निसीखोला गाउँपालिका – News Polar

स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु
बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् ।

यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए÷नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताउनुभयो । “हाम्रो गाउँमा आमाहरुको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले भन्नुभयो, “अब कम्तीमा बालविवाह नहोस् भनी २० वर्षअघि गर्भवती नहुने सल्लाह दिने गरेका छौँ ।”

आमा समूहले नियमित गर्भ परीक्षणलाई प्राथमिकतामा राखेको छ । पूर्ण खोपयुक्त वडा बनाउन पहल गरेको छ । तर खोप क्लिनिक निसीखोला पारि भएकाले नजिकमा पुल नहुँदा सास्ती भएको गुनासो उनीहरुको छ । समूहकी सदस्य भीमकुमारी खत्रीले भन्नुभयो, “खोप क्लिनिक टाढा भएको बहानामा कतिपयले खोप छुटाउने गरेका छन् ।” वडा नंं १ को खाडु भन्ने स्थानमा मात्रै यहाँको खोप क्लिनिक छ ।

क्लिनिक खोला पारि हुँदा बर्सातको समयमा खोला तर्न नसकिने हुँदा आमाहरु गर्भ जाँच गर्न नजाने, जोखिम मोलेरै घरमा बस्ने गरेका छन् । क्लिनिक कान्लेचौरमा पनि स्थापना गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
बलेवा । निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।

गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताउनुभयो । “टाढाबाट आउनेहरू यसअघि आफन्त वा होटलमा बस्ने गर्दथे । प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भ परीक्षण गराउन, सुत्केरी हुन आउनेहरूलाई खाने, बस्ने समस्या छैन”, उहाँले भन्नुभयो ।

उक्त प्रसूति प्रतीक्षा घरमा एकपटक चार जनासम्म बस्न मिल्ने श्ययासहित अन्य सामग्रीको व्यवस्थापन गरिएको अनमी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यो घरमा खाना पकाउने सामग्री, ग्यासको चुल्हो, स्वच्छ खानेपानीका साथै बाहिर विभिन्न सन्देशमूलक सामग्री लेखिएका छन् ।

गत वर्ष एक सय सात जनाले सेवा लिएका बताउँदै चालु आवको पाँच महिनामा ५२ जनाले सेवा लिइसकेका चन्दले जानकारी दिनुभयो । “सुत्केरी हुने एक÷दुई दिनअघि यहाँ आएर बस्दा जोखिम कम हुने भएकाले गर्भवतीलाई सोहीअनुसार सुझाव दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

सदरमुकामबाट एक सय २० किमी पश्चिममा पर्ने दुर्गम गाउँ भएकाले गर्भवती र सुरारेको सहजताका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्थानीय सिनियर अनमी तिला मल्लले बताउनुभयो । प्रसूति व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था धाउनुपर्ने समस्या अन्त्य गर्न, प्रसूतिको अवस्थामा आउने जोखिम कम गर्न, आमा र शिशुलाई स्वस्थ राख्न यो भवन उपयोगी बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

केही समस्या देखिएमा तत्काल सुविधा सम्पन्न अस्पताल पठाउन पाइने भएकाले गर्भवती र सुसारेलाई एक÷दुई दिनअगावै प्रतक्षिा घरमा आएर बस्न आग्रह गर्दै आइएको स्वास्थ्यचौकीका प्रमुख टोपबहादुर चन्दले बताउनुभयो । “नियमित गर्भ परीक्षण गर्नेहरूमा पनि प्रसूतिको समयमा जोखिम आउनसक्ने भएकाले एक÷दुई दिनअघि यहाँ आएर बस्न स्वास्थ्यकर्मीमार्फत सुझाव दिन थालेका छौँ”, उहाँले भन्नुभयो ।

सिनियर अनमी मल्लले यहाँ आउने अधिकांश महिलाको स्वास्थ्य अवस्था जोखिम हुने बताउँदै ती महिलाको स्वास्थ्य जोखिम कम गराउन र समयमा उपचार उपलब्ध गराउन प्रतीक्षा घर प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गर्नुभयो ।

“जतिसुकै स्वस्थ भए पनि प्रसूति अवस्थालाई सामान्य मान्न हुँदैन । गर्भवती र सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्छ । यसतर्फ सबै सचेत भई स्वास्थ्य प्रोटोकलअनुसार नियमित गर्भ परीक्षण गर्नु र समयमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनु प्रभावकारी उपाय हो”, उहाँले भन्नुभयो ।

यो स्वास्थ्यचौकीमा आइपुग्न वडाभित्रबाट तीनदेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था छ । “गत वर्ष समयमा स्वास्थ्य संस्थामा आउन नसकेकी एक जनाले प्रसूतिका क्रममा ज्यान गुमाउनुुभयो । उहाँको समस्या देखेपछि स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले नियमित गर्भ जाँच गर्न र प्रसूति गराउन अनिवार्य रूपमा एक÷दुई दिनअघि स्वास्थ्य संस्थामा रहेको प्रतीक्षा घरमा आएर बस्न सुझाव दिँदै आएका छन्”, स्वास्थ्यचौकीका प्रमुख चन्दले भन्नुभयो ।

निसीखोला गाउँपालिकाको रु तीन लाख आर्थिक सहयोग तथा फेयरमेड फाउण्डेसन र विवाइसी बागलुङले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु दुई लाख ५० हजार लगानीमा उक्त प्रतीक्षा घर निर्माण गरी सञ्चालनमा ल्याइएको हो । चारवर्ष अघि निर्मित यो घरमा सुरुमा कोही नआए पनि पछिल्लो समय अधिकांश गर्भवती आउन थालेका स्वास्थ्यचौकीका प्रमुख चन्दले बताउनुभयो ।

पछिल्लो समय बडिगाड गाउँपालिका–२ को खरवाङ, हटिया स्वास्थ्यचौकी भवनमा एउटा कोठा छुट्टाएर प्रतीक्षा घर बनाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा यो प्रयास सुरु भएको बताउँदै आगामी दिनमा प्रत्येक स्वास्थ्यचौकीमा प्रतिक्षा घर अनिवार्य गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । रासस

बिक्न छाडे चोयाका सामग्री
ढोरपाटन । निसीखोला गाउँपालिका–६ का भुमबहादुर बुढामगरले ३३ वर्षदेखि चोयाबाट सामग्री बुन्दै आउनुभएको छ । घर नजिकैको जङ्गलमा प्रसस्त चोया पाइने हुँदा डोको, नाङ्लो र डालो बुन्न उहाँले सानैबाट सिक्नुभयो । बाउ बाजेले बुनेको देखेर सिक्नुभएका बुढामगरले अहिले पनि यो कामलाई निरन्तरता दिनुभएको छ । हिँजोआज चोयाका सामग्री बिक्री हुन छाडेपछि उहाँमा त्यत्ति जाँगर छैन ।

एक दशक अगाडिसम्म चोयाका सामग्री नै बेचेर परिवार चलाउँदै आउनुभएका भुमबहादुर अहिले पेसा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ । बजारमा आएका प्लास्टिकका सामानले चोयाका सामग्री प्रयोग हुन छाडेपछि के पेसा अङ्गाल्ने होला भन्ने चिन्ता उहाँलाई छ ।

पहिले–पहिले गाउँमा किलोग्राममा किनबेच हुँदैनथ्यो । माना, पाथीका हिसाबले अन्नपात किनबेच गरिन्थ्यो । पछिल्लो समय माना पाथीको प्रचलन हराउँदै गएका छन् । बजारमा प्लास्टिकका डालो, नाङ्ला आउन थालेपछि धेरैको रोजाइमा चोयाका सामग्री पर्न छाडे । मेला महोत्सवका बेला टाढा पुगेर डाला नाङ्ला बच्ने गरे पनि अचेल व्यापार कम हुन हुँदा उहाँ धेरै टाढा पुग्नु हुन्न । गाउँ घरमा पनि बजारबाटै ल्याएका प्लास्टिकका सामान प्रयोग हुन थालेका छन् । त्यसले मौलिक सीप विस्थापित हुने स्थितिमा पुगेको छ ।

आधुनिक प्रविधिको बढ्दो विकासका कारण पछिल्लो समय आफ्नो उत्पादनले बजार पाउन छाडेको बुढामगरले बताउनुभयो । सात वर्ष अगाडिसम्म निकै बिक्री हुने डालो पछिल्लो समय यसको लोकप्रियता कम हुँदै गएको उहाँको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्री आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको बुढामगर बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने तुलका रुपमा प्रयोग हुने माना, पाथी आजभोलि किलो र लिटरमा परिवर्तन भएको भन्दै गाउँकै मान्छेले डाला नाङ्ला कम प्रयोग गर्ने उहाँको भनाइ छ ।

तमानखोलाका मीनबहादुर घर्तीले पनि आफ्नो सीपले बजार पाउन छाडेको गुनासो गर्नुभयो । एक दशक अगाडिसम्म चोयाका सामग्री धेरै बिक्री हुने गरेको भन्दै पछिल्लो समय महिनामा पाँच हजार पार्न पनि मुस्किल पर्ने उहाँ बताउनुहुन्छ । उहाँले पहिले डोको, नाङ्लो र डालो बेचेर महिनामै रु ३० हजारभन्दा बढी कमाइ गरेको सुनाउनुभयो । धेरै जसो मान्छेले बजार बस्न थालेपछि गाउँमा उत्पादन हुन सामान प्रयोग गर्न छाडेको उहाँले बताउनुभयो ।

उहाँले अहिले पर्याप्त मात्रामा चोयासमेत अभाव हुँदै गएको बताउनुभयो । वनमा निगाँलो मासिँदै गएपछि डालो नाङ्लो बुन्ने प्रचलनसमेत घट्दै गएको उहाँको भनाइ छ । “पहिले–पहिले गाउँमा धेरै मान्छे हुन्थे, वन जङ्गल जाने, घाँस दाउरा गर्ने चलन थियो, बारीमा धान, गहुँ, मकै उत्पादन गर्ने ठूलो ठूलो डालो र भकारीमा राख्ने चलन थियो, अहिले त गाउँमा मान्छे कम छन्, घाँस दाउरा गर्न छाडे, खेतीपाती पनि कमले गर्छन् पहिलेको जस्तो डालो नाङ्लोको आवश्यक कम पर्छ”, उहाँले भन्नुभयो, “पहिले यस्ता सामग्रीको धेरै खाँचो हुन्थ्यो, धेरैले सिकेर बुन्थे पनि तर अहिले त बुन्ने मान्छे पनि कम हुँदै गए, हाम्रो समाजले आफ्नो मौलिकतालाई चिन्न छोड्यो ।” रासस

निसीमा खानेपानीको समस्या: बजेट अभावले आयोजना सुरु हुन सकेन
ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन ।

निसीमा घरघरमा धारा बने पनि करिब १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । सङ्घीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिए पनि बजेट अभावमा काम हुनसकेको छैन । खानेपानी आयोजना निर्माण सम्पन्नका लागि रु १२ करोड ९८ लाख लागत लाग्ने भए पनि दुई वर्षमा जम्मा रु २३ लाखमात्रै बजेट विनियोजन भएको छ ।

गत वर्षदेखि सुरु भएको आयोजना यस वर्ष सकिनुपर्ने हो तर बजेट अभावका कारण सर्वेक्षण बाहेक अन्यकाम हुनसकेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट सञ्चालित आयोजनाका लागि सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० मा रु २० लाख र चालु आवमा रु तीन लाख ८५ हजारमात्रै बजेट विनियोजन गरेको छ । करोडौँका आयोजनामा रु २३ लाख ८५ हजारमात्रै विनियोजन हुँदा काम अन्योलमा छ । लामो समयदेखि खानेपानी समस्यामा गुज्रिएका निसीवासी एक घर एक धाराका लागि सर्वेक्षण हुँदा हर्षित भएका थिए । अहिले पनि उनीहरु छिट्टै घर–घरमा धारा बन्नेमा आशावादी छन् । तर योजना के हुने हो भन्ने टुङ्गो छैन ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर नवीन सुवेदीले दुई वर्षमा सकिनुपर्ने आयोजना बजेट अभावका कारण काम हुन नसकेको बताउनुहुन्छ । बस्तीभन्दा धेरै टाढा रहेको नौबहिनी मुहानबाट निसीगाउँमा सात सय ४६ वटा धारा बनाउनका लागि सर्वेक्षण गरे पनि अरु काम गर्न नसकेको उहाँको भनाइ छ । यो आयोजना समयमै सकिए यहाँका पाँच हजार पाँच सय ८१ नागरिक लाभान्वित हुने इन्जिनियर सुवेदीले बताउनुभयो । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगरेसम्म यो काम गर्न नसकिने भन्दै स्थानीय र सांसदले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

“यति ठूलो आयोजना छ, तर बजेट निकै कम परेको छ, बजेट व्यवस्थापन भएर आएन भने धेरै वर्ष लाग्ने देखिन्छ, दुई वर्षमा आयोजना सक्नुपर्ने लक्ष्य थियो, तर बजेटको यो आकार हेर्दा दशौँ वर्षसम्म पनि यो आयोजना सकिदैन, अहिले सर्वेक्षणको काममात्रै भएको छ”, इन्जिनियर सुवेदीले भन्नुभयो । इन्जिनियर सुवेदी भन्नुहुन्छ, “यति बजेटले केही हुँदैन, थप बजेटका लागि पहल गरिरहेका छौँ, अहिले निसीमा भएको पानी व्यवस्थित छैन, एक घर एक धारा नभएको अवस्था छ, गत वर्षदेखि सुरु भएको आयोजना यस वर्ष सकिनुपथ्र्यो तर काम सुरुसमेत गर्न गाह्रो छ ।”

स्थानीयवासीसमेत रहनुभएका निसीखोला–६ का वडा सदस्य भरत सुनारले विसं २०७४ मा बनेका धाराबाट अहिले पनि स्थानीयले पानी भर्ने गरेको बताउनुभयो । पछिल्लो समय निसीमा बाहिरबाट आएर पनि मानिस बसोबास गर्न थालेपछि उपभोक्ता बढेको जनाउँदै एउटा धाराबाट १५–१६ घरधुरीले पानी उपभोग गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

स्थानीय भुलबहादुर विकले तीन दशक अगाडि निर्माण भएका धारा व्यवस्थित नभएको बताउनुभयो । अव्यवस्थित धाराबाटै स्थानीयले पानी प्रयोग गर्न बाध्य भएको जनाउँदै सरकारले एक घर एक धारा बनाउने भने पनि अहिलेसम्म बन्न नसकेको गुनासो पोख्नुभयो । पुरानो धाराबाट शुद्ध र स्वच्छ पानीसमेत स्थानीयले पिउन नपाएको उहाँले बताउनुभयो । रासस

फेरियोे निसी गाउँको स्वरुप
ढोरपाटन । छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ । अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरलो भू–भागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् ।

बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका–५ मा पर्छ । एक दशक अगाडिसम्म सेवासुविधाको हिसाबले निकै दुर्गम मानिने यो गाउँ अहिले सुगम बनेको छ । मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ । वर्षौंदेखि दुर्गमको पीडा भोगेको निसी क्षेत्रको अहिले भने मुहार फेरिएको छ । विसं २०६४ मा निसी गाउँ मध्यपहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए । त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन । सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो । बुर्तिबाङ आइपुग्न पनि एक दिन पूरै लाग्ने गथ्र्यो । अहिले बुर्तिबाङ आउन गाडीमा ४५ मिनेट लाग्छ ।

सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ । पहिले साना झुपडी रहेका ठाउँमा अहिले ठूला–ठूला पक्की घर भवनहरु बन्न थालेका छन्भने मौलिक घरहरु विस्थापित हुँदैछन् । गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ । दैनिक उपभोग्य सामान ल्याउनका लागि कैयौँ दिन लगाएर बुटवल पुगेकालाई अहिले घरै छेउका पसलमा पाउन थालेपछि दङ्ग छन् । स्थानीय ९० वर्षीया पूरा सुनारले २२ दिन लगाएर बुटवल, देउखुरी र तानसेनबाट नुन, चामल लिएर उपभोग गरेको स्मरण गर्दै अहिले गाउँमै यति धेरै सुविधा आउँछ भनेर कल्पनासमेत नगरेको बताउनुहुन्छ । पहिलो पटक तानसेनमा गाडी देखेको सुनाउने सुनारले अचल दैनिक घरै गाडी दजनौँ गाडी खुड्दा खुसी लागेको बताउनुहुन्छ ।

“अहिले घरहरुले निसी भरिन थाल्यो, पहिले घर थोरै थिए, बिरामी हुँदा अस्पताल थिएन, ओखतीमुलो गर्नका लागि धामी झाँक्रीबाहेक केही थिएन, धामीझाँक्रीले बचाए बचाउँथ्यो नत्र मर्ने हो, अहिले त घर नजिकै बिरामी भएपछि उपचार पाइन्छ । उतिबेला जुत्ताचप्पल हुँदैनथ्यो, खाली खुट्टा हिँड्थ्यौँ, पीठो बेलुकी पाँच मुठी खान्थ्यो, बिहान पाँच मुठी खान्थ्यौँ,” सुनारले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “यहाँ गाडी आउला भन्ने, यस्तो परिवर्तन आउला भन्ने लागेको थिएन, २० वर्षको उमेरमा पहिलो पटक गाडी देखेको थिएँ, हाम्रो पालामा गाउँमै यति ठूलो परिवर्तन होला, सुविस्ता ९सुविधा० होला भन्ने सोचेको थिएन ।”

शिक्षा, स्वास्थ्य र अन्य विकासका हिसाबले पनि अहिले निसी गाउँ जोडिरहेको छ । गाउँमै माध्यमिक तहको पढाइ हुन्छ । चार वर्षदेखि यहाँस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पशु विज्ञानको पनि पढाइ हुन थालेको छ । स्वास्थ्यका लागि गाउँपालिकाले गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छभने जटिल किसिमको उपचारका लागि बुर्तिबाङ आउनुपर्ने अवस्था छ । सडकको सहज पहुच हुँदा बुर्तिबाङ आउनका लागि समस्या छैन । शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारले निकै पछाडि रहेको यो गाउँ लोकमार्गले जोडिएपछि थुप्रै म्ंभावनाका ढोकाहरु खुलेका छन् । लोकमार्गका छेउछाउँमा अहिले थुप्रै घर भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप बजारमा परिणत हुँदैछ ।

पहिले अन्धकारमय रहेको गाउँमा अहिले स्थानीय लघु जलविद्युत्मार्फत उज्यालो बनेको छ । कतिपय घरघरमा धारा बनेका छन् पनि कतिपय ठाउँमा बन्ने चरणमा छन् । पहिले दुर्गम हुँदा सरकारी निकायका कर्मचारी यहाँ आउन मान्दैनथे तर अहिले जिल्ला सदरमुकामसँग सिधा यातायात सञ्चालन हुने हुँदा धेरैको रोजाइमा निसी पर्न थालेको छ । सयौँको सङ्ख्यामा भेडाबाख्रा तथा अन्य वस्तुभाउ पालेरै जीविकोपार्जन गर्दै आएकामा अहिले धेरैले व्यापार–व्यवसाय गर्न थालेको स्थानीय कर्णसिंह घर्ती मगरले बताउनुभयो । समयसँगै गाउँको रुप, समाज र स्थानीयको व्यवहारमा ठूलो परिर्वतन आएको उहाँको भनाइ छ । घर्ती मगरले पछिल्लो समय बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या पनि बढ्न थालेको बताउनुहुन्छ ।

“हाम्रो पालामा मोटरगाडी देख्न बटौली पुग्नु पथ्र्यो, बाउबाजे विदेश गएनन्, गाउँमै भेडाबाख्रा पाल्ने, खेतबारीमा काम गर्ने गर्थे, हामीहरु पनि लेकबेँसी गरेर उनीहरुले गरेकै काम गर्‍यौँ, तर अहिलेका युवा हामीहरुले गरेको काम गर्न मान्दैनन्, यो गाउँमा पहिला खरका घरहरु थिए, पछि ढुङ्गा माटोले बनाउन थाले, अहिले त कङ्क्रिटका घर बनेका छन्,” घर्ती मगरले भन्नुभयो, “पहिले सहर बजार हेर्न टाढा पुग्नु पथ्र्यो, अहिले हाम्रै गाउँ बजार बन्न थाल्यो, उति बेला तानसेन, खसौलीमा पाइने नुन तेल अहिले यही पाइन्छ, सुविधाको हिसाबले धेरै आयो ।”

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय २० किलोमिटर पश्चिममा रहेको निसी गाउँबाट प्रशासनिक कामका लागि हप्ता दिन लगाएर प्रशासनमा आउनुपर्ने बाध्यता थियो । इलाका प्रशासन, नापी र मालपोत कार्यालय बुर्तिबाङमा स्थापना भएपछि निसीबाट प्रशासनिक कामका लागि बागलुङ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय ६२ वर्षीय भुलबहादुर विकले आफूहरु सरकारी कागजात बनाउन पाँच दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाउनुभयो । त्यसबेला सामान्य सरकारी कामले सदरमुकाम आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको भन्दै अहिले बिहान उठेर हिँडियो भने चार घण्टामै बागलुङबजार पुग्न सकिने उहाँ बताउनुहुन्छ । सडकले गर्दा बजारको सेवा गाउँमा आएको र गाउँलेको जनजीवनमा ठूलो परिवर्तन आएको विकको भनाइ छ । चार वर्षअगाडि सडक कालोपत्र नहुँदा केही समस्या भए पनि अहिले धेरै सहज भएको उहाँले बताउनुभयो ।

लोकमार्गले जोडिएपछि लोकमार्ग आसपासको जग्गाको मूल्यसमेत निकै महँगो हुँदै गएको विकले बताउनुभयो । उहाँले एक दशकअगाडि पाँच लाखमा पाइने जग्गा अहिले रु २० लाखमा पनि पाउन मुस्किल हुने गरेको बताउनुहुन्छ । सडक छेउछाउका खाली ठाउँमा धमधम घरहरु बनिरहेको भन्दै निसी गाउँका व्यापारिक केन्द्रका रुपमा विकास हुन थालेको उहाँले बताउनुभयो । यस क्षेत्रमा सिमी, भाँगो र भेडाबाख्राहरु बढी मात्रामा उत्पादन हुने हुँदा बजारीकरणका लागिसमेत सडको ठूलो टेवा पुर्‍याएको उहाँ बताउनुहन्छ । पछिल्लो समय स्थानीय उत्पादनले बजार पाउँदै गएको विकको भनाइ छ ।

उहाँले भन्नुभयो, “पहिले खेतीपाती नहुने खाली ठाउँ अहिले ठूला–ठूला घडेरीका रुपमा लाखौँमा बिक्री हुन थालेका छन्, खाली ठाउँमा घर बनाउन थालेका छन्, अहिले बिस्तारै बजारका रुपमा विकास हुँदैछ, अबको पाँच/१० वर्षमा यो ठाउँ निकै विकसित हुने देखिन्छ, अहिले त जग्गाको भाउ पनि निकै आकासिएको छ, सडकको छेउछाउमा त अहिले जग्गा किन्नै सकिन्न, त्यसबेला हजारमा पाइने जग्गा अहिले लाखौँ रुपैयाँ पर्छ, पहिले बागलुङ पुग्न एक सातासम्म लाग्थ्यो, अहिले बिहान सबेरै हिँडियो भने खाना खान पुगिन्छ, दिउँसो काम सकाएर फेरि साँझ घरमै आउन सकिने भएको छ, राज्यले चाह्यो भने विकास हुन धेरै समय लाग्ने रहेनछ ।”

लोकमार्गले बागलुङलाई मालढुङ्गादेखि पातिहाल्नेसम्म जोडेको छ । पूर्वमा पर्वत र पश्चिममा पूर्वी रुकुमसँग जोडेको लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये सबैभन्दा बढी खण्ड निसीखोला गाउँपालिकामै पर्ने गरेको छ । निसीसँगै लोकमार्गले अन्य गाउँलाई पनि बजारका रुपमा परिणत गर्दै छ । विगतमा भौगोलिक विकटता र विकासका हिसाबले निकै पछाडि परेको निसी लोकमार्गका कारण मुहार फेरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । पहिले जिल्लामै हेपिएको ठाउँका रुपमा रहे पनि अहिले यस ठाउँमा विकासले फड्को मारेको उहाँको भनाइ छ । लोकमार्ग यहाँका हजारौँ नागरिकका लागि वरदान साबित भएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सडकले जोड्यो त्यसपछि स्थानीय तह पनि आयो । अहिले विस्तारै विकासले गति लिएको छ, यस ठाउँको कुरा गर्ने हो भने पश्चिम क्षेत्रकै सबैभन्दा राम्रो र सम्भावना बोकेको गाउँ बनेको छ, पश्चिम र पश्चिम नेपाललाई जोड्ने सडक गाउँको बीचबाट जोडिएपछि अन्य सम्भावनाका ढोका खुलेका छन्, अब स्थानीय व्यापार–व्यवसाय र उद्यामसँग जोडिनाका साथै उत्पादनमा पनि लाग्नु पर्छ, रोजगारदेखि अन्य अवसर यहाँ सिर्जना गर्न सकिन्छ ।” रासस

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला
ढोरपाटन । “हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,” भन्नुहुन्छ, निसीखोला गाउँपालिका–६ का ७४ वर्षीय वीरमान बुढामगर । उहाँ अहिले पनि प्राय:जसो भेडाकै रौँबाट बनेका कपडा प्रयोग गर्नुहुन्छ । पहिले जोडमा न्यानो र गर्मीमा शीतल हुने हँुदा ऊनकै कपडा बढी प्रयोग हुन्थे तर हिजोआज गाउँघरमा पनि सबै प्रकारका कपडा आउन थालेपछि परम्परादेखि चलनचल्तीमा आएका भेडाका रौँका कपडा कम प्रयोग हुने गरेको उहाँको भनाइ छ ।

भेडापालक किसान घट्दै गएकाले तिनको भुत्लाबाट बन्ने कपडा पनि निकै कम मात्रामा उत्पादन हुँदै आएको छ । पहिले गाउँका हरेक व्यक्तिमा काम्लो, भाङ्ग्रालगायत कपडा बुन्ने सीप थियो तर अहिले थोरैले मात्र कपडा बुन्ने काम गर्दै आएको बुढामगर बताउनुहुन्छ । दिनप्रतिदिन बजारको सुविधा गाउँमा पनि पुग्न थालेसँगै गाउँका मौलिक संस्कृति ओझेलमा पर्दै गएको र युवा पुस्ताले ऊनबाट बनेका कपडा प्रयोग गर्नाको साटो विदेशी महङ्गा कपडा लगाउन खोज्ने गरेको उहाँको भनाइ छ ।

ढोरपाटन नगरपालिका–९ की बिनु पुनमगर अहिले पनि फुर्सदमा तिनै भुत्ला बाटेर कपडा बनाउने गर्नुहुन्छ । घर्किंदो उमेरमा पनि उहाँ निकै आकर्षक कपडा बुन्ने गर्नुहुन्छ । तर धेरै समय लगाएर तयार भएका कपडा बिक्री भने नहुने पुनमगरको गुनासो छ । एघार वर्षको उमेरदेखि आमा, हजुरआमा र छिमेकीहरुबाट कपडा बनाउन सिक्नुभएका उहाँ डेढ दशक अगाडिसम्म निकै व्यापार हुने गरे पनि अहिले एउटा पनि बिक्री गर्न नसकेको बताउनुहुन्छ ।

“हाम्रो जमानामा अहिलेको जस्तो लुगा पाउन मुस्किल हुन्थ्यो, गाउँघरमै बनाएर लगाउने गरिन्थ्यो, जसरी भए पनि जाडो छेक्न पाए हुुन्थ्यो, एकपटक बजारबाट ल्याएको कपडा वर्षौंसम्म लगाइन्थ्यो तर अहिले त गाउँगाउँमा लुगा पसल आए, जतिबेला किने पनि भयो, जस्तो किने पनि भयो”, पुनमगर भन्नुहुन्छ, “उतिबेला अहिलेको जस्तो सुविधा थिएन, एक जोर कपडा किन्न हजारौँ खर्च गरेर बजार पुग्नु पथ्र्योे, त्यसबेला धेरै काम्लो, बख्खु र भाङ्ग्रा बिक्री हुन्थे अहिले ती कपडा कसैले पनि किन्दैन, कहिलेकाहीँ विदेश जानेले मात्र रहर गरेर लैजान्छन् ।”

पश्चिम बागलुङको माथिल्लो क्षेत्रमा यदाकदा ऊनका कपडा देखिन्छन् । यस क्षेत्रमा बस्ने अधिकांश मानिस भेडापालन गर्ने हुँदा ऊनका कपडा बढी लगाउने गर्थे । एकै परिवारले हजारौँ भेडा पाल्ने हुँदा तिनका भुत्लाबाट कपडा बनाउने गरिन्थ्यो । पछिल्लो समय युवा पुस्ताले सहर बजार र विदेश रोज्न थालेपछि भेडापालन नै सङ्कटमा पर्ने डर बढेको छ । वर्षौं पहिलेदेखि पुस्तान्तरण हुँदै आएको भेडापालनमा अहिले कमी आएको छ । अहिले पनि माथिल्लो खर्कहरुमा पुग्दा भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बूढापाका नै हुन्छन् । भुत्लाबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडाले वर्षाबाट ओत दिनाका साथै हिउँमा जाडो छेक्ने गर्मीमा घाम छेक्ने हुँदा निकै उपयोगी मान्छिन् ।

तमानखोला गाउँपालिका–३ का भीमबहादुर रोका अहिले पनि भुत्लाबाट धेरै थरीका कपडा बनाउनुहुन्छ । सयौँको सङ्ख्यामा भेडा पाल्नुभएका उहाँ हिउँदमा बेँसी र बर्खामा लेकमा बिताउने गर्नुहुन्छ । लेक–बेँसीमा बस्दा रोका फुर्सद निकालेर काम्लो, हापदुला र बख्खु बन्नुहुन्छ । गाउँघरमा बिक्री नहुने कपडालाई उहाँ विदेश पठाउने गर्नुहुन्छ । एउटा बख्खुको रु २० हजारदेखि ४० हजारसम्म पर्छ । पहिले–पहिले वर्षमा १५/२० वटा काम्लो, बख्खु र भाङ्ग्रा बेच्ने गरेकामा अहिले चारपाँचवटा पनि बिक्री नहुने रोका बताउनुहुन्छ । रासस