सगरमाथा दिवस – News Polar

सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा
काठमाडौँ। ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लब, विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा नेपाली र विदेशी नागरिकको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ ।

त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले यस्ता गतिविधिले नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै ओमानमा नेपाली समुदायको सकारात्मक छवि निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।

सगरमाथा र गणतन्त्र दिवस एकै दिन परेकाले राजदूतावासमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । यसै अवसरमा दूतावासमा ई–सङ्ग्रहालय स्थापना गरिएको छ ।

सङ्ग्रहालयमा नेपाल–ओमान द्विपक्षीय सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज राखिएका छन् । रासस

पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ । मूल समारोह समितिले बिहीबार आयोजना गरेको ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस तथा ‘वल्र्ड समिटर्स समिट– २०२५’ का अवसरमा उहाँले पर्यटन नीति र पर्यटन ऐन छिट्टै ल्याइने सोही माध्यमबाट पर्यटन विकास गरिने उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले सरकारले नीति बनाएर निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानै विश्वास व्यक्त गर्नुभयो । सगरमाथा दिवसलाई आगामी दिनमा थप भव्य र गौरवमय बनाइने उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा हिमालको संरक्षण तथा सरसफाइमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै सङ्घीय सरकारसँग समन्वय गरेर कोशी प्रदेश अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सगरमाथा नेपालको शान, मान र गौरव रहेको भन्दै यसको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पुरानो पर्यटन ऐनलाई संशोधन गरेर पर्वतारोहणसम्बन्धी कामलाई प्राथमिकतामा राखिनुपर्ने खाँचो औँल्याउनुभयो ।

‘वल्र्ड समिटर्स समिट’ कार्यक्रममा कीर्तिमानी आरोहीहरूको समूहगत छलफल सत्र सञ्चालन गरिएको थियो । कीतिमानी आरोही मिङमा डेबिड शेर्पा, सानु शेर्पा, पूर्णिमा श्रेष्ठ, फुञ्जो लामा, कुञ्जाङ छोपेल शेर्पा, निमा रिञ्जी शेर्पा र दावा तेञ्जी शेर्पाले आरोहण अनुभव सुनाउनुभएको थियो ।

सरकारले पर्वतीय पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय सगरमाथा पुरस्कार मिङ्मा ग्याल्जे शेर्पालाई प्रदान गर्नुभयो । यो पुरस्कारको राशि रु एक लाख र कदरपत्र रहेको छ । अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

त्यस्तै रु ५० हजार राशिको तेञ्जिङ हिलारी (अध्ययन तथा अनुसन्धान) पुरस्कार शेर्पा बुकका लेखक प्रदीप बस्याल र अङ्कित अधिकारीलाई प्रदान गरियो भने तेञ्जिङ हिलारी (खोज तथा उद्धार) पुरस्कार लाक्पा नुर्बु शेर्पा र क्याप्टेन मौरिजियो फोलिनीलाई दिइएको छ ।

तेञ्जिङ हिलारी (कीर्तिमानी आरोही) पुरस्कार निमा रिञ्जी शेर्पा र पेमा डोमा महिला आरोही पुरस्कार लाक्पा शेर्पालाई प्रदान गरिएको छ । त्यसैगरी पर्वतीय पर्यटन र पर्वतारोहणका क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ । रासस

अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै
काठमाडौं । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ ।

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तरराष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो ।

यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ । दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।

पर्यटनमन्त्री पाण्डेले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकार भएका निकायसँग समन्वय र सहकार्य गरिएको बताउनुभयो । उहाँले जेठ १५ गते गणतन्त्र दिवस र संसद्मा बजेट वक्तव्य पनि रहेकाले उपयुक्त कार्यक्रमसँग नजुध्नेगरी कार्यक्रम मिलाइएको जानकारी दिनुभयो ।

बिहान प्रभातफेरी गरिने तथा गणतन्त्र दिवस र दिउँसो बजेट वक्तव्य कार्यक्रम सकिएपछि ‘सगरमाथा समिटर्स समिट’को आयोजना गरिनेछ । दिवसका अवसरमा आज बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी प्रारम्भ भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत हुनेछ । दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुनेछ । दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ ।  पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरोकार भएकाहरूसँगको सहकार्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पहिलो सगरमाथा आरोहीको स्मरण गर्दै हरेक वर्ष अन्तरराष्ट्रिय सगरमाथा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको बताउनुभयो । हिलारीको परिवार तथा विभिन्न मुलुकका आरोही अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउन नेपाल आउने उहाँले जानकारी दिनुभयो । “लुक्ला विमानस्थललाई तेञ्जिङ हिलारी विमानस्थलको नामाकरण गरिएको छ । सगरमाथा विश्वको सम्पदा र सम्पत्ति भएकाले यसलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन सबै गम्भीर हुनुपर्ने आवश्यकता छ”, अध्यक्ष शेर्पाले भन्नुभयो,“पछिल्लो समय विश्वव्यापी तापमानका कारण हिमालको हिउँ पग्लेर कालापत्थर देखिन थालेको भन्दै सगरमाथा र हिमाल संरक्षणबारे चिन्तन गर्ने बेला आएको छ ।”

एक तथ्याङ्कअनुसार नेपालमा पाँच हजार ८०० मिटर माथिका एक हजार ७९२ हिमाल रहेका छन् । आठ हजार मिटरभन्दा माथिका आठ हिमाल नेपालमा छन् । यी सबैमध्ये ४६१ मात्रै आरोहणका लागि खुला गरिएका छन् ।

यस वर्ष पनि दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीहरूलाई सम्मान गरिने पर्यटन विभागले जनाएको छ । दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ । रासस

सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी
काठमाडौँ । सगरमाथा दिवसका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीनदिने प्रदर्शनी आयोजना गरेको हो ।

बङ्गलादेशका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री साबेरहुसेन चौधरी, परराष्ट्र मन्त्रालयका सचिव मसुद बिन मोमेन र बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले प्रदर्शनीको संयुक्त रूपमा शुक्रबार उद्घाटन गर्नुभयो । प्रदर्शनी बङ्गलादेश शिल्पकला एकेडेमीमा जारी छ ।

प्रदर्शनी उद्घाटन समारोहका प्रमुख अतिथि चौधरीले नेपाल बङ्गलादेशीहरूलाई मनपर्ने गन्तव्य मध्येको एक भएको र सगरमाथालगायत हिमालप्रति उनीहरूको विशेष आकर्षण रहेको बताउनुभयो । जलवायु सङ्कटको अग्रपङ्क्तिमा हिमाल रहेका बताउँदै उहाँले विश्वव्यापी जलवायु वार्तामा हिमालका समस्या सम्बोधन गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको उक्त दूतावासले जनाएको छ ।

विशेष अतिथि परराष्ट्र सचिव मोमेनले नेपाल र बङ्गलादेशबीच विद्यमान सुदृढ सांस्कृतिक एवं जनस्तरको सम्बन्धबारे चर्चा गर्दै पर्वतारोहण र पदयात्रा दुवै देशका जनताको साझा साहसिक मनोभाव भएको बताउनुभयो । उहाँले प्रगाढ पारस्परिक सम्बन्धको प्रशंसा पनि गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले सगरमाथा दिवस पृथ्वीको सर्वोच्च शिखरको पहिलो ऐतिहासिक आरोहणको सम्झना मात्र नभएर पर्वत र पर्वतीय पर्यावरणको महत्व झल्काउने अवसर पनि भएको बताउनुभयो ।

राजदूत भण्डारीले जलवायु परिवर्तनको प्रकोपबाट समग्र हिमाली क्षेत्रको संरक्षणमा जोड दिँदै उहाँले प्रदर्शनी नेपाली र बङ्गलादेशी पर्वतारोही, पदयात्रा र फोटोग्राफरले खिचेका तस्बिरमार्फत नेपालका हिमाल र प्राकृतिक दृश्यलाई बङ्गलादेशी नागरिकसमक्ष प्रस्तुत गर्ने प्रयास भएको बताउनुभयो ।

शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले तस्बि प्रदर्शनीआयोजना गरेर सगरमाथा दिवस मनाउन दूतावासबाट भएको प्रयासको प्रशंसा गर्नुभयो ।

प्रदर्शनीका सहजकर्ता इनाम उल–हकले बङ्गलादेशमा पर्वतारोहण र साहसिक पर्यटनका उदीयमान प्रवृत्तिबारे जानकारी दिनुभयो । उहाँले प्रदर्शनीमा समावेश प्रत्येक तस्बिरले साहस, दृढ सङ्कल्प र लचिलोपनका बेग्लै कथा बताउने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा गत मे १९ मा सगरमाथा आरोहण गर्नुभएका बङ्गलादेशी नागरिक मोहदबाबर अली र सन् २०१३ मा सगरमाथाको चुचुरो चुम्नुभएका स्वर्गीय खालिद हुसेनकी पत्नी श्रीमती तहमिना शैलीलाई पनि सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा बङ्गलादेश सरकारका कर्मचारी, ढाकास्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विद्वत्वर्ग, पर्वतारोही, पदयात्री, फोटोग्राफर, सञ्चारकर्मीहरूका साथै बङ्गलादेशी समाजका सबै क्षेत्रका प्रतिष्थित व्यक्तिसहित तीनसय भन्दा बढी अतिथिको उपस्थिति थियो ।

बङ्गलादेश शिल्पकला एकेडेमी र बङ्गला पर्वतीय पदयात्रा क्लबको सहयोगमा आयोजित प्रदर्शनीमा बङ्गलादेशी तथा नेपाली पर्वतारोही, पदयात्रा तथा फोटोग्राफरका एक सय २० तस्बिर समावेश छन् । प्रदर्शनी भोलि आइतबारसम्म जारी रहनेछ । रासस

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
भैरहवा । प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुआतमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ ।

एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रीयमार्फत दक्षिण एसियामा म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बौद्ध भिक्षुहरूबाट बौद्ध परित्राण पाठ गरी ‘लुम्बिनी पिस फ्लेम’ नाम दिइएको उक्त शान्ति दीपको ज्योति टर्चलाइटमा प्रज्ज्वलन गरी हस्तान्तरण गरिएको हिमालय एक्सपिडिसनका संस्थापक एवं अध्यक्ष विक्रम पाँडेले जानकारी दिनुभयो । उहाँले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट सगरमाथासम्म पुर्याइने यो यात्राले यस क्षेत्रलाई नयाँ पहिचान दिलाएको बताउनुभयो ।

“ओलम्पिक टर्च र ओलम्पिक फ्लेम लिएर दौडिने पहिचान ग्रिससँग गाँसिएको छ । अब विश्वमा दोस्रो स्थानको पनि जन्म भएको छ”, पाँडेले भन्नुभयो, “यो सातौँ संस्करण हो । यसको जन्म भगवान् गौतमबुद्धको जन्मस्थलबाट सगरमाथासम्म भएको छ ।” उहाँले यो प्रतियोगिताले संसारको ध्यान तानेको र यसले पर्यटकहरूको आगमनमा सहयोग पुर्याएको बताउनुभयो ।

विश्व शान्ति दीप अर्थात् लुम्बिनी पिस फ्लेमबाट बुद्ध जन्मस्थल मायादेवी मन्दिर र पवित्र पुष्करणी कुण्डलाई फन्को लगाई तिलौराकोटतर्फ प्रस्थान गरिसकेको छ । कीर्तिमानी धावक मानन्धरसहित खेलाडीहरू बाबुराजा श्रेष्ठ, अर्जुन घिमिरे, राधा श्रेष्ठ, दीपक लामा, सुरेन्द्र महर्जनको टोलीले उक्त ज्योति लुम्बिनीबाट तिलौराकोटा कपिलवस्तु, सिद्धार्थनगर ९भैरहवा०, रामग्राम ९नवलपरासी०, चितवन धादिङ, काठमाडौँ हुँदै मे २९ सगरमाथा दिवसका दिन बिहान एभरेष्ट म्याराथन हुने स्थल सगरमाथाको आधार शिविरमा पुर्याउने छन् ।

म्याराथन सुरु हुनुअघि लुम्बिनीबाट पुर्याइएको दीपको पूजा गरिन्छ । आधार शिविरमा स्वदेशीसहित दुई सय ५० बढी विदेशी धावक र विभिन्न देशका राजदूतहरूले प्रत्यक्षरूपमा उक्त पिस फ्लेमको दर्शन गर्ने अध्यक्ष पाँडेले बताउनुभयो । यो कार्यले लुम्बिनी र सगरमाथा एकापसमा नजिकबाटै जोडिने उहाँको भनाइ छ ।

विसं २०७२ को भूकम्पपछि शान्ति दीपको ज्योति सगरमाथाको आधार शिविरमा मे २९ गतेका दिन पुर्याइने गरिएको थियो । कोरोना सङ्क्रमणका कारणले एभरेष्ट म्याराथन हुनसकेको थिएन । म्याराथन सगरमाथाको आधार शिविरबाट सुरु भई नाम्चे बजारमा आएर समापन हुने धावक मानान्धरले जानकारी दिनुभयो । रासस

सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी
काठमाडौँ । १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७० वर्ष पुगेको अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको हो ।

साथै आज देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघले प्रभातफेरी गरी कार्यक्रम मनाएको छ ।

संघका अध्यक्ष नीमानुरु शेर्पाले सन् १९५३ मे २९ तारिखमा आजकै दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिनलाई आधार बनाएर प्रत्येक वर्ष सगरमाथा दिवस मनाउने गरिएको बताउनु भयो। उहाँले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम गरेको बताउनु भयो । उहाँले नेपालमा पहिलो पटक मानव पाइला सगरमाथामा पुगेसँगै नेपालमा पर्वतीय पर्यटकको सुखद् शुरुवात भएको बताउनु भयो ।

उहाँले सगरमाथा दिवस मनाउन निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि निरन्तर राष्ट्रिय रुपमा मनाउँदै आएका बताउनु भयो । उहाँले सगरमाथा दिवसलाई विश्व व्यापीकरण गर्नका लागि नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरुमार्फत समन्वय गरिरहेको बताउनु भयो । उहाँले २०२२ देखि न्युवर्कको स्टेड सरकारले पनि सगरमाथा दिवस बनाउने निर्णय गरेको बताउनु भयो । उहाँले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा अब नेपालको पर्वतीय पर्यटनको संरक्षण गर्ने दायित्व आफूहरुको रहेको बताउनु भयो। उहाँले सरकारले पर्वतीय पर्यटक क्षेत्रको विकासमा विशेष प्राथमिकता दिए विश्वको पहिलो नम्बरमा नेपाल पर्नसक्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मे २९, १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम भएको थियो । पर्वतीय पर्यटनको सुखद् शुरुवात भएको छ । एडभ्यान्चर पर्यटन नेपालमा बढेको छ । उहाँहरुले सगरमाथा आरोहण गरेको ७० वर्ष भएको छ । उहाँहरुको सम्झनामा एडभ्यान्चर पर्यटन नेपालमा कसरी विकास गर्न सकिन्छ । त्यसको संरक्षण गर्ने दायित्व हामीलाई आएकाले उहाँहरुको सम्झनामा सगरमाथा दिवस मनाउँदै आएका छौं ।

एडभ्यान्चर पर्यटनका विषयमा सरकारले विशेष ध्यान दिन सकेको भए विश्वमा एक नम्बरमा रहने अवस्था थियो । सरकारले नेपालको ब्राण्डिङको रुपमा विकास गर्न सकेको भए एडभ्यान्चर पर्यटनको हपको रुपमा विकास गर्न सकिने थियो । सगरमाथा दिवस बनाउनुपर्छ भनेर निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि मनाउँदै आएका छौं । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरु मार्फत प्रचारप्रसार गरिरहेका छौं । २०२२ देखि न्युवर्कको स्टेड सरकारले पनि सगरमाथा दिवस बनाउने निर्णय गरेको छ । बिस्तारै अन्तर्राष्ट्रियकरण हुने क्रम पनि जारी छ ।’

अध्यक्ष शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धधन गर्न उपयोगी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटक आगमन बढाउने विश्वास रहेको बताउनु भयो । सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।

नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको अवस्थामा यस दिवसका माध्यमबाट नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री आलेले विश्व तापमानमा वृद्धि हुँदै जाँदा नेपालका हिमाल पनि सङ्कटमा पर्दै गइरहेका कारण हिमाली संस्कृतिले चुनौती व्यहोर्नु परेको चर्चा गर्नुुभयो । उहाँले भन्नुभयो, “विश्व तापमानमा वृद्धि हुँदै जाँदा हाम्रा हिमाल सङ्कटमा पर्न थालेका छन्, जसले गर्दा हिमाली पहिचान र संस्कृतिलाई नै चुनौती थपिँदै गएको छ ।” हिमाली स्वच्छताको अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाका बीचमा सार्थक सहकार्यको आवश्यकता रहेकोसमेत मन्त्री आलेले जानकारी गराउनुभयो ।

सगरमाथा र अन्य हिमाल नेपाल र नेपालीका गौरव तथा राष्ट्रिय सम्मानका प्रतीक रहेको बताउँदै उहाँले भन्नुभयो, “हिमाली वातावरणको स्निंग्धता र स्वच्छतालाई कायम गर्दै हिमाली समुदायको संस्कृतिलाई संरक्षण गर्ने कार्यमा सबै सरोकारवालाको साथ र सहयोग प्राप्त हुन जरुरी छ ।” सोही अवसरमा मन्त्री आलेले हिमालको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यमा नीतिगत सुधार गर्दै ठोस कार्यान्वयन योजना निर्माण गर्न आफूसहित सिङ्गो मन्त्रालय प्रतिबद्ध रहेको जानकारीसमेत गराउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सान र गरिमालाई थप उचाइमा पुर्याउन आफू सधैँ लागिपर्नेसमेत मन्त्री आलेले वचन बद्धतासमेत व्यक्त गर्नुभयो ।उहाँले सगरमाथा बेस क्याम्पमा विदेशी पर्यटक आएका समयमा नेटको लाइन काटी कालाबजारी गर्ने गरेको जानकारी पाइएकाले त्यो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूले सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जानकारी गराएको बताउनुभयो ।

कार्यक्रम मूल समारोह समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले आजकै दिन सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथाको शिखर चुम्नुभएकाले उहाँहरुको साहस र योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले सगरमाथा आरोहीका समस्या समाधानका लागि मन्त्रालय तथा विभाग सधैँ सकारात्मक रहेको जानकारीसमेत गराउनुभयो ।