माधव कुमार नेपाल – News Polar

सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाउनुभएको छ ।

१३७ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले सुकुम्बासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत  बेवास्ता गरिरहेको सहसंयोजक नेपालको भनाई थियो । उहाँले सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको जिकिर समेत गर्नुभयो ।

उहाँले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताउनु भयो । सहसंयोजक नेपालले सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि बताउनु भयो ।

सहसंयोजक  नेपालले सरकारको गलत कामको विरोध गर्न पनि पार्टीमा आवद्ध मजुदुर नेताहरुलाई निर्देशन दिनुभयो । उहाँले सरकारका कदम जायज र उचित नभएकाले त्यसको विरोध गर्नुपर्ने अवस्था आएको दाबी समेत गर्नुभयो ।

दाहाल र नेपालबाट निर्वाचनलाई सफल बनाउन आह्वान
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल सहसंयोजक ले निर्वाचनलाई सफल बनाउन आह्वान गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यो निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्नुभयो ।

उहाँहरुले गर्नुभएको आब्हानको पूर्णपाठ

यही २०८२ फागुन २१ मा प्रतिनिधि सदस्यको निर्वाचन हुन गइरहेको छ। यस अवसरमा हामी सर्वप्रथम यहाँहरू सबैमा हार्दिक अभिवादन गर्दछौँ। आज हामीले उपयोग गरिरहेका हकअधिकारहरू प्राप्त गर्नका निम्ति सङ्घर्ष गर्ने क्रममा आफ्नो जीवनको आहुति दिनुहुने ज्ञात–अज्ञात सम्पूर्ण आदरणीय शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

घाइते, अपाङ्ग र बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। मुलुकको लोकतान्त्रिक आन्दोलन एवं कम्युनिष्ट आन्दोलनका सबै अग्रज नेताहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। हामी पहिले विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीको रूपमा क्रियाशील थियौँ।

अहिले बाइस वटा कम्युनिष्ट तथा समाजवादी पार्टी र समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएका छौँ र तारा चिन्ह लिएर तपाईँहरूमाझ आएका छौँ। यहाँहरूसमक्ष हामी निम्न प्रतिबद्धताहरू जाहेर गर्दछौँ :

★ अहिले मुलुकमा जुन खालका बाह्य हस्तक्षेपकारी गतिविधि भएका छन्, त्यसबाट इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधीनमा नरहेको हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको छ। नेपाल कम्युनिष्ट पार्टी आफ्नो स्थापना कालदेखि नै नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। आज पनि हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गर्दछौँ।

★ अहिले मुलुकमा संघीयता र समानुपातिक एवं समावेशी सहभागिताजस्ता मौलिक विशेषतासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली कायम छ। यो प्रणाली नेपाली जनताले लामो बलिदानी सङ्घर्ष गरेर स्थापना गरेको प्रणाली हो। अहिले यसका विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेका छन्। हामी यस प्रणालीविरुद्धका सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ।

★ लोकतन्त्रको सुदृढीकरण र विकासको सवाल स्थापित प्रणालीको स्थिरताको सवाल पनि हो। मुलुकको विकासका निम्ति लोकतान्त्रिक प्रणालीको स्थिरता जरुरी छ। अहिले हाम्रो स्थापित प्रणालीका विरुद्ध गतिविधि गर्दै मुलुकमा अस्थिरता सिर्जना गर्ने दुष्प्रयास भइरहेको छ। हामी त्यस प्रकारको दुष्प्रयासलाई परास्त गर्दै मुलुकमा स्थिरता कायम गरी लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न दृढप्रतिज्ञ छौँ।

★ हाम्रो संविधान जननिर्वाचित संविधान सभाबाट निर्माण गरिएको संसारका उत्कृष्ट संविधानमध्ये एक हो। यसमा नेपाली जनताले लामो समयसम्म अनेक प्रकारका बलिदानपूर्ण सङ्घर्ष सञ्चालन गरेर प्राप्त गरेका अधिकारहरू दस्तावेजीकरण गरिएको छ। त्यसैले यो जनताले सङ्घर्ष गरेर प्राप्त गरेका अधिकारहरूको दस्तावेज हो। यसलाई खारेज गर्ने अधिकार कसैलाई पनि छैन। तथापि यो अपरिवर्तनीय दस्तावेज भने होइन। यसको कार्यान्वयन गर्दा देखापरेका समस्या समाधान गर्नका निम्ति यसमा आवश्यक परिमार्जन गर्न सकिन्छ, गर्नुपर्दछ। तर त्यसको प्रक्रिया स्वयं संविधानले निर्देश गरेबमोजिम हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ। संविधान कार्यान्वयनको गम्भीर समीक्षा एवं पुनरावलोकन गरेर त्यसबाट निस्किएका निष्कर्षका आधारमा शासकीय स्वरूपलगायत विभिन्न पक्षमा परिमार्जन गर्नुपर्दछ भन्ने हाम्रो दृढ अठोट रहेको छ।

★ अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो, जटिल र कुनै एक दलले बहुमत ल्याउन नसक्ने खालको छ। कुनै पनि दलको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ। हामी यस निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ। त्यसमा हामी प्रतिबद्ध छौँ।

★ सुशासन र पारदर्शिता आधुनिक लोकतन्त्रका अपरिहार्य पक्ष हुन्। अहिले जनताले सुशासन र पारदर्शिता अनुभूत गरेका छैनन्। भ्रष्टाचार, कमिसनतन्त्र, अपारदर्शिता र ढिलासुस्ती क्यान्सरजस्तै फैलिरहेको छ। सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान भएको छैन। हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ। भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गहरूको सञ्चालन र सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो दृढप्रतिज्ञा छ ।

★ एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्दछ र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ भन्नेमा हामी प्रतिबद्ध छौँ।

★ हाम्रो समाजमा अहिले पनि वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विभेद, असमानता र उत्पीडन कायम छ। जातीय छुवाछुतजस्तो मानव मर्यादाको कलङ्कसमेत समाजमा अझै विद्यमान छ। छाउपडी र डाइनी–बोक्सीजस्ता कुरीति र अन्धविश्वास पनि विद्यमान छन्। यी सब सामन्ती व्यवस्थाका अवशेष हुन्। हामी सबै प्रकारको विभेदकारी व्यवहार, असमानता, उत्पीडन, कुरीति र अन्धविश्वासको अन्त्य गर्न चाहन्छौँ। त्यसका लागि प्रभावकारी कदम चाल्न प्रतिबद्ध छौँ।

★ उत्पादनको कमी र बेरोजगारी ठूलो समस्याका रूपमा रहेका छन्। यो समस्याको समाधान गर्न कृषि उत्पादनमा वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास, औद्योगिक उत्पादनमा वृद्धि, ऊर्जा उत्पादनमा वृद्धि, व्यापार प्रवर्द्धन तथा पर्यटन उद्योगको विकास र पर्यटन आगमनमा वृद्धि गर्न विशेष योजना बनाएर काम गर्नुपर्ने पक्षमा छौँ। त्यसो गरेर नागरिकका लागि रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ, राष्ट्रिय आय वृद्धि गर्न सकिनेछ, खाद्यान्नमा आत्मनिर्भर हुन सकिनेछ र व्यापार घाटा कम गर्न सकिनेछ।

★ आयातआधारित राजस्व, निरन्तर बढ्दो व्यापार घाटा, चर्को बेरोजगारी, जनशक्तिको विदेश पलायन, वैदेशिक ऋणको निरन्तर वृद्धि, पुँजीगत खर्च कम हुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका साधनहरूमा दलाल पूँजीपतिहरूको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृति, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन्। हामीले जबसम्म हाम्रो आफ्नै स्वाधीन अर्थतन्त्र निर्माण गर्न सक्दैनौँ, तबसम्म अर्थतन्त्रका उपर्युक्त समस्याबाट मुक्त हुन सकिँदैन र हाम्रो परनिर्भरता कायम रहन्छ। कृषि, औद्योगिक, पर्यटन, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि गरेर परनिर्भरता कम गर्दै जानु र स्वाधीन अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो। यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्वक अगाडि बढ्न प्रतिबद्ध छौँ। राज्यकोष बलियो बनाउन प्रगतिशील कर लगाइनेछ। वित्तीय क्षेत्रमा नीतिगत र संरचनागत सुधार गरिनेछ। गरिबीको अन्त्य गर्न लक्षित वर्ग र समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ।

★ प्राकृतिक सम्पदा र वातावरणको संरक्षण गर्दै दिगो विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गरिनेछ। विकासका योजना निर्माण गर्दा विपद्जन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिने नीति अवलम्बन गरिनेछ।

★ हाम्रो लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद हो। वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि सामूहिक स्वामित्व भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो। वर्तमान नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिँदैन। त्यसैले हामी वर्तमान नेपाली समाजमा व्यापक रूपमा आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादको आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ।

★ देशमा भएको राजनीतिक परिवर्तनअनुरूप आर्थिक–सामाजिक रूपान्तरण हुन नसकेको हुँदा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन भन्ने भाष्य निर्माण हुन गयो। मुलुकमा विकास हुँदै नभएको त होइन, तर जति भयो त्यो पर्याप्त भएन। त्यसैले यो भाष्य बन्न गयो। यसलाई बदल्नुपर्छ। यसलाई बदल्न आर्थिक–सामाजिक रूपान्तरणका महाअभियान सञ्चालन गर्नु जरुरी छ। त्यो हामी गर्नेछौँ। मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्नेछौँ।

★ हामी हाम्रो राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेछौँ। हामी राष्ट्रहरूबीच समानता, अहस्तक्षेप, पारस्परिक लाभ र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा हाम्रा छिमेकीलगायत सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ र अरूले पनि हामीसँग तदनुरूपकै सम्बन्ध राखून् भन्ने चाहन्छौँ। हाम्रो परराष्ट्र नीति यही मान्यतामा आधारित हुनेछ। हामी यही नीतिअनुसार नेपालसँग भएका असमान सन्धि–सम्झौताहरू खारेज गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता गर्न चाहन्छौँ। हामी राष्ट्रिय एकता र सुरक्षाको प्रवर्द्धन गर्दै मानवता र विश्व शान्तिको पक्षमा उभिनेछौँ।

★ हामीले विगतमा अनेक प्रकारका क्रान्तिकारी सङ्घर्ष सञ्चालन गरी मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन गरेका थियौँ। त्यसैले भन्न सक्छौँ कि व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौँ। जसरी व्यवस्था बदल्यौँ, त्यसैगरी अवस्था पनि बदल्नेछौँ। यो हाम्रो दृढ प्रतिज्ञा हो। यसमा हामी लागिपर्नेछौँ। विगतमा हाम्रा पनि कतिपय कमी–कमजोरी भएका होलान्। त्यसमा हामी आत्मालोचित छौँ र कमी–कमजोरीलाई सच्याएर अघि बढ्न प्रतिबद्ध छौँ। यहाँहरूसँग हाम्रो हार्दिक अपिल छ कि यस पटक तारा चुनाव चिन्हमा मतदान गरी हामीलाई व्यवस्था बदलेझैँ देशको अवस्था पनि बदल्ने अवसर प्रदान गर्नुहोस्। धन्यवाद।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

संयोजक

माधव कुमार नेपाल

सहसंयोजक

पतञ्जलि जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री माधव नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकियो
काठमाडौँ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा आज पेसी तोकिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवानासहित सजाय माग दाबी गरेको छ ।

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोध
काठमाडौं। नेकपा एकीकृत समाजवादीले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधको आधारमा मुद्दा चलाएको ठहर गरेको छ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले विगतदेखि चल्दै आएको षड्यन्त्रको निरन्तरता स्वरूप पूर्वाग्रही ढंगले नेपालमाथि प्रतिशोध लिएको निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने बताए। उनले अदालतबाट क्लिनचिट लिएर यो कदम पूर्वाग्रही भएको सन्देश दिने दाबी गरे।

दुई दलिय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन: अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले दुई दलिय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले संविधान संशोधनमार्फत देशमा दुई दलिय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलिय शासनको कुराले देशलाई नोक्शान पुर्‍याउने बताउनु भयो । दुई दलिय शासन व्यवस्था कसैले नसहने उहाँको भनाई छ । उहाँले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताउनु भयो । उहाँले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलिय शासन ल्याउन खोजेको हो ? दुई दलिय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ । बहुदलिय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलिय व्यवस्था यहाँ रहन्छ । बहुदलिय लोकतन्त्र, गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई, हामी अझै समृद्ध बनाउन चाहन्छौँ । अनुभवको आधारमा त्रुटी, कमजोरीलाई सुधारेर । तर कति समय पछि ? के छलफलको विषय बनाउनु पर्दैनथ्यो ?बोलाउनु पर्दैनथ्यो ? मध्यरातमा कागजमा सही गर्नुपथ्र्यो ? यसबाट नियत के हो भन्ने कुरा बुझ्न सकिन्छ ।’

‘हाम्रो शेरबहादुर(शेरबहादुर देउवा) माननीय पनि धेरै सोझो हुनुहुन्छ । उहाँले त्यति बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ । बुझ्न त फेरि सिपालु हुनुहुन्छ । ख्याल गर्नुस्, दुई दलिय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउँछ । कोही सहनेवाला छैनन् । यसअर्थमा म सुनिरहेको छु ठुल्ठुलो प्रवचनहरु दुई दलिय प्रणाली नेपालमा स्थापित गर्नुपर्छ । अरु पार्टीको कुनै काम छैन । त्यसको कुनै भुमिका हुँदैन । महत्व छैन । यो सबै कसैलाई लागेको छ भने त्यो भ्रमबाट मुक्त हुनुस् । अहिले एउटा घण्टी बजेको छ(यो रास्वपाको भनेको होइन है) । बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । टिक्न सक्दैन । प्रतिगमनको, अधिनायकवादको, दुई दलिय शासनको, दुई दलिय नाममा एक दलिय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन ।’

अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको चर्चा समेत गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह गर्नुभयो ।

संसदमा माधवको ओलीलाई ‘सामान्य अनुरोध’: बिगतलाई समीक्षा गर्दै आत्माआलोचना पनि गर्ने फुर्सद निकाल्नु होला !-पूर्णपाठ
सर्वप्रथमत: प्रधानमन्त्री नियुक्त हुनु भएकामा सम्माननीय केपी शर्मा ओलीज्यूलाई औपचारिकरुपमा बधाई ज्ञापन गर्दछु । तपाईं जुन दिन सत्ताबाट बाहिरिनु भएको थियो, वर्ष फरक परे पनि त्यही दिन पारेर सत्तामा पुन: पुग्नु भएको छ । अर्थात् असार २८ गते नेपाली राजनीति र तपाईंको जिन्दगीमा पनि खास माने राख्दछ भन्ने लाग्दछ । अत्यन्त उत्साहित भएर, हौसिएर, अब त के के नै हुन्छ भनेर तपाईंलाई बधाई दिन हतारो गर्नुअघि विगतका केही घटनाक्रमहरु सम्झन जरुरी ठानेको छु ।

तपाईं २०७२ असोज २४ गते र २०७४ फागुन ३ गते पनि प्रधानमन्त्री हुनु भएका बेला हामीले बधाई मात्र दिएका थिएनौँ, तपाईं एउटा आसा, उम्मिद र सपना बोकेर प्रधानमन्त्री पदमा पुग्दा देशको अवस्था फरक थियो । संविधान जारी भए पनि मधेशको ठूलो समूहअसन्तुष्ट थियो र आज पनि छ । भूकम्पको पीडा थियो । यस्तै, अर्कोपटक प्रधानमन्त्री हुँदा देशभरका कम्युनिष्ट शक्तिहरु एकाकार हुने दिशामा थिए । मुलुक वामपन्थीमय बनेको थियो । तर तपाईंको बोलीले झैँ देशले गति लिन सकेन भनेर समय खेर फालिरहनु परेन ।

तपाईं २०७८ वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री बन्नु भएको थियो तर अल्पमतकोप्रधानमन्त्री भएकाले तपाईंले २०७८ जेठ ८ गते मध्यराति कानूनमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नु भएको सम्झना छ नै होला । २०७८ असार २८ गते प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइमा सर्वोच्च अदालतले नै तपाईंको कदम गलत भनेपछि तपाईं पदमुक्त हुनु भएको हो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको थियो । घुमिफिरी २०८१ असार २८ गते तपाईं फेरि शेरबहादुर देउवाकै समर्थनमा प्रधानमन्त्री बन्नु भएकामा हामीले बधाई दिइरहँदा अब तपाईंले काम गर्नु हुनेछ भन्ने आसा मात्र गर्न सक्दछौँ । मध्यराति प्रतिनिधि सभा विघटनदेखि आफ्नै समर्थनको सरकार ढाल्नेसम्मका तपाईंका क्रियाकलापहरुले निश्चित व्यक्तिहरु तरंगित र भावुक भएर अँगालो हालेको त देखिएको छ । तर तत्तत् पार्टीकै नेता कार्यकर्ताहरु अहिलेसम्म जिल्लातहमा बोलचाल गर्न सकिरहेका छैनन्, जनता उत्साहित भएको देख्न बाँकी नै छ ।

यसैले शुरुमै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई आफ्नो विगतबारे समीक्षा गर्न ‘सामान्य अनुरोध’ गर्दछु कि विगतमा के के त्रुटि भए, किन त्रुटि भयो र जनताको आसा, अपेक्षा पूरा गर्न सकिएन ? यसो किन भनिरहेको छु भने, नेपालमा राजनीतिक नेताहरुको चरित्र चित्रण गर्दा नेता कस्तो हुनुपर्छ भन्ने प्रश्न उठिरहन्छ । नेतामा विश्वनीयता हुनुपर्छ, इमान्दारिता हुनुपर्छ । नेता वचनको पक्का हुनुपर्दछ । उसको प्रतिष्ठा राम्रो हुनुपर्दछ । आफ्ना नेताप्रति जनता र कार्यकर्ताले गौरवबोध गर्न सकून् । नेताले नै आत्मप्रशंसा गरेर पनि हुँदैन । अरुलाई विभिन्न ढंगले या उद्देश्यमूलक ढंगले प्रशंसा लेख्न लगाएर पनि हुँदैन । आफ्नो प्रशंसाको गीत गाएर पनि हुँदैन । सोच, चिन्तन, व्यवहार, आचरण, शैली सबै उपयुक्त हुनुपर्छ भन्ने लाग्दछ । यसपटक यसमा तपाईं कति गम्भीर हुनु भएको छ ? हाम्रो जिज्ञासा पनि यही हो । यो पनि भनिहालौँ, अहिलेसम्मको अनुभवबाट कति शिक्षा प्राप्त गर्नु भएको छ ? म आसा गरिरहेको छु कि प्रत्येक व्यक्तिहरुले देशको अवस्थाप्रति गम्भीर चिन्तनशील बनून्, तपाईंसहित ।

२०७४ सालमा त एमालेको बहुमत थियो । जनता अब त स्थायित्व हुन्छ भन्ने आसामा थिए । दुई ठूला दलको गणना गर्दा पुगनपुग दुई तिहाइको छेउमा पुगेको वामसरकारको नेतृत्व र पार्टी नेतृत्व तपाईंकै काँधमा थियो । एउटा पार्टीको बहुमत ल्याउन सक्ने बलबुता सामान्य थिएन । सबै २०५१ सालमै तत्कालीन अध्यक्ष मनमोहन अधिकारीसहितका एमालेले देखेको ‘एकपटक बहुमतको सरकार चलाउने’ सपना पूरा गर्न अहोरात्र खटिएका थिए । तर त्यो बहुमतको सरकार किन टिकाउन सकिएन, किन टिकेन सत्तासमीकरण, सरकार र पार्टी पनि ?

सत्ता र पार्टीमा अवसर पाउँदा सदुपयोग गर्न सकिएन कि भन्ने कहिलेकहीँ त सोच्नु भए भविष्यमा राजनीति गर्नेहरुलाई यो ‘रामवाण’ पनि सावित हुनसक्छ । समझदार र सुझबुझपूर्ण निर्णय गर्न यहाँलाई कतैबाट थुनछेक र अवरोध पनि थिएन । तर आफ्नै सहकर्मीहरु ‘प्रतिगमन भयो’ भन्दै सदन, सडक र अदालत जानु पर्ने अवस्थाको सूत्राधार को हो ? विश्वासको मत दिँदा बाहिर बस्नु पर्ने अवस्थासँगै दुईपटक संसद विघटन गरेर पनि चौथोपटक प्रधानमन्त्रीको कार्यकाल शुरु गरिरहँदा दुई पटकका मध्यरातिका योजनामा तपाईंको सक्रिय सहभागिताबारे नेपाली जनता जानकार नै छन् ।

जनता यो सरकार कसरी बन्यो भनेर चोकचौतारामा टिप्पणी गरिरहँदा सहमति गर्ने दुई ठूला दलकै दोस्रो, तेस्रो वरियताका नेताहरु मध्यरातिको सातबुँदे सम्झौता आज त संसदमा प्रधानमन्त्रीले भन्नुहोला भनेर हिजैदेखि मिडियामा बोलिरहेको देखिरहेको छु । यो गुपचुप, छलछामयुक्त सहमतिले जनताका मुहारमा विस्तार भइरहेको निरासा र आक्रोशको क्यान्सर निवारण गर्न सक्नुहुन्छ कि हुन्न, हामी यही सोचिरहेका छौँ । आज गुरुपूर्णिमा पनि हो । जतिसुकै क्षमतावान शिष्यले पनि कोही न कोहीलाई गुरु मानेको हुन्छ, सम्मान गरेको

हुन्छ, सिकेको हुन्छ । मुखले भनिरहन परेन, फलाना मेरो गुरु हो भनेर तर गुरुले भन्ने गरेका हुन्छन्, ‘सिक्दै जाऊ, सिक्नेक्रममा गल्ती भयो कि, सुधार्दै जाऊ ।’ समाजवादी भाषामा ‘आत्माआलोचना’ भन्ने शब्द महत्वपूर्ण हुन्छ । तपाईंले पनि कहिलेकहीँ आत्माआलोचना गर्दा सहकर्मीहरु, सहयात्रीहरु, कम्युनिष्ट पार्टीहरु र नेपाली जनता खुशी पो हुन्छन् कि, त्यसैले बिगतलाई समीक्षा गर्दै आत्माआलोचना पनि गर्ने फुर्सद निकाल्नु होला भनेर मेरो ‘सामान्य अनुरोध’ छ । किनभने नेतृत्वमा पुग्ने व्यक्ति विश्वासयोग्य, इमान्दार, प्रतिष्ठा कायम गरेको, आत्मप्रशंसामा नरमाउने, जनताले गौरव गर्ने, आलोचना सुन्न सक्ने सिद्धान्त, संगठन र संघर्षप्रति सधैँ लगाव राख्नेखालको हुनपर्दछ भन्दाभन्दै हामी यहाँसम्म आइपुग्दा नेपाली समाजलाई को कस्तो छ भन्ने छर्लंग भइसकेको छ ।

यदि जनताले स्थायित्व नै खोजेको हो भन्ने ठानिएको हो भने दुई वटा पार्टीको एकता आवश्यक थिएन । एउटै पार्टीले पनि बहुमत ल्याएकै थियो । यो अनुभव तपाईंसँग थियो नै । यसलाई किन टिकाउन सकिएन । बहुमतको सदुपयोग गर्न सकिएन ? किन आपसी समझदारी कायम राख्न सकिएन ? असमझदारी हल गर्न किन सकिएन ? यसको अलिकता पनि समीक्षा गर्नका लागि तपाईंले समय निकालेर आत्मालोचनाको भावनामा चलेर काम गर्नु होला भन्दै फेरि पनि ‘सामान्य अनुरोध’ बाहेक हामी के नै गर्न सक्छौँ र ? हामीलाई अचम्म लागेको छ कि एउटा गठबन्धनलाई तुरुन्त तोडेर अर्को गठबन्धन, सहकार्य या समीकरण भनौँ निर्माण के का लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष सँगै जाने, स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनेर वचन दिइएको पनि सुन्नमा आएको छ । तर अचानक किन गठबन्धन फेरियो ? यो कुटनीतिक हिसाबले र राजनीतिक स्थायित्वका हिसाबले कतैबाट पनि उचित हो र ?

मुलुकमा भ्रष्टाचारका फाइलहरु खुल्ने क्रम जारी थियो । सरकारले केही गर्छ कि भन्ने आसा भरोसा जागेको थियो । राजनीतिक दलका ठूला नेताहरुको संलग्नताबारे धमाधम मुद्दाहरु अदालत पुग्दै थिए । दलहरुले चाहे भने सुशासनको अनुभूति गराउन आफ्नै पार्टीका ‘हेभिवेट नेता’हरु समातेर शुरु गर्छन् भन्ने अरु दलहरुलाई पनि सन्देश गएको जस्तो देखिँदै थियो । भ्रष्टाचार, अनियमितता, आर्थिक संकट, सुशासन अभावसँगै प्रदेश सरकारहरुलाई अत्यन्त अस्थिर बनाउने राजनीतिक छिनाझप्टीबाट मुक्त गराउनु पर्नेमा आफ्नै गठबन्धन भत्काएर फेरि अर्को गठबन्धन बनाउँदा देश बाढीपहिरोको चपेटामा थियो, महंगी बढिरहेको थियो । यस्ता विषयहरुले हामीलाई कहिले पोल्छ ? तपाईं प्रधानमन्त्री बनिरहँदा ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भनेर फ्रान्सको दैनिक पत्रिका ‘लि मोन्ड’ ले समाचार प्रकाशित गरेको आमनेपाली जनताले पनि थाहा पाएका छन् । संसारमै यस्तो सन्देश प्रवाह भइरहेकोबारे गम्भीर हुन जरुरी छ । ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ’ भनेर समाचार प्रवाह हुँदा पक्कै नेपाल र नेपालीले गौरवबोध गर्न सक्दैनन् । नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात भइरहेको विषय त्यो समाचारमा उल्लेख छ । यहाँले पनि पढ्नुभयो होला भन्ने आसा राख्दछु ।

अब थोरै देशको आर्थिक अर्थचित्रबारे चर्चा गर्न चाहन्छु । नयाँ सरकार बनेपछि शेयर बजार उकालो मात्र लागेको छैन, रेकर्ड तोडिसक्यो भनेर साउने भेल भन्दा शेयरको समाचारको बाढी ठूलो आएको छ । यो राम्रो पनि हो । तर हाम्रो अर्थतन्त्र कस्तो छ त ? अहिलेसम्मका सूचकहरु अर्थतन्त्रमा विरोधाभास निर्माण गरिरहेका छन् । बाह्य र आन्तरिक सूचकबीच नै द्वन्द्व देखिएको छ । अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिँदा आन्तरिक सूचकहरु कमजोर देखिन्छन् । लगानी, उत्पादन, व्यक्तिको आय, सरकारको राजस्व, आय सबै पक्षमा लगातार ओरालो देखिन्छ । यही वर्ष २०८१ को जेठ महिनासम्मको विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले वृद्धि भएर १ हजार ९ सय ६७ अर्ब पुगेको छ, शोधानान्तर स्थिति ४ सय २६ अर्ब बचतमा छ । अघिल्लो वर्षको चालुखाता घाटामा भए पनि यो वर्ष उच्चस्तरमा रहेको विदेशी मुद्राको प्रयोगले आन्तरिक अर्थतन्त्र बलियो बनाउन सकेको छैन । औद्योगिक कच्चा पदार्थ तथा कृषि र परियोजनामामा प्रयोग गर्न सकिएको छैन ।

अधिकांश वैदेशिक मुद्राको प्रयोग उपभोग्य वस्तु र सेवामा खर्च भइरहेको छ । यो श्रोत दिगो श्रोत पनि होइन । वस्तु तथा सेवाको निकासी, गुणस्तरीय बाह्य पर्यटन र वैदेशिक लगानी नै वैदेशिक मुद्राका भरपर्दो श्रोत हुँदाहुँदै पनि हामी युवा विदेश पठाएर दैनिकी चलाइरहेका छौँ । ठूलो रकम खानपान र जीवनशैलीमा सकाइरहेका छौँ । अन्तर्राष्ट्रियव्यापारमा अघिल्लो वर्षको ११ महिनाको तथ्यांकले निकासी ३ प्रतिशत र पैठारी एक दशमलव आठ प्रतिशतले घटेको देखाएको छ । चीनतर्फको निकासीमा ५७ प्रतिशतले गिरावट छ । जुन ठूलो बजार हो नेपालीका लागि । तर हामीले उत्पादन गरेर निकासी गर्दै मुद्रा आर्जन गर्न सकेका छैनौँ, योजना नै बनाएका छैनौँ ।

आर्थिक वर्ष २०७९–८० मा १ दशमलव ९ प्रशितले भएको आर्थिक वृद्धि आर्थिक वर्ष २०८०–८१ मा ४ प्रतिशतभन्दा तलै रहने अनुमान छ । निर्माणक्षेत्रमा ११ प्रतिशत गिरावट छ । विनियोजित बजेटमा ६३ प्रतिशत मात्र खर्च भएको छ । गतवर्ष ११ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष लिइएकामा ब्याजदरमा कमी आउँदा पनि ५ प्रतिशत भन्दा माथि जान सकेको छैन । बैकहरुमा लगानीका लागि पर्याप्त रकम छ तर कर्जा लिनेको कमी छ । वैदेशिक लगानीको प्राप्ति ८ दशमलव १६ अर्बले मात्र धनात्मक छ । लगानी अवश्यकताका तुलनामा यो अत्यन्तै न्यून हो ।

आम जनताले मूल्यमा आएको गिरावट अनुभूति गर्न पाएका छैनन । मध्यम तथा निम्न वर्गको आयको अधिकांश हिस्सा खानपिन, लत्ता कपडा, शैक्षिक सेवा र सामग्री तथा यातायातमै सकिइरहेको छ । तरकारी, दाल र दालजन्य खाद्य र खाद्यजन्य, एवम् चिनीजन्य उपसमूहमा ७ प्रतिशतदेखि १६ प्रतिशतसम्म मूल्य बढेको छ । गैरखाद्यतर्फ विधि वस्तु र शिक्षा उपसमूहको मूल्य ६ देखि १२ प्रतिशत बढेको छ । आयमा संकुचन र आयको अधिकांश भाग उपभोग्य बस्तुमै खर्चनु पर्ने बाध्यतामा हामी आर्थिक वृद्धिको सपना मात्र देख्न सक्छौँ, अनुभूत गर्न र आय सुधार्न सक्दैनौँ । स्वयम् सरकार लगातार घाटामा छ । १ हजार ४ सय २२ अर्ब राजस्व संकलन गर्ने लक्ष लिएको सरकार लक्ष्यमा ७२ प्रतिशत सफल छ । कुल खर्चमा बजेट घाटा एक तिहाई पुगेको सूचकमा हामी देशको अर्थतन्त्र सुधार्ने विषयलाई सामान्यरुपमै लिइरह्यौँ भने अब केही वर्षपछि देश कस्तो होला भनेर पनि यो सम्मानित सभामा चिन्तनमनन्का लागि अनुरोध गर्दछु ।

देश र जनतालाई सर्वोपरी मान्दै तीनै तहका सरकारले दिगो र जनतामा भरोसायोग्य वातावरण बनाउँदै जानु पर्नेमा केन्द्र सरकार भत्कनेबित्तिकै प्रदेश सरकार पनि भत्कने प्रणाली विकास हुँदा जनतामा जनआन्दोलनको उपलब्धी संघीयताप्रति नै प्रश्न उठ्न थालेको छ । व्यवस्था होइन व्यवस्थापक सुधार्नु पर्छ भनेर हामीले सन्देश प्रवाह गर्न सकेका छैनौँ । यसपटक त गाइँगुइँ सुनिन्छ कि, बाहिर औपचारिकरुपमा नआए पनि संविधान संशोधनका कुराहरु पनि दुई दलबीच सहमति भएको छ कि संघीयताका कैयौँ उपलब्धीहरु समानुपातिक, समावेशी व्यवस्था हटाउने सहमति भएको छ । यहाँहरुले सहमति गर्नुअघि नै संविधान संशोधनबारे व्यापक छलफल चलिरहेका छन् । संविधान संशोधनका कुरामा जनमानसदेखि नै छलफल जरुरी छ । संविधान जारी भएदेखि नै संशोधनको माग उठेकै थियो । यस्तो महत्वपूर्ण कुरा के दुई पार्टीले मध्यरातमा गोप्य सहमति गर्नु विषय हो र ? आदिवासी, समावेशी, पिछडिएका, बहिस्करणमा परेकाहरुलाई अरु थप अग्राधिकारसहितको संशोधन हो कि देशमा दुई दल भन्दा बढी चाहिन्न, त्यसका लागि अनुकुलका संशोधन हो ? यहाँहरु सत्ता जोगाउन गठबन्धन फेरबदल, संसद विघटन गर्न साहस जुटाउनेमा पर्नु हुन्छ, सत्ता जोगाउन अरुको साना पार्टी फुटाउनेसम्मका अभ्यास पनि गर्नु हुन्छ भनेर भनिरहन नपर्ने विषय नै हो ।

अहिलेसम्म सहमति भएका विषयहरु गोप्य राखिएका छन् । यसले अरु संशय जगाएको छ । र, मधेशमा त संघीयता र समावेशिताको अधिकार कटौती हुने कुनै पनि संशोधन भए प्रतिकार गर्ने भनेर दलहरु एक भइसकेका छन् । फेरि मधेशी मोर्चा गठन भइसकेको छ ।

यसैगरी, आदिबासी, जनजाति, थारु, दलित, मधेशी, अरु अल्पसंख्यक, पिछडिएकाहरु पनि यसरी नै एक हुँदै सडकमा आउने स्थिति किन बनाउँदै हुनुहुन्छ ? संविधान संशोधनको एजेण्डा यहाँहरु सत्तामा आएपछि कतै उच्चारणसमेत हुन छाडेको छ । मूलमुद्दालाई थाँती राखेर फगत सत्ताका लागि भइरहेको यो गठबन्धनमा यहाँको प्रवेश हुँदा पवित्र हुने र हाम्रो समर्थन हुँदा अपवित्र हुने भाष्य कति जायज हो ? विगतमा हामीले कांग्रेसलाई समर्थन मात्रै गर्दा अपवित्र भन्दै तेजोबध गर्ने ऊर्जाशील शक्ति खर्च गर्नु भएको हामीले बिर्सेका छैनौँ । तर यहाँको पद संरक्षण हुनेबित्तिकै आज त्यही ऊर्जा प्रशंसाका खातिर खर्च भइरहेको छ । बिगतमा पनि म बाहेक अरु बस्न खोजे यो कुर्सी नै भाँचिदिन्छु भन्ने भाष्य बनाउनु भएका प्रधानमन्त्रीले यसपटक अरु संकटग्रस्त अवस्था अध्ययन गर्नु भएको छ कि छैन ? जनतामा देखिएको आक्रोश, अशान्ति, असन्तुष्टि सम्बोधन हुन सक्छ कि सक्दैन ?

सामान्य जनताले बिजुलीको तिरो नतिरे सबै सुविधा काटिन्छ । अँध्यारोमा बस्नु पर्छ । तर देशका ठूला उद्योगपतिहरुले साढे ९ अर्ब रुपैयाँ भन्दा बढी बिजुलीको महसुल तिरेका छैनन् र उनीहरुको उद्योगमा बिजुली दिनु भनेर प्रधानमन्त्री भएलगत्तै आएका समाचारले सरकार जनताको हो कि कसको ? गम्भीर प्रश्न उठाएको छ । मुठ्ठिभरकाहरलाई सुख र खुशी दिन यो सरकार बनेको होइन भन्ने पुष्टि गर्नु भएपछि भविष्यमा हामी छलफल गरौँला, सोचौँला, यसपटक यहाँको सरकारलाई नेकपा एस विश्वासको मत दिन नसक्ने धारणा राख्दै हामीले उठाएका विषयबस्तुमा थप गम्भीर भएर सोच्न अनुरोध गर्दछु ।

धन्यवाद् ।

माधव कुमार नेपाल

संसदीय दलका नेता

नेकपा (एकीकृत समाजवादी)

मिति: २०८१ साउन ६ गते

प्रतिनिधि सभाको २०८१ साउन ६ गतेको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालको सम्बोधन

तस्बिरः किरणराज विष्ट-रासस

नेकपा एस फुटको सङ्घारमा !
काठमाडौं: माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) फुटको संघारमा पुगेको छ ।

पार्टीमा धेरै समयदेखि असन्तुष्ट देखिएका प्रेमकुमार आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, अमर थापा, मेटमणि चाैधरी समेतका छ जना सांसद मिलेर नयाँ दल खोल्ने तयारी छ । उनीहरुले भोलि मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भै रहेको एक नेताले जानकारी दिनु भयो ।

पार्टी अध्यक्ष माधव नेपालको पक्षमा सांसदहरु राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र भानुभक्त जोशी मात्र रहने छन् ।

वर्तमान सत्ता गठबन्धनमा माधव नेपालले निरन्तर असहयोग रहेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले माधव नेपालको विकल्प खोजेको बताइएको छ । माधव नेपालको पक्षमा देखिएका नेताहरुले गठबन्धनको मर्म विपरीत सुदुरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन दबाब दिएका छन् ।

उनीहरुले माधव नेपालको सट्टामा सरकारमा तमलोपा र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने अन्तिम तयारी गरेका थिए ।

अध्यक्ष नेपाल र राजदूत श्रीवास्तवबीच भेट
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव उहाँको निवास कोटेश्वर जानुभएको थियो ।

भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो– माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउनसक्ने बताउनुभएको छ ।

पार्टी निकट नेवाः संघको कार्यक्रममा उहाँले एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षड्यन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको उल्लेख गर्नुभयो ।

“हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ। केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्थ्यो भन्ने छ”, उहाँले भन्नुभयो, “अरू केही होइन । त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले साथ वाहवाह भनेर साथ दिने थे भन्नु हवाई कल्पनाबाहेक केही पनि होइन ।

राष्ट्रपतिमा मरिहत्ते गरिनँ – माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

धनुषामा प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुगेका उनले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सरकार पुनर्गठनबारे छलफल नभएको बताउँदै एमालेलाई सरकारबाट किन निकाल्ने भन्दै उनले प्रश्न समेत गरे ।

एमाले नेताहरुले तपाईलाई राष्ट्रपतिको अवसर पाएर ठूलो अवसर गुमाउनुभयो भन्दैछन् भन्ने प्रश्नमा नेपालले भने, ‘मैले नेपाली कांग्रेस र माओवादीलाई धोखा दिएको भए र सबै खालको जोखिम मोलेको भए पक्कै पनि हुन सक्थ्यो । मैले कांग्रेस र माओवादीलाई धोखा दिनु र राष्ट्रपति पदको निम्ति मरिहत्ते गर्ने काम गर्नु उचित ठानिनँ ।’

अध्यक्ष नेपालसँग चिनियाँ राजदूत सङको भेटवार्ता
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग चिनियाँ राजदूत छन सङले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष नेपालको नीजि निवास कोटेश्वरमा बुधबार दिउँसो उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । यस्तै, राजदूत सङले राजदूतको रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उहाँहरूबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको अध्यक्ष नेपालको नीजि सचिवालयले जनाएको छ ।

एमालेबाट राष्ट्रपति बनेमा देश बर्बाद हुन्छ: माधव नेपाल
पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धन संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।

कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

‘खिचडी गठबन्धन’को संज्ञा दिँदै उनले भने, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन । यो परिवर्तनप्रति पनि गौरववोध गर्ने खालको समेत छैन । फरक प्रसंगमा उनले राष्ट्रिय सहमतिविना राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए ।

यस्तै अध्यक्ष नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताउँदै त्यसप्रति सतर्क रहेर प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न आह्वान समेत गरे ।

‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं । प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौँ ।’ नेकपा एमालेबाट राष्ट्रपति बनेमा देश बर्बाद हुने उनको भनाई छ ।

नेकपा एस अध्यक्ष नेपाल अस्पताल भर्ना
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

उनको नीजि सचिवालयका अनुसार रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले उनलाई उपचारका लागि आज मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो ।

उनको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको पनि सचिवालयले जनाएको छ ।

चिनियाँ नेता भेट्न एकीकृत समाजवादीका नेताहरु एभरेष्ट होटल पुगे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ । नयाँ बानेश्वरस्थित एक होटलमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै कसरी नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको बताउनुभयो । अध्यक्ष नेपालले चीन विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको परराष्ट्र नीतिबारे आफूहरूले विश्वस्त बनाएको बताउनुभयो ।

दुवै देशका राजनीतिकलगायत विभिन्न तहबाट हुने भ्रमणबाट एकापसमा सम्बन्ध सुमधुर रहने सिपिसीका विदेश विभाग प्रमुख जियानचाओले विचार व्यक्त गर्नुभएको र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताउनुभएको थियो । सो अवसरमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवद्वय डा गङ्गालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिव प्रकाश ज्वालालगायत नेता सहभागी हुनुहुन्छ ।

केपी ओली ज्ञानेन्द्र निवास जाने गरेको माधव नेपालको खुलासा
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताउनु भएको हो । अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गर्नु भयो ।

तर आफूहरु भने बामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले काँग्रेस लगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने उहाँको भनाई थियो । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गर्नु भयो । त्यसका लागि काँग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य बामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘शेरबहादुरजीले पटकपटक भन्नु भएको छ–

यो गठबन्धनसँगसँगै हामी चुनावमा जानेछौं । अव पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौं । हामी आफ्नो शक्तिको बलमा अगाडि बढन चाहन्छौं । चुनाव बैशाखको ३० गते नै हुन्छ । त्यसमा तपाईहरु अलमलमा पर्नुपर्ने आवश्यक्ता छैन । त्यसकारण बैशाख ३० गते चुनावको तयारीमा अव सिंगो पार्टी लागेको छ । त्यही अनुसार हामीले कमिटी बनाईरहेका छौं । कमिटीलाई परिचालित गर्ने काम गरिरहेका छौं । पार्टीको कमिटी बन्यो भने त्यसैले शक्तिको परिचालन गर्छ । त्यसैले उम्मेदवारको छनौंटका लागि छलफल चलाउँछ । र, हामी आफ्नो तर्फबाट आफ्नै शक्ति र बुताले जित्न सक्ने कहाँकहाँ छ ? तर चुनाव हो । कहिले एक भोटले हारिन्छ । कहिले जितिन्छ ।

हाम्रो आरजुजीले भन्नु भएछ– म कैलालीबाट उठछु । त्यसका लागि गठबन्धन चाहिन्छ । गठबन्धनको पक्षमा छु भनेर उहाँले पनि भन्नु भयो । धन्यवाद छ उहाँलाई पनि । त्यसो हुनाले हामीसँग मेल खाने, मिल्ने, विचार मिल्नेसँग हातेमालो गर्दै जान्छौं । मोहन विक्रम सिंहको पार्टीले पनि हामीसँग मिलेर जाने प्रस्ताव राख्नु भएको छ ।

जनता समाजवादी पार्टीले पनि मिलेर जाने प्रस्ताव राख्नु भएको छ । माओवादी केन्द्रको पनि त्यस्तै प्रस्ताव छ । काँग्रेस भित्रको एउटा हिँस्साले पनि मिलेर जानुपर्छ भनेर प्रस्ताव राख्नु भएको छ । तर यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन । तर उनी पनि गठबन्धन गर्दैछन, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन । विदेशीहरुसँग दलाली गर्ने पार्टीहरुसँग तालमेल गर्न खोजिरहेका छन । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन । दक्षिणपन्थी शक्तिहरु उनीहरुसँग मिल्छन । हामी बामपन्थी, लोकतान्त्रिक शक्ति हौं । लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुसँग मिलेर अघि बढछौं । तपाईहरु पनि पहिलो त आफ्नो शक्तिमाथि भरोसा गरेर संगठन निर्माण गरेर आफ्नो हैसियत कायम राखेर अगाडि बढनोस् । हैसियत नभएकालाई कसैले पत्याउदैनन् । आफनै शक्ति र संगठन नभएकालाई कसैले पत्याउँदैनन् ।’

अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दावी समेत गर्नु भयो । पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उहाँले बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘हिमाल होस्, पहाडहोस्, तराईँ । पूर्वहोस् वा पश्चिम । सबैतिर हाम्रो पार्टी फैलिँदै गईरहेको छ । हाम्रो पार्टीको विस्तार देखेर हाम्रा वैरीहरु आत्तिएका छन । आत्तिएर उनीहरुले आफ्नो मानसिक सन्तुलन गुमाउन थालेका छन । जव मान्छेको मानसिक सन्तुलन गुम्छ, अनि ऊ बर्बराउन थाल्छ । अनि बर्बराउने बेलामा के बोले, के बोलिन उसलाई होस् नै हुँदैन । बेहोसी अवस्थामा हुन्छ । यसबाट हामीले आत्तिनुपर्ने केही पनि अवस्था छैन । विरोधीहरुले अनेकखाले भ्रमहरु पैदा गरेका हुन्छन । तपाईहरुले पनि ती भ्रमहरु, पैmल्याइएको कुप्रचारहरुको बारेमा जानकारी राखिरहनु भएको होला । हेक्का राख्नु भएको होला ।

एउटा प्रचार गरिएको थियो–कि प्रेम आलेमन्त्री, कृष्णकुमार श्रेष्ठ अर्का मन्त्री दुवै मध्यरातमा बालकोट पुगेर अव एमालेमा सहभागी हुने, एकीकृत समाजवादी परित्याग गर्ने भनेर समाचारमा सम्प्रेषित भयो । अनि कतिपय मानिसहरुलाई के हो कमरेड, फोनको घण्टी खाली त्यही कुरा बुझ्नका लागि बज्ने गर्दथ्यो । तर अव त्यो भ्रम पनि छैन । यस्ता कुप्रचारहरु गर्नका लागि खप्पिस भईसकेका तिनीहरुले हँुँदै नभएका कुराहरुको हल्ला मच्चाउने गर्दछन । त्यसमा कुनै सत्यता रहेको हुँदैन । अहिले सबै ठाउँमा पार्टी प्रवेशको पनि लहर चलिरहेको छ । अहिले भर्खर नेकपा एमाले परित्याग गरेका हाम्रा यसरी एमाले परित्याग गर्ने एउटा लहर चलेको छ । र हाम्रो पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको छ । सबै तहमा । कहिले कुनै जिल्लाबाट, कहिले कुनै अर्को जिल्लाबाट । अस्ती धादिङमा जाँदाखेरी भन्नु भयो–गल्छी नगरपालिकाले के घोषणा ग¥यो भने हामीलाई कसैले पनि पराजित गर्न सक्दैन । एक्लै आफ्नो शक्तिले हामी जित्न गईराखेका छौं ।

यति ६ महिनाको छोटो अवधि भित्र कुनै पनि पार्टी ले यत्रो विशाल आकार ग्रहण गर्न नसेको छैन । हामी दावाका साथ भन्छौं–६ महिनाको समय भित्र कुनै पनि पार्टीले यत्रो ठूलो आकार ग्रहण गर्न सकेको छैन । देशका ७७ वटै जिल्लामा फैलिएको हाम्रो पार्टीको संरचना ७ सय ५३ वटा पालिकाहरु मध्ये अधिकांश पालिकाहरुमा पार्टी कमिटी निर्माण भएको स्थिति अनि ६ हजार ७ सय ४३ वटा वडाहरु छन देशभर । ती वडाहरुको पनि अधिकांश वडाहरुमा कमिटी गठन भईसकेको यो अवस्था कति वटा पार्टीको होला ? तपाई हिसावकिताव गरेर भन्नुस् त ? त्यसो हुनाले हाम्रो पार्टीमा त्यो क्षमता छ । त्यो खुबी, त्यो आकर्षण छ । र, त्यो हैसियत छ । यो कसरी सम्भव भयो त ? सम्भव किन भयो भने पार्टीले सही विचार अगाडि सा¥यो । पार्टीले सही नीति अवलम्बन ग¥यो । हाम्रो पार्टीले क्रान्तिकारी विचार बोकेर ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले सही विचार लिएर अघि बढेकाले जनलहर देखा परेको पनि बताउनु भयो ।