बुटवल उपमहानगरपालिका – News Polar

बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै
लुम्बिनी । बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तरराष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउने काम सुरु भएको छ ।

बुटवलको जितगढीमा भएको अङ्ग्रेज फौजसँगको लडाइँ जिती विश्वभर नेपालीको वीरता फैलाउने कर्णेल थापाको सम्मानमा आधुनिक एवं सुविधासम्पन्न रङ्गशाला बनाउने काम अघि बढेको हो ।

बुटवल उपमहानगरपालिकाले आव २०७६/७७ मा सो खेल मैदानलाई स्तरोन्नतिसहित कर्णेल थापाका नाममा रङ्गशाला बनाउन सुरु गरिएकामा वनको अवरोधलगायत कारण रोकिएको काम सुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर शङ्कर सुवेदी बताउनुहुन्छ ।

भूतपूर्व सैनिकको बाहुल्य रहेको सो उपमहानगरपालिका वडा नं १३ मा बन्न लागेको उक्त रङ्गशाला निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले दुई चरणमा विनियोजित गर्नेगरी रु ५३ करोड बजेट उपलब्ध गराउने निर्णय गरेको छ । पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्ष २०८२÷८३ मा रु १० करोड ७६ लाख ६१ हजार लागत अनुमान स्वीकृत भई बोलपत्र आह्वान प्रक्रिया अघि बढिसकेको विकास प्राधिकरणले जनाएको छ ।

सो रङ्गशाला निर्माणका लागि अर्जुन, मार्क, प्रदीप जेभी बनस्थली काठमाडौँसँग भ्याटसहित रु आठ करोड ५२ लाख ३२ हजार ४९३ ठेक्का सम्झौता भएको र रु तीन करोड प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको प्राधिकरणले बताएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१ फागुन ६ गतेको निर्णयअनुसार आयोजना कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणमा हस्तान्तरण गरेको इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय खेलकुद क्षेत्रको विकास आयोजना कार्यान्वयनका क्रममा कर्णेल उजिरसिंह थापा रङ्गशाला हाताभित्र करिब २० हजार दर्शकले खेल हेर्न मिल्नेगरी सुविधासम्पन्न फुटबल मैदानसहित बहुउद्देयीय खेल मैदान, भलिबल कोर्ट, ‘एथलेटिक ट्रेक’, ‘एक्वाटिक सेन्टर’, ‘स्विमिङ पुल’, चमेनागृह, पार्किङ स्थल, सानो बाल उद्यानलगायत संरचना निर्माण हुनेछन् ।

यसैगरी, रङ्गशाला प्रवेशका लागि चार वटा प्रवेशद्वार, आपतकालीन द्वार, चारैतर्फ १२ देखि २० हजार दर्शक अट्ने क्षमताको आधुनिक ‘प्याराफिट’ निर्माण गर्नेगरी डिजाइन गरिएको इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधि ध्रुव थापाका अनुसार बुटवल उपमहानगरपालिकाले जबई खेल मैदानमा केही संरचना निर्माण गरी क्षेत्रीय, जिल्ला तथा स्थानीयस्तरका विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्दै आएकामा तीनै तहका सरकारको सहयोग र सहकार्यमा अब सुविधा सम्पन्न रङ्गशाला निर्माण हुने भएको छ ।

सो रङ्गशाला निर्माण गर्न लुम्बिनी प्रदेश सरकारले बर्सेनि बजेट व्यवस्था गर्दै आए पनि खेल मैदान हाताभित्र रहेका केही रुख कटान गर्ने क्रममा ‘वन कार्यालय’ले अवरोध सिर्जना गरेपछि विनियोजित रकम फ्रिज हुनासाथ चिन्तित बनेका स्थानीयवासी अहिले खुसी देखिएको जनप्रतिनिधि थापाले बताउनुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको विशेष पहलमा ‘वन’को समस्यासहित देखिएका तमाम अड्चनहरू समाधान भएसँगै स्थानीय भूपू सैनिक, युवा तथा खेलाडी र आमसर्वसाधारण वर्षांैदेखि उठाउँदै आएको माग पूरा भएकामा स्थानीयवासी हर्षित भएको भूपू सैनिक जबई स्पोर्टिङ क्लबका अध्यक्षसमेत रहेका स्थानीय अगुवा गोपिराम पुन बताउनुहुन्छ ।

साथै उहाँले खेल प्रेमीसहित स्थानीयवासीकोतर्फबाट सरकारलाई धन्यवाद दिँदै क्लबका अध्यक्ष पुनले भन्नुभयो, “आव २०७६÷४७ देखि रङ्गशाला बन्ने क्रममा रहे पनि वनको अवरोधसहित विभिन्न समस्याका कारण रोकिएको काम अब अघि बढ्ने भएको छ । दुई चरणमा बजेट व्यवस्थासहित रङ्गशाला बन्ने सुनिश्चित भएकामा हामी हर्षित छौँ । रङ्गशालामा निर्माण हुने संरचनाको विस्तृत ‘डिजाइन’ तयार भइसकेकाले अब द्रुतगतिमा काम अघि बढ्ने विश्वास लिएका छौँ । रङ्गशाला निर्माण प्रक्रियालाई अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने उपप्रधानमन्त्री पौडेलसहित प्रदेश सरकार र स्थानीय तहप्रति आभारी छौँ ।”

‘वन प्रशासन’ले वन क्षेत्र प्रयोग गर्न गत असोज १८ गते प्रदान गरेको अनुमतिअनुसार रङ्गशाला निर्माणसहित यसक्षेत्रका महत्वपूर्ण विकास आयोजनालाई काम गर्ने बाटो खुलेको थियो । अहिले सो रङ्गशालाको ‘डिपिआर’ अनुसार काम गर्ने जिम्मा प्रदेश सरकार मातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले पाएको छ । प्राधिकरणले रङ्गशाला क्षेत्रको ‘साइट’मा समन्वय गर्न उद्देश्यले विमला श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरेको इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

सो रङ्गशाला निर्माणका क्रममा आवश्यक सहजीकरण गर्नुहुने रुपन्देही जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधि गर्ने उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले गत शनिबार ‘जबई खेल मैदान क्षेत्र’को प्राविधिक टोलीसहित निरिक्षण गर्दै गुरुयोजनाअनुसारको बहुउद्देश्यीय रङ्गशाला निर्माणको कामअघि बढिसकेको बताउनुभयो ।

स्थानीयवासी र खेलकुदप्रेमीको भावना र चाहनाबमोजिम आफ्नै निर्वाचन क्षेत्रभित्र प्रदेश सरकारको सहयोगमा आधुनिक एवं सुविधासम्पन्न रङ्गशाला बन्न लागेकामा खुसी व्यक्त गर्दै उहाँले निर्माणाधीन कामको निगरानीसहित गुणस्तरमा ध्यान दिन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो ।

उहाँले वन क्षेत्रको अनुमति, बजेट विनियोजन, मन्त्रालय हस्तान्तरण र पूर्वाधार विकास प्राधिकरणलाई अधिकार प्रदानगरी परियोजना कार्यान्वयन सुनिश्चित गर्ने काम सम्पन्न भइसकेको अवस्थामा अब निर्माण कार्यमा अरु कुनै व्यवधान नरहेको स्पष्ट गर्दै अर्थमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधि, नागरिक समाज, स्थानीयवासीको निर्माणको गुणस्तरमा ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

सुरुमा प्रदेश सरकारले रु १० लाख र उपमहानगरले रु पाँच लाख गरी रु १५ लाख विनियोजन गरी रङ्गशालाको वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० को कामअघि बढाउन लाग्दा वन क्षेत्रमा उजुरी परी निर्माण प्रक्रिया रोकिएको थियो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साढे चार बिघा क्षेत्रफलमा निर्माण हुने भनिएको रङ्गशालाको १५ मिटर जग्गा जितेश्वरी सामुदायिक वनमा पर्ने भएपछि डिपिआर र इआइएको काम पूरा भए पनि जग्गा प्राप्तिको प्रक्रिया रोकिएको थियो ।

जग्गा प्राप्त गर्न नसके पनि प्रदेश सरकारले रङ्गशाला निर्माण गर्ने भन्दै विगत चार वर्षदेखि नियमित बजेट विनियोजन गर्दै आएको थियो । पछिल्ला चार वर्षमा प्रदेश सरकारले झण्डै रु २० करोड बजेट यही रङ्गशालाका नाममा छुट्याउँदै आए पनि बजेट ‘फ्रिज’ हुने गरेको थियो ।

सबै पक्षबाट आवश्यक पहलकदमी भएपछि निर्माण प्रक्रिया सम्भव भएको हो भन्दै यसै क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहनुभएका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले भन्नुभयो, “जेजति उल्झन ब्यहोरियो अब व्यहोर्नु पर्ने छैन, यसक्षेत्रको मुहार फेरिने गरी मैदान बन्नेछ, स्थानीयवासी र खेलप्रेमीको चाहना र भावनाबमोजिम प्रदेश सभासदका हैसियतले सक्दो सहयोग र समन्वय गरेँ, रङ्गशाला बन्ने सुनिश्चित भएपछि अहिले साह्रै खुसी छु ।” रासस

जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला
बुटवल । बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरुलाई आयआर्जनमा महत्पपूर्ण सहयोग पुगेको छ ।

उपमहानगरपालिकाले सञ्चालन गरेको जुत्ताचप्पल तालिमले महिलाहरुले साना उद्योग एवं व्यवसाय सञ्चालन गरी घरपरिवारको आयआर्जनका साथै यस क्षेत्रमा आर्थिक चलायमान गराउन सहयोग पुगेको छ । तालिमबाट प्राप्त सीपले धेरै महिला जुत्ताचप्पल व्यवसायबाट आत्मनिर्भर बन्न सकेका छन् ।

बुटवलका विभिन्न वडामा सञ्चालन भएका यस्ता तालिममा महिलाले हातले जुत्ता र चप्पल बनाउने सीप सिकिरहेका छन् । उनीहरू विभिन्न बजारमा आएको नयाँ नयाँ प्रकारका डिजाइनमा ज्ञान प्राप्त गरी उत्पादन गरेका जुत्ता चप्पलको माग बुटवल तथा आसपासका शहरमा वृद्धि भइरहेको छ ।

उपमहानगरबाट तालिम प्राप्त गरेकी ओसिन थापा गुरुङ सफल उद्यमी बन्न सफल हुनुभएको छ । बुटवलको व्यस्त शहरमा रहेको उहाँको साना उद्योगमा जुत्ताचप्पल खरिद गर्न ग्राहकको घुइँचो लागेको देखिन्छ । सफल उद्यमी गुरुङ ग्राहकसँग हँसिलो अनुहारले कुरा गरी आफ्ना सामान बिक्री गर्दै आउनुभएको छ ।

उहाँ बुटवलको वडा नं ३ ज्योतिनगरले विसं २०७९ को माघमा दिएको सात दिने हातले बनाउने जुत्ताचप्पल तालिमबाट प्राप्त सीपले अहिले सफल व्यवसाय सुरु गरी साना उद्यमी बन्नुभएको छ । गुरुङसहित सविता थापा, सुनिता गुरुङलगायत वडाका ५३ महिलालाई जुत्ताचप्पल बनाउने तालिम दिइएको थियो ।

उद्यमी गुरुङले तीन साथीहरुको सहयोगमा विसं २०८० मा बुटवलमा भएका साना घरेलु उद्योग उत्पादनको प्रदर्शनीमा रु एक लाख ८० हजार लगानीमा निर्माण गरिएका सामग्री बिक्री गरी शत्प्रतिशत मुनाफा आर्जन गर्न सफल हुनु भएको बताउनुभयो । उहाँले प्रदर्शनीबाट प्राप्त मुनाफाले आत्मविश्वास वृद्धि भएकाले व्यवसाय दर्ता गरी कार्य सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

वडा नं ३ ज्योतिनगरमा एकैचोटि सिकेका तीन जनाले आफ्नो व्यवसाय चलाउँदै धेरै महिलालाई स्वरोजगार बनाउन सफल भएको उहाँले सुनाउनुभयो । गुरुङले अहिलेसम्म उपमहानगरपालिकाबाट सञ्चालित जुत्ताचप्पल बनाउने तालिम १० वडामा दिएको बताउनभयो ।

उहाँले पूर्वमेचीदेखि पश्चिममहाकालीसम्मका महिलालाई जुत्ताचप्पल तालिम दिएर धेरैलाई व्यवसाय चलाउन सक्ने सक्षम बनाउनुभएको छ । उहाँले अहिलेसम्म एक हजारभन्दा बढी महिलालाई यो तालिम दिइसक्नुभएको छ । गुरुङ अहिले जुत्ताचप्पल बनाउने तालिम लिएर सुरु गरेको व्यवसायले प्रतिमहिना रु तीन लाख मुनाफा आर्जन गर्न सफल हुनुहुन्छ ।

अहिलेसम्म उहाँले दिएको तालिमबाट २०÷२५ जनाले आफ्नै व्यवसाय दर्ता गरेर धेरै महिलालाई रोजगारी दिँदै राम्रै आम्दानी गरिरनुभएको छ । त्यसमध्ये काभ्रेपलाञ्चोककी महिला रञ्जु उप्रेती हुनुहुन्छ । उप्रेती भन्नुहुन्छ, “मैलै विसं २०८१ साउनमा बुटवलमा लिएको जुत्ताचप्पल बनाउने तालिमले अहिले आफ्नै व्यवसाय दर्ता गरी दुई जनालाई रोजगारी दिई मनग्य आम्दानी गर्न सफल भएको छु ।”

त्यसैगरी ओसिनकै अर्की प्रशिक्षार्थी महिला खउकुमारी गुरुङले पनि आफूले हातले जुत्ताचप्पल बनाएर अनलाइनमार्फत बेचेर आम्दानी गर्नाका साथै विभिन्न ठाउँमा तालिम दिँदै महिला उद्यमी उत्पादन गर्दै आउनुभएको छ । तालिम लिएका धेरै महिलाले यो व्यवसायबाट आम्दानी गर्नुभएको उदाहरण यस क्षेत्रमा देख्न सकिन्छ ।

त्यसैगरी, बुटवल वडा नम्बर ३ ज्योतिनगरमा रहेका १२ वटा टोलबाट २८ महिलालाई जुत्ताचप्पलसम्बन्धी साताव्यापी तालिम दिइएको थियो । त्यसबाट सफल उद्यमी बन्नुभएकी अर्की महिला सविता थापा पनि हुनुहुन्छ । थापा आफ्नै व्यवसाय सञ्चालन गरेर मुनाफा आर्जन गर्नाका साथै विभिन्न स्थानमा तालिम दिएर महिलालाई सक्षम उद्यमी बनाउन सफल हुनुभएको छ ।

यस्तै, अर्की प्रशिक्षक सुनिता गुरुङले विसं २०७९ मा तालिम लिएर अहिले आफ्नै व्यवसाय दर्ता गरी सफल उद्यमी र महिलालाई जुत्ताचप्पल बनाउने तालिम प्रदान गरिरहनुभएको छ । विसं २०८२ मा बुटवल–१३ कार्यालयले दिएको हातले जुत्ता चप्पल बनाउने १० दिने तालिममा १३ जना सहभागी भएकामध्ये तारा रानाले अहिले साना उद्योग सञ्चालन गरिरहनुभएको छ ।

रानासहित तालिम लिएका चार जनाले संयुक्त रुपमा सोही वडा नं १३ मै साना जुत्ताचप्पल उद्योग सञ्चालन गरिरहनुभएको छ । राना भन्नुहुन्छ, “हामीहरूलाई पहिला दिन काट्न समस्या हुन्थ्यो भने अहिले तालिमबाट स्वरोजगार हुनाका साथै घरव्यवहार सञ्चालन गर्न केही रकम बचत गर्नसमेत सफल भएकामा खुसी लागेको छ ।”

बुटवल–८ की वडा सदस्य सीता खनालले गत वर्षको चैत २६ देखि वैशाख ३ गतेसम्म वडामा दिएको तालिमले हिजो घरभित्र बस्ने महिला आज बाहिर आएर सबल तथा सक्षम जुत्ता चप्पल उद्यमी भएर आफ्नो खर्च चलाउन सक्ने हुनुभएकामा हर्ष व्यक्त गर्नुभयो ।

उपमहानगरपालिका महिला तथा बालबालिका शाखाका शाखा अधिकृत तारा भुसालले आर्थिक वर्ष २०८१÷८२ मा उपप्रमुख महिला उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं १७, १८ र १९ मा हातले जुत्ताचप्पल बनाउने तालिम ९० जनालाई दिइएको बताउनुभयो । नगरले महिला उद्यम विकास कार्यक्रमअन्तर्गत आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसमध्ये मन्टेश्वरी विधिमा आधारित बालबालिका सहजकर्ता एकमहिने तालिम २५ जनालाई, आधारभूत ब्युटी पार्लर तालिम ४५ दिने ३५ जनालाई, ज्येष्ठ नागरिक केयर गिभर तालिम २५ जनालाई, एडभान्स फेसन डिजाइन तालिम २५ जनालाई, एडभान्स आधारभूत सिलाइकटाइ एकमहिने तालिमलगायत सञ्चालन भइरहेका छन् ।

शाखा अधिकृत भुसालले उपमहानगरपालिकाले महिलाहरूलाई दिएका यस्ता तालिमले उनीहरुलाई आत्मनिर्भर बनाउने र आर्थिक सशक्तिकरणमा सहयोग पु¥याउनाका साथै आर्थिक रूपमा सक्षम बनाएको बताउनुभयो ।

उपमहानगरपालिकाको लघु उद्यम विकास शाखाका सहजकर्ता मिठु माया दर्लामीले उपमहानगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकासका कार्यक्रम धेरै किसिमको गरिरहेको छ । पहिला महिलाहरू यत्तिकै घरमा बस्नुहुन्थ्यो भने तालिम लिएपछि अहिले फुर्सदको समयको सदुपयोग गरी स्वरोजगार भई आयआर्जन गर्न सक्ने हुनुभएको छ ।

महिलाहरु व्यक्तिगत रुपमा भन्दा पनि सामूहिक रुपमा काम गर्ने क्रमको विकास हुनाका साथै महिलामा लघु व्यवसायमा संलग्न भई आर्थिक अवसर प्रदान गर्नलाई यस्ता व्यवसायमा आबद्ध गराएको उहाँको भनाइ छ ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले महिलालाई उत्पादनमूलक सीप दिएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । प्रमुख पाण्डेयले भन्नुभयो, “बेराजगार तथा गृहिणी महिलाहरुलाई सीप र अर्थतन्त्रसँग जोड्न सके मात्र समुन्नत शहर बनाउन सकिन्छ ।”

उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिकाले विशेषगरी महिलालाई धेरै किसिमको व्यावसायिक सीप तथा तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले कतिपय महिलाले उत्पादन मात्र होइन, मार्केटिङ र ब्रान्डिङमा पनि दक्षता हासिल गरेको सुनाउनुभयो । सीप, सहकार्य र सशक्तीकरणको सहयोगले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै समाजमा सम्मानित स्थान हासिल गर्न सफल गराएको छ । महिलाहरुलाई सीप प्रदानबाट उनीहरुको जीवनस्तर उकास्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको उपप्रमुख अर्यालको भनाइ छ । रासस

बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु
काठमाडौँ । बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान शुरु गरिएको हो ।

बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताउनु भयो । यो अभियान दुई दिनसम्म चल्ने उहाँले जानकारी दिनुभयो । समुदायमा चेतना जगाउने हेतुले अभियान शुरुवात गरेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका,तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताउनु भयो ।

अभियानका क्रममा डेङ्गी फैलनसक्ने सम्भावित स्थान,नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेङ्गी संक्रमण गराउने लार्भा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान
लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट रु ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आए पनि सबै सामान तथा भवन जलेर नष्ट भएका पाठकले बताउनुभयो ।

मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पश्चिमतर्फबाट साँझ ६:३० बजेदेखि आगलागी सुरु भएको र करिब आठ घण्टापछि निभाइएको थियो । ओम कम्प्लेक्समा स्टेसनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा पसल, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको व्यवसाय सञ्चालनमा थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले कम्प्लेक्समा सञ्चालित सम्पूर्ण पसलमा रहेका सामानमा क्षति भएको बताउनुभयो । पण्डितका अनुसार मोटरग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिए पनि कम्प्लेक्स भने पूर्णरुपमा ध्वस्त भएको छ ।

आगलागी नियन्त्रणधका लागि बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगङ्गा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका १३ बारुणयन्त्र परिचालन गरिएका थिए ।

स्वरोजगार महिलालाई उपमहानगरको सम्मान
बुटवल । बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ ।

उपमहानगरले सडक छेउ र सार्वजनिक चोकमा मकै पोलेर र सालको पात बेचेर गुजारा चलाउँदै आएका स्वरोजगार महिलालाई सम्मान गर्न थालेपछि ती पेसामा संलग्न महिला उत्साहित भएका छन् ।

स्थानीय महिलाले जीविकोपार्जनका लागि सडक पेटिमा हरियो मकै पोलेर, सालको पात तथा टुना, टपरी बनाएर बिक्री गरेर गर्दै आएका छन् । यसरी काम गर्दा परिवारको दैनिक खर्चमा सहज भएको बुटवल–७ मा बसोबास गर्ने ५२ वर्षीया लक्ष्मीदेवी आर्चायले बताउनुभयो । विगत २२ वर्षदेखि हरियो मकै पोलेर बेच्ने गर्दै आएको भन्दै उहाँले यही व्यापारबाट जीविकोपार्जन भइरहेको बताउनुभयो ।

सोमबार, बिहीबार बुटवलको दीपनगरको हाटबजारमा र शनिबार, बुधबार, आइतबार र मङ्गलबार अन्य हाटबजारमा मबै पोलेर बेच्ने गरेको आचार्यले सुनाउनुभयो । “पहिला सुरुमा हरियो सागसब्जी बेच्ने गर्थे”, उहाँले भन्नुभयो, “पहिलेको व्यवसायबाट घाटा भएपछि दैनिक जीवनयापनका लागि मकै पोल्ने पेसा थालेकी हुँ ।”

आचार्यले दीपनगर बजारमा दैनिक एक सय बढी मकै पोलेर बिक्री गर्नुहुन्छ भने अन्य हाटबजारमा एक सय ५० भन्दा बढी बिक्री गर्ने गर्नुभएको छ । उहाँले यो व्यवसायबाट दैनिक रू एक हजारदेखि रू एक हजार पाँच सयसम्म मुनाफा हुने गरेको बताउनुभयो । काम सानो वा ठूलो नहुने भन्ने कुरा उपमहानगरले सम्मान गरेपछि महसुस भएको उहाँले बताउनुभयो ।

बुटवल–३ गोलपार्कका ६६ वर्षीया राधा राना मगरले विगत २० वर्षदेखि मकै पोलेर जीवनयापन गर्दै आएको बताउनुभयो । गुल्मी जिल्लाको भार्से घर बताउने राधा विसं २०३४ मा बुटवल झर्नुभएको थियो । सुरुमा कालिकानगरमा ढाका कपडा बुन्ने तथा बुटवल औद्योगिक क्षेत्रमा मजदुरी गर्ने गरेको बताउँदै उक्त कामबाट घर खर्चमा समस्या भएपछि मकै बिक्री गर्न थालेको उहाँले सुनाउनुभयो ।

राधाले पोलेका मकै प्रतिगोटा रू २५ देखि ३० र हरियो रू २० मा बिक्री हुने गरेको छ । कहिलेकाहीँ दिनको ३० देखि ७० वटासम्म पोलेको मकै बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो पेसालाई प्रत्साहन गर्न उपमहानगरले रू पाँच हजारसहित सम्मान गरेका भन्दै यसबाट थप उर्जा प्राप्त भएको बताउनुभयो ।

बुटवल–१ स्थित फूलबारीमा बस्दै आउनुभएकी २८ वर्षीया  दिलमाया विक तिनाउ पुल छेउमा मकै पोलेर बेच्ने गर्नुहुन्छ । मकै बिक्रीबाट दैनिक रू पाँच सय मुनाफा आर्जन हुने गरेको उहाँले बताउनुभयो । विगत १० वर्षदेखि यही व्यवसाय गर्दै आएकी विकले पोलेको मकै रू २५ देखि ३० सम्ममा बिक्री हुने गरेको छ । विकले बिहान उपमहानगरमा सरसफाइको काम गर्नुका साथै अन्य समयमा मकै पोलेर बेच्ने गर्नुहुन्छ ।

बुटवल–१ को दीपनगरमा बसोबास गर्दै आउनुभएकी ५२ वर्षीया तारा गिरीले विगत ३० वर्षदेखि सालको पात बिक्री गर्दै आउनुभएको छ । उहाँले पहिला हरियो सागसब्जीको व्यापार गर्नेगरेकामा तरकारी व्यवसायबाट नोक्सान धेरै भएपछि पेसा परिवर्तन गरेको बताउनुभयो ।

गिरीले श्रीमान् अस्वस्थ्य भएकाले केही गर्न नसक्ने भन्दै तीन छोरी र एक छोराको सबै खर्च सालको पात बेचेर नै भइरहेको बताउनुभयो । उहाँले दीपनगरको बजार र बुटवल हाटबजारमा पात बेच्ने गर्नुहन्छ ।

कपिलवस्तुलगायत जङ्गलमा पुगेर दिनभरिमा सालका पात टिपेर ल्याउने गरेको भन्दै भोलिपल्ट बजार प्रतिमुठा रू ५० देखि रू ६० सम्ममा बिक्री गर्ने गरेको गिरीले जानकारी दिनुभयो । यसबाट दैनिक रू पाँच सयदेखि रू एक हजारसम्म मुनाफा आर्जन हुने गरेको उहाँको भनाइ छ ।

उपमहानगरले यसरी स्वरोजगार बन्दै आएका यहाँका महिलालाई रू पाँच हजारसहित सम्मान गरेको निकै खुसी लागेको बताउँदै गिरीले यसबाट काम गर्न थप हौसला प्राप्त भएको बताउनुभयो । आफूसँगै आफूजस्ता अन्य दिदीबहिनी पनि सम्मान हुनुभएपछि उपमहानगरले हानमीलाई ठूलो गुन लगाएको जस्तो महसुस भएको छ”, उहाँले भन्नुभयो ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–२ योगीकुटीमा बसोबास गर्ने ४० वर्षीया रमा बस्यालले विगत ११ वर्षदेखि सालको पात बिक्री गर्दै आउनुभएको छ । उहाँ नजिकैको चरङ्गे, भलुहीको जङ्गलमा पुगेर सालको पात टिप्नुहुन्छ । उहाँले उक्त पात बुटवल बजारमा पुर्‍याएर बिक्री गर्दै आउनुभएको छ । बुटवल नजिकको जङ्गलमा पात नपाउँदा नवलपरासीको चोेरमारा जङ्गलसम्म पुगेर पात टिप्ने गरेको बस्यालले सुनाउनुभयो ।

बुटवल उपपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी, फलफूलसँगै सालको पात बिक्री गर्दै आउनुभएकी ७७ वर्षीया सावित्रा गुरुङ ठकुरी ९नानी०को जीविकोपार्जनको प्रमुख आधार नै यही पेसा बनेको छ । “चिडियाखोला सुकुम्बासी टोलमा बस्छु । १६ वर्षको उमेरमा भारतीय सेनामा कार्यरत गोपाल ठकुरीसँग विवाह भयो । श्रीमान्को सेनाबाट अवकाश भएपछि स्वदेश आउनुभएको थियो । बुटवलमा मजदुरी गर्दागर्दै उहाँको क्षयरोगले थलिएर निधन भयो”, उहाँले भन्नुभयो ।

उमेर ढल्किँदै जाँदा श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि छोरी निरुको सहयोगमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको ठकुरीले बताउनुभयो । हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने हाटबजारमा जाने गरेको उहाँले बताउनुभयो ।

ठकुरीले भन्नुभयो, “घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, त्यसैले यहाँ आएपछि दिदीबहिनीसंँग कुराकानी गरेर दिन काट्छु । केही आम्दानी पनि हुन्छ, जीविकोपार्जन यसैबाट भइरहेको छ ।” व्यापार गर्ने दिदीबहिनीले पनि एक दिन नआउँदा बजै किन आउनुभएन भनेर सोधीखोजी गरेर बोलाउने गरेका उहाँले बताउनुभयो ।

बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मकै पोल्ने, सालको पात बिक्री गर्ने, फलफूल तथा तरकारी बिक्री गरी स्वरोजगार बनेका महिलालाई सम्मान गरिएको बताउनुभयो गत वर्षको नीति तथा कार्याक्रममा स्वरोजगार महिलालाई सहयोग तथा सम्मान गर्ने विषयम समावेश गरिएको बताउँदै सोहीअनुसार रू पाँच हजारसहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख पाण्डेयले यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयो । महिला सशक्तीकरण अभियानअन्तर्गत उहाँहरुलाई रू पाँच हजार नगदसहित सम्मान गरिएको उहाँको भनाय छ । नगरले इ रिक्सा चलाउँदै आएका ७५ जना महिलालाई केही महिना अगाडि तालिम र सम्मान गरिएको प्रमुख पाण्डेयले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले सबै क्षेत्रमा सबैसँग जोड्न बजेटमा यस्ता कार्याक्रम समावेश गरिएको बताउनुभयो । उहाँका अनुसार महिलालाई आवश्यकता अनुसार तालिम तथा सीपको समेत व्यवस्था गरिँदै आइएको छ ।

मानवीय विकासबिना महिला सशक्तीकरण नहुने भएकाले तल्लो क्षेत्रमा रहेर श्रम गरिरहेका महिलाको जीवनस्तर उठाउने उद्देश्यले सम्मान गरिएको उपप्रमुख अर्यालले बताउनुभयो । आगामी आवमा पनि सीपमा पहुँच पुर्‍याउने किसिमका योजना नीति तथा कार्यक्रममा ल्याउने उहाँले जानकारी दिनुभयो । रासस

बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस
बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण रु ३० करोड १७ लाख, ससर्त अनुदान रु ४७ करोड ९२ लाख, समपूरक अनुदान रु ८० लाख र विशेष अनुदान रु दुई करोड रहने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु दुई करोड ३१ लाख ६९ हजार, ससर्त अनुदान रु दुई करोड नौ लाख ५० हजार र समपूरक अनुदान रु दुई करोड अनुमान रहेको छ । राजस्व बाँडफाँटबाट प्राप्त हुन अनुदान रु ३१ करोड ८५ लाख ३१ हजार र आन्तरिक आयतर्फ ९१ करोड राजस्व सङ्कलन हुने र गत आर्थिक वर्षको अघिल्लो वर्षको बाँकी (अल्या) रु २६ करोड ३८ लाख ५० हजार हुने अनुमान गरिएको छ ।

बजेटमा उपप्रमुख अर्यालले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिनुभएको छ । त्यस्तै, बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियाली सहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ रु २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुका लागि रु १६ करोड ५० लाख, कृषि, पशुपक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ रु चार करोड ४० लाख, फोहरमैला व्यवस्थापन तथा वातावरणतर्फ रु एक करोड ८३ लाख र सुशासन तथा सेवाप्रवाह, नगर विकासका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

प्रस्तुत बजेट कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने सबै किसिमका कार्यविधिहरु आर्थिक वर्षको भदौ महिनाभित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा गर्दा वार्षिक नीति तथा कार्यक्रम, सङ्घ र प्रदेशबाट प्राप्त भएका मार्गदर्शन तथा बजेट सीमा, नेपाल सरकार, स्थानीय सरकार सञ्चालन ऐन, दिगो विकास लक्ष्य, आवधिक योजना लगायतलाई मुख्य मार्गदर्शनका रुपमा लिएको उल्लेख छ ।

यस्तै, बजेट तर्जुमा गर्दा विभिन्न राजनीतिक दलहरुबाट प्राप्त सुझाव, व्यावसायिक, सामाजिक सङ्घसंस्था, राजस्व परामर्श समिति, स्रोत अनुमान तथा सीमा निर्धारण समिति, वडा भेला, टोल विकास संस्था, नागरिक अगुवा, करदाता, जनप्रतिनिधिबाट प्राप्त सल्लाह, सुझाव एवम् निर्देशनलाई आधार बनाइएको उपप्रमुख अर्यालले बताउनुभयो ।

प्रस्तुत बजेटमा चालु आर्थिक वर्ष २०७९/८० जेठ मसान्तसम्मको वित्तीय स्थितिको समीक्षा गर्दा यस अवधिमा चालु खर्चतर्फ रु ७९ करोड ७४ लाख ३८ हजार चार सय १८ अर्थात् ६४ दशमलव ०९ र पूँजीगत रु ५१ करोड ६८ लाख १५ हजार आठ सय ९६ अर्थात् ४३ दशमलव ३५ प्रतिशत वित्तीय प्रगति भएको उल्लेख गरिएको छ ।

वित्तीय खर्च रु ८२ लाख ३३ हजार ६ सय ९४ अर्थात् ८२ दशमलव ३४ प्रतिशत खर्च भएको देखाइएको छ । क्षेत्रगत रुपले खर्च प्रगति मापन गर्दा आर्थिक विकासमा ५७ दशमलव १४ प्रतिशत, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला बालबालिका जस्ता क्षेत्रमा ६१ दशमलव १० प्रतिशत र पूर्वाधार विकासतर्फ ४१ दशमलव ६२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ३९ दशमलव ०७ प्रतिशत भएको छ । त्यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ७२ दशमलब ०५ प्रतिशत भएको छ । पूँजीगत खर्च आर्थिक वर्षको अन्त्यसम्म ७० देखि ८० प्रतिशत पुग्ने अनुमान गरेको छु ।

आन्तरिक आय अनुमान रु ६० करोड गरिएकामा जेठ मसान्तसम्म रु ४२ करोड १२ लाख ५६ हजार चार सय १५ मात्र प्राप्त भएको छ । असार मसान्तसम्म आन्तरिक राजस्व जम्मा रु ५० करोडसम्म बढी राजस्व असुली हुने अनुमान गरिएको छ ।

यस अवधिसम्म नेपाल सरकार, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र राजस्व बाँडफाँटबाट जम्मा रु एक अरब दुई करोड ५० लाख ९२ हजार २५ प्राप्त भएको छ । यसरी आर्थिक वर्ष २०७९/८० मा वित्तीय व्यवस्था र गत वर्षको अल्या रु ३४ करोड २१ लाख ४२ हजार चार सय ४९ समेत गरी रु एक अरब ७८ करोड ८४ लाख ९१ हजार आठ सय ९० प्राप्त भएको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

बजेटका प्राथमिकता

प्रस्तुत बजेटमा मुख्यतया उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत सहरका रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने बताइएको छ ।

यस्तै, नगरभित्र उपलब्ध प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोग गरी उत्पादन र रोजगारी अभिवृद्धि गर्ने, नगरवासीको विकास र उन्नतिको आकाङ्क्षालाई सामाजिक, आर्थिक र पूर्वाधार विकासमार्फत सामाजिक समावेशीकरणलाई आत्मसात् गर्दै नागरिकको समग्र विकासमा जोड दिने, स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै सङ्घ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने गरी बजेट निर्माण गरिएको बताइएको छ । रासस

बुटवलका सडकमा खुला दूध बेच्न रोक
बुटवल । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ ।

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको अर्यालले बताउनुभयो । यस्तै बैठकले दूग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध विक्रेता, किसानलगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ ।

रुपन्देही डेरी व्यवसायी सङ्घका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायी कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा र संजोग श्रेष्ठ सदस्य रहनुभएको छ भने सदस्यसचिवमा बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख रहनुभएको छ । बैठकले दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताउनुभयो । रासस

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
रुपन्देही । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ ।

लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बुटवलमा कांग्रेसको फराकिलो अग्रता
बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

बुटवलमा पछिल्लो समय एक हजार ४०० मतगणना हुँदा पाण्डेले ६०३ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार मृगेन्द्र शेरचनले ३०२ मत हासिल गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार बाबुराम भट्टराईले २३९ मत पाएका छन् ।

सो उपमहानगरको उपमेयरमा भने राप्रपाकी भगवती पाण्डे सबैभन्दा अगाडि छिन् । उनले ३१९ मत पाएकी छिन् । दोस्रो स्थानमा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सावित्रा अर्यालले २९४ र तेस्रो स्थानमा पाँच दलीय सत्तागठबन्धनबाठ नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार चिनबहादुर गुरुङ २४३ मत हासिल गरेका छन् ।

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता
बुटवल । स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिनुभएको छ । उहाँले २१५ प्राप्त गर्नुभएको छ भने, राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र नेकपा (एमाले)का बाबुराम भट्टराइले ७८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।

जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । रासस

एमाललेले बुटबलमा मेयरमा बाबुराम भट्टराई र उप-मेयरमा साबित्रा अर्याललाई उम्मेद्वार बनाउने
काठमाडौ । नेकपा (एमाले)ले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उप (मेयरमा साबित्रा आर्याललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले मेयरमा बाबुराम भट्टराई र उप(मेयरमा साबित्रा आर्याललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।