नेपाल–भारतबीचको सम्बन्ध धार्मिक – News Polar

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

भारतीय च्यानल ‘एनडिटिभी’सँग आज विशेष संवाद गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशको बहुआयामिक सम्बन्धलाई थप सृदृढ गर्न सरकार तत्पर रहेको बताउनुभएको हो ।

नेपाल र भारतबीच खुला सीमाना भए पनि एकले अर्काे देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मौरिससमा भएको कार्यक्रममा आफू र भारतीय समकक्षी एस जयशङ्करसँग भएको भेटको सन्दर्भ उल्लेख गर्दै उहाँले सम्भव भएका सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।

मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभयो ।

उहाँले बङ्गलादेशमा नेपालको विद्युत् निर्यातका लागि भारतको साथ रहने विश्वाससमेत व्यक्त गर्नुभयो ।

“हामीले विगतका कुरा लिएर आएका छैनौँ । विगतमा हामीले दुई ठुला छिमेकी मुलुकबाट विकासको लाभ जति लिन सक्नुपर्दथ्यो, त्यति सकेनौँ । अब पारस्परिक लाभ, सकारात्मक भविष्यका लागि कूटनीतिक सम्बन्ध प्रयोग गर्छौं”, मन्त्री खनालले भन्नुभयो, “हामीले अझ राम्रो सहकार्यका क्षेत्र पहिचान गर्दै नेपाली जनताको जीवनयापनलाई सबलीकरणका लागि नयाँ र बहुआयामिक सहकार्य स्थापित गर्नेछौँ ।”

रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र सरकारबाट भएको भव्य स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा लिन उत्प्रेरणा मिलेको उहाँको भनाइ थियो ।

नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने मन्त्री खनालको विश्वास थियो । रासस

नेपाल–भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिक : उपप्रधानमन्त्री सिंह
ललितपुर। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताउनुभएको छ ।

भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतावास काठमाडौँद्वारा ललितपुरको पाटन दरबार क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्तव्य राख्दै उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपाल भारत सम्बन्ध आगामी दिनमा थप दिगो र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल भारत सम्बन्ध विशेष प्रकारको छ, हाम्रो खुला सीमा खुला छ, मिल्दोजुल्दो सभ्यता र संस्कृति रहेको छ, हाम्रो आपसी समन्वय र सहकार्यले अझै परिस्कृत र विकसित हुने मेरो विश्वास छ”, उहाँले भन्नुभयो । रासस