गृह मन्त्रालयबाट विप्लव समूहका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर
मैतीदेवीचोकमा ‘नेचर सुपरमार्केट प्रा.लि सञ्चालनमा
काठमाडौं ।पछिल्लो समय धेरै ठाउमा चहारेर सामान खरिद गर्ने भन्दा पनि एक स्थानमा आफूलाई आबश्यक पर्ने सामग्री खरिद गर्ने रुची उपभोक्ताहरुका बढेको छ । साना पसलहरुमा भन्दा पनि एकिकृत बजार उपभोक्ताहरुको रोजाई पर्न थालेपछि मार्टहरु खुल्ने क्रम बढेको छ ।
यसै क्रममा काठमाडौंको मैतीदेवीचोकमा ‘नेचर सुपरमार्केट प्रा.लि सञ्चालनमा आएको छ ।सुपरमार्केटको बुधबार एक कार्यक्रमबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले सयुक्त रुपमा उद्घाटन गरेका छन् । महानिर्देशक सुवेदीले एकै ठाउँबाट खाद्यान्न, ग्रोसरी र ग्यास उपलब्ध गराउने गरी सुपरमार्केट सञ्चालनमा आउँदा उपभोक्ताहरु लाभान्वित हुने हुदा मुल्य र गुणस्तरमा ध्यान दिन सुझाब दिनुभयो ।
प्रालीका अध्यक्ष जनक धामीले ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’भन्ने मुल मन्त्र अघि सारेर व्यावसायिक सुरुवात गरिएको जानकारी गराउनु भयो । उहाँका अनुसार ‘२ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई घरमा नै सामान पुर्योउने व्यबस्था मिलाईएको छ । एक बर्ष भित्र उपत्याकाका १० स्थानमा शाखा बिस्तार गर्ने र बिस्तारै उपत्यका बाहिर पनि शाखा बिस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।