रामदास डाक्टर – News Polar

जो डाक्टर नभए पनि बिरामी निको पार्छन्…
घोडाघोडी, (कैलाली) । यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।

गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर” भनेर सम्बोधन गर्छन् । तर उहाँ न त डाक्टर न वैद्य नै हुनुहुन्छ । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिनुभएका उहाँको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आउनुभएको छ ।

हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उहाँकहाँ आउँछन् । उहाँले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउनुहुन्छ । छामेरै भन्नुहुन्छ, “यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।” त्यसपछि उपचार गर्नुहुन्छ । आजसम्म कति बिरामी निको पार्नुभयो भन्ने यकिन तथ्याङ्क छैन ।

त्यसो त उहाँले यो सीप संयोगले प्राप्त गर्नुभएको होइन । उहाँका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य हुनुहुन्थ्यो । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उहाँमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गनुहुन्थ्यो । त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उहाँले निरन्तर अभ्यास गर्नुभयो । अहिले त्यही सीप उहाँको परिचय बनेको हो ।

४० वर्ष भन्दा बढी भयो उहाँले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहनुभएको । उहाँको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् ।

कठरियाको उपचार शैली पनि सरल छ । उहाँसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उहाँको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउनु हुन्छ । उहाँको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन् । उहाँका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उहाँले उपचारको शुल्क निर्धारण गर्नुहुन्न । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उहाँले धन्यवादसहित ग्रहण गर्नुहुन्छ ।

भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, “मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।” हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उहाँकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् ।

उपचारमा उहाँ प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्नुहुन्छ । कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउनुहुन्छ । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उहाँ बताउनुहुन्छ । उहाँका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । “मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,” उहाँ भन्नुहुन्छ, “उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो ।”

उहाँ आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहानुहुन्छ । उहाँले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उहाँ भन्नुहुन्छ “अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।” रासस