पाँच दलीय गठबन्धन – News Polar

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका म्याद थप गर्ने सहमति
काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका समयावधि थप गर्ने विषयमा सहमति जुटेको छ । गठबन्धन दलका शीर्ष नेताको आज भएको बैठकमा सो सहमति जुटेको हो ।

बैठकमा समयावधि सकिन लागेका सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति व्यक्तिको छानबिन आयोगको समयावधि थप गर्ने विषयमा सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पोखरेलले जानकारी दिनुभयो । दुवै आयोगको समयावधि शनिबारसम्म मात्र रहेको र त्यससम्बन्धी विधेयक आजै टेबुल गरिनेछ ।

यसैगरी बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथि समेत छलफल भएको उहाँले बताउनुभयो । बैठकले सहमति गरी नागरिकतासम्बन्धी विधेयक पारित गर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका उपाध्यक्ष पोखरेललगायत हुनुहुन्थ्यो ।

प्रम देउवा संसदीय समितिमा अनुपस्थित, सत्ता गठबन्धनको बैठकका सहभागी
काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुकाके बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटार बैठक बसिरहेको छ ।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुग्नु भएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा आसन्न अमेरिका भ्रमण र एसपीपीबारे जानकारी गराउन प्रधानमन्त्री देउवालाई बोलाईएको थियो । तर प्रधानमन्त्री देउवा बैठकमा उपस्थित हुनु भएन ।

समितिको शुक्रबारको बैठकले आसन्न अमेरिका भ्रमणका क्रममा कुनैपनि विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिने दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवालगायत गठबन्धनका शीर्षनेता जनकपुरधाम आउँदै
जनकपुर ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता यहाँ आउन लाग्नुभएको छ ।

जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावीसभालाई कांग्रेस सभापति प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्षनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिनुभयो । रासस

आर्थिक विकास र भौतिक पूर्वाधारमा जोड दिँदै निर्वाचनमा होमियो पाँच दलीय गठबन्धन
काठमाडौं । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ ।

त्यसका अलावा गठबन्धनको तर्फबाट पनि स्थानीय तहको अधिकतम् परिचालन र अघिल्लो निर्वाचनमा भनिएजस्तै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यावहारिकरूपमा कार्यान्वयन गराउने लक्ष्य राखिएको छ । जनताको घर–आँगनको सरकार भएकाले पनि स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ केन्द्रमा राखिएको छ ।

गठबन्धनका तर्फबाट देशव्यापीरूपमा सार्वजनिक भएका घोषणापत्र र त्यसले सम्बोधन गर्न खोजेको विषयले पनि स्थानीय सरकार आफैँमा महत्वपूर्ण रहेको तथ्यलाई आत्मसात् गरिएको छ ।

माओवादीले ‘सामाजवादोन्मुख समृद्धिका लागि माओवादीको नेतृत्व’ भन्ने नाराका साथ आफ्ना उम्मेदवारलाई स्थानीय तहमा परिचालन गरेको छ । सङ्घीयता कार्यान्वयन भएपछि केन्द्रीयस्तरमा एकीकृत घोषणापत्र नबनाई स्थानीय तहमा नै घोषणापत्र बनाउने नीति माओवादीले पहिलोपटक कार्यान्वयनमा ल्याएको हो ।

“सङ्घीय निर्वाचन भएको भए केन्द्रीयस्तरमा नै घोषणापत्र बनाउनु आवश्यक हुन्थ्यो । यो त स्थानीय सरकारको निर्वाचन हो । जुन पालिकामा जुन खालको घोषणापत्र आवश्यक पर्छ, सोही आधारमा नै घोषणापत्र तय गरिएको छ”, माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो ।

गठबन्धनका तर्फबाट पोखरा महानगरपालिका, घोराही उपमहानगरपालिकामा साझा घोषणापत्र तयार पारेर निर्वाचन अभियानमा होमिइसकेका छन् । काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुर, चितवनको भरतपुर, वीरगञ्ज, विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट साझा घोषणापत्र तयार पारेर निर्वाचनमा केन्द्रित हुने तयारी छ ।

गठबन्धनले निर्वाचनका लागि संयुक्त निर्वाचन परिचालन कार्यालय, संयुक्त प्रचार टोली तथा आवश्यक तयारीका कामसमेत अगाडि बढाएका छन् । घोराही उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट अगाडि सारिएका उम्मेदवारको पक्षमा वडासम्म नै संयुक्तरूपमा परिचालित भएको कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको भनाइ छ ।

वडासम्म नै कांग्रेस, माओवादी र जनमोर्चाबीच तालमेल भएकाले प्रमुख, उपप्रमुखसहित वडासम्म नै संयुक्तरूपमा परिचालित भएको उहाँले जानकारी दिनुभयो । कांग्रेस र माओवादी केन्द्रले सर्वसम्मत् उम्मेदवार छनोट गर्नु तथा एकढिक्का भएर नेता कार्यकर्ता चुनाव प्रचारमा लाग्नुले गठबन्धनको जितप्रति कुनै शङ्का गर्न नहुने कांग्रेसकी नेतृ एवं सांसद अनिता देवकोटाको भनाइ छ ।

माओवादीले विशेषगरी जनक्रान्तिका उपलब्धिको रक्षा र सामाजिक न्यायसहित आर्थिक–सामाजिक रुपान्तरण नै समाजवादोन्मुख समृद्धिको सार भएको विषयलाई महत्व दिएको छ । सामाजिक न्यायसहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण समाजवादोन्मुख समृद्धिका दुई मुख्य पिलर भएको माओवादीको ठहर छ ।

समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराश र निमुखा बन्दै गएकाहरूसमेत माओवादीको विकास मोडेलबाट नै समाजवादोन्मुख समृद्धि सम्भव छ भन्नेमा जनतामा समेत विश्वास पलाएर गएको ललितपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवार बाबुराजा बज्राचार्यको भनाइ छ ।

आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैङ्गिक समानतालगायत मौलिक हकको कार्यान्वयन गराउने विषयलाई गठबन्धनका तर्फबाट प्रमुखरूपमा उठाइएको छ ।

माओवादीले जनक्रान्तिको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि आफ्नोे नेतृत्व वर्तमानको अपरिहार्यता भएको दाबी गरेको छ । त्यसका लागि ‘समाजवादोन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ भन्ने नारा तय गरिएको माओवादीले जनाएको छ ।

सार्वजनिक, सामुदायिक ९सहकारी० र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको ढाँचामा समाजवादोन्मुख समृद्धिको परिकल्पना गरिएको छ । नागरिकका आधारभूत आवश्यकता परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थव्यवस्थाको निर्माण, रोजगारीका अवसर सिर्जना, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि विकासका नीति र प्राथमिकता रहेको माओवादीका उम्मेदवारले आफ्ना घोषणापत्रमा समावेश गरेका छन् ।

समूह, सहकारी, परिवारमार्फत आम जनतालाई आर्थिक विकासको साझेदार बनाउने र प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण गर्ने आर्थिक विकासको केन्द्रीय सार भएको माओवादीले तयार पारेको घोषणापत्रको दिशानिर्देशमा उल्लेख छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार रहनुभएका रेणु दाहाल विगत पाँच वर्षमा गरेको भौतिक विकासलाई आर्थिक विकासको आधारसँग जोड्ने गरी यसपटकको निर्वाचनमा आफूहरू परिचालित भएको बताउनुहुन्छ ।

विकास–समृद्धि र सामाजिक न्यायको केन्द्रमा बहुसङ्ख्यक जनताको हित र प्रगति अन्तरनिहीत रहने विषयलाई माओवादीले मात्रै नभई गठबन्धनले समेत आत्मसात गरेको छ । घोराही उपमहानगरपालिकामा गठबन्धनले तयार पारेको साझा सङ्कल्पमा सोही विषयलाई केन्द्रमा राखिएको छ । स्थानीय तहको प्रभावकारितालाई बढाउँदै समाजवादोन्मुख समृद्धिको दिशामा अघि बढेको भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार दाहालको भनाइ छ । चितवनको भरतपुर नेपालको सबैभन्दा तीव्रगतिले विकास भइरहेको सहरमध्यको एक हो ।

नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर नेपालकै प्रमुख व्यापारिक केन्द्रसमेत रहेकाले पनि आर्थिक विषयलाई प्राथमिकतामा राखिएको र सोहीअनुसारको काम भएको उल्लेख गर्दै उहाँले यसपटकको निर्वाचनमा पनि सोही विषयलाई जोड दिइएको बताउनुभयो ।

‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’को नारासाथ आफूहरू निर्वाचनमा केन्द्रित भएको कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट अध्यक्षको उम्मेदवार रहनुभएका गोपिलाल सिङ्तानको भनाइ छ । सङ्घ, प्रदेशबाट प्राप्त स्रोतको समुचित एवं प्रभावकारी परिचालनसहित स्थानीय अर्थतन्त्र निर्माण गर्दै समाजवादोन्मुख समृद्धिको कार्यक्रम लागू गर्न आफूहरुले अघिल्लो पाँच वर्षमा पनि प्रयास गरेको जानकारी दिँदै यसपटक गठबन्धनको तर्फबाट पनि सोहीअनुसारको कार्यक्रम तय गरिएको उहाँको भनाइ छ ।

नेपालको संविधान जारी भएपछि दोस्रोपटक हुन लागेको स्थानीय निर्वाचन संविधान कार्यान्वयनको अर्को पाटोका रूपमा रहेको छ । संविधानले नै समाजवादोन्मुख अर्थतन्त्र नेपालको आर्थिक आधारका रूपमा स्पष्ट पारेकाले आर्थिक सामाजिक रुपान्तरणलाई गठबन्धनले आफ्नो चुनावी कार्यक्रममा विशेष जोड दिएको छ ।

परिवर्तनको संवाहक शक्ति भएकाले पनि जनताको आर्थिक विकास र समृद्धिको चाहनालाई गबठन्धनले महत्व दिएको दाबी गरेको छ । राजनीतिक अधिकार प्राप्तिको सङ्घर्षबाट क्रमशः आर्थिक विकासको यात्रा अगाडि बढेकाले पनि आम जनताको सरोकारलाई ध्यान दिनैपर्ने बाध्यतामा राजनीतिक दल देखिन्छन् ।

अधिकांश उम्मेदवारले भौतिक पूर्वाधार विकाससँगै दिगो र दीर्घकालीन विकासको कार्यसूचीका साथ निर्वाचनमा होमिएका छन् । यसले राजनीतिकभन्दा पनि आर्थिक विषयलाई नै केन्द्रमा राखेको भन्ने कोणबाट पनि लिन सकिन्छ ।

पोखरा महानगरमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्यले सार्वजनिक गर्नुभएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार तथा मानवसंशाधन विकास, पूर्वाधार, पर्यटन, खेलकुद, सहरी स्वच्छता, नगरको सुशासनलाई प्राथमिकतामा राखिनु त्यसैको बलियो उदाहरण हो ।

गठबन्धनले पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न महत्वकाङ्क्षी योजना अघि सारेको छ । फेवातालबाट बेगनासताल जोड्ने मेट्रोको अवधारणा, पोखरा चक्रपथको निर्माणसँगै मध्यपहाडी र सिद्धार्थ राजमार्ग जोड्ने बाइपास सडक, सेती नदीको सौन्दर्यीकरण, प्राचीन पोखराको संरक्षण, ल्यान्डफिल्डसाइट व्यवस्थापन, बसपार्क निर्माणलगायतका विषय आचार्यको घोषणापत्रमा समेटिएको छ ।

फेवातालबाट १० किलोमिटर दूरीमा रहेको बेगनास तालमा मेट्रो चलाउन सकिने बताउँदै आचार्यले यस कामका लागि ‘आफ्नो घर आफ्नो सहर आफैँ बनाउ’ भन्दै अघि बढ्ने रणनीति अगाडि सारिएको छ । मेट्रोसहित पोखराको समृद्धिका योजना सफल बनाउन विदेशिएको जनशक्तिलाई ज्ञान, सीप र पैसा लिएर आउनसमेत आग्रह गरिने गठबन्धनको घोषणापत्रमा उल्लेख छ । – रमेश लम्साल

सत्तारुढ गठबन्धनका नेताहरुले संयुक्त अपिल जारी गर्ने
सत्तारुढ पाँच दलीय गठबन्धनको तयारी र अनुगमन समितिको आइतबारको बैठकले गठबन्धनबीच तालमेल गरी आपसी भावना र सम्मान कायम गरी सहकार्य अगाडि बढाउने निर्णय गरेको छ ।

समितिका संयोजक रामचन्द्र पौडेलको नेतृत्वमा गठित समितिको बैठकले तीन बुँदे निर्णय गर्दै आइतबार साँझ सो जानकारी दिएको हो ।

समितिका सचिव अधिवक्ता केशवराज जोशीकाअनुसार निर्णयलाई शीर्ष नेतृत्व समक्ष प्रस्तुत गरिने छ । बैठकका मुख्य तीन निर्णयमध्ये पहिलो नम्बरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरिने उल्लेख छ ।

यसैगरी, प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति केन्द्रमा पठाउने तथा गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तहको निर्वाचन एवम् समसामयिक विषयमा छलफल गरी संयुक्त अपील जारी गर्ने निर्णय बैठकले गरेको छ ।

शीर्ष नेताहरूको बैठक सोमबार पुनः बस्न सक्ने सम्भावना रहेको बताइएको छ ।