प्रधानमन्त्री ओली विरूद्ध आक्रोश पोख्दै नेपाल, दाहाल र खनाल (भिडियो सहित)
बुटवल । दाङका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुष रहेका छन् ।
तुलसीपुरका ४५ वर्षीय पुरुष मंसिर ४ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका थिए । उनको बिहीबार राति ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यस्तै तुलसीपुरकै ८१ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बिहीबार राति १०ः४५ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।