पशुचौपाया गुमाएका – News Polar

पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने
सङ्खुवासभा।  जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो तथा चट्याङका कारण भएको पशु चौपाया गुमाएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

समितिको आजको बैठकले पहिरो तथा चट्याङका कारण भएको पशुचौपाया गुमाएका पीडित परिवारलाई क्षतिवापत राहत उपलब्ध गराउने निर्णय गरेको  हो ।

समितिले २०८२ वैशाखमा जिल्लाका विभिन्न स्थानमा परेको चट्याङका ६२ वटा पशुचौपाया गुमाएका पाँच घर परिवारलाई विपद्जन्य पशुधन क्षतिवापत नगद रु चार लाख ९३ हजार राहत उपलब्ध गराउने निर्णय गरेको सङ्खुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष्पलाल भण्डारीलाई १२ वटा भैँसीको क्षतिवापत रु दुई लाख १६ हजार तथा पाँच वटा गाईको क्षतिवापत रु ७५ हजार राहत प्रदान गरिनेछ । सरोज कुलुङ र गङ्गाबहादुर मादेनलाई एक÷एक वटा गोरुको क्षतिवापत नही रु १५ हजार उपलब्ध गराइनेछ ।

टेकबहादुर गुरुङलाई ४३ वटा भेडा मरेको क्षतिवापत रु एक लाख ७२ हजार राहत प्रदान गरिने भएको साहयक प्रजिअ कार्कीले बताउनुभयो । पशुसेवा विज्ञ केन्द्र खाँदबारीको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विपद्जन्य पशुधन क्षति राहत कार्यक्रमका लागि प्राप्त रु पाँच लाखमध्येबाट उक्त राहत वितरण गरिने उहाँको भनाइ छ ।

बैठकले मकालु गाउँपालिका–५ निवासी दलबहादुर गुरुङको पशुधन क्षतिसम्बन्धी विषयमा राहतका लागि आवश्यक प्रक्रियाअघि बढाउने निर्णय गरेको हो ।

यही जेठ ९ गते परेको अविरल वर्षापछि आएको पहिराले गुरुङले फोक्टे क्षेत्रमा अस्थायी रूपमा राखेका भेडा बगाउँदा २५० मध्ये २१० वटा भेडा पुरिएर बेपत्ता भएका थिए ।

राहतका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको पत्रमार्फत कोशी प्रदेश कृषि, उद्योग तथा सहकारी मन्त्रालयमा प्रक्रिया अघि बढाइने भएको साहयक प्रजिअ कार्कीले बताउनुभयो ।

उत्तर–दक्षिण कोशी सडक कार्यालयले सडक निर्माणका क्रममा  अविरल वर्षा र अरुण नदीको कटानका कारण भएको क्षतिबाट विस्थापित डिल्लीकुमार  राईलाई नगद रु दुई लाख ५५ हजार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले बैठकले जिल्लाभर रहेका पुल, झोलुङ्गे पुल तथा अन्य संरचनाको जोखिम अवस्था अध्ययन गरी आवश्यक संरक्षण र मर्मतसम्भारका लागि पहल गर्ने निर्णय गरेको छ ।

भोटखोला गाउँपालिकाका इन्द्रबहादुर गुरुङ, रुनमाया गुरुङ तथा सुवर्णमाया राईको घर बाढीपहिरोबाट पूर्णरूपमा क्षति भएको उल्लेख गर्दै उनीहरूको निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

मकालु–२ सेदुवामा हिमान्द्री माध्यमिक विद्यालय र आसपासमा गएको पहिरोको अध्ययन गर्ने भएको छ । बैठकले विपद् जोखिम न्यूनीकरण, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयबीच समन्वयलाई अझ सुदृढ गर्ने निर्णय गरेको छ ।  रासस