परराष्ट्रमन्त्री शिशिर खनाल – News Polar

परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल जेठ २२ देखि २४ गते (जुन ५–७) सम्म भारत भ्रमणमा जान लागेका हुन्।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतका विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटका क्रममा दुवै पक्षबीच व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ।

उच्चस्तरीय भ्रमण आदान–प्रदानको नियमित प्रक्रियाअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए । रासस

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच आज साँझ टेलिफोन संवाद भएको छ ।

संवादका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गर्दै नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा मन्त्री खनालले बधाई सन्देशप्रति आभार व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट नेपालको समग्र विकासमा निरन्तर सहयोगका लागि अमेरिकी सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बारेमा बताउनुभएको थियो । उपविदेशमन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकास प्राथमिकताको प्रशंसा गर्दै उक्त प्रक्रियामा अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, उहाँहरूबीच नेपाल र अमेरिकाबीचको आठ दशक लामो सहकार्यपूर्ण सम्बन्धबारे पनि छलफल भएको थियो । साथै उहाँहरूले पारस्परिक हितका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । रासस

एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनुभएको छ ।

एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) केन्द्रीय समितिका तर्फबाट उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक भएको मस्यौदा एकप्रकारले ‘शून्य ड्राफ्ट’ भएको जानकारी दिँदै त्यसमा सबै पक्षसँग बृहत् छलफल गरेर मात्र संसद्मा पेस हुने बताउनुभयो ।

एएनओले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो । एएनओको ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री खनालले यो विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसद्मा पेस गर्नुअघि यस विषयमा सरोकार भएकाहरू सबैसँग रायसुझाव लिइने आश्वासन दिनुभयो ।

त्यस अवसरमा उपाध्यक्ष पन्तले उक्त प्रस्तावित कानुनले नेपाली पन र नेपाली मनलाई नेपालसँग दीर्घकालसम्म सेतुका रुपमा जोड्न सक्नुपर्ने धारणा राख्नुभएको थियो । उक्त पत्रमा नेपाली उत्पत्तिका व्यक्तिसम्बन्धी परिभाषामा संशोधनको आवश्यकता रहेको, तीनपुस्ताभित्र र त्यस बाहिरका पुस्ताका विदेशिएका नेपालीलाई सम्बोधन गर्न मस्यौदामा व्यापक छलफल र परिमार्जनको आवश्यकता रहेको उल्लेख छ ।

प्रतिनिधिमण्डलमा एएनओका महासचिव चूडामणि भट्टराई, बोर्ड अफ ट्रस्टी सदस्य बाबुकृष्ण कार्की, एएनओ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटालगायत हुनुहुन्थ्यो ।  रासस

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री
काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवद्र्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिका–९ ले आज बिहान यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँगको कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्नुभयो । नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य–मान्यताका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध सन्तुलित, मैत्रीपूर्ण र बहुपक्षीय सहकार्यमा आधारित रहेको उल्लेख गर्दै राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य भएको बताउनुभयो । “परराष्ट्र मन्त्रालयभित्र हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई समयमै सेवा प्रदान गर्न म लागिपरेको छु । राहदानी वितरण प्रक्रियालाई निकै सहज बनाएका छौँ । पहिले हप्तौँ लाग्ने राहदानी अहिले आवेदन दिएको दुई–तीन दिनमै र कतिपय अवस्थामा भोलिपल्टै उपलब्ध गराउन सक्ने अवस्थामा पुगेका छौँ”, मन्त्री खनालले भन्नुभयो ।

उहाँले विदेशमा रहेका नेपालीका समस्या सम्बोधन गर्न ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको जानकारी दिनुभयो । अब विदेशमा अलपत्र परेका वा समस्यामा परेका नेपालीले उक्त एपमार्फत सिधैँ गुनासो दर्ता गर्न सक्ने र त्यसको अनुगमन मन्त्रीस्तरबाटै हुने व्यवस्था मिलाइएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनपछि सरकारले सार्वजनिक गरेको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको बताउँदै २०६३ पछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । फजुल खर्च नियन्त्रण गर्न मन्त्रालय घटाइएको उहाँको कथन थियो ।

मन्त्री खनालले गोँगबु क्षेत्रमा जमिनमुनिको पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शिवपुरी जलाधार क्षेत्रको पानी व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउनुभयो । चक्रपथ विस्तारको सम्झौता चीनसँग भइसकेकाले अब निर्माणले गति लिने तथा गोँगबु क्षेत्रको अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग समन्वय गरी तत्काल काम थालिने उहाँले बताउनुभयो । टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले सङ्घीय सरकारसँगको सहकार्यमा गोँगबु–टोखा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफू लागिपरेको बताउनुभयो ।

सरकारले सञ्चालनमा ल्यायो ‘मोफा मित्र’ एप, एपमार्फत गुनासो टिपाउन सकिने
काठमाडौ । सरकारले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो । कन्सुलर सेवा विभागमा मंगलवार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सुभारम्भ गर्नुभएको हो ।

अब ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफ्नै स्थानबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन् । यसले कन्सुलर सेवा थप प्रभावकारी बन्ने परराष्ट्रमन्त्री खनालले बताउनु भयो । विदेशमा रहेका नेपालीहरूको यकिन तथ्यांक नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै उहाँले सरकारले विभिन्न सरकारी निकाय, गन्तव्य मुलुक र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा नेपालीहरूको तथ्यांक संकलन शुरु गरेको जानकारी दिनुभयो ।

यसबाट भविष्यमा कन्सुलर सहायता र आपत्कालीन उद्धार कार्य छिटो तथा प्रभावकारी हुने उहाँको भनाई छ । विदेशमा रहेका नेपालीहरूले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले ‘मोफा मित्र’ एप विकास गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल ६ जना नेपालीमध्ये एक जना विदेशमा छन् । करिव ५० लाख नेपाली विदेशमा रहेको उल्लेख गर्दै उहाँले अप्ठ्यारो पर्दा कहाँ जाने, कसलाई सम्पर्क गर्ने भन्ने अन्योल हटाउन एउटै एपमार्फत सेवा दिने प्रयास गरिएको बताउनु भयो ।

उहाँले नेपालभित्र र विदेशमा रहेका नेपालीहरूले एप डाउनलोड गरी समस्या पर्दा सहज रूपमा गुनासो दर्ता गर्न सक्ने बताउनु भयो । गुनासोको अवस्थाबारे ट्रयाक गर्न सकिने र समयमा सम्बोधन नभए थप पहल गर्न सकिने व्यवस्था पनि गरिएको उहाँको भनाई छ । मन्त्री खनालले एपलाई आगामी दिनमा थप विस्तार र परिमार्जन गर्दै लाने पनि बताउनु भयो ।

मन्त्री खनालले ‘लिगल नेपाल कन्सुलर जिओभी एनपी’ अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार हाल उक्त प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग तथा करिव पाँच सय स्थानीय तहमा विस्तार भइसकेको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा सबै ७ सय ५३ स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । अनलाइन प्रणालीमार्फत विदेशमा समस्यामा परेका, अलपत्र परेका वा जेलमा रहेका नेपालीहरूको उद्धार तथा कानुनी सहायता, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउने वा विदेशमै अन्त्यष्टि गर्ने प्रक्रिया, बीमा तथा क्षतिपूर्ति दाबी लगायतका कार्यमा सहजीकरण भएको उहाँको भनाई छ । उहाँले परराष्ट्र मन्त्रालयका सेवाहरूलाई क्रमशः पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्य लिएको पनि बताउनु भयो ।

परराष्ट्र सेवालाई आर्थिक कुटनीति र संस्थागत सुधारमा केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कुटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

आईतवार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभएको हो ।

मन्त्री खनालले सिमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको रक्षा गर्न पूर्वप्रशासक र कुटनीतिज्ञहरूले निर्वाह गरेको भुमिका प्रशंसनीय रहेको बताउनु भयो ।

मन्त्री खनालले परराष्ट्र नीति आन्तरिक प्राथमिकताको प्रतिविम्व हुनुपर्ने उल्लेख गर्नुभयो । विश्व भू–राजनीतिमा भइरहेको तिब्र परिवर्तन, जलवायु संकट र प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूलाई सामना गर्न कुटनीतिक चातुर्य र रणनीतिक दूरदर्शिता आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री खनालले नेपालले विश्व परिवेशमा हुने परिवर्तनहरूको केवल प्रतिक्रिया मात्र नजनाई, तिनको पूर्वअनुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थागत सुधारको आवश्यकता औँल्याउँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई तथ्याङ्कमा आधारित कार्यप्रणालीमा लैजाने र पूर्ण रूपमा योग्यता प्रणाली लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो रणनीतिक ध्यान अब आर्थिक कुटनीतिमा केन्द्रित हुनुपर्छ । वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरण र बजार पहुँचका लागि परम्परागत शैलीलाई त्यागेर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ ।

वैदेशिक नियोगहरू अब केवल प्रशासनिक अड्डा मात्र नभई लगानी र प्रविधिका केन्द्र बन्नुपर्छ । नियोगको पदस्थापनलाई केवल अधिकारका रूपमा मात्र नभई कार्यसम्पादनमा आधारित जिम्मेवारीका रूपमा लिइनेछ ।’

मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र समृद्धिको पहिलो घेराका रूपमा स्थापित गर्ने संकल्प गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटरहित बनाइने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) र नेपालस्थित अष्ट्रेलियन दूतावासको सहकार्यमा यहाँ आयोजित ‘नेपाली डायस्पोरा इन अष्ट्रेलिया’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानुनी जटिलता रहेको उल्लेख गर्दै विद्यमान कानुनी संरचनाभित्र रहेर डायस्पोरासँगको सम्बन्ध थप सुदृढ बनाउने प्रयास भइरहेको बताए ।

नेपालका लागि अष्ट्रेलियाली राजदूत सिमोन अर्नेस्टले नेपाली डायस्पोरा विप्रेषणको स्रोत मात्र नभई नेपाललाई विश्वसँग जोड्ने महत्वपूर्ण सञ्जाल भएकामा जोड दिनुभयो । उहाँले नेपाली समुदायले अष्ट्रेलियामा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा प्रभाव विस्तार गरिरहेको उल्लेख गर्नुभयो । “डायस्पोराको मूल्य केवल रेमिट्यान्समा सीमित छैन, यसले नेपाललाई विश्वव्यापी सम्बन्ध विस्तार गर्ने अवसर दिएको छ”, उहाँले भन्नुभयो ।

प्रतिवेदनअनुसार सन् २०२५ जुनसम्म अष्ट्रेलियामा नेपाली मूलका व्यक्तिको सङ्ख्या दुई लाख १३ हजार ५८० पुगेको अनुमान छ । यो सङ्ख्या सन् २०२१ को तुलनामा उल्लेख्य वृद्धि हो । अध्ययनमा सहभागीमध्ये ६१ दशमलव १६ प्रतिशत उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको उल्लेख छ ।

अध्ययनले नेपाली समुदाय अष्ट्रेलियामा स्वास्थ्य, सूचना प्रविधि, इञ्जिनियरिङ, आतिथ्य तथा वित्तीय क्षेत्रमा सक्रिय रहेको देखाएको छ । सर्वेक्षणअनुसार ४५ दशमलव २७ प्रतिशत उत्तरदाताको वार्षिक आम्दानी ६५ हजारदेखि एक लाख २० हजार अष्ट्रेलियन डलरसम्म रहेको छ ।

आइआइडीएसका कार्यकारी अध्यक्ष डा विश्वास गौचनले नेपालमा आउने विप्रेषण मुलुकको कूल गार्हस्थ्य उत्पादनको ३० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै डायस्पोराको आर्थिक र बौद्धिक योगदानलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिवेदनले ३४ दशमलव ९९ प्रतिशत उत्तरदाताले औपचारिक लगानी गरेको देखाएको छ । तर अधिकांश लगानी अष्ट्रेलियामै केन्द्रित रहेको अध्ययनले जनाएको छ । नेपालमा लगानी विस्तारका लागि नीतिगत स्थायित्व, पारदर्शिता र लगानीमैत्री वातावरण आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए ।

अध्ययन प्रस्तुत गर्दै आइआइडिएसकी वरिष्ठ कार्यक्रम तथा अनुसन्धान सहायक स्नेहा घिमिरेले नेपाली डायरपोराका भूमिका विप्रेषणमा मात्रै सीमित नरहेको बताउनुभयो । उहाँका अनुसार लगानी, उद्यमशीलता, व्यापारिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान र ज्ञान हस्तान्तरणमा नेपाली समुदायको योगदान बढ्दो छ । रासस

दीर्घकालीन योजनामा केन्द्रित हुन स्थानीय तहलाई मन्त्री खनालको आग्रह
काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको छ । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।

उहाँले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो । “अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उहाँले भन्नुभयो । काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहनुभएका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उहाँको भनाइ थियो ।

मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उहाँको भनाइ छ । उहाँले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशकी सांसद एवम् पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा गरेको भन्दै आफ्नो स्रोत र साधनले भ्याएसम्म जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । सांसद श्रेष्ठले विकासको काममा कसैले पनि राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । पूर्वमन्त्री डा वंशीधर मिश्रले संविधानले दिएको अधिकारअनुसार कानुन निर्माण गरी कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।

उहाँले स्थानीयको इच्छा आकाङ्क्षाअनुसार स्थानीय सरकारले काम गर्नुपर्ने उल्लेख गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताले दिएको राय, सुझाव र सल्लाहलाई ग्रहण गर्दै नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउने उल्लेख गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले सामाजिक विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

उहाँले नगरपालिकाले विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, स्वास्थ्य जाँचका लागि मेयर दीर्घायु कार्यक्रम, बाल पोषण भत्ता कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, विभिन्न खोलामा ‘करिडोर’ निर्माणलगायत कामहरू गरेको बताउनुभयो । एक लाख ३७ हजार जनसङ्ख्या भएको टोखामा हाल ११ वडा रहेका छन् ।

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।

त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

शीघ्र सेवा प्रवाह र समस्या समाधानमा तत्परताका साथ प्रस्तुत हुन उहाँले निर्देशन पनि दिनुभयो । त्यसनिम्ति आफ्नातर्फबाट सहयोग हुने प्रतिबद्धता मन्त्री खनालले व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

बैठकमा आर्थिक वर्ष ०८२÷८३ को हालसम्मको कार्यसम्पादनको समीक्षा तथा मूल्याङ्कन भएका थियो । साथै, मन्त्रालयगत कार्यान्वयन प्रक्रियामा देखिएका अवरोध तथा चुनौती समाधान गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसहित मन्त्रालयका उच्च अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । रासस

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले विश्व जगत्लाई शान्तिको सन्देश दिएको बताउनुभएको छ ।

पच्चीस सय सत्तरीऔँ बुद्धजयन्तीका अवसरमा सूर्योदय योग ध्यान केन्द्रले आज तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित लोकतान्त्रिक उद्यानमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले बुद्धको शान्ति, करुणा र मैत्रीको सन्देशले सबैको जीवनमा प्रकाश छर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खनालले शान्तिका प्रतीक गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको चर्चा गर्नुभयो । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको शिशीर बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

गोँगबु आवास क्षेत्र सुधार समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष–२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले त्यसका लागि सरकारले आवश्यक काम गर्न सुरु गरिसकेको बताउनुभयो ।

मन्त्री खनालले भन्नुभयो,“जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर परिवर्तनको बाटो रोजेका छन्, वर्तमान सरकारले यसलाई खेर फाल्दैन । रास्वपाले वाचापत्रमा उल्लेख गरेअनुसार सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्छौं ।”

उहाँले भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेकाले मन्त्रिपरिषद्को बैठकले विसं २०६२ पछि उच्च ओहोदामा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न समिति गठन गरिएको उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री खनालले जनतालाई सहज रूपमा सेवा, सुविधा प्रदान गर्नका लागि सरकारले रातदिन नभनी काम गरिरहेको बताउनुभयो ।

“हामीले जनताले परिवर्तनको अनूभूति गर्नेगरी काम गरिरहेका छौँ । देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपाली नागरिकलाई पनि सुरक्षित राख्नका लागि सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो,“आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिन्छ । सहज ढङ्गले व्यापार व्यवसाय गर्ने वातावरण बनाउँछ ।”

काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री खनालले आफ्नो क्षेत्रभित्रको खानेपानी, ढल, सडकलगायत समस्या समाधानका लागि पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

भारतको निम्तो आएको छ, भ्रमणको मिति छिट्टै तय गर्छौंः परराष्ट्रमन्त्री खनाल
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो आएको जानकारी दिएका छन् ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नै भ्रमणको निम्तो आएको बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिने क्रममा पठाएको चिठीमा नै भ्रमणको निम्तो आएको जानकारी गराएका हुन् ।

नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्केका मन्त्री खनालले सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

उनले भ्रमणको तिथि मिति भने तय भइनसकेको र अब छिट्टै नै दुवै पक्षको परामर्श र सल्लाहमा भ्रमणको मिति तय गरिने बताए । उनले सो सम्मेलनमा पनि भारतीय समकक्षी डा एय जसशंकरसँग पनि भेटवार्ता गरेका थिए ।

उनले भने— उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा भारतीय समकक्षी एस जयशंकरसँगको साइडलाइन भेटमा समेत छलफल भएको थियो । हामीले दुवै पक्षको सल्लाह र परामर्शमा सो भ्रमणको मिति तय गर्ने विषयमा हामीले कुराकानी गरेका थियौँ ।

सो सम्मेलनमा मौरिससमा भएको उक्त कुराकानीबारेमा उनले भने, ‘नयाँ सरकारले आफ्नो प्राथमिकता निर्धारण गरिसकेपछि र दुवै देशका मन्त्रालयको प्राविधिक समितिले आफ्नो काम पूरा गरिसकेपछि मात्र उच्चस्तरीय राजनीतिक भ्रमण गर्ने भन्नेमा हामीले छलफल गरेका छौं ।’

मन्त्री खनालले तीन दिने मौरिसस भ्रमणमा नेपालको सहभागिता अर्थपूर्ण रहेको बताउँदै भ्रमणले नेपालको कूटनीतिमा नयाँ आयाम थपेको पनि स्पष्ट गरे ।

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ ।

मौरिससको पोर्ट लुइसमा आजदेखि सुरु भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उहाँले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री खनालले मध्यपूर्वमा भइरहेको द्वन्द्वका क्रममा नेपालले एक जनाको ज्यान गुमाइसकेको र अन्य केही घाइते भएको उल्लेख गर्नुभयो ।

“मध्यपूर्वमा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन् । लाखौँ नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन्, उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो”, उहाँले भन्नुभयो ।

मन्त्री खनालले द्वन्द्वका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएका र त्यसले इन्धन मूल्य, आपूर्ति शृङ्खला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको धारणा राख्नुभयो । ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ विषयक सम्मेलनमा उहाँले नेपालका लागि, सामूहिक संरक्षकत्वको सुरुआत एउटा सरल सत्यबाट हुने र हिमाल तथा महासागरको भविष्य एक–अर्कासँग अविच्छिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो ।

“नेपाल सरकारको दृष्टिमा संरक्षकत्व भनेको संकीर्ण स्वार्थभन्दा माथि उठेर साझा उत्तरदायित्व बहन गर्नु हो । यसका लागि समावेशी, पारदर्शी र नियममा आधारित बहुपक्षीय प्रणाली आवश्यक छ, जसले अन्तरराष्ट्रिय कानुन, सार्वभौमिक समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई मार्गदर्शन गर्छ”, मन्त्री खनालले भन्नुभयो ।

उहाँले नेपाल संवादको साझेदार, भूपरिवेष्ठित राष्ट्रहरूको आवाज र पहाड तथा महासागरबीचको सेतु बन्न तयार रहेको बताउनुभयो । नेपाल भुपरिवेष्ठित मुलुक भएपनि हिन्द महासागरसँग यसको सम्बन्ध प्राचीन, स्वाभाविक र अविभाज्य रहेको उल्लेख गर्दै मन्त्री खनालले इतिहासमा नेपाली व्यापारी, तीर्थयात्री र विद्वानहरूले हिमालदेखि महासागरसम्म जोड्ने मार्गहरू प्रयोग गरेको बताउनुभयो ।

“यी मार्गहरूले व्यापार मात्र होइन, विचार र दर्शन पनि प्रवाह गरेका छन् । विशेषगरी, लुम्बिनी (नेपाल) मा जन्मनुभएका गौतम बुद्धका शिक्षाहरू यिनै मार्गबाट फैलिएका हुन् । आज यही विचार आधुनिक विज्ञान र भू–राजनीतिमा पनि थप आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री खनालले हिन्दुकुश हिमालय क्षेत्र विश्वका अर्बौँ मानिसका लागि पानीको मुख्यस्रोत भएको उल्लेख गर्दै यहाँका हिमनदीहरू अन्ततः हिन्द महासागरमा मिसिने भएकाले तिनको भविष्यबारे पनि सोच्नुपर्नेमा जोड दिनुभयो ।

“जलवायु परिवर्तनले यस अन्तरसम्बन्धलाई अझ स्पष्ट र चिन्ताजनक बनाएको छ । नेपालमा हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ”, उहाँले भन्नुभयो, “अर्कोतर्फ, हिन्द महासागर तीव्र रूपमा तातिरहेको छ, जसले समुद्री सतह बढाएर टापु राष्ट्रहरूलाई खतरा पु¥याइरहेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घ र कोप सम्मेलनहरूमा यस विषयमा आवाज उठाउँदै आएको छ । यसै सिलसिलमा ‘सगरमाथा संवाद’ नामक अन्तरराष्ट्रिय मञ्च स्थापना गरेको छ ।”

नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेको र यसप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्री खनालले भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताउनुभयो । यो विशेष सुविधा नभई कानुनी अधिकार भएको पनि उहाँको भनाइ थियो ।

हिन्द महासागर विश्व व्यापार र ऊर्जा आपूर्तिको केन्द्र भएको बताउँदै मन्त्री खनालले नेपाल समुद्री आतङ्कवाद, डकैती, लागुऔषध र मानव तस्करी जस्ता चुनौतीप्रति चिन्तित रहेको उल्लेख गर्नुभयो । “हामी विवाद समाधानका लागि संवाद र अन्तरराष्ट्रिय कानुनको समर्थन गर्छौँ । हामी भूगोलले मात्र होइन, साझा जिम्मेवारीले पनि जोडिएका छौँ”, उहाँले भन्नुभयो । रासस

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको नीति सुनाउनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागिसमुदायसँग मिलेर प्रहरीले काम गरिरहेको बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको खानेपानी समस्या समाधानका निम्ति नगरपालिकाले सरकारबाट सहयोग चाहेको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्माले जनताको इच्छा पूरा गर्न सरकार लाग्नुपर्ने सुझाउ दिनुभयो ।

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।

आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उहाँले पूजाअर्चना गर्नुभएको हो । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गर्नुभएको थियो ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । यहाँ चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा लाग्ने गरेको छ ।

जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम (आफन्तलाई भोज खुवाउने) र पाँचौँ दिन सिन्दूरजात्रा र देवता विसाउने र सोही दिन लिङ्गो ढाल्ने प्रचलन रहेको स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिनुभयो ।