प्रवास

एजेन्सी । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको हप्तामा  दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका मंगलबार जनाएको छ ।   यहाँ यो तथ्याङ्कसहित गएको हप्तामा को…


अफगानिस्तान । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको छ। अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको छ। उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई क…


टोकियो । ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो ।  कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरे…


जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताउनुभएको छ । उहाँले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूहरुसँग रहेको दाबी पनि गर्नुभएको छ । उहाँको यो भनाइपछ…


अफगानिस्तान । अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ। सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका छन्। सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्…


एजेन्सी । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै कङ्…


बगदाद । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले उहाँले हालै गरेको अमेरिका भ्रमणले अमेरिकासँगको सम्बन्धलाई स्थायी बनाउन सघाएको जानकारी दिनुभएको छ । उहाँले आफूले हालै गरेको सो भ्रमणबाट इराक र अमेरिकाबीचको सम्बन्धलाई थप स्थायी बनाएको बताउनुभएको हो । अमेरिकाको भ्रमणको एक दिनपछि उहाँको यो प्रतिक्रिया आएको छ । उहाँ…


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिस्टिक प्रमुखले दिनुभएको हो । डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिनु भएको छ  । उहाँले दक्षिण…


अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।   सो आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ । सेनाको प्रवक्ता अब्दुलहादी नाजा…


एजेन्सी । नाइजेरियाको उत्तरपश्चिमी राज्य कादुनामा रहेको माध्यमिक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २८ विद्यार्थी मुक्त भएका यहाँका प्रहरी स्रोतले आइतबार पुष्टि गरेको छ ।  विद्यार्थीलाई शनिवार राति मुक्त भएका परिवारको साथ पुनर्मिलनको व्यवस्था भइरहेको कादुना राज्यमा प्रहरी प्रवक्ता मोहम्मद जालिगेले आइतवार बिहान ट…


Page 1 of 45