नेपाली विद्यार्थी – News Polar

परराष्ट्रमन्त्रीको पहलमा हेल्प डेस्क स्थापना, नेपाली विद्यार्थीलाई बङ्गलादेशबाट फर्कन सहज
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको विशेष पहलमा बङ्गलादेशको विद्यार्थी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई स्वदेश फर्कन सहज भएको छ ।

परराष्ट्र मन्त्री डा राणाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न यसअघि नै निर्देशन दिनुभएको थियो । सो बमोजिम मन्त्रालयमा सो डेस्कको स्थापना भई आवश्यक सम्पर्क व्यक्तिसमेत तोएिको छ ।

सो कुराको जानकारी मन्त्रालयले हिजो नै सूचना जारी गरी दिएको छ । सो सूचनामा समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले व्यवस्था गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरिएको छ ।

मन्त्री डा राणले आर्फैँले ढाकास्थित नेपाली राजदूताबाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न तथा नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन निर्देशन दिनुभएको छ ।

यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । ती विद्याथीरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेज लगायतका स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

आज केहीबेर अघि यहाँ आइपुगेका ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयले नेपाल फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूताबासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध पनि गरिएको छ ।

उता दूतावासले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किन विद्यार्थीलाई सूचित गरेको छ । आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।

सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण शनिबारसम्म करिब आठ सय नेपाली विद्यार्थी नेपाल आइसकेको मन्त्रालयले हिजो नै जनाएको थियो ।

आन्दोलन चर्किएपछि स्वदेश फर्किए बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी
काठमाडौँ । बंगलादेशमा आरक्षण कोटाको बिरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

आईतवार बिहान उनीहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । अहिलेसम्म करिव ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ । बंगलादेशमा जारी आन्दोलनका कारण ३५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो ।

आन्दोलन थप भड्किएपछि बंगलादेश सरकारले शनिवारदेखि नै कफ्र्यू आदेश जारी गरेको छ । बंगलादेशमा रहेका अन्य नेपालीहरुलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ । बंगलादेशबाट आज नेपाल फर्किएका विद्यार्थी सदीक्षा बस्नेतले आफूहरु एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएको बताउनु भयो । उहाँले अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि देश छोडेर स्पेन भागेको खबर पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएका थियौँ । यस्तो अवस्था आएपछि हामी तीन चार दिनअघि देखि नै आउन खोजेका थियौँ । ढाकाको कलेज हो हाम्रो । हामीले कम्युनिकेसनबाट टाढा गरेको थियो । त्यहाँको प्रधानमन्त्री भागेर स्पेन गइसक्नुभएको छ । हामीलाई नोटिस आएको दिनदेखि नै धेरै नै साथी फर्किसक्नुभएको छ । हामीलाई कलेजले सेभ छ भनिरह्यो ।’

त्यस्तै अर्का दुई विद्यार्थीले आफूहरुकै छेउछाउमा मानिसहरु मरिरहेको जानकारी पाएपछि आफूहरु त्रस्त बनेको बताए । उनीहरुले आफूहरुलाई एम्बेसीको सवारीसाधनले विमानस्थलसम्म छोडेको बताए । उहाँले भन्नुभयो, ‘हाम्रै छेउछाउमा मानिसहरु मरिरहेका थिए । बाटोमा पुलिस थिए । ठाउँ ठाउँमा बसिरहेका थिए । एम्बेसीको गाडीले ल्याइदिएको हो । नेपाल जाने भनेपछि सहजै ल्याइदिनु भयो ।’

त्यस्तै अर्की विद्यार्थी आदना सुवेदीले एम्बेसीले स्वदेश फर्काउन कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले फोन गर्दा समेत बंगलादेशस्थित नेपाली दुतावासले नउठाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एम्बेसीले सहयोग गरेन । गाडी पठाएन । एम्बेसीले फोन पनि उठाएन ।’

परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।

हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ नेपालीलाई भोलि उद्धार गरी काठमाडौं ल्याइने
काठमाडौं । सरकारले हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ जना नेपाली विद्यार्थीलाई उद्धार गरी भोलि काठमाडौं ल्याउने भएको छ ।

बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्र्थीलाई काठमाडौं फर्काउन लागिएको हो । विद्यार्थीका परिवारको माग बमोजिम १७ जना विद्यार्थीहरुलाई काठमाडौँ फर्काईंदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राति १० बजे सामाजिक सञ्जालमार्फत् विद्यार्थीलाई फर्काउन लागिएको जानकारी दिनुभएको हो ।

विद्यार्थीका अभिभावकहरुले आज प्रधानमन्त्री ओलीसँग भेट गरी विद्यार्थीको उद्धार गरिदिन आग्रह गरेका थिए । त्यही आग्रहबमोजिम भोलि उनीहरुलाई नेपाल फर्काउन लागिएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– बंगलादेशको इनाम मेडिकल कलेजमा पढ्ने १७ जनालाई भोलि बिहान ४ बजे ढाका एयरपोर्टमा ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ । नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरेको छ ।’

माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु
सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । पानीको छालले समुद्रमा पुर्‍याएपछि उनीहरुको मृत्यु भएको हो ।

गोरखा र र दोलखा घर भएका २२ र २५ वर्षका युवाको मृत्यु भएको हो । उनीहरुको शव फेला परेको छ ।

सोमबार साँझ यी विद्यार्थी कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न पुगेका थिए । तर लाइफ ज्याकेट र सुरक्षित कवचबिना नै सामान्य पहिरनमा माछा मार्न गएका उनीहरूलाई पानीको छालको बहाबले समुद्रमा तानेपछि उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

विद्यार्थीलाई समुद्राको छालले तानेर लगेपछि हेलिकोप्टर र स्थानीय मरिन र पारमेडिक्सको टोली उद्धारका लागि खटिएको थियो । तर जिवितै उद्धार गर्न नसकिएको हो ।

अस्ट्रेलियामा यस वर्ष मात्र समुद्रमा डुबेर वा अन्य कारणले दशभन्दा बढी नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन् ।

भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने
काठमाडौँ । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताउनुभएको छ ।

पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उहाँले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिनुभएको थियो ।

भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिनुभयो । सो क्रममा धार्मिक पर्यटन र महाकाली नदीमा दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र सिँचाइको समस्या तथा तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।

भेटका क्रममा मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गर्नुभएको स्वकीय सचिव तिवारीले जानकारी दिनुभयो । हालै भारतीय जनता पार्टीका तर्फबाट धामी दोस्रो पटक मुख्यमन्त्री हुनुभएको हो । रासस