राजेन्द्र बजगाईं – News Polar

राजेन्द्र बजगाईले कांग्रेस छाडे
काठमाडौं । नेपाली कांग्रेसनेता तथा पूर्व सासंद राजेन्द्र बजगाईले पार्टी छाडेका छन् ।

सामाजिक संञ्जाल मार्फत लामो स्टाटस राख्दै बजगाईले पार्टी छाडेको जनाएका हुन् ।

उनले भनेका छन् संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।

उनले लेखेका छन्-

अन्तत: कांग्रेसमा बसिएन।

सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।

किसुनजीका सदस्यता पुन:स्थापन गर्ने निर्णयप्रति म खेद व्यक्त गर्दछु, त्यो फेरिफेरि भर्न किन पर्थ्यो ररु त्यसको औचित्य छैन थिएन नि!

संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।

विशेष वृन्दहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन्।

उनीहरूले यसरी खेल खेलिरहेका छन्—

सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने,

नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डीएनए’ बनाउने।

चरम अतिवादको शैली अवलम्वन नगर्न रास्वपालाई काँग्रेस सांसद बजगाईंको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई(रास्वपा)लाई चरम अतिवादको शैली अवलम्वन नगर्न चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बजगाईंले यस्तो चेतावनी दिनुभएको हो । रास्वपा सरकारमा जाँदा समेत काँग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको उहाँको आरोप छ । उहाँले रास्वपाले देश निर्माणको स्पष्ट योजना देखाउनुको सट्टा राजनीतिक प्रपोगाण्डामा व्यस्त रहेको बताउनु भयो । उहाँले रास्वपाले थालेको हस्ताक्षर अभियान समेत गैरकानूनी रहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म तपाईहरुको देश यस्तो बनाउने भन्ने स्पष्ट योजना देखिएको छैन । मात्र सत्तामा हाम्रो पार्टी परिवारका सदस्यलाई थुन्ने षड्यन्त्रमै खर्चनुभयो हिजोको सत्ता आरोहण गर्दा । अहिले पनि प्रपोगाण्डामै व्यस्त हुनुहुन्छ । बरु जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ– पर्ख २०८४ मा देखाउँछौं । यो प्रतिशोधको भाषा थियो । त्यो शैली चरम अतिवादतर्फ उन्मुख देखिन्छ । यो प्रवृत्तिले चरमपन्थी व्यवहारको झल्को दिन्छ जुन लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन । देशलाई अहिले बद्लाको होइन दिशा र दृष्टिकोणको खाँचो छ । र यो हामीबाट अनुशरण गर्नुपर्छ ।’

देशलाई बदला नभई स्पष्ट दिशा र दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै सांसद बजगाईंले सबै दलले लोकतान्त्रिक अभ्यासमा रहनुपर्नेमा जोड दिनुभयो ।

रास्वपा प्रतिगामी र गैर प्रजातान्त्रिक पार्टी होः काँग्रेस सांसद बजगाईं
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैर प्रजातान्त्रिक भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले काँग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै रास्वपा सभापति रवि लामिछानेकै कारण चालकको रहष्यमयी मृत्यु र पत्रकार शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु परेको बताउनु भयो । प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले प्रेस स्वतन्त्रताको विरुद्धमा बोलेको बताउनु भयो । रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने टिप्पणी गर्नुभयो । रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो, फोकाहरुको पार्टी हो भन्न नपरोस् भन्दै चेतावनी दिनुभयो ।

सांसद बजगाईंले भन्नुभयो, यो संसदमा कुरुपहरुले हर्कत देखाउन खोजेका छन् । तपाईंहरुले हर आक्रमण प्रयास गर्न खोज्नुभएको छ । मुलतः काँग्रेसमाथि । यसका कारण पनि तपाईंहरु प्रतिगामी र गैर प्रजातान्त्रिक हो । घरमा चालक शम्भू वीरबहादुर थापाको रहष्यमय मृत्यु भयो । शालिग्राम पुडासैनीले दुरुत्साहनमा मर्नु प¥यो । यि घटनाहरु निरुपण भयो भन्न सकिँदैन । प्राकृतिक विपत्तिका बेलामा राष्ट्र एकजुट हुनुपर्ने सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षरहरुले संसदमा के बोल्नुभयो भने संसदमा पनि सारा पत्रकारहरु, सारा छापाहरु विरुद्धमा उहाँको विरुद्धमा एउटा स्टेटमेण्ट जारी गर्नुभयो । प्रेस स्वतन्त्रताको विरुद्धमा तपाईंहरुले विज्ञप्ती जारी गर्नुभएको छ । जो बोल्छ उसको हालत ढाकाराम र मुकुल जस्तो भइदिन्छ । अनि तपाईंहरु हामीलाई लोकतन्त्र र कानूनी शासन सिकाउने ? रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो भन्न नपरोस् । तपाईंहरु फोकाहरु हो भन्न नपरोस् । ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर्नुहोस् । पहिला तपाईंले आफ्ना दागहरु सफा गर्नुहोस् ।’

सांसद बजगाईंले पलिहा आफूमाथि लागेका दागहरु सफा गर्न रास्वपालाई आग्रह गर्नुभयो ।

काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन
काठमाडौँ । नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रुपमा लिएपनि बजेटमा त्यस्तो नपाएको जिकिर गर्नुभयो । उहाँले देशको ज्ञान राम्रोसँग नभएको व्यक्तिका रुपमा पाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अवरोध कायम रहन्छ भन्ने संकेत पाएका छौँ । बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्युको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन की जस्तो लाग्यो ।’

संसदको अवरोध कायम रहने जानकारी पाएको पनि बताउनु भयो ।

सांसद बजगाईँद्वारा मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै अनुशासन आयोगमा उजुरी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टी केन्द्रीय अनुशासन आयोगमा उजुरी गरेका छन् ।

सांसद बजगाईँले विभिन्न ४ आरोप लगाउँदै उजुरी गरेका हुन् । पाण्डेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा कांग्रेसको सिद्धान्त, संविधान र राष्ट्रिय हितविपरीत बोलेको बजगाईँले आरोप लगाएका छन् ।

‘म नेपाली कांग्रेसको निष्ठावान सदस्यको नाताले आफ्नो पार्टीभित्र वैधानिक प्रश्न उठाउने अधिकार राख्दछु। पार्टीको नीति, सिद्धान्त, संविधान र नेपाली लोकतान्त्रिक मूल्यहरू विपरीत हुने अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै, नेपाली कांग्रेसका पदाधिकारी नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे द्वारा हालसालै सार्वजनिक रूपले व्यक्त गरिएको विचारप्रति गम्भीर आपत्ति जनाउदै अनुशासनात्मक कारवाहीको माग गर्दछु।’ उनले उजुरीमा भनेका छन् ।

पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लङ्गन रहेको सांसद बजगाईँको ठहर छ ।

मन्त्री पाण्डेको अभिव्यक्ति प्रजातन्त्रप्रति अपमानजनक मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुस्प्रयास समेत रहेको उनको आरोप छ ।

मन्त्री बद्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी
काठमाडौं । आफ्नै पार्टीबाट मन्त्री बनेका बद्री पाण्डेलाई गम्भीर आरोप लगाउने नेपाली कांग्रेसका सांसद राजेन्द्र बगजाईंले माफी मागेका छन् ।

कांग्रेस सांसद बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक क्यासिनोलाई इजाजत दिँदा ठूलो रकम घुस लिएको भनेर लगाएको आरोपप्रति माफी मागेका हुन् । बजगाईंले सामाजिक सञ्जालमै लेखेर पाण्डेले क्यासिनोलाई इजाजत दिँदा मोटो रकम घुस लिएको आरोप लगाएका थिए ।

सांसद बजगाईले लगाएको आरोप सत्य नभएको भन्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी गरेका थिए । मन्त्री पाण्डेले बजगाईंले आफूविरुद्ध बारम्बार कुप्रचारमा उत्रिएको भन्दै कारबाही गर्न मागसमेत गरेका थिए । सोही क्रममा मंगलबार अनुशासन समितिले बजगाईंलाई बोलाएको थियो । त्यसको भोलिपल्ट बजगाईंले माफी मागेका हुन् ।

‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु , टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु,’ बजगाईंले ट्विटरमा लेखेका छन् ।

कांग्रेसले सांसद बजगाईंलाई सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ ।

सांसद बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेले कमिसन खाएको भन्दै सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

उनलाई स्पष्टीकरण दिन बुधबारसम्मको समय दिइएको बताइएको छ । उनलाई अनुशासन समितिका संयोजक आनन्द ढु्ंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मौखिक स्पष्टीकरण समेत लिएका थिए ।

मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी समेत दिएका थिए ।

सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफू विरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रिय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् ।

अनुशासन समितिमा विहीवार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यबसायी बजगाईलें आफू मन्त्री नियुक्त भएदेखि नै शृखलावद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरेका छन् ।

उजुरीमा भएिको छ , “नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।”

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरे पछि त्यसलाई लिएर केही अनलाइनहरुले समाचार प्रकाशित भएका थिए ।

सो सम्बन्धी समाचार सार्वजनिक भए लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यस विरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिए पछि सांसद बजगाइँले पाण्डे विरुद्धका सबै पोस्टहरु केही घण्टा पछि नै सामाजिक सञ्जालबाट हटाएका थिए ।

लिखित उजुरीमा भनिएको छ, “मन्त्रीको सपथ ग्रहण भएको मितिदेखि श्रृङ्खलाबद्ध रुपमा मन्त्रालयको कामकारवाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस÷रिसवत जस्तो¥जस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैर कानूनी कार्य गरी आउनुभएको छ । यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पु¥याएको छ ।”

उजुरीमा भनिएको छ, “म आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको छु । नेपाली कांग्रेस पार्टी र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटोको पदचिहलाई पछ्याउँदै आफ्नो राजनीतिक यात्रामा आफुलाई समर्पित गरिरहेको छु।”

“मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु। माननीय बजगाईका अवाञ्छित अराजक र गैरकानूनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती मर्यादा, कानुन र अनुशासनको समेत गम्भिर उलङ्घन गरेको छ।” उजुरीमा भनिएको छ ।

“प्रतिनिधि सभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुक मार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानूनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानूनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारवाही गरिदिनु हुन अनुरोध गर्दछु।”

पर्यटनमन्त्रीले घुस खाएर क्यासिनोको लाइसेन्स बाँडेको कांग्रेस सांसदको आरोप
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घुस लिएर क्यासिनोको लाइसेन्स बाँडेको आरोप लगाउनु भएको छ ।

सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका हुन् ।

उहाँले मन्त्री पाण्डे प्रति लक्षित गर्दे मन्त्री बन्नु भन्दा अगाडी डेराको बसाई मन्त्री भए लगत्तै घर कसरी किनियो भन्ने प्रश्न गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

मन्त्री आफू कमिशन खान्छ अरुको Sponsor प्रचार गर्छ।

हामी समकक्षी सुभाष म सुशान्त संगै थियौ, एक क्यासिनो संचालकले हामिहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे।

दृष्टान्त: मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यों उपरोक्त नेताले त्यो पैसा फ़िर्ता पठायो। मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिंड्छ, यो झूठ हो किनभने सभापति गृह परराष्ट्र मन्त्री आफै क्यान छुट्याउने विषयमा आफ़ै प्रधानमन्त्रीलाई ब्रीफ गर्दैगरेको १५ औं सांसद साछी छौं।

यो तल पूरानो क्यासिनो कम्पनीको फोटो छ। मन्त्री भैसकेपछि उसको आदेशको नयाँ अनुमति छ। यहाँ सम्मानित अदालतको फैसला पनि छ। भैरहवा विमानस्थलको बारेमा मेरो विचार काटकूट गरेर प्रसारण गरेर आँधीले नहल्ने यो राजेन्द्र बजगाई एक पाईला हल्लदैन।

मन्त्री पाण्डे र अधिकारीहरूले भैरहवा विमानस्थल कसरि चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईको विरोध भनेर Sponsor प्रचार चलाएका रहेछन्।

सांसद बजगाईंको प्रश्न: गौरा पर्वमा नेपाली काँग्रेसमाथि आक्रमण गरेको हो ?
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले व्यक्त गरेको आक्रोश नेपाली काँग्रेसमाथिको आक्रमण हो? भनि प्रश्न गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बजगाईंले टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा युवाहरुले देखाएको आक्रोश कोप्रति लक्षित हो भनि प्रश्न गर्नुभएको हो । उहाँले प्रतिपक्ष दलका सांसदहरुले पक्राउ परेका युवाहरुको रिहाइको माग गरेको उल्लेख गर्दै त्यहाँ पार्टीका कार्यकताहरुको पनि उपस्थिति रहेको बताउनु भयो । उहाँले गौरा पर्वमाथि आक्रमण गरिएको कि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरिएको हो भनि प्रश्न गर्नुभयो । उहाँले नेपाली काँग्रेसमाथिको आक्रमण हो रु भनि प्रश्न गर्नुभयो । उहाँले त्यहाँ धार्मिक सहिष्णुता भंग गर्ने गतिविधि भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो – ‘टुँडिखेलमा गौरा पर्वमा जुन किसिमको घुसपैठ, आक्रमण भयो । त्यो आक्रोश पनि भन्न सकिन्छ । तर घुसपैठ भयो भनेर प्रतिपक्षको रो मा बसेका सांसद साथीहरुले त्यहाँ जुन हर्कत गर्नुभएको थियो, त्यहाँ प्रदर्शन गर्नुहुने साथीहरुको रिहाइको माग गर्नुभयो । दलका साथीहरुको पनि त्यहाँ उपस्थिति देखियो भनेर पत्रपत्रिकामा आएको छ । गौरा पर्वमा आक्रमण गरेको कि नेपालको सरकार, नेपालको प्रधानमन्त्री, नेपालको सरकारको साझेदार पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको ?अथवा नेपाली कांग्रेसमाथि आक्रमण गरेको ? म यो धार्मिक सहिष्णुता भंग गर्ने गतिविधिका लागि जुन दल उद्यत छ, त्यो दलमाथि प्रश्न गर्न चाहन्छु । रास्वपाका सहमहामन्त्री म कहाँ हतारिँदै आउनुभयो । क्यानका डिजीका बारेमा । उहाँ हाम्रो मान्छे । रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे उहाँलाई जोगाउनुपर्‍यो भनेर म कहाँ अचानक आउनुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो । म प्रश्न गर्न चाहन्छु यो द्वेध चरित्रले यो देश कहाँ पुग्छ रु नयाँ पार्टीसँग जनताको आशा, भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्याण्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यस विषयमा आम नेपाली जनता र सदनको ध्यानाकृष्ट गराउन चाहन्छु ।’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री आफूकहाँ क्यानका महानिर्देशकलाई हटाउनु हुँदैन भन्न आएको भन्दै संसदलाई जानकारी समेत गराउनु भयो ।

सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बजगाईंले विदेशी संसद् परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

‘अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहेँ । यो पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ ।’ उनले भने ।

उनले थप भने – ‘म सन् २००६ मा अमेरिकाको कंग्रेसम्यानको अफिस गएको थिएँ । कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्न जाने, घुम्ने वा पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ,त्यहाँ डेमोक्र्याटहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्, रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ ।’

यस्तै, उनले लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा जाँदा पनि त्यहाँ बार देखेको अनुभव समेत सुनाए ।

गोरखा १ मा कांग्रेसका बजगाई विजयी
गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी हुनुभएको छ । भर्खर सम्पन्न मतगणनामा उहाँले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गर्नुभएको हो ।

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ ।

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले हराउनुभएको हो । विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाई पराजित हुनुभएको थियो । रासस

गोरखा–१ः कांग्रेसका बगजाईं झण्डै १३ हजार मतले अगाडि
गोरखा । गोरखा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईँले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

अहिलेसम्म गणना भएको कूल ४२ हजार एक सय २७ मतमा बजगाईंले २४ हजार तीन सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बजगाईंसँग प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का उम्मेदवार रामशरण बस्नेतले ११ हजार तीन सय २१ मत प्राप्त गरेका छन् । एमालेका बस्नेत कांग्रेसका बजगाईँभन्दा १२ हजार नौ सय ७९ मतले पछाडि परेका हुन् ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार एक सय ४० मत प्राप्त गरेको छ भने मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीले पाँच सय ३८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । बिहीबार बिहानसम्म क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अनुमान गरिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।

संविधान र जनताको हकहीतको सुरक्षाको लागि गठबन्धन: नेता बजगाईं(भिडीयोसहित)
काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरुले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता बजगाईंले दलका प्रतिनिधित्वहरुले काम गर्न सकेनन् भन्ने जन जनआवाज उठिरहेको र अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताउनु भयो । नेता बजगाईंले पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्ने संशय पैदा भइरहेकाले ठूला नेताहरुले नै एकअर्कालाई स्वीकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दाबी गर्दै गठबन्धनका उम्मेदवारहरुलाई धेरै भन्दा धेरै मत दिएर जिताउन आग्रह गर्नुभयो । उहाँले नेपालमा गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमहरुले गति लिने दाबी गर्नुभयो । उहाँले गोरखाको विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजनीति दलप्रति वितृष्णा र दलका प्रतिनिधित्वहरुले काम गर्न सकेनन् भन्ने जन जनआवाज उठिरहेको छ, त्यसलाई हामीले नै चिर्न सक्छौँ । लार्केलाई विशेष रुपले हेर्नुपर्नेछ । यहाँ प्रतिष्ठाको कुरा आयो, कसरी हामी हसियाहतौडामा मत हाल्ने, कसरी रुखमा मत हाल्ने रु हामीले यसअघि पनि एकअर्कालाई मत हालिसकेकाले यसलाई अफ्ठ्यारो नमानिकन भोट हाल्नुहोस् । भोलिको दिनमा हामी निर्वाचित भइसकेपछि यो गठबन्धन धेरै वर्ष टिक्नेछ । गोरखाको विकासका लागि म सदैव लागिपर्नेछु । नेपालमा अब गठबन्धनका नेताहरुबाट नै विकासका कार्यक्रमहरु तय हुनेछन् । संविधानको रक्षाका लागि हामी सदैव लागि पर्नेछौँ ।’

नेता बजगाईंले गठबन्धनले नै संविधान र जनताको हकहीतको सुरक्षा गर्ने बताउनु भयो ।