नेपालगञ्ज उपमहानगरपालिका – News Polar

अतिक्रमित घर टहरा हटाउन सुरु
नेपालगञ्ज । रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि हटाउन सुरु गरेको छ ।

उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले हरियाली प्रवर्द्धन गर्न रुख बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढवर्षमा गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुप्पलाल चोकसम्म पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

रु ४९ लाख ५० हजारमा सो ठेक्का लगाइएकाले हाल बिपीचोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाइने उहाँको भनाइ छ । उपमहानगरले यसअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरेका जग्गा खाली गर्न आग्रह गरेको थियो । रासस

‘रङ्गीन सपनाले सजिएको वाटरपार्क’
जानकी । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा अवस्थित वाटरपार्क दसैँ नजिकिँदै गर्दा एक विशेष रङमा रङ्गिएको छ । पानीका फोहरा, झिलीमिली बत्ती, रङ्गीचङ्गी फूल र आकर्षक सजावटले अहिले वाटरपार्क साँच्चिकै दुलही झैँ देखिन्छ । तर, यो झिलीमिली सजावट कुनै व्यावसायिक कम्पनीले गरेको हो, न त समाजका अगुवाहरुले नै गरेका हुन् ।

यो त आफ्नै श्रम, लगानी र सपनाले भरिएका १० जना युवाको साझा प्रयास हो, जसको उद्देश्य मात्र पर्यटक तान्नु होइन, आफ्नो भविष्य सुरक्षित गर्नु पनि हो । ती युवाहरू फोटोग्राफर हुन्, जसले क्यामेराको माध्यमबाट आम्दानीसँगै आत्मसम्मान र स्वदेश प्रेम कमाइरहेका छन् । यी सबै युवाहरू वाटरपार्कमा बोटिङ गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको फोटो र भिडियो खिच्ने गर्छन् । उनीहरूको आम्दानी सोही फोटो तथा भिडियो सेवाबाट हुन्छ ।

चाडपर्वको समयमा बढी पर्यटक आउँछन् भन्ने विश्वासले उनीहरूले आफ्नै खर्चमा वाटरपार्कलाई सजाएका हुन् । उनीहरूको बुझाइमा सजावटले पर्यटक तान्छ, पर्यटकले खुसी अनुभव गर्छन्, रमाइलो गर्छन् र त्यसबाट फोटो खिचाउने इच्छाशक्ति बढ्छ । अनि त्यही बाटो हुँदै उनीहरूको आम्दानी बढ्छ । सजावट, कमाई र भविष्यबीच उनीहरूले स्पष्ट सम्बन्ध देखेका छन् ।

जाजरकोटको कुशेगाउँपालिका–७ का २३ वर्षीय दिनेशसिंह ठकुरी भन्नुहुन्छ, “हामीले पर्यटकलाई खुसी पार्न, रमाइलो दिन र आफ्नो रोजगारी सुरक्षित गर्न वाटरपार्कलाई दुलही जस्तै सजाएका हौँ ।” दिनेशले आठ महिनादेखि फोटोग्राफी गर्दै आउनुभएको छ । प्लस टूको पढाइ सकेपछि उहाँले वैदेशिक रोजगारीको विकल्पमा स्वदेशमा नै सीपमार्फत आत्मनिर्भर हुने बाटो रोज्नुभयो । दिनेशको दैनिक आम्दानी सामान्य अवस्थामा सात–आठ सय रुपैयाँ रहन्छ भने चाडपर्वको समयमा हजारदेखि १२ सय रुपैयाँसम्म पुग्ने गरेको छ । “म यो काम केवल पैसा कमाउनका लागि गर्दिनँ, म आफ्नो आत्मसम्मानका लागि गर्छु । विदेश जानुभन्दा आफ्नै देशमै केही गर्नु आवश्यक छ भन्ने सोचले मलाई यहाँ ल्याएको हो,” उहाँले भन्नुभयो ।

त्यस्तै बाँकेको खजुरा गाउँपालिका–७, गुन्हानाका २३ वर्षीय मुजम्मिल खान पनि एक वर्षदेखि फोटोग्राफी गर्दै आइरहनुभएको छ । सुरुमा मोबाइलबाट फोटो खिच्ने मुजम्मिल अहिले क्यामेरा चलाउने भइसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले वातावरण राम्रो बनायौँ भने फोटो राम्रो आउँछ, फोटो राम्रो आयो भने पर्यटक खुसी हुन्छन्, अनि पर्यटक खुसी भए भने हामीले काम पाउँछौँ । त्यसैले हामीले यो सजावट गरेका हौँ ।”

मुजम्मिलको आम्दानी पनि दिनेशको जस्तै दिनमा आठदेखि नौ सय रुपैयाँसम्म हुने गरेको छ । चाडपर्व र केही विशेष अवसरमा भने त्यो रकम हजारदेखि १२ सय रुपैयाँसम्म पुग्ने गरेको छ । उहाँका लागि यो आम्दानीले परिवार धान्न र भविष्य निर्माण गर्न ठूलो टेवा दिएको छ । “घरमा आमा, बुबा, दुई बहिनी छन् । मैले कमाएको पैसाले घरको खर्च, बहिनीको पढाइ, आमाको उपचार, सबै चलेको छ,” उहाँले भन्नुभयो, “काम गर्दा सम्मान पाइन्छ । यहाँ घुम्न आउने पर्यटकले फोटो खिचिदिएबापत पैसा मात्र दिँदैनन्, धन्यवाद दिन्छन् र रमाउँछन् पनि । त्यो नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।”

त्यसैगरी, जुम्लाको गुठीचौर गाउँपालिका–४, खललावडाका २४ वर्षीय सर्जन नेपालीले भने दुई वर्षदेखि क्यामेरा चलाउँदै आइरहनुभएको छ । सुरुमा उहाँले फोटो खिचेर पैसा कमाउन सकिन्छ भन्ने कल्पना पनि गर्नुभएको थिएन । तर, जब उहाँले पहिलो दिन तीन सय रुपैयाँ कमाउनु भयो त्यस दिन उहाँ खुसीले रुँदै भाडामा बसेको कोठामा पुगेको बताउनुभयो ।

“फोटो खिचेर पनि पैसा कमाइन्छ भन्ने मैले सोचेकै थिएन । जुन दिन मैले पहिलोपटक तीन सय कमाएँ, त्यो दिन मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्यो । त्यो तीन सय रुपैयाँ समातेर म खुसीले रुँदै कोठामा पुगेको छु,” उहाँले सम्झँदै भन्नुभयो, “दोस्रो दिनको मेरो कमाई हजार रुपैयाँ भयो र त्यही दिन मैले निर्णय गरेँ, विदेश जानु पर्दैन । अब देशमै केही गर्न सकिन्छ ।”

अहिले सर्जनको कमाई मासिक तीस भन्दामाथि नै हुने गरेको छ । “त्यो पैसाले कोठा भाडा, खाना खर्च, कपडा, फोन खर्च, अनि घरमा आमालाई पैसा पठाउने काम सबै गरेको छु,” उहाँ भन्नुहुन्छ, “यस्ले मलाई आत्मनिर्भर बनाएको छ ।”

नेपालगञ्ज बाँके–२, पुरैनाका २१ वर्षीय विजय मिश्र पनि एक वर्षदेखि फोटोग्राफीमा सक्रिय हुनुहुन्छ । पाँच जनाको परिवार, प्लस टू सकेर पढाइ छोड्नु परेको अवस्था, आर्थिक अभावले उनलाई धेरै चाँडै जीवनसँग जुध्न सिकायो । जब उहाँले क्यामेरा चलाउन सुरु गर्नुभयो, तब उहाँलाई लाग्यो, जीवन फेरि पनि नयाँ ढङ्गले सुरु गर्न सकिन्छ । “सुरुमा लाज लाग्थ्यो, तर आज म यो कामप्रति गर्व गर्छु,” विजय भन्नुहुन्छ, “हाल मेरो दैनिक आम्दानी नौ सयदेखि एक हजारसम्म पुग्ने गर्छ । यसले नै मेरो सबै घर खर्च र दैनिकी चलेको छ ।” पढाइ रोकिए पनि सपना नरोकिएको विजय बताउनुहुन्छ । “म अनलाइनबाट फोटोग्राफीसम्बन्धी कोर्स गर्दैछु । म चाहन्छु, एकदिन मेरो फोटोले देशको कथा सुनाओस् ।”

यी चार जना युवा मात्र होइन, वाटरपार्कमा कार्यरत १० जना फोटोग्राफर देशमै बसेर आत्मनिर्भर बन्ने उद्देश्यमा केन्द्रित छन् । उनीहरूलाई पर्यटन र फोटोग्राफीको संयोजनले नेपालभित्रै भविष्य देख्न सकिन्छ भन्ने लागेको छ । उनीहरू भन्छन्, “पर्यटकलाई सेवा दिँदा, हाँसीखुसी फोटो खिच्दा, रमाइला क्षण टिप्दा, हामी पैसा मात्र होइन, आत्मसम्मान कमाइरहेका हुन्छौँ ।” सजावटमा उनीहरूले प्रयोग गरेका फूल, बत्ती, रङ किन्न उनीहरूले आफ्नै आम्दानी प्रयोग गरेका हुन् । “कोही कम्पनीले सहयोग गरेको होइन । कुनै समाजका अगुवाहरुले यो सजाएका हैनन् । हामीले बेलुकी काम सकेर, पसलहरूमा पुगेर लाइट, सजावट सामग्री किनेका हौँ,” दिनेशले भन्नुभयो ।

यसरी उनीहरूले वाटरपार्कको सौन्दर्यमा आफ्नो पसिना मिसाएका छन् । पर्यटकको सङ्ख्याले उनीहरूको मेहनतको मूल्याङ्कन गर्छ–जति बढी पर्यटक, उति बढी सम्भावना । नेपालका कैयौँ युवाहरु विदेश जान लाइनमा छन् । तर नेपालगञ्जमा नै भविष्य देखेका यी युवाहरूले भने आम्दानीको बाटो वाटरपार्क र नेपालगञ्जमा रहेका अन्य पर्यटकीय स्थललाई रोजेका छन् ।

उनीहरूको बाटो भने पक्कै सजिलो छैन । गर्मीमा घाम, जाडोमा शीत, अनि वर्षामा खाल्डाखुल्डी र चिप्लो बाटो । तर, यी सबै कठिनाइहरूमाथि उनीहरूको जोस भारी छ । “जब एक जना पर्यटकले भन्छ, ‘वाह, धेरै राम्रो फोटो आएको छ,’ तब हामी सबै दुःख बिर्सन्छौँ,” मुस्कुराउँदै मुजम्मिलले भन्नुभयो । यी युवाहरूलाई हेर्दा लाग्छ—देशमा केही गर्न सकिन्छ भन्ने भनाइ केवल नारा होइन, व्यवहारमा उतार्न सकिने सत्य पनि हो ।

उनीहरूले प्रमाणित गरेका छन्, कि वैदेशिक रोजगारी नै एक मात्र विकल्प होइन । सीप, प्रतिबद्धता र स्वदेश प्रेमले पनि मानिसलाई आत्मनिर्भर बनाउँछ । “हामी पैसा कमाइरहेका छौँ, तर त्यो पैसासँगै हामीले हाम्रो आत्मसम्मान पनि कमाइरहेका छौँ । हामी काम गरिरहेका छौँ, तर त्यो काममा माया, सम्मान र देश प्रेम मिसिएको छ,” दिनेशको यो भनाइमा ती सबै युवाको आवाज समेटिएको छ ।

आजका जेन्जी पुस्ताका लागि पनि यी चार युवाको उदाहरणले राम्रै प्रेरणा दिनसक्ने पार्कमा घुम्न आउनु जो कोही पनि भन्ने गर्दछन् । आज उनीहरूको सजावटले वाटरपार्क झलमल देखिएको छ । पर्यटक रमाइरहेका छन् । फोटो खिचिरहेका छन् । अनि ती फोटोभित्र यी युवाहरूको मिहेनत, सपना र स्वाभिमान पनि कैद भइरहेको छ ।

नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन
राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।

सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पुर्‍याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण गरेको हो । नेपालगञ्जमा छाडा चौपाया सडक दुर्घटनामा पर्दै आएका छन् ।

उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उक्त एम्बुलेन्सको अधिकतम उपयोग गरिने बताउँदै पशुको उद्धार र व्यवस्थापनमा यसले सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । एनिमल नेपालका अध्यक्ष शोभा रायमाझीले दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अस्पताल वा सेल्टरसम्म पुर्‍याउन सहज बनाउन उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स प्रदान गरिएको बताउनुभयो ।

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका
राँझा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ को शुक्रबार वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताउनुभयो ।

“नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उपमहानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।”

नगर प्रमुख बिष्टले आनन्दनगर टोलमा नेपालगञ्ज–९ को वडा कार्यालय भवन शिलान्यास गर्नुभएको हो । उहाँले निर्धारित समयमै कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा वडाको रु २५ लाख बजेट र बाँकी नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिनुभयो । भवन निर्माणको लागि रु ४० लाखमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उहाँले बताउनुभयो ।

वडासचिव तेजबहादुर सिंहले वडा कार्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी योजनाका साथ काम सुरु गरिएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका–४, ५, ६, ७, ८,९ र ११ वडा कार्यालय अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् । रासस

कान्ति ताल आसपासका पूर्वाधार जीर्ण
राँझा । संरक्षण अभावमा यहाँको नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताउनुभयो ।

“तालमा वरिपरि बनाएका संरचना तोडफोड भएका छन्,” उहाँले भन्नुभयो, “सुरक्षाका लागि सरोकारवाला निकायलाई पटक पटक खबर गरे पनि सुनुवाइ भएको छैन ।”

करिब एक हजार आठ सय मिटर रेलिङमध्ये तीन सय मिटर रेलिङ तोडफोड गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । ताल वरिपरि पर्खाल लगाउने, रेलिङ राख्ने र ताललाई परिक्रमा गर्ने फुटपाथ र नालीसहितको सडक निर्माण गरिएको छ ।

ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरपालिकालाई राजस्व बुझाउनेगरी ठेक्का लिनुभएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेको हुनसक्ने बताउनुहुन्छ । तालका संरचनाको सुरक्षा जिम्मा पनि ठेकेदार पक्षकै रहेको छ । त्यसका लागि ठेकेदार पक्षले एकजना चौकीदार खटाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले रातको समयमा लागुऔषध दुव्र्यसनीहरूले तालको संरचना तोडफोड र चोरी गरेको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । उहाँले त्यस्ता गतिविधि रोक्ने विषयमा ठेकेदार पक्षलाई सचेत गराइएको जानकारी दिनुभयो । रासस

सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली
जानकी । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा र फूलका बोटलाई संरक्षण गर्न तारजाली लगाउने काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन रायले फूलका बोटलाई छाडा पशुचौपायाबाट जोगाउन तथा मानिसले जथाभावी रूपमा भाँचिदिने र बिरुवा उखेलेर लगिदिने भएको हुनाले तारजाली लगाउन सुरु गरिएको हो । “सडकको सौन्दर्य बढाउन हामीले यहाँ विभिन्न प्रजातिका बिरुवा र फूलका बोट रोपेका छौँ”, उहाँले भन्नुभयो, “छाडा पशुचौपायाले बोट भाँचिदिने र मानिसले फूल टिप्ने क्रममा हाँगा नै भाँचिदिएर सडकको सौन्दर्यतालाई अझै बिगारेकाले तारजाली लगाउन सुरु गरेका हौँ ।”

सडक दुर्घटना रोक्न पनि तारजाली लगाउन आवश्यक भएको उपप्रमुख रायले जानकारी दिनुभयो । “तारजालीले छाडा पशुचौपायालाई मात्र नभई जथाभावी बाटो काटेर हिँड्ने यात्रीलाई पनि जेब्राक्रसबाट बाटो काट्न सिकाउने छ ।” बिपी चोकबाट लगाउन सुरू गरिएको उक्त तारजाली (ग्रीन बेल्ट) धम्बोझी चोकसम्म लगाइने उपप्रमुख रायले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८०/८१ को बजेटअनुसार उक्त तारजाली रु २५ लाख लागतमा नेपालगञ्ज उपमहानगरपालिकाले लगाउन सुरू गरेको हो । गत वर्षको योजना गरेको तारजाली लगाउने कार्यक्रमलाई भने यस आर्थिक वर्षबाट लगाउन सुरु गरिएको छ । एक हप्ता पहिलेदेखि नै छजना कामदारले तारजाली लगाउन सुरु गरेका छन् । रासस

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली
राँझा । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उहाँले बताउनुभयो ।

नेपालगञ्जको गणेशपुर चोकमा पनि विगत सात वर्षदेखि बच्चा राहीको नेतृत्वमा अग्लो ताजिया राख्ने गरिएको छ । यो वर्ष पनि ६० देखि ७० फिटसम्म अग्लो ताजिया राखिएको राहीले बताउनुभयो । “यो हाम्रो परम्परा बनेको छ, सात–आठजनाले पैसा लगाउँछौँ, टोलका सबैजसोले सहयोग गर्नुहुन्छ”, राहीले भन्नुभयो, “अग्लो ताजिया ‘फिट’ भएपछि मनमा शान्ति र खुसीयाली हुने गरेको छ ।”

राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन् । चाँदबाबुले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आउनुभएको छ । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताउनुभयो ।

बाँकेमा मात्रै रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलामा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । उहाँले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताउनुभयो ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उहाँले बताउनुभयो ।

पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् । बाँकेमा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मोहर्रम पर्वलाई मनाइरहेको मोहर्रम तथा कर्बला संरक्षण समिति नेपालगञ्जका महासचिव मोहम्मद हारुन हलवाईले जानकारी दिनुभयो । यो पर्व सबैले मिलेर मनाउने तथा सबैले ताजिया ९इमाम हसन र हुसैनको समाधिको प्रतीक० राख्ने हुँदा यसलाई सद्भाव र एकताको पर्व मानिन्छ ।

गए राति घरघरमा राखिएकोे ताजिया आज जुलुससहित सेलाउने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव हलवाईले जानकारी दिनुभयो । हजरत हुसैन र हसनको सहादतको सम्झनामा अरबी क्यालेण्डरअनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा उहाँहरूकै सम्झनामा कागज र काठबाट बनाइएका ताजिया राख्ने परम्परा छ । रासस

नेपालगञ्जको बजेट रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि कूल रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको उमहानगरपालिकाको १५औँ अधिवेशनमा उपप्रमुख कमरुद्धिन राईले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आवका लागि विनियोजित बजेट चालु आवको भन्दा करिब रु ३५ करोड कम हो ।

प्रस्तावित बजेटमा आम्दानीतर्फ सङ्घका तर्फबाट ससर्त अनुदान रु ६१ करोड २४ लाख ७७ हजार, समपूरक अनुदान रु एक करोड र विशेष अनुदान रु एक करोड ५० लाख विनियोजन गरिएको छ । त्यस्तै, प्रदेशका तर्फबाट ससर्त अनुदान रु दुई करोड चार लाख, समपूरक अनुदान रु एक करोड ४० लाख रहेको छ । वित्तीय समानीकरण सङ्घको रु २७ करोड ९५ लाख, प्रदेशको रु दुई करोड पाँच लाख तथा आन्तरिक आयतर्फ रु २० करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै राजस्व बाँडफाँट, राजस्व बाँडफाँट रोयल्टी, घर जग्गा रजिष्ट्रेसन ९मालपोत०, आन्तरिक आय, आन्तरिक आय ९मौज्दात०लाई उपमहानगरपालिकाले कूल आम्दानीका रुपमा उल्लेख गरेको छ ।

व्ययतर्फ चालु खर्च रु ३५ करोड ५२ लाख, सङ्घ समपुरक खर्च रु एक करोड, प्रदेश समपूरक खर्च रु एक करोड ४० लाख, अन्य समपूरक रु ७५ लाख, २३ वडा कार्यालयका लागि रु २० करोड विनियोजन गरिएको बजेट वक्तव्यमार्फत उपप्रमुख राईले जानकारी दिनुभयो । त्यसबाहेक वित्तीय व्यवस्था ९सावा०, वित्तीय व्यवस्था ब्याज भुक्तानी, नगरस्तरीय प्रवर्द्धनात्मक, विषयगत शाखा उपशाखालगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

उपमहानगरले निर्माण गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न, विद्यालय अनुगमन, खेलकुद कार्यक्रममा जोड दिँदै करको दरभन्दा दायरालाई फराकिलो पारी आन्तरिक आय वृद्धि गर्ने नीतिअनुरुप राजस्वको दायरामा नआएका क्षेत्रलाई ल्याउने गरी बजेट विनियोजन गरिएको उपप्रमुख राईले बताउनुभयो । उहाँले समग्र नगर विकासका लागि आर्थिक, पूर्वाधार, सामाजिक, वन तथा वातावरण, विपद् व्यस्थापन, संस्थागत सुशासन लगायतका विषयलाई बजेटले समेटेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको आज बसेको १५औँ नगरसभा बैठकमा उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उपमहानगर प्रमुख प्रशान्त विष्टले उपमहानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई धार्मिक सहिष्णुता र मानवमैत्री सहरका रुपमा रुपान्तरण गर्न जोड दिइएको बताउनुभयो ।

उहाँले विभिन्न ताल, तलैया तथा पार्कको पहिचान, स्तरोन्नति तथा निर्माण गरी संरक्षण तथा संवर्द्धन गर्ने उल्लेख गर्नुभयो । उपमहानगर–२० मा जलन उपचार केन्द्र निर्माणका लागि आवश्यक पहल गर्न  नीति कार्यक्रमले जोड दिएको छ ।

नीति तथा कार्यक्रममा उपमहानगरलाई स्वास्थ्य प्रवर्द्धनात्मक सहरको रुपमा रुपान्तरण गर्दै लैजाने, घरघरमा दक्ष जनशक्ति खटाई नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्थापन गर्ने, लक्षित वर्गलाई नि:शुल्क एम्बुलेन्स सेवा, नि:शुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमको निरन्तरता, अपाङ्गता भएकाको स्वास्थ्य बीमा, विद्यालयमा सूचना प्रविधिमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयको विपद् व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयका पूर्वाधार अपाङ्गमैत्री, लैङ्गिकमत्री वातावरण निर्माणमा जोड दिनेलगायत कार्यक्रम समेटिएका छन् ।

यस्तै पर्यटन प्रवर्द्धनका लागि ‘भिजिट वेष्टर्न नेपाल २०८१’ सञ्चालन, नगरभित्रका विभिन्न धार्मिक स्थलहरुको संरक्षण, कृषि कार्यमा कृषि मेसिनरी, औजार उपकरण तथा नवीनतम प्रविधिको प्रयोगमार्फत बाली उत्पादन लागत न्यूनीकरण गरी कृषकको आम्दानीमा वृद्धि गर्दै लैजाने, प्राङ्गारिक खेतीका क्षेत्र विस्तार गर्ने, छाडा पशु व्यवस्थापनका लागि छिमेकी पालिकासँग समन्वय, सहकार्य गर्दै कान्जीहाउसको स्तरोन्नति गर्ने, पशुको नस्ल सुधार गर्न गाईभैँसीमा नि:शुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको नगरसभाको बैठकमा उपमहानगरका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष प्रमोद रिजाल, वडा नं २१ का अध्यक्ष राजकुमार साहु, वडा नं १८ का अध्यक्ष अध्यक्ष दीपककुमार बर्मा, वडा नं ४ का अध्यक्ष गोपाल पुन, वडा नं २० का अध्यक्ष कौशलकुमार धोबी, वडा नं ५ का अध्यक्ष सराफत अलि शेष र वडा नं २ का मनोजकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज
जानकी । नेपालगञ्ज उपमहानगरपालिकाले धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनलाई अभियानका रुपमा अगाडि बढाएको छ । नयाँ वर्ष २०८१ को प्रारम्भसँगै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।

पहिलो चरणमा सचेतना प्रवर्द्धन र कानुनी प्रावधानबारे सचेत बनाउने गरी उपमहानगर अगाडि बढेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । धूमपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत बिक्री वितरण, सार्वजनिक ठाउँमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ अभियान थालिएको उहाँले जानकारी दिनुभयो ।

धूमपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई आमनागरिकमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइने प्रमुख विष्टको भनाइ छ ।

सचेतना प्रवर्द्धको अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति उपमहानगरले लिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । उहाँले सार्वजनिक ठाउँ, निकाय र पसलहरुमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज बिहान प्रभातफेरी गरेर अभियानको औपचारिक सुरुआत गरेको छ । धूमपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण, नियमन तथा सचेतनामूलक प्रभातफेरी गरिएको प्रमुख विष्टले बताउनुभयो । भेरी अस्पतालबाट सुरु भएको प्रभातफेरी त्रिभुवनचोकमा पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सर्वसाधारण, पत्रकारलगायतको उपस्थिति थियो ।

प्रभातफेरी पश्चात् आयोजित कार्यक्रमलाई नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख कार्कीले सम्बोधन गर्दै धूमपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आम नगरवासीको साथ आवश्यक रहेको बताउनुभयो । स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि प्रत्येक नागरिकले स्वत:स्फूर्त धूमपान र सुर्तिजन्य पदार्थ त्याग्ने प्रतिज्ञा गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

धूमपान र सुर्तिजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सर जस्ता खतरनाक रोगको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार कूल मृत्युको १५ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको छ । २९.९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको प्रमुख विष्टले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था
जानकी । शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । उहाँका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरिएको छ । नगर प्रमुख विष्टले अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकमा समेत दाउरा वितरण गर्ने बताउनुभयो ।

“शीतलहरको सुरुआतसँगै चिसो अत्यधिक बढेकाले सर्वसाधारणको सहजताका लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएका हौँ”, नगरप्रमुख विष्टले भन्नुभयो, “जाडोका कारण आगो ताप्न नपाएर बाँकेमा कसैले पनि ज्यान गुमाउनु पर्ने छैन ।”

नेपालगञ्जका रामलीला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पीपल चौतारा खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

उक्त दाउरा वितरण र सामूहिक आगो ताप्ने कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख बोगटीलगायतको उपस्थिति थियो । रासस

नेपालगञ्जमा सात पसलमा आगलागी, लाखौँको क्षति
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ ।

विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भन्नुभयो, “सामान अधिकांश जलेर नष्ट भएको छ, क्षतिको विवरण सङ्कलन हुँदैछ ।”

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खडकाले नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताउनभयो । आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो ।

नेपालगञ्जमा ई–रिक्सा व्यवस्थापन गर्दै उपमहानगरपालिका
राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताउनुभयो ।

उहाँका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा छलफल भएको छ ।

नागरिकले दुःख नपाउने गरी ई–रिक्साको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने बताउँदै नगर प्रमुख बिष्टले नेपालगञ्ज उपमहानगरपालिका एक्लैले ई–रिक्सा व्यवस्थापन गर्न सम्भव नभएकाले यसमा सबै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

ई–रिक्सा व्यवस्थापन नगरको प्रमुख समस्याका रुपमा रहेकाले यसको उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको नगर उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो । ई–रिक्सा नगरको ठूलो समस्याका रुपमा रहेकाले निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चारपाङ्ग्रे र तीनपाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताव पेस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो ।

उहाँले ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकसमक्ष लिखित प्रस्तावसमेत पेस गर्नुभएको छ । अव्यवस्थित ई–रिक्साकाका कारण नेपालगञ्जमा ट्राफिक जाम हुनाका साथै सडक दुर्घटनासमेत बढ्दै गएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

नेपालगञ्जमा नीति, कार्यक्रम र बजेट प्रस्तुत
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको ११ औँ नगरसभामा आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दीन राइले उपमहानगरको बजेट विहिबार सभामा प्रस्तुत गर्नुभएको हो । उपप्रमुख कमरुद्दीन राईले रु एक अर्ब ६३ करोड ६५ लाख ४०० बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

नगरप्रमुख विष्टले नीति कार्यक्रममा नेपालगञ्जलाई आगामी पाँच वर्षभित्र सम्वृद्ध नेपालगञ्ज, सुखी नगरवासीको रुपमा रुपान्तरण गर्ने उल्लेख गर्दै पन्ध्र वर्षभन्दा माथिका निरक्षर जनसङ्ख्याको लागि निरन्तर शिक्षाको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

नीति कार्यक्रममा बागेश्वरी मन्दिरको ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धन र सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाइने, सहरको फरक पहिचान हुने गरी १०८ फिट हनुमान मूर्ति निर्माण गरिने, नगरभित्रका विभिन्न मन्दिर, मस्जिद, चर्च तथा गुम्बाको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटन प्रवद्र्धन गरिने उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरको वडा नं २० स्थित राझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गरिने, व्यवस्थित सहरी विकास नीति, भूमि व्यवस्थापनसम्बन्धी नीति, शिक्षा, युवा तथा खेलकुद नीति, सुशासन तथा संस्थागत विकास नीतिअन्तर्गत हरेक महिनाको १ गते उपमहानगरका कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन सञ्चालन नगर्ने कुरा समेत नीति कार्यक्रममा जनाइएको छ ।

कृषक पहिचानका लागि किसान परिचयपत्र कार्यक्रम, कृषि र पशुसेवासँग सम्बन्धित विभिन्न पकेट विकास कार्यक्रम, पशु एम्बुलेन्सको व्यवस्थापन गरी पशु उपचारको लागि व्यवस्था, दुग्ध पदार्थ, मासुको गुणस्तर र स्वच्छतालाई कायम राख्न बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ्य मासु र गोठदेखि ओठसम्म स्वस्थ्य दूध कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । नीति कार्यक्रममा सहकारी नीति, वन, वातावरण संरक्षण सरसफाइ तथा विपद् व्यवस्थापन नीति, उपभोक्ता हित संरक्षणसम्बन्धी नीतिमा समेत जोड दिइएको छ ।

‘नेपालगञ्ज उपमहानगरपालिकालाई अपाङ्गमैत्री बनाइने छ’- नगरप्रमुख विष्ट
राँझा । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिका कार्यालयलाई अपाङ्गमैत्री बनाइने बताउनुभएको छ ।

उपमहानगरपालिकामा निर्वाचित भए पश्चात आज पदभार ग्रहण गर्दै उहाँले अपाङ्ग र ज्येष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, ज्येष्ठ नागरिकलाई सहज तरिकाले वडा कार्यालयबाटै बैंकिङ प्रतिनिधिमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने, भेरी अस्पतालमा बिरामी तथा कुरुवाका लागि सहज तरिकाले खानाको व्यवस्थापन गरिरहेको अञ्जनी माता रसोईलाई प्रति महिना रु एक लाख प्रदान गर्नेलगायतका निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट उपमहानगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दीन राई निर्वाचित हुनुभएको थियो । निवर्तमान नगरप्रमुख डा धवलसम्शेर राणाले विष्टलाई र निवर्तमान उपप्रमुख उमा थापामगरले राईलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा ९एमाले० का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराउनुभयो । उहाँ २३ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको छ । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत पाउनुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई विजयी हुनुभयो । उहाँले एमालेकी शान्ति ढकाललाई पछि पार्दै १७ हजार ९५० मतले विजयी हुनुभएको छ । ढकालले १० हजार ९१५ मत पाउँदा राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा कूल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेकामा ६१ हजार २०५ मत खसेको थियो । उपमहानगरपालिकामा एक हजार ४९ मत बदर भएको थियो । २३ वडा रहेको उपमहानगरपालिकामा जसपा ६, कांग्रेस पाँच, एमाले पाँच, माओवादी केन्द्र चार र राप्रपा तीन वडामा विजयी भएको छ ।

बाँकेमा हालसम्म तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ । दुई गाउँपालिकामा कांग्रेस र एउटामा गठबन्धनका उम्मेदवार निर्वाचित हुनुभएको छ । रासस

नेपालगञ्जमा कांग्रेस अगाडि
नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ ।

गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले आठ हजार ३४० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपति मिश्रले चार हजार ३७७ प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका नन्दलाल वैश्यले तीन हजार ३६१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धिन राईले छ हजार ७८८ मतका साथ अग्रता लिइरहनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका बिन्दु धर्तीमगरले चार हजार ३६१ मत प्राप्त गर्नुभएको छ । नेपालगञ्जमा अहिलेसम्म १, २, ३, ४, ५ १९, २०, २१, २२ र २३ वडाको मत गणना सकिएको छ । अहिले वडा नं ६, ७ र १८ को मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो । रासस

नेपालगञ्जमा कांग्रेसकै अग्रता
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गर्नुभएको छ ।

राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाउनुभएको छ ।

उपप्रमुखमा जसपाका कमरुद्दिन राईले एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गर्नुभएको छ । वडा नं २२ र २३ को मतगणना सकिएको छ ।

अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो ।

मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो ।

नेपालगञ्ज– २३ मा कांग्रेस विजयी
नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी हुनुभएको थियो ।

बेहनाले जनता समाजवादी पार्टीका मोहम्मद हुसेन शेषलाई पराजित गर्नुभएको हो । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष शेषलाई बेहनाले २३२ मतका साथ पराजित गर्नुभएको हो ।

शेषले १९४ मत पाउनुभएको थियो ।