मुख्यमन्त्री चेतनारायण आचार्य – News Polar

मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य
काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न राष्ट्रिय मानव अधिकार आयोग सधै चनाखो र सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा आज राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा उहाँले मानव अधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै सुरु हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री आचार्यले समाज सुधार आवश्यक रहेको उल्लेख गर्दै राज्यलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो“ फरक राजनीतिक विचार राखेकै आधारमा व्यक्तिगत सम्पत्तिहरुमा क्षति पु¥याइनु हुन्न । विस्थापित सुकुमवासी राखिएका ‘होल्डिङ सेन्टर’को अवस्थाबारे पनि आयोगले अनुगमन गर्न आवश्यक छ । ”

कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले दृष्टिकोण र सोचकै समस्या कारण मानव अधिकार हननका घटना भइरहेको बताउनुभयो । उहाँले आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै मानव अधिकार हनन रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यको अध्यक्षता भएको कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्री, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, गैरसरकारी संस्था महासङ्घ लुम्बिनीका अध्यक्ष जीतकुमारी बेल्वासे, सेवाग्राही केशव पोख्रेललगायतले मन्तव्य राख्नुभएको थियो ।

आयोगले लुम्बिनी प्रदेशमा ५० वटा उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ । यस अवधिमा १७ वटा विषयमा अनुगमन तथा सात वटा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको थियो ।

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सिमा मल्होत्राबीच आज रूपन्देहीमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकास प्राथमिकताबारे छलफल भएको थियो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारीमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताउनुभयो । उहाँले उत्पादनमुखी लगानी प्रवर्द्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, औद्योगिक विस्तार, पूर्वाधार निर्माण तथा डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति, सहिष्णुता र करुणाको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै दिगो विकास, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा मानव पूँजी विकासका क्षेत्रमा संयुक्त अधिराज्यसँग थप सहकार्य विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा संयुक्त अधिराज्यको सहयोग विशेषगरी मानव पूँजी विकास, सीप अभिवृद्धि, स्वास्थ्य प्रणाली सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, कृषि रूपान्तरण, दिगो पूर्वाधार विकास, सुशासन तथा डिजिटल रूपान्तरणका क्षेत्रमा प्रभावकारी हुने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले नेपालको सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन तथा सुशासन सुधारमा संयुक्त अधिराज्यले निरन्तर गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

भेटवार्तामा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याललगायतको सहभागिता रहेको थियो । रासस

लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट
भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा सङ्घीयताको सबलीकरणका लागि प्रदेश तहलाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल भएको थियो । साथै अन्तरप्रदेश समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको हो ।

भेटका क्रममा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको नीति तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो । प्रदेश प्रमुख मियाँले चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा योजनाको समीक्षा गरेरमात्र आगामी योजना अघिबढाउन सुझाव दिनुभयो ।

उहाँले सम्पन्न भएका कामको उपलब्धि र सम्पन्न हुन नसकेका योजनाको कारण पहिचान गरेर प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । रासस

मुख्यमन्त्री आचार्यसँग स्वीस दूतावास सहयोग प्रमुख मायरको शिष्टाचार भेट
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपालस्थित स्वीस दूतावास सहयोग प्रमुख माथियस मायरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्तन र सीपमूलक शिक्षामार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले सङ्घीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले प्रदेशलाई अझ बलियो बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले सातै प्रदेशका मुख्यमन्त्रीबीच गोलमेच सम्मेलन आयोजना गर्ने तथा साझा छलफलको वातावरण निर्माण भएको बताउनुभयो । सङ्घीय शासन प्रणाली प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो ।

स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्वीस सरकार र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै सङ्घीयताको सुदृढीकरण, नव प्रवर्तनको क्षेत्रमा सहकार्यले निरन्तरता पाएको बताउनुभयो ।

भेटवार्तामा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री,  प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लिराज अर्यालको समेत सहभागिता रहेको थियो ।

भेटवार्ताका क्रममा नेपाल र स्विट्जरल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध, नव प्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । रासस

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय सङ्ख्या घटाउने तयारी सुरु गरिएको बताउनुभएको छ ।

प्रदेश विकास समस्या समाधान समितिको आजको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय सङ्ख्या घटाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो ।

उहाँले असार १५ देखि २० गतेभित्र मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालयको समायोजन प्रक्रिया टुङ्ग्याएर साउन १ गतेदेखि नयाँ संरचनाअनुसार काम अघि बढाइने बताउनुभयो ।

प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय छन् । चालु खर्च घटाउने, प्रशासनिक संरचना चुस्त बनाउने र कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले सरकारले उक्त कदम अघि बढाएको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

यसैगरी यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज, चुस्त र सबैको पहुँचमा पु¥याउन जिल्लामा रहेका घरेलु कार्यालयबाट सेवा प्रवाहको प्रक्रिया अघि बढाउनेगरी प्रस्ताव तयार पार्न निर्देशन दिनुभएको छ ।

सहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव वासुदेव पौडेलले सङ्घीय सरकारबाट हस्तान्तरण भएका खानेपानी आयोजनामा शुन्य बजेट हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार करिब ४०० खानेपानी आयोजनाले समस्या भोगिरहेका छन् । सम्पन्न उन्मुख र प्रतिफल देखिने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चुर्णबहादुर ओलीले आयोजनाको वर्गीकरण मापदण्ड परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । जलस्रोत व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले पानी सङ्कट समाधानका लागि चुरे संरक्षणसँग जोडिएर रिचार्ज जोन विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

वन तथा वातावरण मन्त्रालयले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएकाले यसको न्यूनीकरणका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले घरेलु कार्यालयबाटै यातायात सेवा दिने तयारी गर्नुपर्ने तथा उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरी, युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डे, आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाललगायतले प्राथमिकताका विषयमा धारणा राखेका थिए ।

बैठकमा प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याल तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलाले प्रदेशको आर्थिक तथा योजनागत अवस्थाबारे प्रकाश पार्नुभएको थियो ।  रासस

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय महत्त्वको धरोहरका रूपमा अघि बढाउन र राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको बताउनुभएको छ ।

उहाँले जितगढीलाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्न प्रदेश सरकारको तर्फबाट सङ्घीय सरकारसँग पहल गरिररहेको बताउनुभएको छ । बुटवलस्थित जितगढी किल्ला क्षेत्रमा आज आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जितगढी किल्लाको महत्त्व एउटा स्थानीय तहमा सीमित नराखी राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सबै स्थानीय तहको समान भूमिका आवश्यक रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले विकास, उन्नति र समृद्धिका लागि आधार तयार गर्ने बताउनुभयो । मुख्यमन्त्री आचार्यले राष्ट्र, राष्ट्रियता र स्वाधीनताको रक्षामा अग्रजहरूको बलिदानलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

“कमजोर अवस्थाका बाबजुद उच्च मनोबल र रणनीतिक कौशलका आधारमा विजय हासिल गरेको इतिहास हामी सबैका लागि गर्वको विषय हो”, उहाँले भन्नुभयो, “जीतगढी किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति हो यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो ।”

कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गोरखाबाट ११ दिन पैदल यात्रा गरेर नेपाली सेनाका अधिकृत र जवानहरु आज बुटवल आइपुगेको बताउनुभयो । यसबीचमा पैदल यात्री टोलीलाई हरेक स्थानीय तहमा भव्य सम्मान गरिएको बताउँदै तत्कालीन समयमा अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाले हराएको गौरवपूर्ण इतिहासको प्रभाव अहिलेसम्म पनि रहेको जनताको सम्मानबाट पुष्टि हुने गरेको बताउनुभयो ।

उहाँले तत्कालीन समयमा नेपाली सेना र नेपाली समाजको समन्वयमा युद्ध भएर शक्तिशाली अङ्ग्रेज फौजलाई परास्त गर्न सफल भएको बताउनुभयो । उहाँले जितगढी किल्लामा हरेक वर्ष मनाइने विजयोत्सव कार्यक्रम नेपाली सेना र जनताबीच समन्वयको कार्यक्रम भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले जितगढी किल्लाको ऐतिहासिक तथ्यको बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा प्रचारप्रसार गरेर नेपालीको गौरवपूर्ण इतिहास विश्वभरि पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

इतिहासविद् देवेन्द्रराज शाक्यले जितगढी किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको जितगढी विजयोत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत किल्लाको संरक्षण, प्रवद्र्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

विसं १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अङ्ग्रेज फौजलाई पराजित गरेको थियो । इतिहासविद्हरूका अनुसार उक्त युद्धमा तीन सयभन्दा बढी अङ्ग्रेज सैनिक मारिएका थिए ।

गोरखा दरबारबाट सुरु भएको गोरखा–जीतगढी पदयात्रा करिब २०७ किमि दूरी पार गर्दै तनुहँ–स्याङ्जा–पाल्पा हुँदै ११औँ दिनमा जीतगढी पुगेको हो ।रासस

‘जनअपेक्षाअनुसार सेवा सुधार गर्न सरकार प्रतिबद्ध छ’
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

नयाँवर्ष २०८३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जनअपेक्षाअनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको दिगो विकासका लागि विभिन्न नीति, कार्यक्रम र योजना कार्यान्वयनमा रहेको जानकारी गराउनुभएको छ । उहाँका अनुसार स्थानीय स्रोत, साधन र उत्पादनमा आधारित उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ । शून्यबाट सुरु भएको प्रदेश संरचनालाई संस्थागत गर्दै सबल, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको पनि उहाँले बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले नयाँ वर्ष विगतको समीक्षा गर्दै भविष्यको स्पष्ट दिशातर्फ अघि बढ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो । आशा, उत्साह र नयाँ सङ्कल्पका साथ सकारात्मक ऊर्जा र सामूहिक जिम्मेवारीका रूपमा यो क्षणलाई लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले वर्तमान परिवेशमा राजनीतिक स्थायित्व, सुशासन र विकासबीचको समन्वय अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै समावेशी, न्यायपूर्ण र समुन्नत समाज निर्माणतर्फ सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।  रासस

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य
अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

अर्घाखाँची छत्रदेव गाउँपालिका–१ स्थित आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानैदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

“तपाईंहरूले कस्तो खालको शिक्षा दिइरहनुभएको छ, ती विद्यार्थीको नतिजा कस्तो आइरहेको छ भन्ने विषयमा ध्यान दिन जरुरी छ”,  उहाँले भन्नुभयो, “अभिभावकहरूलाई निवेदन गर्न चाहन्छु, आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी राख्नुपर्छ । सानो उमेरदेखि नै अनुशासित बनाउन सक्नुपर्छ । बच्चालाई सानैदेखि मर्यादित र अनुशासित बनायौँ भने, घर र समाज बुझायौँ भने त्यो बच्चाको भविष्य उज्ज्वल हुन्छ ।”

मुख्यमन्त्री आचार्यले गाउँमा विकास पुगेकाले अब गाउँ फर्कन आह्वान गर्नुभयो । विकास निर्माणको दृष्टिकोणले अर्घाखाँचीलाई अन्य पहाडी जिल्लाको तुलनामा उदाहरण दिन लायक जिल्लाका रूपमा विकास गर्दै लगिएको उल्लेख गर्दै उहाँले गाउँगाउँमा कच्ची बाटाहरू पक्की बन्दै गएको, खानेपानीका धारा पुगेको र विद्यालय तथा स्वास्थ्य चौकी स्थापना भएको बताउनुभयो । रासस

हरेक संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व होः मुख्यमन्त्री आचार्य
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउनुभएको छ ।

थारू कल्याणकारिणी सभा दाङको आयोजनामा माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का अवसरमा आज उहाँले लुम्बिनी प्रदेश हरेक जातजाति, संस्कृति र वेशभूषाले सजिएको भन्दै सबैको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री  आचार्यले भन्नुभयो, “यो प्रदेश एउटै मालाका रूपमा रहेको छ । यहाँ हरेक समुदायका आफ्नै वेशभूषा र संकृति भए पनि एकतामा गोलबद्ध भएका छौँ, यो समग्र नेपालको पहिचान र विशेष हो ।”

उहाँले भूमिपुत्रका रूपमा चिनिने थारू समुदायले आफ्नो संस्कृति बचाएर राखेकामा खुसी व्यक्त गर्दै अब संस्कृतिको प्रचारप्रसार गरी व्यावसायिक लाभ लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुख्यमन्त्री आचार्यले दाङको चखौरामा प्रदेश सरकारको सहयोगमा थारू सांस्कृतिक सङ्ग्रहालय बनाइएको र र सो सङ्ग्रहालयले आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गरिरहेको चर्चा गर्नुभयो । “संस्कार र संस्कृति पुस्तान्तरण गर्नुपर्ने विषय हुन् । हरेकले यसमा ध्यान दिनुपर्छ । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाइ ज्ञान सिकाउँदै जानुपर्छ”, उहाँले भन्नुभयो, “त्यसमा सरकारको पनि दायित्व जोडिएको छ । त्यसैले त प्रदेश सरकारले थारु संस्कृतिलाई जगेर्नाका लागि विभिन्न काम गरिरहेको छ । संस्कृति जोगाउँदै आयआर्जनमा जोड्ने हाम्रो योजना छ ।”

महोत्सवमा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वसांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीलगायतले शुभकामना दिनुभएको थियोे ।

महोत्सवमा सात दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङया नाच, ढुम्री गीत प्रदर्शन गरिएका थिए। ‘आर्थिक जागरण र सांस्कृतिक रूपान्तरण हमार अभियान, समाजिक न्याय सहितके समृद्धिम हमार योगदान’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सव उद्घाटनअघि घोराहीका मुख्य बजार क्षेत्रमा थारू मौलिक वेशभूषासहित झाँकीसहित बजार परिक्रमा गरिएको थियोे । रासस

‘लगानीको वातावरणबिना समृद्धि सम्भव छैन’
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धिका लागि लगानीको वातावरण निर्माण हुनुपर्ने बताउनुभएको छ ।

उहाँले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्नेसमेत स्पष्ट पार्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनुपर्ने मुख्यमन्त्री आचार्यले उहाँको भनाइ छ ।

बुटवलमा सञ्चालन भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को आज समापन कार्यक्रममा उहाँले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनुभयो ।

“प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैँ तयार छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम कसैले गर्न नहुने बताउँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सधैँ उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो ।

बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा निरन्तर रहने विश्वास व्यक्त गर्दै उहाँले प्रदेश सरकार सधैँ उद्योगी व्यवसायीको पक्षमा उभिने स्पष्ट पार्नुभयो । “उद्योगी व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार साथमै छ । सधैँ अग्रणी मोर्चामा उभिएको छ”, उहाँले भन्नुभयो ।

रुपन्देही उद्योग सङ्घको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रदेशसभा सदस्य विष्णु पन्थी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष बाबुराम बोहोरा, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महोत्सव यही पुस ३ गतेदेखि सुरु भएको थियो । महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० व्यावसायिक कक्ष रहेका थिए । महोत्सव अवधिभर करिब आठ लाख दर्शकले अवलोकन गरेको र करिब रु ३० करोडको कारोबार भएको समापन समारोहमा महासचिव सुमन बस्यालले जानकारी दिनुभयो । रासस

जनताका काम छिटो र सहज अनिवार्य : मुख्यमन्त्री आचार्य
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उहाँले जनतासँग प्रत्यक्ष सम्बन्धित काममा छिटा र सहज अनिवार्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुशासनलाई मुख्य लक्ष्य बनाएर सेवा प्रवाह सुधार गर्न प्रदेश सरकार निरन्तर प्रयासरत छ । यसमा स्थानीय सरकारले पनि आफ्ना कार्यक्रम बनाउन आवश्यक छ ।” प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरे पनि स्थानीय तहमा पठाइने समपुरक, विशेष र समानीकरण अनुदानमा कटौती नहुने उहाँले स्पष्ट पार्नुभयो । जेनजी आन्दोलनका क्रममा स्थानीय तहका कार्यालयमा भएको आगजनी र त्यसले पारेको प्रभावबारे पनि छलफल भएको छ ।

सो अवसरमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल लुम्बिनी प्रदेश कार्यसमितिले मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र बुझाएको छ । सो पत्रमा प्रदेश–स्थानीय समन्वय परिषद्को बैठक तत्काल बोलाउन आग्रह गरिएको छ ।

महासङ्घले पछिल्लो राजनीतिक अवस्थाले तीन तहबीच सहकार्यको आवश्यकता अझ बढेको उल्लेख गर्दै विभिन्न मागहरू अघि सारेको छ । महासङ्घले प्रदेश समन्वय परिषद्को बैठक मिति छिटो टुङ्गो लगाउन, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध मजबुत बनाउने कदम चाल्न, भदौ २३ र २४ गतेका घटनाबाट भएका क्षतिको पुनःनिर्माण योजना बनाउन तथा प्रदेश र स्थानीय शासन सवलीकरण कार्यक्रममा उपलब्ध स्रोतसाधन प्रभावकारी रूपमा प्रयोग गर्न अनुरोध गरेको छ ।

ध्यानाकर्षण पत्र बुझाउन महासङ्घका तर्फबाट गाउँपालिका महासङ्घका अध्यक्ष विष्णुकुमार गिरी, सचिव झगबहादुर विश्वकर्मा, कोषाध्यक्ष तुल्सीराम पुन मगरलगायतका पदाधिकारी तथा सदस्यहरूको उपस्थित रहेको थियो ।  रासस

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छः मुख्यमन्त्री आचार्य
अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सन्धिखर्क–५ वाङ्गलामा आज आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रोतसाधनको सीमितताबीच पनि विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

“हामी चाहन्छौँ, जनताको आवश्यकता र समस्या छिटो समाधान होस् । तर साधन–स्रोतको कमीका कारण कतिपय योजना समयमा सम्पन्न हुन सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “यद्यपि, थालनी भएका योजनाहरूलाई पूरा गर्ने लक्ष्यसहित सरकार निरन्तर लागिपरेको छ ।”

मुख्यमन्त्री आचार्यका अनुसार सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको छ । उहाँले कुँडुले खानेपानी आयोजना कार्यान्वयन गरी पूरा गर्नेगरी प्रदेश सरकार अघि बढेको र मिलमिले–बलेवाङ्ग सडकसँगै सन्धिखर्क–तम्घास सडकखण्डको बाँकी काम पनि छिट्टै अघि बढ्ने जानकारी दिनुभयो ।

“विकास निर्माणका काम अघि बढाउने विषयमा मैले गरेका प्रतिबद्धता र प्रतिज्ञाबाट म विचलित भएको छैन,” उहाँले भन्नुभयो, “विकास निर्माणको कामलाई अगाडि बढाउने सवालमा दृढताका साथ लागिरहेको छु र आगामी दिनमा पनि निरन्तर लागिरहने छु ।”

कार्यक्रममा एमाले जिल्ला सदस्य सुष्मा श्रेष्ठ, शिव अधिकारी, डिलाराम बन्जाडेलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

‘लुम्बिनी प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण छ’
नवलपरासी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो प्रदेश धार्मिक र प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको बताउनुभएको छ ।

बर्दघाट सुस्ता-पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१० खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सवलाई आज सम्बोधन गर्दै उहाँले यहाँका धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्पष्ट दृष्टिकोण बनाएको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो,“यो भूमि आफैँमा पवित्र छ । तपोभूमि हो । संसारमा अन्यत्र नपाइने सालिग्राम यही कालीगण्डकी नदीमा पाइन्छ । यस्तो अद्वितीय धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थललाई विश्वसामु चिनाउने सम्भावना लुम्बिनी प्रदेशमा छ ।”

उहाँले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलसहित, संस्कृति व्याकरणका प्रवर्तक पाणिनि ऋषिको जन्मभूमिका रूपमा समेत परिचित गराउँदै प्रदेशको सांस्कृतिक गौरवलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले धार्मिक आस्थासँग जोडिएका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै भन्नुभयो, “धार्मिक तथा प्राकृतिक रूपमा पर्यटकीय स्थलहरूको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । थप नयाँ योजना बनाएर ती क्षेत्रको विकासमा अघि बढ्ने तयारीमा छौँ ।”

उहाँले समाजसेवाका लागि सबै नागरिकलाई कम्तीमा आफ्नो आम्दानीको १० प्रतिशत दान, पुण्य र पवित्र कार्यमा लगानी गर्नसमेत आह्वान गर्नुभयो । “ऋण खोजेर दान गर्ने होइन, तर कमाइको केही हिस्सा समाजसेवामा खर्च गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले उत्तरबाहिनी गङ्गा कार्यक्रममार्फत धार्मिक नदी क्षेत्रको संरक्षण, व्यवस्थापन र आध्यात्मिक पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योगदान पुग्ने विश्व व्यक्त गर्नुभयो ।

खखरीबारी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताउँदै उहाँले यसलाई महत्त्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गर्नेगरी काम गरिने उल्लेख गर्नुभयो । रासस

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।

नेपाल इञ्जिनियर्स एशोसिएशन लुम्बिनी प्रदेशले ६३औँ इञ्जिनियर्स दिवसको अवसरमा आज बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास ः अवसर र चुनौती’ विषयक कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताउनुभयो ।

उहाँले प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको र दोस्रो आवधिक योजनाका लक्ष्य हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य रहेको स्पष्ट पानुृभयो ।

उहाँले चालु खर्च घटाउन प्रदेश सरकार अग्रस्थानमा रहेको उल्लेख गर्दै भन्नुभयो, “हामी चालु खर्च घटाउनेमा पहिलो नम्बरमा छौँ  । त्यो प्रमाणित गरिसकेका छौँ । राजस्व वृद्धिका क्षेत्रमा प्रदेश सरकार सफल भएको छ ।” मुख्यमन्त्री आचार्यले स्थायी इञ्जिनियर जनशक्ति तयार पार्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले राष्ट्रको समुन्नतिको साँचो इञ्जिनियरहरूको हातमा रहेको बताउनुभयो ।

प्रदेश सरकारले पारदर्शी, जनउत्तरदायी र परिणाममुखी शासन प्रणाली विकास गर्न प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले इञ्जिनियरहरूको ज्ञान, दक्षता र सहकार्य यस अभियानमा अपरिहार्य रहेको बताउनुभयो । रासस

लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक गन्तव्य बनाउन पहल गरिएको छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न पहल गरेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजेको बताउनुभयो । तेस्रो बौद्ध अन्तरराष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन व्यवसायी सङ्घ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायतका निकायको सहकार्यमा यात्राको आयोजना गरिएको हो ।

प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ‘लुम्बिनी पर्यटन सर्किट’को अवधारणा अघि बढाएको र यसले लुम्बिनीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको उहाँको भनाइ छ । लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।

लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्राचीन स्मारक, पुरातात्विक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्मको विकास, उत्तरगण्डकी महास्नान मेला, रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन, विभिन्न मेला–महोत्सवको आयोजना, होमस्टे प्रवर्द्धनलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।

“लुम्बिनी प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “टुरिजमले रोजगारी सिर्जना, आर्थिक विकास र नेपालको अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने छ भन्ने हाम्रो दृढ विश्वास छ ।”

प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र पर्यटन क्षेत्रको योगदान कूल गार्हस्थ उत्पादनमा चार प्रतिशतबाट सात प्रतिशतमा पु¥याउने र आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या २२ लाख नाघ्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । लुम्बिनीलाई आध्यात्मिक अनुसन्धान केन्द्रका रूपमा विकास गरी संरचना र सेवा सुविधायुक्त बनाउँदै विश्व शान्तिको सन्देश फैलाउने दिशामा प्रदेश सरकार दृढताका साथ लागिपरेको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभयो ।

नेपालको बौद्ध धर्मसम्बन्धी तीर्थ पर्यटन प्रवर्द्धनका लागि केन्द्रित यो यात्रा नेपालसहित अन्तरराष्ट्रिय बजारमा बौद्ध पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण मानिएको छ । यात्रामा पर्यटन क्षेत्रका सरोकारवाला, आध्यात्मिक व्यक्तित्व, प्रदर्शक तथा विदेशी प्रतिनिधिको सहभागिता रहेको छ । यस यात्राले नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्दै, विशेषतः लुम्बिनीलाई विश्वसामु अझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ । रासस

लुम्बिनी प्रदेश सरकारः नीति तथा बजेट प्राथमिकतामा सुझाव सङ्कलन
लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता निर्धारणका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग आज छलफल गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम र बजेटलाई लक्ष्य, उद्देश्यअनुकूल बनाउने र कार्यान्वयन पक्षलाई सुदृढ गर्ने उद्देश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा छलफल आयोजना गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले सबैको अपनत्व हुनेगरी नीति तथा कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको बताउनुभयो । “सबैको अपनत्व र अनुभूति हुनेगरी नीति तथा कार्यक्रम ल्याउने तयारीसँगै सुझाव सङ्कलनका लागि छलफललाई निरन्तरता दिनेछौँ”, उहाँले भन्नुभयो, “सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटले प्रदेशको वास्तविकता दर्शाउनेछ ।

उहाँले दायित्व नथपिने गरी बजेट बनाइने, घाटा बजेट नल्याइने र सङ्घ सरकारबाट प्राप्त हुने तथा प्रदेशभित्रै उठ्ने राजस्वको एकिन गरेर मात्र बजेट तर्जुमा गरिने स्पष्ट पार्नुभयो । मुख्यमन्त्रीले क्षेत्र विकास कार्यक्रममा देखिएको जटिलता समाधान गर्न मापदण्ड निर्माण गरिने र बजेट तर्जुमा निर्देशिका ल्याएर बजेट कहाँ राख्ने र कहाँ नराख्ने विषयमा स्पष्टता ल्याइने पनि बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेको बताउँदै सरकारलाई पूर्ण साथ रहने स्पष्ट पार्नुभयो । उहाँले संविधानको साझा अधिकार कार्यान्वयनमा जोड दिनुभयो ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव बाबुराम अधिकारीले योजना निर्माण प्रक्रियालाई मापदण्डअनुसार अगाडि बढाइने र योजनाको प्राथमिकता निर्धारण गरेर छनोट व्यवस्थित गरिने जानकारी दिनुभयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु मुस्कानले चालु खर्च घटाएर पुँजीगत खर्च बढाउने नीति अवलम्बन गर्न सुझाव दिनुभयो । उहाँले मुख्यमन्त्रीसँग जनता संवाद कार्यक्रमको आयोजना गरी प्रदेश र जनताको दूरी घटाउनुपर्ने विचार राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलका उपनेता भोजप्रसाद श्रेष्ठले बहुवर्षीय योजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूसँग छलफल गर्नुपर्ने, नीति निर्माणमा सरकार बलियो भएर प्रस्तुत हुनुपर्ने र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट घटाएर कृषि र स्वास्थ्यमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीले कृषिमा आत्मनिर्भर बन्नेगरी विशेष बालीमा आधारित कार्यक्रम ल्याउनुपर्ने, कृषिमा आधारित उद्योग स्थापनामा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक इन्द्रजित थारूले वस्तुस्थिति र तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयस्रोत वृद्धिका उपाय, सार्वजनिक खर्चको व्यवस्थापन र किसानसँग सहकार्य गरेर कृषि उत्पादन बढाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सचेतक धनलक्ष्मी श्रेष्ठले नीति र बजेट दुवैमा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने र मातृ मृत्युदर, बाल मृत्युदर तथा कुपोषण समाधान गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरी, जनमत पार्टीका नेता चन्द्रकेश गुप्ता, राप्रपाकी प्रदेशसभा सांसद मीना श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका भण्डारी लाल अहिर, लोसपाका कनैया बानियाँ, राष्ट्रिय जनमोर्चाकी तारा थापा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का भगवती अधिकारीलगायतले नीति तथा बजेटका प्राथमिकताबारे आ–आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो ।  रासस

‘नेपाल-चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छ’
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै दैजानुपर्ने धारणा राख्नुभएको छ ।

‘नेपाल-चीन बौद्ध संस्कृति र कला’ विषयक दुई दिने अन्तरराष्ट्रिय गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो गोष्ठी नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा रहेको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवर्द्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा भएको गोष्ठीमा उहाँले नेपाल र चीनबीचको सांस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । “लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो”, उहाँले भन्नुभयो, “बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।

नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । उहाँले गोष्ठीले बौद्ध दर्शन, कला र संस्कृतिको गहिराइलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिनसक्ने धारणा राख्नुभयो । विशेषगरी, लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकार बौद्ध संस्कृति, कला र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो । “यो गोष्ठी मात्र नभइ बौद्धिक विमर्शको मञ्च, नेपाल र चीनबीचको मित्रता, सहकार्य र सांस्कृतिक एकतालाई विश्व समुदायसम्म पुर्‍याउने उत्सव पनि हो”, मुख्यमन्त्री आचार्यले भन्नुभयो । रासस

मुख्यमन्त्री आचार्यद्वारा बजेट जनमुखी बनाउन निर्देशन
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट जनतालाई सन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बजेट तर्जुमासम्बन्धी छलफलमा उहाँले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयनयोग्य योजना समेट्नुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हामी घाटा बजेट ल्याउने पक्षमा छैनौँ । जति बजेटको सिलिङ बनाइएको छ, त्यसैको आधारमा जनसन्देशसहितका कार्यक्रम समेटेर बजेट बनाउन जरूरी छ । कम बजेटमै सम्पन्न गर्न सकिने, जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ ।

उहाँले चालु आर्थिक वर्षमा झण्डै रु ३९ अर्बको बजेट ल्याइएको भए पनि आगामी वर्षमा रु ३२ अर्बभन्दा बढी बजेट बनाउने अवस्था नरहेको स्पष्ट पार्नुभयो । बजेट निर्माणका लागि प्राप्त सुझावलाई परिमार्जन गरी लैजाने र विगतका कमजोरी दोहोर्‍याइने पक्षमा नरहेको पनि मुख्यमन्त्री आचार्यले प्रष्ट पार्नुभयो । समानीकरण अनुदान प्राप्त नहुँदा दायित्व थपिएको अवस्था रहे पनि अब त्यसबाट मुक्त भइसकेको प्रदेश सरकारले अब ऋण बोक्ने, भार थो पर्ने काम नगर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणलाई यथार्थपरक, परिणाममुखी र जनउत्तरदायी बनाउनेगरी छलफल प्रक्रिया अघि बढाएको हो । बजेटले दायित्व व्यवस्थापन, स्रोतको उचित परिचालन, सेवा प्रवाह सुधार तथा समृद्धिको दिशा देखाउने अपेक्षा गरिएको छ ।

उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले कार्यान्वयन हुनेगरी बजेट निर्माण गरिनुपर्ने बताउनुभयो । प्रदेश सरकारलाई सवारीसाधन अनुमतिपत्र छपाइको जिम्मेवारीलाई बजेटमा समेट्नुपर्ने बताउँदै उहाँले उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र समृद्ध प्रदेश निर्माणसँग जोडिएका विषयहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले मातृ मृत्यु दर, बाल मृत्यु दर, कुपोषणजस्ता समस्यालाई समाधान गर्नेगरी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो । स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार मात्र नभई सेवा प्रवाहलाई चुस्त बनाउनेगरी प्राथमिकीकरण गरिनुपर्ने उहाँको भनाइ थियो ।

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले बजेट तर्जुमा छलफल गर्दा आयोजनाको क्षेत्र हेरेर सीमा तोक्नुपर्ने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले दोस्रो आवधिक योजनाले निर्धारण गरेका प्राथमिकताका क्षेत्रलाई बजेटमा प्राथमिकता दिनसके धेरै समस्या समाधान हुने बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले सेवा प्रवाह चुस्त बनाउने, नागरिकको विश्वास जगाउने कार्यक्रमलाई बजेटमा समावेश गर्ने तयारी भइरहेको बताउनुभयो । प्रदेशमा रहेका समस्याका सूचकहरूका आधारमा गरिबी निवारण, शिक्षा, स्वास्थ्य र जीवनस्तर सुधारका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा दोस्रो आवधिक योजनाको प्राथमिकतालाई बजेट तर्जुमाको मुख्य आधार बनाउनुपर्ने, प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट प्रस्ताव गर्नुपर्ने, मर्मत–सम्भारको अभावमा सञ्चालनमा आउन नसकेका आयोजनालाई पुनः सञ्चालनमा ल्याउने गरी बजेट छुट्याउनुपर्ने, आयोजनाको सङ्ख्या घटाउने, प्राथमिकीकरण गर्ने, बहुवर्षीय दायित्व घटाउने गरी बजेट निर्माण गर्नुपर्नेलगायत विषय प्राथमिकताका साथ उठाइएको छ । रासस

‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।

बुटवलस्थित जितगढी उत्सव २०८२ को आज उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारसँग समन्वय गरेर जितगढी किल्लाको राष्ट्रिय गौरवको विषयलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रयास गरिने बताउनुभएको हो ।

कर्णेल उजिरसिंहलाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि सङ्घीय सरकारसँग पहल गरिने भन्दै मुख्यमन्त्री आचार्यले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो । “नयाँ पुस्तालाई वीरताको गाथा सुनाउन र इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरूरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।”

मुख्यमन्त्री आचार्यले अङ्ग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताउनुभयो । आत्मविश्वासकै कारण नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उहाँले उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ पुगेको उल्लेख गर्नुभयो ।

बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउँदै मुख्यमन्त्री आचार्यले स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको स्मरणमा जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अङ्ग्रेज युद्धका बेला जितगढीमा नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।

यस किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले विसं १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको इतिहास छ । तत्कालीन पाल्पाका सेन राजाले अङ्ग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेको बताइन्छ । त्यही फौजले विसं १८७१ देखि पटकपटकको आक्रमण सामना गर्दै अन्ततः विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ ।

अङ्ग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढीलगायत नेपालका सात स्थानमा अङ्ग्रेजविरुद्ध युद्ध भएका थिए ।

यहाँ सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने
अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने बताए।

सुपा देउराली मन्दिर संरक्षण समितिको १३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताए । डिजिटल प्रविधिको उपयोग गरी प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ”, मुख्यमन्त्री आचार्यले भने, “धार्मिक पर्यटकहरु आकर्षित हँुदै गएको पाएका छौँ । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।

उनले धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरेका छन् । हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ उनले भने देश÷विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेललगायतले धारणा राखेका छन्।