मुन्दुम पदमार्ग – News Polar

मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल
भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले प्रकृति र संस्कृतिलाई आधार बनाएर मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिएको छ ।

प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवद्र्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार संस्कृति र प्रकृतिको संरक्षण गर्दै पदमार्गको विकास भइरहेको छ । वन क्षेत्रमा जैविक विविधता जोगाउँदै पर्यावरणमैत्री पर्यटन विकास गर्ने नीति अवलम्बन गरिएको उहाँले बताउनुभयो ।

“प्रकृतिको संरक्षण नगरी पर्यटन सम्भव हुँदैन,” अध्यक्ष बस्नेतले भन्नुभयो, “यसैले संस्कृतिको संरक्षण र प्रवद्र्धनलाईसँगै अघि बढाएका छौँ ।” पदमार्ग क्षेत्रमा किराँत राई समुदायको संस्कार, संस्कृति र ‘मुन्दुम’ परम्परासँग सम्बन्धित संरचना, सांस्कृतिक प्रतीक र धार्मिक स्थलहरू अवलोकन गर्न सकिन्छ । ठूला घाँसे मैदान, चौँरी र भेडीगोठ, स्थानीय बस्तीको जीवनशैली तथा मौलिक परिकारले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् ।

यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो पदमार्ग पर्न थालेको छ । पछिल्लो समय पदमार्ग आसपास विश्रामस्थल, धारा, सूचना बोर्ड तथा पर्यटन सूचना केन्द्रजस्ता पूर्वाधार निर्माण गरिएका छन् ।

गाउँपालिकाले स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जन वृद्धि गर्ने लक्ष्यसमेत लिएको छ । घरबास सञ्चालन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक कार्यक्रममार्फत पर्यटकलाई मौलिक अनुभव प्रदान गर्ने प्रयास भइरहेको जनाइएको छ ।

प्रकृति संरक्षण, सांस्कृतिक पहिचानको प्रवद्र्धन र दिगो पर्यटन विकासलाई सँगसँगै अघि बढाउँदै मुन्दुम पदमार्ग पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । रासस

मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको मुन्दुम पदमार्गमा परिधीय संरचनासहित पदमार्ग निर्माण तथा पुनःनिर्माण सुरु गरिएको छ ।

चखेवादेखि मैयुङसम्म पदमार्ग नभएका स्थानमा नयाँ पदमार्ग निर्माण गरिने र बिग्रिएका स्थान संरचनालाई पुनःनिर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष जीवन किरातीले जानकारी दिनुभयो । पदमार्ग निर्माण गर्दा किरात मुन्दुम संस्कृतिअनुसार विभिन्न सांस्कृतिक आकृतिसमेत समेटेर संरचनाको निर्माण गरिनेछ ।

पदमार्गमा पर्यटकको सुविधालाई ध्यानमा राख्दै पार्क, शौचालय, विश्रामस्थललगायत आवश्यक परिधीय संरचना निर्माण हुनेछन् । पदमार्ग निर्माण तथा पुनःनिर्माणका लागि दुई वटा समिति गठन गरिएको छ ।

एउटा समितिले पदमार्ग निर्माणको काम गर्नेछ भने अर्को समितिले परिधीय संरचना निर्माणको जिम्मेवारी लिनेछ । निर्माणमा १५० श्रमिक खटिनेछन् ।

पदमार्गलाई दीर्घकालीन रूपमा पर्यटन र कृषिका माध्यमबाट आत्मनिर्भर बनाउँदै लैजाने योजनाका साथ गाउँपालिका अघि बढिरहेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा यो मुन्दुम पदमार्ग विकास गर्न चाहन्छौँ, त्यसैका लागि आकर्षक र गुणस्तरीय पदमार्ग निर्माणमा जुटेका छौँ ।”

प्राकृतिक सौन्दर्य र किरात मुन्दुमी संस्कृतिले भरिपूर्ण यो पदमार्गमा लेकाली हावापानीसँगै हिमाल, पहाडका थुम्का, बिहानीको सूर्योदय, समथर फाँटको मनोरम दृश्य, विभिन्न प्रकारका जडीबुटी, चराचुरुङ्गी तथा रेडपाण्डासमेत नजिकबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । रासस

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
भोजपुर । सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्वीतर्फको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो ।

प्राकृतिकको सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गरिने उल्लेख गर्नुभयो । यो पदमार्गमा समथर ठूला घाँसे मैदान प्रशस्त रहेकाले यसलाई गल्फ क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।

“यो पूर्वको एक सुन्दर पदमार्ग हो”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो क्षेत्र शान्त र रमणीय पनि छ । यसलाई हामीले तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यहाँ यात्रा गर्दा आगन्तुकले ऊर्जाको अनुभूति गर्न गरिएको प्रतिक्रिया दिँदै आउनुभएको छ ।”

पदमार्गलाई टे«किङसँगै शान्त तपोभूमि क्षेत्रमा विकास गराउन सडकमार्ग निर्माणमा रोक लगाइएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । यहाँको प्राकृतिक स्वरुपलाई यथावत राख्न पालिका सजक रहेको भन्दै उहाँले यहाँ योग, ध्यान, साधना गरेर हप्तौँ बिताउन सक्ने वातावरण रहेकाले यसलाई शान्ति क्षेत्रमा विकास गर्ने योजना बनाइएको बताउनुभयो ।

पूर्वको एकमात्र सहज, सरल, शान्त र सुन्दर पदमार्ग भएकाले यो क्षेत्रमा पर्यटकीय गतिविधि विस्तारका योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताउनुभयो । छोटो समयमा यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेपछि पालिकाले पूर्वाधार विकास र विस्तारमा जोड दिएको उहाँको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका प्राकृतिक रूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त सूचना केन्द्रबाट पर्यटकले पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो ।

“यो पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो”, उपाध्यक्ष राईले भन्नुभयो, “हामी यो क्षेत्रको बृहत विकासमा जुटेका छौँ । पदमार्गलाई मानिसको साधना स्थलका रूपमा विकास गर्ने योजना छ । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ ।”

पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकैसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिनुभयो ।

यहाँको हावापानी हिमालमा जस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित क्षेत्र भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

पदमार्ग हुँदै भोजपुरको चार हजार १५३ मिटर उचाइमा रहेका सबैभन्दा अग्लो धार्मिक तथा पर्यटकीय क्षेत्र सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीयले पालेका चौँरी, भेँडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गर्दछ ।

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
भोजपुर । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् ।

पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् ।

पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा ९हाब्रे०, किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो ९वाबुक०स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन् ।

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रुपमा स्थापित गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

तीनदिने कार्यशालामा बनाइएका चित्रलाई काठमाडौँमा प्रदर्शनी गरिने उहाँले बताउनुभयो । कार्यशालाको बुधबार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कार्यशालाका माध्यमबाट मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै कला र सांस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउनुभयो । रासस

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु
भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव। प्राविधिक सहयोगमा , संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु। एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनः निर्माणको काम थालिएको हो ।

पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्धेश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाईसमेत गरिएको छ । सार्वजनिक सुनुवाईमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धती, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो ।

यो पदमार्गलाई थप व्यवस्थित बनाउनको लागि पहिलो चरणमा पाँच दशमलव ४४ किलोमिटर पदमार्ग निर्माण तथा पुनः निर्माण थालिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । पदमार्गसँगै पयर्टकलाई लक्षित गरेर यहाँ तीन वटा सार्वजनिक सौचालय, दुई वटा रात्री विश्राम स्थल, एक वटा खानेपानी धारा निर्माण गरिने उहाँको भनाइ छ ।

“तीन वटा सरकार र स्वीस सरकारको लागत साझेदारीमा मुन्दुम पदमार्गको थप विस्तारसँगै पुनःनिर्माण थालिएको छ”प्रशासकीय अधिकृत दाहालले भन्नुभयो,“यहाँ पर्यटकलाई लक्षित गरेर पदमार्ग निर्माणसँगै थप संरचनाहरु बन्ने छन् । यो निर्माण अवधि आगमी असार महिनासम्म रहेको छ ।” पदमार्गको निर्माण तथा पुनः निर्माणको लागि स्वीस सरकारको ५१ प्रतिशत, गाउँपालिकाको २२ प्रतिशत, केन्द्र सरकारको ५ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत लागत साझेदारी रहेको प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।

मुन्दुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना रहेकोले यसको थप विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता राखेर यहाँका स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्यका साथ पदमार्ग विस्तार तथा विकासको काम गरिरहेको उपाध्यक्ष राईले बताउनुभयो । पदमार्गले यहाँको धर्म, सस्कार, सस्कृति रहनसहन, रितिरिवाजको जर्गेनासँगै स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्न टेवा पुग्ने उहाँको भनाइ छ ।

“मुन्दुम पदमार्ग हाम्रो गौरवको योजना हो” उहाँले भन्नुभयो,“यहाँ जतिपनि काम भइरहेका छन् यसले यहाँको विकास र समृद्धिलाई जोडेको छ । हामीले कृषि र पर्यटनलाई प्राथिमिकतामा राखेर आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ काम बढाइरहेको छौँ ।”मुन्दुम मदमार्गमा आउने पदयात्रीहरुको सहज र सुरक्षित यात्राको लागि गाउँपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । पदमार्गलाई थप व्यवस्थित बनाउदै स्थानीयको रोजगारी र जीविकोपार्जनसँग जोड्ने काम भइरहेको उहाँको भनाइ छ । मुन्दुम भ्रमण वर्ष सन् २०२५ घोषणा गरेर यसको प्रचारप्रसारसँगै विकासको काम भईरहेको उपाध्यक्ष राईले बताउनुभयो । “मुन्दुम पदमार्ग पूर्वको स्थापित गन्तव्यको रुपमा विकास भइरहेको छ”उहाँले भन्नुभयो,“पदमार्ग विस्तार भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढिरहेको छ । पर्यटकको सहज, सरल, सुरक्षित र आरामदायी यात्राको लागि हामीले योजनाबद्ध रुपम काम गरिरहेका छौँ ।”

मुन्दुम पदमार्ग एक मात्र भर्जिन पदमार्ग रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । सडक विस्तारका कारण पदमार्गलाई असर पुग्ने भएकाले यस्ता क्रियाकलापलाई रोक्न आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । मुन्दुम पदमार्ग नेपाल सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकोले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तार भईरहेको उहाँको भनाइ छ ।

“मुन्दुम पदमार्ग एक भर्जिन पदमार्ग हो”अध्यक्ष राईले भन्नुभयो“नेपालमा सायदै यस्ता स्थानहरु कमै मात्र छन् । सडक विस्तारका कारण यस्ता क्षेत्रहरुमा क्षति पुगेको अवस्था छ । पदमार्ग क्षेत्रको संरक्षणको लागि हामीले गम्भिर बन्न आवश्यक छ । एक करोड लागतमा भईरहेको पहिलो चरणको काम सम्पन्न भएपश्चात यहि आर्थिक वर्षमा सम्पन्न हुने गरी दोश्रो चरणमा रु।८५ लाख बराबरको निर्माणको काम हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत दिगो र नविनतम पर्यटन विकासको अवधारणा अनुसार यहाँ काम भईरहेको परियोजनाकी सामाजिक सुरक्षा अधिकृत पार्वती राणाले बताउनुभयो । पर्यटनमार्फत यहाँका समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने खालका क्रियाकलाप सञ्चालन हुने उहाँको भनाइ छ । पदमार्गमा रहेका होटल व्यावसायिकहरुको क्षमता अभिवृद्धिसँगै पाहुनालाई दिने सेवा तथा व्यवहारको विषयमा तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन हुने अधिकृत राणाको भनाइ छ ।

यो पदमार्ग क्षेत्रमा टेम्केमैयुङ गाउँपालिकाका एक सय सात जनाले काम गरिरहेको निर्माण उपभोक्ता समितिको अध्यक्ष रहिम राईले जानकारी दिनुभयो । पदमार्ग निर्माणले पर्यटनको विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना भईरहेको उहाँको भनाइ छ । पदमार्ग क्षेत्रमा छ वटा समुह निर्माण गरेर विभिन्न स्थानमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । –

मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
भोजपुर । सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रुपमा लिइने यो क्षेत्रमा पर्यटकको अवागमन बढेको हो ।

छोटो समयमा यो पदमार्गमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेपछि टेम्केमैयुङ गाउँपालिकाले यसको थप विकास तथा विस्तारमा जोड दिएको छ । यहाँ आउने पयर्टकलाई सहजता थप्नका लागि गर्नुपर्ने काम तथा यो पदमार्गको पछिल्लो अवस्थाका विषयमा जानकारी लिने उद्देश्यले सरोकारवाला पक्षले स्थलगत रुपमा अनुगमन गरेका छन् ।

यो समयमा पयर्टकको चाप बढ्न थालेपछि उनीहरुलाई यात्राको क्रममा कुनै समस्या नहोस् भन्नका लागि यो पदमार्गको दुई हजार तीन सय ५१ मिटर उचाइ रहेको चखेवाभञ्ज्याङदेखि जिल्लाको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो ।

मुन्दुम पदमार्गको थप विकास तथा यहाँ घुम्न आउने पर्यटकलाई सहजताका लागि गर्नुपर्ने कामको अध्ययन, अनुसन्धानका लागि कार्यक्रम तयार गरेर स्थलगत रुपमा पदयायात्रामार्फत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

“मुन्दुम ट्रेल पर्यटकको रोजाइको गन्तव्यका रुपमा स्थापित भइरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “गाउँपालिकाले यहाँको थप विकास तथा विस्तारमा जोड दिइरहेको छ, यहाँ आउने पर्यटकलाई थप सहजता थप्नका लागि गर्नुपर्ने कामको विषयमा जानकारी लिन सरोकारवाला पक्षसहित चखेवाबाट सिलिचुङ चुचुरोसम्म स्थलगत अनुगमन गरेका छौँ, अब यात्राको क्रममा देखिएको समस्याका समाधानमा जोड दिन्छौँ ।”

सो गाउँपालिका प्राकृतिक रुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । मुन्दुम पदमार्गको यात्राका क्रममा पदयात्रीलाई पर्नसक्ने समस्याको खोजी तथा यो पदमार्गलाई थप व्यवस्थित बनाउन स्थलगत रुपमा अनुगमन गरिएको उपाध्यक्ष राईले जानकारी दिनुभयो । स्थलगत अनुगमनका क्रममा देखिएका समस्याको समाधानमा गाउँपालिकाले क्रमिक रुपमा काम गर्ने उहाँको भनाइ छ ।

मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्रसमेत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । यो सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो ।

“यो पदमार्ग घुम्न आउने पर्यटकलाई सहज आवगनका लागि काम गरिरहेका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको अवस्था छ, यो पदमार्गलाई थप व्यवस्थित बनाउन गर्न सकिने कामको पहिचान गर्न स्थलगत रुपमा अनुगमन गरेका छौँ ।”

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । यहाँको प्राकृतिक सौन्दर्यताको उजागरसँगै प्रचारप्रसारको क्षेत्रमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । “यो मार्ग छोटो समयमा पर्यटकको रोजाइको गन्तव्य बन्न सफल भएको छ”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “यहाँ पर्यटकलाई आकर्षित गर्ने धेरै क्षेत्रहरु छन्, गाउँपालिकाले यसको थप विकाससँगै प्रचारप्रसारमा जोड दिएको अवस्था छ ।” उकालोओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एकसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिनुभयो ।

यो पदमार्गमा बढीमात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीका हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । किरात राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ ।

मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक
भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरु, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताउनुभयो । पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार र संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने उहाँको भनाइ थियो ।

“मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ”, प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “यहाँ आउने पर्यटकको सहजताका लागि आवश्यक काम गरिरहेका छौँ । यहाँको प्राकृतिक सुन्दरताले पर्यटकको मन लोभ्याउने गरेको छ ।”

यहाँ किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाहरुले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिने भएकाले पर्यटक यो पदमार्गमा पुग्ने गरेका छन् । यो पदमार्ग नेपालका सबै हिमाल एकै ठाउँबाट हेर्न सकिने स्थानका रुपमा परिचित छ ।

उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । किरात राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको हो । करिब ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्राम स्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा निर्माण गरिएको जनाइएको छ ।

किरात राईको संस्कृति झल्कने (चिण्डो आकार) का १५ वटा पोखरी निर्माण गरिएको छ । पर्यटनलाई माथि उकास्न आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

तीन महिनाको अवधिमा यो पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पर्यटकको आवमगन बढेपछि यहाँको व्यवस्थापनमा ध्यान दिइएको र घुम्न आउने पर्यटकलाई यात्राका क्रममा आइपर्ने समस्या पहिचान गरेर समाधान गर्न गाउँपालिकाको अगुवाइमा स्थलगतरुपमा अनुगमन गरिएको उहाँको भनाइ थियो ।

“गाउँपालिकाले पयर्टकको सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ । तीन महिनाको अवधिमा एक लाख पर्यटक भित्रिएका छन्”, अध्यक्ष बस्नेतले भन्नुभयो, “पदमार्गमा आउने पर्यटकको सङ्ख्या बढेसँगै हामीले यहाँको व्यवस्थापनमा ध्यान दिएका छौँ । गाउँपालिकाले सहज र सुरक्षित यात्राका लागि ध्यान दिएको छ ।”

अनुगमनपश्चात् पर्यटकको सहजताका लागि भत्केको ठाउँमा बाटो मर्मत गर्ने, सहज बास बस्नका लागि घरबास ९होमस्टे०लाई व्यवस्थित गर्ने, पानीको व्यावस्थापन गर्नेलगायत काम गरिने अध्यक्ष उहाँको भनाइ थियो । बढीमात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने गरेको सावा घरबास (होमस्टे) हाँस पोखरीका सञ्चालक याङमीयाङ राईले बताउनुभयो ।

प्राकृतिक सुन्दरताको मनमोहक दृश्य अवलोकन गर्न, हावापानीका हिसाबले हिमालमाजस्तो ठण्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायिकरण गर्न यो पदमार्गले सहयोग पुर्‍याउने गाउँपालिकाले जनाएको छ ।

मुन्दुम पदमार्ग राम्रो पर्यटकीय गन्तव्य रहेकाले यसले गाउँपालिको आर्थिक विकासमा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुुभयो । घुम्न आउने पर्यटकको सहज यात्राका लागि गाउँपालिकासँगै सबै पक्षले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

“यो पदमार्ग प्राकृतिक हिसाबले निकै सुन्दर छ”, प्रजिअ घिमिरेले भन्नुभयो, “पर्यटकको आवागमन बढेकाले उनीहरुको सुरक्षा र सहज आवतजावतका लागि ध्यान दिन आवश्यक छ । स्थलगत अनुगमनका क्रममा केही सुधार गर्नुपर्ने काम पनि देखिएको छ । हामीले आउने पाहुनाहरुको सहज यात्राका लागि ध्यान दिएका छौँ ।”

टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । आउने पर्यटकहरुलाई लक्ष्य गरेर चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको उहाँको भनाइ थियो । यो केन्द्रबाट पर्यटकलाई पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थानहरु, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकहरुको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताउनुभयो । “पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “यहाँबाट पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि सूचना प्रदान गर्ने हाम्रो लक्ष्य छ । यहाँबाट पर्यटकलाई सहज र आनन्ददायी यात्राको लागि टेवा पुग्छ । पदमार्गको थप विकासको लागि हामीले योजनाबद्धरुपमा काम गरिरहेका छौँ ।” रासस