पाल्पामा शैक्षिक – News Polar

पाल्पामा शैक्षिक सभाहल निर्माण गरिँदै
रामपुर । सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो ।

नगरपालिका कार्यालयबाट गत आर्थिक वर्षमा रु आठ लाख र यस आवको हिउँदे अधिवेशनबाट विनियोजित रु १५ लाख बजेट सभाहल निर्माणका लागि प्राप्त भएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिए । अहिले चारैतिर गारो लगाउने, झ्यालढोकाको फ्रेम राख्ने कार्य सकिएको छ भने अब ढलानको काम हुने प्रमुख काफ्ले बताउछन्।

“क्याम्पसका हुने सभा, समारोह, विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनका लागि नगरपालिकाको सहयोग प्राप्त भएपछि सभाहल निर्माण थालनी गरिएको छ”, क्याम्पस प्रमुख काफ्लेले भने, “सभाहल सम्पन्न भएपछि क्याम्पसका विभिन्न गतिविधि आयोजना गर्न सहज हुनेछ, धेरै विद्यार्थी हुने हुँदा हल साँघुरो हुँदा कार्यक्रम गर्न कठिनाइ भइरहेको थियो ।”

सभाहल निर्माण सम्पन्न गर्न करिब रु ३५ लाख अनुमानित रकम लाग्ने उनले बताए। उनका अनुसार २५ प्रतिशत लागत सहभागिता र क्याम्पसको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ । करिब दुई सय ५० भन्दा बढी मानिस अट्ने क्षमताको सभाहल तयार हुँदैछ । आउँदो जेठ १५ गतेभित्रमा निर्माण कार्य सक्ने गरी कामलाई अगाडि बढाइएको छ । क्याम्पसको पुस्तकालय भवनको माथिल्लो तलामा सभाहल तयार पारिँदैछ ।

हाल क्याम्पसमा चालु रहेको सभाहल सानो र व्यवस्थित नहुँदा क्याम्पसका गतिविधि आयोजना गर्न प्रशासनलाई समस्या भइरहेको थियो । क्याम्पसमा बेला–बेलामा विद्यार्थीका विभिन्न गतिविधि सञ्चालन गर्न हल सानो हुँदा समस्या भइरहेको अवस्थामा विद्यार्थी र क्याम्पस प्रशासनको अनुरोधलाई सहर्ष स्वीकार गरेर रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि मात्रै सभाहल निर्माण प्रक्रिया अगाडि बढेको स्वतन्त्र विद्यार्थी युनियन सभापति ल्याकत अलि बताउछन् ।

“हामी विद्यार्थीले आयोजना गरेको एक कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापा सरिक हुनुहुन्थ्यो, त्यस समयमा क्याम्पसमा सभाहलको समस्याबारे जानकारी गराएपछि उहाँले कार्यक्रममार्फत नै सभाहल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो, “नगरपालिका कार्यालयबाट बजेट उपलब्ध भएलगत्तै निर्माणको काम सुरु गरेका छौँ”, स्ववियु सभापति अलिले भने ।

व्यवस्थित खालको नयाँ र ठूलो क्षमताको सभाहल तयार भएपछि विद्यार्थी सङ्गठनलाई कार्यक्रम गर्न हलको समस्या नहुने उनले बताए । सहिद बहुमुखी क्याम्पस पूर्वी पाल्पाको सबैभन्दा ठूलो शैक्षिक संस्था हो । यहाँ कक्षा ११ देखि स्नातकोत्तर तहसम्म पठनपाठन हुँदै आएको छ । विद्यालय तहको शिक्षा सकेपछि उच्च शिक्षाका लागि यस क्याम्पसले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर जिल्लाका नागरिकलाई शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको छ । रासस