राजकुमार ह्यारी – News Polar

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उहाँलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताउनुभएको छ ।

शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने स्पष्ट पार्नुभयो ।

“म त्यसो गर्न चाहन्नँ”, उहाँले भन्नुभयो, “म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ । उहाँकी श्रीमती भयानक हुनुहुन्छ ।”

यो बयान ह्यारीको भिसासम्बन्धी कानूनी चुनौतीहरूका बीच आएको हो । विशेषगरी हेरिटेज फाउन्डेसनले उहाँको भिसा आवेदन प्रक्रियामा विगतको गैरकानूनी लागूपदार्थ प्रयोगबारे खुलासा नगरेको सम्भावनाबारे चिन्ता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ ।

न्युयोर्क पोस्टले ट्रम्पले ह्यारीका अलग भएका जेठा दाजु राजकुमार विलियमप्रति प्रशंसा व्यक्त गर्ने मौका पनि लिएको र उहाँलाई ‘एक महान युवा’ भन्नुभएको उल्लेख गरेको छ ।

दुई जनाले सन् २०२४ डिसेम्बरमा नोट्रे–डाम क्याथेड्रलको पुनः उद्घाटनका क्रममा पेरिसमा गोप्य रूपमा भेट गर्नुभएको थियो । उक्त भेट ह्यारी र उहाँकी श्रीमतीसँगको ट्रम्पको तनावपूर्ण सम्बन्धको विपरीत थियो ।

ड्युक र डचेस अफ ससेक्स मेघन मर्केल लामो समयदेखि ट्रम्पको मुखर आलोचक रहँदै आउनुभएको छ । मर्केलले अघिल्लो सार्वजनिक बयानहरूमा उहाँलाई ‘विभाजनकारी’ र ‘महिला विरोधी’ भन्नुभएको थियो भने ट्रम्पले नियमित रूपमा ह्यारीको उपहास गर्दै राजकुमार मेघनद्वारा ‘नियन्त्रित’ भएको दाबी गर्नुभएको छ । “मलाई लाग्छ बिचरा ह्यारी मेघनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ”, ट्रम्पले अघिल्लो अन्तर्वार्तामा टिप्पणी गर्नुभएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।

हेरिटेज फाउन्डेसनले होमल्यान्ड सेक्युरिटी विभागविरुद्ध दायर गरेको मुद्दाले ह्यारीको अमेरिकी भिसा आवेदनमा ह्यारीको आत्मकथा ‘स्पेयर’मा कोकेन, गाँजा र साइकेडेलिक्स लगायतका लागूपदार्थको विगतको प्रयोगबारे गरिएको स्वीकारोक्तिलाई उद्धृत गर्दै उहाँको इमानदारीमाथि प्रश्न उठाएको छ ।

हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भन्नुभयो, “संयुक्त राज्य अमेरिकामा आवेदन दिने जोसुकैले आफ्नो आवेदनमा सत्य बोल्नुपर्छ र राजकुमार ह्यारीको मामलामा यो स्पष्ट छैन”, न्युयोर्क पोस्टले उल्लेख गरेको छ ।

रिपोर्टमा थप उल्लेख भएअनुसार रूढिवादी थिङ्क ट्याङ्कले ह्यारी र मेगन बेलायती शाही परिवारबाट बाहिरिएपछि सन् २०२० मा क्यालिफोर्नियामा सर्नुभएको थियो र यसलाई व्यापक रूपमा ‘मेगजिट’ भनिन्छ । त्यसपछि बाइडेन प्रशासनबाट विशेष व्यवहार पाएको हुनसक्ने बताइएको छ ।

परिवारको सुरक्षाका लागि राजकुमार ह्यारीले अदालतमा गरेको याचनाको विपक्षमा फैसला
लण्डन । बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि करदाताको आर्थिक सहायता सुरक्षा फिर्ता लिने बेलायत सरकारको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा हारेपछि उहाँले कानूनी सङ्कटको सामना गर्नुपरेको सीएनएन टेलिभिजनले जनाएको छ ।

सन् २०२० को फेब्रअरीमा बेलायती राजकुमार ह्यारीले देशमा नरहँदा अन्य राजपरिवार सदस्यले पाउने जति ‘कर छुट’ नपाउने निर्णय भएपछि गृह मन्त्रालयविरुद्ध उहाँले कानूनी लडाइ सुरु गर्नुभएको थियो ।

बेलायती समाचार संस्था पीएलाई उद्धृत गर्दै सीएनएनले भनेको छ, “डिसेम्बरमा अदालतको सुनुवाइका क्रममा ह्यारीका वकिलले ह्यारीबारे गरेको निर्णयले राजकुमार ह्यारीप्रति पक्षपातपूर्ण व्यवहार गरेको तर्क गर्नुभएको थियो ।

पीएका अनुसार जुलाई २०२० देखि आफ्नी पत्नी मेगनसँग क्यालिफोर्नियामा बस्दै आएका ह्यारीमाथि ‘सफल आक्रमण’ भएको तर यसले बेलायतको प्रतिष्ठामा पर्न सक्ने सम्भावित असरबारे पनि वकिलहरूले विचार गर्न नसकेको ह्यारीका कानूनी सहयोगीले बताएका छन् ।

अदालतले उक्त निर्णय न्यायोचित र प्रक्रियागत अन्यायरहित फैसला भएको जनाएको छ । यो झट्काका बावजुद राजकुमार ह्यारीका कानुनी प्रवक्ताले फैसलाबारे अपिल गर्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।

“ड्यूकले प्राथमिकताको उपचारको लागि माग गरिरहनुभएको छैन, तर सफ्टवेयर विकास र सूचना प्रविधिबारे काम गर्ने कम्पनी र्‍याभेकको आफ्नै नियमहरूको निष्पक्ष र कानुनी अनुप्रयोगको लागि यो सुनिश्चित गर्दै कम्पनीकोे लिखित नीति अनुसार काम गर्नु उचित हुनेछ,” ह्यारीका कानुनी प्रवक्ताले सीएनएनसँग भन्नुभयो ।

फैसलापछि गृह मन्त्रालयका प्रवक्ताले सीएनएनसँग भन्नुभयो, “हामी खुसी छौं कि अदालतले यस मामिलामा सरकारको स्थितिको पक्षमा फैसला गरेको छ, र हामी सावधानीपूर्वक हाम्रो अर्को कदमहरूबारे विचार गरिरहेका छौं । फैसलाबारे थप टिप्पणी गर्नु अनुपयुक्त हुनेछ ।”

“बेलायत सरकारको संरक्षणात्मक सुरक्षा प्रणाली कठोर र समानुपातिक छ । ती प्रबन्धहरूको विस्तृत जानकारी नदिनु हाम्रो लामो समयदेखिको नीति हो, किनकि यसो गर्दा तिनीहरूको निष्ठामा आँच आउन सक्छ र व्यक्तिको सुरक्षामा असर पर्न सक्छ ।”

अक्सर आफ्नी पत्नीको उपचार र आफ्नी स्वर्गीय आमा राजकुमारी डायनाले सामना गर्नुपरेको चुनौतीहरूको बीचमा समानताहरू चित्रण गर्दै राजकुमार ह्यारीले आफ्नो परिवारको सुरक्षाको बारेमा आवाज उठाउँदै आउनुभएको छ । यो मुद्दा बेलायतमा राजकुमार ह्यारीसँग सम्बन्धित धेरै मुद्दाहरूमध्ये एक हो ।

सन् २०२३ को मे महिनामा राजकुमार ह्यारीले बेलायतमा रहँदा आफ्नो प्रहरी सुरक्षाका लागि व्यक्तिगत रूपमा भुक्तानी गर्ने छुट्टै अधिकारको माग गर्दै गरेको निवेदनमा एउटा अर्को कानुनी झड्काको सामना गर्नुपरेको थियो । बेलायतको गृह मन्त्रालयले धनी व्यक्तिहरूलाई विशेष प्रहरी अधिकारीहरूबाट संरक्षणात्मक सुरक्षा खरिद गर्न अनुमति नदिने तर्क गरेको थियो ।

सोही वर्षको जनवरीमा राजकुमार ह्यारीले एसोसिएटेड न्यूजपेपर्स लिमिटेड (एएनएल) विरुद्ध मानहानिको मुद्दा दायर गर्नुभएको थियो । सन् २०२२ को फेब्रुअरीमा बेलायती राजकुमार ह्यारीले बेलायत भ्रमणका क्रममा सुरक्षा व्यवस्थाका सम्बन्धमा गृह मन्त्रालयविरुद्ध दायर गरेको मुद्दासँग सम्बन्धित थियो ।

डिसेम्बर २०२३ मा लण्डनको उच्च अदालतले राजकुमार ह्यारीलाई प्रकाशक ‘मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन)’ द्वारा फोन ह्याकिङ र अन्य ‘गैरकानूनी सूचना सङ्कलन’ को शिकार भएको फैसला सुनाएको थियो ।

राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ छापिँदै
एजेन्सी । राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ ।

पेन्गुइन र्यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि, आत्म–परीक्षण, असीमित शक्ति, विजय–पराजय, दुःख, प्रेमगायत विषय समेटिने छन् । प्रकाशनगृह पेन्गुइन र्यान्डम हाउसले एक वक्तव्य जारी गरेर पुस्तक प्रकाशनको जानकारी दिएको हो । सन् १९९७ मा आफ्नी आमा डायनको अकल्पनीय मृत्यु, आमा र भाइ विलियमसँगका सम्झना पुस्तकमा पढ्न पाइनेछ ।

उक्त प्रकाशनगृहले राजकुमार ह्यारीलाई एक पति, पिता, मानवीयकर्मी, सैन्य दिग्गज, मानसिक स्वास्थ्य अभियन्ता एवम् वातावरणविद्का रूपमा परिचय गराएको छ । चार सय १६ पृष्ठको उक्त पुस्तक डच एवम् पोर्चुगितलगायत १६ भाषामा छापिने छ । पुस्तक बिक्रीबाट प्राप्त हुने रकम बेलाइतका परोपकारी संस्थाहरूलाई दान गरिनेछ । लेखक ह्यारीले लेसोथो र बोत्सवानामा एचआईभी/एड्सबाट प्रभावित बालबालिका र युवाहरूलाई मद्दत गर्न लेसोथोका राजकुमार सेइसोसँग मिलेर स्थापना गरेको संस्था सेन्टेबालेलाई १५ लाख अमेरिकी डलर दिएका छन् ।

अमेरिकामा जन्मेकी श्रीमती मेघनसँग विवाह गरेकाससेक्सका ड्यूकले सन् २०२० मा आफ्नो शाही कर्तव्यबाट बिदा लिएर अमेरिका सरेका सरेका थिए । बेलाइतको राजपरिबारबाट आफूलाई आर्थिक सहयोग नभएको तथा आफ्नी आमाले छाडेको रकमबाट गुजारा गरिरहेको गत वर्ष एउटा रेडियो अन्तर्वार्तामा उनले बताएका थिए ।