समुद्र – News Polar

सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित
एजेन्सी । विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ । विज्ञहरूका अनुसार यसले समुद्री सतहको वृद्धि, शक्तिशाली आँधीबेहरी र कोरल नष्ट हुने जोखिमलाई अझ तीव्र बनाएको छ ।

अध्ययनअनुसार सन् २०२५ मा महासागरमा जम्मा भएको अतिरिक्त ताप करिब २३ जेटाजुलले बढेको छ । यो झण्डै चार दशकको विश्वव्यापी प्राथमिक ऊर्जा खपतको बराबर हो । यो तथ्य ‘एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ । आधुनिक रेकर्ड राख्न सुरु गरिएको सन् १९५० को दशकयताकै सबैभन्दा उच्च स्तरको महासागरीय ताप रहेको अध्ययनले देखाएको छ ।

यो निष्कर्ष निकाल्न विश्वका ३१ अनुसन्धान संस्थामा आबद्ध ५० भन्दा बढी वैज्ञानिकले विभिन्न स्रोतको प्रयोग गरेका थिए । तीमध्ये हजारौँ फ्लोटिङ रोबोटहरू पनि रहेका छन्, जसले समुद्रको सतहदेखि करिब दुई हजार मिटर गहिराइसम्म तापक्रम र अन्य परिवर्तनहरू निरन्तर मापन गर्छन् ।

अध्ययनकी सह–लेखक तथा फ्रान्सेली अनुसन्धान संस्था मर्केटर ओसन इन्टरनेसनलकी समुद्रविद् करिना भोन सकम्यानका अनुसार सतहभन्दा गहिराइमा केन्द्रित अध्ययनले मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण महासागरमाथि परिरहेको ‘निरन्तर दबाब’ लाई अझ स्पष्ट रूपमा देखाउँछ । उहाँले भन्नुभयो, “तस्वीर एकदमै स्पष्ट छ । सन् २०२५ का नतिजाले समुद्रको तापक्रम निरन्तर बढ्दै गएको पुष्टि गर्छ ।”

महासागर पृथ्वीको जलवायु प्रणालीका प्रमुख नियामक मानिन्छन्, किनकि मानवले कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यास उत्सर्जन गर्दा वायुमण्डलमा जम्मा हुने अतिरिक्त तापमध्ये करिब ९० प्रतिशत महासागरले नै अवशोषण गर्छन् । तर यही अतिरिक्त ऊर्जाले गम्भीर प्रभावहरू पनि निम्त्याइरहेको छ ।

तातो महासागरले वायुमण्डलमा आद्र्रता बढाउँछ, जसले उष्णकटिबन्धीय चक्रवात र विनाशकारी वर्षालाई थप शक्तिशाली बनाउँछ । पानी तातिँदा फैलिने भएकाले समुद्री सतहको स्तर बढ्ने प्रक्रियामा पनि यसले प्रत्यक्ष योगदान पुर्‍याउँछ । साथै, उष्णकटिबन्धीय समुद्री चट्टानहरूमा रहेका कोरलहरू लामो समयसम्म चल्ने समुद्री गर्मी छालका कारण नष्ट हुने अवस्थामा पुगेका छन् ।

भोन सकम्यानले भन्नुभयो, “जबसम्म पृथ्वीले ताप जम्मा गर्न जारी राख्छ, महासागरको ताप बढिरहनेछ, समुद्री सतह उकासिनेछ र नयाँ–नयाँ रेकर्डहरू कायम हुँदै जानेछन् ।”

अध्ययनले महासागरको तापक्रम सबै क्षेत्रमा समान नभएको पनि देखाएको छ । केही क्षेत्रहरू अन्यभन्दा छिटो तातिरहेका छन् । सन् २०२५ मा उष्णकटिबन्धीय महासागर, दक्षिण अटलान्टिक, भूमध्यसागर, उत्तरी हिन्द महासागर र दक्षिणी महासागरले रेकर्ड मात्रामा ताप अवशोषित गरेका थिए ।

यद्यपि सन् २०२५ मा औसत समुद्री सतहको तापक्रम अघिल्ला वर्षको तुलनामा केही घटेको देखिए पनि यो अझैसम्म मापन गरिएका तेस्रो–उच्चतम स्तरमै रहेको अध्ययनले जनाएको छ । वैज्ञानिकहरूका अनुसार यो कमी सन् २०२३–२०२४ मा देखिएको शक्तिशाली ‘एल निनो’ ताप प्रभावबाट ‘ला निन्या’ प्रकारको अवस्थातर्फको सङ्क्रमणसँग सम्बन्धित हो, जसले समुद्री सतहलाई अस्थायी रूपमा केही चिस्याउँछ ।

तर दीर्घकालीन रूपमा हेर्दा जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढिरहेकाले महासागर तातिने गति झनै तीव्र हुँदै गएको छ । विज्ञहरूका अनुसार जबसम्म ग्लोबल वार्मिङलाई नियन्त्रणमा ल्याइँदैन, महासागरले हरेक वर्ष नयाँ रेकर्ड तोड्दै जानेछन् ।

भोन सकम्यानले चेतावनी दिँदै भन्नुभयो, “अब जलवायु प्रणालीको सबैभन्दा ठूलो अनिश्चितता भौतिक विज्ञान होइन, मानवताले गर्ने छनोट हो ।” उहाँका अनुसार तीव्र रूपमा उत्सर्जन कटौती गर्न सके भविष्यका गम्भीर प्रभावहरू सीमित गर्न सकिन्छ र समाज तथा प्राकृतिक प्रणालीहरू फस्टाउन सक्ने जलवायु जोगाउन सहयोग पुग्नेछ ।

समुद्रमा ६६ दिन बिताउनुपर्दा …
एजेन्सी । आफ्ना पीडाका ती क्षणहरूलाई अहिले अस्पतालको शय्याबाट कारूणिक रूपमा प्रकट गर्दा उपस्थित सञ्चारकर्मीसमेत भावुक बनेका छन् ।

बुधबार ४६ वर्षीय मिखाइल पिचुगिनलाई आफ्नो भाइ र १५ वर्षीय भतिजासँग डुङ्गामा निस्केको दुई महिनाभन्दा बढी समयपछि सुदूर पूर्वी कामचटका प्रायद्वीपको तटबाट सोमबार माछा मार्ने डुङ्गाले उद्धार गरेको थियो ।

मगदान शहरको एक अस्पतालमा लगिएको शय्यामा सुतेर नै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका हुन् ।

लामो समय समुदूमा बस्दा स्वास्थ्य अवस्था खराब भएपछि राता राता आँखाको हेराइबाट उनको पीडा झल्किन्थ्यो तर पनि उनी आफूलाई कमजोर नदेखाउन प्रयास गरिरहेका थिए ।

उनले भने, “परमेश्वरको मद्दत पाएर, अरू कसरीरु एन्जल भनिने डुङ्गाको चालक दलले मलाई दख्यो र उनीहरूले नै मलाई बचाए । उनीहरू मेरा लागि परमेश्वरले पठाएका दूत थिए ।”

“मैले पिउनका लागि वर्षाको पानी जम्मा गरेँ र तीर्खा मेटाएँ,” उनले भने। पिचुगिनले ऊँटको केशले भरिएको स्लिपिङ ब्यागले पनि आफू बाँच्न मद्दत गरेको बताए ।

“भिजेपनि यसले मलाई समूद्रको चीसोमा न्यानो दियो । यो भिजेको थियो, यो सुक्खा हुँदैनथ्यो तर जब म यसभित्र छिर्थेँ, मेरो शरीरको तापक्रमले यसलाई न्यानो पाथ्र्यो ।”

उनले भने, “मसँग कुनै विकल्प थिएन। बाँच्नको लागि मेरो लागि प्रेरणा मेरो घरमा मेरी आमा हुनुहुन्थ्यो र छोरी थिइन्।”

म्यागाडानका डेपुटी गभर्नर तातियाना सावचेन्कोले उनको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।

पिचुगिनलाई घर फर्कन र आफन्तलाई भेट्न जाँदा प्रशासनले सहयोगसहित पठाउने गभर्नर सावचेन्कोल बताए ।

पिचुगिन साइबेरियाको उलान–उडेबाट आएका हुन् तर उनी चालकको रूपमा सुदूर पूर्वी टापु सखालिनमा काम गरिरहेका थिए।

अगष्ट ९ मा उनी आफ्ना भाइ ४९ वर्षीय सर्गेई र १५ वर्षीय भतिजा इल्यासँग खाखालिन तर्फ प्रस्थान गरेका थिए ।

दुर्भाग्यबस, उनीहरू पुग्न असफल भए, डुङ्गा कामचटकातिर गएको आशङ्कामारूसी उद्धारकर्ताहरूले हेलिकप्टर र विमानद्वारा त्यस क्षेत्रको सर्वेक्षण गरे तर केही पनि फेला परेन र अन्तत: खोजी कार्य बन्द गरियो ।

डुङ्गा आफ्नो सुरुको स्थानबाट करिब एक हजार किलोमिटर (६७० माइल) टाढा फेला परेको थियो।

पिचुगिनको १०० किलोग्राम (२२० पाउण्ड) तौलका कारण उनी बाँचेको हुन सक्ने उनकी पत्नीले बताएकी छन्। रुसी टेलिभिजनका अनुसार सोमबार फेला पर्दा उनको तौल ५० केजी मात्र थियो ।

उनकी पत्नी येकातेरिनाले आरआईए नोभोस्ती समाचार संस्थासँग भनिन्, “यो एक प्रकारको चमत्कार हो । पिचुगिनले दुई हप्ताका लागि पर्याप्त खाना र पानी लिएका थिए ।”

यातायात अनुसन्धानकर्ताहरूले सुरक्षा नियमहरूको सम्भावित उल्लङ्घनको बारेमा उनीमाथि अनुसन्धान सुरु गरेका छन् ।

अध्ययनको दाबीः मृत जीवका कारण समुद्रमा ठूलो भूकम्प आउन सक्ने
एजेन्सी । पछिल्लो अनुसन्धानमा एउटा अचम्मको कुरा बाहिर आएको छ । हिकुरङ्गी सबडक्सन क्षेत्रमा लाखौं वर्ष पुरानो सानो जीवले विनाशकारी भूकम्प निम्त्याउन सक्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

वास्तवमा, न्यूजील्याण्डको सबैभन्दा ठूलो फल्टमा रहेको प्यासिफिक प्लेट, सबडक्शन जोन, अष्ट्रेलियाली प्लेट मुनि डुब्नसक्ने दाबी समेत अध्ययनमा गरिएको छ । यस क्षेत्रमा आठ म्याग्निच्युडभन्दा ठूलो ‘मेगाथ्रस्ट’ भूकम्प जाने सम्भावना रहेको औंल्याइएको छ ।

हिकुरङ्गी सबडक्सन जोनको छेउमा रहेको हुँगारोवा फोल्टमा रहेको चट्टानबारे वैज्ञानिकहरूको टोलीले अध्ययन गरिरहेको छ ।

टोलीको नेतृत्व गर्ने डा. क्यारोलिन बोल्टनले मार्टिनबरोबाट ३५ किलोमिटर दक्षिणपूर्व टोराह नजिकैको चट्टानमा माटोको ढुङ्गा, चून ढुङ्गा र सिल्टस्टोनको तह फेला परेको बताए, जसले सबडक्शन जोनमा के छ भन्ने संकेत गर्छ । वास्तवमा, त्यस्ता चट्टानहरू ३५ देखि ६५ करोड वर्षअघिसम्म समुन्द्रको भुइँमा थिए तर त्यस्तो ठाउँमा अध्ययन गर्न गाह्रो थियो ।

डा. बोल्टनले चट्टानमा क्याल्साइट रहेको बताए, यो एक कोषका पुराना सामुद्रिक जीवहरु विशेष गरी फोरामिनिफेरा जस्तै प्लाङ्कटनबाट बनेको हो । ती साना जीवहरू मिलेर बनेको क्याल्साइटले सबडक्शन क्षेत्रको मुभमेन्टलाई प्रभाव पार्न सक्षम छ ।

डाक्टर बोल्टन भन्छन् कि यदि चट्टानमा रहेको क्याल्साइट पग्लन्छ भने, फल्ट कमजोर हुन्छ र ठूलो भूकम्प आउन सक्ने सम्भावना हुन्छ । तापमान कम हुँदा क्याल्साइट चाँडो पग्लन्छ, जबकि तापक्रम बढ्दै जाँदा यसलाई पग्लन गाह्रो हुन्छ ।

अन्वेषकहरूका अनुसार सबडक्शन क्षेत्रमा, तापक्रम जमिनको तुलनामा लगभग १० डिग्रिसेल्सियस बढ्छ । यी जीवहरूबाट बनेको क्याल्साइटको मात्राले अर्को भूकम्प कति ठूलो हुने भनेर निर्धारण गर्छ । हिकुरङ्गी सबडक्सन जोनको दक्षिणी किनारामा आगामी ५० वर्षमा ठूलो भूकम्प जाने सम्भावना २६ प्रतिशत रहेको अनुमान गरिएको छ ।