निसीखोला – News Polar

निसीखोलामा अझै जीवितै छ ‘थाम राम’ संस्कृति
ढोरपाटन, (बागलुङ) । ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ ।

विशेषगरी साउने सङ्क्रान्ति पर्वसँग साइनो जोडिएको थाम रामलाई स्थानीयले संरक्षणमा जोड दिएका छन् । स्थानीयको भाषामा ‘थाम’को अर्थ तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने र ‘राम’को अर्थ मेला भन्ने बुझिन्छ । हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै फूल टिप्न लेक पुगेका उनीहरु साँझ गाउँ फर्किएर सङ्क्रान्ति मनाउने गर्छन् । भोलिपल्ट थामडाँडामा जम्मा भएर तरुनीतन्नेरीलाई लेकबाट लिएको फूल लगाइदिने, नाचगान गर्ने र हात समातेर दौडिने गर्छन् । हात समाएर दौडिने संस्कृतिलाई स्थानीयले थाम खेल्ने भन्छन् ।

थाम खेल्नेमा युवायुवतीदेखि बूढाबूढीसम्म सहभागी हुन्छन् । यो संस्कृतिलाई नयाँ पुस्ताले पनि चासो दिएका छन् । यसरी थाम खेल्दा देवीदेवता खुसी हुने धार्मिक मान्यता छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार पहिलेपहिले थाम खेल्ने जोडीले मायाप्रेम गर्ने र विवाह गर्ने गर्थे । तर पछिल्लो समय त्यो चलन भने कम भएको छ । थाम राम युवायुवतीको जमघट हुने माध्यसमेत रहेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

“थाम राम यो क्षेत्रको ऐतिहासिक संस्कृति हो, यसमा मगर समुदायको पहिचान जोडिएको छ, लेकमा फूल टिप्न जाँदा देउरालीमा ध्वजा बाँध्ने, फूल चढाउने र पूजा गर्ने गरिन्छ, यसरी फूल चढाउँदा पितृ खुसी हुने जनविश्वास छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “लेकमा फूल टिप्ने र थाम खेल्ने चलन त धेरै पहिलादेखि मनाइँदै आएको छ, हामीहरू पनि यसलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ ।”

यो संस्कृति द्वन्द्वकालमा हटेको थियो । विसं २०५७ देखि रोकिएको संस्कृति स्थानीयले गत वर्षदेखि पुन: मनाउन थालेका छन् । स्थानीय ६८ वर्षीय नैनसिंह बुढामगरले यो संस्कृति कहिलेदेखि मान्न सुरु भएको भन्ने यकिन नभएपनि बूढापाकाले भनेअनुसार बाइसेचौबीसे राजाका पालादेखि सुरु भएको हुनसक्ने बताउनुभयो । थाम रामले वर्षौँदेखि टाढिएका प्रेमीप्रेमिका, आफन्त जमघटको अवसर जुटाउने उहाँको भनाइ छ ।

बुढामगरले भन्नुभयो, “थाम राम पुरानो संस्कृति हो, यसबेला फूल टिप्ने, तरुनी तन्नेरीलाई लगाइदिने, नाचगान गर्ने र मनका वेदना पोख्ने गरिन्छ, पहिलेपहिले अहिलेको जस्तो फोनको जमान थिएन, तरुनीतन्नेरी भटे हुनका लागि कुनै मेला महोत्सव हुनुपथ्र्यो, त्यसका लागि स्थानीयले लेकमा गएर फूल टिप्ने र थाम खेल्ने एउटा समय तोके सोहीअनुसार अहिले चल्दै आएको भन्ने लाग्छ, त्योसँगै धार्मिक आस्थासँग पनि यसको महत्व जोडिएको छ ।”

यहाँको रिग युवा क्लबले थाम राम संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ । युवालाई एकीतृत गर्ने र पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास गरिएको छ । युवालाई बूढापाकासँगै राखेर सिकाउने कार्य गरेको क्लबका अध्यक्ष भुवनसिंह घर्तीमगरले जानकारी दिनुभयो । युवाले चासो नदिए संस्कृति नै लोप हुने उहाँको भनाइ छ । रासस

निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ
ढोरपाटन, (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।

अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।

पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्यालयमा नेपाली भाषमा पढाइ हुने उहाँले बताउनुभयो । अहिले कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू गरेको भन्दै शैक्षिकसत्र २०८२ मा कक्षा २ र ३ मा पनि पठनपाठन गराउने शाखा प्रमुख न्यौपाने बताउनुहुन्छ । सोहीअनुसार पाठ्यपुस्त छपाइको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

न्यौपानेले भन्नुभयो, “निसीखोलामा विभिन्न जातजातिका बसाइ छ, यहाँ खासगरी वडा नं ५ र ६ मा मगर खाम भाषा बोल्ने गर्नुहुन्छ, अन्य वडामा त्यो भाषा बोल्नुहुन्छ, अहिले हामीले लागू गरेको पाठ्यपुस्तकको विषयवस्तु सबै एउटै हो, वडा नं १, २, ३, ४ र ५ का बालबालिकाले नेपालीमै पढ्छन् भने दुईवटा वडाका विद्यार्थीले मगर खाम भाषामा पढ्छन् ।”

न्यौपानेले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तक प्रत्येक वर्ष छपाइ गर्ने र लागू गर्दै जाने बताउनुभयो । खाम भाषाको पुस्तक तयार गर्न मगर प्रतिष्ठानबाट चार जना र स्थानीय सात जना विज्ञ परिचालन गरेको उहाँको भनाइ छ । पाठ्यपुस्तक तयार गर्न केही अप्ठ्यारो परेको न्यौपानेले सुनाउनुभयो ।

पाठ्यपुस्तकमा निसीखोलाको जनजीवन, पर्यटन, परम्परा, संस्कृति, कृषि, पशुपालनलगायत विषयवस्तु समावेश गरिएको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषा सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालेको बताउनुभयो । पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि खाम भाषा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँपालिकाले भाषा संरक्षणका लागि विज्ञसमेत खटाएर पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन थालेको अध्यक्ष घर्तीमगरले बताउनुभयो । रासस

मसानघाट पनि अतिक्रमणमा
ढोरपाटन । एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड बनेको छ । बुर्तिबाङ बजारदेखि केही तल सेराबगरमा आएर बडिगाड बन्ने निसीखोलाको दर्जनौँ स्थानमा अतिक्रमण भएको स्थानीयको गुनासो ।

घाटमा अवैधरुपमा संरचना निर्माण गर्नुका साथै ढुङ्गा, गिटी र बालुवा थुपार्दा दाहसंस्कारमा समस्या पर्ने गरेको हो । निसीखोला गाउँपालिका–१ का नितेश पुनमगरले पछिल्लो समय अतिक्रमण बढेसँगै नदीको आकार पनि सानो हुँदै गएको बताउनुभयो ।

नदी किनारदेखि पर्खाल उठाएर स्थानीयले खेत निर्माण गरेर खेतीपाती गर्दा पनि सरोकारवालाको ध्यान नगएको उहाँको भनाइ छ । मसानघाट नै कब्जा हुन थालेपछि मलामी बस्ने र शव जलाउने ठाउँसमेत साँघुरो बन्दै गएको पुनमगरले बताउनुभयो । घाट पवित्रा स्थान भएको हुँदा संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । कतिपय घाटमा बस्तीसमेत बसालेको उहाँले बताउनुभयो ।

“मान्छेहरुलाई कति लोभ लागेको हो ?, मसानघाटसमते अतिक्रमण गरेर आफ्नो बनाउँछन्, सबै मरेर जाने हो, किन यति लोभी बन्दै गए कुन्नी, पहिले निसीखोलाको धेरै ठाउँमा घाट थिए, खुला ठाउँमा घाट बनाएर अन्तिम संस्कार गर्ने चलन थियो, अहिले एउटा शवलाई राखेर जलाउने ठाउँ पनि पाउन मुस्किल पर्छ”, पुनमगरले भन्नुभयो, “गाउँपालिकाले एक/दुई ठाउँमा राम्रो मसान घाट त बनाएको छ, तर पहिलेका ठाउँ फिर्ता लिएर त्यसलाई व्यवस्थित बनाउन भने सकेको छैन ।”

निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेतमा परिणत भएका छन् । कतै विकासका नाम पुरिने र कतै व्यक्तिगत लाभका लागि मसानघाट पुरेको स्थानीय धीरबहादुर क्षेत्रीले बताउनुभयो । घाट साझा थलो भएको हुँदा व्यक्तिगतरुपमा प्रयोग गर्न नहुने उहाँको भनाइ छ । पछिल्लो समय खोलामा डोजर हालेर ढुङ्गा, गिट्टी र बालुवा झिक्दा खेती मसानघाट पुरिने गरेको क्षेत्रीले बताउनुहुन्छ । घाट पुरिएपछि गाउँमा कसैको मृत्यु भए घण्टौँ लगाएर घाट खोज्नु पर्ने अवस्था आएको उहाँको भनाइ छ ।

क्षेत्रीले भन्नुभयो, “हामी सानोसानो हुँदा निसीखोलामा थुप्रै घाट थिए,आधा घण्टाको दूरीमा घाटहरु हुन्थे, वारिपारीका गाउँबाट दाहसंस्कार गर्न झर्दा मलामी बस्ने ठाउँ खुला हुन्थ्यो, लास (शव) लाई जलाउने ठाउँ पनि फराकिलो नै हुन्थ्यो, अहिले त एउटा शव राख्ने ठाउँसमेत भेटिदैन, मलामीले विश्रम गर्ने ठाउँ त टाढाको कुरा हो, पहिले मलामी बस्ने ठाउँमा अहिले धान गहुँ फल्ने खेतबारी बनेका छन् ।”

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले खोलाका केही घाट अतिक्रमण भएको बताउनुभयो । अतिक्रमित घाटलाई फिर्ता गर्ने उहाँको भनाइ छ । घाट अतिक्रमण हुनुका साथै बाढीलेसमेत बगाउँदा धेरै ठाउँमा समस्या देखिएको उपाध्यक्ष घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले हाल तीन स्थानमा व्यवस्थित घाट निर्माण गरेको भन्दै अन्य ठाउँमा पनि बनाउने उहाँको भनाइ छ । केही घाट व्यक्तिका नाममा रहेको हुँदा उनीहरुसँग छलफल गरी घाटकैरुपमा राख्ने घर्तीमगर बताउनुहुन्छ ।

“केही ठाउँमा घाट अतिक्रमण भएका छन्, व्यक्तिले त्यसलाई घेरेर आफ्नो बनाएका छन्, अतिक्रमण सार्वजनिक जग्गामा भएका घाट फिर्ता गछौँ, केही ठाउँमा व्यक्तिको नाममा भएको पाइन्छ, उहाँहरुसँग छलफल गरेर व्यवस्थापन गर्छौं”, उपाध्यक्षले घर्तीमगरले भन्नुभयो, “घाटको संरक्षणका लागि गाउँपालिकाले नदी व्यवस्थापन गर्ने योजना बनाएको छ, अव्यवस्थितरुपमा बगेका खोलालाई धारमा फर्काइयो भने केही ठाउँका मसानघाट जोगिने छन् ।”

निसीखोला क्षेत्रमा खोला किनार हुँदै थुप्रै सडक निर्माण भएका छन् । ती सडकले पनि मसानघाट पुरिएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले यहाँ थुप्रै भूभाग ओगटेको छ, त्यसले पनि घाटमा ठूलो क्षति पुर्‍याएको पाइन्छ । रासस

ओझेलमा निसेलढोर
ढोरपाटन । तल कलकल बग्ने उत्तर गङ्गा, माथिपट्टी कहाली लाग्दा भीर । चारैतिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । समथर भू–भागमा घर, गोठ र स्याउका बगान छन् । जसले यहाँ पुग्ने जोकोहीलाई छिट्टै आकर्षण गर्छ ।

काठ, ढुङ्गा र माटोले बनेका होचा घर निसेलढोरको विशेषता हो । पर्यटकीयस्थल ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको निसेलढोर प्रचारप्रसारका कारण ओझेलमा छ । करिब एक दशक अगाडि मोटरबाटोले जोडिएको निसेलढोरमा अहिले उही कच्ची र जोखिमपूर्ण सडकमा स्थानीयवासी यात्रा गर्छन् ।

सदरमुकाम बागलुङ बजारबाट पश्चिममा रहेको निसेलढोर एउटा मौलिक गाउँका रुपमा परिचित छ । ढोरपाटन उपत्यकाबाट करिब तीन घण्टा पैदलयात्रामा पुग्न सकिने निसेलढोर निसीखोला गाउँपालिका–५ मा पर्छ । ढोरपाटन उपत्यका भने ढोरपाटन नगरपालिका–९ मा पर्छ । निसीखोलातिरबाट मोटरबाटोले नजोडिएको हुँदा निसेलढोर पुग्न ढोरपाटनबाटै जानुपर्ने हुन्छ ।

पैदलयात्रा गरेर मात्रै निसीखोलाबाट यहाँ पुग्न सकिन्छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको निसेलढोरका स्थानीयवासीको आफ्नै मौलिक वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । उनीहरुको आफ्नै मगर खाम भाषा छ । लेकाली हावापानी, शान्त वातावरण र यहाँबाट देखिने दृश्यले गर्दा पछिल्लो समय फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

ढोरपाटन सिकार आरक्ष क्षेत्रमै पर्ने हुँदा यहाँ पुग्ने पर्यटकले विभिन्न प्रकारका वन्यजन्तु प्रत्यक्ष रुपमा अवलोकन गर्न सक्छन् भने वास्तविक गाउँले जनजीवनको अनुभूति गर्न सक्छन् । निसेलढोर सडकले जोडिनुपूर्व बर्खाको समयमा मात्रै यहाँ स्थानीय बसोबास गर्थे भने सडक पुगेपछि अहिले बाह्रैमहिना यहाँ बस्नेको सङ्ख्या बढ्दै गएको छ । यहाँ खास गरी निसीखोला–५ निसी गाउँका स्थानीयवासीको बढी बसोबास हुने गर्छ ।

पछिल्लो समय घुमफिरका लागि निसेलढोर आउने पर्यटक बढ्न थालेको स्थानीयवासी फुर्सी विकले बताउनुभयो । उहाँले सहर बजारबाट एक/दुई रात बास बस्न, गाउँले खानाको स्वाद लिन र यहाँको ठाउँ घुम्न युवा बढी आउने बताउनुभयो । चार वर्ष अगाडिसम्म बाहिरका बासिन्दा खासै नआएको भन्दै अहिले महिनामा १५/२० आन्तरिक पर्यटक निसेलढोर पुग्ने विकको भनाइ छ । पहिले बर्खामा निसेलढोर र हिउँदमा निसी बसोबास गरेको भन्दै अहिले यही पशुपालन गरेर स्थायी रुपमा बस्न थालेको उहाँ बताउनुहुन्छ ।

“धूरीडाँडा काटेर आउने जाने गर्नुपथ्र्यो, अहिलेको जस्तो माटोरबाटो आएको थिएन, मोटरबाटो आए पनि बुर्तिबाङ घुमेर निसी पुग्नुपर्ने बाध्यता थियो, अहिले धेरै वर्ष भयो, यतै बस्न थालेका छौँ, सुरुसुरुमा सुनसान थियो, यही रमाइलो ठाउँ रहेर र बस्यौँ, अहिले त धेरै मान्छेहरु यहाँ बस्न थाले” विकले भन्नुभयो– “पछिपछि यो ठाउँ पनि विकास भएर बजार बन्ला, पहिलेभन्दा अहिले केही सुविधा भएको छ, केही वर्षपछि अझै धेरै सेवा सुविधा बढ्ने छन्, हाम्रा सन्तानले धेरै दु:ख पाउने छैनन्, हाम्ले एक दिनभरि लगाएर बुर्तिबाङबाट चामल र नून ल्याएर खान्थ्यौँ ।”

निसेलढोरवासीको मुख्य पेसा पशुपालन र कृषि हो । यहाँका एकै किसानका सयौँ भेडाबाख्रा हुन्छन् भने उनीहरुले सयौँ गाईभैँसी पाल्ने गरेका छन् । भौलिक विकटताका कारण पछाडि परेको निसेलढोरमा अहिले पनि सञ्चारको पहुँच पुगेको छैन । विकासका नाममा पुगेको त्यही एउटा मोटरबाटो हो । मोटरबाटो पनि निकै जोखिमयुक्त छ ।

राज्यले लगानी गर्न सके निसेलढोर देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने निसीखोला–५ का हेमराज सापकोटाले बताउनुभयो । उहाँले स्थानीय सरकारले प्रचारप्रसार, विद्युत् विस्तार र सडकलाई व्यवस्थित बनाउन सके वार्षिक हजारौँ पर्यटक निसेलढोरमा भित्र्याउन सकिने बताउनुभयो । यो ठाउँ प्राकृतिक रुपले निकै मनमोहक भए पनि भौतिक विकास नहुँदा ओझेलुनु परेको बताउनुहुन्छ ।

बुर्तिवाङ बजारदेखि ढोरपाटन उपत्यका हुँदै निसेलढोर जोड्न सडकको वैकल्पिक सडक निर्माण गर्न जरुरी रहेको भन्दै निसीखोलातिरबाट पनि पर्यटकका लागि पदमार्ग र छोटो सडक बनाउन आवश्यक रहेको सापकोटाको भनाइ छ । उहाँ भन्नुहुन्छ– “निसेलढोरमा पर्यटक भित्र्याउन सरकारले धेरै काम गर्नुपर्दैन, बिजुली, मोटरबाटो र केही संरचना बनाउन सके जति पनि पर्यटक यहाँ आउँछन्, सामान्य सेवा सुविधा नहुँदा निसेलढोर घुम्न आउने पर्यटक कम भएका हुन्, यहाँ सुविधायुक्त होटल, बास बस्न मिल्ने स–साना घर पनि हुन जरुरी हुन्छ, यो ठाउँ घुम्नका लागि निकै उपयुक्त ठाउँ छ, हिउँद बर्खा पर्यटकको कमी हुने थिएन, बर्खामा हरियालीसँग रमाउने र हिउँदमा हिउँफुल खेल्न आउनेको कमी हुने थिएन ।”

अहिले फाट्टफुट्ट निसेलढोर पुग्ने आन्तरिक पर्यटक बिजुली नभएकै कारण बास नबसी फर्कने गर्छन् । उनीहरु टुकीकै भरमा रात बिताउँछन् । यहाँबाट गाउँपालिकाको केन्द्रमा पुग्नै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानुपर्छ ।

एकदशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी ९निसीगाउँ० र गर्मीयाममा लेक ९निसेलढोर० गर्ने गर्थे । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगर भौगोविक विकटताका कारण अहिलेसम्म निसेलढोर विकासका हिसाबले पछाडि परेको हुँदा पर्यटक पनि भित्र्याउन नसकिएको बताउनुहुन्छ । निसेलढोरमा अब शिक्षा, स्वास्थ्य, विद्युत र सडकको सही व्यवस्थापन गर्ने र प्रचारप्रसारलाई तीव्रता दिने बताउनुभयो ।

यसैवर्ष स्वास्थ्य संस्था स्थापना गरेको र विद्युत् विस्तारका लागि पहल भइरहेको उहाँको भनाइ छ । “निसेलढोरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रयासमा हामी छौँ, पालिकाको सीमित बजेटले एकै पटक गर्न सकिदैन, यहाँको सडक, विद्युत र अन्य पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गछौँ, आवश्यक पूर्वाधार निर्माण गरी प्रचारप्रसारमा जोड दिन्छौँ” उहाँले भन्नुभयो– “स्थानीय नागरिक पनि तत्पर हुनुपर्छ, यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि पर्यटन प्रवद्र्धन जरुरी छ, अब यहाँको अन्य सम्भावनाको खोजी गरी प्रवद्र्धनमा लाग्ने योजना बनाएका छौँ ।” रासस

अब निसेलढोरमै स्वास्थ्य सेवा
ढोरपाटन । “केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ”, निसीखोला गाउँपालिका–५का कमला विकले भन्नुभयो ।

विकका चार छोराछोरी छन् । उनीहरु विरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो । तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उहाँलगायतका स्थानीय खुसी हुनुहुन्छ ।

निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो । निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ गर्ने गर्छन् । असोज लागेपछि निसीखोला गाउँपालिका–५ को निसी गाउँ झर्ने र बर्खा लागेपछि निसेलढोर जाने स्थानीयको परम्परा नै हो । कहिले लेक त कहिले बेँसी गर्ने हुँदा निसेलढोरमा अहिलेसम्म स्वास्थ्य संस्था स्थापना हुन सकेका थिएन ।

एकदशक अगाडिसम्म निसेलढोरमा बाह्रै महिना बस्नेको सङ्ख्या निकै कम थियो । अहिले सडक सञ्जालले जोडिएपछि स्थायीरुपमा ६० घर परिवार बसिरहेका छन् । बिरामी हुँदा घरेलु ओखतीमुलो गर्दै आएका स्थानीयले अब स्वास्थ्य संस्थामा उपचार गराउनुका साथै औषधिसमेत पाउने भएका छन् । गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था थियो । अब कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने उहाँको विश्वास छ ।

“सहर बजारभन्दा धेरै टाढा छौँ, गाउँमा डाक्टर थिएन्, अस्पताल थिएन, कोही बिरामी भयो भने झाँक्रीधामी गर्ने गथ्र्यौं, धामीझाँक्रीले निको नबनाए मात्रै अस्पताल जान्थ्यौँ”, उहाँले भन्नुभयो, “अस्पताल लैजाँदै गर्दा कतिले त बाटोमै ज्यान गुमाए, अब त्यसरी अकालमा कसैलाई पनि मर्न पर्ने छैन, सरकारले गाउँमै अस्पताल ल्याइदियो, हामीहरु धेरै खुसी भएका छौँ ।”

सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा आएपछि गाउँका सबै नागरिकले सहजरुपमा सेवा पाउने अवस्था भएकोस्थानीय प्रेमबहादुर पुनको भनाइ छ । यतिका वर्षसम्म सामान्य स्वास्थ्योपचारका लागि हजारौँ खर्च गर्नुपरेको भन्दै अब जटिल किसिमका रोगबाहेक अन्य उपचार गाउँमै गराउन पाइने भएपछि उहाँले खुसी व्यक्त गर्नुभयो । सरकारले दुर्गमको स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर औषधि र उपकरणको कमी हुन नदिन आग्रह गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “हामीहरु धेरै टाढा छौँ, अस्पताल सञ्चालनमा आयो भन्ने मात्रै नहोस् यहाँबाट प्रवाह हुने सेवा गुणस्तरीय र प्रभावकारी बनोस्, हामीहरु सामान्य उपचारका लागि ठूलाठूला अस्पतालमा जान नपरोस्, यसलाई राज्यले विशेष प्रथमिकतामा राख्न जरुरी छ ।”

यहाँ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनका लागि निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको थियो । गाउँपालिकाले तत्कालका लागि घर भाडामा लिएर एक जना अनमी र एक जना कार्यालय सहयोगी राखी सेवा विस्तार गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले जानकारी दिनुभयो । आगामी आवमा गाउँपालिकाले प्रदेश सरकारसँग सहकार्य गरी भवन निर्माण गरेर सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउने उहाँको भनाइ छ ।

निसीखोला गाउँपालिकामा स्वास्थ्यचौकी चार वटा, आधारभूत स्वास्थ्य इकाइ दुई वटा, सामुदायिक स्वास्थ्य इकाइ दुई वटा गरी आठ स्वास्थ्य संस्था सञ्चालनमा रहेको उहाँले बताउनुभयो । अहिले वडा नं ४ को झिम्पामा पालिकास्तरीय १० शय्याको आधाभूत अस्पताल निर्माणको अन्तिम चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाइ छ । निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । रासस

गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका
ढोरपाटन । एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् ।

स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् । पहिलो कार्यकालमा ट्रयाक खोलिएका सडक अहिले स्तरीय बनाउन थालिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई वटा महत्वपूर्ण सडक स्तरोन्नति गर्दै छ । यस वर्ष हर्पे–पाखापानी–ढुवाखोर सडक र बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक स्तरोन्नति गर्दैछ ।

बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक हो भने हर्पे–पाखापानी–ढुवाखोर सडक पालिकाको गौरवका योजना हो । दुवै सडकलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ट्रयाक खोलिएको थियो । हर्पे–पाखापानी–ढुवाखोर सडक गाउँपालिकाले आव २०७६/०७७ मा खुलाएको थियो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा गाउँपालिकाले यस सडकलाई अघिल्लो आवदेखि स्तरोन्नति गर्न थालेको छ ।

हर्पे–पाखापानी–ढुवाखोर सडकलाई यस वर्ष स्तरीकरण गर्न थालिएको हो । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका–५ जोडेको छ । हर्पे–पाखापानी–ढुवाखोर सडक भने देवीस्थान हुँदै पाखापानी पुगेको छ । यी सडक साँघुरा र अप्ठेरो भएको हुँदा एकै पटक स्तरोन्नति गर्न थालेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

वैकल्पिक सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड ३० लाख र केन्द्र सरकारले रु एक करोड ३० लाख विनियोजन गरेको गौतमको भनाइ छ । हर्पे–पाखापानी–ढुवाखोर सडकका लागि रु एक करोड विनियोजन भएको छ । दुवै सडक सम्झौता भएर काम सुरु भएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले वैकल्पिक सडकका लागि रु ८५ लाख विनियोजन गरेर काम थालनी गरेको थियो ।

गौतम भन्नुहुन्छ, “दुवै सडक गाउँपालिकाको प्राथमिकतामा परेका योजना हुन्, निकै साँघुरा र दुर्घटनाको जोखिम बढेका कारण पहिलो प्राथमिकतामा राखेर अहिले दुई वटा सडकलाई स्तरोन्नति गरिरहेका छौँ, यी सडकबाट निसीखोलाका नागरिक लाभान्वित हुन्छन्, अहिले काम सुरु भएको छ, सडक स्तरोन्नति गर्नका केही महिना अगाडि बोलपत्र आह्वान गरेर ठेक्का सम्झौता गरेका थियौँ”, हर्पे–पाखापानी–ढुवाखोर सडक निर्माणको जिम्मा स्टार पोखरा कन्स्ट्रक्सन र वैकल्पिक सडकको जिम्मा एसी कन्स्ट्रक्सनले पाएको छ ।

यो वर्ष सडकलाई चौडा गर्ने, नाली निर्माणलगायतका काम हुने गाउँपालिकाले जनाएको छ । वैकल्पिक सडक २०७५ मा साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई/दुई लाख, अर्थमन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख गरी रु ६१ लाखमा सडकको ट्रयाक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका २, ४ र ५ का नागरिकको दैनिकी फेरिदिएको छ ।

स्थानीय तीर्थबहादुर सुनारले साँघुरो सडकमा यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गरेको भन्दै स्तरोन्नतिपछि यस क्षेत्रका हजारौँ स्थानीयले सहजरुपमा यात्रा गर्न पाउने बताउनुहुन्छ । उहाँले यी सडकको ग्रेडिङ नमिलेको हुँदा धेरै पटक दुर्घटना भएको बताउनुभयो । “पहिले सडक थिएन, हामीहरु पैदलयात्रा गथ्र्यौं, अहिले गाडीमा मुटु समाएर यात्रा गर्दै आएका छौँ, बाटा निकै सानो छ, गाउँपालिकाले फराकिलो बनाउने भनेर काम थालेको पाइयो, अब जोखिम मोलेर हिँड्नुपर्ने छैन”, उहाँले भन्नुभयो, “गाउँमा सडक आएपछि धेरै सजिलो चाहीँ भएको छ, बारीमा फलेका सागसब्जी पनि बजारसम्म लगेर बेच्न पाइएको छ, सामान पनि गाडीमा ल्याउने गरेका छौँ, पहिलेको तुलनामा धेरै सुविधा भएको छ ।”

वैकल्पिक सडक मध्यपहाडी लोकमार्गभन्दा दुई किलोमिटर छोटो पर्ने छ । गाउँमा सडक आएपछि आफूहरुको दैनिकी नै फेरिएको अर्का स्थानीय प्रेमबहादुर बुढामगरले बताउनुभयो । उहाँले गाउँमा यसरी सडक आउँला भन्ने कल्पना नगरेको भन्दै अहिले घरै अगाडि दैनिक गाडी गुड्ने गरेको बताउनुहुन्छ । रासस

गौरवका योजना स्तरीय बनाउँदै गाउँपालिका
ढोरपाटन । एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् ।

स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् । पहिलो कार्यकालमा ट्रयाक खोलिएका सडक अहिले स्तरीय बनाउन थालिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई वटा महत्वपूर्ण सडक स्तरोन्नति गर्दै छ । यस वर्ष हर्पे–पाखापानी–ढुवाखोर सडक र बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक स्तरोन्नति गर्दैछ ।

बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक हो भने हर्पे–पाखापानी–ढुवाखोर सडक पालिकाको गौरवका योजना हो । दुवै सडकलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ट्रयाक खोलिएको थियो । हर्पे–पाखापानी–ढुवाखोर सडक गाउँपालिकाले आव २०७६/०७७ मा खुलाएको थियो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा गाउँपालिकाले यस सडकलाई अघिल्लो आवदेखि स्तरोन्नति गर्न थालेको छ ।

हर्पे–पाखापानी–ढुवाखोर सडकलाई यस वर्ष स्तरीकरण गर्न थालिएको हो । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका–५ जोडेको छ । हर्पे–पाखापानी–ढुवाखोर सडक भने देवीस्थान हुँदै पाखापानी पुगेको छ । यी सडक साँघुरा र अप्ठेरो भएको हुँदा एकै पटक स्तरोन्नति गर्न थालेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

वैकल्पिक सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड ३० लाख र केन्द्र सरकारले रु एक करोड ३० लाख विनियोजन गरेको गौतमको भनाइ छ । हर्पे–पाखापानी–ढुवाखोर सडकका लागि रु एक करोड विनियोजन भएको छ । दुवै सडक सम्झौता भएर काम सुरु भएको हो । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले वैकल्पिक सडकका लागि रु ८५ लाख विनियोजन गरेर काम थालनी गरेको थियो ।

गौतम भन्नुहुन्छ, “दुवै सडक गाउँपालिकाको प्राथमिकतामा परेका योजना हुन्, निकै साँघुरा र दुर्घटनाको जोखिम बढेका कारण पहिलो प्राथमिकतामा राखेर अहिले दुई वटा सडकलाई स्तरोन्नति गरिरहेका छौँ, यी सडकबाट निसीखोलाका नागरिक लाभान्वित हुन्छन्, अहिले काम सुरु भएको छ, सडक स्तरोन्नति गर्नका केही महिना अगाडि बोलपत्र आह्वान गरेर ठेक्का सम्झौता गरेका थियौँ”, हर्पे–पाखापानी–ढुवाखोर सडक निर्माणको जिम्मा स्टार पोखरा कन्स्ट्रक्सन र वैकल्पिक सडकको जिम्मा एसी कन्स्ट्रक्सनले पाएको छ ।

यो वर्ष सडकलाई चौडा गर्ने, नाली निर्माणलगायतका काम हुने गाउँपालिकाले जनाएको छ । वैकल्पिक सडक २०७५ मा साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई/दुई लाख, अर्थमन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख गरी रु ६१ लाखमा सडकको ट्रयाक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका २, ४ र ५ का नागरिकको दैनिकी फेरिदिएको छ ।

स्थानीय तीर्थबहादुर सुनारले साँघुरो सडकमा यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गरेको भन्दै स्तरोन्नतिपछि यस क्षेत्रका हजारौँ स्थानीयले सहजरुपमा यात्रा गर्न पाउने बताउनुहुन्छ । उहाँले यी सडकको ग्रेडिङ नमिलेको हुँदा धेरै पटक दुर्घटना भएको बताउनुभयो । “पहिले सडक थिएन, हामीहरु पैदलयात्रा गथ्र्यौं, अहिले गाडीमा मुटु समाएर यात्रा गर्दै आएका छौँ, बाटा निकै सानो छ, गाउँपालिकाले फराकिलो बनाउने भनेर काम थालेको पाइयो, अब जोखिम मोलेर हिँड्नुपर्ने छैन”, उहाँले भन्नुभयो, “गाउँमा सडक आएपछि धेरै सजिलो चाहीँ भएको छ, बारीमा फलेका सागसब्जी पनि बजारसम्म लगेर बेच्न पाइएको छ, सामान पनि गाडीमा ल्याउने गरेका छौँ, पहिलेको तुलनामा धेरै सुविधा भएको छ ।”

वैकल्पिक सडक मध्यपहाडी लोकमार्गभन्दा दुई किलोमिटर छोटो पर्ने छ । गाउँमा सडक आएपछि आफूहरुको दैनिकी नै फेरिएको अर्का स्थानीय प्रेमबहादुर बुढामगरले बताउनुभयो । उहाँले गाउँमा यसरी सडक आउँला भन्ने कल्पना नगरेको भन्दै अहिले घरै अगाडि दैनिक गाडी गुड्ने गरेको बताउनुहुन्छ ।रासस

निसीखोलामा स्याउ उत्पादन गरिने
ढोरपाटन । बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोरलाई लिइन्छ । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले यस वर्षदेखि थप स्याउखेती विस्तार गर्न थालेको छ । निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ ।

निसेलढोरभन्दा वडा नं ६ केही औलमा पर्छ । सिप, भल्कोटलगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञानबिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि खुसी हुन थालेका छन् ।

वर्षौं अगाडि गाउँमा स्याउ लगाए पनि उत्पादन राम्रो नदिएको स्थानीय ओमबहादुर घर्तीमगर बताउनुहुन्छ । उहाँले वडा नं ६ को सीपमा स्थानीयले प्राविधि ज्ञानबिनै स्याउ लगाएको हुँदा फलाउन नसकेको भन्दै यसपाली स्थानीय सरकारकै सहयोग हुँदा उत्पादन राम्रो हुनेमा आशावादी रहेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “यो ठाउँ भौगोलिक हिसाबले पनि उच्च ठाउँमै छ, पहिला लगाउने बेला कुनै माटो परीक्षण भएन, बिरुवा लिएर लगाइयो, अलिअलि दाना हाले पनि धेरै फलाउन सकिएन, प्राविधिक ज्ञान केही पनि थिएन, परम्पराग रुपमै लगाइएको थियो, अहिले अलि फरक तरिकाले लाइएको छ, उत्पादन राम्रो होला ।”

उहाँले पहिले स्याउ लगाएको केही वर्षसम्म राम्रो भए पनि पछि रोग लाग्ने, सुक्ने र फलनै नदिने समस्या आएको सुनाउनुभयो । गाउँपालिकाको सहयोगमा स्याउखेती विस्तार हुँदा यहाँका कृषक उत्साहित भएको घर्तीमगर बताउनुहुन्छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार यहाँ स्याउखेती विस्तार गर्न थालिएको बताउनुभयो ।

उहाँले स्याउका बिरुवा लगाउन थालेपछि कृषक निकै उत्साहित भएको बताउनुभयो । यस वर्ष वडा नं ५ र ६ मा चार सय ५० स्याउका बिरुवा लगाइने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु सात लाखबाट स्याउखेती बिस्तार गर्न थालेको उहाँको भनाइ छ । यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्का क्षेत्रमा स्याउ लगाउन थालिएको उहाँले बताउनुभयो ।

“गाउँपालिकाले जुन क्षेत्रमा स्याउ लगाउन थालेको छ, ती सबै क्षेत्र सम्भावना भएका ठाउँ हुन्, यी ठाउँमध्ये केही ठाउँमा पहिले पनि स्याउ लगाइएको थियो, तर राम्रो भएन”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “यस वर्ष राम्रो हुने आश गरेका छौँ, किनकी प्राविधिकरुपमै अनुसन्धान गरेर स्याउका बिरुवा रोप्न थालेका छौँ ।”

स्याउखेती विस्तारपछि यस क्षेत्रका खाली जग्गा पनि प्रयोगमा आउने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । उहाँले युवालाई स्वरोजगार बनाउन र बाँझो जमिनको उपयोग गरी उत्पादनसँग जोड्नका लागि स्याउखेतीमा जोड दिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले दैनिकजसो युवा विदेश गइरहेका छन्, यहाँ यति ठूलो सम्भावना छ, तर चिन्न नसक्दा विदेशिन परेको छ, गाउँका धेरै जग्गा बाँझिँदै गए, अब यी सबैलाई उत्पादनसँग जोड्ने युवालाई गाउँमै स्वरोजगार बनाउने हाम्रो अभियान छ, स्याउ खेतीले पनि यो अभियानलाई सार्थकता बनाउने छ ।”

गाउँपालिकाका कृषि शाखा प्रमुख ताराबहादुर परियारले दर्ता भएका कृषि फार्म तथा समूहलाई बिरुवा प्रदान गरिएको बताउनुभयो । उहाँले वडा नं ५ र ६ का ४५ समूहलाई चार सय पचास स्याउका बिरुवा दिइएको बताउनुभयो । माटो परीक्षण गरेर यहाँको हावापानी र वातावरण अनुकूल हुने फुजी जातको स्याउ यहाँ लगाउन थालिएको परियारले जानकारी दिनुभयो ।

पाल्पामा उत्पादन गरिँदै आएका स्याउका बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको उहाँ बताउनुहुन्छ । निसीखोलामा दुई हजारदेखि चार हजार मिटर उचाइसम्म स्याउका बिरुवा लगाइने उहाँको भनाइ छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने सीप, चोरबास, कोस्कालगायत क्षेत्र भने दुई हजार आठ सय आसपासको उचाइमा पर्छन् ।

कृषि शाखा प्रमुख परियार भन्नुहुन्छ, “यहाँको भूगोल, स्याउका लागि चाहिने वातावरण, हावापानीका बारेमा अध्ययन गरेर फुजी जातको स्याउ लगाउन थालेका हौँ, उचाइ मिलाएर स्याउ लगाउन थालिएको हुँदा उत्पादन राम्रो दिन्छ भन्ने लागेको छ ।”

उहाँले सुरुमा स्याउ खेतीका बारेमा कृषकलाई तालिम दिएको र उनीहरुको मागअनुसार विभिन्न क्षेत्रमा स्याउ लगाउने योजना बनाएको बताउनुभयो । यस वर्ष गाउँपालिकाले स्याउ खेती गर्न चाहने कृषि समूहलाई निःशुल्क बिरुवा र आवश्यक सामग्री पनि उपलब्ध गराएको उहाँ बताउनुहुन्छ । “कृषकले स्याउ लगाइसकेपछि समयसमयमा त्यसको निरीक्षण, परीक्षण र कृषकलाई आवश्यक तालिम तथा परामर्श पनि पालिकाले दिनेछ, त्योसँगै अन्य प्राविधिक सहयोग पनि पालिकाले निरन्तर दिँदै जानेछ”, परियारले भन्नुभयो । रासस

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला
ढोरपाटन । समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् ।

स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ । एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । प्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि निसीखोला गाउँपालिकाले सक्रियता देखाएको छ ।

पालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्न गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि ओझेलिएका गन्तव्य पनि प्रचारमा आउन थालेका छन् । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको गुरुयोजना बनाउने र तिनीहरुको प्रचार र विकासका लागि गाउँपालिका योजनाबद्ध रुपमा लागेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो ।

घर्तीले चर्चामा आएका गन्तव्यको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलको प्रचारलाई तीव्रता दिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, कति हामीले पहिचान गरेका छौँ, कति पहिचान गर्न बाँकी छन्, पहिचान र प्रचारको लागि निरन्तर लागिरहेका छौँ, पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छौँ ।”

गाउँपालिकाले पूर्वी रुकुमसँग जोडिएको रिग ताल, रोल्पासँग जोडिएको जन्ते ढुङ्गा, प्यूठानसँग जोडिएको नाङ्गे धुरी, कोठेभिरलगायतका पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारमा जुटेको अध्यक्ष घर्तीमगरको भनाइ छ । गाउँपालिकाले प्यूठानको गौमुखी र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरीको विकासका लागि दुवै पालिका, जिल्ला र प्रदेश सरकारसँग सहकार्य गरेर विकास गर्ने उहाँको भनाइ छ ।

“यहाँ थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ छन्, निसीखोलामा रहेका धेरै जसो पर्यटकीय तथा धार्मिक क्षेत्र विभिन्न जिल्लाका सिमानमा रहेका छन्, त्यसले गर्दा दुवै पक्षले समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुने हुँदा छलफल गरीरहेका छौँ र आ–आफ्नो सिमानमा पर्ने स्थालको आफै योजना बनाएर काम सुरु गरेका छौँ”, अध्यक्ष घर्तीले भन्नुभयो ।

वडा नम्बर ६ मा पर्ने रिगताल, वडा नम्बर ३ मा पर्ने नौ बहिनी छहरा, वडा नम्बर ५ मा रहेको कोठेभिर, वडा नम्बर ६ मा रहेको साइलीमाइली झरना, वडा नम्बर ७ को नरसिंहकोट, वडा नम्बर २ को अर्नाकोट, वडा नम्बर ५ को निसेलढोर, वडा नम्बर ३ मा रहेको बराह मन्दिर निसीखोला गाउँपालिकाको प्रमुख गन्तव्य हुन् ।

नरसिंहकोट, रिगताल, अर्नाकोट, नौ बहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी, निसेल ढोरपाटनको विकासका लागि लागि गुरुयोजना तयार पारेको र केहीको काम सुरु भएको भन्दै अध्यक्ष घर्तीमगरले आगमी वर्षसम्ममा धेरै पर्यटकीय गनतव्य पहिचान हुने र प्रचारमा आउने बताउनुभयो । गाउँपालिकावासीको पर्यटनबाटै जीवनस्तर उकास्न सकिने भन्दै अहिले त्यसको लागि जग तयार गर्न आफूहरु लागि रहेको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।

“पहिलो चरणमा सम्भावन बोकेका ठाउँको पहिचान गरी रहेका छौँ, त्यसको विकास गर्ने हाम्रो दायित्व हो, भर्खरै यसबाट नतिजा नआउन सक्छ तर विस्तारै नतिजा आउनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “यहाँका नागरिकको पर्यटन व्यवसायबाटै जीवनस्तर उकास्ने कोसिसमा छौँ, त्योअनुसारका काम भइरहेका छन् ।”

पर्यटन प्रवद्र्धनका लागि यस वर्ष गाउँपालिकामा २५ लाख बढी बजेट विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वडा वडा नम्बर ७ को नरसिंहकोटलाई प्राथमिकतामा रहेको भन्दै त्यसका लागि आठ लाख विनियोजन गरेको उहाँको भनाइ छ । पर्यटकीय ठाउँमा संरचना निर्माणका लागि प्रदेश सरकारबाट पनि केही बजेट माग गरेको र गाउँपालिकाले थप बजेट व्यवस्थापन गरेर नयाँ गन्तव्यको प्रचारमा जोड दिने उहाँको भनाइ छ ।

नरसिंहकोटमा अहिलेसम्म मन्दिर निर्माण, सत्तल, पदमार्गलगायतका काम भइसकेको भन्दै अब पर्यटक आकर्षणका लागि संरचना तयार गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “गाउँपालिकाले रिगताल, नरसिंहकोटमा निरन्तर बजेट राखीरहेको छ, पूर्वाधार निर्माण पनि भइरहेको छ, यसलाई थप विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएको छ, योसँगै पालिकाभित्रका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना बनाएका छौँ र चार÷छ वटा स्थलको काम हुन बाँकी छ, त्यो पनि केही समयमै सकिने छ ।”

डम्मर बुढा मगर/ रासस