नागमती ड्याम – News Polar

बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम
काठमाडौँ । बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भइरहेको यो संरचना धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ ।

बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाँध ९ड्याम० अन्तिम चरणमा पुगेको छ । ड्यामको भौतिक संरचना निर्माण पूरा भई परीक्षणको चरणमा पुगेको छ । हाल ड्यामको सुरक्षा एवं संहारमा खटिनेका लागि संरचना निर्माण भइरहेको छ । हिन्दू सभ्यताको जननी बागमतीको प्रमुख सहायक नदी नागमतीको शिरमा निर्माण गरिएको धाप ड्यामले यस क्षेत्रको ‘जीव भू–रासायनिक चक्र’को प्रवद्र्धनका साथै बागमती नदी प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ ।

काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भए पनि पछिल्ला वर्षमा निर्माण कार्यले मूर्तरुप लिएको छ । आयोजना कार्यान्वयन इकाइका प्रमुख कृष्णप्रसाद रिजालले धाप ड्यामको भौतिक कार्य पूरा भएको बताउनुहुन्छ । उहाँका अनुसार ड्यामको सुरक्षा एवं संहारका लागि आवश्यकपर्ने संरचना बनिरहेको छ । मौसम एवं पानीको तहको मापनका लागि आवश्यकपर्ने प्राविधिक काम भइरहेको रिजालको भनाइ छ ।

पूरा भयो धाप ड्याम संरचना

ड्यामको लम्बाइ एक सय ७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । यो ड्याममा हाल ११ लाख घनमिटर पानी जम्मा भएको छ । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चारसय प्रतिलिटरका दरले बागमतीमा छोडिने जनाइएको छ ।

स्थानीय सामग्रीको प्रयोग गरी निर्माण गरिएको यस ‘कङ्क्रिट फेस्ड रक फिल ड्याम’ भूकम्पीय जोखिम थेग्न सक्षम रहेको आयोजनाले जनाएको छ । आयोजनामा कार्यरत इन्जिनियर एवं भूगर्वविद् जयलक्ष्मी सिंह यो ड्याम नयाँ प्रविधिमा निर्माण गरिएकाले भूकम्पीय जोखिमबाट सुरक्षित रहेको बताउनुहुन्छ ।

ड्याम क्षेत्रमा निर्माण गरिएको स्वचालित ‘वेदर स्टेसन’ ले सो क्षेत्रमा कति पानी प¥यो र त्यहाँको उष्णताबारे जानकारी प्राप्त हुन्छ । ड्याम सञ्चालन र संहारको लागि संरचना निर्माण भइरहेका छन् । यसको सुरक्षाका लागि सैनिक पोष्टको पनि निर्माण भइरहेको छ । यतिबेला ड्याममा दुई मिटर पानीको सतह माथि आउन अर्थात् भरिन बाँकी छ । आगामी मनसुनमा यो ड्याम पूरा भरिने अनुमान गरिएको छ । ड्यामका निर्माणका लागि एसियाली विकास बैंक ९एडीबी०ले रु ५१ करोड ऋण सहयोग गरेको थियो । धाप ड्याम बनाउन ९ अक्टोबर २०१५ मा गोन्झाउ–लामा–रमण जेभीसँग सम्झौता भएको थियो ।

सुरु हुँदै नागमतीको काम

धाप ड्यामबाट आएको पानीलाई फेरि अर्को ड्याम बनाएर जम्मा गरिने भएको छ । धापदेखि करिब पाँच किलोमिटर तल बाँध बनाउनका लागि पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । यो ड्याम निर्माण क्षेत्र पनि शिवपुरी राष्ट्रिय निकुञ्जभित्रै पर्छ । वन मन्त्रालयको स्वीकृतिसँगै नागमतीमा अर्को ड्याम निर्माणको ढोका खुलेको हो । यो ड्याम निर्माणका लागि पनि एडिबीले नै ऋण सहयोग गरेको छ ।

धाप ड्यामभन्दा यो ड्याम तीन गुणा ठूलो हुनेछ । यसको जलाशयको क्षेत्रफल ५० हेक्टर रहेको छ भने ड्यामको लम्बाइ ९४।५० मिटर र सात मिटर चौडाइ हुनेछ । धाप ड्याम २४ मिटर अग्लो छ भने नागमती ९४ मिटर अग्लो हुनेछ । यहाँबाट दुई मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत लिइएको छ । आगामी १० वर्षभित्र पूरा हुने यो आयोजनाको लागत रु १० अर्ब रहेको छ । धापको बाँकी काम पूरा भएसँगै नागमतीका भौतिक संरचना निर्माणमा लाग्ने परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।

नयाँ पर्यटकीय गन्तव्य स्थल

यस आयोजनाको मुख्य उद्देश्य सुक्खा मौसममा बागमतीमा पानीको बहाव बढाउने र स्थलीय तथा जलीय जैविक विविधताको संरक्षण गर्नु हो । मुख्य उद्देश्य बागमती नदी प्रवाहमा मद्दत गर्ने भए पनि यस आयोजना बहुउपयोगी हुने देखिएको छ ।

धाप र नागमती ड्याम निर्माण भएसँगै बन्ने ‘तलाउ’ पर्यटका लागि आकर्षक गन्तव्य हुनेछ । काठमाडौँ उपत्यकाबाट नजिकको यस सुन्दर स्थलमा बाह्य तथा आन्तरिक पर्यटकको आवागमनमा विस्तार आउने विश्वास लिइएको छ । यहाँ हजारौँ आन्तरिक एवं बाह्य पर्यटकको आवागमन हुने विश्वास रहेको गोकर्णेश्वर–१ का शेरबहादुर लामाले बताउनुभयो । धापको पूर्वोत्तरतर्फ लहरै देख्न सकिने हिमश्रृखलाको दृश्य मनमोहक छ । निकुञ्जको वनभित्र निर्माण भएको तलाउ र त्यहाँबाट देखिने दृश्यवलोकनले यहाँँ आउने पर्यटकलाई भरपूर आनन्द दिनेछ ।

पदयात्रामा आउने पर्यटकलाई लक्षित गरेर निकुञ्जसँगै जोडिएको मुलखर्कमा रेष्टुराँ निर्माण भइरहेका छन् भने चिसोपानीको आसपासमा ठूला होटल पनि निर्माण हुँदै छन् । धाप ड्यामको केही तल प्रकृति होटल सञ्चालनमा आएको छ । सभासम्मेलन एवं विदेशी पर्यटकलाई लक्षित गरेर बनाइएको होटलमा पर्यटकका लागि सबै सुविधा उपलब्ध गराउने व्यवसायीले बताएका छन् । मुलखर्कमा होटल सञ्चालन गर्दै आएका लामाले धाप ड्याम र नागमती ड्याम बनाएपछि आन्त्रिक र विदेशी पर्यटकको चहलपहल बढेको बताउनुहुन्छ ।

नागमती ड्यामको निर्माणस्थल अवलोकन

नदी सभ्यताको महत्व

विश्व मानव सभ्यताहरू नदी किनाराहरूबाटै शुरु भएको पाइन्छ । पूर्वीया होस् या पश्चिमा सबै सभ्यताको प्रादुर्भाव नदी किनारमै भएको थियो । सभ्यताले मानव जीविका मात्र होइन, विकासका हरेक पक्षलाई बुझाउँछ । सामान्य अर्थमा विकासका गतिविधिहरू पनि नदी अर्थात् पानीमै अन्तरनिहित छन् । पृथ्वीका हरेक जीवन चक्र त नदीसँग अन्योन्याश्रित छन् र रहिरहन्छन् ।

नेपालका नदीहरू पनि मानव संस्कार एवं जीवनसँग अभिछिन्न गाँसिएका छन् । यस्ता नदीहरु सभ्यता र विकाससँग उनीएका भए पनि दुःखद् कुरा पछिल्लो समय वातावरणमैत्री विकास अवधारणालाई महत्व नदिंदा जीवनचक्रसँग निहित पानीचक्र ९वाटर साइकल० मा निरन्तर बाधा पुगिरहेको छ । नदीको संरक्षण र उपयोगका विषय संसारका लागि गम्भीर चुनौती बन्दै गएका छन् । नदीहरूका संरक्षण र प्रवद्र्धन गर्नु सबैको दायित्व हो भन्ने तथ्यलाई आत्मवोध गर्नु जरुरी छ ।

नदी सभ्यताको सम्वद्र्धनसँगै पर्यटन प्रवद्र्धन

ड्यामको निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वको उच्चस्तरीय टोली शुक्रबार त्यहाँ पुगेको थियो । मन्त्री भुसाल, ऊर्जा सचिव दिनेशकुमार घिमिरे र जलस्रोत तथा सिँचाइ सचिव केशवकुमार शर्मासहित त्यहाँ पुग्नु भएको हो ।

धाप एवं नागमतीको निर्माणपछि ऊर्जामन्त्री भुसालले बागमती सभ्यताको संरक्षण एवं जैविक विविधताको प्रवद्र्धनमा ड्याम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पारिस्थितिक पद्धति सञ्चालनमा नदी नै मुख्य रहन्छ, धाप निर्माण भएसँगै बागमती नदीको जलप्रवाहमा सहयोग पुग्नेछ ।” मन्त्री भुसालले दुवै ड्यामको निर्माणपछि यस क्षेत्रको आर्थिक एवं पर्यटकीय गतिविधिमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार ड्याम निर्माणसँगै सभ्यताको सम्वद्र्धन र पर्यटन प्रवद्र्धन हुनेछ ।

ड्याम निरीक्षणका लागि पुग्नुभएका ऊर्जा सचिव घिमिरेले निर्माण कार्यलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ड्यामको निर्माण सम्पन्न भएसँगै बागमती नदी स्वच्छ बनाउन सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी सिँचाइ सचिव शर्माले ड्याम निर्माण सम्पन्न भएसँगै बागमतीको नदी प्रवाह एवं नदी बेसिनमा सम्भावित जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूका अनुसार ‘जीव भू–रासायनिक चक्र’को प्रवद्र्धनका लागि नागमती एवं धाप ड्याम अपरिहार्य छ । रासस