वीर अस्पताल – News Polar

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
काठमाडाैँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो ।

चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा प्रशासनिक कर्मचारीलाई कार्यालय समयमा अनिवार्य उपस्थित भई जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ भने कुनै कारणवश अनुपस्थित हुनुपरेमा सम्बन्धित इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालय समय आगामी वैशाख १ गतेदेखि बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म र कात्तिक १५ देखि माघ १५ सम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म कायम गर्ने प्रस्ताव गरिएको छ ।

समितिको बैठकले अस्पतालको सेवा प्रवाह सुधार, अनुशासन कायम तथा व्यवस्थापन सुदृढीकरणका लागि विभिन्न १४ वटा महत्वपूर्ण निर्णय गरिएको अस्पतालका निर्देशक डा दिलीप शर्माले जानकारी दिए। अस्पतालको सरसफाइ तथा अनुशासन सुधार गर्न सरसफाइ (क्लिनिलेन्स अडिट) र हाजिरी (अटेन्डेन्स अडिट) समिति गठन गरिएको उनले बताए ।

क्लिनिलेन्स अडिट समिति नर्सिङ प्रशासकका प्रमुख सङ्गीता श्रेष्ठको संयोजकत्वमा र अटेन्डेन्स अडिट समिति सहायक निर्देशक डा मीनचन्द्र अधिकारीको संयोजकत्वमा गठन गरिएको छ । यसैगरी चिकित्सकले बिरामीको पुर्जा, डिस्चार्ज विवरण तथा अन्य रिपोर्टमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने नभए कानुन बमोजिम कारबाही हुने भनिएको छ ।

साथै सबै स्वास्थ्यकर्मीले परिचयपत्र वा एप्रोन अनिवार्य रूपमा लगाउनुपर्नेछ । व्यवस्थापन समितिले ‘ओटी’, ‘क्याथ ल्याब’ तथा बेलुकी सत्रमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने विषय पनि अघि बढाइएको छ । फार्मेसी सेवामा सुधार गर्दै औषधिको उपलब्धता सुनिश्चित गर्ने तथा सेवाग्राहीलाई छिटोछरितो सेवा दिने व्यवस्था मिलाइने र उपलब्ध औषधिको स्टकबारे सेवाग्राहीलाई जानकारी दिने प्रणाली विकास गरिने बताइएको छ ।

अस्पतालका निर्देशक डा शर्माका अनुसार बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि तय गरिएको शासकीय सुधार मार्गचित्रलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने निर्णय गरेको हो । उहाँले यी निर्णयले वीर अस्पतालमा सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको बताए ।

वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क कलेजो परीक्षण
काठमाडौँ। काठमाडौँ महानगरपालिका–२७ ले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क रूपमा वडावासीको कलेजो जाँच गर्ने भएको छ ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माबीच उक्त परीक्षणका लागि सम्झौतासमेत भइसकेको छ ।

सम्झौता बमोजिम कलेजो परीक्षण र प्रारम्भिक उपचारसमेत हुनेछ । कार्यवाहक प्रमुख डङ्गोलले सहरवासीमा विस्तारै नसर्ने रोगको जोखिममा पर्दैगएको अवस्थामा वडावासीका लागि वडा कार्यालय अगाडि ल्याएको कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।

धूमपान र मद्यपानको कुलतका कारण कलेजोको जोखिम बढेको छ । वडाध्यक्ष खड्गीले जीवनशैली र खानपानका कारण पनि कलेजोमा गम्भीर समस्या परेको तथ्य वडावासीलाई बुझाउन जाँच र प्रारम्भिक उपचारका लागि सहकार्य अघि बढाइएको जानकारी दिनुभयो ।

प्राडा शर्माका अनुसार समस्या सहनै नसक्ने नभइ मानिस कलेजो जचाउन जाँदैनन् । उहाँले उपचार लाग्ने अवस्थामा रोग पहिचान गर्न सके जनस्वास्थ्यको ठूलो सङ्कट टार्न सकिने बताउनुभयो । अस्पतालमा जाँचका लागि जान वडावासीले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर हुनुपर्नेछ अर्थात् प्रारम्भिक अवस्था केन्द्रमा जाँचिनेछ ।

रिफर भएका व्यक्तिको अस्पतालमा कम्प्लिट ब्लड काउन्ट (सिबिसी), लिभर फङ्सन टेष्ट (एलएफटी), फास्टिङ ब्लड सुगर (एफबिएस), गामा ग्लुटामाइ ट्रान्सफरेस (गामा जिटी)लगायत परीक्षण हुनेछ । यस्तै लिपिड प्रोफाइल, क्रियाटिनीन, हेपाटाइटिस बी, एचआइभी, एन्टी एचसिभी र यूएसजी परीक्षण हुनेछ ।

वडा २७ को कार्यक्रमका फोकल पर्सन मनिषा श्रेष्ठका अनुसार शरीरमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण छ कि छैन भनेर थाहा पाउनका लागि कलेजो परीक्षण गरिन्छ । रगतमा हेमोग्लोबिन कम छ कि छैन हेरेर रक्तअल्पता थाहा पाउन, सेतो रक्त कोषिका (डब्लुिबसी)को मात्रा हेरेर रोग प्रतिरोधात्मक क्षमता थाहा पाउन, प्लेटलेट्सको मात्रा हेरेर रक्तस्राव वा क्लटिङ्गो समस्या पत्ता लगाउन, ल्यूकेमिया (रक्त क्यान्सर), एलर्जी आदि छ कि छैन थाहा पाउन र शरीर स्वस्थ्य छ कि छैन थाहा पाउन सिबिसी परीक्षण गरिन्छ ।

कलेजोले ठिकसँग काम गरिरहेको छ, कि छैन, हेपाटाइटिस एबीसी छ, कि, फ्याटी लिभर वा सिरोसिस छ कि थाहा पाउन ‘एलएफटी’ परीक्षण हुन्छ । यस्तै आँखा, छाला पहेँलो हुनको कारण पीलियाको कारण बुझ्न, औषधिको असर जाँच गर्न, मद्यपानका कारण कलेजोमा परेको असर थाहा पाउन, कलेजोमा सङ्क्रमण छ कि छैन थाहा पाउन, कलेजो सुन्निएको छ कि छैन जान्नका लागि यो परीक्षण गर्नुपर्छ ।

रगतमा चिनीको मात्रा पत्ता लगाउन, भविष्यमा मधुमेहको जोखिम छ कि छैन थाहा पाउन, औषधि वा इन्सुलिनको प्रभाव बुझेर पहिले नै भएको मधुमेहको प्रभाव बुझ्न, शरीरमा सुगर लेभल ठिक छ कि छैन थाहा पाउन एफबीएस परीक्षण गरिन्छ ।

धेरै रक्सीको सेवनले जिजिटी बढ्छ । हेपाटाइटिस, फ्याटी लिभर, पित्त थैली र पित्त नलीको समस्याका कारण कलेजो सुन्निएको छ कि, रोग लागेको छ कि, बिग्रिएको छ कि, औषधिको असर थाहा पाउन गामा ग्लुटामाइल ट्रान्सफरेस (गामा जिटी) को परीक्षण गरिन्छ ।

कोलेस्ट्रोल बढी भएर हृदयाघात र स्ट्रोकको खतरा थाहा पाउन, खराब र राम्रो प्रोफाइल जाँच गर्न, मोटोपना, मधुमेह, उच्च रक्तचापको अवस्था थाहा पाउन, औषधि र जीवनशैलीको असर अर्थात् डाइट, शारीरिक अभ्यास वा औषधिले स्वास्थ्यमा कति सुधार भयो भन्ने थाहा पाउन लिपिड प्रोफाइल जाँच हुन्छ । यसमा टोटल कोलेस्ट्रोल, ब्याड कोलेस्ट्रोल, गुड कोलेस्ट्रोल, ट्रिग्लीसिराइड्स जाँच हुन्छ ।

मिर्गौलाले ठिकसँग काम गरिरहेको छ कि छैन, मिर्गौलामा जटिल रोग लागेको छ कि, किड्नी फेलियर हुँदै छ कि, मधुमेह वा उच्च रक्तचापले मिर्गौलामा असर गरेको छ कि, रगत छान्ने क्षमता कस्तो छ, भन्ने कुरा क्रियटिन जाँचबाट थाहा हुन्छ । यस्तै प्रयोग गरिरहेको औषधिले मिर्गौलामा असर गरेको छ कि थाहा पाउन यो जाँच गरिन्छ । रासस

प्रतिनिधिसभा निर्वाचनः वीर अस्पतालमा द्रुत कार्यदल गठन
काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।

वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए। अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
काठमाडौँ । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ ।

अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो ।

“अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष थप गरेका हौँ । अझै २० आकस्मिक कक्ष चाँडै नै विस्तार हुने छ ।”

उक्त आकस्मिक कक्षमा बिरामीका कुरुवालाई खाना पकाउने व्यवस्था समेत गरिएको छ । अस्पतालका निर्देशक डा शर्माका अनुसार उक्त आकस्मिक कक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट रु सात करोडको लागतमा निर्माण गरिएको हो ।

अस्पतालमा अहिले दैनिक तीन हजारभन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन् । यस्तै अस्पतालमा दैनिक ७० देखि ८० साना ठूला शल्यक्रिया गर्ने गरिएको छ । अस्पतालमा हाल ८५० शय्या र ११० सघन उपचार कक्ष (आइसियु) रहेका छन् ।

लक्षित वर्ग उपचारका लागि वीर अस्पतालका कक्ष स्थापना गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ ।

यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ । त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौँ डट जीओभी डट एनपी ( https://freehealth.kathmandu.gov.np ) अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका विरामीहरुलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पु¥याउने काम हुनेछ ।

महानगरपालिकाले २०८० बमोजिम फागुन १ गतेदेखि लक्षित वर्गको निःशुल्क उपचार सेवालाई व्यवस्थापन गरिरहेको छ । महानगरपालिकामा अहिले जनस्वास्थ्य निरीक्षकले यसको संयोजन गरिरहनुभएको छ । यस उपचार सेवामा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्नुहुन्छ । लक्षित वर्गले ३ वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त गर्नुहुन्छ । पहिलो विपन्न परिचय पत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ ।

दोस्रोमा विपन्न परिचय पत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा शिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रोमा, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरुले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले शिफारिस गर्नेछ ।

अहिलेसम्म सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटी जस्ता शल्यक्रिया गर्नु पर्ने विरामीले अपरेसनको सुविभा लिनुभएको छ । यस्तै फेमिली मेडिसिनअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वाश सम्बन्धी समस्याको उपचार, मुत्र प्रणाली तथा पिसाव सम्बन्धी समस्यामा सेवा लिनुभएको छ ।

महानगरपालिकाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या आवद्ध भएका छन् ।

वीर अस्पतालमा ‘एनोरिज्य’को जटिल शल्यक्रिया गरियो
काठमाडौँ । वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा राजीव झाको नेतृत्वमा छ वटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

उहाँले बिरामीको मस्तिष्कमा रहेका छवटा ‘एनोरिज्म’को एकैपटकमा पहिलो शल्यक्रिया गरेर सफल उपचार गरेको बताउनुभयो । यस्तो शल्यक्रिया अत्यन्त जटिल मानेर र कम मात्र देशमा यसको उपचार हुने उहाँले बताउनुभयो । ‘एनोरिज्म’ मा नसा बेलुनजस्तै फुलेर फुट्ने गर्दछ । त्यसपछि मान्छेको ब्रेन ह्यामरेज भएर मृत्यु पनि हुनसक्दछ । शल्यक्रिया असोजको दोस्रो हप्ता गरिएको थियो । “ती बिरामीको एउटा ‘एनोरिज्म’ फुटेको थियो र अन्य पाँच वटा फुट्ने तयारीमा रहेका थिए”, उहाँले भन्नुभयो, “तर हाम्रो टिमले नौ घण्टा लगाएर उक्त एनोरिज्मलाई शल्यक्रियामार्फत उपचार गर्न सफल भयौंँ ।” उहाँका अनुसार फुटेको एउटा ‘एनोरिज्म’लाई बेलुनजस्तै बाँधेर राखिएको छ र अरु फुट्न तयारी रहेकालाई क्लिप लगाएर फुट्नबाट जोगाएर राखिएको छ ।

उहाँले एकैव्यक्तिको मस्तिष्कमा छवटा एनोरिज्म कमैमात्रामा हुने गरेको बताउनुभयो । बिरामीको एनोरिज्य एकदेखि चार वटासम्म सामान्य हुने र त्यसपछि पाँच तथा छ वटा कमैमात्रामा हुने गर्दछ । उहाँले एनोरिज्म फुटेका ५० प्रतिशत बिरामी मात्र अस्पताल आउने र तीमध्ये ५० प्रतिशत मात्र उपचार पाएर बाँच्ने बताउनुभयो । एनोरिज्मका कारणले बिरामीमा ब्रेन ह्यारेज हुने र तत्काल मृत्युसमेत हुने गर्दछ ।

न्युरो सर्जरी विभाग प्रमुख डा झाका अनुसार चुरोट र मादक पदार्थ सेवन गर्ने, उच्चरक्तचाप, मधुमेह भएकालाई एनोरिज्म हुने गर्दछ । उहाँले अहिलेसम्म ११ वटा यस्ता एनोरिज्मका बिरामीको सफल उपचार गर्नुभएको छ ।

“अहिलेसम्म मैले चार वटा ‘एनोरिज्म’ मस्तिष्कमा भएका बिरामीको सफलतापूर्वक उपचार गरेको थियो”, उहाँले भन्नुभयो, “तर अहिलेको बिरामीमा छ वटा एनोरिज्म रहेको थियो, तैपनि हामीले छवटैको जटिल शल्यक्रिया सफलतापूर्व गर्यौँं ।” अस्पतालमा बर्सेनि सयभन्दा धेरै जना एनोरिज्म फुटेर आउने गर्दछन् । उहाँले अहिले बिरामीको अवस्था ठीक भइसकेको जनाउनुभयो ।

‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
काठमाडौ । वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ ।

अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराउनुभएको हो ।

हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन । ७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरु समस्यामा पर्नेकुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको बताउनु भयो । अस्पतालले ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अफ्ठ्यारो भएको महशुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको बताउनु भयो । ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएको पनि बताउनु भयो ।

हाँले भन्नुभयो, ‘विद्यमान सर्भर पुरानो भएको र यसले धान्नै नसक्ने अवस्थामा रहेकाले हामीलाई यसतर्फ पनि थप बजेटको आवश्यक छ । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि विनम्र अनुरोध गर्दछु । हाम्रो वीर अस्पतालको भौतिक संरचना पुरानो छ । हामी ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा आउने क्रममा बीचमा पब्लिक भेइकल बढी हिँड्ने बाटो भएकाले बिरामीहरुलाई धेरै नै अफ्ठ्यारो भएकाले आकाशे पुलको निर्माणको योजना राखेका छौँ । ७७ जिल्लाकै बिरामीलार्ई राजधानीमा आएर उपचार गर्दा कुरुवा घरको व्यवस्था नभएकाले आगामी आर्थिक वर्षमा बिरामी कुरुवा घर बनाउनका लागि हामी यो योजनामा राखेका छौँ । ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएका छौँ । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाइयोस् । वीर अस्पताल देशको गौरव हो । स्वास्थ्य सेवा प्रवाहको इतिहास बोकेको यस संस्थालाई केन्द्रिय रिफरल तथा अनुसन्धानको केन्द्र बनाउन हामी सबैको एकता, प्रतिवद्धता र समर्पणको आवश्यकता छ ।’

निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेको बताउनु भयो । । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गर्नुभयो । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि  बढाउन माग गर्नुभयो ।

वीर अस्पताल १३६ बर्षमा प्रवेश, केन्द्रीय रिफरल केन्द्रको रुपमा पुन: संरचना गर्नुपर्ने निर्देशक शर्माको भनाई
काठमाडौं । नेपालको सबैभन्दा जेठो वीर अस्पतालले आज आफ्नो १३६ औं वार्षिकोत्सव मनाउँदै छ । १३६ वर्षअघि साउन १२ गते सानो अस्पतालको अवधारणासहित सुरु भएको वीर अस्पताल अहिले मुलुककै ठूलो र सबैको भरपर्दो अस्पताल बन्न सफल भएको छ ।

१३६ वर्षअघि साउन १२ गते सानो अस्पतालको अवधारणासहित सुरु भएको वीर अस्पताल अहिले मुलुककै ठूलो र सबैको भरपर्दो अस्पताल बन्न सफल भएको छ ।

अस्पतालका निर्देशक डा. दिलिप शर्माले वीर अस्पतालको बर्तमान कार्यक्षेत्रको पुन: मुल्याङ्कन गरी यस संस्थालाइ देशको केन्द्रीय रिफरल केन्द्रको रुपमा पुन: संरचना गर्नु अपरिहार्य भइसकेको बताउनु भयो ।

उहाँले न्यूजपोलारसंग भन्नुभयो ‘यसका लागि विशेषज्ञ जनशक्ति भर्ना अत्याधुनिक उपकरण तथा पूर्वाधार विस्तार सेवा प्रवाहमा डिजिटलिकरण र नितिगत रुपमा सरकारको स्पष्ट प्राथमिकता आवश्यक छ ।’

निर्देशक शर्माका अनुसार हाल वीर अस्पतालले अन्तरंग सेवाहरू पूर्ण रूपमा सञ्चालन गर्न नसक्नुको प्रमुख कारण नर्सिङ लगायत अन्य प्राविधिक जनशक्तिको अभाव रहेको छ। त्यस्तै, एनेस्थेसियामा कार्यरत जनशक्तिको कमी लगायतका कारणले गर्दा शल्यक्रिया सेवा प्रदान गर्न निकै लामो समय कुर्नुपर्ने अवस्था छ, जसले बिरामीहरूको उपचारमा अनावश्यक ढिलाइ भइरहेको छ। साथै बढ्दो विरामी संख्या र रोगको जटिलताको सन्दर्भमा हालको पूर्वाधार तथा जनशक्ति अपर्याप्त देखिएको छ।

दुवाकोट स्वास्थ्य परियोजना वीर अस्पतालको भावी विकासको मेरुदण्ड भएको उल्लेख गर्दे उहाँले भन्नुभयो- हाल वहिरंग मात्र सञ्चालनमा रहेका प्रसूति सेवा तथा सञ्चालनमा नरहेको वालरोग सेवा पुन: सुरु गर्न दुवाकोटको पूर्वाधार विकास कार्यलाई तिव्रगतिमा सम्पन्न गर्नु अत्यावश्यक छ। यस कार्यका लागि सरोकारवाला निकायहरू—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल एकीकृत ढंगले लाग्नुपर्ने देखिन्छ।

उहाँका अनुसार दुवाकोट परियोजना पूरा भएपछि वीर अस्पताल जस्तो एतिहासिक राष्ट्रिय स्वास्थ्य संस्थाको मूल भूमिका थप मजबुत हुनेछ र सेवा प्रदायक संस्था मात्र नभई अध्ययन, अनुसन्धान, र नीति निर्माणको केन्द्रको रूपमा समेत यसको थप पहिचान बन्नेछ।

वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने
काठमाडौं । सरकारले वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा गरेको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

देशकै ठूलो र जेठो अस्पताल वीर अस्पताललई सुधार गरी अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने अर्थमन्त्री पौडेलले बताए । त्यसका लागि पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको उनले बताए ।

वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा शुरु गर्दै
काठमाडौँ । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रवार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा प्रकाश बुढाथोकीले यस्तो बताउनुभएको हो ।

उहाँले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताउनु भयो । अ स्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उहाँको भनाइ छ । उहाँले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगबिहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ । त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रयोगशालामा उपकरण र जनशक्ति थप गरी सेवा बिस्तार गरिएको छ । साथै एमआरआई सेवाको क्षमता पनि महिनामा दुई सय जनाभन्दा बढीले सेवा लिन पाउने गरी व्यवस्था गरिएको छ । देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएका वा प्रयोग बिहीन अवस्थामा रहेका उपकरण मर्मतका लागि गत भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी पत्रमा अस्ताक्षर भएको थियो । सोही सम्झौता बमोजिम हालसम्म ४८४ वटा उपकरणको मर्मत कार्य भइसकेको छ ।’

प्रवक्ता डा बुढाथोकीले नेपाल सरकारको राष्ट्रिय खोपमार्फत प्रदान गरिने खोप सुरक्षित र प्रभावकारी रहेको दाबी गर्नुभयो । उहाँले सेवा सुविधाको माग राखेर आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच ९ बुँदे सम्झौता भएको पनि बताउनु भयो ।

वीर अस्पतालको सर्भर डाउन
काठमाडौं । वीर अस्पतालको सर्भर डाउन हुँदा टिकट वितरण प्रभावित भएको छ । बिहानैदेखि टिकट लिन लाइनमा बसेका बिरामी समस्यामा परेका हुन् । उनीहरुले टिकट नपाएको गुनासो गरेका छन् ।

अस्पतालको सर्भर डाउन हुँदा टिकट वितरणमा समस्या आएको हो । त्यसपछि अस्पतालले नि:शुल्क टिकट वितरण गरिरहेको छ । लाइनमा बसेकाहरुलाई टिकटमा छाप लगाएर पठाइएको छ ।

उपचारका लागि टाढाटाढाबाट आएकाहरुलाई समस्या नहोस् भनेर नि:श्ुल्क टिकट वितरण गरिएको हो । अहिले चिकित्सकहरुले बिरामी जाँच्न सुरु गरिसकेका छन् ।

वीर अस्पताल नेपालकै पहिलो अस्पताल हो । तर यो अस्पतालमा बेलाबेलामा विभिन्न समस्याहरु आउने गर्दछन् । त्यस्ता समस्या दीर्घकालीन समाधान हुन सकेको छैन ।

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’
काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन ।

रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ । इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ ।

चिन्तित मुद्रामा रिमालले भन्नुभयो, “म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे ।” आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी ?

रिमालको दायाँपट्टीको करङ फुस्किएको छ । उहाँको उक्त भाग चलेको छैन । मङ्गलबार अपरेशन हुने भनिएको छ । चौरी देउराली गाउँपालिका–६ काभ्रेका रिमाललाई शनिबारको उक्त कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ । उहाँलाई समय ठ्याक्कै याद छैन, सायद बिहानको ११ बजेको हुनुपर्छ । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन् । रिमाल छेउकै घरको बार्दलीमा बसिरहनुभएको थियो । बिहीबारदेखि परेको अविरल वर्षाले राम्रो सङ्केत दिइरहेको थिएन । एक्कासी माथिबाट आएको पहिरोले घर पु-यो । हेर्दाहेर्दै श्रीमती पुरिइन् ।

पहिरोमा परेको दुई घण्टासम्म उहाँले उद्धारका लागि गुहार गर्नुभयो । हारगुहार गर्दागर्दै बेहोस हुनुभयो । चार घण्टापछि होस खुल्दा उहाँले आफूलाई एकैपटक अस्पतालका बेडमा पाउनुभयो ।

आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताउनुभयो । गला अवरुद्ध पार्दै उहाँले भन्नुभयो, “विसं २०४६ सालमा त्यो घर बनाएको हो । यो पालि यस्तै भयो ।”

ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेसाले सवारी चालक हुनुहुन्छ । शनिबार लगातार वर्षा भइरहेको थियो । गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उहाँलाई हुत्याएर पानीमा लग्यो । तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो । उहाँकी श्रीमती सीताले आइतबार दिउँसो ३ बजेतिर थप उपचारको लागि उहाँलाई ट्रमा ल्याएको बताउनुभयो । सुजनलाई हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ ।

हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ । उहाँहरूमध्ये छ जना उपचारपछि घर फर्कनुभएको छ । सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामछोप, दोलखा, काभ्रेबाट आएका छन् । उहाँले भन्नुभयो, “चोटपटक लागेका ‘जटिल केश’ नै आएका छन् । ‘रिफरल केश’ पनि छन् । हालसम्म एक जनाको सर्जरी भएको छ भने तीन जनाको सर्जरी गर्ने तयारीमा छौँ ।”

त्यसैगरी वीर अस्पतालमा हालसम्म एक जना मात्र घाइतेको उपचार भएको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा सुरेश नेपालले जानकारी गराउनुभयो ।

पाटन अस्पतालमा हालसम्म १० जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ । तीन जना डुबेका घाइते र सात जना पहिरोमा परेका उपचार गरिएको अस्पालका निर्देशक डा रवि शाक्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”

सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोको घटनाबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपद्बाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ । उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकश्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

बुनु थारु/रासस

वीर अस्पतालका विभिन्न युनिटमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवार बसेको बैठकले विर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै देशका संघीय अस्पतालमा रहेको आई.सी.यू., सी.सी.यू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय पनि समितिले गरेको छ । बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिनुभयो । त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडी बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो । सभापति थापाका अनुसार समितिले अपरेशन थिएटरहरुलाई २४ सैँ घण्टा व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो– ‘स्वास्थ्य क्षेत्रको सुधार एवं सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडी बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भयो । वयलपाटा अस्पताल अछामको सञ्चालन सुदुरपश्चिम प्रदेश सरकार र न्याय हेल्प नेपालको लागत साझेदारीमा सञ्चालन भएकोमा चालु आ.व.मा प्रदेश सरकारबाट बजेट विनियोजन नभएकोले सञ्चालन व्यवस्थापनमा कठिनाई भएको हुँदा यस आ.व.मा विषेश अनुदानको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरियो ।’

‘विर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक यूनिट, जेरियाटिक यूनिट र लिभर यूनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न साथै देशका संघीय अस्पतालमा रहेको आई.सी.यू., सी.सी.यू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरियो । उपत्यकाका विर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको समितिले अनुगमन गर्ने निर्णय गरियो । अपरेशन थिएटरहरुलाई २४सैँ घण्टा व्यवस्थापन गर्न समितिले निर्णय गरेर मन्त्रीलाई निर्देशन गरेका छौँ ।’

त्यसैगरी समितिले वयलपाटा अस्पताल अछामको सञ्चालन तथा व्यवस्थापनमा कठिनाई भएको भन्दै यस आर्थिक वर्षमा विशेष अनुदानको व्यवस्था गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति थापाले उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको समितिले अनुगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको मागको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीसँग छलफल गर्ने पनि निर्णय गरिएको छ ।

वीर अस्पतालमा ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया
काठमाडौँ । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु एक देखि तीन लाखसम्म पर्छ । शरीरका कोषिकाहरु असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उहाँले जानकारी दिनुभयो । “मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,” उहाँले भन्नुभयो ।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स-रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् । अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सयजना बिरामी अस्पताल आउने गरेका छन् ।

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्वलतालाई कम गर्न सकिने उहाँको भनाइ छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो । रासस

वीर अस्पतालको अनुगमनमा जे देखियो…
काठमाडौं । चर्कँदो गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको फार्मेसी अगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरी अनुहारको पसिना पुछ्दै हुनुहुन्थ्यो ।

“लाइनमा बसेको एकघण्टा भयो होला, खोइ पालो आउँदैन”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाबाट सुविधा पनि यहाँ नपाएर बाहिर किन्नुपर्ने अवस्था आउँछ ।” एक घण्टा जति लाइनमा बसेपनि उहाँले औषधि पाउनुभएन । उहाँ मन खिन्न बनाउँदै बाहिरको निजी फार्मेसीतर्फ लाग्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा अनुगमन गर्दाको दृश्य हो यो । अनुगमनका क्रममा सर्वसाधारणका गुनासा सुन्न उहाँ त्यहाँ पुग्नुभएको थियो । सर्वसाधारणले फार्मेसीमा पसलमा औषधि नभएको पीडा पोख्दै हुनुहुन्थ्यो । मन्त्री यादवसामू धेरै सर्वसाधारणले स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको गुनासो गर्नुभएको थियो ।

स्याङ्जाका चिन्तानारायण खनालले पनि मन्त्री सामू बीमाको भुक्तानी पाउन पाँच दिन लगातार धाएको सुनाउनुभयो । घन्टौँ लाइन बस्दा पनि अन्तिममा ‘सिस्टम’ बिग्रेको भन्दै घर पठाउने गरेको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नभयो, “प्रशासनमा गएर कराएपछि तुरुन्तै सिस्टम बन्यो र आज औषधि पाइयो, यो त हामीमाथि गरिएको ज्याजति भएन र रु” खनालले भन्नुभयो । अस्पतालमा स्वास्थ्य बीमासम्बन्धी कुनै पनि छुट्टै डेस्क छैन । त्यसले गर्दा बिरामीले सहजै प्रक्रियामा आउन कठिन भएको सेवाग्राहीको भनाइ थियो ।

चिन्ता नारायणले ८४ वर्षको आमालाई उपचार गर्न अस्पताल ल्याउनुभएको थियो । स्वास्थ्य बीमाको भुक्तानी सहजै नहुँदा उहाँले वृद्ध आमा बोक्दै भौतारिनु परेको सुनाउनुभयो ।

अछामबाट उपचारका लागि वीर अस्पताल उपचार गर्न आउनुभएका भुवन सिंहले आफूले विहान आठ बजे टिकट लिए पनि दिउँसो २ बजेसम्म पालो नआएको गुनासो गर्नुभयो । पालो कुर्दाकुर्दै दिन अस्पतालमै दिन बितेको उहाँले गुनासो गर्नुभयो ।

मन्त्री यादवसँग उहाँले प्रत्यक्ष गुनासो राख्नुभयो । मन्त्री यादवसँग कुरा राखेपछि उहाँले आठ घण्टापछि डाक्टरलाई भेट्न पाउनुभयो । मन्त्री यादवसँगै सेवाग्राहीको गुनासो सुनिरहनुभएका अस्पतालका उपकुलपति डा भुपेन्द्र बस्नेतले सेवाग्राहीका गुनासो सम्बोधनका लागि आफूहरु लागिपरेको बताउँदै आगामी दिनमा अझ सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । “विदेशमा डाक्टर भेट्न महिनौ कुर्नुपर्छ, यहाँ आठ घन्टामै पाउनुभयो”, उहाँले भन्नुभयो । उपकुलपतिको जवाफ सुनेपछि मन्त्री यादवले सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

त्यसपछि अनुगमन टोली आकस्मिक कक्ष पुग्यो । त्यहाँ एउटै शय्यामा दुई जना विरामीले उपचार लिइरहेको अवस्था थियो । सर्लाहीकी शोभा बुढाथोकीले रुँदै मन्त्री यादवसमक्ष गुनासो लिएर आउनुभयो । श्ययामा प्यारलाइसिस भएकी बिरामी दिदीलाई तुरुन्तै सघन उपचार कक्षको आवश्यकता परेकोले समस्या समाधान गरिन उहाँले अनुरोध गर्नुभयो । “आर्थिक स्थिति बलियो छैन, सर्लाहीबाट काठमाडौँ उपचार गर्न आएको आइसियु खाली छैन”, उहाँले भन्नभयो, “महँगो अस्पतालमा जाने अवस्था छैन ।”

अस्पतालको सघन उपचार कक्ष, अकस्मिक कक्ष, ओपिडीलगायत सबै क्षेत्रमा मन्त्रीले अनुगमन गर्दा स्थिति नाजुक देखियो । बिरामीको चाप बढ्दै गएपछि एउटा कक्षा सञ्चालन गर्ने कोठा खाली गराएर ओपिडी सञ्चालन गर्न लागिएको उपकुलपति डा बस्नेतले बताउनुभयो ।

आकस्मिक कक्षमा चार वटा सघन उपचार कक्ष छन् । नर्सिङ जनशक्ति नहुँदा सबै सञ्चालनमा आएका छैनन् । स्वास्थ्य निमयअनुसार एउटा श्ययामा एक नर्स हुनुपर्ने हो । तर जनशक्तिको अभावले आकस्मिक कक्षभर दुई जना नर्सको भरमा धानिनुपरेको आकस्मिक कक्ष प्रमुख डा सुरेश नेपालले बताउनुभयो ।

उहाँका अनुसार वीर अस्पतालमा कम्तीमा १२ जना चिकित्सक हुनुपर्छ । यद्यपि हाल चार जना चिकित्सकले मात्रै सेवा दिइरहनुभएको छ । चार जना चिकित्सकले अस्पतालको आठ वटा विभाग हेर्नुपर्ने अर्को बाध्यता छ । त्यस्तै अस्पतालमा बिरामीको चाप बढेर दैनिक दुईदेखि तीन हजार पुगेको छ । जनशक्ति नहुँदा सेवाग्राहीले छिटोछरितो सेवा पाउन सम्भव नभएको डा नेपालले बताउनुभयो ।

वीर अस्पतालको औषधि पसलमा सेवाग्राहीले घन्टौँ लाइन लागेर बस्नुपर्ने, स्वास्थ्य बीमामा तोकिएको औषधि नपाइनेजस्ता समस्या भोग्नुभएको बताउनुभयो । अनुगमनपछि भने उपकुलपतिले स्वास्थ्य बीमाको औषधि व्यवस्थापन छिट्टै हुने बताउनभुयो । अस्पतालका उपकुलपति बस्नेतले भने स्वास्थ्य बीमासम्बन्धी औषधि अभाव भएको स्वीकार गर्दै अबको दुई साताभित्र औषधिको पूर्ति गर्ने बताउनुभएको छ । रासस

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी हुनभएको थियो ।

मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गर्नुभयो । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न जानुभएको थियो । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताउनुभयो । “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दु:ख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।”

मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताउनुभयो । शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो ।

अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए । अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोध्नुभएको थियो । औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाउनुभएको थियो ।

मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिनुभयो । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गर्नुभएको थियो ।

डा भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिनुभयो । “औषधीको अभाव छ, हामी स्वीकार गर्छौं”, उहाँले भन्नुभयो, “दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।”

मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिनुभएको थियो । रासस

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्की र हरी ढकालले वीर अस्पतालमा पुगेर जे देखे… (फोटो फिचर)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु तोसिमा कार्की र हरी ढकालले वीर अस्पतालको अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।

हिजो अकस्मात वीर अस्पतालमा पुगेपछि त्यहाँ देखेको वास्तविक अवस्था सामाजिक सञ्जालमार्फत् जस्ताको तस्तै सार्वजनिक गरेका छन् । सांसद तोसिमा कार्कीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको वीर अस्पतालको अवस्था ।

बीर अस्पतालमा ICU मा बेडहरु र भेन्टिलेटरहरु भएतापनि प्रयोग नगरिएको र बिरामीलाई मर्का परेको, बेड छैन भनि बिरामी फर्काउने गरिएको गुनासो अत्याधिक आएपछि हामी, म तोसिमा कार्की र माननीय हरी ढकाल वस्तुस्थिती बुझ्न गयौँ।

मेडिकल ICU ८ बेडमा ६ मात्र प्रयोगमा।

सर्जिकल ICU १८ बेडमा ८ मात्र प्रयोगमा।

रेस्पी ICU मा AC बिग्रेकोले बिरामीको तापक्रममा समस्या।

न्युरो ICU मा ९ बेडमा ५ मात्र प्रयोगमा।

Gastro/Hepato ICU (११ बेड भएकोमा) पुरै बन्द ताल्चा लगाईएको।

अपरेसन कक्षहरु पनि केहि मात्र सन्चालन भई केहि थन्किएको ।

देशको सबैभन्दा पुरानो ठूलो र अधिकांश बिरामी आउने अस्पतालको यो हविगत किन छ? आईसीयु बेड र भेन्टिलेटरहरु बन्द गरेर राखिएको यता बिरामी भने आईसीयु नपाएर मरिरहेका छन्।

कारण : जनशक्ति नभएर। कार्तिकमा करारका २७६ स्वास्थ्यकर्मीलाई निकालिएको रहेछ र तत्पश्चात नयाँ व्यवस्थापन नगरिएकोले ४-५ महिना देखि यो गम्भिर समस्या आएको रहेछ। यता स्वास्थ्यकर्मिहरु बेरोजगार ! अनि यता चाहीँ अभाव । काम गरिरहेका स्वास्थ्यकर्मी पनि हतोत्साहित, ICU हरु बन्द, बिरामीहरु अलपत्र !! कस्तो नालायकीपन सरकारको ?? स्वास्थ्य मन्त्रीले तत्काल जनशक्ति थप्नुपर्यो हैन भने स्वास्थ्य क्षेत्र धरापमा छ ।

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का पदाधिकारीसँग आज भएको छलफलमा उहाँले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो ।

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन ।” वीर अस्पतालले परम्परागत तवरलेभन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाउनुभयो ।

छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

वीर अस्पतालको निर्देशकबाट डा.सन्तोष पौडेल नहटाउन सर्वोच्चको आदेश
काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा.सन्तोष पौडेललाई पुन पदमा कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सयुक्त इजलासले पौडेललाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

२०७९ फागुन ५ गते दुई बर्षका लागि अस्पतालको निर्देशक नियुक्त भएका पौडेललाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट कार्यकाल पुरा नहुदै हटाउनु भएको थियो ।

सरकारको निर्णय बिरुद्ध पौडेल ले गत मंसिर १८ गते रिट दायर गर्नुभएको थियो ।

कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार
काठमाडौँ । वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट ९यो सानो इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसको श्रवण सुधार गर्न मद्दत गर्छ० मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको हो ।

“कतिपय बहिरोपन (श्रवण शक्ति न्यून) रहेका बिरामीले कानमा डिभाइस (यन्त्र) लगाएर सुन्न सक्नुहुन्छ । कानको सुन्ने क्षमता अत्यन्त कम भएका, शल्यक्रिया गरेर पनि सुन्न नसक्ने बिरामीलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सकिने बनाउने सेवा हो”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले भन्नुभयो ।

कुनै कान नसुन्ने वा बहिरोपनलाई शल्यक्रिया वा कुनै मेसिन लगाएर सुन्न सकिने बनाउन सकिने जनाउँदै उहाँले कान सुन्दै नसुन्ने बिरामीलाई शल्यक्रिया वा यन्त्र प्रयोग गर्दा पनि प्रभावकारी नभएमा कोक्लियर प्रत्यारोषण गरेर सुन्न सक्ने बनाउने बताउनुभयो ।

वीरमा हालसम्म दुई जनाको कोक्लियर इम्प्लान्टमार्फत उपचार गरी कान सुन्न सक्ने बनाइएको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको प्रत्यारोपणका लागि कोक्लियर निर्माण कम्पनीले रू १० लाख बराबरको यन्त्र सहयोग गरेको हो ।

“एक जना १८ वर्षीया युवतीमा १४ वर्षदेखि राम्रोसँग कान नसुन्ने समस्या थियो । उहाँको मिर्गौला फेल भएपछि दुवै कान सुन्न छाडिन्”, डा श्रेष्ठले भन्नुभयो, “अर्का ६० वर्षीय वृद्धाले कोरोना सङ्क्रमण भएपछि दुवै कान सुन्न छाडेका थिए । उहाँहरुलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सक्ने बनाएका छौँ ।”

अहिले परीक्षणको रूपमा दुई जनाको सफल उपचार गरिएको बताउँदै उहाँले केही प्राविधिक समस्या रहेकाले उक्त समस्या समाधान गरेपछि कोक्लियर प्रत्यारोपणलाई निरन्तरता दिने जानकारी दिनुभयो । यसअघि त्रिवि शिक्षण अस्पतालमा पनि कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर कान सुन्ने बनाउने गरिएको थियो ।

शिक्षण अस्पतालमा उक्त सेवाका लागि सरकारले बिरामीलाई रू छ लाख आर्थिक सहयोग गर्ने गरेको छ । बाँकी बिरामीले व्यहोर्नुपर्ने हुन्छ । डा श्रेष्ठले वीर अस्पतालमा पनि चाँडै सरकारसँगको समन्वयमा कोक्लियर प्रत्यारोपण सुरु गरिने बताउनुभयो । उहाँका अनुसार ‘भेरिया टेक्निक’ अपनाएर गरिने प्रत्यारोषणमा एक घण्टामा बिरामीको शल्यक्रिया गरेर कोक्लियर इन्प्लान्ट राखिन्छ ।

के हो कोक्लियर प्रत्यारोपण ?

“हाम्रो कानमा बाहिर, मध्य र भित्री भाग गरेर तीन भाग हुन्छन् । कानको भित्री भाग ककलिया हुन्छ । ककलियाले बाहिरबाट आएको ध्वनि मोकानिकल इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर ब्रेन ९दिमाग०मा पुर्‍याउने गर्दछ । अनि हामीले केही कुरा सुन्छौँ । हामीले सुन्ने कानले नभई दिमागले हो । ककलिया भित्र खराबी, नशामा खराबी आयो भने साउण्ड इनर्जी दिमागसम्म जान बन्द हुन्छ र मानिसले कान सुन्न छाड्छ”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले भन्नुभयो ।

कान नसुन्ने अलिअलि समस्या भएका बिरामीलाई यन्त्र (मेसिन)इयरफोन लगाएर सुन्न सक्ने बनाइने उहाँले बताउनुभयो । कान धेरै नै नसुन्ने वा यन्त्रले काम नगर्ने समस्या भएका बिरामीका लागि कोक्लियर प्रत्यारोषण प्रभावकारी हुने उहाँको भनाइ थियो ।

जन्मिनेबित्तिकै कतिपय मानिस नसुन्ने समस्या लिएर जन्मिने जनाउँदै डा श्रेष्ठले बच्चा छ वर्षको हुँदासम्म कान सुनिसक्नुपर्ने जानकारी दिनुभयो । यदि छ वर्षसम्म पनि बच्चाले सुन्न र बोल्न सकेन भने सधैँभरि नसुन्ने र नबोल्ने समस्या हुने उहाँले बताउनुभयो ।

“छ वर्षको उमेरपछि जुनसुकै प्रविधि प्रयोग गरेर उपचार गरे पनि त्यो मानिसले आवाज बुझ्दैनन् र आवाज नबुझेपछि बोल्न सक्दैनन्”, नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले भन्नुभयो, “जसले सानैदेखि वा छ वर्षको उमेरसम्म पनि सुन्न सक्दैन त्यस्ता बच्चालाई छ वर्ष अगाडि नै कोक्लियर इम्प्लान्टको प्रत्यारोषण गर्नुपर्दछ । यसले सामान्य बच्चाजस्तै सुन्ने सक्ने बनाउँछ ।”

कोक्लियर इम्प्लान्ट इलेक्ट्रोनिक उपकरण भएको डा श्रेष्ठले बताउनुभयो । “यो उपकरण प्रत्यारोपण गर्दा कानको पछाडिको बाहिरी भागमा शल्यक्रिया गरी छालामुन्तिरको हड्डीमा यन्त्र राख्दछौँ र त्यो यन्त्रले मोकानिकल इनर्जीलाई इलेक्टिकल इनर्जीमा रुपान्तरण गर्दछ”, उहाँले भन्नुभयो ।

के कारणले कान सुनिदैन

‘मेनेजाइटिक्स’, कोभिड–१९, मिर्गौला र अन्य विभिन्न कारणले कान नसुन्ने समस्या आउने गरेको अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले बताउनुभयो । उहाँले कोक्लियर इम्प्लान्ट प्रविधि महँगो भएको जनाउँदै यसको प्रत्यारोषणका लागि रू १० लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिनुभयो ।

डा श्रेष्ठका अनुसार नेपालमा १७ प्रतिशतमा बहिरोपनको समस्या छ भने पटक्कै कान सुन्न नसक्नेको तथ्याङ्क सरकारसँग छैन । “अस्पतालमा पटक्कै कान नसुन्ने बिरामी धेरै नै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “हामीले उपचार सेवा अहिलेसम्म दिन सकिरहेका थिएनौँ । अब यस प्रविधिबाट सेवा लिन चाहनेलाई सहज हुनेछ ।”

वीर अस्पतालभन्दा अगाडि त्रिवि शिक्षण अस्पताल यसको प्रत्यारोपण सुरु गरेको भन्दै त्रिविमा बिरामीको चाप निकै बढेको डा श्रेष्ठले बताउनुभयो । “पैसा भएर पनि मानिसले उपचार पाएका छैनन् । पैसा हुने मानिस भारतलगायत विदेशमा गएर कोक्लियर प्रत्यारोपण गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बहिरङ्ग विभागमा धेरै बिरामी कान तथा श्रवणसम्बन्धी समस्या लिएर आउने गरेका बताउनुभयो । उहाँका अनुसार शिक्षण अस्पतालमा सरकारले कोक्लियर इम्प्लान्ट राख्नका लागि बिरामीलाई रू छ लाख बराबर आर्थिक सहयोग गर्दै आइरहेको छ ।

अस्पतालका निर्देशक डा पौडेलले वीर अस्पतालले बिरामीको अवस्था हेरेर सुविधा थप गर्ने बताउनुभयो । उहाँले सेवा÷सुविधा थप्ने गर्ने क्रममा कान नसुन्ने बिरामीलाई कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको बताउँदै अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहुलियतरूपमा उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताउनुभयो । रासस