जब नायिका ऋचा शर्माले 'लुटतन्त्र बन्द गर' लेखेको प्लेकार्ड लिइन्....

  

काठमाडौँ । नायिका ऋचा शर्मा आइतबार अपरान्ह अकस्मात महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिससमा देखिइन् । उनलाई देखेपछि त्यहाँ उपस्थित सबैले चियाउन थाले । त्यसपछि उनी सरासर अस्पताल परिसरमा राखिएको एक पोस्टरमा पुगिन् । 

पोस्टरमा अनसनरत डा.गोविन्द केसीको समर्थनका लागि राखिएको छ । उनको अनसनको पक्षमा ऐक्यबद्धता जनाउन राखिएको पोस्टरको तल उभिइन् आफूले ल्याइ आएको प्लेकार्ड हातमा समातेर फोटोको लागि पोज दिइन् ।

त्यस प्लेकार्डमा लेखिएको छ, लुटतन्त्र बन्द गर । उनले सो प्लेकार्ड हातमा लिएर केही बेर डा.केसीप्रति ऐक्यबद्धता जनाइन् र सरकारको विरोध गरिन् । त्यसपछि भने उनको तस्बिर लिनेहरुको निकै ठूलो भिड लागेको थियो ।