प्रगतिको भावुक खुलापत्र – News Polar

पूर्वसभामुख महराकी छोरी प्रगतिको भावुक खुलापत्र, सुशासनका नाममा निशाना बनाइनु अन्यायपूर्ण
काठमाडौं । पूर्वसभामुख समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराकी छोरी प्रगति महराले तिहारको दिन भावुक खुलापत्र लेखेर सार्वजनिक गरेकी छन् । सुन तस्करी प्रकरणमा थुनछेकका लागि जेलमा रहेका बुवालाई सम्झँदै प्रगतिले खुला पत्र लेखेकी हुन् ।

प्रगतिले खुला पत्रमा आफ्ना बाबुको राजनीति यात्रा र योगदान स्मरण गर्दै पटकपटक नियोजित षडयन्त्र भएको आरोप लगाएकी छन् । उनले न्यायालय नै निसाफ हराएको वस्तु बनेको टिप्पणी गरेकी छन् ।

सरकारले आफ्ना बाबुमाथि गरेको व्यवहारप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले पत्रमा लेखेकी छन्–

खुला पत्र

जो जससँग सम्बन्धित छ ।

आज भाइटिकाको दिन । नेपालीहरूको महान चाडहरू मध्य दोस्रो ठुलो पर्व दिपावलीलाई मानिन्छ । यो दिपावली नेपाली समाजमा स्थापित एकता र सद्भावको चाड पनि हो । तर आज मैले हर्षोउल्लासको अनुभूतिमा यो पत्र तयार पार्दै छैन । सबैका घरमा भित्रिएको खुसी र सबैका मनमा छाएको हर्ष मेरो मनले पाएको छैन । मखमली, सयपत्री र झिलिमिली बत्ती सबैतिर खुसियाली छाएको समयमा मेरो बुवा जसले इमान्दारिताको मानक स्थापित गर्नुभयो । सत्य र निष्ठाको जिन्दगी जीएका बुवा ९कृष्णबहादुर महरा० सुशासनको पगरी गुथेका शासकहरूले गर्दा न्यायलयनै निसाफ हराएको वस्तु जस्तो बनेर चार दिवार भित्र चिसो छिडीमा कैद गर्दा यस्तो समयमा अविभावक विहिन हुनुको पिडा यो मनले कसरी थेगेको छ होला रु

आज समयले हामीलाई धेरै वर ल्यायो तर विगत सधै स्मृति वनेर आउँदो रहेछ । रोल्पा मेवाङ १ एउटा सानो परिवार । दुई छोरी र दुई छोरा । आफु हेडसर । दिनहरू सुख(दुस्ख वितेकै थिए । तर नेपाली समाजमा व्याप्त असमानता, अन्याय, शोषण र दमन, कुरिती र कुसंस्कार चुलिएको थियो । हरेक असमानताको खिलापमा आफ्नो व्यक्तिगत सोच भन्दा माथि उठेर समाज र देशको पक्षमा मेरो बुवाले मुट्ठी उठाउनु भयो । २०४८ सालको संसदीय निर्वाचनमा निर्वाचित हुनु भयो । नेपाली समाजको आमुल परिवर्तन गर्ने उद्देश्य सहित संयुक्त जनमोर्चाको तर्फबाट निर्वाचित भएर कम्युनिष्ट विचारधाराको विस्तार गर्न बुवाको भूमिका महत्वपूर्ण रह्यो । २०५२ साल फागुन १ गते देखि चलेको महान जनयुद्धमा अग्रभागको भूमिका पुरा गर्दै व्यक्तिगत स्वार्थ र जागिरे जीवन त्यागेका बुवा जसको प्रेरणाले सिङ्गो देश परिवर्तको भावधारामा नयाँ आशा बोकेर झुल्कियो । त्यसको प्रत्यक्ष प्रभाव हामी १२-१३ बर्षका बचेराहरूलाई पर्यो । बुवाको आस्था र विचारलाई आतंककारी देखेको प्रतिक्रियावादी राज्यले हामीलाई घरवार विहिन बनायो । हरेक मध्य रातहरूमा गरेको पुलिस ज्यादती र दमनको वयान गर्ने कुनै शब्दनै छैन । २०५४ सालमा पुलिसको ज्यादतीका कारण बर्षे झरीको अन्धाकार रातमा आमा सहित हामी घर छोडेर हिड्नु पर्दाको असह्य पिडा सम्झदा आज त्यो कहाली लाग्दो मृत्यु नाचिरहेको पलले मुटु विदीर्ण पार्दछ । सानै उमेरमा मैले अनि सिङ्गो परिवारले समाज रूपान्तरणको पक्षमा गरेको त्यो प्रतिवद्धता र महान् जनयुद्धमा पूर्णकालीन भएको पल एक ऐतिहासिक क्षण थियो ।

जनयुद्धकाल आफैमा मुक्ति या मृत्युको संकल्पवद्ध यात्रा थियो । त्यो यात्राका कष्टडीहरू हामीले पार गरेर आयौं । युद्धका कठिन मोर्चा भन्दा आजको एक पल जीउन धेरै कठिन भएको छ ।

शान्ति प्रक्रिया पछिका सरकारहरू र वर्तमानको सरकार प्रति मेरा गम्भीर प्रश्नहरू छन्-

१‍. कृष्णबहादुर महरा २०४८ सालको संसदीय चुनावको समय र शान्ति प्रक्रिया पछि नेपाल सरकार, संघीय संसद, मन्त्रालयआदि क्षत्रमा

अपरिचत नाम होइन । संसद देखि मन्त्री, उपप्रधान मन्त्री देखि प्रतिनिधि सभाको सभामुखसम्म जिम्मेवारी पुरा गरेर एक संवैधानिक निकायसम्म पुगेको व्यक्तित्व हो । उहाँ नेपालमा कायम गरिनु पर्ने सुशासन, वैदेशिक शक्तिकेन्द्रसँगको सम्बन्ध र स्वाधिनताको सवालमा स्पष्ट व्यक्तित्व हो । नेपालको राजनीतिक मामलामा महरालाई बैदेशिक शक्तिकेन्द्रसँग जोडेर हेर्दा एकातिर चीन र अर्कोतिर अमेरिका केन्द्र बनाएर अमेरिकी प्रोजेक्ट एमसिसि जसलाई अमेरिकी हस्तक्षेपको उपमा दिइएको थियो । जसमा राष्ट्रिय स्वाधिनताको पक्षमा एमसिसि परियोजनालाई टेवुल नगरेको विषयलाई लिएर सभामुखबाटै बर्खास्त गर्नेगरी नियोजित हत्कण्डा प्रयोग गरियो । महराको इमानको राजनीतिमा छुरा प्रहार गरियो ।

२. सरकार भ्रष्टाचारको अन्त्य, सुशासन र विकासका लागि हो । नेपाली समाजमा सरकार अस्थिर छ । अस्थिर शासन प्रक्रियामा जुन पार्टीको सरकार बन्दछ । त्यसको निशाना महरा नै किन रु के सत्यको पक्षमा रहेर इमान्दार र सोझो हुनु अभिसाफ हो रु नेपाली उखान छ ‘सोझो रुखलाई छानी छानी काटिन्छ ।’ यही सावित गर्न खोजिएको हो ?

३. महराको नाममा केस लाग्यो । के त्यो आजीवन हो रु हालै मात्र देश गम्भीर संकटमा परेको वेला तीन बर्ष अगाडिको एउटै तेहि पनि सामान्य बिसयलाइ लिएर पटक पटक मानसिक यातना दिनु यो कानुनी आवरणमा षड्यन्त्रपूर्ण र गम्भीर राजनीतिक प्रतिसोध भन्दा अरु कुनै विषय नै छैन । यदि हो भने पटक पटकको अनुसन्धानले आम जनताको बिचमा प्रमाण किन पेस गर्न सक्दैन ?

४. देशमा धेरै अपराध र अपराधीहरू खुलेआम हिडिरहेका छन् । भुटानी सरणार्थी, गिरीबन्धु टि स्टेट, ललिता निवास, भिजिट भिषा प्रकरण, एनसेल घोटाला, सहकारी ठगी, वाइड बडी, टेरामक्स, जेन–जी आन्दोलनमा भएको हत्या प्रकरण र आगजनी लगायतका दर्जनौं काण्डहरू लुकाएर सोझो इमान्दार माथी पटक पटक अपहेलित गर्दै प्रमाण विनाको राजनीतिक प्रतिसोध बुवालाई मात्र किन ?

५. जव सरकार बदलिन्छ आफ्नो फेस सेभ गर्न महरालाई नै निशाना बनाउनु पर्ने रु यसका पछाडि राजनीतिक रुपमा माओवादीलाई कमजोर बनाउन यो कदम चाल्ने गरिन्छ या बैदेशिक शक्तिकेन्द्र मार्फत अमेरिकी डिजाइनमा चीन परस्त भनेर अन्तराष्ट्रिय शक्तिकेन्द्रको चलखेल हो रु यो संसयको विषय बनेको छ । यी दुवै विषयले क्षणिक रुपमा कैद गरेर आत्मरती त लिन सकिएला तर सत्ता शक्तिको दुरुपयोग या वैदेशिक हस्तक्षेप कदापी क्षम्य विषय होइनन् । एक दिन परास्त हुने कुरामा कुनै शंका छैन ।

पार्टीभित्र पनि कही कतैं बुवा प्रतिको बुझाईमा मेरो प्रश्न छ-

१. हाम्रो पार्टी नेपाली समाजको आमूल परिवर्तन गर्न वलिदानीपूर्ण संघर्ष गरेर आएको कुरा स्पष्ट नै छ । देशमा सुशासनको नेतृत्व गर्दैगर्दा पार्टी भित्र सबै सुद्ध र सच्चा क्रान्तिकारीहरू अनि इमान्दार सोझाहलाई भ्रष्टको ट्याग लगाउँदै अनेक हत्कडामा फसाइनु पर्ने रु हामीले हामीलाई कसरी हेर्छौं ?

२. देश, जनता र पार्टी प्रति संधै प्रतिबद्ध भई नेतृत्वको रक्षा र विकासका लागि बुवाले कुनै कसुर बाँकी राख्नु भएन । वर्गसंघर्षको प्रक्रियामा होस् या शान्ति प्रक्रिया पछिका सबै अवस्थाहरूमा, क्रान्तिका जटिल मोडहरूमा नेतृत्वलाई नजिकबाट साथ दिएर आउनु भयो । टुटफूटका गहिरा घाउहरूमा मल्हम लगाउने काम गर्नु भयो र पार्टी अनि नेतृत्व प्रति सधै इमान्दार भएर सघाउनु भयो । पार्टीको उपाध्यक्षमा वहाल रहेका वेला पनि झुठा कसुर लगाउँदै गर्दा पार्टी र नेतृत्व कीन चुँ सम्म बोल्दैन ?

३. हामी संस्थागत मुल्यमा विश्वास गरेर आयौं । विचार निर्माण र पार्टी निर्माणका लागि पार्टी संगठन अपरिहार्य विषय हो । बुवाको अहिलेको अवस्था हेर्दा उहाँ प्रति हेर्ने दृष्टिकोणमै कतै आत्मकेन्द्रीत व्यक्तिवाद हावी भएको त होइन रु ‘जसलाई पर्यो उहि मर्यो आफ्नै पार्टीको नेतृत्व जेल जाँदा तैँ चुप मैँ चुप कीन भइरहेको छ रु के माओवादी आन्दोलन स्वार्थ समूहको रुपमा रहेको गुटगत मानसिकता भन्दा माथि उठ्न नसक्ने हो रु आन्तरिक रुपमा सुदृढ पार्टी निर्माणको दृष्टान्त स्थापित गरेर आएका हामी त्यो विरासत पुन: स्थापित गर्न सक्छौं ?

आदरणीय बुवा !

हजुर प्रति म पूर्ण रूपमा विश्वस्त छु। पछिल्लो चरणका घटनाक्रमहरु पटक पटकका बज्रपात हामीले जति भोगेका छौं त्यसको इतिवृतान्त उल्लेख गरेर साध्य छैन । एमसिसि प्रकरणमा हजुरलाई पड्यन्त्र पूर्ण ढंगले गरिएको बर्खास्ती, कोभिड महामारीले हामीबाट आमा चुडेर लिएको त्यो दुखान्त, आमाको निधन सङ्ग सङ्गै दिदीलाई प्रेसरले हानेर भएको दुखान्त पक्षघात आज पनि बल्झीरहेको छ । यस्ता अनेकौं घटनाहरु घटे जसले पारिवारिक रुपमा हामीलाई विछिप्त बनाएको छ । यस्तो अवस्थामा साथी र सहयोद्धा पाउँन गाह्रो रहेछ । कठिन अवस्थालाई धैर्यताले चिर्न सक्ने ताकत हजुरसँग भएर आज जस्तोसुकै चुनौति मोल्न सक्ने क्षमता राख्न सक्ने भएको छु। वाह्य सत्रु भन्दा आफै मित्रका सत्रुसँग लड्न कठिन हुदो रहेछ । म यो मामलामा विश्वस्त छु ,निस्पक्ष न्यायिक प्रक्रिया सुनिस्चित होस प्रतिशोध नहोस । सत्य र न्यायको जीत अवश्य हुनेछ ।

अन्तमा:

यो समय शुभदिपावलीको समय । सयपत्री माला, झिलिमिली वत्ती बलेको समय । सबैतिर खुसियालीको समय । तर म रोएको छु । म दुखेको छु । मेरो दुखाई यो सत्ताको बहुलट्ठीपन र पार्टी संगठन तथा नेतृत्वको वेवास्ताले हो । यो दिपावलीले दु:खीहरूलाई सुख दिने, अन्यायमा परेकाहरूलाई न्याय दिने, सत्यको सुखद जीतहुने र इमान्दारहरू कहिल्यै शीर झुकाउन नपर्ने सत्‌बुद्धी देओस् सबै सबै मनहरूमा हार्दिक शुभकामना ।

उहि

कुश्मा महरा ‘प्रगति