका लागि छुट्टै भान्छा हुँदै आएको थियो । यो सामाजिक र जातीय विभेद हो,” अध्यक्ष बुढा मगरले भन्नुभयो, “यसको अन्त्यका लागि दुई वटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौँ । समाजमा बस्ने हरेक नागरिक सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।”

गाउँपालिकाले पहिलेदेखि नै सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतानामूलक कार्यक्रम गर्दै आएको भन्दै उहाँले भोजभतेरमा बढी विभेद हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याइएको जानकारी दिनुभयो ।

्“सरकारले विसं २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागू हुनसकेको छैन”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिक रुपमा हुने भोजभतेर फरक–फरक हुँदै आएका छन् ।” उहाँका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।रासस

बागलुङ तमानखोलाको दुर्गम गाउँ नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ । वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका–६ कार्यालयले यस्तो योजना कार्यान्वयन गरेको हो ।

एक घर एक टनेलमार्फत उत्पादन भएको तरकारीले घरमा उपभोग भई बाँकी तरकारी सङ्कलन गरी बजार पठाउन सकिने योजनासाथ गाउँपालिका–६ नर्जाखानीको वडा कार्यालयले चालु आर्थिक वर्षमा रु नौ लाखको योजना कार्यान्वयनमा लगेको हो ।

दुर्गम गाउँका नागरिकलाई स्थानीय सरकारले प्रत्यक्ष आयआर्जनसँग जोड्न आवश्यक ठानेर यो कार्यक्रम ल्याएको तमानखोला गाउँपालिका–६ का वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिनुभयो । “ यहाँका नागरिकको आर्थिक जीवनस्तर उकास्न आवश्यक छ, त्यसैले वडाध्यक्षमा निर्वाचित भएको पहिलो वर्ष नै ठूलो बजेट कृषिमा लगानी गरिएको छ, अहिले नौ लाख बजेटबाट टनेल स्थापना गर्न ८५ प्रतिशत अनुदानमा दुई सय घरमा टनेल स्थापना गर्ने योजना हो, हालसम्म एक सय ६० टनेल वितरण गरिसकेका छौँ”, वडाअध्यक्ष छन्त्यालले भन्नुभयो ।

दुर्गम गाउँमा व्यावसायिक तरकारी उत्पादनप्रति स्थानीयवासीको चासो नदेखिएको र थोरै परिणाममा तरकारी उत्पादन गर्दा बजारीकरणको समेत समस्या हुने भएकाले वडाका सबै घरमा टनेल स्थापना गर्न थालिएको हो ।

रु चार हजार आठ सय लागतको प्लास्टिक अनुदानमा लैजान स्थानीयवासीले ६ सय वडा कार्यालयमा बुझाउनुपर्नेछ । स्थानीयवासीको १५ प्रतिशत साझेदारीमा टनेल स्थापनाका लागि प्लास्टिक वितरण गर्दा स्थानीयलाई अपनत्व हुने वडा कार्यालयको बुझाइ छ ।

अबको केही महिनाभित्रै वडाका दुई सय घरमा टनेल स्थापना भइसक्नेछन् । जम्मा दुई सय घरधुरी रहेको वडामा सबै नागरिकका घरमा टनेल स्थापना भइसक्दा नर्जाखानी तरकारीमा आत्मनिर्भर मात्रै नभएर तरकारी निर्यात गर्न सकिने वडाका रुपमा परिचित हुनेछ ।

चिसोका कारण खुल्ला जग्गामा काउली, बन्दा, सिमी तथा टमाटर लगायतका अत्यावश्यक तरकारी खेती राम्रो नहुने भएकाले सबै घरमा टनेल स्थापना गर्ने वडा कार्यालयले योजना बनाएर अगाडि बढेको हो । वडा कार्यालयले तरकारी उत्पादनका लागि आवश्यक प्लास्टिक वितरण गर्दा स्थानीय सरकारको आभाष भएको स्थानीय जसदेवी छन्त्यालले जानकारी दिनुभयो । रासस

बागलुङका दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता
ढोरपाटन । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छ । भौगोलिक विकटताका कारण पछाडि परेको नर्जाखानी जिल्लाकै सबैभन्दा टाढाको बस्ती हो । नर्जाखानी गाउँ पुग्न थुप्रै खोलानाला पार गर्नुपर्छ । हिउँदयाममा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खायाममा करिब चार महिना सडक अवरुद्ध हुन्छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सडकको ट्रयाक खोलेपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । तर बाह्रै महिना यातायात सञ्चालन नहुँदा समस्या भोग्नुपरेको छ । गाउँमा पुग्न धेरै खोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने हुँदा बर्खाको चार महिना स्थानीयले सास्ती खेप्नुपरेको छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेबल पुल निर्माण गर्नुपर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेको छैन ।

वडा नं ३ को तमान, लाम्मेला गाउँ हुदै म्याग्दी पुग्न ढोमई घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ । यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्खानी, मुठाचौरलगायतका गाउँसम्म पुग्न बेँसीघाट र बोङ्खानीघाटमा मोटरेबल पुल आवश्यक पर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन् । विभिन्न खोलामा पुल नबन्दा स्थानीय बर्खाको समयमा यात्रा गर्न सक्दैनन् । सबै गाउँबाट पालिकाको केन्द्र आउन नौवटा पुल बन्नुपर्छ । पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या भएको छ ।

बर्खाको समयमा सडक अवरुद्ध हुँदा हिउँदमै बजारबाट सामान ढुवानी गरेर भण्डारण गरी राख्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिका–६ का पूर्वअध्यक्ष कुलबहादुर छन्त्यालले बताउनुभयो । उहाँले यसरी हिउँदै भण्डार गरेर सामान राख्दा कुहिने र समयावधि सकिएर खान नमिल्ने हुँदा नोक्सानी व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । छन्त्यालले पुल निर्माणमा माथिल्लो निकायले चासो नदिँदा सयौँ नागरिकले बर्खामा समस्या भोग्नुपरेको बताउनुभयो ।

“भौगोलिकरूपमा त पछाडि परेका थियौँ, विकासका हिसाबले पनि पछाडि नै परेका छौँ, सडक निर्माण भएको वर्षौँ भयो तर अहिलेसम्म कुनै पनि खोलामा पुल बनेको छैन, त्यसको प्रत्यक्ष असर हामीलाई परेको छ”, छन्त्याल भन्नुहुन्छ, “बर्खामा हिँडेर पालिकाको केन्द्रमा पुग्न तीन घन्टा बढी लाग्छ, सामान बोकेर ल्याउन सकिने अवस्था पनि हुँदैन, गाडी खोला ठूलो भयो भने बीचमै अलपत्रसमेत हुने गरेका छन्, अहिले पनि फेरि बर्खा लाग्न थाल्यो, समस्या उही छ ।”

सडकले गाउँलाई विकाससँग जोडेको भए पनि पुल नबन्दा अपूरो भएको स्थानीय जालप्रसाद छन्त्यालले बताउनुभयो । सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा, खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको उहाँको भनाइ छ । बर्खामा गाडी पनि नचल्ने र खच्चड पनि नपाइने हुँदा ग्रामीण क्षेत्रका नागरिक ठूलो समस्यामा पर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बर्खामा गाउँमा गाडी चल्दैनन्, कोही बिरामी प¥यो भने अस्पताल पु¥याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिँदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले तमानखोलाका गाउँ पुग्न धेरै भिरपहरा र खोला पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले स्थानीय तहमा नेतृत्व लिएदेखि धेरै गाउँमा सडक पु¥याए पनि पुल निर्माण गर्न नसकेको बताउनुभयो । यहाँका धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउने हुँदा पुल निर्माण गर्न नसकिएको बताउनुभयो । पुल निर्माण लागि माथिल्लो निकायसँग माग गरिरहेको जानकारी दिनुभयो ।

“तमानखोलाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, बर्खामा खोलामा पानीको बहाव निकै बढ्ने हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीले सबै गाउँ र बस्तीमा ढिलो–चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पुल निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ, सबै निकायसँग समन्वय गरी पुल बनाउनेछौँ, एकैपटक नहोला तर पनि पुल बनाउनतर्फ लागिपरेका छौँ ।”

पालिकाको केन्द्र बोङ्गादोभानस्थित बोङ्गाखोलामा भने अहिले पुल निर्माण भइरहेको छ । गत वर्षदेखि निर्माण हुन थालेको पुलको काम सुस्त गतिमा भइरहेको छ । यहाँको पुल समयमै सकिए सयौँ नागरिकलाई पालिका केन्द्रमा आउनजान सहज हुने छ ।रासस

बागलुङको तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना
ढोरपाटन । धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू–भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ ।

तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौंदेखि पर्यटक पर्खी रहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्र्याउन सकेको छैन ।

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न ‘मिनी’ जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गर्ने भएको छ । यही गाउँ हुँदै बग्ने तमानखोलालाई थुनेर गाउँपालिकाले हाइड्रोपावर निर्माण गर्न दुई वर्षदेखि अध्ययन गरेको छ ।

गाउँपालिकाको गौरवको यो परियोजना सरकारी तथा निजी क्षेत्रको सहकार्यमा हुने छ । तमानखोला थुनेर हाइड्रोपावर मात्रै बन्ने छैन । यहाँ ‘फिस फार्म’, ‘¥याफ्टिङ’ लगायत पर्यटक आकर्षित गर्ने अन्य संरचना बन्ने छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर तमान गाउँलाई ‘पर्यटकीय गाउँ’ बनाउन र यहाँका नागरिकको जीवनस्तर उकास्न यो योजना सुरु गर्न लागेको बताउनुहुन्छ । “हाइड्रोपावरसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने छ, यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ, योजनाको निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी काम हुने छ, परियोजना सरकार, निजी क्षेत्र र स्थानीय नागरिकको लगानीमा निर्माण हुनेछ”, उहाँ भन्नुहुन्छ ।

तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्छ । सरकारको रणनीतिक सडकअन्तर्गत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने सडकको केन्द्रमा यो गाउँ पर्छ । यो सडकलाई ‘धार्मिक पर्यटक सडक’को नामकरण गरेको र यहाँ धार्मिक पर्यटक बढी भित्र्याउने लक्ष्य लिइएको छ । उहाँ भन्नुहुन्छ, “यो गाउँ निकै केन्द्रमा पर्छ, अहिले आन्तरिक पर्यटक त आउँछन् तर एक÷दुई दिन राख्न सकिएको छैन, पर्यटक घुम्न बाँध बाँधेर ताल बन्छ, डुङ्गा सञ्चालन हुन्छ, फिस फार्म चल्छ्, वरपर रेष्टुराँ र आकर्षक पर्यटकीय संरचना निर्माण हुने छ ।”

गाउँपालिकाले पहिलो चरणको अध्ययन सकेर दोस्रो चरण सुरु गरेको छ । अहिले एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सी कोटेश्वरले दोस्रो चरणको अध्ययन गरिरहेको छ । खोला थुनेर जलाशययुक्त हाइड्रोपावर बनाउन रु ४० करोड र पर्यटकीय संरचनासहितको काम गर्न करिब रु ६० करोड लाग्ने एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सीका इन्जिनीयर नवीन घर्तीमगरले जानकारी दिनुभयो । इन्जिनियर घर्तीमगर भन्नुहुन्छ, “यो ठाउँ बाध बाँधेर हाइड्रो निर्माण गर्नका लागि उपयुक्त देखिएको छ, यहाँको भूगोलको अवस्था, बाध र पर्यटकीय संरचना कहाँ निर्माण गर्नेलगायतका विषयमा अध्ययन गरिरहेका छौँ ।”

यहाँबाट तीन सय ५० किलोवाटको विद्युत् उत्पादन हुने आँकलन गरिएको छ । यसलाई उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’को रुपमा लिइएको छ । गाउँपालिकाले रु १५ लाख खर्च गरेर पहिलो चरणको अध्ययन गरिरहेको छ । गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले जलाशययुक्त हाइड्रोपावर निर्माणपछि सिङ्गो तमानखोलाले मुहार फर्ने भन्दै यहाँका नागरिको जीवनस्तर बदलिने बताउनुहुन्छ ।

परम्परागत खेतीपाती र पशुपालनमा हुँदै आएको यहाँ हाइड्रोपावरले रोजगार सिर्जना गर्नुका साथै गाउँलेलाई व्यवसायसँग जोड्ने उपाध्यक्ष छन्त्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भौगोलिक हिसाबले पछि पर्दा यहाँका नागरिक पछाडि परेका छन्, अब विस्तारै सडक पनि राम्रो हुँदै छ, दैनिकीमा केही परिवर्तन आउँदै छ, यो परियोजना सम्पन्नपछि धेरैको जीवनस्तर बदलिने छ ।” रासस

बागलुङको तमानखोला गाउँपालिकाले बालगृह खोल्ने
बागलुङ । तमानखोला गाउँपालिकाले एमबिबिएस पढ्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नयाँ जनप्रतिनिधि आएपछि सोमबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने उल्लेख गर्नुभयो । एमबिबिएस अध्ययन पूरा गरेपछि पाँच वर्ष गाउँपालिकाकै स्वास्थ्य संस्थामा सेवा गर्ने गरी वर्षमा एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । त्यसबाट चिकित्सा शिक्षामा गाउँका विद्यार्थीको पहुँच र योग्य स्वास्थ्य जनशक्ति उत्पादनमा सघाउ पुग्ने गाउँपालिकाले विश्वास छ ।

यस्तै तमानखोलाले अभिभावकविहीन र असहाय बालबालिकालाई लक्ष्य गरी तत्कालै बालगृह सञ्चालनमा ल्याउने भएको छ । त्यस्ता बालबालिकालाई सुरक्षित आवास, पालनपोषणसँगै कक्षा १२ सम्म निःशुल्क पढाउने गरी बालगृह सञ्चालन गर्न लागिएको अध्यक्ष बुढाको भनाइ छ ।

“बुबाआमा गुमाएका र अति गरिब, विपन्न परिवारका बालबालिका जो पढाइबाट वञ्चित छन्, उनीहरुको पहिचान गरी बालगृहमा राखेर उचित हेरचाह, लालनपालनसहित कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था गाउँपालिकाले मिलाउँछ”, उहाँले भन्नुभयो ।

यही शैक्षिक सत्रदेखि अभिभावकविहीन बालबालिकाको खोजी र पहिचान गरी बालगृहमा राखिने गाउँपालिकाले जनाएको छ । आफ्नै संरचना नबनुञ्जेल भाडाको भवनबाट बालगृह सञ्चालन गरिने अध्यक्ष बुढाले बताउनुभयो । युवाहरुलाई उद्यम र आयआर्जनतिर जोड्न गाउँपालिकाले युवालक्षित व्यावसायिक प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।

उद्यम, व्यवसायमा लाग्ने युवाहरुलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपलब्ध गराउन पहल गर्ने र उक्त कर्जाको ऋण गाउँपालिकाले तिरिदिने निर्णय गरिएको हो । युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित गाउँपालिकाले सो योजना अघि सारेको हो । उद्यमको योजना, कर्जाको सीमा र मापदण्डलगायतका विषय कार्यविधि बनाएर तोकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आफ्नो चिनारी झल्काउने पालिका गान पनि तयार गर्ने निर्णय गरेको छ । स्थानीय सर्जक बिमला पुन घर्तीको रचनालाई सङ्गीत र स्वरबद्ध गरी पालिका गानका रुपमा प्रयोगमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको हो । पालिका गानका रचयिता घर्तीलाई रु १५ हजारसहित सम्मानसमेत गरिने भएको छ ।