महाकाली नदी – News Polar

महाकाली नदीमा सेनाको विपद् अभ्यास
काठमाडाैँ । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।

नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमूना अभ्यास स्थानीय माँझ प्रस्तुत गरिएको हो । बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले उद्धार एवं क्षति न्यूनीकरणबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमूना अभ्यास गरिएको बताउनुभयो ।

“महाकाली नदी क्षेत्रमा सम्भावित बाढी तथा प्राकृतिक विपद्् व्यवस्थापनका लागि एकत्रित भएका छौैँ”, सेनानी शाहीले भन्नुभयो”, उहाँले विपद्मा उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित तयारी अवस्थामा रहने गरेको जानकारी दिनुभयो । नमूना अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले संयुक्त अभ्यास देखाएका थिए । त्यसैगरी, कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदीको किनारको क्षेत्र बाढी तथा विपद्को जोखिममा रहेकाले स्थानीय नागरिक वर्षातका बेला सजग हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महाकाली नदीमा पौडी खेल्ने, रमाइलो गर्ने क्रममा धेरै नागरिकहरुले ज्यान गुमाउनुपरेको भन्दै बोहराले वर्षातका बेला ज्यान जोखिममा राखेर बाढीको भेलमा दाउरा सङ्कलन लगायतका गतिविधि गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी मदन कोइराला र श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सेनाको उक्त नमूना अभ्यासमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) लगायतका गैरसरकारी संस्थाको पनि सहकार्य थियो ।

महाकाली नदीको कटानले बस्ती जोखिममा
दोधारा चाँदनी, (कञ्चनपुर) । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।

बस्ती जोगाउन सरकारसँग पटकपटक आग्रह गरे पनि नदीको कटान रोक्न तटबन्ध निर्माण हुन नसकेको स्थानीय टेकबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार डुबान र कटानका कारण यहाँबाट अधिकांश बसाइँ सरेर अन्यत्र गइसकेका छन् ।

“नदीले निरन्तर कटान गरिरहेकाले नदी बस्ती छेउमा पुगिसकको छ । सरकारले यहाँ तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म नगर्दा बस्ती साघुँरिदै गएको छ”, उहाँले भन्नुभयो, “नदीले बर्सेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । हामीलाई त बस्ती नै नदीमा समाहित हुने चिन्ता बाढ्दै गएको छ ।”

विसं २०२२ देखि बस्ती बसेको कुतियाकवरमा यसअघि १५० परिवारको बसोबास थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि १०० परिवार विस्थापित भएका छन् । विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेर नगरसँग जोडिएपछि स्थानीयलाई केही राहत भएको थियो । त्यसअघि स्थानीयलाई नगरपालिका पुग्न ढुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

“विगतका वर्षमा आउने बाढीबाट धेरै दु:ख पायौँ”, स्थानीय खडक बुढाले भन्नुभयो, “विसं २०७८ को बाढीले गाईभैँसी, बाख्रा सबै बगायो । घरमा रहेको अन्न पनि बचेन ।” यसवर्ष जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भएपछि डुबानबाट सुरक्षित हुने आशा गरिएको बताउँदै उहाँले निर्माण सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म बाक्लो बसोबास रहेको कुतियाकवर बाढीका कारण धेरै बसाइँ सरेर अन्यत्र गएपछि बस्ती पातलिँदै गएको हो ।

दोधारा-चाँदनीका नगरप्रमुख किशोर लिम्बूले कुतियाकवरमा महाकाली नदीले कटान गरिरहेकाले बस्तीको सुरक्षाका लागि दुई वटा ‘सेफहाउस’ (सुरक्षित आवास) निर्माण गरिएको बताउनुभयो । “महाकाली नदीले बस्तीको भूभाग कटान गरिरहेको छ, हामीले पानी घटेको स्थानमा ग्राभेल हालेर सुरक्षाको उपाय अपनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “मानवीय क्षति हुन नदिन पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ ।” उहाँले महाकाली र जोगबुढा नदीका विभिन्न स्थानमा जलमापन यन्त्र जडान गरेर त्यहाँको सूचना सिधैँ नगरपालिकामा आउने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।

बाढीबाट कुतियाकवर बस्ती जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । ढिलोगरी ठेक्का सुरु भएकाले नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम नगर्दा पूर्ण हुन नसकेको नगरप्रमुख लिम्बूले जानकारी दिनुभयो ।

तटबन्ध निर्माणका लागि कार्यालयले गत चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध आगामी चैत २५ भित्र सम्पन्न गरिसक्नु पर्नेछ । “करिब ५० बिघा क्षेत्रफलमा रहेको बस्ती हरेक वर्षको कटानले साघुँरिदै गएको छ । कटानका कारण सीमास्तम्भ नं २२ लामो समयदेखि हराइरहेको छ । २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ”, लिम्बूले भन्नुभयो । रासस

महाकाली नदीमा डुबेका दुई बालिकाको अझै पत्तो लागेन
कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्तो लाग्न सकेको छैन ।

नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त आइतबार नदीमा डुबेर बेपत्ता भएका थिए । आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले नदी क्षेत्रमा दुवै बालिकाको खोजतलासको कार्य जारी राखे पनि अहिलेसम्म फेला पार्न सकेका छैनन् ।

“बालिका नदीमा डुबेको खबर पाउने बित्तिकै आइतबार साँझ अबेरसम्म नदीमा खोजतलास गर्‍यौँ,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले भन्नुभयो, “आज बिहानदेखि पुनः खोजतलासको कार्य भइरहे पनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।” नदीमा पानीको बहाव अधिक रहेकाले खोजतलासको कार्यमा अप्ठेरो भइरहेको उहाँको भनाइ छ । दुवै बालिका एकै परिवारको भएको बताइएको छ । रासस

महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह
खलङ्गा  । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ । आज बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ ।

महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्ककता अपनाउन आग्रह गर्नुभएको छ ।

यसैगरी बैतडीका प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले पनि महाकालीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका बासिन्दालाई नदी छेउछाउ नजान अनुरोध गरिएको छ । धौलीगङ्गाको बाँधको ढोका खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको

छ ।

चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक

महाकालीमा पानीको बहाब बढेपछि महाकाली नदीमा रहेको पक्की पुलमा चार पाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको छ । महाकालीमा पानीको बहाव प्रति सेकेण्ड एक लाख दुई हजार ७४२ क्युसेक पुगेपछि आज बिहानैदेखि चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

सोमबार उक्त पुल भएर चारपाङ्ग्रे सवारीसाधन चलाउन रोक  लगाइएको थियो । महाकाली नदीमा पानीको बहाव प्रति सकेण्ड एक लाख क्युसेक पुग्ने बितिक्कै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाउने गरिन्छ । अहिले महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले दार्चुलाको दत्तुमा पानीको बहाव सतर्कताको बिन्दु नजिक पुगेको छ ।

महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द
दोधारा चाँदनी । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

“महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उहाँले भन्नुभयो–“महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उहाँका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
बैतडी । महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् । शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल–भारत सीमा नजिक दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बसपार्क नजिकैबाट महाकालीमा लडेर बेपत्ता हुनुभएको थियो ।

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासि चिप्लिएर महाकाली नदीमा खस्नुभएको हो । बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ । साथै खोजीका लागि भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ । लगातारको वर्षाले महाकालीको बहाव बढ्नाका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रवक्ता ढुङ्गानाले बताउनुभयो ।

महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन अनुरोध
दोधारा चाँदनी । कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ । उहाँका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

“भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन ।” प्रहरी निरीक्षक थापाले भन्नुभयो,“दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ ।” उहाँका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको अवस्था छ । यसका कारण बस्ती डुबानमा परेका छन् भने एक/दुई परिवार विस्थापित भएका छन् ।

त्यसैगरि लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाब तीन लाख ५१ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने वित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।

जिल्लाका अन्य नदीमा पनि जलस्तर खतराको तह पार गरेको छ । वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्नसक्ने बताइएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता र पूर्व तयारी अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।

झुलाघाट बीचमा महाकाली नदी
बैतडीसँग जोडिएको सीमावर्ती बजार झुलाघाट बीचमा महाकाली नदी । यहाँ नेपालपट्टि सानो र भारततिर ठूलो बजार रहेकाले नेपाली नागरिक किनमेलका लागि भारतीय बजारमै जाने गरेका छन् । तस्बिर: विनोदसिंह विष्ट-रासस

पर्यटकको रोजाइमा महाकाली पुल
बेदकोट । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

पक्की पुलमा फोटो तथा भिडिओ कैद गर्नेको पछिल्लो समय भीडभाड लाग्ने गरेको दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रम चन्दले जानकारी दिनुभयो । “पक्की पुलले यहाँ पर्यटकको आवागमनलाई बढाएको छ । पछिल्लो समय पुल अवलोकनका साथै तस्वीर र भिडिओ खिच्नेको भीडभाड लाग्छ”, उहाँले भन्नुभयो, “पुल हेर्न भारतबाट पनि पर्यटक आउने गर्छन् ।”

उहाँका अनुसार तुलनात्मकरूपमा सार्वजनिक बिदाको समयमा पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । पक्की पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुङ्गे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ ।

“यहाँ पुग्दा सामुद्रिक तटमा पुगेजस्तो महसुस भयो । सूर्यास्तको सुन्दर दृश्यलाई पृष्ठभूमिमा राखेर पुलबाट तस्वीर कैद गर्न सकिन्छ”, पक्की पुल अवलोकन गर्न पुग्नुभएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का लक्ष्मीकान्त भट्टले भन्नुभयो, “पर्यटनको प्रचुर सम्भावना बोकेको यसको व्यापक प्रचार–प्रसार हुनु जरुरी छ ।”

कैलाली, कञ्चनपुरका साथै सीमावर्ती भारतीय सहरका बासिन्दा पुल अवलोकनका लागि पुग्ने गरेका छन् । पक्की पुल अवलोकनका लागि पुग्ने पर्यटकको रोजाइमा दोधारा चाँदनी झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत पनि पर्ने गरेका छन् । पक्की पुल निर्माणले दोधारा चाँदनी क्षेत्रमा आवातजावत बढेसँगै यहाँको व्यापार–व्यवसाय पनि फस्टाउँदै गएको छ ।

“यहाँ बाटो नहुँदा निकै समस्या थियो । गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे”, दोधारा चाँदनी–१ का होटल व्यवसायी नबहादुर बमले भन्नुभयो, “पक्की पुलले मानिसको भीडभाड पनि बढेको छ । व्यापार पनि राम्रो छ ।” विसं २०७४ देखि निर्माण सुरु भएको पुल आयोजनाअन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ ।

गड्डाचौकीबाट दोधारा चाँदनीको मलेरिया नालासम्म आठ किलोमिटर पहुँचमार्ग र पुलको दुवैतर्फ निर्माणाधीन पोखरीको तटबन्धको काम अन्तिम चरणमा पुगेको छ । महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको छ । रासस

दार्चुलाबाट सर्यो महाकाली नदी नियन्त्रण आयोजना
खलङ्गा । दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो ।

सोमबार आयोजना प्रमुखसहित कर्मचारी बैतडीको पाटन हिँडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेशप्रसाद आचार्यले बताउनुभयो ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो । सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको छ । त्यहाँको कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला हेर्ने गरी बनाइएको छ । नदी नियन्त्रणका लागि १९ वटा प्याकेजमा काम भइरहेको र अझै दुई वटा प्याकेजको काम बाँकी रहेको छ ।

यस्तै गतवर्ष लास्कु खोलामा आएको बाढीले करिब एक किलोमिटर तटबन्धमा क्षति पुर्‍याएको थियो । काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले पटक(पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर लिखित तथा मौखिक असन्तुष्टी जनाएको उहाँले बताउनुभयो । रासस

महाकाली बगरमा ‘बिच भलिबल’
महेन्द्रनगर । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । रु एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका छन् ।

महेन्द्रनगरस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक तथा कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा प्रथम पुरुष खुल्ला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको सोमबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा महाकाली किनारमा पहिलो पटक बिच भलिबल आयोजना गरिएको हो । नेपाली सेनाले सैनिक–नागरिकसम्बन्ध थप सुदृढ बनाउन तथा खेलाडी उत्पादन र खेलकुदको विकास मद्दत पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा खुल्लातर्फ २३ तथा भेट्रानतर्फ ११ टोली सहभागी रहेको भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले हालसम्म खुल्लातर्फ पाँच र भेट्रानतर्फ तीनवटा खेल भइसकेको बताउनुभयो । “भलिबल खेलको माध्यमबाट शुक्लाफाँटा, झोलङ्गे पुल, भाइरल रोडलगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको हो”, उहाँले भन्नुभयो– “आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिन्छौँ ।”

प्रतियोगितामा खुल्लातर्फ प्रथम स्थान हासिल गर्ने टोलीलाई रु एक लाखसहित पुरस्कृत गरिने छ । द्वितीय हुने टोलीलाई रु ५० हजार तथा तृतीयलाई रु २५ हजारसहित पुरस्कृत गरिनेछ । यसैगरी भेट्रान (चालिस वर्षभन्दा माथि) तर्फ पहिलो हुने टोलीले रु २५ हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

बिच भलिबल प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा–चादँनी नगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डासँगै व्यवस्थापनमा रुद्रध्वज गण मझगाउँ ब्यारेक र श्रीदल गुल्म खटिएका छन् । रासस

सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित
महेन्द्रनगर । कुनै बेला भौगोलिकरुपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान भारतको बनबासा भएर आवतजावत गर्नुपथ्र्यो । भारीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले बेलाबखतमा दु:ख पनि दिने गरेका थिए । तर महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनीका बासिन्दालाई धेरै राहत मिलेको छ ।

अहिले महाकालीमा झोलुङ्गेसँगै चार लेनको पक्की पुल समेत बनेपछि चहलपहल ह्वात्तै बढेको छ । अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रियाको अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने छ । महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता अब इतिहासमा सीमित भइसक्यो । तर अहिले पनि दोधारा चाँदनीको सीमा बस्तीका बासिन्दा भने विभिन्न दुख: कष्ट सहेर जीवनयापन गरिरहेका छन् ।

दोधारा चाँदनी–१० कुतियाकवरका बासिन्दालाई विभिन्न समस्याबाट पीडित छन् । दोधारा चाँदनीको दक्षिण सीमामा पर्ने भारतसित जोडिएको उक्त गाउँमा २०२२ सालको सेरोफेरोमा बस्ती बसेको हो । कुतियाकवरमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि हाल ४२ परिवार मात्रै बस्दै आएका छन् । उक्त गाउँ महाकाली नदी र जोगबुढा नदीको दोसाँधमा पर्छ । दुवै नदीका कारण बर्सेनि यहाँ बाढीको खतरा रहन्छ । हरेक बर्सातमा गर्ने नदी कटानका कारण बस्ती साँघुरिन पुगेको छ । तटबन्ध निर्माणका लागि ठोस पहल अझै नभएको स्थानीय टेकबहादुर सुनारले बताउनुभयो ।

“अहिले पनि जोगबुढा र महाकालीको मिलन बिन्दु छेउछाउमा बाढीले कटान गरेर धान खेती बगाइरहेको छ”, उहाँले भन्नुभयो, “सीमाको पहरेदारका रुपमा अभाव सहेर बस्यौँ । बाढीले कटान गर्दा बस्ती नै जोखिममा छ ।”

दलित र विपन्न समुदायका नागरिकको बसोबास रहेको कुतियाकवरमा पक्की संरचनामा नाममा अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा बाढीबाट बच्न ‘सेफ हाउस’ बन्दै छ । यहाँ प्राय: घर कच्ची छन् ।

“हामीलाई बस्तीमा बालबालिका पढाउन प्राविसम्मको स्कुल भइदिए पनि सहयोग पुग्थ्यो”, स्थानीय भीमसिंह सुनारले भन्नुभयो, “अहिले पनि झोलुङ्गे पुल तरेर जाँदा बाटो छेउको उखुबारीमा बाघ र स्यालको त्रास बालबालिकालाई जहिल्यै रहन्छ ।”

विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेको हो । त्यसपछि बस्तीमा बिजुलीको प्रबन्ध गरिएको थियो । यि दुई बाहेक अन्य विकास निर्माणका काम यहाँ हुन नसकेको सुनारको भनाइ छ । “यहाँको प्रमुख समस्या नै नदी कटान हो”, उहाँले भन्नुभयो, “नेताहरुको आश्वासनले मात्रै तटबन्ध बन्दैन् ।” शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारबाट पछि परेको कुतियाकवरका नागरिक मजदुरीका लागि भारतीय बजारमाथि निर्भर छन् ।

“सीमामा थिचोमिचो सहेर पनि दशकौँदेखि रक्षक भएरै बस्दै आयौँ”, सुनारले भन्नुभयो, “झोलुङ्गे पुल बनेपछि आवागमनमा सहज भएको छ ।” स्थानीयले भनेअनुसार नदी कटानको समस्या विगत पाँच दशकदेखिको हो । महाकाली नदीको दुवैतर्फ तटबन्ध निर्माण बेला बखतमा भए पनि कुतियाकवर क्षेत्रमा बाँकी नै छ ।

दोधारा चाँदनी–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवरवासी लामो समयदेखि राष्ट्रको सेवक भएर सीमा सुरक्षामा तैनाथ रहेको बताउनुभयो । “त्यो बस्ती सीमा संरक्षणका लागि पनि महत्वपूर्ण छ, त्यहाँको विकास निर्माणमा ध्यान दिन जरुरी छ, सुविधा पाए पो सीमाका रुक्षकका रुपमा बस्लान, त्यसैले राज्यले यसमा ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “तटबन्ध निर्माणका लागि बहुउद्देश्यीय ठेक्का गरिए पनि नदीमा पानीको सतह नघट्दा निर्माणमा समस्या छ ।”

कुतियाकवरतर्फ एक हजार सात सय घनमिटर तटबन्ध निर्माणको ठेक्का गरिए पनि निर्माण कम्पनीको ढुलासुस्तीले काम रोकिएको उहाँले बताउनुभयो । “त्यहाँ निर्माण सामग्री ढुवानी गर्न समस्या छ”, वडाध्यक्ष सिंहले भन्नुभयो, “यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रमेश लेखकले कुतियाकवर जान पक्की पुल नै बनाउने बाचा गर्नुभएको छ ।”

अझै पनि बस्तीमा अभावका बिच स्थानीयवासी आफ्नो दैनिकी चलाइरहेको वडाध्यक्ष सिंहले बताउनुभयो । “बस्ती मात्रै नभएको भए त्यो भूमि संरक्षण हुनेमा आशङ्का नै थियो”, उहाँले भन्नुभयो, “धेरै कष्ट झेलेर पनि कुतियाकवरवासीले बस्ती कुरिरहेकै छन् । उनीहरु सीमा स्तम्भ बनेर बसेका छन् ।” बस्ती कटान र बर्सातका बेला डुबानमा पर्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष सिंहले कतिपय बेला बाढीबाट जोगिन आम्भोजतर्फ बसाइँ सर्ने गरेका छन् ।

कुतियाकवरका बालबालिकालाई अध्ययनका लागि धेरै समस्या छ । उनीहरु पढ्न जोगबुढा नदी पारीको ओमकार आधारभूत विद्यालय धाउँछन् । बालबालिका आधी घण्टा हिँडर आउजाउ गर्छन् । सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत मानव सुनारले घरबाट विद्यालय पुग्न निकै समस्या हुने गरेको बताउनुभयो ।

“जोगबुढा नदी पारी वन्यजन्तुको डर त्रास रहन्छ, बाघ र स्यालको बढी डर हुन्छ”, उहाँले भन्नुभयो, “झोलुङ्गे पुल नहुँदा त झन ढुङ्गा चढेर स्कुल आवतजावत गर्नुपर्ने बाध्यता थियो ।” अभिभावकका भरमा विद्यालय जानुपर्ने बाध्यता रहेको सुनार बताउनुहुन्छ । रासस

महाकाली नदीको सतह बढेपछि स्थानीयवासी त्रसित
खलङ्गा । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ ।

आज बिहान ५ बजे खोलिएको बाँध बेलुकी ८ बजेसम्म खुला रहने हुँदा महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “राति ८ बजेसम्मको अवधि र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरेका छौँ ।”

महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन् । सदरमुकाम खलङ्गाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताउनुभयो ।रासस

महाकालीमा बालुवा छान्नेको पीडा: ‘बालुवा नछाने भोकै बस्नुपर्छ’
बेदकोट । गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली । गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन् । उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन् । सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग । कोही खाल्डामा पसेर उत्खनन गर्दैछन् त, कोही गिट्टी, बालुवा छुट्याउन छान्ने जालीसम्म ढुवानी गर्ने काममा व्यस्त छन् ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ । नदी तटीय क्षेत्रका विपन्न परिवारको आम्दानीको स्रोत हो, गिट्टी, बालुवा ।

ब्रह्मदेवकी कलावती पाललाई महाकालीमा बालुवा छान्ने काम गर्न थालेको पाँच वर्ष भइसक्यो । दिनभरि महाकालीमा बालुवा छाने मात्रै बेलुका उहाँको चुलोमा आगो बल्छ । “घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन”, उहाँ भन्नुहुन्छ, “बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ ।” कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्नुहुन्छ । उहाँहरुका चार छोराछोरी छन् ।

“खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छुप्रो मात्रै छ”, मानसिंहले भन्नुभयो, “महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ ।”

महाकालीमा बालुवा छान्ने काममा ब्रह्मदेवकी चन्द्रा भुलको जीवनको आधा समय घर्कियो । घरबाट बिहान खाना खाएर निस्किएर बेलुका अबेरसम्म महाकालीमा गिट्टी, बालुवा छान्ने उहाँको दैनिकी नै हो । “यहीँ गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौं, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो”, उहाँले भन्नुभयो, “खाद्यान्न खरिददेखि बालबच्चाको विद्यालयको खर्च यही कमाईले व्यहोर्न पर्छ ।”

सात/आठ महिना बालुवा छानेर कमाएको पैसाले घरखर्च जोहो गर्न धौ–धौ हुने गरेको धौली नेगी बताउनुहुन्छ । “गिट्टी छानेर बिक्री गरेको पैसाले खर्च जोहो गर्नै मुस्किल पर्छ, नुन, तेल, खाद्यान्न सबै किनेरै खानुपर्छ”, उहाँले भन्नुभयो, “कमाईको स्रोत यहीँ एउटा छ, सबै खर्च व्यवस्थापन गर्न मुस्किल पर्छ ।”

कात्तिक सुरुआतदेखि जेठ अन्तिमसम्म नदी तटीय क्षेत्रका विपन्न परिवार बालुवा छान्ने काम गर्ने गरेका छन् । नदीमा बाढी आउने समयमा बेरोजगार हुने हुनाले परिवार पाल्नै समस्या हुने गरेको उहाँहरुको गुनासो छ ।

“कात्तिकदेखि जेठसम्म मात्रै नदीमा काम पाइन्छ, अरू समय बेरोजगार बस्नु पर्दा घरखर्च चलाउन समस्या हुन्छ”, चन्द्रा भुलले भन्नुभयो, “गाउँमा ऋण निकालेर खर्च चलाउँछौँ, सिजनमा कमाएर ऋण तिर्छौं ।”

कञ्चनपुरका नदी तटीय क्षेत्रका विपन्न समुदायका स्थानीय बालुवा, गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्ने गरेका छन् । गिट्टी, बालुवा बेचेर मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेको उहाँहरुको भनाइ छ ।

बालुवा प्रतिट्रली रु एक हजार पाँच सय र गिट्टी रु दुई हजार सात सयमा बिक्री गर्ने गरेको दूरा भुलले बताउनुभयो । “एक मान्छेलाई ट्रली बनाउन हप्ताभन्दा बढी नै लाग्छ, दुई/तीनजना मिलेर गरे दुई/तीन दिनमा पनि ट्रली तयार हुन्छ”, उहाँले भन्नुभयो, “ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन् ।”

वर्षांैदेखि गिट्टी, बालुवाको मूल्य नबढेको उहाँले बताउनुभयो । “सुरुमा पनि हामीले यतिमै बिक्री गथ्र्यौं, सबैतिर महँगाइ छ”, उहाँले भन्नुभयो, “तर अझै गिट्टी, बालुवाको मूल्य बढेको छैन ।”

कात्तिकदेखि मङ्सिरसम्म गिट्टी प्रतिट्रली रु तीन हजारसम्म बिक्री गर्ने गरिएको रेश्मा भुलले बताउनुभयो । “कहिलेकाहीँ बालुवा, गिट्टी बिक्री नहुँदा सस्तोमै पनि बिक्री गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काम नपाउँदा कर्जा निकालेर खर्च चलाउनुपर्छ, सिजनमा कमाएको पैसा कर्जा तिर्नमै जान्छ ।” रासस

महाकाली नदीमा डुङ्गा चलाउन भारतीय सुरक्षाकर्मीको अवरोध
बैतडी । बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो ।

यहाँका अन्य घाटमा सहजैरुपमा डुङ्गा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुङ्गा चालक सुरेन्द्र चन्दले जानकारी दिनुभयो । पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरुमा डुङ्गा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ ।

गाउँपालिकाले रू ६६ हजार ठेक्कामा डुङ्गा चलाउने अनुमति दिए पनि एसएसबीले डुङ्गा चलाउन रोक लगाएको उहाँको भनाइ छ । “महाकालीमा डुङ्गा चलाएरै जीवनयापन गर्दै आएको थिए । गत वर्षदेखि एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ”, उहाँले भन्नुभयो ।

एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ । डुङ्गा निर्माणका लागि एक लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको उहाँले बताउनुभयो ।

भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ । “डुङ्गा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक–पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन । भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ”, उहाँले भन्नुभयो ।

हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुङ्गा सञ्चालनमा छन् ।

उहाँले भन्नुभयो, “अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुङ्गा सञ्चालनमा छन्, हल्दुविनायक घाटमा अवरोधबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ । तर समस्या समाधान हुन सकेको छैन ।”

हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डुङ्गा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौँ ।”

पिथौरागढका सुरक्षा अधिकारीसँग चार/पाँचपटक डुङ्गा सञ्चालनमा रोक लगाएकोसम्बन्धी कुरा भएको र पत्राचारसमेत भएको प्रजिअ पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “पटक–पटक फोन र पत्रचार गर्दासमेत समस्या समाधान हुन सकेको छैन, अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ, त्यसमा पनि कुरा गर्छौं ।”

महाकाली नदीमा पुल नहुँदा तल्लोस्वराडका नागरिक डुङ्गामार्फत ओहोरदोहोर गर्ने गरेका छन् । भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागिसमेत पारि जाने गर्दछन् । तर डुङ्गा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन् ।

पुल निर्माणका लागिसमेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन । जोखिमपूर्ण रुपमा डुङ्गाको सहारामा आवतजावत गर्नसमेत यहाँका नागरिक बाध्य भएका हुन् । तल्लोस्वराड क्षेत्रमा डुङ्गा सञ्चालन हुने आठवटा घाट छन् । रासस

महाकाली तटीय क्षेत्र: उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य
महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको थियो । महाकालीको बाढीका कारण सयौँ परिवार विस्थापित बने । तर अहिले महकालीको तटीय क्षेत्र पर्यटकीय गन्तव्यमा परिणत भएको छ । सधैँ बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेकामा स्थानीयवासीमा खुसीको सीमा छैन ।

यहाँ पुलसँगै निर्माण भएको पहुँचमार्ग भाइरल रोडका रुपमा परिचित बन्दा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । “जहिल्यै वर्षात्मा महाकाली उर्लेर आउँथ्यो, कहाँ गएर आश्रय लिनेभन्ने समस्याले सताउँथ्योे”, भीमदत्त नगरपालिका–१२ की चन्द्रकला सोनहाले भन्नुभयो, “बाढीले कटान गर्ने ठाउँमा अहिले छ लेनको सडक बनेको छ, सेल्फी खिच्न आउनेको यहाँ घुइँचो लाग्छ ।”

महाकाली नदीमा अर्बौंको लगानीमा चार लेनको पक्की पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनीको सुक्खाबन्दरगाह प्रस्तावस्थलसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँ बाढीको त्रासदी हटेको छ । “बाढीले बगाउँछ भने यहाँ जग्गा किन्न कोही पनि आउँदैनथे, अहिले जग्गाको मूल्य अकासीएको छ”, भुजेलाका रामसिंह सुनारले भन्नुभयो, “अहिले जग्गाको मूल्य महेन्द्रनगर बजारको हाराहारी छ ।”

बाढीका बेला सुरक्षा निकायले उद्धार गरेर नजिकैको स्कुलमा हप्ताँै बसेको विगत सुनाउँदै सुनारले सो क्षेत्रको विकासले यहाँको स्थानीयको अवस्थामा पनि व्यापक सुधार आउने बताउनुभयो । “दिनहुजसो यहाँ जग्गा खरिदका लागि आउँछन्”, उहाँले भन्नुभयो, “उहिलेको र अहिलेको भुजेलामा धेरै अन्तर भइसकेको छ ।”

विसं २०७० सम्म वर्षात्का बेला महाकाली उर्लिंदा मुलुककै ध्यान तान्ने गरेको विपत्को स्थिति गुजारेको तटीय क्षेत्रमा अहिले दिनहँुजसो भाइरल रोड र पक्की पुलमा फोटो खिच्न आउनेको घुइँचो नै लाग्ने गरेको स्थानीयवासी बताउँछन् । गड्डाचौकीदेखि दक्षिणतर्फ महाकाली नदीमा निर्माण भएको पुलसम्मको पहुँच मार्ग निर्माणले यहाँका धेरै बस्ती बाढीको जोखिमबाट मुक्त भएका छन् । गत वर्ष कात्तिकमा आएको बाढीले यहाँ सडकमा समान्य क्षति पु¥याए पनि बाढी बस्तीमा पस्नबाट सडक नै सहयोगी बनेको स्थानीयवासीको भनाइ छ । सो समयमा पोखरी निर्माणका लागि ढुङ्गाको व्यवस्थापन नहुँदा बाँध निर्माण सुरु भइसकेको थिएन । बाँध नहुँदा नै पहुँच मार्गमा क्षति पुगेको निर्माण कम्पनीले जनाएको छ ।

विगतमा भुजेलादेखि पिपरियासम्मको तटीय क्षेत्रमा महाकाली नदीमा जनताको तटबन्ध कार्यालय तटबन्ध निर्माण गरी बस्ती जोगाउन सक्रिय थियो । “तटबन्ध नहुँदा विगतमा स्थानीयका घरदेखि विद्यालयसम्म बगे ।” भुजेलाकै मानवीर भट्टले भन्नुभयो, “वर्षात्मा त स्थानीय प्रशासनको ध्यान यहाँकै जनता र बस्ती कसरी जोगाउने भन्नेमा हुन्थ्यो ।”

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले गड्डाचौकीदेखि निर्माणाधीन पुलसम्मको पहुँच मार्ग कालोपत्र सकिन लागेको जानकारी दिनुभयो । आठ दशमलव छ किलोमिटर कालोपत्रमध्ये छ किलोमिटर सडक निर्माण भइसकेको उहाँले बताउनुभयो । पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको इञ्जिनीयर पाण्डेयको भनाइ छ ।

“पुलको दुवैतर्फ ९उत्तर र दक्षिण० बाँध बाधेर आँखा आकारका पोखरी निर्माण पुलकै प्याकेजभित्र छ”, उहाँले भन्नुभयो, “पोखरीका लागि बाँध बाध्ने काम विगत एक महिनायता जारी छ ।” इञ्जिनीयर पाण्डेयले पोखरी निर्माण सकिए यहाँका पालिकाको आयस्रोतसमेत बढ्ने बताउनुभयो ।

“पोखरीको बीचमा तीन÷तीन वटा टापु बन्ने छन्, त्यहाँ ढुङ्गा चढेर आउन जान सकिनेछ”, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “पोखरीमा माछापालनदेखि ढुङ्गा सञ्चालन गरेर यहाँका पालिकाले पर्यटकलाई लोभ्याउन सक्छन् ।” रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी वर्षभित्र सक्नेगरी निर्माण अघि बढेको छ ।

पुलको उत्तरपट्टी एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चार वटा पोखरी निर्माण हँुदैछन् । त्यसैगरी पक्की पुलबाट करिब अढाइ किलोमिटरको दूरीमा दक्षिण एशियाकै लामो दोधाराचाँदनी झोलुङ्गे पुल रहेको छ । यहाँ हरेक दिन आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका छन् । भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहरा झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुलसम्मको सडक कालोपत्र गर्नसके स्थानीयका साथै पर्यटकलाई आवतजावत गर्न सहज हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यति सडक मात्रै बनाउनसके यहाँ पर्यटकीय गतिविधि बढ्छ ।”

लामो समय महाकाली तटीय क्षेत्रका नागरिकले कष्ट व्यहोरे पनि पुल बनेसँगै आर्थिक गतिविधि बढिरहेको बोहराले बताउनुभयो । “सुक्खा बन्दरगाह र त्रिदेशीय नाका बनाउने एजेण्डाले जग्गाको कारोबार नै आकासिएको छ”, उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाहदेखि नेपाल–भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास भए सुदूरपश्चिमकै कायापलट हुनेछ ।”

पक्की पुल पारी दोधाराचाँदनी नगरपालिका–१ मा दुईवटा सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव गरेर प्रक्रिया अघि बढाइएको छ । यसैगरी पहुँच मार्गलाई गड्डाचौकीबाट उत्तरतर्फको ब्रह्मदेवसम्म विस्तार गरेर त्यहाँबाट जोगबुढा हुँदै दार्चुलासम्मको महाकाली करिडोरलाई जोड्ने योजना छ । रासस

महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरिएको संरचना रोक्न भारतीय पक्ष सहमत
दार्चुला। भारतले महाकाली नदीको धार परिवर्तन हुने गरी निर्माण गरेको संरचना तत्कालको लागि रोकेको छ ।

नेपाली पक्षको तीव्र दबाबपछि भारतले महाकाली नदीमा पूर्व सहमति बिपरीत बनाइरहेको तटबन्ध निर्माण कार्य रोकेको हो ।

भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले सोमबार उक्त विषयमा छलफल भएको थियो । छलफलपश्चात भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको बताइएको छ ।

उक्त छलफल दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले जानकारी दिएका छन् ।

आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ धकेलेर तटबन्ध बनाउन थालेपछि दार्चुलामा स्थानीयले बिरोध गरेका थिए । दार्चुलामा स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत समेत बन्द गरेका थिए ।

महाकाली नदी सीमामा सरकारको निरिहता वर्तमान पुस्तालाई स्वीकार्य छैन– रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नेपाल–भारत सीमा महाकाली नदीको वारितिर नेपाली नागरिकले दुःख पाउँदा पनि नेपाल सरकारले नजरअन्दाज गरेको घटनाप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “त्यही महाकाली नदीमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा र हराउँछन् सधैँका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको बिष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । तर यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहीँ कतै देखिँदैन ।”

वर्षौंको यो निरिहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तराष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? भन्दै उनले प्रश्न गरेका छन् ।

आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु नभई कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई भन्दै उनले राज्य यस्तो हुन नहुने बताएका छन् ।

नेपाल सरकारको निरिहताको अर्थ अब खोज्नुपर्ने बेला आएको भन्दै उनले यस्तो निरिहताको निरन्तरता वर्तमान पुस्तालाई स्वीकार्य नभएको बताएका छन् । सरकार अब यसरी चल्नु हुँदैन भन्दै उनले यो निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौँ। दार्चुलामा भेट्ने हो कि काठमाडौँमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।

महाकालीपारी कुतियाकबरवासी भन्दछन्ः ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’
बेदकोट । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् ।

स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि हेर्दैनन्”, स्थानीय बिनु सुनारले भन्नुभयो, “हामी कुन हविगतमा बसेका छौँ, उनीहरू सबै बिर्सिन्छन् ।”

यो गाउँ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा छ । यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो । यहाँ चार सयभन्दा बढी व्यक्तिको बसोबास छ । कुतियाकबरवासीको समस्या समाधानमा जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । उनीहरु बर्सेनि महाकाली र जोगबुढा नदीमा आउने बाढीको चपेटामा पर्छन् ।

“सबैभन्दा ठूलो समस्या महाकाली र जोगबुढा नदीको छ, नदीले जमिन कटान गरेर सकिसक्यो”, स्थानीय खड्के बुढाले भन्नुभयो, “बाढी आएर ज्यान जोगाउन मुस्किल पर्छ ।” गत कात्तिकमा आएको बाढीले सबैभन्दा बढी प्रभावित बनेको थियो, कुतियाकबर । विसं २०२८ मा तत्कालीन सरकारले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुँदै गएको छ ।

“पहिला दुई सय बढी घरधुरी थिए, नदीले जमिन बगर बनेपछि स्थानीय यहाँबाट विस्थापित भएका छन्”, उहाँले भन्नुभयो, “अहिले ४० परिवारमात्रै बस्छन् ।” सीमा जोगाएर बसेका कुतियाकबरका स्थानीयले मत माग्न पुग्ने नेताहरूलाई पक्की तटबन्ध बनाएर महाकाली नदीबाट आफूहरूलाई बचाउन आग्रह गर्ने गरेका छन् ।

“महाकाली उच्चो भइसक्यो, हामी होचो भूभागमा छौँ, तटबन्ध निर्माणका लागि सधैँ भन्ने गरेका छौँ”, स्थानीय हरेन्द्र सुनार भन्नुहुन्छ, “नेताहरू चुनावका बेला गर्छौँ त भन्छन् तर पछि गाउँमा फर्केर मुख पनि देखाउँदैनन् ।” गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने उहाँको माग छ । चुनावमा मात्रै सम्झिने नेताले कुतियाकबरवासीलाई ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग गर्ने गरेको स्थानीयको बुझाइ छ ।

“कात्तिकको बाढीले जग्गा जमिन, लत्ताकपडा, पशुचौपाय, खाद्यान्न सबै बगायो, खेतीयोग्य जमिनमा पूरै बालुवा भरिएर खेती लगाउन नसकिने भएको छ”, स्थानीय ऐनबहादुर सुनारले भन्नुभयो, “यस्तै विपत्तिको बेलामा पनि सरकारले हाम्रो पीडा सुनेन, भोकभाकै बसिरहेको बेला केही संस्थाले खाना खुवाए ।” स्थानीयवासीलाई चुनावताका उम्मेदवारहरूले कुतियाकबरलाई ‘विकास नगर’ बनाउँछौँ भनेर बाँडेको सपना अझै सम्झनामा छ ।

‘कुतियाकबरलाई विकास नगर बनाउँछौँ भनेका थिए, विकास गर्नु त परको कुरा पाइला पनि टेकेनन्” उहाँले भन्नुभयो, “मतदान त गर्नैपर्छ, जसले पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरलाई जोगाउँछ भन्ने विश्वास लाग्छ उसैलाई मत दिन्छौँ ।” कुतियाकबरमा सीमा, सुकुम्बासी, स्वास्थ्य, शिक्षाको पनि निकै समस्या रहेको स्थानीय बिनु सुनार बताउनुभयो ।

“दशगजा स्पष्ट छैन, हामीहरू वर्षौँदेखि लालपुर्जाविहीन छौँ”, उहाँले भन्नुभयो, “बाटोघाटो छैन, स्वास्थ्य संस्था, विद्यालय नहुँदा भारततिर जानुपर्छ ।” प्रमुख समस्याका रूपमा रहेको महाकाली र जोगबुढा नदीको कटान रोक्न पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरवासीको मत लैजान स्थानीयवासीले नेताहरूलाई भनेका छन् ।

“बर्दीबिनाका सिपाही भएर सीमाको रक्षा गरेर बसेका छौँ, टापुमा बसेका हामी कुन दिन बाढीको भेलसँगै बगेर जान्छौँ पत्तो छैन”, बिनु सुनारले प्रश्न गर्दै भन्नुभयो, “जितेर जाने प्रतिनिधिले हाम्रो पीडा किन सुन्दैनन् ?” रासस

महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा
खलङ्गा । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ ।

हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गर्नुभयो । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो ।

सुदूर पहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटरेवल पुल बन्न लागेको हो । यसअघि सुदूरपश्चिमको तराई क्षेत्रमा कैलाली र कञ्चनपुरमा मात्र मोटरेवल पुल रहेका छन् । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । त्यसैले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने स्थानीयको भनाइ छ ।

महाकाली नदीमा पक्की पुल निर्माण दुई देशको सम्बन्ध झन मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताउनुभयो ।

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरबेल पुल निर्माणको पहल २०४८ सालदेखि नै गरिएको मन्त्री बडूले बताउनुभयो । “यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार सम्बन्ध बलियो बनाउने विश्वास छ”, उहाँले भन्नुभयो । भारतीय पक्षले निर्माण गर्ने मोटरबेल पुलको कुल लम्बाइ एक सय १० मिटर रहेको छ ।

पुल निर्माणपछि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर बताउनुहुन्छ । “सीमा नाकामा बन्ने पक्की पुल दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत महत्वपूर्ण हुनेछ । उक्त पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थलमा पर्यटकको आगमन बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थल दार्चुलाको मालिकार्जुन, तपोवन तीर्थस्थल, ब्यास गुफा, बैतडीको त्रिपुरासुन्दरी र निङ्गलासैनी, बझाङको सुर्मासरोवर, बाजुराको बडिमालिका, डडेलधुराको उग्रतारा मन्दिर, अमरगढी किल्लालगायतमा भारतीय पर्यटकको आगमन बढ्ने उहाँ बताउनुहुन्छ ।

त्यस्तै अछाममा रामारोसन, वैजनाथ र विनायकपञ्च प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा चिनिन्छन् । त्यस्तै डोटीको शैलेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन् । नेपाल–भारत जोड्ने पक्की पुलले दार्चुलामा रहेको अपी हिमाल र बझाङमा रहेको साइपाल हिमाल अवलोकन गर्न पर्यटकको आगमन हुने सम्भावना छ । प्रमुख पर्यटकीय धार्मिकस्थल कैलाश मानसरोवरसम्म पर्यटकलाई आवतजावत गर्न सहज हुने छ । भारत सरकारको लगानीमा बन्ने पुल र महाकाली करिडोरले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

नेपाल–भारत–चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर निर्माण गरिँदै छ । विसं २०६६ देखि उक्त करिडोर निर्माण थालिएको हो । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्लधुरा, बैतडी हुँदै दार्चुलाको तिङ्करसम्मको करिडोरको लम्बाइ चार सय २५ किलोमिटर छ । महाकाली करिडोरअन्तर्गत व्यास गाउँपालिका–२ कोठेधारबाट तिङ्करसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । रासस