बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु, २५ घाइते

  

काठमाडौं । बैतडीको खोड्पे नजिकै एक यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको दुःखद खबर छ । त्यस दुर्घटनामा परी थप ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुला जिल्लाकको सीमा क्षेत्रमा पर्ने गन्नादेखि महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति करिब साढे ९ बजे खोड्पेको भीरबाट खसेको बताइएको छ । 

दुर्घटनामा परेर घाइते भएकाहरुको डडेल्धुरामा उपचार भइरहेको छ । त्यस घटनाका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मृतकहरूकाे सनाखत हुन सकेकाे छैन, तर घाइतेहरुको नामावली भने खुलेको छ ।

दुर्घटनामा दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र काठमाडौंका रहेका छन् । घाइते हुनेमा बिमला कुँवर, वीरबहादुर कार्की, दीपा चन्द, बिमला बडु, अशोक जोशी, जनक धानुक, नितेश कुँवर, धनसिंह खत्री, अमृत कुमाल, दिनेश चौधरी, विशाल धर्तीमगर, कर्णबहादुर बिष्ट, जानकी सिंह, नरेश पन्त, बलदेव सिंह कार्की, यज्ञराज कठायत, लोकेन्द्र बोहरा, अस्मिता बिष्ट, नरेन्द्र साउद, वीरेन्द्र चौधरी, दशरथ गिरी, नरमादेवी धामी, अमृत विक, पुरन टमटा, लोकेन्द्र बस्नेत, सुरज लोहार, अजी लामा, कल्पना कार्की, वेदप्रकाश धामी, रमेश खत्री, कौशल साउद र सिम्रन सिंह रहेका छन् ।  (अपडेट)