राष्ट्रिय खेलकुद प्रतियोगिता – News Polar

खेलाडीलाई निराश बनाउँदै खेलकुदमन्त्री चौधरी
काठमाडौँ । नेपाली खेलकुद विकासको मेरुदण्ड मानिएको राष्ट्रिय खेलकुद प्रतियोगिता समग्र खेलाडी र खेलकर्मीका लागि सदैव प्रतीक्षा गर्ने आयोजना हो ।

तर २०३८ सालदेखि शुरु भएको राष्ट्रिय खेलकुदको आयोजना राजनीति द्वन्द्व, देशको व्यवस्था परिवर्तनका साथै केही व्यक्तिको स्वार्थका कारण प्रभावित हुँदै आएको छ । यसको प्रत्यक्ष मार नेपाली खेलकुद र खेलाडीले भोग्नुपरेको छ । त्यसैले त हाल २१औं संस्करण पूरा हुनुपर्ने अवस्थामा दशौं संस्करणको राष्ट्रिय खेलकुद पनि हुन सकिरहेको छैन । अहिलेसम्म यि प्रभावित हुनुका धेरै कारणहरू छन् । त्यसबारे अहिले उल्लेख गर्नु उचित नहोला । तर, समयमा नै हुने आशा गरिएको दशौं राष्ट्रिय खेलकुद चाहीँ किन हुन सकेन त भन्ने प्रश्न नेपाली खेलकुदमा अहिले उब्जिएको छ ।

यो आयोजनाको मुख्य जिम्मेवार हुनुपर्ने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग यसको उचित जबाफ भने छैन । जसले गर्दा नेपाली खेलकुद क्षेत्रमा नैराश्यता छाएको छ । गत वर्षको मंसिरमा नै कर्णाली प्रदेश दशौं खेलकुद सम्पन्न हुनुपर्ने हो । तर मन्त्री चौधरीको असक्षमताका कारण दशौं राष्ट्रिय खेलकुद अभैm अन्योलमा छ । यो आयोजना प्रभावित हुनुका पछाडि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यको राजनीति स्वार्थसँगै दशौं खेलकुदको सहआयोजक कर्णाली प्रदेशले आयोजना नगराउन भुमिका खेलेको आरोप पनि छ । उपाध्यक्ष आचार्यले एमालेबाट केही समयअगाडि राखेपको उपाध्यक्ष पदमा नियुक्ति पाएका हुन् ।

खेलकुदको कार्यकारी भुमिका राखेपको सदस्यसचिवमा नेकपा (माओवादी केन्द्र) निकट टंकलाल घिसिङ छन् । यस्तोमा आचार्य र काँगे्रेसको कोटामा मन्त्री बनेका चौधरी दशौं राष्ट्रिय खेलकुद गराउने पक्षमा छैनन् । घिसिङलाई हटाएर मात्र दशौं खेलकुद गराउने मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको योजना रहेको उनी निकट व्यक्तिहरू बताउँछन् । यसअघि मन्त्री चौधरीले बोर्डका केही सदस्यलाई हटाएका थिए । जुन अदालतले अवैधानिक भन्दै उनीहरूलाई पुर्नस्थापन गरिसकेको छ । फेरि मन्त्री चौधरी त्यही खेलमा लाग्दा नेपाली खेलकुद भद्रगोल अवस्थामा पुगेको छ । आफ्नै लगानीमा रहेको विद्यालय नाइटेङ्गलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राखेपको बोर्डमा नियुक्ती दिएका विवादित बनेका मन्त्री पछिल्ला हर्कतका कारण झन् आलोचित भइरहेका छन् ।

स्थानीय तहदेखि नै खेलाडीको तालिम र छनोट हुँदै ओलम्पिकजस्तै संरचनामा हुने यस बृहत राष्ट्रिय खेलकुद २०३८ सालदेखि शुरु भएको हो । एकैपल्ट धेरै खेलका खेलाडी र प्रशिक्षकहरूको सहभागिता रहने राष्ट्रिय खेलकुदको महत्व विशेष नै हुन्छ । अभैm भनौ सिंगो राज्य नै लागेर आयोजना गर्ने राष्ट्रिय खेलकुद नेपाली खेलकुद विकासको मेरुदण्ड नै हो । कुनैपनि ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एसियाली खेलकुदका साथै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताअगाडि खेलाडीले राष्ट्रिय खेलकुदमार्पmत तै आफूलाई तयार गर्दछन् । हरेक दुई वर्षको अन्तरमा आयोजना गरिने गरी वृहत राष्ट्रिय खेलकुदको अवधारण शुरु भएको हो ।

तीन पटकसम्म मन्त्री चौधरीले मिति सारे पनि आगामी जेठ ३ देखि १० गतेसम्म दशौं खेलकुद आयोजना हुने खेलाडीहरूमा झिनो आशा थियो । तर खेलकुदमन्त्री चौधरीले नै चैत २८ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा आधारहीन कारण देखाउँदै नगर्ने निर्णय गरेका थिए । बोर्डका ६ सदस्य अन्जन धमला, प्रकाश कुसारी, दीपेन्द्र बिष्ट, अञ्जना मास्के श्रेष्ठ, डा। मधुसुदन सुवेदी र बिना श्रेष्ठले दशौं खेलकुद नगर्ने निर्णयविरुद्ध नोट अफ डिसेन्ट (असहमति)पत्र लेखेका थिए । बोर्डका बहुमत सदस्यले राष्ट्रिय खेलकुद रोक्न नहुने मत राखेका थिए । तर पनि खेलाडीको भविष्यमा अन्धकार बनाउँदै राखेपका बोर्ड अध्यक्षसमेत रहेका मन्त्री चौधरीले दशौं खेलकुद जेठमा नगर्ने निर्णय गरे ।

उपाध्यक्ष आचार्यको अनुगमनको आधारमा राष्ट्रिय खेलकुद गर्न नसक्ने मन्त्री चौधरीको निर्णय थियो । जसमा तथ्य र प्रमाण केही देखिँदैन थियो । आचार्यले कसको नेतृत्वमा कहिले, कहाँ अनुगमन भयो अभैm स्पस्ट छैन । कसले कहिले कहाँकहाँ अनुगमन गरेको र अनुगमनबाट के कस्तो प्रतिवेदन आएको भन्ने यकिन नै छैन । प्रतियोगिता गर्न सकिदैन भन्ने आचार्यको ठहर हचुवा दाबी मात्र देखिन्छ । त्यसमाथि पनि उपाध्यक्ष स्वयम् सहभागी १२१औं बोर्ड बैठकले जेठ ३ देखि १० गतेसम्म दशौं खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । तर, आचार्य आपैmँले आधारहीन तथ्य बनाएर खेलाडीले प्रतीक्षा गरिरहेको राष्ट्रिय खेलकुदलाई अन्योलमा पु¥याए ।

जसको कारण मन्त्री चौधरी र उपाध्यक्षको चौतर्फी आलोचना पनि भइरहेको छ । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपल्ट बजेट (६० करोड) बिनियोजन र पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुद हुन सकेन । त्यसैले मन्त्री चौधरीले राजीनामा दिनुपर्ने पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका राखेपका बोर्ड सदस्य अञ्जन धमला बताउँछन् । राजनीति पूर्वग्रह राखेर राष्ट्रिय खेलकुदलाई अन्योलमा राखिको उनको भनाइ छ । खेलाडी जीवन पूरा गरेर खेलको नेतृत्वमा पुगेको आफूहरू जस्ता पात्र र अन्य खेलाडीलाई नै निराशा बनाउने काम मन्त्रीले गरिरहेको राखेप सदस्य धमलाको आरोप छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बजेट सुनिश्चित भइसकेको अवस्थामा अनेक बाहनामा दशौं राष्ट्रिय खेलकुद हुनु दुर्भाग्य रहेको बताए । केही सीमित व्यक्तिको स्वार्थका कारण राष्ट्रिय खेलकुद अन्योलमा हुनु दुखको विषय रहेको उनको भनाइ छ । यसको जिम्मेवारी देशको नेतृत्व गरिरहेका व्यक्तिले पनि लिनुपर्ने पूर्वखेलाडी श्रेष्ठ बताउँछन् । खेलाडीहरूले साढे दुई वर्षदेखि तयारी गरिरहेको अवस्थामा यो आयोजना नगर्नुले खेलाडी पलायनको अवस्थालाई प्रोत्साहन गर्नु सरह रहेको उनको भनाइ छ ।

संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पटक पटक दशौं राष्ट्रिय खेलकुद समयमै गर्नका लागि निर्देशन दिएको । संसदीय समितिको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा पनि राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि तथा सरोकारवाला पक्षहसँग छलफल गरी प्रतियोगिता समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ । तर पनि मन्त्री चौधरीले दशौं खेलकुदको आयोजना गर्न चाहेनन् । उनी आपैmँसँग पनि यो आयोजना स्थगन गर्नुको उचित कारण छैनन् । यसबारे मन्त्री चौधरीसँग प्रश्न गर्दा पनि उनले पनि यसको जवाफ दिन सकेनन् । तर उनले के कारण आयोजना रोकेको भन्नेबारे सबै खुलाउन नसकिने बताए । उनले राखेपका उपाध्यक्षले आयोजना नगर्न प्रतिवेदन नै दिएको र मुख्यमन्त्रीले पनि केही असहमती पनि जनाएको स्वीकार गरे ।

राष्ट्रिय खेलकुद सन्चालन निर्देशिका २०८१ बमोजिम खेलाडी छनोटको जिम्मेवारी सम्बन्धित प्रदेश तथा टिमको नै हो । तीमध्ये कर्णाली, सुदूरपश्चिम, गण्डकीले केही खेल बाहेक छनोट गरिसकेका थिए । वागमती र अन्य प्रदेशले छनोटका लागि सूचना प्रकाशन गरी तयारी सुरु गरेको अवस्था छ । यता विभागीय टिमले छनोट गरी नियमित प्रशिक्षण गराइरहेको अवस्था छ । दशौं खेलकुद आयोजनाका लागि सामाग्री खरिद गर्न दुई करोड मात्र बजेट प्राप्त भएको छ । बजेट न्युन भएकाले पेश्की उपलबध गराई खेल संघहरूमार्पmत समाग्री व्यवस्थापन गर्न सकिन्छ । अन्य खरिदका लागि टेन्डर प्रक्रिया सुरु भई सकेका छन् भने कति केही टेन्डर मूल्यांकनकै क्रममा छन् ।

गर्मी समय भएकाले खेलतालिका बिहान बेलुका बनाउने र दिउँसोको समय खेलाडीलाई आराम दिने गरि खेलतालिका बनाउने योजना हो । मौसमका विषयमा निर्णय गर्दा नै छफलफल भएको थियो । निर्णय गर्दा सहमति हुने र अहिले प्रतिकुल कसरी भयो रु यस्तै विगतका प्रतियोगिताहरु पनि वैशाख जेठमा भएका हुन् । सबै मौसममा खेलकुद हुँदै आएको हो । त्यसमा पनि नेपाली खेलाडीहरूले नेपालमा भन्दा प्रचण्ड गर्मी भएका गल्फ राष्ट्रमा राम्रो प्रदर्शन गरेको इतिहास पनि छ । शीर्षकको बजेटका लागि एलएमविआईएसमा प्रविष्ट नभएकाले खेलकुद आयोजना गर्न नसकिने अवस्था थियो । तर त्यो बाटो पनि खुलिसकेको अवस्था छ । युवा तथा खेलकुद मन्त्रालयले पनि त्यसबारे स्पष्ट पारिसकेको छ । नवौं राष्ट्रिय खेलकुदको नम्र्स अनुसार खर्च गर्न स्विकृत भइसकेको अवस्था पनि छ ।

प्रतियोगिताका लागि गरिने खरिद प्रक्रिया सम्वन्धमा सार्वजनिक खरिद ऐन २०६३ तथा खरिद नियवाली २०६४ को व्यवस्था अनुसार राष्ट्रिय खेलकुद परिषद्को स्थायी संयन्त्रले नै काम गरीरहेको छ । उक्त ऐन र नियमावलीमा खरिद प्रक्रियामा विषयगत उपसमितिको सहभागिता नदेखिएकोले पनि उक्त कार्य गर्न उपसमितिको आवश्यकता देखिँदैन । राष्ट्रिय खेलकुदको तयारीका लागि २०८१ असार २७ गते काठमाडौमा आयोजना भएको बैठकमा प्रतियोगितामा समावेश गरिने खेल, इभेन्ट र खेलाडी संख्या निर्धारण भइसकेको थियो । राष्ट्रिय खेल संघहरूसँग छलफल गरी निर्णायक संख्या पनि निर्धारण पनि भएको अवस्था थियो । तर पनि आयोजना हुन सकेन ।

सुर्खेतमा मुल आयोजक समितिको सचिवालय उद्घाटन कार्यक्रममासमेत मुख्य मन्त्री यामलाल कडेँलले आयोजनका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए । तर मुख्यमन्त्री कडेंल नै पछि आयोजनाको विपक्षमा किन उभिए भन्नेबारे स्पष्ट छैन । मन्त्री चौधरीले पनि सोही कारण देखाउँदै आयोजना स्थगन गरे ।

खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नै सञ्चालन गर्नेगरी काम अघि बढाउन निर्देशन दिएको हो । समितिका सभापति अम्मरबहादुर थापाले समयमै प्रतियोगिता सञ्चालन गर्न ‘फास्ट ट्र्याक’मा काम गर्न निर्देशन दिनुभयो । उहाँले आफूहरूको चाहना समयमै प्रतियोगिता होस् भन्ने रहेको बताउनुभयो ।

“समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद सञ्चालन गर्न कसरी फास्ट ट्र्याकमा लैजान सकिन्छ, त्यो गर्नूस् । विधिसम्मत समयमै गर्नूस्”, सभापति थापाले भन्नुभयो ।

दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गर्ने घोषणा गरिएको थियो । तर तोकिएको समयमा प्रतियोगिता नहुने निश्चित भएपछि आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी समय निर्धारण गरिएको थियो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
कर्णाली । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ । प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ ।

दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । रङ्गशाला १० हजार दर्शक बस्ने क्षमताको छ ।

तीन साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर रङ्गशाला निर्माणको अवस्थालाई अवलोकन निरीक्षण गरी मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निक्र्यौल निकालिने भनेर फर्कनुभएको थियो । यद्यपि २४ दिन बितिसक्दा पनि प्रगतिबारे प्रदेश सरकारबाट रिपोर्टिङ भएको छैन ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणकार्य तीव्र रूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएकाले यहाँको प्रगतिबारे जानकारी गराउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गशालावरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम सञ्चालन भइरहेको छ । विकट भूगोल छ तर १० वटै जिल्लाको बाटो प्रतिकूल मौसमले कतिबेला बिगार्ने हो । सधैँ ठीक हुन्छ भनेर सुनिश्चित गर्ने अवस्था छैन ।”

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा नगर्ने अवस्था नरहेको तर सरकारले चाहेमा निर्धारित समयमै हुनसक्ने बताउनुभयो । तोकिएको समयमै दशौँ राष्ट्रिय खेलकुद गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको उहाँले जिकिर गर्नुभयो ।

प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन् । सदस्यसचिव सञ्ज्यालका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ । भौतिक संरचना पनि तीव्रगतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रङ्गशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गरेको छ ।

परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरे पनि समयमै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ । “प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको हो जुन कुराको सम्पूर्ण तयारी हामीले गरेका छौँ”, सदस्यसचिव सञ्ज्यालले भन्नुभयो, “तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, हामीले यो धेरैपटक भन्दै आएका छौँ । एक महिनाभित्र रङ्गशालाको सबै काम सकिन्छ । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था छैन ।”

तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्दा खेलकुद क्षेत्रमा आशा पलाउँछ र यसले तोकिएकै समयमा खेलकुद हुन्छ भन्ने संस्कृतिको विकास हुने उहाँको भनाइ थियो । सदस्यसचिव सञ्ज्यालका अनुसार खेलकुद प्रतियोगिता तोकिएकै समयमा गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन छ र नेपालमा पनि राष्ट्रिय खेलकुद नसार्ने प्रचलन स्थापित गर्दा भोलिका संस्करण समयमै गर्न सकिने हुन्छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रङ्गशालाको भौतिक पूर्वाधार अवलोकन गर्दा एक महिनामै सम्पन्न हुने कुरामा शङ्का नभएको तर खेलाडीलाई खाने–बस्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण देखिएको बताउनुभयो । रासससँग कुरा गर्दै मन्त्री चौधरीले भन्नुभयो, “पूर्वाधारको चिन्ता अब हुँदैन । एक हजार बढी खेलाडीको बसाल्ने क्षमता नदेखिएकाले जतिसक्दो छिटो बसोबासको प्रबन्ध मिल्नुपर्छ । हामीले तोकिएको समयमै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकेनौँ भने यो धेरै पर जानसक्छ ।”

यता खेलाडीका लागि बजेटको व्यवस्था गर्नेतर्फ जोड दिइएको बताउँदै मन्त्री चौधरीले बसोबास प्रबन्ध र पूर्वाधारका विषयमा प्रदेश सरकारबाट परिपत्र हुने त्यसका आधारमा प्रतियोगिता सञ्चालनको मितिका लागि निर्णय लिने जनाउनुभयो । फेरि केही दिनपछि सुर्खेत पुगेर खेल सञ्चालन हुने सबै जिल्लाको पूर्वाधार अवस्था र अन्य व्यवस्थाका विषयमा जानकारी लिएर प्रतियोगिता सञ्चालनको मिति सुनिश्चित गर्ने उहाँको भनाइ थियो । हुम्लामा हुने हक्की खेलमा खेलाडीका लागि आउने स्वास्थ्य समस्याका बारेमा बुझेरमात्र त्यसको सञ्चालनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इन्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्रयाकमा सिन्थेटिक लाग्न र एउटा इन्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका हामीसँग खेलाडी पनि छन् ।

हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इन्डोर हल, कालिकोटमा कभर्डहल छ । रुकुमपश्चिममा पनि हल छ । सल्यानमा टेबलटेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ । रासस

राष्ट्रिय खेलकुद: एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ ।

प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन् । गण्डकी प्रदेशले प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ । जिल्लास्तरीय छनोटपछि गण्डकीको खेलकुद परिषद्ले प्रादेशिक खेलकुद प्रतियोगिता गरी खेलाडी छनोट गरेको हो ।

करिब ४० वर्षपछि राष्ट्रिय खेलकुद गण्डकीमा हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्व दिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले धेरै पदक जित्ने लक्ष्य राखेको छ । प्रतियोगिताको एक महिना अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ गतदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेश परिषद्का सदस्य सचिव तेजबहादुुर गुरुङले बताउनुभयो ।

यसैगरी परिषद्ले पदकको बढी आशा भएका विभिन्न छ खेलका एक सय खेलाडीलाई मनाङमा दुई साताको उच्च पर्वतीय(हाइ अल्टिच्यूड) प्रशिक्षण दिने भएको छ । गण्डकीले राष्ट्रिय खेलकुदका स्वर्ण पदक जित्ने लक्ष्य राखेका भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फूलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाइअल्टिच्यूड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

सदस्य सचिव गुरुङले भन्नुभयो, “हामीले पदकको बढी आस गरेका खेलका खेलाडीलाई हाइअल्टिच्यूडमा ट्रेनिङ गराउनेछौँ, यसबाट खेलाडीको आत्मबल र इस्टामिना बढाउने छ, मनाङको प्रशिक्षणपछि पोखरामा खेल्दा नतिजा राम्रो गर्न सघाउ पुग्ने आकलन छ ।”

बढी उचाइमा गरिने खेल अभ्यास र प्रशिक्षणले खेलाडीको प्रदर्शन राम्रो गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सदस्य सचिव गुरुङले सरकारले खेलाडीलाई तोकेको दैनिक खर्चले मनाङमा अभ्यास गर्न अपुग हुने भएकाले त्यस क्षेत्रका होटल व्यवसायी लगायतसँग पनि सहयोगको आग्रह गरिएको बताउनुभयो । प्रदेश खेलकुदले जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि रु सात करोड ८५ लाख खर्च हुने अनुमान रहेको जनाएको छ । तयारीका लागि हालसम्म राखेपबाट रु ४९ लाख र प्रदेश सरकारबाट रु तीन करोड ४६ लाख निकासा भएको बताइन्छ ।

नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा प्रतियोगिताको तयारी स्वरुप खेलस्थलको टुङ्गो लगाउने अन्तिम तयारी भइरहेको छ । राष्ट्रियमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन हुने निर्णय राखेपले गरिसकेको छ । खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक एवं राखेपका सदस्य राजेशकुमार गुरुङले एक÷दुई खेल बाहेक सबै खेलको स्थल टुङ्गो लागि सके पनि प्राविधिकले अन्तिम निर्णय गरेपछि सार्वजनिक गरिने बताउनुभयो ।

७१औँ मदन जयन्तीको अवसरमा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने
काठमाडौँ । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुनेछ । क्रिकेटको विजेताले रु ३० हजार पाउनेछ भने दोस्रो हुने टोलीले रु २० हजार हात पार्नेछ ।

त्यसैगरी खुला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडाँैमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुनेछ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुनेछ ।

बुटवल र काठमाडौँमा असार ११ देखि १६ गतेसम्म विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौँमा हुनेछ ।

असार १७ र १८ गते राष्ट्रियस्तरको फूल कन्ट्याक्ट कराते काठमाडौँमा हुनेछ भने असार २० र २१ गते उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ । यस्तै असार २२ गते काठमाडौँमा विभिन्न खेल विधाका प्रशिक्षक एवं व्यवस्थापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

नवौं राष्ट्रिय खेलकुद तयारीमा जुट्यो प्रदेश सरकार
पोखरा, २० वैशाख । पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न अनि दोस्रो प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् ।

मुख्यमन्त्री पोखरेलले संघ सरकारको कार्यक्रम भए पनि पोखरामा हुन लागेको यस प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्न निर्देशन दिए । प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक बजेटको प्रवन्ध गर्न सरकार तयार रहेको प्रतिबद्धता उनले जनाए ।

बैठकमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्काले संघ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्र्नुपर्नेमा जोड दिए ।

प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषदबाट निर्णय गरेर अगाडि बढिने उनले जानकारी गराए । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आधिकारिक पत्राचारका लागि संघ सरकारसँग आफूले पहल गर्ने बताए । प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने उनले जानकारी गराए ।

अर्थसचिव वैकुन्ठ अर्यालले पहिला खेलाडी छनोटको कार्यविधि तयार भएपछि बजेट व्यवस्थापन गरिने बताए ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । उनले प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापन लगायत कामका लागि ५ करोड २० लाख रुपैयाँ आवश्यक पर्ने बताए ।

उनका अनुसार प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङ समेत समावेश गर्न लागिएको सदस्य गण्डकीमा खेल गतिविधि अत्यधिक हुने भए पनि राष्ट्रियस्तरका प्रतियोगितामा गण्डकीको नतिजा भने अत्यन्तै कमजोर हुने गरेको छ । नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गण्डकी छैटौं नम्बरमा थियो । उक्त प्रतियोगितामा ७ वटा प्रदेशका अतिरिक्त ३ वटा विभागीय टोली सहभागी थिए । अहिले भने एनआरएनको टोली समेत थपिएर ११ वटा टोलीबीच प्रतियोगिता हुने भएको छ । प्रदेशका सबै जिल्लामा कम्तीमा पनि एक खेलको प्रतियोगिता हुने गरी व्यवस्थापन मिलाउन लागिएको छ ।

गण्डकी प्रदेशमा ३९ वर्ष पछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा ७ हजार खेलाडी, २ हजार व्यवस्थापक र १ हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुनेछन् । यसले खेल गतिविधि मात्र नभए पोखराको पर्यटनमा समेत राम्रैसँग प्रवद्र्धन हुनेछ ।

बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्य, प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी दिवेश लोहनी, सशस्त्र प्रहरी बलका बाहिनीपति बाबुराम पाण्डे, नेपाली सेनाका प्रतिनिधि, खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद्का अधिकारीहरु सहभागी थिए ।