मिचेल स्टार्क – News Polar

टी–२० अन्तर्राष्ट्रियबाट मिचेल स्टार्कको सन्यास
काठमाडौँ । अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३५ वर्षीय स्टार्कले अब टेस्ट र २०२७ मा हुने एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले अन्तिम टी–२० खेल २०२४ को विश्वकपमा खेलेका थिए ।

स्टार्कले ६५ टी–२० खेल्दै ७९ विकेट लिएका छन् । उनी अस्ट्रेलियाका लागि टी–२० मा दोस्रो सबैभन्दा धेरै विकेट लिने बलर हुन् । उनी २०२१ मा यूएईमा भएको टी–२० विश्वकप जित्ने टोलीका सदस्य पनि थिए ।

स्टार्कले टेस्ट क्रिकेट आफ्नो पहिलो प्राथमिकता भएको भन्दै २०२६–२७ को व्यस्त टेस्ट तालिका र २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राखेर यो निर्णय गरेको जनाएका छन् ।

चयन समिति अध्यक्ष जर्ज बेलीले स्टार्कको योगदानको प्रशंसा गर्दै उनले टेस्ट र एकदिवसीय क्रिकेटमा अझै लामो समय योगदान दिने विश्वास व्यक्त गरे ।

यसैबीच अस्ट्रेलियाले अक्टोबरमा न्युजिल्यान्डविरुद्ध हुने तीन टी–२० खेलका लागि टिम घोषणा गरेको छ ।

मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा अनुबन्धित
काठमाडौँ । मिचेल स्टार्क दिल्ली क्यापिटल्समा अनुबन्धित भएका छन् ।

साउदी अरेबियामा जारी आईपीएलको मेगा अक्सनमा उनलाई दिल्लीले ११ करोड ७५ लाखमा टोलिमा भित्र्याएको हो ।

स्टार्क बने विश्वकप इतिहासकै महान् बलर, मालिंगालाई पछि पार्दै विश्व कीर्तिमान बनाए
एजेन्सी । मिचेल स्टार्क विश्वकप इतिहासकै उत्कृष्ट बलर बनेका छन् । स्टार्क एकदिवसीय र टी–२० ढाँचामा संयुक्त रुपमा विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

उनले श्रीलंकाका पूर्व फास्ट बलर लासिथ मालिंगालाई पछि पारे । मालिंगाले विश्वकप खेल्दा करियरमा ९४ विकेट लिएका थिए । अब उनलाई मिचेल स्टार्कले पछि पार्दै ९५ विकेट लिएका छन् ।

अष्ट्रेलियाका तेज बलरले २०२४ को टी–२० विश्वकपमा बंगलादेशविरुद्ध खेलेको खेलमा यो ऐतिहासिक अंक छोएका हुन् ।

टी–२० विश्वकप २०२४ को ४४ औं खेल अष्ट्रेलिया र बंगलादेशबीच भएको छ । यो सुपर–८ चरणको खेल थियो, जसमा स्टार्कले तान्जीद हसनलाई बोल्ड गर्दै आफ्नो करियरमा विश्वकपको ९५ औं विकेट लिए । खेलको पहिलो ओभरको तेस्रो बलमा स्टार्कले तान्जिदलाई बोल्ड गरेका थिए ।

स्टार्कले विश्वकपमा मालिंगाभन्दा कम इनिङ्समा सबैभन्दा बढी विकेट लिने कीर्तिमान बनाए । मालिंगाले विश्वकपको ५९ इनिङ्समा ९४ विकेट लिएका थिए भने स्टार्कले ५२ इनिङ्समा ९५ विकेट लिए । बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसन यो सूचीमा तेस्रो स्थानमा छन् । शकिबले ७५ इनिङ्समा ९२ विकेट लिएका छन् ।

मिचेल स्टार्कले आफ्नो करियरमा हालसम्म १२१ एकदिवसीय र ६३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयका १२१ इनिङ्समा २२.९६ को औसतमा २३६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट अंक ६/२८ रहेको छ । यसबाहेक उनले टी–२० अन्तर्राष्ट्रियका ६३ इनिङ्समा २३.८८ को औसतमा ७६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट अंक ४/२० रहेको छ ।

मालिंगालाई पछि पार्दै मिचेल स्टार्कले बनाए नयाँ कीर्तिमान
एजेन्सी । टी–२० विश्वकप २०२४ को सुपर आठको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गर्यो । वर्षाले खेल अवरोध गरेपछि अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस विधि (डिएलएस मेथड) बाट २८ रनले पराजित गरेको हो।

उक्त खेलमा बंगलादेशविरुद्ध एक विकेट लिएर मिचेल स्टार्कले नयाँ कीर्तिमान बनाएका छन् । उनी टी–२० र एकदिवसीय विश्वकपमा संयुक्त रुपमा सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन् ।

यसअघि यो कीर्तिमान श्रीलंकाका अनुभवी बलर लसिथ मालिंगाको नाममा थियो । अब मिचेल स्टार्क पहिलो स्थानमा पुगेका छन् ।

खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । मिचेल स्टार्कले पहिलो ओभरको तेस्रो बलमा यो निर्णय सही साबित गरे। उनले तान्जिद हसनलाई क्लिन बोल्ड गर्दै अष्ट्रेलियालाई पहिलो सफलता दिलाए । यो विकेटसँगै मिचेल स्टार्क विश्वकप (टी२०र ओडिआई) मा सर्वाधिक विकेट लिने बलर बनेका हुन् ।

विश्वकपमा सर्वाधिक विकेट (टी२०र ओडिआई)

९५ विकेट– मिचेल स्टार्क (अष्ट्रेलिया)

९४ विकेट– लसिथ मालिंगा (श्रीलंका)

९२ विकेट– शकिब अल हसन (बंगलादेश)

८७ विकेट– ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)

७९ विकेट– महमुदुल्लाह (बंगलादेश)

मिचेल स्टार्कले एकदिवसीय विश्वकपमा ६५ विकेट लिएका छन् भने टी–२० विश्वकपमा ३० विकेट लिएका छन् । लसिथ मालिंगाले एकदिवसीय विश्वकपमा ५६ विकेट र टी–२० विश्वकपमा ३८ विकेट लिएका छन् ।

मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने !
एजेन्सी । अष्ट्रेलियाले २०२४ को टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहिबार बिहान बार्बाडोसको केन्सिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको हो । तर यो जितको खुसीसँगै तिब्र गतिका बलर मिचेल स्टार्कको चोटले अष्ट्रेलियाको क्याम्पको समस्या पनि बढाएको छ ।

स्टार्क खेलको क्रममा घाइते भएका थिए। खेलको बिचमा क्रयाम्प आएको स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउनेमा आशंका गरिएको छ ।

स्टार्कले ३ ओभरमा २० रन दिएर २ विकेट लिएका थिए । स्टार्कले इनिङ्सको पहिलो ओभरमै विकेट लिएका थिए । उनी १५ औं ओभरमा आफ्नो स्पेलको अन्तिम ओभर बल गर्न आएका थिए । पहिलो बल वाइड फ्याकेपछि उनी असहज देखिए ।

उनलाई क्रयाम्प भएपछि मैदानमा फिजियो पनि बोलाईएको थियो । तर उनी खेल्ने स्थितीमा नरहेपछि मैदानबाट बाहिरिए। उनको स्थानमा ग्लेन म्याक्सवेललाई १५ औं ओभर बलिङ गर्न दिईएको थियो ।

खेल पछि, कप्तान  मार्सले स्टार्कको बारेमा बोल्दै भने, ‘स्टार्सीलाई क्र्याम्प भएको थियो त्यसैले उनी बाहिर जान चाहन्थे। र उनी बाहिर गए । हामी इङ्ल्यान्डविरुद्ध खेल्न उत्साहित छौं।’

खेलमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा १६४-५ रन जोडेको थियो । टोलीका लागि मार्कस स्टोइनिसले ३६ बलमा २ चौका र ६ छक्कासहित ६७ रन बनाए ।

जवाफमा लक्ष्य पछ्याएको ओमानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनायो । यस अवधिमा अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३ विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि स्टोइनिसलाई ‘प्लेयर अफ द म्याच’को उपाधि दिइएको थियो ।

आईपीएल जितेपछि अब सन्यास लिने स्टार्कको संकेत
एजेन्सी । कोलकाता नाइट राइडर्सका स्टार फास्ट बलर मिचेल स्टार्कले आफ्नो करियरसँग जोडिएको ठूलो संकेत दिएका छन् ।

२४.७५ करोड भारु मूल्यमा टोलीमा आएका स्टार्कले एकदिवसीय ढाँचाबाट सन्यास लिने सङ्केत दिएका छन् ताकि आफूले थप फ्रेन्चाइजी क्रिकेट खेल्न सकून् । योसँगै बायाँ हाते फास्ट बलरले अर्को वर्ष आईएल खेल्ने पक्का गरेका छन् ।

खेलपछि मिचेल स्टार्कले आफूले ९ वर्ष अष्ट्रेलियालाई प्राथमिकता दिएको तर अहिले करियरको अन्त्यतिर लागेको बताएका छन् । सन् २०१५ पछि स्टार्कले यस वर्ष आईपीएलमा पुनरागमन गरेका थिए । बायाँ हाते फास्ट बलरले आफूलाई ठूलो खेल खेलाडी साबित गरे र प्लेअफ र फाइनलमा राम्रो प्रदर्शन गरे ।

आईपीएल २०२४ को फाइनलमा उत्कृष्ट प्रदर्शन गरेबापत मिचेल स्टार्कलाई प्लेयर अफ द म्याच घोषित गरियो । चेन्नईको एमए चिदम्बरम स्टेडियममा सनराइजर्स हैदरावादविरुद्ध स्टार्कले तीन ओभर बलिङ गर्दै १४ रन खर्चेर दुई विकेट लिएका थिए । स्टार्कले आउँदो वर्ष पनि केकेआरको हिस्सा बन्ने आशा व्यक्त गरे ।

‘पछिल्लो ९ वर्षमा मैले अस्ट्रेलियाली क्रिकेटलाई प्राथमिकता दिएँ । आईपीएलमा मेरो शरीरलाई ब्रेक लाग्थ्यो । यस अवधिमा मैले मेरी श्रीमतीसँग समय बिताउन सकें । विगत ९ वर्षमा पनि यस्तै अवस्था रह्यो । अब हामी अगाडि बढेका छौं । म मेरो करियरको अन्त्यमा छु । सायद म एउटा ढाँचाबाट टाढा रहनुपर्छ ।’ स्टार्कले भने ।

स्टार्कले थप भने, ‘अर्को एकदिवसीय विश्वकपको लागि समय छ । थाहा छैन म तबसम्म यो ढाँचा जारी राख्न सक्षम हुनेछु वा छैन । यसले फ्रेन्चाइज क्रिकेटका लागि ढोका खोल्न सक्छ । मैले यो आईपीएल सिजन धेरै रमाइलो गरें । अब टी–२० विश्वकप आउँदैछ । यहाँ हुनुको अर्को पक्ष पनि हेर्नु फाइदाजनक छ । यो महान खेलाडीहरुसँग एक महान प्रतियोगिता हो र सफलता अद्भुत छ ।’

‘मलाई अर्को वर्षको आईपीएलको समयतालिका थाहा छैन, तर मलाई यहाँ आएर रमाइलो लाग्यो त्यसैले म अर्को वर्ष फेरि केकेआरको प्रतिनिधित्व गर्नेछु ।’ बायाँ हाते फास्ट बलरले वाचा गरे । मिचेल स्टार्क आगामी टी(२० विश्वकपमा सहभागी हुन अष्ट्रेलियाको टोलीमा छिट्टै सामेल हुनेछन् ।

आईपीएलको विजेता टोलीले पाउने पुरस्कार भन्दा स्टार्क महँगा
एजेन्सी । १७ औं संस्करणको इन्डिय प्रिमियर लिग (आईपीएल)ले आज नयाँ विजेता पाउँदैछ । आईपीएलको फाइनल खेल आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

यस संस्करणको विजेता टोलीले २० करोड पुरस्कार राशी पाउनेछ । यस पुरस्कार राशीभन्दा खेलाडीको बढी पारिश्रमिक रहेको छ । आईपीएल लिलामीमा मिचेल स्टार्क र उनको राष्ट्रिय टोली प्याट कमिन्सको लागि २० करोड भारुभन्दा बढी खर्च भएको थियो ।

स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा टोलिमा भित्र्याएको थियो । यस्तै, कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाखमा किनेको थियो ।

विजेता टोलीको २० करोडको पुरस्कार भलै कमिन्स र स्टार्कको कमाइभन्दा बढी नहुन सक्छ तर यो रकम आईसीसी टी–२० विश्वकप विजेताको पुरस्कारभन्दा पक्कै बढी हो ।

टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जित्ने टोलीले आईसीसीबाट १३–१३ करोड रुपैयाँ पाउँछन्, जुन आईपीएल विजेताको कमाई भन्दा ७ करोड कम हो ।

तर, आईपीएल अझै पनि एकदिवसीय विश्वकप जित्ने पुरस्कारभन्दा १३.२ करोड रुपैयाँ पछाडि छ । अष्ट्रेलियाले २०२३ को विश्वकप जित्दा ३३.२ करोड रुपैयाँ पाएको थियो । दक्षिण अफ्रिकाको एसए२० लिग जित्ने टोलीले १५ करोड रुपैयाँ पाउँछ ।

अन्ततः वानखेडेमा चम्किए केकेआरका २४.७५ करोडका बलर
एजेन्सी । ९ खेलमा धेरै रन दिएका आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी कोलकाता नाइट राइडर्स (केकेआर)का लागि १० औं खेलमा चम्किए । २४.७५ करोडका फास्ट बलरले मुम्बई इन्डियन्सको वानखेडे मैदानमा ब्याटिङ अर्डर ध्वस्त पारे ।

उनै मिचेल स्टार्कले एक ओभरमा खेलको कायापलट नै बदलिदिए । स्टार्कले एकै ओभरमा मुम्बईका तीन ब्याट्सम्यानलाई प्याभिलियनको बाटो देखाए ।

मिचेल स्टार्कले इशान किशनको विकेट लिएर मुम्बई इन्डियन्सविरुद्ध आफ्नो स्पेल सुरु गरेका थिए । स्टार्कले इशानलाई क्लिन बोल्ड गर्दै प्याभिलियनको बाटो देखाए ।

स्टार्कलाई १७ औं ओभरमा कप्तान श्रेयस अय्यरले दोस्रो स्पेलका लागि बोलाए । स्टार्कले कप्तानको अपेक्षा पूरा गरे र १७ औं ओभरमा टिम डेभिडविरुद्ध ३ रन मात्र दिए । यसपछि स्टार्क इनिङ्सको १९ औं ओभर बलिङ गर्न आएका थिए । टिम डेभिडले ओभरको पहिलो बल सिधै बाउन्ड्री लाइनमा ६ रनमा पठाए ।

तर, दोस्रो बलमा स्टार्कले बलियो पुनरागमन गर्दै डेभिडको इनिङ्सलाई समाप्त गरे । यसपछि अर्को बलमा केकेआरका फास्ट बलर पियुष चावलालाई खाता नखोली नै प्याभिलियनको बाटो देखाए । ओभरमा दुई विकेट लिएका स्टार्कले पाँचौं बलमा गेराल्ड कोएट्जीको मिडल स्टम्प उडाइदिए । स्टार्कले एकै ओभरमा तीन विकेट लिए । ३.५ ओभरको स्पेलमा स्टार्कले ३३ रन दिएर ४ विकेट लिए ।

केकेआरले वानखेडे मैदानमा १२ वर्षपछि मुम्बई इन्डियन्सलाई हराएको हो । यसअघि कोलकाताले यस मैदानमा सन् २०१२ मा अन्तिम पटक जित हासिल गरेको थियो । मिचेल स्टार्क केकेआरबाट मुम्बईविरुद्धको खेलमा चार विकेट लिने चौथो बलर बनेका छन् ।

‘मिचेल स्टार्क सुपरस्टार हुन्’
एजेन्सी । आईपीएल २०२४ को चालू सिजनमा खराब प्रदर्शनका कारण लगातार आलोचनाको सामना गरिरहेका आईपीएलका सबैभन्दा महँगा खेलाडी फास्ट बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्स (केकेआर) का सीईओ भेन्की मैसूरले समर्थन गरेका छन् ।

मैसूरले भने कि मिचेल एक सुपरस्टार हुन् र उनलाई लगानीको दृष्टिकोणबाट हेर्नु हुँदैन । आईपीएलको चालू सिजनको लागि गत वर्ष दुबईमा भएको आईपीएल लिलामीमा केकेआरले स्टार्कलाई २४.७५ करोड भारुमा किनेको थियो ।

स्टार्क नौ वर्षपछि आईपीएलमा फर्किएका छन् । स्टार्कले यो सिजन राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेका छन् र आइतबार आरसीबीविरुद्धको खेलमा उनी निकै महँगो साबित भएका छन् ।

आरसीबीलाई अन्तिम ओभरमा जितका लागि २१ रन आवश्यक थियो र श्रेयस अय्यरले मिचेल स्टार्कलाई अन्तिम ओभर बलिङ गर्न पठाए । स्टार्कको यो ओभरमा कर्ण शर्माले तीन छक्का प्रहार गरे र उनी आरसीबीलाई जित दिलाउन नजिक थिए ।

कर्णको बलियो ब्याटिङका ​​कारण आरसीबीलाई दुई बलमा तीन रन आवश्यक थियो । त्यसपछि कर्णले सट खेल्ने प्रयास गरे तर बल तल रह्यो र स्टार्कको हातमा गयो । केकेआर एक रनले खेल जित्न सफल भए पनि अन्तिम ओभरमा ३६ वर्षीय कर्ण स्टार्कजस्ता अनुभवी खेलाडीमाथि भारी परे ।

मैसूर स्टार्कको समर्थनमा

मैसूरले स्टार्कलाई समर्थन गर्दै भने, ‘स्टार्क सुपरस्टार र उत्कृष्ट खेलाडी हुन् । हामी यसलाई लगानीको दृष्टिकोणबाट सोच्दैनौं किनभने जब तपाईं लिलामीमा जानुहुन्छ, त्यहाँ चीजहरू हुन्छन् जुन न त खेलाडीको हातमा हुन्छ न अरू कसैको हातमा हुन्छ । हामीले हालै महसुस गर्‍यौं कि स्टार्क जस्ता खेलाडीलाई टोलीमा समावेश गर्दा धेरै महत्त्वपूर्ण हुनेछ । मेरो मतलब टोलीमा उनको उपस्थितिले बल थप्छ । उहाँ असाध्यै प्रतिभाशाली हुनुहुन्छ र हाम्रो समर्थन स्टाफले खोजिरहेको खेलाडीको प्रकार हो उहाँ ।’

आईपीएल इतिहासकै महँगा खेलाडी मिचेल स्टार्कलाई भारतमा स्वागत
एजेन्सी । आईपीएल २०२४ अघि अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क भारत पुगेका छन् । स्टार्कलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले लिलामीमा २४.७५ करोड भारुमा किनेको थियो, जससँगै उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका थिए ।

स्टार्कले यसअघि पनि इन्डियन प्रिमियर लिग खेलिसकेका थिए जब उनी रोयल च्यालेन्जर्स बैंग्लोरको हिस्सा थिए । अब उनी ९ वर्षपछि प्रतियोगितामा फर्किएका छन् ।

स्टार्कले अन्तिम पटक सन् २०१५ मा चेन्नई सुपर किंग्स विरुद्ध आईपीएल खेल खेलेका थिए, जुन त्यो सिजनको दोस्रो क्वालिफायर थियो । उक्त खेलमा स्टार्कले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिएका थिए ।

अब सबैको नजर यस सिजन अष्ट्रेलियाका तेज बलरमाथि हुनेछ, किनकि उनी लिगका सबैभन्दा महँगा खेलाडी हुन् । आईपीएल २०२४ मा केकेआर बाट खेल्दा स्टार्कले आफ्नो मूल्यको औचित्य पुष्टि गर्न सक्षम छन् कि भनेर हेर्नु रोचक हुनेछ ।

केकेआरले स्टार्कको भारत आगमनका केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ । तस्बिरहरूमा स्टार्कको अनुहारमा मुस्कान देखियो, जसले टूर्नामेंटका लागि उनी कति उत्साहित छन् भन्ने देखाउँछ ।

१ विकेट लिनेबित्तिकै मिचेललाई यस्तो उपलब्धी
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को १८ औं खेलमा अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा भयो । यस खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गर्दै विश्वकप २०२३ मा दोस्रो जित हात पारेको थियो ।

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनाएको थियो । जवाफमा पाकिस्तान ४५.३ ओभरमा ३०५ रनमा अलआउट भयो ।

खेलमा अष्ट्रेलियाका लागि डेभिड वार्नर र मिचेल मार्सले बलियो शतक प्रहार गर्दै टोलीलाई ३६७ रन बनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए । दुईबीच २५९ रनको ओपनिङ साझेदारी पनि भएको थियो । त्यस्तै अष्ट्रेलिया लागि बलिङमा एडम जाम्पाले ४ विकेट, मार्कस स्टोइनिस र प्याट कमिन्सले २ तथा मिचेल स्टार्क र जोस हेजलवुडले १–१ विकेट लिए ।

मिचेल स्टार्कले यो खेलमा भलै एक मात्र विकेट लिए, तर उनले यो अवधिमा ठूलो रेकर्ड बनाए । उनी विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचीमा परेका छन् ।

वास्तवमा, एकदिवसीय विश्वकप २०२३ को १८औं खेलमा एडम जाम्पा र मार्कस स्टोइनिसले मध्य ओभरमा विकेट लिएर अस्ट्रेलियालाई जित दिलाएका थिए । मिचेल स्टार्कले १ मात्रै सफलता हात पारे पनि विश्वकपमा सर्वाधिक विकेट लिने हिसाबले शीर्ष ५ मा पुगेका छन् । यस अवधिमा उनले पाकिस्तानका पूर्व लिजेण्ड वसिम अक्रमको कीर्तिमान पनि बराबरी गरेका छन् ।

विश्वकपमा सर्वाधिक विकेट लिने मामलामा वसिम अक्रम (५५) चौथो स्थानमा छन् । पाकिस्तानविरुद्ध विकेट लिएर मिचेल स्टार्कले यो कोसेढुङ्गा पूरा गरेका थिए । विश्वकपमा सबैभन्दा बढी विकेट लिनेमा ग्लेन म्याकग्रा शीर्ष स्थानमा छन्, जसले कुल ७१ विकेट लिएका छन् । दोस्रो स्थानमा ६८ विकेट लिने मुथैया मुरलीधरनको नाम छ ।