नागरिकको धैर्यता कमजोरी होइन, कुनैबेला विष्फोट हुनसक्छ, सरकार जिम्मेवार बनोस

  

कोरोनको कहरका कारण यतिबेला  नेपाल पनि डरलाग्दो अबस्था मा रहेको छ । निरिह बनेका नागरिक बाच्न कै लागिराज्यको  अभिभाबकिय भूमिका खोजिरहेका छन् ।  हो बिश्वले नै नसोचेको अकल्पनिय अबस्था अबस्था आईलाग्यो, सक्रमण रोकथाम र नियनत्रणका लागि पूर्बतयारी वा सजकता अपनाउन तयारी पुगेन । तर चीनको वुहानबाट शुरु भएको कोभिड–१९ बिस्तारै अन्य मुलुकतीर फैलदै गर्दा हामीले सजगतको तयारी गर्न समय नपाएका भने होईन । तर जिम्मेबार पदमा रहेका जिम्मेबार ब्यक्तिहरु बाट सुरुका समयमा जति हल्काढंगबाट यो बिषयलाई लिने काम भयो त्यसको परिणाम नै आजको भयाबह अबस्था हो । 

आफुले सुन्न चाहेका बाहेक अन्य को कुरा नै सुन्न नसक्ने सरकारको अर्कमण्यताको शिकार आज निरिह नागरिक भै रहेका छन् ।  यस बिचमा सरकारले अनुदानमा अरुले दिएको बाहेह अन्य भेन्टिलेटर थप्ने काम त गरेन गरेर  भोली ठुलै बिपत परे के गर्ने कसो गर्ने गर्ने भन्ने पूर्ब तयारी समेत गरेन ।  आज तराईका जिल्लाहरु कोरोना हट स्पट बन्दै गएका छन् । चिकित्सकहरु सरकार संग गुहार मागिरहेका छन् । उपचारका लागि अस्पतालको ढोका चहार्दा चहार्दे मृत्युबरण गरेका छन् । अस्पतालको ढोका मा पुगेर पनि उपचार नपाएर आफना मान्छे गुमाएका परिबारले राज्यले गरेको हत्या भन्ने कि नभन्ने ? प्रश्न उठ्नु स्वभाबिकै हो । 

उपचारको फ्रन्टलाईनमा खटिनुपर्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्थकर्मी हरु आफै सक्रमणको सिकार बनेर बसिरहेका छन् । यसै गरी फ्रन्टलाईमा खटिएका सुरक्षाकर्मी संगै अन्य सरोकारवाल लाई हौसाला, आत्माबल दिदै अभिभाबक बन्नु पर्ने सरकार यस्तो समयमा पनि पार्टी भित्रको सत्ता र शक्तिको लडाईमा रुमलिरहेका छन् ।  ...लाइभन्दा देख्नेलाइ लाज भने सत्तारुढ दल र सरकारले संक्रमणका गाम्भीर्यतालाई नबुझेको हो कि हेलचक्राई गरेको हो ? कहिले सम्म सहने नागरिकले । कोरोना रोकथा र नियन्त्रण तथा उपचार, यसबाट सृजना भएको समस्या बाट आहत बनेका नागरिकले रोजिरोटीको ब्यबस्थाका बारेमा राज्यले केही गर्छकी भनेर सञ्चारमाध्यामा आखा टोलाईरहेका नागरिकले  पटक पटक सत्तारुढदलको भागबण्डाको झगडाका खबर बाहेक अरु के पाए ? अहिले नेपाल कोरोनाको ‘हट स्पट’ बन्दै । एक सय भन्दा बढीको कोरोनाकै कारण ज्यान गइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले सबैलाई झस्काएको छ ।

केही दिन यता संक्रमित र मृतकको साख्या बढ्दा नेपालमा कोरोनाको सन्त्रास थपिएको छ ।  कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारको व्यवहारिक तयारी र गम्भीरता नहुँदा नागरिक थप त्रासमा छन् । सरकार आफ्नै पार्टीभित्रको आन्तरिक विवादमा रुमल्लिएको छ । मन्त्रीहरुको भुमिका पनि जिम्मेवार नदेखिँदा नागरिक आश्वस्त हुन सकिरहेका छैनन् । संशय र सन्त्रासकैबिच नागरिकहरु बाँच्न विवश छन् ।  सरकारले कोरोना नियन्त्रणका लागि भन्दै हचुवामा लकडाउनको घोषणा पनि गर्यो । करिब ४ महिना नेपाली जनता कोरोनाबाट जोगिन भन्दै घरभित्रै बस्न बाध्य भए । कोरोना नियन्त्रण होला भनेर नागरिकले सरकारको लकडाउनको आव्हानमा साथ पनि दिए । तर, सरकारका मन्त्रीनै  कोरोना नियन्त्रणका लागि भन्दै स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार र अनियमिततामा लागेको भएको खबर आएपछि नागरिक निराश भए र आक्रोसित पनि ।  नागरिकले पीसीआर परिक्षणको दायरा बढाउन माग गरे । सडकमा आउने अवस्था बन्यो । तर, पनि सरकारले नागरिकको आवाजलाई समबोधन गर्न सकेन । जनतामा चरम असन्तुष्टि र सरकारकाप्रति तिव्र असन्तुष्टि छ । त्यो कुन बेला विष्फोट हुन्छ टुंगो छैन । 

कोरोनाले धेरैको रोजीरोटी गुम्यो भने धेरैले आर्थीक र मानसिक समस्या भोगे । योबिचमा आत्महत्या गर्नेको सँख्या बढेको डरलाग्दो तथ्यांक पनि सावजनिक भयो ।  लकडाउन (बन्दाबन्दी) खुलेपछि २२ दिनको अवधिमा मात्र नेपालमा ६ हजार ४३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत साउन ६ गते कोरोना संक्रमित संख्या १७ हजार ९९४ रहेको थियो  । तर त्यस यता साउन ७ गते देखि (आज) साउन २८ सम्म ६ हजार ४३८ जना कोरोना संक्रमित थपिएका थिए । शुक्रबारको तथ्यांकअनुसार कोरोना संक्रमतिको सँख्या नेपालमा साढे २५ हजार नाघिसकेको छ ।  
त्यसैगरी लकडाउन खुले यता मात्र ५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । गत साउन ६ गतेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० रहेको थियो ।  हाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सय नाघिसकेको  मन्त्रालयले जनाएको छ ।  लकडाउन अन्त्य भएपछि मृत्यु हुने क्रम बढिरहेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु प्रदेश २ को पर्सामा भएको छ । त्यहाँ २२ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । भारतसँग सिमाना जोडिएका मधेसका जिल्लाहरुमा कोरोनाको प्रभाव बढि देखिएको छ । वीरगंजमा अस्पताल चहार्दा(चहार्दै कोरोना संक्रमितले ज्यान गुमाउनुप¥यो । उपत्यकामा मात्र पछिल्लो तथ्यांकअनुसार १ हजार ६ सय ९७ जनामा संक्रमण देखिएको छ भने २० जनाको ज्यान गइसकेको छ । देशका सातै प्रदेशमा कोरोना संक्रमितको सँख्या बढिरहेको छ । 

माथी चर्चा गरिएको तथ्यांकले कोरोना विस्तारै नेपालमा समुदायस्तरमै फैलिइसकेको संकेत गर्छ । सरकारले विना तयारी लकडाउन गर्दा त्यसले कोरोना नियन्त्रणमा खासै भुमिका खेल्न सकेन । जबकी चीनबाट कोरोना शुरु हुँदा नेपालसँग त्यसबाट बच्नका लागि आवश्यक शतर्कता र तयारी गर्ने पर्याप्त समय थियो । तर, सरकारकामन्त्रीहरुले त्यो समयलाई उपयोग गर्न सकेनन् । पर्यटनमन्त्री कोरोनामुक्त नेपालको हावा गफमा रमाइरहे ।  प्रधानमन्त्री बेसार पानीले कोरोना तह लाग्ने उडन्ते गफमा रुमल्लिरहे । स्वास्थ्य मन्त्रकिो कार्यक्षमता र नियतमा त सबैभन्दा धेरै प्रश्न उठेको छ । 

देशमा दैनिक कोरोनाको संक्रमणबाट मर्नेको सँख्या बढ्दो छ । संक्रमितले उपचार पाइरहेका छैनन् । भेन्टिलेटरको अभावका खबरहरु आइरहेका छन् । कोरोना रोकथाम र नियन्त्रणका नाममा अर्बौ रकम सकिएको सरकारी तथ्यांक छ । तर, न नागरिकले उपचार पाएका छन् । न उपचार गर्ने चिकित्सकका लागि उपयुक्त सुरक्षा शतर्कता छ । सरकार कोरोनाको कहरमा रहेका नागरिकले अनुभूति गर्ने गरि कतै नदेखिनु विडम्बनापूर्ण छ । नागरिकको जीवन कुनै पनि सरकारका लागि सबैभन्दा महत्वपूर्ण विषय हो र हुनुपर्छ । तर, वर्तमान सरकार के गर्दैछ ? कता छ ? आम नेपाली जनता सोधिरहेका छन् । 

देशमा कोरोनाको संक्रमण भुसको आगो भइरहँदा सरकार बालुवाटारमा मस्त निद्रामा छ । कतिपयले रोम जलिरहँदा बाँसुरी बजारहने निरोसँग प्रधानमन्त्रीको तुलना गर्दै आलोचना गरेका छन् । यसको मतलव यो हो की, नागरिक जनताप्रति उत्तरदायी र जिम्मेवार सरकार खोजिरहेका छन् । नागरिकलाई चाहिएको सरकार बालुवाटारमा निदाउने होइन, सिंहदरबारमा कोरोनाविरुद्ध लड्ने र नागरिकको जीवनरक्षका लागि कुनै कसर बाँकी नराख्ने सरकार हो ।  जनताको आवाज सरकारले तत्काल बुझोस् । कोरोना नियन्त्रण, संक्रमितको उपचार र कोरोनाका कारण दैनिक जीवनमा चरम समस्या भोगिरहेका नागरिकलाई अन्देखा गर्ने छुट सरकारलाई छैन । त्यसतर्फ सरकारको ध्यान पुगोस् ।  
(लेखिका जनता समाजबादी पार्टीकी नेतृ तथा सासद हुनहुन्छ)