दुधकोशी जलाधार क्षेत्र – News Polar

दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय बहुप्रकोपिय विपद्को जोखिममा
काठमाडौँ । दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) जस्ता जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

स्वीजरल्याण्डको युनिभर्सिटी अफ लुजान(युएनआईएल) ले दुधकोशी जलाधारका माथिल्लो र तल्लो तटिय क्षेत्रका विद्यालयमा गरेको अध्ययनमा पृथ्वीको तापक्रमवृद्धिका कारण जलवायुमा परिवर्तन हुँदा हिमताल विस्फोटजन्य बाढीको र अतिवृष्टिको कारण उत्पन्न्न हुने बाढी तथा पहिरोको जोखिममा रहेको देखिएको हो ।

विद्यार्थी र शिक्षकको जलवायु परिर्वतन र हिमनदी विस्फोटन सम्बन्धी ज्ञान र बुझाइको स्तर, विद्यालय भएको स्थान, नदी तथा हिमतालदेखिको दुरी, खोला तथा नदीदेखि विद्यालयसम्मको दुरी, विपद् जोखिम बुझाई सम्बन्धी प्रशिक्षण पुस्तिका र विपद्को सम्भावति आँकलन गरी गरिने कृत्रिम अभ्यास लगायत मापदण्डका आधारमा विद्यालयको जोखिम मूल्यांकन गरिएको हो । विद्यालयको भौतिक संरचनाको अवस्थिति, पाठ्यक्रम र विद्यार्थीको बुझाई सिकाई र ज्ञान सम्बन्धी विभिन्न १ सय ४२ प्रश्न गरिएको थियो । दुधकोशी जलाधार क्षेत्रका विद्यालयहरु मध्ये श्री दुधकोशी आधारभुत विद्यालय सबै भन्दा बढी जोखिममा देखिएको अध्ययनले देखाएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित यो विद्यालयमा  दुधकोशी नदीको कटान, माथिल्लो क्षेत्रबाट आउन सक्ने हिमताल विस्फोटपछि आउने बाढीको उच्च जोखिम देखिएको हो ।

अध्ययनमा उच्च जोखिम देखिएपछि विद्यालयले युनिभर्सिटी अफ लुजानको सहयोगमा जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमनदीय ताल विस्फोटजन्य बाढी (जीएलओएफ) जोखिमसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ स्थित जयारामघाटमा अवस्थित विद्यालयमा गरिएको सचेतना कार्यक्रममा जलवायु परिर्वतन, बाढी पहिरो, हिमनदीजन्य बाढी, हिमताल विस्फोटबाट आउने बाढीको बारेमा जानकारी गराउनुको साथै हिमतालजन्य विस्फोटनबाट हुने जोखिमबाट बच्ने कृत्रिम अभ्यास पनि गराईएको थियो ।

कृत्रिम अभ्यासमा सम्भावित जोखिमको पूर्वसूचना प्राप्त भएपछि जोखिमको संकेत घण्टी र साईरन कसले बजाउने, विद्यार्थीको एसेम्बलीमा उपस्थितिको रुजु कसले गर्ने, सुरक्षित स्थानमा कसरी लैजानै, सुरक्षित स्थानमा पुगेपछिको विद्यार्थीको उपस्थिति जाँच गर्ने लगायतमा विद्यार्थीलाई अभ्यास गराइएको थियो । विपद्को पूर्वसूचना प्राप्त भएपछि बाढी आइपुग्न लाग्ने समय (लिडटाईम)को आधारमा सुरक्षित स्थान पहिचान गरी सो स्थानमा लैजानेसम्मको अभ्यास (इभ्याकुएसन ड्रिल) गरिएको थियो ।

विद्यार्थीलाई विद्यालयबाट १ सय मिटर माथि उचाईमा अवस्थित माझी चौतारोमा इभ्याकुएसनको पहिलो सुरक्षित केन्द्रको रुपमा लगिएको थियो । त्यसैगरी  दोश्रो तथा अन्तिम स्थानको रुपमा गोल भञ्ज्याङ फुटबल ग्राउण्ड पहिचान गरिएको थियो । कृत्रिम अभ्यास पछि विद्यार्थीले वातावरण, जलवायु परिर्वतन तथा विपद् जोखिम न्युनिकरणका अवयभहरु सम्बन्धमा आफ्नो बुझाईलाई चित्रमा उतारेका थिए ।

सचेतना कार्यक्रमको उद्घाटन गर्दे नगरपालिका प्रमुख विमला राईले विद्यालयको विपद् जोखिम व्यवस्थापनमा नगरपालिका गम्भीर रहेको बताउनु भयो । उहाँले मानवजन्य क्रियाकलापले जलवायु परिवर्तनलाई बढवा दिएको उल्लेख गर्दै प्रकृति संरक्षणमा सबै जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भयो । विद्यालयको संरचना ठूलो गराउनुपर्ने भएकाले उपयुक्त स्थानमा नभएको उल्लेख गर्दे समुदायले सुरक्षित जग्गा उपलब्ध गराएमा नगरपालिकाले विद्यालय स्तानान्तरण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, “विद्यालयहरूको सुरक्षा र जोखिम न्युनिकरणमा नगरपालिका पूर्ण रूपमा प्रतिवद्ध छ । हामी जलस्रोतमा धनी देश हौँ भन्ने गर्व गर्छौँ, तर जलवायु परिवर्तनका कारण बग्ने दुधकोशीले पनि जोखिम निम्त्याइरहेको छ । रुख कटान, कलकारखाना र विकास निर्माणका संरचनाले यो समस्या बढाएको छ । हामीले प्रकृतिको सौन्दर्य उपभोग मात्र गर्छौँ, संरक्षण गर्दैनौँ । यदि हामीले एउटा बिरुवा पनि रोपेका छैनौँ भने प्रकृतिले हामीलाई सजाय दिइरहेको छ । अघिल्लो वर्ष बाढीले ग्याबिन जालीसम्म पानी आएको यहाँका सबैले देख्नुभएको छ । यदि त्यो संरचनाले नथेगेको भए ठूलो क्षति हुन्थ्यो । यो विद्यालयमा १०० भन्दा बढी विद्यार्थी छन्, एउटा घर क्षति हुँदा ४–५ जना प्रभावित हुन्छन् तर विद्यालय क्षति हुँदा सयौँको भविष्य जोखिममा पर्छ । हामी गम्भीर छौँ । यदि समुदायले सुरक्षित जग्गा उपलब्ध गरायो भने नगरपालिकाले स्रोत परिचालन गरेर विद्यालय स्थानान्तरण गर्छौँ। साथै, कृत्रिम अभ्यासलाई नियमित बनाउनेछौँ । ”

युनिभर्सिटी अफ लुजानका अध्येयता दीपक केसीले दुधकोशी जलाधार क्षेत्रका विद्यालय जलवायुजन्य जोखिममा रहेकाले विद्यार्थीलाई माथिल्लो तटीय क्षेत्रमा हिम पग्लने अवस्था, ताल निर्माण र विस्फोटको सम्भावित प्रभावको साथै बाढी आएमा सुरक्षित स्थानमा जानका लागि पूर्ण कृत्रिम अभ्यास (इभ्याकुएसन ड्रिल) गराईएको बताउनु भयो ।  उहाँले सरकारको नीति बमोजिम जलवायुजन्य विपद्का अवयवसँगै त्यसबाट जोगिने उपाय सहितको स्थानीय पाठ्यक्रम बनाएर विद्यार्थीलाई नियमित कृत्रिम अभ्यास गराइनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय जस्तो संवेदनशील पूर्वाधार निर्माण गर्दा बहुप्रकोपिय जोखिमको आंकल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्येता दीपक केसीले भन्नुभयो, “दुधकोशी जलाधार जलवायुजन्य जोखिमको कारणले संकटासन्न छ । श्री दुधकोशी विद्यालय समुद्र सतहबाट करिव ३ सय ५० मिटर उचाईमा छ । हिमनदी फुटेर उच्च तहमा बाढी आयो भने सो बाढीले सजिलै विद्यालयलाई क्षति पु¥याउन सक्छ । दुधकोशी जलाधार क्षेत्रका धेरै विद्यालय बहुप्रकोपिय विपद्को जोखिममा रहेको देख्न सकिन्छ । माथिल्लो तटीय क्षेत्रमा के छ ? हिम पग्लने अवस्था कस्तो छ ? हिम पग्लिएर ठूलो ताल भयो भने त्यो ताल के हुनसक्छ र त्यो ताल फुट्यो भने के हुनसक्छ भन्ने विषयमा विद्यार्थीलाई जानकारी दियौँ । त्यसैगरी बाढी आयो भने आफू बच्ने तरिका सिकायौँ । सुरक्षित ठाउँमा विद्यार्थीलाई लैजान विभिन्न क्रियाकलापको कृत्रिम अभ्यास गरायौँ । जलवायु परिवर्तन के हो, हरित गृह ग्यास के हो, ताल कसरी बन्छ, ताल कसरी फुट्छ, फुट्यो भने कहाँसम्म क्षति पु¥याउन सक्छ र त्यो ताल फुट्नु भन्दा अगाडि पूर्वसूचना प्राप्त भइसकेपछि हामीले के गर्नुपर्छ भन्ने प्रशिक्षण पछि हामीले कृत्रिम अभ्यास गरायौँ । दुधकोशी आधारभुत विद्यालयको मात्रै होइन । प्रश्न सयौँ त्यस्ता स्कुलहरुको हो । जो खोलाको किनारमा छन् । बाढी जतिबेला पनि आउनसक्छ । बाढी आउँदा कसरी सुरक्षित बस्ने भन्ने बारे हाम्रो पाठ्यक्रममा पढाइनु प¥यो । पाठ्यक्रम स्थानीय हुनुप¥यो, विषय स्थानीय पढाउनु प¥यो र त्यो पाठ्यक्रमको कुराहरुलाई अभ्यास गराउँदै विद्यार्थीलाई अभ्यस्त बनाउनु प¥यो । ’

जलवायु अध्ययेता केसीले जलवायु परिवर्तन, हरितगृह ग्यास, ताल फुट्ने प्रक्रिया र पूर्वसूचना प्राप्त भएपछि गर्नुपर्ने कार्यबारे प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी, इन्जिनियर डाक्टर सञ्जय देवकोटाले दुधकोशी जलाधार क्षेत्रको भू–बनावट र त्यसले निम्त्याउन सक्ने सम्भावित जोखिम बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले विपद् निम्त्याएको र यसलाई न्युनिकरण गर्न संरचनागत र गैर संरचनागत विधि अपनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘इन्जिनियरिङको हिसावले नेपालको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा देखिरहेको छ । हिमतालहरुको आयतनमा वृद्धि भइराखेको छ । हिमतालहरुमा पानीको मात्रा वृद्धि भइराखेको छ । हिम हिमनदीहरुमा हिउँ पग्लिएर तालमा परिणत हुदै गर्दा तालको आयतन बढ्ने र एउटा समयमा तालले पानीलाई रोक्न नसक्ने अवस्थामा ताल फुट्नसक्छ । ताल विस्फोट भइसकेपछि त्यसको असर तल्लो तटीय क्षेत्रमा व्यापक रुपमा पर्दछ । कोशी जलाधार क्षेत्रलाई तीन भागमा वर्गीकरण गरेर अध्ययन गरिरहेका छौं । उच्च हिमाली भेगमा भएको क्षेत्र त्यसपछि मध्य पहाडी भागमा रहेको क्षेत्र र तल्लो क्षेत्र भनेको यो जयराम घाट एरिया हो । उच्च पहाडी भेगमा पानीको बहाव उच्च हुँदा जमिन इरोजन हुने, पहिरो जाने हुन्छ भने मध्य भागमा दायाँबायाँ भएका स्कुल लगायत पूर्वाधारहरुमा क्षति गर्ने, जस्तै सडक , झुलुङ्गे पुलहरु , मोटर पुलहरुमा क्षति गर्ने सम्भावना देखिन्छ । यो क्षेत्रमा करिब करिब १२ वटा झुलुङ्गे पुल चार वटा मोटर सडकका पुलहरु अनि करिव नौ वटा जति स्कुलका संरचनामा प्रभाव पर्ने देखिन्छ । जुन कुरा यो जयराम घाट एरियामा श्री दुधकोशी आधारभुत माध्यमिक विद्यालयको संरचनाले देखाउँछ ।’

अभ्यासपछि विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरीले यो अभ्यास अत्यन्त प्रभावकारी भएको बताउनु भयो ।  उहाँले भन्नुभयो, “पहिलो पटक गरिएको यो कृत्रिम अभ्यास निकै उपयोगी भयो । नदी किनारमा भएकाले साना–साना विद्यार्थीहरू खेल्ने क्रममा किनारतिर जानसक्ने त्रास सधैँ रहन्छ, त्यसैले विद्यालयको स्थानान्तरणका लागि सम्बन्धित निकायसँग अनुरोध गर्दछौँ ।”

कार्यक्रममा जलवायु परिवर्तन र विपद् जोखिमसम्बन्धी पोस्टर, पर्चा र शिक्षक मार्गदर्शिका विद्यालयलाई हस्तान्तरण गरिएको छ । यो कार्यक्रमले करिव ९० जना विद्यार्थी र शिक्षकहरूलाई जीएलओएफ र जलवायु परिवर्तनसम्बन्धी सचेत गराएको आयोजकले जनाएको छ ।

कार्यक्रमपछि विद्यार्थीले इको–डिआरआर क्लव पनि गठन गरेका छन् । क्लवले  वातावरण संरक्षण सम्बन्धी सचेतना वृद्धि गर्ने, जलवायु परिर्वतन, हिमनदी पग्लने प्रक्रिया र हिमताल बिस्फोटको जोखिमबारे ज्ञान विस्तार गर्ने, विपद् जोखिम न्युनिकरण सम्बन्धी व्यवहारिक तयारी बढाउने गतिविधि सञ्चालन गर्नेछ ।

विद्यालयलाई सबै प्रकारका विपद् जोखिम रहित बनाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । विद्यालयलाई विपद्को समयमा आश्रय स्थलको रुपमा प्रयोग गर्ने गरिन्छ । तर विद्यालय नै उच्च जोखिममा रहनु गम्भीर अनि संवेदनशील विषय हो । बहुप्रकोपिय विपद्बाट सुरक्षित राख्न नसकेपनि कम्तिमा पनि विद्यालयका संरचनाहरु भूकम्प प्रतिरोधी हुनुको साथै बाढी र पहिरोको जोखिमबाट मुक्त हुनुपर्छ ।

नेपालको संविधानले पनि स्थानीय सरकारलाई स्थानीय भुगोलअनुसार स्थानीय संस्कृति, जलवायु परिर्ववन, ऐतिहासिक र पुरातात्विक महत्व तथा प्राकृतिक सम्पदाको विषयमा केन्द्रित भई पाठ्यक्रम बनाउन अधिकार दिएको छ । त्यसैगरी विपद् व्यवस्थापन अन्तर्गत विपद्को पूर्वसूचनादेखि समग्र व्यवस्थापन सम्मको दायित्व पनि स्थानीय सरकारको हो । तर यो विषय स्थानीय सरकारको प्राथमिकतामा पर्न सकेको देखिँदैन । बहुप्रकोपिय विपद्बाट बच्च विद्यार्थी तथा शिक्षकलाई नियमित कृत्रिम अभ्यास गराइनुपर्छ । बहुप्रकोपिय जोखिमबाट विद्यालयमा पुग्ने क्षति रोक्न तीन तहकै सरकारले विद्यालयको जोखिम आँकलन गरी स्तानान्तरण गर्ने, नयाँ संरचना जोखिम रहित स्थानमा बनाउने, स्थानीय पाठ्यक्रम विकास गरी अध्ययन गराउनुको साथै बहुप्रकोपिय जोखिमबाट बच्न विद्यार्थीलाई नियमित अभ्यास गराउनु आवश्यक छ । न्युज एजेन्सी नेपाल