प्रधानसेनापति अशोकराज सिग्देल – News Polar

‘अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श हुन्’: प्रधानसेनापति सिग्देल
महोत्तरीको बर्दिवासस्थित मध्य पृतना मुख्यालयमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ मा प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरूलाई समाजका उर्जा र आदर्शका स्रोत भएको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको सार्वभौमिकता रक्षा, आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय रहेको उल्लेख गरे। उनले नेपाली सेनाले निर्वाह गरेको भूमिकाले संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय र सम्मानित बनाएको पनि बताए।

प्रधानसेनापति सिग्देलले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको कार्यकुशलता प्रशंसनीय रहेको बताए। उनले अन्य सुरक्षा निकाय तथा निर्वाचन आयोगसँगको सहकार्यले सेनाको पेशागत दक्षता र निष्पक्ष चरित्र झल्किएको उल्लेख गरे।

अवकाश प्राप्त सैनिकहरूलाई अनुशासित, जिम्मेवार र मर्यादित नागरिकका रूपमा समाजमा प्रस्तुत हुन आग्रह गर्दै उनले स्थानीय तहमा उत्पादनशील, सृजनशील र उद्यमशील गतिविधिमा संलग्न हुन आह्वान गरे। साथै, नेपाली सेनाको कल्याणकारी कोषमार्फत प्रदान गरिने सेवाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा पहुँच विस्तार भइरहेको जानकारी दिए।

उनले कल्याणकारी कार्यक्रमहरूलाई विवरणमुखीभन्दा परिणाममुखी, आत्मनिर्भर र आयमूलक बनाउनुपर्नेमा जोड दिँदै अवकाश प्राप्त सैनिकहरूको सुझाव, समन्वय र सहकार्य दिगो नतिजाका लागि अपरिहार्य रहेको बताए।

कार्यक्रममा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य सहभागिता रहेको थियो। यस वर्षको सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो।

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ: प्रधानसेनापति सिग्देल
काठमाडाैँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनुभएको छ । आज यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नुपर्छ भन्नुभयो । उहाँले देशको सार्वभौमिकताको रक्षाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनामा सेनाले निर्वाह गरेको भूमिकाले नेपाली सेनालाई स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताउनुभयो ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउन सञ्जाल निर्माण तथा विस्तार गर्दै आएको बताउँनुभयो । उहाँलेसमग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैङ्किङ क्षेत्रमा थपिएको चुनौती, मुद्दती निक्षेपको ब्याज आम्दानीमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजको सङ्ख्यामा भएको कटौतीले कल्याणकारी कार्यक्रमको सञ्चालन र दिगोपनामा चुनौती थपिएको बताउनुभयो ।

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
काठमाडाैँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।

नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको स्मरण उहाँले गराउनुभएको छ ।

नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताउनुभयो ।

उहाँले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्य कुशलताको सर्वत्र प्रशंसा भएको बताउँदै यस कार्यमा अवकाश प्राप्त भूतपूर्वसैनिकहरूको महत्वपूर्ण योगदान रहेको आफूले अनुभूत गरेको उल्लेख गर्नुभयो । “हामीसँग हाम्रा वीर पुर्खाहरूले गर्नुभएको त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता र अटल राष्ट्रभक्तिले त्यति नै जीवन्त र गर्विलो इतिहास सार्थी छ”, उहाँले भन्नुभयो, “सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।”

प्रधानसेनापति सिग्देलले भूतपूर्वसैनिक सम्मेलन तथा पुनर्मिलन कार्यक्रम केवल अवकाश प्राप्त सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका परिवारजनहरूको पुनर्मिलन मात्र नभई हामी बीचको भावनात्मक सम्बन्ध थप सुदृढ गर्ने, हिताधिकारीका वास्तविक समस्या बुझ्ने, कल्याणकारी कार्यक्रमलाई समयानुकूल सुधार गर्ने र भविष्यका लागि तय गरिने नीति तथा कार्यक्रमलाई व्यावहारिक बनाउने अवसरका रुपमा आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाली सेना, कल्याणकारी बोर्डले देशमा रहेका हितकारीहरूलाई एउटै छानामुनि ल्याउनका लागि सञ्जाल बनाउने र विस्तार गर्ने कार्य गर्दै आइरहेको बताउँदै हितकारीहरूको सङ्ख्याका आधारमा देशव्यापी राष्ट्रिय सञ्जालका रूपमा वडा तहसम्म विस्तार गर्ने अभियान तीव्र गतिमा अघि बढाइएको बताउनुभयो ।

“यस किसिमको सञ्जाल विकासको मुख्य उद्देश्य कोषबाट प्रदान गरिएका सेवा र सुविधासम्बन्धी जानकारी दिने, भूतपूर्वसैनिक तथा परिवारको समस्या सुन्ने र समाधानमा सहजीकरण गर्ने हो,” उहाँले भन्नुभयो, “यस सञ्जाललाई प्रभावकारी बनाउन यहाँहरूको आबद्धता, सक्रिय सहभागिता र सुझाव अत्यन्त महत्वपूर्ण रहनेछ ।” प्रधानसेनापतिले कल्याणकारी कार्यहरूको निरन्तरता र विस्तारका लागि कोषको आयस्रोतको दिगोपन र प्रभावकारी व्यवस्थापन निकै जरुरी रहने बताउदै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरू विकेन्द्रीकृत, पारदर्शी एवं परिणाममुखी र आत्मनिर्भर बनाउँदै हितकारीहरूको जीवन स्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, स्वरोजगार तथा सीप विकासलगायतका क्षेत्रहरूमा हितकारीहरूको अधिकतम पहुँच विस्तार गर्दै लैजाने प्रयास जारी रहेको बताउनुभयो ।

कल्याणकारी कार्यक्रमहरूको सहज पहुँच तथा सेवा सुविधाहरूको विस्तारीकरण र दिगोपनमा जोड दिएको र कोषबाट उपलब्ध गराउँदै आइरहेको कल्याणकारी मासिक भत्ता, बहालवाला तथा भूतपूर्वसैनिकका अध्ययनरत सन्ततिहरूलाई दिइने छात्रवृत्ति, सम्पूर्ण हितकारीहरूले पाएको अस्वस्थ उपचार सुविधा, इच्छुक तथा लगनशील हितकारीहरूलाई स्वरोजगार उन्मुख हुन दिइने सहुलियतपूर्ण कर्जा तथा उद्यमशीलता विकास कार्यहरूमा समयसापेक्ष सुधार गरिँदै लगिएको जानकारी गराउनुभयो । प्रधानसेनापतिले समग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैङ्किक क्षेत्रमा थपिएको चुनौती र नेपाली सेनाको मुद्दति निक्षेपको ब्याज आम्दानीमा आएको भारी गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजहरूको सङ्ख्यामा भएको कटौतीका कारण कल्याणकारी कार्यहरूको सञ्चालन र दिगोपनामा चुनौती देखापरेको बताउनुभयो ।

नेपाली सेना सैनिक कल्याणकारी कोषका कार्यकारी प्रमुख हिरालाल जोशीले कल्याणकारी कोषको स्व–आम्दानीको स्रोत घट्दै गएको जानकारी गराउँदै कोषद्वारा यसअघि सञ्चालित शिक्षा, स्वास्थ्य, रोजगारलगायतका सेवासुविधाहरू सञ्चालन गर्न कठिनाइ हुँदै गएको बताउनुभयो । प्रधानसेनापतिले उद्यमशीलतामार्फत जीवनस्तर सुधार्नका लागि नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कसँगको समन्वयमा सहुलियतपूर्ण ऋण कार्यक्रम र सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

त्यस अवसरमा सम्मेलनमा उपस्थित भएका भूतपूर्वसैनिक तथा बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रित परिवारमध्ये विभिन्न कर्जा प्राप्त गर्ने ऋणीहरूलाई चेक हस्तान्तरण, कल्याणकारी कार्यक्रमअन्तर्गत सर्वोत्कृष्ट र उत्कृष्ट लघुउद्यम व्यवसायीहरूलाई पुरस्कार वितरण गरिएको थियो । ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान तथा आफ्ना चार जना वा सोभन्दा बढी सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदरस्वरुप आमाबाबुमध्ये एक जनालाई कदरपत्र तथा नगद पुरस्कार गरिएको थियो । साथै बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रितहरूलाई ह्विल चियर तथा वैशाखी वितरण गरिएको थियो ।

राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिनुभएको छ।

रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको सिसं ११ उच्चस्तरीय राष्ट्रिय सुरक्षातालिमको समापनका अवसरमा प्रधानसेनापति सिग्देलले सो धारणा राख्नुभएको हो ।

राष्ट्रिय सुरक्षा कुनै एक निकायको मात्र जिम्मेवारीको विषय नभएर सबैको साझा चासोको विषय भएको बताउँदै उहाँले भूराजनीतिलाई प्रविधिसँगै पनि जोडेर हेर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

सो अवसरमा प्रधानसेनापति सिग्देलले दुई सातासम्म सञ्चालन भएको तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गनुभएको थियो भने रक्षा सचिव केदारनाथ शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कलेजका निमित्त शिक्षाध्यक्ष सहायक रथी दिलविक्रम सुब्बाले तालिमको महत्त्व र उपादयिताका बारेमा प्रकाश पार्नुभएको थियो । तालिममा नेपाल सरकारका प्रथम तथा दितीय श्रेणीका अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकृत, सञ्चारकर्मीलगायत गरी ३० जनाको सहभागिता रहेको थियो ।

तालिमकै दौरानमा ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनारको आयोजना गरिनुको साथै सम्पन्न सहभागीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गराइएको थियो । रासस

प्रधान सेनापतिद्वारा सातौँ संस्करणको युनिटी जर्नल विमोचन
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको सातौँ संस्करणको विमोचन गर्नुभएको छ ।

महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सो जर्नल प्रकाशन गरिएको हो । सेनाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ ।

खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा प्रथम र द्वितीय हुनुहुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा र डा गीता थपलिया तथा तृतीय हुनुहुने सृजना आचार्य र सहायक रथी अर्जुन बस्नेतलाई प्रधानसेनापति सिग्देलले जङ्गीअड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो ।

सोही अवसरमा प्रधानसेनापतिले उक्त जर्नलको मूल्याङ्कन तथा सम्पादकमण्डलमा रहनुभएका सदस्यहरूका साथै लेखकलाई कदरपत्र प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त कार्यक्रममा प्राध्यापक डा ध्रुव कार्कीले जर्नल प्रकाशनको महत्त्वसम्बन्धी जानकारी गराउनुभएको थियो ।

यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयाममा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास सेनाले लिएको छ ।

विमोचन कार्यक्रममा बलाधिकृत, प्राध्यापक वर्ग, रथीवृन्द, विषयविज्ञ तथा सम्पादक मण्डल, लेखकहरूलगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आउनुभएका प्रतिनिधिमण्डलले भेट गरेका छन् ।

सो समारोहमा सहभागी हुन आउनुभएका भारतको राष्ट्रिय क्याडेड कोरका महानिर्देशक वीरेन्द्र भाट, पाकिस्तानको मानव स्रोतका महानिर्देशक महम्मद शाहिद अब्रो, भुटानको विद्यालय शिक्षा विभागका निर्देशक टासी नाम्गेल तथा माल्दिभ्सका यासिर मोहम्मदको नेतृत्वमा नेपाल भ्रमणमा आएका प्रतिनिधिमण्डलले आज जङ्गी अड्डामा शिष्टाचार भेट गरेको हो ।

भ्रमणको दौरान सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त टोलीले आगामी फागुन ३ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रमको अवलोकन गर्नेछ । त्यसैगरी भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलकोसमेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

यसप्रकारको कार्यक्रमबाट विभिन्न राष्ट्रका छात्रछात्राबीच एक अर्को राष्ट्रका कला, भाषा र संस्कृतिलगायत अनुभव र ज्ञान साटासाट गर्ने अवसर प्राप्त हुने सेनाको विश्वास छ । रासस

प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु
काठमाडौँ। काठमाडौँको कोटेश्वरमा जेनजी प्रदर्शनकारीको आक्रमणबाट ३ जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

प्रधानसेनापति सिग्देलद्वारा निरीक्षण भ्रमण
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टरको निरीक्षण गरेका छन्। सो क्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षबारे जानकारी लिएर आवश्यक निर्देशन दिएको सेनाले जनाएको छ।

साथै प्रधानसेनापति सिग्देलले सिन्धुलीगढी इलाकामा सञ्चालन भइरहेको कमाण्ड तहको फिल्ड तालिम अभ्यास अभ्यास रक्षा-४ को बारेमा जानकारी लिएका थिए।

इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताएका छन् ।

नेपाली सेनाद्वारा जङ्गीअड्डामा बिहीबार आयोजित अवकाश प्राप्त रथीवृन्दसँगको अन्तरक्रिया समापनका अवसरमा उनले इतिहासको अध्ययन र अध्यापन नभए कालान्तरमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा नै असर पर्दै जानेमा चिन्ता व्यक्त गरे ।

महारथी सिग्देलले इतिहासको महत्व जगाउन सेनामा सञ्चालन हुने सबै तालिममा इतिहासको अध्ययन अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तकसमेत तयार पाएको सो अवसरमा जानकारी दिएका थिए ।

प्रधानसेनापति सिग्देलले कल्याणकारी योजनाअन्तर्गत आयमूलक सँगसँगै राष्ट्र र नागरिकको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने खालको कार्यक्रम लागू गर्नसमेत अध्ययन भइरहेको बताए ।

बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले अग्रजको अनुभव र विज्ञताका आधारमा सेनाले राष्ट्रिय सुरक्षा र राष्ट्रियहित तथा कल्याणकारी योजना तय गर्ने योजना रहेको बताए । अवकाश प्राप्त ज्येष्ठ रथी कृष्णनारायणसिंह थापाले सेनाको योग्य र विज्ञ समूहले हालको विश्वसुरक्षा वातावरणमा नेपालको सुरक्षा अवस्थालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्लाई सल्लाह सुझाव दिइ सक्षम बनाउनुपर्ने धारणा राखे ।

उनले भूतपूर्व सैनिकलाई कृषिलगायत उत्पादनमूलक कार्यमा लाग्न प्रेरित गरी देशलाई आत्मनिर्भर बनाउनेतर्फ योगदान दिनुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी रथीवृन्दले नेपाली सेना र सरकारले राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको जगेर्नाका विषयमा अनुभव र अध्ययनबाट खारिएका विज्ञ व्यक्तिको राय सुझावका आधारमा कार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेनामा रथी र उपरथीबाट अवकाशप्राप्त करिब एक सय जना दिग्गजको सहभागिता रहेको कार्यक्रममा उनीहरुले नेपालको सरकारी सेवामा सबैभन्दा लामो सेवा र विदेशबाट उच्चस्तरको तालिम र ज्ञानप्राप्त पेशेवर जनशक्तिलाई राष्ट्रले उपयोग गर्नुपर्ने सुझाव दिए।

राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय विपद् प्राधिकरण तथा कूटनीतिकलगायत राष्ट्र निर्माणका विविध क्षेत्रमा अवकाश प्राप्त रथीवृन्दले हासिल गरेको लामो अनुभव एवं विज्ञतालाई उपयोग गर्नेतर्फ पहल हुनसकेमा राष्ट्रलाई लाभ पुग्ने उनीहरूको भनाइ रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहभागी रथीवृन्दले कल्याणकारी कोषको दिगोपनाका लागि राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नेगरी लगानीको क्षेत्र विविधिकरण गर्नुपर्नेमा अवकाश प्राप्त रथीवृन्दले जोड दिए ।

राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित, कल्याणकारी कोषको दिगोपना तथा सैनिक कल्याणकारी कोषमार्फत प्रदान गरिने सेवा सुविधालाई थप परिष्कृत, मितव्ययी र परिणाममुखी बनाउन उनीहरुसँग सुझाव प्राप्त गर्न कार्यक्रम गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।रासस