शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज – News Polar

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ ।

यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका  ४९ महिला र ६३ पुरुष गरी एक सय १२ जना पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

यस अवधिमा सबैभन्दा बढी गत चैतमा छ सय २१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा पाँच सय ८०, मङ्सिरमा दुई सय ९३, पुसमा तीन सय ७६, माघमा तीन सय ६९ र फागुनमा तीन सय ८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट रु १४ लाख ६७ हजार ४८६ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको सङ्ख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो सङ्ख्या बढ्दै गएको छ ।  “नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्”, वाग्लले भन्नुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७६२ जनाले यहाँ भ्रमण गरेका छन्, जसमा एक सय ३२ विदेशी र एक सय १२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा त्यसमा एक सय ९९ जना सार्क मुलुकका र एक सय ५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो । “शुक्लाफाँटाको प्रचारप्रसार गरेर यहाँ उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँको जैविक विविधताबारे व्यापक प्रचारप्रसार हुनसकेको छैन । अब प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । रासस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ ।

निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

“प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिने छन् ।”

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ विचरण गर्ने सम्भावित क्षेत्रको पहिचान गरेर हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ ।

सन् २०२२ को गणनामा यस कम्प्लेक्समा ३६ वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो । क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ र विश्लेषणका आधारमा आठ गरी ३६ वयस्क बाघ रहेको सार्वजनिक गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सानो क्षेत्रफल रहेको भए पनि बाघको आहारा प्रजातिको घनत्व पर्याप्त रहेकाले यहाँ बाघको सङ्ख्या बढेको संरक्षण अधिकृतहरू बताउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रति वर्गकिलोमिटर रहेको छ । वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । रासस

शुक्लाफाँटा निकुञ्जबाट आएका जङ्गली हात्तीद्वारा घर र बालीमा क्षति
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीको बथानले आज कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमलियाका गाउँमा पसेर घर तथा अन्नबालीमा क्षति पुर्‍याएको छ । जङ्गली हात्तीले बस्तीमा प्रवेश गरी घरभित्र राखिएको अन्नपात तथा खेतबारीमा लगाइएको बालीमा क्षति पुर्‍याएको हो ।

घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो । स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले हात्तीलाई धपाएर पुनः निकुञ्जतर्फ फर्काइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक बोहराका अनुसार स्थानीय कमल गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने निजको करिब पाँच कठ्ठा जमिनमा लगाइएको उखु र पाँच कठ्ठा जमिनमा लगाइएको गहुँ तथा तोरीबालीमा समेत क्षति पुगेको छ । घर भत्किएपछि चार जनाको परिवार अहिले भाइको घरमा बसोबास गरिरहेका उहाँले बताउनुभयो ।

त्यस्तै, सोही स्थानका नेपाली गिरीको काठ र माटोले बनेको दुई कोठे कच्ची घरको एकतर्फको पर्खाल भत्काइ घरभित्र राखिएको चामल, धान, गहुँ र पिठो खाएर क्षति पुर्‍याएको छ । त्यसैगरी बिरजनी गिरीको काठ र माटोले बनेको एक कोठे कच्ची भान्सा घर भत्काई पूर्ण रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले जङ्गली जनावरको बारम्बार हुने प्रवेशका कारण असुरक्षित महसुस भइरहेको गुनासो गरेका छन् भने सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गरेका छन् । रासस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ । वर्षात्को मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो । निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसेमैदानका भित्री फाँटमा वर्षाको पानी अझै जमिरहेकाले सो क्षेत्रमा हालका लागि सवारी साधन आवतजावतमा गर्न कठिनाइ हुने भएकाले रुट कायम गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सहज प्रवेशका लागि रुट सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

चौधरीका अनुसार मझगाउँ–बर्कौला–शुक्लाफाँटा–सिंहपुर–रानीताल–बाबाताल हुँदै पुन:मझगाउँसम्मको रुट पर्यटकका लागि कायम गरिएको छ । बाबातालबाट पनि प्रवेश गरी मझगाउँ पुग्नसक्ने व्यवस्था गरिएको छ ।

“यी दुवै रुट पुरानै हुन्”, निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले भन्नुभयो, “मुख्य रुटमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा छन्, घाँसेमैदानभित्रका फाँटहरूमा अहिले पनि पानी जमेको भएकाले हालका लागि गाडी प्रवेश गराउन सकिने अवस्था छैन ।” निर्धारित रुटमार्फत पर्यटकले घना जङ्गल, वन्यजन्तु र प्राकृतिक दृश्यको अवलोकन गर्न सक्ने उहाँले बताउनुभयो ।

निकुञ्जमा अहिले चितुवा, हात्ती, बाघ, गैँडा, हरिण, मृग, नीलगाई र विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । साथै, शुक्लाफाँटाको विशेषता मानिने घाँसेमैदान, बाबाताल, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, रानी ताल र बर्कौला क्षेत्र निकुञ्जभित्रका मुख्य पर्यटकीय आकर्षणका बिन्दु हुन् ।

सूचना अधिकारी बाग्लेका अनुसार वर्षाको पानी सुकेपछि शुक्लाफाँटाका घाँसेमैदानभित्रका सडक पुन:पर्यटकका लागि सफारी सञ्चालन गरिनेछ । “हाल पर्यटकको सहज आवागमनलाई प्राथमिकता दिँदै रुट सीमित गरिएको हो”, उहाँले भन्नुभयो, “पानी सुकेपछि पूर्ववर्ती रुपमै सफारी सञ्चालन हुनेछ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको पश्चिमी भूभागमा अवस्थित एकमात्र घाँसेमैदानयुक्त निकुञ्जका रूपमा रहेको छ । जहाँ विश्वकै दुर्लभ स्वाम्प डियर (बाह्रसिङ्गा) को महत्वपूर्ण बासस्थान मानिने उहाँले जानकारी दिनुभयो । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । रासस

प्रचारप्रसारका अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा
दोधारा चाँदनी । दुर्लभ वन्यजन्तु र वनस्पतीका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या पछिल्ला उल्लेखनीय वृद्धि हुन सकेको छैन ।

निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार तत्कालीन कोभिड –१९को महामारीपछि निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून  नै रहेका छन् । निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५ र ७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यसमा ३०८ जना विदेशी पर्यटक र ३५० दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन९सार्क०मुलुकका र ११ हजार ४८० जना स्वदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । यसपछि महामारीमा सुस्ताएको पर्यटनमाथि उठ्न सकेको छैन । कोरोना पछि विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको सङ्ख्या समेत न्यून छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले कोरोना महामारीअघिसम्म शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उलेख्य रहेपनि महामारीपछि यहाँ पर्यटक न्यून रहेको जानकारी दिनुभयो । “कोरोना महामारी सुरुआत हुनुभन्दा अल्लिो वर्षसम्म आन्तरिक तथा विदेशी पर्यटकले यहाँ भ्रमण गरेको पाइन्छ ।” उहाँले भन्नुभयो, “महामारीपछि विदेशी पर्यटक त शून्य जस्तै त आन्तरिक पर्यटकको सङ्ख्या समेत न्यून रहेको छ ।” उहाँले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा समेत कमी आएको बताउनुभयो ।

निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार आव २०७६/७७ मा एक हजार ६०३ जनाले मात्रै निकुञ्ज भ्रमण गरेका छन् । आव २०७७/७८ मा दुई हजार ९२७ जनाले निकुञ्ज भ्रमण गरेको देखिन्छ ।

त्यसैगरी आव २०७८/०७९ मा दुई हजार ५७९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यसमा सार्क मुलुकका ४५ जना र १०५ जना विदेशीले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७९र८० मा तीन हजार २७८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । यसमा १५८ जना विदेशी र १२१ जना सार्क मुलुकका छन् ।

त्यसैगरी आव २०८०/८१ मा तीन हजार ७६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । यसमा १३२ विदेशी र ११२ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन । आव २०८१ /८२ मा तीन हजार ३७१ जनाले निकुञ्ज भ्रमण गरेका छन् । यसमा १९९ विदेशी र १५२ सार्क मुलुकका पर्यटक छन् । यो सङ्ख्या कोरोना महामारीको तुलनामा अत्यन्त न्यून हो । पर्यटक न्यून भएपछि निकुञ्ज कार्यालयले राजस्व समेत सङ्कलन गर्न सकेको छैन । गत आवमा पर्यटक र सवारीसाधनको प्रवेश शुल्कबाट रु २० लाख मात्रै राजस्व सङ्कलन गरेको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

उहाँले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि विभिन्न समस्याका कारण यहाँ उलेख्य रुपमा पर्यटक आउन नसकेको बताउनुभयो । “पर्यटकीय पूर्वाधारमा कमी, नेपाल–भारत सीमामा पर्यटकका लागि असहजता र प्रचारप्रसारको अभावले यहाँ पर्यटक बढ्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “यहाँ पर्यटकका लागि सुविधा पनि समिति मात्रामा छन् जङ्गल सफारीबाहेक अन्य गतिविधि नहुँदा पनि यहाँ पर्यटकको सङ्ख्यामा कमी आएको हो ।” उहाँले यहाँ निजी क्षेत्रबाट समेत लगानी हुन नसकेको बताउनुभयो ।

कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले सरकारको प्राथमिकतामा नपर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुन नसकेको बताउनुभयो । “यहाँ धेरै सम्भावना हँुदाहुँदै पनि सरकारको प्राथमिकतामा पर्यटन पर्न सकेको छैन”, उहाँले भन्नुभयो, “शुक्लाफाँटा पर्यटकका लागि उत्तम गन्तव्य हो यसको प्रचारप्रसार र पर्यटनका पूर्वाधार विकास गर्नु जरुरी छ ।” शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भए पनि यहाँ पर्यटकका लागि पूर्वाधार निर्माण नहुँदा यहाँसम्म पर्यटक पुग्न नसकेको पर्यटन व्यवसायी बताउँछन् ।

होटेल व्यवसायी सङ्घ कञ्चनपुरका निर्वतमान अध्यक्ष जगदीश भट्टले विदेशी पर्यटक आउने प्रमुख नाकामा सहज आवागमन नहुँदा समस्या भएको बताउनुभयो । “एउटा यहाँ पर्यटनका क्षेत्रमा का गर्ने दक्ष जनशक्ति छैन अर्को पर्यटकको सहजताका लागि आवश्यक पूर्वाधारमा राज्यबाट लगानी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “राज्यले प्राथमिकताका साथ पर्यटन क्षेत्रमा काम गनएसके मात्रै यहाँको पर्यटन व्यवसाय फष्टाउँछ ।” उहाँले यहाँको जैविक विविधता र सम्भावनाका बारे प्रचारप्रसार समेत हुन नसकेको बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ । निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन्भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र  ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । यसमा पाटेबाघ, एकसिङ्घे गँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेल आदि रहेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । रासस

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा निकुञ्ज
दोधारा चाँदनी (कञ्चनपुर):  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् । विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा पर्याप्त आहारा, बासस्थानकोे उचित व्यवस्थापनले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ रहेकामा सन् २०१८ मा १६, सन् २०२१ मा १९ र सन् २०२२ मा उक्त सङ्ख्या बढेर ३६ पुगेको हो ।

निकुञ्ज कार्यालयको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ । निकुञ्जमा क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणनाअनुसार २४ भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको सूचना अधिकारी वाग्लेले बताउनुभयो । निकुञ्जका अनुसार थोरै क्षेत्रफल रहेको शुक्लाफाँटामा बाघको सङ्ख्या धेरै हो ।

“यहाँ बाघका लागि आहारा र बासस्थानको उचित वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, वाग्लेले भन्नुभयो, “निकुञ्जमा कोर एरिया व्यवस्थापन प्रभावकारी छ, यहाँ १०० बढी पानीका ताल छन् त्यसकारण बाघको आहारा बढेकाले सङ्ख्यामा वृद्धि भएको हो ।”

उहाँले शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र निकुञ्जभित्र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रूपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन् ।

“निकुञ्जभित्र जैविक विविधताले भरिपूर्ण प्राकृतिक ताल र कृत्रिम तालहरू पनि छन्”, सूचना अधिकारी वाग्लेले भन्नुभयो, “यसले वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन ।” निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ ।

वाग्लेले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात भए पनि यसको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनुलगायत समस्याले यहाँ उलेख्य पर्यटक आउन नसकेको बताउनुभयो ।

“जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो । थोरै क्षेत्रफलमा यहाँ धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउने हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।” उहाँले शुक्लाफाँटा पर्यटनको ठूलो सम्भावना बोकेको गन्तव्य भएको बताउनुभयो ।

“यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण सम्भावना भएअनुसार पर्यटक आउन सकेका छैनन्”, सूचना अधिकारी वाग्लेले भन्नुभयो, “यस क्षेत्रको प्रचारप्रसारका साथै निजी क्षेत्रको लगानी हुन जरुरी छ ।” उहाँले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरे पनि सोेअनुसारको ‘टुरप्याकेज’को व्यवस्था हुन नसक्दा पर्यटकको कमी हुने गरेको धारणा राख्नुभयो ।

“विदेशी पर्यटकलाई हवाई भाडामा पनि झण्डै दोब्बर छ । सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्नेमा त्यसो हुन सकेको छैन, त्यसकारण पनि पर्यटक काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर फर्किने गरेका छन्”, वाग्लेले भन्नुभयो, “पर्यटक लक्षित विभिन्न टुरप्याकेज बनाउनुका साथै निजी क्षेत्रको लगानी बढाउन जरुरी छ ।”

सूचना अधिकारी वाग्लेका अनुसार निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् भने ४४ वटा पाठेबाघ छन् । विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानका रूपमा निकुञ्जको विशेषता रहेको उहाँको भनाइ छ ।

शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो
दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमि आएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । जसमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका तथा एक सय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए । उक्त तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताउनुभयो । जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमि, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमि आएको सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो ।

“जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमि आएको सूचना अधिकारी वाग्लेको भनाइ छ । उहाँले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको गन्तव्य भएको बताउनुभयो ।

“यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण पर्यटक आउन सकेका छैनन”, सूचना अधिकारी वाग्लेले भन्नुभयो–“यसको प्रचारप्रसार र निजी क्षेत्रको लगानी हुन जरुरी छ ।” उहाँले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरेपनि त्यो अनुसारको टुर प्याकेजको व्यवस्था हुन नसक्नुले पनि विदेशी पर्यटक शुक्लाफाँटासम्म नपुगेको उहाँले बताउनुभयो ।

“विदेशी पर्यटकलाई हवाई भाडामा पनि झण्डै दोब्बर छ, सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्ने थियो त्यो छैन त्यसकारण पनि नजिकैको काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर उनीहरु फर्किने गरेका छन्”, सूचना अधिकारी वाग्लेले भन्नुभयो–“पर्यटक लक्षित विभिन्न टुर प्याकेजमा निजी क्षेत्रको लगानी हुन जरुरी छ ।”

यहाँका पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उलेख्य रुपमा पर्यटक आउन नसकेको बताउँछन । “नाकामा आवागमन सहज छैन गड्डाचौकी नाकामा पर्यटक प्रहरी हुनुपथ्र्यो त्यो छैन ।” यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले भन्नुभयो–“सीमित पूर्वाधार र प्रचारप्रसार अभाव ।” उहाँले आन्तरिक पर्यटकलाई समेत प्रोत्साहन हुन नसकेको बताउनुभयो ।

शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो–“यहाँ आउने विदेशी पर्यटक थोरै ठाउँमा धेरै वन्यजन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन् ।” उहाँका अनुसार यहाँ छिमेकीमूलुक भारतबाट समेत पर्यटक यहाँ आउने गरेका छन ।

“यहाँको विशाल घाँसे मैदान, चराचुरङ्गी, शान्त वातावरण विदेशीहरुले एकदमै मन पराउँछन्”, पथप्रदर्शक पनेरुले भन्नुभयो–“फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन् ।”

पथप्रदर्शक पनेरुका अनुसार शुक्लाफाँटामा अध्ययन अनुसन्धानका लागिसमेत पर्यटक आउने गरेका छन् । तीन सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्त र वनस्पतिका लागि प्रसिद्ध छ । निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ भन्दाबढी बाह्रसिङ्गा छन् । यहाँ ४४ पाटेबाघ रहेका छन् । विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान रहेका कारण पनि यसको वेग्लै विशेषता छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि प्रसिद्ध छ । रासस

शुक्लाफाँटा निकुञ्ज सफारी बन्द
कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ । वर्षाका कारण निकुञ्जकोे बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।

“वर्षाका कारण सफारी गर्ने मुख्य ‘रुट’ को सडक बिग्रेको छ”, उहाँले भन्नुभयो, “जसका कारण सफारी गएका गाडी फस्न र पर्यटकले दुःख पाउन थालेपछि बन्द गरेका हौँ ।” निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षमा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जका ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ ।

उक्त घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । यहाँ हजारौँको सङ्ख्यामा रहेका बाह्रसिङ्गा हेर्न पर्यटक यहाँ आउने गरेका छन् । शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु हेर्न मिल्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ शुल्लाफाँटा हुने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ । वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ ।

निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, चार सय ४९ भन्दा बढी प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि छन् ।

स्तनधारी वन्यजन्तुमा ५३ वटा भन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् । पछिल्लो गणना अनुसार शुक्लाफाँमा दुई हजार तीन सय बढी बाह्रसिङ्गा छन् । यसबाहेक बाघ, गैँडा, हात्ती, कृष्णसार, चित्तललगात वन्यजन्तु यहाँका प्रमुख आकर्षण हुन् । रासस

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको कार्य सुरु गरिएको हो ।

निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोप चराको गणनाको कार्य गर्नेछ । “वाइनाकुलर, क्यामेरा, दुरबिन, जिपिएसलगायतको मद्दतले गणनाको कार्य गर्छांै,” नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले भन्नुभयो, “हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमा पुगेर गणनाको कार्य गर्छौं, हिँडेर पुग्न नसकिने क्षेत्रमा हात्तीमा चढेर गणनाको कार्य गर्छौं ।”

निकुञ्जसँगै दुई दिन निकुञ्ज बाह्य क्षेत्रमा पनि गणनको कार्य हुने उहाँले बताउनुभयो । उहाँका अनुसार निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोप चरा गणनाको कार्य गरिनेछ ।

गणनका क्रममा चराको सङ्ख्यासँगै भाले, पोथीको सङ्ख्या यकिनको कार्य गरिनेछ । योसँगै गुँडको अवस्था कस्तो छ, कुन प्रजातिका रूखमा गुँड लगाउने गरेको छ, रूखको उचाइ, त्यस क्षेत्रमा रहेको घाँसका प्रजाति, आहाराको अवस्था, सिकारी चराले पुर्याउने नोक्सानी, सुरक्षा चुनौती लगायतबारे अध्ययन र अनुसन्धानको कार्य गरिने चराविज्ञ डगौराको भनाइ छ ।

दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोपको अवस्था अध्ययनको कार्य गरी त्यसैअनुरुप संरक्षणको योजना बनाइने निकुञ्जका रेञ्जर प्रयास केसीले बताउनुभयो । उहाँका अनुसार नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइन्छ । निकुञ्जको घाँसेमैदानका बीच भागमा यस चराले गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उहाँले बताउनुभयो ।

“रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ,” केसीले भन्नुभयो, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो ।

“त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ, निकुञ्जमा सुनौलो तोप चरा एक सयको हाराहारीमा रहेको छ, किसानको साथीका रूपमा रहेको सुनौलो तोप चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ,” निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लले भन्नुभयो, “सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ ।”

निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको उहाँको भनाइ छ । उहाँका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै ४०० बढी प्रजातिका चरा पाइन्छन् ।

शुक्लाफाँटा बन्दैछ दुर्लभ वन्यजन्तुको आश्रयस्थल
दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारै पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु हेर्न मिल्ने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाइ शुल्लाफाँटा हुने गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दूरीमा शुक्लाफाँटामा ठूलो घासे मैदान (फाँट) छ । विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । यहाँ घुम्न आउने आगन्तुकहरुलाई फाँटामा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिंगाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आँखै अगाडि देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने आगन्तुकको मन लोभ्याउने गरेको छ ।

शुक्लाफाँटाको विशाल घाँसेमैदानमा मयँुर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाठेबाघको दृश्यसमेत देख्न सकिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र फाँटा पाटेबाघ देखिने ठाउँ हुन् । सोही फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेका र हालको दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र एक रात बास बसेको बताइन्छ ।

शुक्लाफाँटा घुम्ने मुख्य समय फागुनदेखि असारसम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फूलहरुले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ । निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटाहरु छन्, जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी क्षेत्रमा हिरापुर फाँटा छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ । निकुञ्ज प्रवेश गर्ने दुई वटा बाटा छन् । एउटा रानीताल भएर फाँटा पुगिन्छ भने अर्को बर्कोलाको बाटो । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन् । ती मचानहरुबाट पर्यटकले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न र तस्वीर लिने सक्नेछन् ।

शुक्लाफाँटाभित्रै रानी ताल छ । त्यहाँ रानी ताल सँगसंँगै अन्य ससाना तालहरु पनि छन् । त्यहाँ प्रशस्त रुपमा गोहीहरु र चराचुरङ्गीहरु देख्न पाइन्छ । जानकारहरुका अनुसार सिंहपाल राजाका रानीहरुले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको हो ।

वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, ८०–९० वटा निलगाई र ४४९ भन्दाबढी प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूँडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपिड खरायो, बँदेललगायत ५३ भन्दाबढी प्रजातिहरू रहेका छन् । त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ४२ वटा पाठेबाघ रहेको बताइन्छ । शुक्लाफाँटाको छेउ पिपरियामा रहेको हात्तीसारमा हात्ती चढ्न पाइन्छ ।

निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्ले पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुहुन्छ । उहाँका अनुसार चालु आर्थिक वर्षको कात्तिकदेखि चैत्र मसान्तसम्म शुक्लाफाँटामा दुई हजार ३८८ विदेशी र दुई हजार १८१ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । सबैभन्दा बढी फ्रान्स र स्पेनका पर्यटक यहाँ घुम्न आउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरु फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशीहरु धेरै खुसी हुने गरेको बताउनुहुन्छ । शुक्लाफाँटामा शुक्लाफाँटा पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य भएकाले ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय रमेश पन्त बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँबाट भारतका ठूला सहरहरु धेरै नजिक भएकाले त्यहाँ आउने पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ ।” उहाँले शुक्लाफाँटा मात्रै नभई नजिकै रहेको दोधारा चाँदनी झोलुङ्गेपुल, झिलमीला ताललगायत सहायक गन्तव्य रहेको बताउँदै राज्यस्तरबाट पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले पर्यटकहरुको सहजताका लागि तीनवटै तहका सरकारले लाग्नुपर्ने उहाँको भनाइ छ ।

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ ।

सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

कात्तिकमा ३१६, मङसिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन् । उहाँका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आव २०८०÷८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए ।

आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । विसं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ ।

दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठुलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् ।

निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा १२ प्रजातीका घस्रने वन्यजन्तु, २० प्रजातीका उभयचर, २४ प्रजातीका माछा र ३५ प्रजातीका पुतली पाइन्छन् ।

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा
कञ्चनपुर । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताउनुभयो । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उहाँले राससलाई बताउनुभयो ।

धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताउनुभयो । “फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ”, उहाँले भन्नुभयो, “यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।”

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो । त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उहाँले बताउनुभयो । अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उहाँले बताउनुभयो ।

चराविज्ञ डगौराका अनुसार नेपालमा बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन् । तीमध्ये तीन प्रजाति रैथाने हुन् । बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्दछन् । बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ ।

उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन् । मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ । “अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “घट्नुको मुख्य कारणका रूपमा चोरी सिकारी नै हो ।” चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उहाँको भनाइ छ ।

नेपालकै मधेस प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको सिकार हुने गरेको पाइएको चौधरीले बताउनुभयो । “उखुबारीमा भएका बेला यस चराको सिकार भएको पाएका छौँ”, उहाँले भन्नुभयो, “होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ ।”

“छातीमा पहेँलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए, अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन्”, डगौराले भन्नुभयो, “पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुलर्भ भएको छ, सन् १९८० पछि पहिलोपटक देखिएका छन् ।” यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उहाँले बताउनुभयो ।

चोरी सिकारीसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा सङ्कटमा परेका छन् । बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कयौँ फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्दछन् भने सिकारी चराको सिकार पनि हुने गर्दछन् । सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्नु र कृषिमा अयिनन्त्रित तरिकाले विषादिको प्रयोग गर्दा पाहुना चरा यसबाट प्रभावित हुने गरेका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घले बगाले बगेडी चराको सन् २००४ देखि सन् २०१७ सम्म गरेको तथ्याङ्क विश्लेषणमा पनि सङ्कटापन्न अवस्थमा देखिएको छ । चराविज्ञ डगौराका अनुसार बगाले बगेडी चरा सन् २००० देखि २०१५ सम्म संवेदनशील अवस्थामा थियो । सन् २०१३ देखि २०१६ सम्म सङ्कटापन्न अवस्थामा थियो । त्यसपछि यसको सङ्ख्या निकै घटेको पाइएपछि सन् २०१७ देखि हालसम्म यो चरा अतिसङ्कटापन्न अवस्थामा छ ।

यो चरा खेतबारी र घाँसेमैदानमा पाइन्छ । साउनदेखि जेठमा प्रजनन गर्ने यो प्रजातिको पोथीले घाँसको प्रयोग गरी भुइँमा गुँड लगाउने गर्छ । यसको औषत आयु सात वर्ष हुने गरेको बताइएको छ । प्रजननका बेला पहेँलो रङमा देखिने बगाले बगेडी अरु बेला भँगेराजस्तै देखिने भएकाले चिन्न नै गाह्रो हुने गरेको छ । कैलाली, कञ्चनपुरसँगै बर्दिया, चितवन, झापा, कोशीटप्पु र मधेस प्रदेशका केही जिल्लामा बगाले बगेडी चरा पाइने गरेका जिल्लाका चरासम्बन्धी अन्य जानकारहरूले बताएका छन् । रासस

शुक्लाफाँटाको गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने
दोधारा चाँदनी (कञ्चनपुर) : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ ।

एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज शेषचन्दलाई गत पुसदेखि तालिम दिन थालिएको हो । शनिबार शेषचन्द्रले तालिम पू्रा गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिनुपर्ने भएकाले अढाई वर्षको हात्तीलाई प्रशिक्षण दिएको बताउनुभयो । “शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउन हात्तीको प्रयोग हुँदै आएको छ ।” उहाँले भन्नुभयो, “हात्तीलाई परिचलान गर्न एक महिनाअघिदेखि सुरु गरिएको तालिम आज समापन भएको छ ।” उहाँले हाल निकुञ्जमा दुईवटा छावासहित आठ हात्ती रहेका बताउनुभयो ।

तालिमको सुरुआतका बेला वयस्क हात्तीको सहारामा जङ्गलतर्फ लगिएको थियो । इच्छाअनुसार स्वतन्त्ररूपमा हिँडडुल गरिरहेका हात्तीलाई इशारा र निर्देशनका आधारमा हिँडाउनका लागि तालिम दिने गरिन्छ । शेषचन्द्रलाई नियन्त्रितरूपमा हिँडाउन हात्तीसारको वयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिएका हात्तीसारका शिवदत्त चौधरीले जानकारी दिनुभयो ।

“हात्तीलाई तालिम दिनुभन्दाअघि एउटा खम्बा तयार पारिन्छ, त्यसलाई खमारा भनिन्छ”, चौधरीले भन्नुभयो, “खम्बाको टुप्पोमा डोरी अल्झाउने खालको बनाइन्छ । डोरी अल्झिने उचाइ र हात्तीको घाँटीको उचाइ बराबर हुनुपर्छ । खम्बा गाडेको ठाउँमा पूजाआजा गरिन्छ । यसलाई खामेश्वरी पूजा पनि भनिन्छ । हात्तीलाई तालिम जसदिने हो, उसैले पूजा गर्नुपर्छ ।” चौधरीका अनुसार हात्तीलाई पूर्णरूपमा तालिम दिन कम्तीमा एक महिना लाग्ने गर्छ ।

“हात्तीलाई तालिम दिने वा हात्तीमा चढ्नेलाई बहकिया भनिन्छ”, उहाँले भन्नुभयो, “दिनमा जङ्गल घुमाएर ल्याएपछि हात्तीलाई बिहान पूजा गरेको खम्बामा बाँधिन्छ । यसका साथै अगाडि र पछाडिका खुट्टा पनि बाँधिन्छ ।” हात्तीको घाँटीमा बाँधिने डोरीलाई अग्रन, अगाडिको खुट्टा बाँध्नेलाई छनुवा र पछाडिको खुट्टा बाँध्नेलाई बन्डा भनिन्छ । “जबसम्म बहकियाको भनेको टेर्दर्नै तबसम्म बस्न दिइँदैन र खम्बाबाट सारिँदैन, राति सुत्न पनि दिइँदैन”, चौधरीले भन्नुभयो, “कम्तीमा एक हप्ता लाग्छ, त्यतिबेलासम्म खम्बामै बाँधेर सिकाइन्छ ।”

चौधरीका अनुसार भनेको मान्ने र उठबस गर्न थालेपछि वयस्क हात्तीकै साहारामा हात्तीमाथि बसेर पनि तालिम दिइन्छ । “दुई हात्तीको बीचमा हालेर दायाँबायाँ गर्न नदिएर अगाडि लैजान दुवैतर्फ वयस्क हात्तीलाई हिँडाइन्छ”, उहाँले भन्नुभयो, “उकालो–ओरालो र पानी सबै ठाउँमा हिँड्न सक्नेगरी तालिम दिइन्छ, तालिमका बेलामा निडर बनाउन आगो देखाउने, गाडी देखेर नडराओस् भनेर सडकमा समेत हिँडडुल गर्न सिकाइन्छ ।” हात्तीलाई दुईदेखि तीन वर्ष छ महिना भित्रै तालिम दिइसक्नुपर्छ । त्यसपछि भने तालिम दिन निकै समस्या हुन्छ । अटेरी पनि हुनसक्छ । शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भए पनि अहिले सानासहित आठमात्रै छन् । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएको छन् ।रासस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’
कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्बिर राखिएको छ ।

यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन् । यसैगरी सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नामसहित राखिएको छ ।

“विश्वमै दुर्लभ लोपोन्मुख चरा जुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइने गरेका छन्”, प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाका कार्यसमिति सदस्य सुवन चौधरीले भन्नुभयो, “चरा प्रेमी तथा निकुञ्ज भ्रमण गर्ने पर्यटकको सहजताका लागि होर्डिङ बोर्ड राखेका हौँ ।” निकुञ्जको पर्यटन प्रवद्र्धन हुने गरी पर्यटक सहयोगी चरा चिनारी बोर्ड राखिएको उहाँको भनाइ रहेको छ । चराका तस्बिर अङ्कित होर्डिङ बोर्ड नेपाल भारत सीमा गड्डाचौकी र निकुञ्ज प्रवेशद्वार अगाडि राखिएको छ ।

अन्य स्थानमा समेत चराका तस्बिर भएका बोर्ड राख्ने कार्यक्रम रहेको पथप्रदर्शक सङ्घका अध्यक्ष खेम भण्डारीले बताउनुभयो । निकुञ्जमा रहेका लोपोन्मुख चराको संरक्षण र प्रचारप्रसारमा टेवा पुर्‍याउने बोर्ड राखिएको उहाँको भनाइ छ । निकुञ्जमा विश्वका दुर्लभ चरा २४ र अन्य चार सय ६५ चरा पाइने जनाइएको छ । किराफट्याङ्ग्रा नियन्त्रण गर्न, बीउ छर्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा चराले सहयोग पुर्‍याउने गरेका छन् । यसका अतिरिक्त चराले पर्यापर्यटनमा टेवा पुर्‍याउने कार्यसँगै वातावरणको शोभा बढाउन, विभिन्न धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्व बोकेका हुन्छन् । रासस

शुक्लाफाँटा : पर्यटकका लागि आकर्षक गन्तव्य
दोधारा चाँदनी (कञ्चनपुर), : महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर तेस्रो मुलुकका पर्यटक नेपाल आउने गरे पनि यहाँको प्रचारप्रसार हुन नसक्दा यहाँबाट नेपाल भित्रिने पर्यटक अन्यत्र घुम्न जाने गरेका छन् । यो नाकाबाट आउने थोरै विदेशी पर्यटक मात्रै शुक्लाफाँटा घुम्न जाने गरेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा शुक्लाफाँटामा ठूलो घाँसे मैदान (फाँट) छ ।

जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । शुक्लाफाँटाको घाँसे मैदानमा मयूर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको छ । उक्त फाँटमा पाटेबाघको दृश्यसमेत देख्न सकिन्छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बकौला र फाँट पाटेबाघ देखिने ठाउँ हुन् । सोही फाँटमा राजा महेन्द्रले विसं २०२४ मा सिकार खेलेको थिए भने एक रात बाससमेत बसेका थिए । हाल दुधिया क्याप्प भन्ने ठाउँमा राजा महेन्द्र बास बसेको भनाइ छ । शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असारसम्म हो ।

वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीबिरङ्गी फूलले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ । निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँट छन । जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा हीरापुर फाँट छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ । निकुञ्ज प्रवेश गर्ने दुईवटा बाटो छन् । एउटा रानी ताल भएर फाँट पुगिन्छ भने अर्को बर्काेलाको बाटो । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन् । उक्त मचानबाट पर्यटकले शुक्लाफाँटाको दृश्यावलोकन गर्न र तस्बिर लिने गर्छन् ।

शुक्लाफाँटाभित्रै रानी ताल छ । रानी ताल सँगसँगै अन्य स–साना ताल पनि छन् । त्यहाँ प्रशस्तरूपमा गोही र चराचुरुङ्गी देख्न पाइन्छ । करिब आठ÷दश वर्ष पहिला यहाँका सिंहपाल राजाका रानीले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको इतिहास छ । वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधनेश र लेसर भुँडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाति रहेका छन् । पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल आदि रहेका छन् । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार दुई सयभन्दा बढी बाह्रसिङ्गा छन । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाउँछन् । त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैँडा, ३६ वटा पाठेबाघ रहेका छन् ।

निकुञ्जको विश्वकै सबैभन्दा ठूलो घाँसेमैदानमा पनि यसको विशेषता हो । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय ४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । शुक्लाफाँटाको क्षेउ पिपरियामा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ । आगन्तुकको समयअनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले निकुञ्ज कार्यालयले पर्यटक भित्र्याउनका लागि पाँच वर्षको कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो ।

“निकुञ्जको व्यवस्थापन, वन्यजन्तु संरक्षण र पर्यटकको सहजताका लागि निकुञ्जभित्र बाटो मर्मतदेखि विभिन्न काम गरिरहेका छौँ ”, सहायक संरक्षण अधिकृत ऐरले भन्नुभयो, “यहाँको प्रचारप्रसारमा कमी भएका कारण पर्यटकको सङ्ख्या न्यून छ ।” उहाँले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भए पनि प्रचारप्रसारमा कमी रहेको बताउनुभयो । यहाँका पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटा पर्यटकका लागि आकर्षित गन्तव्य भए पनि यसको प्रचारप्रसार हुन नसकेको बताउनुभयो ।

“शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु सहजै देख्न सकिन्छ तर प्रचारप्रसार भएन”, उहाँले भन्नुभयो, “सीमित समयका लागि जङ्गल सफारी खुल्ने कारणले पनि पर्यटकको कमी भएको हो ।” उहाँले यहाँको प्रचारप्रसार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । अध्यागमन कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार यो वर्ष छ सय ८५ पर्यटक भित्रिएका छन् । तर यो नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छोडेर काठमाडौँ पोखरा जाने गरेको अध्यागमन कार्यालय गड्डाचौकीले जनाएको छ ।

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधै काठमाडौँ पोखरालगायतका सहर घुम्न जाने गरेको बताउनुभयो । “अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “गत वर्षको भन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।” अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२२ मा पाँच सय ४२ जना विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ जना विदेशी पर्यटक भित्रिएका छन् ।

सेप्टेम्बरमा मात्रै एक सय ५४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क हेर्दा तेस्रो मुलुकका पर्यटक न्यून छन् । चालु आवको हालसम्म सार्क मुलुकका एक सय ५८ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन् । गत वर्ष एक सय पाँच विदेशी पर्यटकले मात्रै यहाँ भ्रमण गरेका छन् ।रासस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव
बेदको । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो ।

“दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ”, उहाँले भन्नुभयो, “बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ ।”

उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ । अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन । भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमति गस्तीमा समस्या उत्पन्न हुने गरेको छ । हाल यहाँ दुई छावासहित चार भाले र चार पोथी गरेर आठवटा हात्तीमात्रै छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सबैभन्दा पुरानो हात्ती रुपकली हो । उसको उमेर ६० वर्षभन्दा बढी छ । शुक्लाकली नामक हात्तीले पाँच/छ महिनाअघि ९श्रुतिकली० छावा जन्म दिएकी थिइन् । गत वर्ष चितवन राष्ट्रिय किुञ्जबाट नारायणीकली नामक हात्तीसँगै छावा संसचन्दगढलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा ल्याइएको थियो ।

संसचन्दगढसँगै नारायणप्रसाद, लवप्रसाद र सिद्धप्रसाद यहाँका भाले हात्ती हुन् । “रुपकली बूढो भइसक्यो, दुई छावा र तिनको माउलाई गस्तीमा लगिदैन”, संरक्षण अधिकृत ऐरले भन्नुभयो, “२०–२२ वर्षका तीनवटा हात्तीलाई गस्तीमा लैजान्छौँ, बर्खामा निकुञ्जको सबै क्षेत्रमा पुग्न गाह्रो हुन्छ ।”

निकुञ्जभित्र पिपरैया पोष्टमा पाँच, शुक्लाफाँटा पोष्टमा दुई र मालुमेला पोष्टमा एक हात्ती छ । वन्जजन्तुको उद्धारमा समेत प्रयोग गरिने हात्ती निकुञ्जको पूर्वी क्षेत्र अर्जुनी, बेलडाँडीलगायत ठाउँमा पनि थप गर्नुपर्ने देखिएको संरक्षण अधिकृत ऐरले बताउनुभयो ।

“निकुञ्जमा हात्ती जति धेरै भयो, त्यति राम्रो हुन्छ, निकुञ्जको पूर्वी सेक्टरमा हात्तीसार राख्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “वन्जजन्तुको गणना तथा उद्धारमा हात्तीले निकै सघाउ पुर्याउँछ ।”

निकुञ्जभित्र जङ्गल गस्ती, वन्यजन्तु उद्धार, गणना, वैज्ञानिक अनुसन्धान, चोरी सिकारी नियन्त्रणमा हात्ती प्रयोग गरिँदै आएको छ । हात्तीलाई घुमाउनेदेखि स्याहार गर्न प्रत्येक हात्तीमा माउत, फणित र पछुवा गरेर तीन जना खटिने गरेका छन् ।

हाल यहाँ हात्तीलाई गस्ती लैजानेदेखि स्याहार गर्ने माउत, फणित र पछुवाको सङ्ख्या २४ जना छ । निकुञ्जभित्र पर्यटकलाई आकर्षण गर्नका लागि हात्ती सफारी सञ्चालन गर्न सकिन्छ । तर दरबन्दीअनुसार पूर्ण हात्ती नहुँदा र भएकै पनि अशक्त हुनाले सफारी हाललाई बन्द गरिएको निकुञ्जले जनाएको छ ।

बाह्रसिङ्गाको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको छ । निकुञ्जको अधिकतम भाग सालको जङ्गलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जङ्गल र घाँसेमैदान छ ।

जङ्गली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिङ्गा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानीताल तथा अन्य स–साना तालमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । रासस

सुगाको बथानले मकैबाली सखाप
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् ।

बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताउनुभयो । “दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ”, उहाँले भन्नुभयो, “मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।” सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बादल लागेको दिन र साँझपख सुगाले मकै खान बढी मन पराउने गरेका छन् । “एक हुल भगाउँछौँ अर्को हुल खेतमा बसेर मकै खान सुरु गर्छ, एकछिनमै पूरै मकैका घोगा खाएर फर्कन्छन्”, सिमलफाँटाका रामबहादुर चौधरीले भन्नुभयो, “सुगा भगाउनकै लागि एक जनाको ड्युटी खेतमै दिनभर हुन्छ ।”

उहाँले गुनासो पोख्दै भन्नुभयो, “दिउँसो सुगाले मकैबाली खाएर हैरान पार्छन्, राति निकुञ्जबाट छिर्ने बँदेल खेतमा छिरेर बचेको मकै खाएर फर्कन्छन् ।” खेतमा छरेको मकैको बीउसमेत उठाउन मुस्किल हुन थालेको उहाँले उल्लेख गर्नुभयो । सुगाकै कारण मकैखेती गर्दा खनजोत, सिँचाइ, मलखादको लागत खर्च नउठ्ने भएकाले अधिकांश किसानले बर्खे मकैबाली लगाउन छाड्दै गएका छन् ।

मध्यवर्ती क्षेत्रका किसानले मकैको सट्टा उखुबाली, धानबालीलगायतको खेती गर्न थालेका छन् । पहिला मध्यवर्ती क्षेत्रको कालागौंडी, रानीपुर, ढकनिया, जोनापुर, पिपलाडी, असैना, सिमलफाँटा, दैजी अधिकांश किसानले मकैबाली लगाउने गरेका थिए ।

सुगाकै कारण हाल नगन्य मात्रामा मात्रै किसानले मकैबाली लगाउने गरेका छन् । स्थानीय किसान नरेन्द्र नेगीले सुगाले गरेको मकैबालीमा क्षतिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । निकुञ्ज कार्यालयलाई क्षतिपूर्तिका लागि जनाउँदै आए पनि सुनवाइ नभएको उहाँको भनाइ छ । रासस

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी
भरतपुर । चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो ।

चितवनको रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिकरूपमा अध्ययनपश्चात् आवश्यक तयारीको काम गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार असोजसम्म यहाँ कृष्णसार ल्याउने गरी काम भइरहेको छ ।

टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । कृष्णसारलाई चितवनमा ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको उहाँको भनाइ थियो ।

नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्नेछ । कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले गत वर्ष रू ३८ लाख छुट्याएको थियो भने यस वर्ष रू ५० लाख बजेट विनियोजन गरेको छ ।

कृष्णसारको संरक्षण र पर्यापर्यटनको विकासका लागि कृष्णसार यहाँ ल्याउन लागिएको प्रमुख सापकोटाले बताउनुभयो । “चितवनमा हात्ती, बाघ र गैँडाबाहेक अन्य जनावर पनि छन् भन्ने सन्देश दिने उद्देश्यले पनि हामीले कृष्णसारको स्थानान्तरणमा पहल गरेका हौँ”, उहाँले भन्नुभयो, “नयाँ वन्यजन्तुको आगमनले पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ ।”

पञ्चकन्या सामुदायिक वनको टिकौलीमा १९ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार राखिने नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ । यही सामुदायिक वनमा नगरपालिकाले हरियाली पार्कसमेत निर्माणको तयारी गरेको उहाँले बताउनुभयो ।

कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ । अहिले कृष्णसार बर्दियाको खैरापुर र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा मात्र पाइन्छ ।

पूर्व प्रमुख संरक्षण अधिकृत बर्णबहादुर थापाले कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिराका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो ।

वन मन्त्रालयको निर्देशनमा राष्ट्रिय निकुञ्ज विभागले कृष्णसार स्थानान्तरणका लागि हरिभद्र आचार्यको नेतृत्वमा प्राविधिक अध्ययन टोली बनाएको थियो । प्राविधिक टोलीले ‘टिकौलीमा कृष्णसार ल्याउन र टिकाउ सम्भव छ’ भन्ने प्रतिवेदन बुझाएपछि स्थानान्तरणको तयारी गरिएको हो ।

विसं २०७७ मा अध्ययन सुरु भएर विसं २०७८ देखि कृष्णसार ल्याउनका लागि पूर्वाधार निर्माणको काम तयारी सुरु गरिएको थियो । “प्राविधिकरूपमा व्यवस्थापनका लागि पाँचवर्षे कार्ययोजना तयार हुँदैछ”, पूर्व प्रमुख संरक्षण अधिकृत थापाले भन्नुभयो, “कार्ययोजनाको रिपोर्ट बुझाउनासाथ कृष्णसार स्थानान्तरणको काम सुरु हुन्छ ।” उहाँका अनुसार पहिलो चरणमा छ भाले र १२ पोथीसहित १८ कृष्णसार ल्याउने तयारी गरिएको छ ।

“कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो, सिरु मन पराउँछ । कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो”, डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले भन्नुभयो । कृष्णसार स्थानान्तरणका लागि तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ थियो । उहाँले वन कार्यालयले कृष्णसारलाई मन पर्ने बयरलगायतका जातका बिरुवासमेत रोपेको जानकारी दिँदै अनुकूल हावापानी र वातावरण भएको समय पारेर स्थानान्तरण गरिने जनाउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत नारायण रुपाखेती जङ्गल र झाडी भएको ठाउँ कृष्णसारका लागि उपयुक्त नभएको बताउँदै खुला र घाँसेमैदान उपयुक्त हुने बताउनुभयो । “घना जङ्गल र झाडीमा हराउने डर हुन्छ”, उहाँले भन्नुभयो, “बिहान–बेलुका घाँसेमैदानमा चर्ने र दिउँसोको चर्को घाम तापेर बस्ने यसको स्वभाव हुन्छ ।”

कृष्णसारलाई उचित बासस्थान दिए संरक्षण सफल हुने भन्दै पूर्व संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मका अनुभवले सफलता मिल्ने बताउनुभयो । उहाँले कृष्णसार ल्याउन लागिएको टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको जानकारी दिनुभयो ।

कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो । कुनै समय नेपालको तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार पछिल्लो समय भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो । नेपालमा कृष्णसारको सङ्ख्या चार सय ५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बर्दियामा एक सय ९६ र कञ्चनपुरको शुक्लाफाँटामा दुई सय ५६ कृष्णसार छन् । रासस

‘शेषराजगज’को स्याहारमै ब्यस्त बिमला
महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै ब्यस्त हुनुहुन्छ ।

कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका–१४ बनकट्टटीमा हुर्किनुभएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुनुहुन्छ ।

जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गर्नुभएको हो । “बिहान हात्तीलाई नुहाउनदेखि जङ्गलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु”, बिमलाले रासससित भन्नुभयो, “जागिरको सुरुआतमा जनावरसितको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो ।”

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारासमेत गस्ती गरिन्छ । यहाँ रहेका छ हात्तीबाट गस्तीलगायत निकुञ्जको कामकाज गरिँदै आएको छ । शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको बिमला बताउनुहुन्छ ।

हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन् । यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन् । ‘बिमला’ एक मात्र महिला कर्मचारीका रुपमा कार्यरत हुनुहुन्छ । “शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु”, उहाँले भन्नुभयो, “अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन ।”

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी बिमलाका एक वर्षीय छोरा पनि साथमै हुनुहुन्छ । “छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ”, उहाँले भन्नुभयो, “दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु ।” घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने बिमलाको ब्यस्तता हात्तिसारमा पनि उत्तिक्कै बढी छ ।

“जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन”, बिमलाले भन्नुभयो, “ अहिलेसम्म विना डरत्रास काम गरेकी छु ।” उहाँले आफ्नो पाँचवर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताउनुभयो । “आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दु:ख लाग्छ”, बिमला भन्नुहुन्छ–“ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ ।”

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटा ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा दश हात्तीको दरबन्दी रहेको जानकारी दिनुभयो । “अहिले एउटा छावा (बच्चा) सहित सात हात्ती मात्रै यहाँ छन्”, उहाँले भन्नुभयो ।

विसं २०२६ मा सिकार आरक्षका रुपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकताअनुसार हात्तीको माग गरे पनि यसको सुनवाई हालसम्म हुनसकेको छैन । चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ । हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन् । रासस

शुक्लाफाँटा निकुञ्जमा डढेलो
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताउनुभयो । “बस्ती नजिकबाटै डढेलो सुरु भएको थियो, अझै नियन्त्रणमा आएको छैन, गर्मी बढेसँगै वनमा तीव्र गतिमा डढेलो फैलिरहेको छ”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणको प्रयास गरिरहेका छौँ ।” रासस

डढेलो नियन्त्रणका लागि निकुञ्जले नियमितरुपमा अनुगमन तथा फायर लाइन बनाउने र सफा गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार डढेलोका कारण सात/आठ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

निकुञ्जले पहिलो चरणमा काठे पुल, मचानलगायतका भौतिक संरचनालाई डढेलोबाट जोगाउने प्रयास गरिरहेको छ । डढेलोका कारण निकुञ्ज आसपास तथा महेन्द्रनगर बजार क्षेत्रमा समेत तुवाँलो लागेको छ । बस्तीसँगै जोडिएका क्षेत्रमा डढेलो लागेपछि निकुञ्ज किनारमा तुवाँलोको असर देखिन थालेको हो ।